नागरिक उन्मुक्ति पार्टीले कति स्थानमा जितको झण्डा फहराउला ? 

नागरिक उन्मुक्ति पार्टीले कति स्थानमा जितको झण्डा फहराउला ? 

१४५८ दिन अगाडि

|

१५ कात्तिक २०७९

नेपाली काँग्रेसले राधाकृष्ण थारूलाई सम्झियोः परशुनारायण ‘आउट’

नेपाली काँग्रेसले राधाकृष्ण थारूलाई सम्झियोः परशुनारायण ‘आउट’

१४६० दिन अगाडि

|

१२ कात्तिक २०७९

नेपाली काँग्रेसले शनिबार पार्टी कार्यालय सानेपामा आगामी प्रतिनिधि र प्रदेश सभाको घोषणापत्र सार्वजनिक गरेको छ ।  सो घोषणापत्रमा पार्टीको पथप्रदर्शक भनेर विभिन्न व्यक्तिहरुको नाम दिइएको छ । जसमा राधाकृष्ण थारूको नाम अँटाएको छ । तर परशुनारायण चौधरीको नाम छैन ।  त्यस्तै, थारु, भूमिहीन, कमैया समुदाय लगायतको शान्तिपूर्ण संघर्षलाई आत्मसाथ त गरिएको छ । तर थरुहट मुद्दा, आन्दोलनबारे केही प्रसंग छैन ।  मुक्त कमैया, कमलरी लक्षित रोजगारी कार्यक्रम, नेपालका सबै जातजातिका भाषामा पठनपाठनको व्यवस्था गरिने लगायत योजना छ । को थिए राधाकृष्ण थारू ? बर्दिया, रत्नापुरका राधाकृष्ण थारू भूमिहीन किसान सुकुम्बासीका अगुवा थिए २०१५ सालमा बर्दिया क्षेत्र नं ६४ बाट प्रतिनिधि सभामा नेपाली काँगे्रसबाट सांसद भएका राधाकृष्णको त्यहाँका भूमिहीनहरूलाई अधिकार दिलाउनमा ठूलो योगदान छ ।  पछि राधाकृष्णका दुई भाइ छोरा पनि सभासद भए । २०५६ को प्रतिनिधि सभामा मंगलप्रसाद थारू कांगे्रसबाट सांसद चुनिएका थिए भने अर्का छोरा गोविन्द थारू नेपाल सद्भावना पार्टी (आनन्ददेवी) बाट २०६३ मा आन्तरिक विधायक चुनिएका थिए । यसरी थारु समुदायबाट एकै घरका ३ जना सांसद हुने श्रेय राधाकृष्ण थारूको परिवारलाई मात्र छ ।  आगामी चुनावमा बर्दिया १ (क) मा प्रदेश सभातर्फ उनै राधाकृष्ण थारूका छोरा श्यामप्रसाद थारु नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवार तय भएका थिए । अहिले बर्दियामा नागरिक उन्मुक्ति पार्टीको माहोल राम्रो छ । श्यामप्रसाद थारु विजयी भएको भए एकै घरका ४ जना सांसद हुने रेकर्ड कायम हुनेथियो । तर अन्तिम समयमा उनी टिकटबाट वञ्चित भए । २०१५ सालमा बीपी कोइरालाले राधाकृष्ण थारूलाई मन्त्री मण्डलको सदस्य बनाउन प्रस्ताव गर्दा उनले परशुनारायण चौधरीलाई सिफारिस गर्दै भनेका थिए– परशुबाबु पढे, लेखेका शिक्षित गे्रजुएट छन् । म सामान्य साक्षरभन्दा उहाँ मन्त्री बन्न उपयुक्त छ । परशुनारायण तत्काल शिक्षा मन्त्री बनाइए पनि । परशुनारायण नेपाली काँगे्रसको महामन्त्रीसम्म रही पछि पञ्चायत प्रवेश गरेर मन्त्री भई सुविधाभोगी राजनीतिमा लागे तर राधाकृष्ण थारू काँगे्रसको राजनीतिक लिकबाट कहिल्यै टसमस भएनन् ।  विसं १९६७ मा जन्मिएका राधाकृष्ण थारूको २०४५ साल मंसिर २५ गते निधन भयो, त्यसबेलासम्म उनी नेपाली काँगे्रस बर्दियाको सभापति थिए ।  राजा महेन्द्रले लोकतान्त्रिक सरकारलाई २०१७ पुस १ गते ुकुु गरी निरकुंश पञ्चायती व्यवस्था थोपरे । त्यसबेला राधाकृष्णको बर्दियाको कोठिया र रत्नापुर गाउँस्थित घर प्रशासनले सिल गरेको थियो । पक्राउ पूर्जी जारी गरिएका उनी सपरिवार भारत प्रवास हुन बाध्य भए । पछि सुवर्णशमशेरको वक्तव्यपछि राजाले आममाफीको घोषणा गरेपछि उनी २०२५ सालमा नेपाल आए। राधाकृष्णको राजनीतिक यात्रा केलाउँदा धार्मिक अभियानबाट सुरु गरेको देखिन्छ । राणाकालमा सभा, भेला गर्न, गराउन पाइँदैनथ्यो । तर २००१ सालमा उनले बर्दियाको मैनापोखरमा थारू भक्त (शाकाहारी)हरूको सम्मेलन गराए । सभामा आफू पनि शाकाहारी भएको घोषणा गरे । उनले रैतीहरूको नाममा जग्गा हुनुपर्ने आवाज उठाए ।  २००३ सालमा उनले रैतीहरूबाट सही छाप गराएर उनीहरूको नाममा जग्गा हुनुपर्ने भनी विन्तीपत्र चढाउन श्री ३ पद्मशमशेरकहाँ काठमाडौं गए । व्यवस्था विरोधी काँगे्रसी भएको विरोधीहरूले बात लगाएपछि डिठ्ठा भद्रमान चित्रकारको रक्तकालीस्थित घरमा पाहुना भई बसेका उनलाई आठपहरियाहरूले पक्राउ गरे। उनले श्री ३ समक्ष विन्ती चढाए– हामी व्यवस्था विरोधी होइनौँ। थारू रैतीहरूको वारेस भई उनीहरूको नाममा जग्गा जमिन हुनुपर्यो भनेर विन्ती चढाउन आएका हौं। त्यसपछि राधाकृष्णले छुटकारा पाए। उनले चढाएको विन्ती पत्रले काम गर्यो २००४ सालमा बर्दियामा दौडाहा टोली आइपुग्यो। टोलीले १३ हजार विगाहा जग्गा भूमिहीन रैतीहरूको नाममा गरिदियो । तर उनीहरूले सो जग्गा एक वर्ष पनि राम्ररी उपभोग गर्न पाएनन् । राधाकृष्ण थारूले पुनः आन्दोलन चलाए । पछि अधिकार सम्पन्न आयोग बर्दियामा पठाइयो, जसले २५ हजार विगाहा जग्गा भूमिहीनहरूको नाममा गरिदियो। त्यसपछि उनी जमिनदारविरुद्ध अर्थात् बेठबेगारीविरुद्ध अभियानमा पनि लागे। राणा शासन ढलाउन २००७ सालको सशस्त्र आन्दोलनमा राधाकृष्णकै अगुवाईमा बर्दियाको राजापुर र गुलरिया बजार कब्जा गरिएको थियो। क्रान्तिकारीहरूले बजार कब्जा गरेपछि उनकै अध्यक्षतामा स्थानीय प्रशासन चलाउन स्थानीय क्रान्तिकारी सरकारका रूपमा समितिसमेत गठन गरिएको थियो।  मेलमिलापको नीतिपछि स्वदेश फिर्ता भएका राधाकृष्ण थारू अस्वस्थ थिए। तर ४ वर्ष लगातार प्रशासनमा तारेख धाए। पछि केही साथीहरूको सल्लाहमा २०२९ सालमा उपप्रधानपञ्चको उमेदवारी दिएपछि उनलाई प्रशासनले दुःख दिन छाड्यो।  त्यसबेला प्रशासनलाई लाग्यो, राधाकृष्णले पञ्चायतको समर्थन गर्यो तर उनको मनमा काँगे्रसबाहेक अर्को राजनीतिक आस्थाले स्थान पाएन।  २०१७ सालको कुमा जफत गरिएको सेफ प्रशासनले उनको छोरा मंगलप्रसाद २०५६ मा सांसद भएपछि मात्रै फिर्ता गयिो । अर्को छोरा गोविन्द थारूका अनुसार सेफभित्र आमाको बिहेका कपडाबाहेक अरु केही थिएन । चालीसौँ वर्षसम्म प्रशासनको चौरमा राखिएको सेफ खियाले थोरै खाएको थियो तर राधाकृष्णको परिवारले साँचो फेला नपर्दा, फुटाएर पनि सम्भव नभएपछि सेफ खोलेर हेर्न सकिएन । राधाकृष्ण थारूको सम्मानमा बर्दियाको सदरमुकाम गुलरियाको मुख्य चोकलाई राधाकृष्ण चोक नामकरण गरिएको छ। चोकमा उनको अर्धकदको शालिक पनि ठड्याइएको छ । उनको नाममा राधाकृष्ण थारू जनसेवा केन्द्र संस्थासमेत खोलिएको छ। संस्थाका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले राधाकृष्णको नाममा पार्क बनाउने घोषणा गरे पनि त्यो गर्भमै छ । उता परशुनारायण चौधरीको गाउँ देउखुरी गोवरडिहामा भने शालिक समेत ठडिन सकेको छैन । काँग्रेसले पनि उनलाई सम्झनाबाट ‘आउट’ गरेको छ ।   

नेपाली काँग्रेसको घोषणापत्रः वार्षिक अढाइ लाख नयाँ रोजगारी सिर्जना

नेपाली काँग्रेसको घोषणापत्रः वार्षिक अढाइ लाख नयाँ रोजगारी सिर्जना

१४६० दिन अगाडि

|

१२ कात्तिक २०७९

नेपाली काँग्रेसको घोषणापत्र मस्यौदा समितिका संयोजक स्वर्णिम वाग्लेले काँग्रेसको घोषणापत्र यथार्थपरक रहेको दाबी गरेका छन् । शनिवार पार्टी केन्द्रीय कार्यालय, ललितपुर सानेपामा आयोजित निर्वाचन घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले सो दावी गरेका हुन् । वाग्लेले दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर संकल्प पत्रमा विकासका लक्ष्यहरू  राखिएको बताए । उनले युवा बेरोजगारीको नैराश्यता चिर्नका लागि आर्थिक वृद्धिका नयाँ स्रोतहरूको विषयलाई प्राथमिकता दिएको पनि बताए । वाग्लेले घोषणापत्रमा डिजिटलाइजेशन, स्वदेशी उत्पादन, नीतिगत सुधारका विषय र वार्षिक करिब अढाइ लाख नयाँ रोजगारी सिर्जना गर्नसक्ने विश्वसनीयताका आधारहरू समावेश गरेको उल्लेख गरे ।  संयोजक वाग्लेले पार्टीको घोषणापत्रमा तात्कालिक आर्थिक एजेण्डाका रूपमा ५ वटा विषयहरू समावेश गरेको बताए । जसमा आयात, बाह्य असन्तुलनको विषय, कर्जा र तरलता, मुद्रास्फिर्तिको विषयहरू रहेका छन् । मुद्रास्फिर्तिको विषय आगामी सरकार बनेको ६ महिना भित्रमा समाधान हुने डा वाग्लेको भनाइ थियो ।  वाग्लेले सार्वजनिक आय र खर्च, औद्योगिक पूर्वाधार र नेपाली उत्पादन प्रवर्द्धन र युवाहरूका लागि डिजिटलाइजेशनको विषय तत्काल आर्थिक एजेण्डाका रूपमा पार्टीको घोषणापत्रमा उल्लेख गरिएको बताए । उनले वृद्ध भत्ता ६८ बाट घटाउँदै ६५ पु¥याउने र कोखदेखि शोकसम्मको अवधारणालाई अझ गतिशील बनाउने कुरा घोषणापत्रमा रहेको बताए ।  संयोजक वाग्लेले सत्ता स्वार्थका आधारमा बनेको नेपाल कम्युनिस्ट पार्टी आन्तरिक शक्ति संघर्षको कारण विघटन भएको र नेकपा एमालेले संवैधानिक रूपमा राज्य सञ्चालन गर्न असफल भएको दाबी संकल्पमा रहेको बताए । सार्वजनिक गरिएको घोषणा पत्रमा ३ वर्ष मुनिका बालबालिका र ७३ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा दिने लगायतका विषय समावेश गरिएको छ । घोषणापत्र समिति संयोजक एवं महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रलाई निरन्तरतामा नवीनता नाम दिएको बताए ।उनले भने  नेपाली समाजको विविधतालाई हामीले समेटेका छौँ । हामीले सम्मुन्नतिको सन्दर्भमा मान्छेलाई केन्द्रमा राखेका छौँ । नेपालको सम्मुन्नतिको सन्दर्भमा पाँच बर्षे खाका र त्यसलाई निरन्तरता दिने बिषयलाई समेटेका छौ। सार्वजनिक पदमा बसेका व्यक्तिलेले सम्पत्ति विवरण सार्वजनिक गर्नैपने बाध्यकारी कानुन बनाउने विषय घोषणापत्रमा समेटिएको शर्माले बताए । फोहोरको दीर्घकालिन समाधान, संसद्लाई पाँच बर्ष पूरा कार्यकाल कायम राख्ने लगाएतका विषय घोषणापत्रमा उल्लेख गरिएको छ । ५ वर्षभित्र सबै नेपालीको स्वास्थ्य बीमा गरिने, स्वास्थ्य बीमा गरेका ६५ वर्षमाथिका लागि निःशुल्क स्वास्थ्य सेवा दिइने, उपचार गर्नका लागि कसैले घर खेत बेच्नुपर्ने अवस्थाको अन्त्य गर्ने, बाल मृत्युदरलाई २० प्रतिशतमा झार्ने उल्लेख गरिएको छ । यस्तै ३० देखि ३५ वटा ऐन संशोधन वा खारेज गरेर रोजगार सिर्जनाको वातावरण निर्माण गर्ने, वार्षिक २ लाख ५० हजार रोजगारी सिर्जना गर्ने, इन्धन प्रतिस्थापन गर्न विद्युतीय ऊर्जालाई जोड दिने, शैक्षिक क्षेत्रका ८० प्रतिशत क्षेत्रमा इन्टरनेट पु¥याउने योजना छन् ।  प्रतिदिन सय डलर एक पर्यटकले खर्च गर्ने, १५ दिन नेपालमा बस्ने गरी वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यसका लागि विमानस्थलदेखि पर्यटकीय क्षेत्रका पूर्वाधार विकास गर्ने काँग्रेसको घोषणापत्रमा समावेश छन् । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको घोषणापत्रको सार्वजनिक गरेका थिए । तर उनले कार्यक्रममा आफ्ना भनाइ राखेनन् । औपचारिक कार्यक्रमपछि पार्टी प्रवक्ता प्रकाशशरण महतले पनि घोषणापत्र मस्यौदा समितिका संयोजक स्वर्णिम वाग्लेकै भनाइ दोह्र्याएका थिए ।  गठबन्धनको सरकार बन्ने भएकाले काँग्रेसको संकल्प खासै कार्यान्वयन हुने देखिन्न ।

 नागरिक उन्मुक्ति पार्टीको ७ खम्बा

 नागरिक उन्मुक्ति पार्टीको ७ खम्बा

१४६१ दिन अगाडि

|

१२ कात्तिक २०७९

कन्हैलाल चौधरी जसरी काँग्रेसको सिद्धान्त भन्नु पर्दा हामीले वीपीको समाजवाद भनेर संस्मरण गर्छौं, एमालेको मार्क्सवाद र लेनिनवादको साथमा मदन भन्डारीको जनताको बहुदलिय जनवाद (जवज) भनेर बुझ्ने गर्छौं । त्यसै गरी नेपाल कम्युनिष्ट पार्टी माओवादीको सिद्धान्त भन्नु पर्दा माओवाद अर्थात् साम्यवाद भनेर सामान्य तया अर्थ्याउने गर्छौं । (उहाँहरूले भनेअनुसार लागु नहुनु उहाँहरूको कमजोरी हुन सक्छ ।) यी त भए दशकौं पहिले अस्तित्वमा आएका बिदेशी र नेपालीहरूको परम्परागत सोचाईहरूमा आधारित पुराना पार्टीहरू । अहिले नेपालमा खोलिएका थुप्रै नयाँ पार्टीहरूमध्ये छोटो समयमा जनता बिच नचिताएको लोकप्रियता हासिल गर्न सफल एक मात्र पार्टीको नाम हो “नागरिक उन्मुक्ति पार्टी” । जुन पार्टी गत वर्ष  २०७८ पुस ९ मा  औपचारिक रूपमा स्थापना भएको थियो । यो पार्टीको समष्टिगत सिद्धान्त भनेका सुशासन, समृद्धि र पहिचान हो, जुन जहिले पनि राष्ट्र, राष्ट्रियता र नागरिकप्रति समर्पित छ।  सुशासन  सुशासन अन्तर्गत न्याय, समानता र अधिकार प्रत्यायोजन गर्ने प्रमुख निकायहरू कार्यपालिका, ब्यवस्थापिका र न्यायपालिकाहरूको लोकतान्त्रिक पद्धतिअनुसार ब्यवाहारिक  कार्यान्वयन यसका प्रमुख पक्षहरू हुन् । जसले नेपालमा बसोबास गर्ने  जातजाति, धर्म, लिंग र भौगोलिक अवस्थितिअनुसार अस्तित्वमा रहेका सम्पुर्ण नागरिकको रक्षा गर्दछ । यसको व्याख्या विस्तृत रुपमा पछि गरिने छ । समृद्धि  नागरिक उन्मुक्ति पार्टीको अर्को सिद्धान्त भनेको समृद्धि रहेको छ । नेपालमा खोलिएका पुराना पार्टीहरू जहिले पनि मनोगत सैद्धान्तिक विषय बस्तुहरूमा बाझाबाझ गर्ने, कसैले मेरो विचार राम्रो त कसैले उसको बिचार गलत भन्दै एक अर्कालाई दोषारोपण गर्दै समय बर्वाद गरेको देखिन्छ।  कसैले युरोपको सिद्धान्त राम्रो भन्दै अंगिकार गरे त कसैले अमेरिकाको सिद्धान्त राम्रो भने, कसैले माओको सिद्धान्त राम्रो भने त कसैले रूसको । तर, यी बिविध सिद्धान्तमा अल्झेर देशको समृद्धि  चाहीं हाता लाग्यो शुन्य ।  त्यसैले यी समग्र सिद्धान्तहरूको परिमार्जित र एकिकृत रुप, हाम्रो राष्ट्र सुहाउॅंदो, हाम्रा नागरिकहको पक्षपाती, सम्पूर्ण नागरिक र समस्त मानव जगतको भलाई हुने, देशमा अमन चयन शान्ति र समृद्धि  स्थापना गर्ने समष्टिगत कार्य नै नागरिक उन्मुक्ति पार्टीको सैद्धान्तिक बिचार रहेको छ ।  नागरिक उन्मुक्ति पार्टीले बिचारको मात्रको सिद्धान्त भन्दा ब्यवहारिक पक्षलाई बढी महत्व दिई लोकतान्त्रिक पद्धतिलाई आफ्नो सिद्धान्तको रूपमा अंगिकार गरेको छ । जस अन्तर्गत  स्वास्थ्य, शिक्षा, रोजगारी, भौतिक पूर्वाधार (खानेपानी, सिंचाई, बाटो घाटो ईत्यादि), जहाँ सबै नागरिकको समान सहभागिता, उत्तरदायित्व र उपभोग रहोस् ।  पहिचान नागरिक उन्मुक्ति पार्टीको अर्को सैद्धान्तिक पक्ष भनेको पहिचान रहेको छ । नागरिक उन्मुक्ति पार्टीले राष्ट्र र राष्ट्रियतालाई नै पहिचानको रुपमा ब्याख्या र विश्लेषण गर्दछ । नेपालमा सबै भन्दा नबुझिएको बिषय नै पहिचान हो । अहिलेसम्म पहिचानलाई कसैले पनि सहि तरिकाले व्याख्या विश्लेषण गर्न सकिरहेका छैनन्।  पहिचान अर्थात आईडेन्टिटी भन्ने बित्तिकै हामी नेपाली भएको नाताले विश्वमान चित्रमा हामी हाम्रो देश नेपालको नाम सम्झन्छौं । यदि नेपाल भन्ने देश नभएको भए के सम्झिने, हाम्रो पहिचान के हुने ? एक क्षण कल्पना गर्रौं त ?  नेपाल भन्ने वित्तिकै सम्झिने अन्य पक्षमा हिमाल, पहाड, तराई, नदीनाला, शान्तिका अग्रदुत भगवान वुद्ध, लुम्विनी, पशुपतिनाथ, स्वयम्भुनाथ लगायत, नेपाल सम्वत, भाषा साहित्य, संस्कृति, भेशभुषा खानपान, हाम्रो प्राविधिक ज्ञानहरूले नै हाम्रो पहिचान झल्काउने गर्छ ।  हाम्रो देशमा   १२५ जातजातिको जातजातिहरूको बसोवास रहेको छ ।  सबै  जातजातिको साझा थलो हो नेपाल । यी सबै जातजातिहरू एउटै मालामा जोडेर राख्ने कसरी त ? यी कुराहरूको पहिचान गरी त्यसलाई राष्ट्र र राष्ट्रियतासॅंग कसरी जोडन सकिन्छ र नेपाललाई विश्व सामु एक शान्त र समृद्ध राष्ट्रको रुपमा कसरी परिचित गराउन सकिन्छ ? भन्ने प्रश्नको सरलीकृत सामाधान र त्यसको ब्यवस्थापन गर्ने ब्यवहारिक पक्ष नै नागरिक उन्मुक्ति पार्टीको अर्को प्रमुख सिद्धान्त रहेको छ ।  त्यसकारण पहिचानका ७ खम्वाहरू भनेर हामीले भाषा तथा साहित्य,  खास गरी नेपालमा अस्तित्वमा रहेका सम्वतहरू, संस्कृति, भेसभुषा, खानपान, परम्परागत प्राविधिक ज्ञान तथा भूगोललाई लिएका छौं । (विस्तृत अर्को लेखमा) लेखक नागरिक उन्मुक्ति पार्टीका लुम्विनी प्रदेश संयोजक हुन्  

१२ वर्ष पहिले रेशमसँग देउसी भैलो खेलेको सम्झिदै रन्जिता (भिडियोसहित)

१२ वर्ष पहिले रेशमसँग देउसी भैलो खेलेको सम्झिदै रन्जिता (भिडियोसहित)

१४६५ दिन अगाडि

|

८ कात्तिक २०७९

तिहारमा जताततै देउसी भैलोले गाउँ सहर गुन्जायमान छ । यसै बीच १२ वर्ष पहिले रेशम चौधरीसँग देउसी भैलोको एलबम निकालेको सम्झना नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता चौधरीले गरेकी छिन् ।  रन्जिताले भिडियोको लिंक पोष्ट गर्दै भनेकी छिन्, यो देउसी भैलो आज भन्दा १२ बर्ष अगाडि हामी (रेशम रन्जिता) ले रेकर्ड गरेर सुटिङ गरेपश्चात बजारमा आउँदासम्म हामी एकदमै व्यस्त हुन थाल्यौ । यसको कभरमा हस्ताक्षर गर्न हामीलाई भ्याइ नभ्याई थियो । आम्दानी पनि निकै नै भयो । हरेक घर घर गाउँ गाउँ रेडियो, टिभी, एफएममा यही देउसी भैली गुन्जिन्थ्यो । आफूद्वारा जन्माइएको गीत संगीतले त्यसरी बजार लिएको देख्दा हामी खुशी हुन्थ्यौ । यसै गरी रन्जिताले यसपाली आफ्नो घर आँगन टीकापुरमा धेरै बर्ष पछि रमाएर देउसी खेल्न पाएकोमा खुशी व्यक्त गरेकी छिन् ।  स्मरण रहोस् रेशम चौधरीले सयौं गीतमा स्वर, संगीत दिएका छन् ।   देउसी भैलोको हेर्नुहोस् भिडियो लिंक  https://www.youtube.com/watch?v=ymlAbuKJqA8

तत्कालीन वामगठबन्धनको कैलाली–कञ्चनपुर लक्षित ‘प्रतिवद्धता’ फर्केर हेर्दाः थारूहरूलाई फकाउने ठगीधन्दाको पुलिन्दा

तत्कालीन वामगठबन्धनको कैलाली–कञ्चनपुर लक्षित ‘प्रतिवद्धता’ फर्केर हेर्दाः थारूहरूलाई फकाउने ठगीधन्दाको पुलिन्दा

१४६७ दिन अगाडि

|

५ कात्तिक २०७९

मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सांसद्का उम्मेदवारहरु चुनावी प्रचारप्रसारसँगै आ–आफ्ना प्रतिवद्धतापत्र तयारीमा जुटेका छन् । कोहीले त प्रतिवद्धता पत्र सार्वजनिक समेत गरिसकेका छन् ।  २०७४ को निर्वाचनमा पनि दल तथा उम्मेदवारहरुले मतदातालाई प्रभावमा पार्न आकर्षक प्रतिवद्धता पत्र सार्वजनिक गरेका थिए । चुनाव जितेपछि ५ वर्षको अवधिमा गरिने कार्यायोजना मतदातासमक्ष प्रस्तुत गरेका थिए । जितेकाहरुले आफ्ना प्रतिवद्धता कतिको पूरा गरे त ? पछाडि फर्केर हेर्न जरुरी छ । २०७४ को निर्वाचनमा नेकपा एमाले, माओवादी केन्द्रसहितको वाम गठबन्धन र नेपाली काँग्रेस प्रतिस्पर्धामा थिए । पछि वामगठबन्धन घटक दलबीच एकीकरण भइ नेकपा बन्यो । निर्वाचनपछि सुदूरपश्चिममा नेकपाले बहुमतको सरकार बनायो । तर चुनाव जित्न वामगठबन्धनले आफैले बनाएको प्रतिवद्धता कहिल्यै हेरेन । वामगठबन्धनले त्यसताका एउटा प्रतिवद्धता यस्तोसम्म ल्यायो, जुन कैलाली–कञ्चनपुर जिल्ला केन्द्रित थियो, यहाँका आदिवासी थारू जाति केन्द्रित थियो । जुन पूरा गर्न वामगठबन्धन घटकहरु कहिल्यै लागेनन् । थारू भाषामै लिखित सो प्रतिवद्धता थारू भाषाको राष्ट्रिय दैनिक पत्रिका पहुरा थारू दैनिकमा २०७४ मंसिर २८ गते प्रकाशन भएको थियो । के थियो प्रतिवद्धता पत्रमा ? सो प्रतिवद्धता पत्रमा प्रदेश प्रमुख र मुख्यमन्त्रीमध्ये एकजना थारू समुदायबाट निर्वाचित सांसदलाई बनाइने उल्लेख थियो । प्रदेश नं. ७ को नामकरण समेत थारू मौलिक शब्दबाट गरिने प्रतिवद्धता बन्यो । तर प्रतिवद्धता कागजमै सीमित भयो । २५ देखि ३० प्रतिशत मन्त्री थारू समुदायकै सांसद बनाइनेदेखि कैलाली, कञ्चनपुरका थारू बाहुल स्थानीय तहमा स्वायत्तता दिने उल्लेख थियो । तर विनिता चौधरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र चुनकुमारी चौधरी र कुलवीर चौधरी राज्यमन्त्री सम्म भए ।  यस्तो थियो प्रतिवद्धता १. प्रदेश नं. ७ को नाम  जातिगत हिसाबले प्रदेशको नाममा थारू शब्द समावेश गरिने ।  २. प्रदेश केन्द्र प्रदेश नं. ७ को केन्द्र थारू जातिको सघन बस्ती रहेको जिल्ला कैलाली कञ्चनपुरको बीचमा “अत्तरिया–धनगढी” निर्धारण गर्ने । ३. प्रदेश प्रखुम÷मुख्य मन्त्री÷मन्त्रीः  प्रदेश नं. ७ मा प्रदेश प्रमुख र मुख्य मन्त्रीमध्ये एक पद थारू जातिबाट दिइने । त्यस्तै, यो प्रदेशमा २५% देखि ३०% मन्त्री थारू जातिकै रहने ।   ४. स्थानीय स्वायत्तताः थारू बाहुल्यता रहल स्थानीय तह (कैलारी, जानकी, जोशीपुर, भजनी,...) स्थानीय तहमा थारू जातिलाई स्थानीय स्वायत्तता दिइने । विशेष अधिकार कस्तो रहने ?  यो क्षेत्रमा जनसंख्याको अनुपातमा स्थानीय तहको पदाधिकारी रहने ।   यसै अनुपातमा थारू जातिकै कर्मचारी नियुक्ति गरिने ।   केन्द्र र प्रदेशबाट विशेष आर्थिक प्याकेज प्रदान गर्ने ।   यो क्षेत्रमा उद्योग स्थापना गर्ने व्यक्तिलाई ट्याक्स दरमा सहुलियत दिइने ।   यो क्षेत्रमा सामाजिक सुरक्षा भत्ता दोब्बर गरिने ।   मावि सम्मको पाठ्यक्रम स्थानीय आवश्यकतालाई मध्यनजर गरीे स्वायत्त क्षेत्र अनुरुप बनाइ लागु गरिने ।   प्राविधिक र बहुप्राविधिक शिक्षालय स्थापना गरी अनुदान उपलब्ध गराउने ।  ५.    राष्ट्रिय सभामा कम्तिमा ३ जना थारू जातिकै व्यक्तिलाई समावेश गरिने ।  (धारा ८६,२,क) ६. प्रदेश भित्रका मेडिकल, ईन्जिनियरिङ प्राविधिक कलेजमा थारू जातिको कोटा २५% बढी गरिने ।  ७. स्थान हेरेर थारू संग्रहालय स्थापना गरिने ।  ८. आधारभूत तहसम थारू भाषामै शिक्षा दिइने व्यवस्था र उच्च शिक्षामा थारू भाषालाई ऐच्छिक विषयको रुपमा समावेश गरिने ।  ९. थारू भाषामा अध्ययन अनुसन्धान गर्ने विद्यार्थीलाई प्रदेशबाट छात्रवृत्ति उपलब्ध गराइने ।  १०. थारू भाषाको कला, संस्कृतिको संरक्षणको लागि प्रदेश स्तरमा थारू रंगशाला निर्माण गरिने ।  ११. मुक्त कमैया, मुक्त कमलहरीका परिवारलाई आयआर्जनको लागि र आर्थिक सुधारको लागि निम्न अनुसारको कार्यक्रम गरिने ।  एक घर एक रोजगारी ।  निःशुल्क स्वास्थ्य बीमा ।  स्नातक तहसम्म निःशुल्क शिक्षा । परिवार संख्या हेरेर घर बनाइ दिने ।  मुक्त कमैया शिविरको लागि उद्योग खोल्ने नीति पारित गरिने ।  १२.     प्रदेश नं. ७ मा निजामती कर्मचारी, शिक्षा आयोग, सेना, प्रहरी, लगायत सेवामा २५% समानुपातिक समावेशीको आधारमा सुनिश्चित रहने व्यवस्था गरिने ।  १३.     कैलाली जिल्लामा थारू कला, संस्कृति र परम्परा झल्किने एक वटा नयाँ सहर बनाउने ।  १४. थारू जातिको नामसँग जुरेका अन्नबाली, तरकारी लगायतको उत्पादनलाई संरक्षण, सम्बद्र्धन गरी अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्धन गरिने (जस्तो थारू आलु, ...) १५. थारू जातिको कानूनी सहायताको लागि स्थानीय तहमा कानूनी सहायता युनिट स्थापना गरिने ।  १६. गरिबीको रेखामुनि रहेका थारू परिवारलाई कर छुट दिने ।  १७. कैलाली र कञ्चनपुर जिल्लामा रहेका थारू जातिको सघन उपस्थिति रहेको क्षेत्रको ताल, वनको उत्पादनको ९०% आय थारू जातिकै विकासमा खर्च गरिने ।  (कोइलही तलुवा, वसन्ता जंगल ...) (धारा २५१...) १८. कैलाली जिल्लामा रासायनिक मलको फ्याक्ट्री खोलिने ।  १९.     मुक्त कमैया शिबिर रहेको क्षेत्रमा जोखिम मुक्त गरिने र जोखिम बढी रहेको शिविरलाई अन्तै सारिने ।  २०. प्रदेश नं. ७ को उच्च अदालतमा कम्तिमा २०% थारू जातिकै न्यायाधीश रहने व्यवस्था गरिने र कैलाली–कञ्चनपुर जिल्ला अदालतमा ३०% थारू न्यायाधीश रहने प्रावधान राखिने । (धारा १४९ ग) २१.     प्रदेश नं. ७ को ९ जिल्लामध्ये कम्तिमा २ वटा जिल्लाको प्र.जि.अ. थारू जातिकै रहने ।  २२.     प्रदेश प्रहरीको उच्च पदमा थारू जातिकै अधिकारी समानुपातिक समावेशीको आधारमा रहने । (धारा २६८,२...) २३.     गरीबीको रेखामुनि रहेका थारू परिवारका १० वर्ष मुनिका बालबालिका, गर्भवती महिला र ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई प्रदेश नं. ७ भित्र सार्वजनिक यातायातमा भाडा निःशुल्क गरिने ।  २४. प्रत्येक स्थानीय तहमा थारू उत्थान समूह गठन गरिने ।  २५. नेपालको संविधान २०७२ को धारा २६३ मा थारू आयोगको प्रावधान रहेको छ । यो आयोगको शाखा कार्यालय प्रदेश नं. ७ मा राखिने । थारू उत्थान बोर्ड स्थापना गरिने ।  २६. नेपाली सेनामो थारू ब्रिगेड स्थापना गरिने । (धारा २६७,३...) २७. जनयुद्ध, जनआन्दोलनका गम्भीर घाइते, अपाङ्ग, बेपत्ता र सहिद परिवारको प्रत्येक सदस्यलाई मासिक रु. २०००।– निर्वाह भत्ता दिइने  । घर नभएका यस्ता व्यक्तिलाई घर जग्गाको व्यवस्था गरिदिने । घरका एक सदस्यलाई अनिवार्य रोजगारी दिइने र रोजगारी नभएसम्म प्रति परिवार मासिक रु. ५,०००।– भत्ता प्रदान गरिने ।  २८. थारू क्लस्टरभित्र रहेका थारू जातिको व्यक्तिलाई उत्पादनमुलक उद्यम गर्न चाहे १० वर्षको लागि ५% ब्याज दरमा २ करोड रुपैयाँसम्म ऋण दिइने ।  २९. थारू क्लस्टरमा रहेका २२ देखि ३२ सालका थारू युवालाई वार्षिक ४ महिना रोजगारी अनिवार्य गरिने । यो नभएसम्म ३ महिना बराबरको भत्ता उपलब्ध गराइने ।  ३०. कैलाली कञ्चनपुरमा एक वटा थारू क्याम्पस खोल्ने । उक्त क्याम्पसमा कृषि, वन र औद्योगिक विकास अध्यापन गरिने । सो क्याम्पसमा कम्तिमा ५०% प्राध्यापक थारू जातिकै रहने व्यवस्था गरिने ।  ३१. थारू गाउँमा होमस्टे सञ्चालन गर्न महिला समूहलाई ५% ब्याजदरमा रु. एक करोड कर्जा दिइने ।  ३२. थारू क्लस्टर रहेको गाउँमा पर्यटन विकासको लागि एक वटा हेलिप्याड निर्माण गरिने ।  ३३.    थारू क्लस्टरमा खुल्ने कृषि फर्मका उद्यमीलाई त्यसको नाफाको १०% सरकारले थप गर्ने ।  ३४.    कैलाली कञ्चनपुरको थारू क्लस्टर रहेको क्षेत्रलाई रेल सेवासँग जोड्ने ।  ३५. थारू जातिका ५ वर्ष मुनिका बालबालिकालाई मासिक रु. १,०००।– पोषण भत्ता दिइने ।  ३६. सिकलसेल एनिमिया प्रभावित व्यक्तिको स्वास्थ्य जाँच र उपचार निःशुल्क गरिने । सिकलसेल पोजिटिभ रहेका व्यक्तिलाई स्वास्थ्य सुधारको लागि मासिक रु. १०००।– उपलब्ध गराइने ।  ३७.    नदीमा तटबन्ध गरी किसानका जग्गा सुरक्षित गरिने र बाढीले जग्गा कटान भएका किसानलाई जग्गाको बदलामा सरकारले क्षतिपूर्ति दिने ।  जातिगत लक्षित घोषणापत्र बनाइ भोट मागेका गठबन्धनका उम्मेदवार जितेपछि बहुमतको सरकार बनाए । सरकारी सुविधा भोग गरे । तर आमनागरिक तथा गठबन्धनको नजरमा परेको जीवनस्तर ज्यूँका त्यूँ छ । पुनः मंसिर ४ गते हुने निर्वाचनको लागि उही अनुहार, उही राजनीतिक दल घरदैलोमा छन् । २०७४ को चुनावमा वामगठबन्धनअन्तर्गत माओवादीबाट जितेका सांसद वीरमान चौधरी मुख्यमन्त्रीको दावेदार थिए । तर उनी मन्त्रीमण्डलमा समेत अँटाएनन् । २०७९ को चुनावमा आउँदा त उनले सांसदको  टिकट समेत पाएनन् ।  ३७ बुँदे प्रतिवद्धता पत्र केवल ललीपप मात्रै रह्यो । 

कथा सयपत्रीको

कथा सयपत्रीको

१४६८ दिन अगाडि

|

५ कात्तिक २०७९

                                                                                                                                        तस्विरः माइ रिपब्लिका मनसुन निख्रिएर आकाश नीलाम्मे छ । धरतीमा शारदीय फूल मगमगाउन थालेका छन् । धेरैजसोको घर, आँगन, बगैंचामा सयपत्री लोभलाग्दो गरी हाँसिरहेको छ । यो हाँसो सकिँदो दसैं अनि तिहार आगमनको संकेत हो । शब्दको सामान्य रूप हेर्दा सयपत्रीलाई शतपत्रका रूपमा अर्थ्याउन सकिन्छ । आफैँमा फूलको गुच्छा अर्थात् एक पुष्पपुञ्ज । कतैकतै यसलाई ‘हजारी फूल’ वा ‘थुंगे फूल’ पनि भनिन्छ । अंग्रेजीमा ‘मेरिगोल्ड’, हिन्दीमा ‘गेंदा’, नेवारीमा ‘तफ्वःस्वां’, तामाङमा ‘ताफोले’ नामले सयपत्री जति लोकप्रिय छ, उति नै रोचक छ यसको इतिहास । धेरैलाई लाग्न सक्छ, सबैजसो नेपालीको घरआँगनमा फूल्ने सयपत्री यतैको रैथाने फूल हो । तर, मध्य र दक्षिण अमेरिका, विशेषगरी मेक्सिकोबाट फैलिएको सयपत्रीको विश्वयात्रा जारी छ । जिसस क्राइस्टकी आमा मेरीको नामसँग जोडिने गरिन्छ– मेरिगोल्डलाई, जसलाई शुभको रूपमा बुझिन्छ । जसले मेरीलाई सिक्का चढाउन सक्दैनथे, उनीहरू सयपत्री फूल चढाएर चित्त बुझाउँथे भन्ने विश्वास छ । मेरिगोल्डलाई ‘ट्यागेट्स’ समूहमा सूचीकृत गरिएको छ । यो नाम प्राचीन रोमको एक दैवी अवतार ‘टागेस्’ बाट जुरेको किंवदन्ती छ । एच. हारा, ए.ओ. क्याटर र एल.एच.जे. विलियम्सद्वारा सम्पादित ‘एन इनुमेरेसन अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल’ भाग तीन (सन् १९८२) पुस्तकअनुसार, नेपालमा सयपत्रीका प्रजाति ट्यागेट्स इरेक्टा, ट्यागेट्स माइनुटा, ट्यागेट्स प्याटुला र ट्यागेट्स टेनुइफोलिया (सिग्नेट मेरिगोल्ड) पाइन्छन् । जिसस क्राइस्टकी आमा मेरीको नामसँग जोडिने गरिन्छ– मेरिगोल्डलाई, जसलाई शुभको रूपमा बुझिन्छ । जसले मेरीलाई सिक्का चढाउन सक्दैनथे, उनीहरू सयपत्री फूल चढाएर चित्त बुझाउँथे भन्ने विश्वास छ । वनस्पतिविद् कमल मादेन विभिन्न अभिलेखअनुसार, नेपालमा सयपत्री १ सय २६ वर्षभन्दा पहिलेदेखि नै रोपिने गरिएको बताउँछन् । नेपालका अतिथि फूलमध्ये सबैभन्दा पहिले भित्रिएकै सयपत्री हो । विदेश भ्रमणबाट फिर्दा राणाहरू उतैबाट प्रायः फूलहरू ल्याउने गर्थे । यसरी विभिन्न फूलसँगै सयपत्री पनि नेपाल भित्रिएको मान्न सकिन्छ । सन् १४९२ मा क्रिस्टोफोर कोलम्बस अमेरिका पुगेपछि सयपत्री फूल युरोप हुँदै एसियासम्म आइपुग्यो । नेपालमा भने भारतबाटै सयपत्री भित्रिएको हो । सन् १९०७ मा बेलायतका वनस्पतिविद् आइज्याक हेनरी बुर्किल काठमाडौं आएका थिए । उनी एक साथीको सहयोगमा नुवाकोटसम्म पुगे । सन् १९१० मा लेखिएको उनको किताब ‘नोट्स फ्रम जर्नी अफ नेपाल’ मा ‘ट्यागेट्स प्याटुला’ बारे उल्लेख छ । त्यसैगरी सौरभ आर. सत्याल लिखित ‘नेप्लिज फ्लोरिटाज’ (सन् २००८) पुस्तकमा ‘ट्यागेट्स इरेक्टा’ भोजपुर, सिक्तेलमा सन् १८९३ तिरै रोपिन थालेको उल्लेख छ । वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठका अनुसार, सयपत्रीको एउटै भेट्नोमाथि फूलेको प्रत्येक पत्र स्वयंमा आफैँ फूल हो अर्थात् एउटा फूलमा थुप्रै स–साना फूल हुन्छन् । उनका अनुसार, एउटा फूलमा सयौं स–साना पुष्पिका हुन्छन्, जसलाई ‘डिस्क फ्लोरेट्स’ र ‘रे फ्लोरेट्स’ भनिन्छ । हाम्रा फिरन्ते पुर्खाले सिकार छाडेर १० हजार वर्षअघि खेतीपाती गरेर एकै ठाउँ बस्न थालेपछि बिस्तारै फल दिने वनस्पति रोप्न थाले । त्यसपछि फूलहरू रोप्न थालिएको मानिन्छ । यो फूलको बीउ सजिलै उम्रिने भएकाले सहजै सबैतिर फैलिएको वनस्पतिविद्को भनाइ छ । अरू फूलको तुलनामा यसको विकासे (हाइब्रिड) एकदमै धेरै हुन्छ । विकासे जातको फूलको आकार ठूलो हुन्छ । रंग, अकार, उचाइ, सुगन्ध सबै हिसाबले यसका दर्जनौं प्रजाति निकालिएका छन् । विभिन्न प्रजातिमध्ये ‘ट्यागेट्स इरेक्टा’ को सबैभन्दा धेरै हाइब्रिड निकालिएको छ । हालैको नयाँ अध्ययनले इरेक्टा र प्याटुलालाई एउटैमा राखी ‘ट्यागेट्स इरेक्टा’ समूह बनाइएको बताए वनस्पतिविद् मादेनले । फ्रेन्च मेरिगोल्ड धेरैजसो गाउँघरमा रोप्ने चलन छ, जसलाई धेरै स्याहारको आवश्यकता पर्दैन । मादेनका अनुसार, विश्वभरि सयपत्रिका ४९ प्रजाति छन्, जसमा अफ्रिकन मेरिगोल्ड (ट्यागेट्स इरेक्टा) रफ्रेन्च मेरिगोल्ड (ट्यागेट्स प्याटुला) बढी प्रचलित छन् । थुप्रै भए पनि ३–४ वटा प्रजाति मात्रै उत्पत्ति–स्थानबाहिर गएका छन् र त्यहीँ सीमित छन् । सयपत्री गाढा सुन्तले, सुनौलो, रातो, सेतो आदि रङमा पाइन्छ । फ्रेन्च मेरिगोल्ड समूहमा सानो कदको हुन्छ । यो सानै फुल्छ । अफ्रिकन मेरिगोल्ड ठूलो तथा डल्लो आकारको हुन्छ । वनस्पतिविद्हरूका अनुसार, मेक्सिको र नेपालको अक्षांश मिल्छ । फूल फुल्न आक्षांशको एकदमै महत्त्व हुन्छ । कति घण्टा घाम लाग्छ, कति घण्टा अँध्यारो हुन्छ भन्ने कुराले फूल फुल्ने/नफुल्ने समय निर्धारण गर्छ । प्रकाश भए फूल फुल्छ, नभए फुल्दैन । दिन र रातको लम्बाइको हिसाबले नेपालको अक्षांश मेक्सिकोसँग मिल्छ । ‘हाम्रो बगैंचामा ६० प्रतिशतभन्दा बढी फूल त्यतैतिरको हुन्छ । त्यसैले सयपत्रीले अरू देशको भन्दा उपयुक्त ठाउँ नेपाल भेटेको छ,’ डा. श्रेष्ठ भन्छन्, ‘नेपालको ल्याटिच्युड, अल्टिच्युड र ट्रोपिकालिटीको हिसाबले फूलहरू फस्टाएका छन् ।’ सयपत्री समुद्री सतहको २२ देखि २५ सयसम्मको उचाइमा फुल्न सक्छ । किन यति लोकप्रिय ? विशेषगरी चाडपर्वमा नभई नहुने फूल हो– सयपत्री । फूलैफूलको पर्व तिहारमा झन् सयपत्रीको विशेष महत्त्व छ । धेरैजसो फूल मनसुन सिद्धिएपछि फुल्दैनन् । त्यसैले पनि यो समयमा अर्थात् मनसुनपछि फुल्ने सयपत्री लोकप्रिय बनेको हो । तीर्थबहादुर श्रेष्ठ भन्छन्, ‘फूलमा हामी कमजोर र फल प्रधान हुने बेला हो– शरद ऋतु । अहिले कुनै फूल फुल्दियो भने त्यसको महत्त्व अझै धेरै हुन्छ । त्यसकारण पनि सयपत्री सबैलाई मन पर्छ ।’ उनका अनुसार, सबैतिर हुने र धेरै स्याहार पनि नचाहिने यो फूलको ‘एडेप्टिभ क्यापासिटी’ अरूभन्दा निकै बलियो छ । छोटो अवधिमा फुल्ने सयपत्रीका रङ, आकार र प्रकार पनि धेरै हुन्छ । अरू फूलको तुलनामा यसलाई उमार्न सजिलो हुन्छ । गुलाब उमार्न कटिङ गरेर त्यसको बिरुवा बनाउनुपर्छ । तर, सयपत्री बीउबाटै उम्रिन्छ र यसको उम्रिने शक्ति पनि बलियो हुन्छ । यो आफैँ कीरा भगाउने फूलमा पर्छ, त्यसैले यसमा हत्तपत्त कीरा लाग्दैन । त्यति मात्र होइन फुलेको धेरै दिनसम्म पनि नओइलाउने र नझर्ने हुनाले पनि सयपत्री धेरैले रुचाउँछन् । मध्यबर्खाबाट सुरु भई तुषारो नलागेसम्म फुलिराख्ने यो फूल सबै सिजनमा फुलाउन सकिन्छ । विशेषगरी असार–साउनमा रोपिने यसको बिरुवामा डेढ महिनापछि कोपिला लाग्न थाल्छ र तीन महिनामा त ढकमक्क फुलिसक्छ । अरू फूलजस्तो महिनौं तथा वर्षौं कुर्नुपर्दैन । धार्मिक, सामाजिक र अन्य धेरै प्रयोजनमा प्रयोग हुने फूल नै सयपत्री हो । माला गाँस्न सबैभन्दा सजिलो यही फूल हुन्छ । नेपाल, भारतका अनेक चाडपर्वमा ठूलो हिस्सा ओगट्ने सयपत्री सबैजसो धार्मिक समूहले रुचाउँछन् । मेक्सिकोमा भने मृत्यु संस्कारमा यसको बढी प्रयोग हुन्छ । धार्मिक, सामाजिक र अन्य धेरै प्रयोजनमा प्रयोग हुने फूल नै सयपत्री हो । माला गाँस्न सबैभन्दा सजिलो यही फूल हुन्छ । नेपाल, भारतका अनेक चाडपर्वमा ठूलो हिस्सा ओगट्ने सयपत्री सबैजसो धार्मिक समूहले रुचाउँछन् । सयपत्रीलाई सूर्यसँग दाँजिन्छ । सूर्य चमक र सकारात्मक ऊर्जाको प्रतीक हो । आँपको पात र सयपत्रीमा उनिएको माला तोरण बनाएर हिन्दु धर्मावलम्बीहरू घरमा टाँग्छन् । यसले नकारात्मकता फैलिन नदिने विश्वास गरिन्छ । साथै दीपावली तथा होलीमा पनि यसको व्यापक प्रयोग हुन्छ । भाइटीकामा सयपत्रीसँग मखमली मिसाएर माला लगाइन्छ । घर, कार्यालय सजाउन ढोका, बार्दलीमा सयपत्री नै देखिन्छ । श्रेष्ठ भन्छन्, ‘संसारैभर रुचाइएको यो फूललाई बढी सम्मान भने नेपालीले नै दिएका छन् । शिरमा लगाउन होस् वा घाँटीमा सजाउन वा देवीदेवतालाई चढाउन यो फूलको प्रयोग हुन्छ । पूजापाठमा सयपत्रीको एउटै थुंगा चुँडे सबै देउतालाई चढाउन पुग्छ । यो फूल प्रायः सबै भगवान्लाई चल्छ पनि ।’ हिन्दु धर्मशास्त्रअनुसार, जब भगवान् श्रीराम १४ वर्ष वनवास काटेर अयोध्या फर्किए, त्यसबेला उनको स्वागतमा सयपत्रीको फूल–वर्षा गरिएको थियो । पूजा, सजावट मात्र होइन स्वागत, बिदाइ, सभा, सम्मान, अभिनन्दन र श्रद्धाञ्जलीमा पनि सयपत्री छुट्दैन । हाम्रा नेताहरू सयौं किलोसम्मका मालाले पुरिएको पनि हामीले देखेकै छौं । यी अनेक चलनले सयपत्रीको खपत पनि बढाएको छ । नेपालमा वर्षैभरि सयपत्रीको कारोबार भइरहे पनि दसैं, तिहारमा माग बढ्छ । सबैभन्दा बढी फस्टाउने र बाह्रैमास बिक्री हुने भएकाले यसको व्यावसायिक खेती फैलिरहेको छ । नेपालमा प्रायः सयपत्रीको बीउ थाइल्यान्ड, नेदरल्यान्ड्स, जापानजस्ता देशबाट आयात गरिन्छ । नर्सरी व्यवसायीहरूका अनुसार, एक गेडा बीउको करिब ४ रुपैयाँ पर्छ, जसमा ७० प्रतिशत उम्रिन्छ । पहेंलो, गोल्डेन र सुन्तला रङको सयपत्रीको बढी खेती हुन्छ । काठमाडौं, ललितपुर, धादिङ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, चितवन, मकवानपुर, रामेछाप, धनकुटा, मोरङ, धनुषा, सर्लाही, सप्तरी, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, झापा, इलाम, दाङ र कैलालीमा यसको व्यावसायिक खेती हुन्छ । नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार, तिहारमा मात्रै सयपत्रीको १३ करोडको व्यापार हुन्छ । यस वर्ष तिहारमा २० लाख सयपत्री माला खपत हुने एसोसिएसनको अनुमान छ, जसमा ३ लाख मात्रै भारतबाट आयात हुनेछ । औषधीय गुण तेल, मल्हम, फेस प्याक, चिया आदिमा पनि सयपत्री उपयोगी छ । पहिले–पहिले केसरको सट्टा सयपत्रीकै रङ प्रयोग गरिन्थ्यो । सुपमा पनि यसलाई समावेश गरिन्थ्यो । खानेकुरा सजाउन पनि सयपत्री प्रयोग गरिन्छ । रोबर्ट ट्रोस्टल नेहेरले सन् १९६८ मा लेखेको ‘द इथ्नोबोटनी अफ ट्यागेट्स’ जर्नल लेखमा यसको आदिवासी प्रयोगबारे उल्लेख गरिएको छ । यसमा धेरैथरीको केमिकल कम्पाउन्ड छन् । यो फूल दुखाइ कम गर्ने औषधिमा गनिन्छ साथै ब्याक्टेरियल इन्फेक्सन हुन नदिन यो प्रयोग गरिन्छ । कीराले टोकेको भागमा फूल वा पात रगड्दा पीडा कम हुने आयुर्वेदविज्ञ बताउँछन् । यसको प्रयोगले पाचन प्रणालीलाई पनि सहयोग गर्ने विभिन्न अध्ययनले देखाएका छन्  सयपत्रीमा कीटनाशक गुण पनि छ । सयपत्री रोपेका ठाउँमा कीरा आउँदैनन् । प्राकृतिक रूपमै कीरा भगाउने काम यसले गर्छ । बगैंचामा अरू फूलसँग मिसाएर यो फूल रोपे लामखुट्टे कम आउन सक्छ । यो एन्टिफंगल, एन्टिब्याक्टेरियल र एन्टिफ्लेमेटरी हुने भएकाले सयपत्रीको लेपले छालाको सौन्दर्य बढाउनुका साथै छालासम्बन्धी रोगबाट जोगाउँछ । पेटसम्बन्धी रोग, ग्यास्ट्रिक निको पार्नर्, जन्डिस, पायल्समा हितकारी यो फूलको रसले महिनावारी नियमित बनाउन पनि सहयोग गर्ने आयुर्वेदविज्ञ डा. प्रकाश ज्ञवाली बताउँछन् । ‘स्वरस ५ थोपा दिनको २ पटक, चूर्ण दिनको २ वा ३ ग्राम वा आधा थुँगा फूललाई ५०० मिलिको चिया बनाएर खान सकिन्छ,’ ज्ञवाली भन्छन् । कान्तिपुरबाट