कैलाली– १ मा रामजनम र तपेन्द्रको ढुकढुकी बढाएको ‘ढकिया’

कैलाली– १ मा रामजनम र तपेन्द्रको ढुकढुकी बढाएको ‘ढकिया’

१४४१ दिन अगाडि

|

१ मंसिर २०७९

ब्रह्मदेव : जहाँ चुनावमा मात्रै मतदाता बस्छन् भन्ने लाग्छ उम्मेदवारलाई

ब्रह्मदेव : जहाँ चुनावमा मात्रै मतदाता बस्छन् भन्ने लाग्छ उम्मेदवारलाई

१४४२ दिन अगाडि

|

१ मंसिर २०७९

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव निवासी गणेश सिंह महता सीमावर्ती भारतीय बजार टनकपुर नगएको तीन वर्ष भयो । सीमा क्षेत्रमै बस्दै आएका ब्रह्मदेवलगायतका स्थानीयका दैनिकी भारतीय बजारसँग गाँसिएको छ । भारतले महाकाली नदीमा बनाएको ब्यारेज हुँदै नेपालीहरु किनमेलका लागि टनकपुर बजार पुग्छन् । तर सीमामै बस्दै आएका उनले भारतीय भूमि नटेकेको धेरै भयो । जसको प्रमुख कारण हो, नेपाल–भारत सीमा विवाद र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादती विरुद्ध आवाज उठाउँदा खेपेको मानसिक यातना । अन्याय विरुद्ध बोल्दा पाएको दुर्व्यवहारपछि उनी नेपाली र भारतीय प्रशासक तथा सरकारप्रति क्रुद्ध बनेका हुन् । ‘नेपालमै पर्ने सीमावर्ती सामुदायिक वनको संरक्षणका लागि एकताका हामी तार हाल्दै थियौं । तर पछि एसएसबी (भारतीय सुरक्षाकर्मी) ले हाल्न दिएन । हाम्रै एसएसपी, एसपी साप आउनुभयो । उहाँहरु पनि एसएसबीकै भाषा बोल्नुभयो । अनि हामीले तपाईहरु आफ्नो गाडी लग्नुस्, आफ्नो हतियार लग्नुस्, हामी आफै लड्छौ भनिदियौं’, महताले रातोपाटीसँग भने, ‘यहाँ एसएसबीको ज्यादतीको कुरै नगर्नुस् । अति छ । दैनिक उपभोग्य सामान लिन जाने नेपालीलाई दैनिक सास्ती, महिलाहरुलाई घण्टौंसम्म उभ्याएर दुःख दिने । पुरुषलाई सोझै गालीगलौच हुन्छ । केही साताअघि नगरपालिकाले नेपालकै क्षेत्रमा पर्ने बाटोमा ग्राबेल हाल्दै थियो । तर एसएसबीले हाल्नै दिएन ।’ ब्रह्मदेवकै बासिन्दा एवं बीबीएमा अध्ययनरत अनुष्का भट्टले पनि दशकौंदेखिको सीमा विवाद हालसम्म कायमै रहेको सुनाइन् । उनले भनिन्, ‘यहाँ रहेको सिद्धबाबा मन्दिरमा दर्शनका लागि भारतीय दर्शनार्थीहरु आइरहन्छन् । यहाँको नेपालीहरु किनमेलका लागि भारतीय बजार गइरहन्छन् । तर कहिले काहीँ बिना कारण एसएसबीले बोर्डर बन्द गरिदिने गर्छ । अनि समस्या सर्वसाधारणलाई हुन्छ ।’ त्यस्तै, उनले आफूहरु अध्ययनका लागि महेन्द्रनगर पुग्ने गरेको बताइन् । महेन्द्रनगर बजारदेखि ब्रह्मदेव बजार पुग्न तीन वटा खोला पर्ने तर त्यही खोलामा बाढी आउँदा धेरै पटक परीक्षा नै छोड्नुपरेको समस्या उनले सुनाइन् । तर सीमा समस्या र विकास नहुँदाको समस्या ज्यूँका त्यूँ रहेको उनको भनाइ छ । भोटका लागि आश्वासन दिन्छन्, फर्केर कहिल्यै आउँदैनन् गणेश र अनुष्का यहाँ प्रतिनिधिपात्र मात्रै हुन् । दुई देशीय सीमा समस्या र सीमावर्ती बस्तीलाई राज्यले गर्ने उपेक्षा ब्रह्मदेवसहित सीमावर्ती नेपालीको प्रमुख समस्या हो । जुन समस्या कहिल्यै पूरा नहुने स्थानीयको गुनासो छ । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन दैलौमै आएको छ । उम्मेदवारहरु भोट माग्न मतदाताका घरदैलौमै छन् । उम्मेदवारहरु उही समस्या समाधान र विकासको मुद्दा लिई मतदाताका दैलोमा छन् । तर तिनीहरुको आश्वासनले ब्रह्मदेवका स्थानीयलाई भने छुन नसकेको हो । अनुष्काले भनिन्, ‘चुनावअघि सबै उम्मेदवार समस्या समाधान गर्छौं भनेर आउँछन् । तर जितेपछि कोही आउँदैनन् । हाम्रो समस्या ज्यूका त्यूँ रहन्छ । उनीहरुको आश्वासनमा एक प्रतिशत पनि विश्वास छैन ।’ ब्रह्मदेवकै स्थानीय शिवराज सिंह नेगीले आफूले १५ वर्षदेखि नेपाली र भारतीय प्रशासनलाई नजिकबाट नियालिरहेको बताए । भारतले सीमा क्षेत्रमा पर्ने सडक कालोपत्रे गरिसकेको तर नेपालले गर्न खोज्दा भारतीय पक्षले अवरोध गर्दा हालसम्म ग्राबेलसम्म गर्न नसकिएको उनले बताए । नेपाल सरकारले कुनै कुटनीतिक ढंगले निकास दिन नसकेको बताउँदै नेगीले सीमा समस्या हल गर्नेबारे गफ दिने उम्मेदवारको आश्वासनमा कुनै विश्वास नभएको सुनाए । भारतीयको अगाडि नेपाली पक्ष निरीह भएकाले पनि सीमा समस्या समाधान नहुने ब्रह्मदेवका स्थानीयको बुझाइ छ । भारतीयको विरोधमा बोले आफ्नो पद जाने भयले पनि नेपाल सरकारका कुनै पनि मन्त्रीले हालसम्म आवाज उठाउन नसकेको बताउँछन् ब्रह्मदेव बजारमा व्यवसाय गर्दै आएका लक्ष्मण दत्त ओझा । ब्रह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव पन्तले चुनावको बेला मात्रै ब्रह्मदेव क्षेत्र नेपाल र आफूहरु नेपाली भएको अनुभूति हुने गरेको दुखेसो सुनाए । उनले भने, ‘अहिले मात्रै यो नेपाल हो र यहाँ पनि मतदाता बस्छन् भन्ने उम्मेदवारलाई लाग्छ । यहाँका सीमा समस्या विकासबारे यहाँका जनप्रतिनिधि र सरकारका मन्त्रीसँग पटक–पटक राख्दैआएका छौं । तर यहाँको विकासका लागि एक सिन्को समेत भाँच्न सकेका छैनन् ।’ के भन्छन् उम्मेदवार ? तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा उम्मेदवारहरु आफ्नो चुनावी एजेण्डाभित्र पुनः सीमा समस्या समाधान गरिने उल्लेख गरेका छन् । कञ्चनपुरबाट नेकपा एमालेबाट उम्मेदवारी दिएकी निरु देवी पाल, तारा लामा तामाङ, नरबहादुर धामी, नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका रमेश लेखक, एनपी साउद, नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी वीना मगरलगायतले पनि आफ्नो चुनावी एजेण्डाको रुपमा सीमा समस्या उल्लेख गरेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र न. ३ बाट उम्मेदवारी दिएका पूर्वमन्त्री समेत रहेका रमेश लेखकले सीमा समस्याबारे रातोपाटीसँग भने, ‘सीमा समस्याबारे सम्बन्धित मन्त्रालयको पटक–पटक ध्यानाकर्षण गराएको छु । करिब तीन महिना पहिला परराष्ट्रमन्त्रीसँग कुरा गरेको छु । उहाँमार्फत भारतीय दूतावासमा कुरा गर्ने कुरा भएको छ । सीमा सुरक्षा र सीमा विवादबारे सजगतापूर्वक, सचेतनापूर्वक कुरो उठाइएको छ । त्यसलाई म फेरि उठाउँछु । आगामी पाँच वर्षभित्र सीमा समस्या सम्बोधन हुन्छ ।’ त्यस्तै, निर्वाचन क्षेत्र नं. ३ की एमाले उम्मेदवार पालले पनि सीमावर्ती नेपालीलाई सुरक्षाको प्रत्याभूति दिने गरी काम गर्ने बताइन् । निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका एमालेका उम्मेदवार तामाङले सीमा समस्या समाधावारे अगाडि थपे, ‘मैले नै ठाक्कै गर्छु भन्ने छैन । यो समस्या समाधानको लागि स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारको समन्वयमा अहोरात्र खटिने छु ।’ त्यस्तै, पूर्वमन्त्री समेत रहेकी निर्वाचन क्षेत्र नं. १ बाट माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी वीना मगरले आफू सीमा समयाबारे गम्भीर रहेकोले पहिले पनि संसदमा आवाज उठाउँदै आएको र पुनः दबाब दिने प्रतिवद्धता जनाइन् । ‘सीमा समस्या हाम्रो जटिल समस्या हो । यो राष्ट्रियतासँग जोडिएको समस्या पनि हो । हाम्रा घरका दाजुभाइ दिदीबहिनीहरूले खेतीबाली उठाउने समयमा समस्या सिर्जना हुन्छ । हामीले तल्लो तहमा छलफल गरेर टुङ्ग्याउने कोसिस गरिरहेका छौँ’ उनले रातोपाटीसँग भनिन्, ‘यो एउटा राष्ट्रले मात्र हल गरेर हल हुने विषय होइन । त्यसका लागि दुई पक्षीय समझदारी आवश्यक हुन्छ । मैले यहाँबाट जितेर गइसकेपछि सीमा समस्याका विषयमा हिजो छलफलको एजेन्डा बनाएको हुँ । भोलि सरकारको नेतृत्वलाई सीमा समस्या समाधानका लागि दबाब दिन्छु ।’ कहिल्यै पूरा नहुने ती चुनावी एजेण्डाहरु सीमा समस्यामात्रै होइन, यहाँ अन्य दर्जनौं मुद्दाहरु पनि पञ्चायतकालदेखि हालसम्म दोहोरिरहने पाइएको छ । पुनः त्यही मुद्दा लिएर उम्मेदवारहरु घरदैलोमा ब्यस्त छन् । ०५८ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित आरक्षपीडितको समस्या उस्तै छ । विस्थापित भएदेखि हालसम्म चार पटक निर्वाचन हुँदासमेत पीडितको समस्या जस्ताको त्यस्तै छ । हरेक राजनीतिक दल, तिनका उम्मेदवारले आरक्षपीडितको पुनर्स्थापना गर्ने एजेण्डा अघि सारे पनि पीडितको अझै पुनर्स्थापना हुन नसकेको हो । आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले राजनीतिक दल र तिनका उम्मेदवारले हरेक निर्वाचनमा चुनावी मुद्दा बनाए पनि अहिलेसम्म आफूहरुको समस्या जस्ताको तस्तै रहेको बताउँछन् । ‘हरेक चुनावमा दलहरुले पीडितको समस्या समाधान गर्ने आश्वासन दिन्छन्, ‘उनले भने, ‘चुनाव सकिएपछि भुल्ने प्रवृत्ति छ ।’ दुई हजार ४७३ परिचयपत्रधारी पीडितको अझै पुनर्स्थापना नहुँदा उनीहरु खुला आकाशमुनि बस्न बाध्य भएका छन् । दलहरुले हरेक निर्वाचनमा दोधाराचाँदनीमा बन्ने भनिएको सुक्खा बन्दरगाह, महाकाली करिडोर, मझगाउँ विमानस्थल, महाकाली तेस्रो चरण, दैजी छेला औद्योगिक क्षेत्र निर्माण, छाडा पशु चौपाया व्यवस्थापन, महाकाली, दोदा, सुनबरा चौधर, झर्नाखोलालगायतका नदीनालाको कटानी नियन्त्रण, रोजगारी, महाकाली अस्पतालाई शिक्षण अस्पताल बनाउने एजेण्डा अघि सारे पनि अझै जिल्लाका योजना एवं समस्या जस्ताका त्यस्तै छन् । 

नागरिक उन्मुक्ति पार्टीको लक्ष्यः राष्ट्रिय पार्टी बन्ने, सुदूरपश्चिममा सरकार बनाउने

नागरिक उन्मुक्ति पार्टीको लक्ष्यः राष्ट्रिय पार्टी बन्ने, सुदूरपश्चिममा सरकार बनाउने

१४४२ दिन अगाडि

|

३० कात्तिक २०७९

जनक विष्ट थरुहट, थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनका बेला २०७२ सालमा भएको टीकापुर घटनाको जगमा गठन भएको नागरिक उन्मुक्ति पार्टी यो चुनावमा यहाँका ठूला दलहरुका लागि चुनौती बनेको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पूर्वी कैलालीका चार स्थानीय तह जितेर यो कैलालीको सबैभन्दा ठूलो दल बनेको छ । सोही नतिजाबाट उत्साहित यो पार्टीले प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १० क्षेत्रमा उम्मेदवारी दिएको छ । कैलाली क्षेत्र नम्बर ५ मा लक्ष्मण चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवार जगदिश चौधरीलाई समर्थन गरेको छ । नागरिक उन्मुक्ति पार्टीले कञ्चनपुरको क्षेत्र नम्बर १ र २ को प्रतिनिधिसभा तथा प्रदेशसभामा उम्मेदवारी दिएको छ भने सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाको प्रदेशसभा ९२० र बैतडीको प्रदेशसभा ९२० मा पनि उम्मेदवारी छ । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ मध्ये ७ र प्रदेशसभाका ३२ मध्ये १६ क्षेत्रमा चुनावी प्रतिस्पर्धामा उत्रिएको नागरिक उन्मुक्ति पार्टीले देशका अन्य जिल्लामा पनि चुनाव लडिरहेको छ । पार्टी प्रवक्ता दामोदर पण्डितका अनुसार प्रतिनिधिसभाका ३३ र प्रदेशसभाका ५७ क्षेत्रमा यो पार्टी चुनाव लडिरहेको छ । राष्ट्रिय पार्टी र प्रदेशमा निर्णायक शक्ति हुने सुशासन, समृद्धि र पहिचानको मुद्दालाई प्राथमिकताका साथ उठाएको नागरिक उन्मुक्ति पार्टीले अगामी निर्वाचनबाट राष्ट्रिय दल बन्ने लक्ष्य लिएको छ । राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिक पद्धतिमा कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ । सुदूरपश्चिम सहित तीन प्रदेशमा सरकार निर्माण गर्ने वा निमार्णमा सहभागी हुनसक्ने दल बन्ने उसको दाबी छ । सुदूरपश्चिम प्रदेशमा बहुमत ल्याएर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने बताउने नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डित लुम्बिनी र मधेश प्रदेशमा नयाँ शक्तिका रुपमा उदाउने दाबी गर्छन् । राष्ट्रिय दल बन्न आवश्यक पर्ने तीन प्रतिशत मत पनि कैलाली र कञ्चनपुरसहितका जिल्लाबाट ल्याउने यो पार्टीको रणनीति छ । ‘आगामी निर्वाचनमा समानुपातिकतर्फ कम्तीमा पनि चार लाख मत ल्याएर राष्ट्रिय पार्टीका रुपमा स्थापित हुने लक्ष्यका साथ हामी निर्वाचनमा छौँ’, पण्डितले  भने, ‘सुदूरपश्चिममा त हाम्रै नेतृत्वमा सरकार गठन गर्छौं । लुम्बिनी र मधेश प्रदेशमा सरकार निर्माणमा निर्णायक शक्ति बन्छौं । उस्तै परे संघमा पनि सरकारमा सामेल हुन्छौं ।’ उत्पीडनमा परेका वर्ग, जाति र समुदायका मुद्दालाई मूल विषय बनाएको बताउने यो पार्टीले देशभरबाट आदिवासी जनजातिको मत पनि आफूहरुलाई आउने दावी गरेको छ । थारु समुदायको पहिचान सहितको प्रदेशको माग गर्दै भएको आन्दोलन चर्किदा हिंसात्मक रुप लिएको टीकापुर घटनामा रेशम चौधरीलाई दोषी बनाएर जेल हालिएपछि देशभरका आदिवासीमा अद्भूत एकताको भावना आएको प्रवक्ता पण्डित दावी गर्छन् । स्थानीय तहको मतभार ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा कैलालीमा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो र नागरिक उन्मुक्ति पार्टी चौथो दल बनेको देखिन्छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवारले पाँच वटै निर्वाचन क्षेत्रमा ८९ हजार ६१९ मत प्राप्त गर्दा दोस्रो बनेको एमालेको मत ७६ हजार ५४१ छ । माओवादी केन्द्रका उम्मेदवारले ४४ हजार ७९१, नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले २७ हजार ६९४, नेकपा एकीकृत समाजवादीले १२ हजार ५६२, राप्रपाले सात हजार ६८२ र जसपाले चार हजार ११३ मत पाएको छ । यो मतलाई आधार बनाउँदा पाँच लाख ३५ हजार ५१४ मतदाता रहेको कैलालीमा अहिले पनि कांग्रेस, एमाले र माओवादी केन्द्र प्रमुख शक्तिका रुपमा कायम देखिन्छन् भने नागरिक उन्मुक्ति पार्टी चौथो स्थानमा छ । थारु मतलाई आफ्नो जितको प्रमुख आधार बनाएको नागरिक उन्मुक्ति पार्टी क्षेत्रगत रुपमा हेर्दा कैलाली क्षेत्र नम्बर १ मा सबैभन्दा धेरै मत पाएर पहिलो स्थान कायम रहेकोमा क्षेत्र नम्बर २ र ३ आंशिक प्रभाव भएपनि ४ र ५ मा भने उसको प्रभाव न्यून देखिन्छ । यो हिसाबले हेर्दा नागरिक उन्मुक्ति पार्टीको दाबी अनुसार अगामी निर्वाचनमा जित्न निकाल्न र समानुपातिकमा थ्रेस होल्ड कटाउने गरी मत प्राप्त गर्न मुश्किल पर्ने देखिन्छ । त्यसमा पनि सत्तारुढ गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएका बेला ती पार्टीले पनि थारु प्रभावित क्षेत्रमा सोही समुदायबाट उम्मेदवार खडा गरेका छन् । नागरिक उन्मुक्ति पार्टीको बढी प्रभाव रहेको क्षेत्र नम्बर १ मा रेशम चौधरीकी पत्नी तथा पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ प्रतिस्पर्धामा छिन् । उनका विरुद्ध सत्तारुढ गठबन्धनको समर्थनमा नेपाली कांग्रेसका रामजनम चौधरी उम्मेदवार छन् । चौधरी नातामा श्रेष्ठका जेठाजु पर्छन् । २०७४ को निर्वाचनमा रेशम चौधरी भूमिगत अवस्थामै जसपाबाट उम्मेदवारी दिएर यो क्षेत्रमा ३४ हजार ३४१ मत पाएर विजयी भएका थिए । चुनावी अभियानका क्रममा कैलाली(१ बाट नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ । टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका पाँच वडा ९१,३,४,६ र ७० तथा भजनी नगरपालिकाका ६ र ८ नम्बर वडा यो क्षेत्रमा पर्छन् । यी चारवटै पालिका नागरिक उन्मुक्ति पार्टीले जितेकाले यहाँ उसको प्रभाव राम्रो छ । अहिलेको निर्वाचनमा श्रेष्ठले यहाँबाट ४० हजार मत कटाएर जित हात पार्ने दाबी यो पार्टीको छ । यो बाहेक क्षेत्र नम्बर २ र ३ मा नागरिक उन्मुक्ति पार्टीेको प्रभाव कम देखिएको छ भने ४ र ५ मा न्यून छ । स्थानीय चुनावपछि यो पार्टीप्रतिको आकर्षण घट्दो क्रममा रहेको यहाँका स्थानीय नेताहरु बताउँछन् । तर, कैलालीका थारु समुदायका एक प्राध्यापक चुनावी नतिजालाई प्रभावित गर्न थारु समुदायकै मत निर्णायक रहेको बताउँछन् । ‘सैद्धान्तिक रुपमा जो जहाँ जोडिएको भएपनि चुनावमा भने अधिकांशले भावनात्मक निर्णय लिएर मत दिने चलन छ । यसले गर्दा नागरिक उन्मुक्ति पार्टीले राम्रै मत ल्याउन सक्छ’ उनले भने । तर नागरिक उन्मुक्ति पार्टीले दाबी गरे जस्तो नतिजामा उथलपुथल हुने आफूले नदेखेको ती प्राध्यापक बताउँछन् । ‘कैलालीको चुनावी नतिजामा थारु समुदायको मत विगतदेखि नै निर्णायक हुने गरेको सत्य हो । जुनसुकै दलमा आवद्ध भएपनि प्रायजसो मानिसहरु व्यक्ति हेरेर मत दिने गर्छन्’, ती प्राध्यापकले भने । आफ्नो समुदायबाट प्रतिनिधित्व गर्ने उम्मेदवार भए धेरै मत बाहिर नजाने उनको भनाइ छ । ‘थारु समुदायको ठूलो मत उन्मुक्ति पार्टीले पाउने देखिएको छ । तर, त्यो मत नै जितका लागि पर्याप्त हुन्छ कि हुन्न भन्न सकिन्न’ उनी भन्छन् । अनलाइनखबरबाट

कैलाली-१ : सातौँ पटक पनि नयाँ अनुहार जिताउने निश्चित

कैलाली-१ : सातौँ पटक पनि नयाँ अनुहार जिताउने निश्चित

१४४३ दिन अगाडि

|

२९ कात्तिक २०७९

वीपी अनमोल  कैलालीको पूर्वी क्षेत्रमा पर्ने टीकापुर सदरमुकाम धनगढीपछिको दोस्रो ठूलो शहर हो। यो शहर निर्वाचन क्षेत्र नं. १ मा पर्छ। यस क्षेत्रले खडकबहादुर सिंहदेखि थुप्रै नेताहरू जन्माएको छ। सिंह नै टीकापुर बस्तीको परिकल्पनाकार रहेको यहाँका जानकारहरू बताउँछन्। तर, त्यसपछि टीकापुरले विकासवादी नेता पाउन नसकेको स्थानीयको गुनासो छ। सिंह पञ्चायतकालमा विभिन्न उच्च ओहोदामा पुगेका थिए। “खडकबहादुर सिंहपछि आएका नेतृत्व फिका पर्नुभयो, स्थापित हुन सक्नुभएन”, टीकापुरका नागरिक अगुवा भीमलाल चपाईं भन्छन्, “यस क्षेत्रका योजना दिगो रूपमा अगाडि बढाउन कसैले पनि सकेन।” कैलाली-१ को अहिलेसम्मको विशेषता: भनेको हरेक आमनिर्वाचनमा नयाँ अनुहार विजयी गराउँदै आएको छ। एकपटक विजय भएका उम्मेदवार अर्को चुनावमा दोहोरिएका छैनन्। कुनै पनि राजनीतिक दलले लगातार चुनाव जितेको इतिहास पनि छैन। कैलाली-१ को अहिलेसम्मको विशेषता: भनेको हरेक आमनिर्वाचनमा नयाँ अनुहार विजयी गराउँदै आएको छ। एकपटक विजय भएका उम्मेदवार अर्को चुनावमा दोहोरिएका छैनन्। कुनै पनि राजनीतिक दलले लगातार चुनाव जितेको इतिहास पनि छैन। २०४८ सालको निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका गंगाबहादुर कुँवर निर्वाचित भएका थिए। त्यहाँका कांग्रेसले ‘सबै कांग्रेस नेपाली, सबै नेपाली कांग्रेस’ भन्ने नारा लगाएका थिए। कुँवर त्यसपछिका कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न पाएनन्। पछि उनले टीकापुर विकास समितिको अध्यक्ष र टीकापुर बहुमुखी क्याम्पसको सञ्चालक समिति सदस्य भएर काम गरे। २०५१ सालकाे निर्वाचनमा बैंकिङ क्षेत्रमा रहेका हिमाञ्चलराज भट्टराई एमाले उम्मदेवार थिए। उनलाई जिताएर पठाए पनि विकासका काममा ध्यान नदिएको स्थानीयको आरोप छ। त्यतिबेला कांग्रेसबाट बागी उम्मेदवारी परेको कारणले पनि उनलाई जित हासिल गर्न सहज भएको थियो। २०५६ सालको आमनिर्वाचनमा यस क्षेत्रका मतदाताले कांग्रेसकी उम्मेदवार सुशीला स्वाँरलाई जिताए। कैलाली बहुमुखी क्याम्पसमा प्राध्यापन पेशामा रहेकै बेला उनी चुनाव लडेकी थिइन्। कांग्रेसका वर्तमान पार्टी सभापति शेरबहादुर देउवासँग उनको सम्बन्ध राम्रो थियो। त्यसै कारण टिकट पाइन् र चुनाव जितिन्। तर, उनले पनि यस क्षेत्रको विकासमा ध्यान नदिएको टीकापुरका नागरिक अगुवा चपाईं बताउँछन्। सांसद भइसकेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी समाजकल्याण राज्यमन्त्रीसमेत बनेकी थिइन्। २०४८ मा कांग्रेसबाट चुनाव जितेका कुँवर र २०५६ मा चुनाव जितेकी स्वाँरको पार्टीमा अहिले कुनै भूमिका छैन। कांग्रेस टीकापुरका एक नेता अहिले कुँवर र स्वाँर दुवैलाई पार्टीले वडामा प्रतिनिधिसमेत बनाउन नसक्ने अवस्था रहेको बताउँछन्। २०६४ सालको संविधानसभा निर्वाचनमा देशभर नेकपा माओवादीको पक्षमा जनलहर थियो। थारू बाहुल्य क्षेत्र रहेको कैलाली-१ मा नेकपा माओवादीले रूपा चौधरीलाई उम्मेदवार बनाएको थियो। सो क्षेत्रबाट उनी नै निर्वाचित भइन्। तर, उनले पनि यस क्षेत्रको विकासमा योगदान गर्न नसकेको स्थानीय बताउँछन्। संविधानसभा सदस्य भइसकेपछि उनी प्रायः काठमाडौँतिर नै बसिन्। त्यो बेला नेकपा माओवादी केन्द्रले मत माग्दा थारू समुदायमा ‘लाबा झुल्वा ’ (नयाँ लुगा अर्थात् नयाँलाई चुनौँ) भन्ने नारा अघि सारेर मत मागेको थियो। संविधानसभाको निर्वाचन अघिको अन्तरिम संसद्‌मा पनि उनी नेकपा माओवादी केन्द्रबाट सांसद बनेकी थिइन्। २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा थारू समुदायकै मतले मधेशी जनअधिकार फोरम, लोकतान्त्रिकबाट जनकराज चौधरी निर्वाचित भए। वीरेन्द्र विद्या मन्दिरमा प्राध्यापन पेशामा रहेका चौधरीले राजीनामा दिएर चुनाव लडेका थिए। रामजनम चौधरीको बहिनी ज्वाइँ भएकै कारण विजयकुमार गच्छदारको नेतृत्वको पार्टीबाट उनले टिकट पाएका थिए। तत्कालीन फोरम लोकतान्त्रिकले पनि चुनावमा जातीय धुव्रीकरणलाई मुद्दा बनाएको थियो। जसका कारण उनले चुनाव जितेका थिए। “पहाडी समुदायको व्यक्ति भन्दा थारूकै नेता चुन्नुपर्छ भनेर भाष्य स्थापित गरियो”, एमालेका एक स्थानीय नेता भन्छन्, “यहाँ थारू समुदायको बाहुल्यता धेरै रहेकाले प्रत्येक निर्वाचनमा दलहरूले थारू समुदायलाई नै आश्वासन दिएर चुनाव जित्ने गरेका छन्।” चौधरी देउवा नेतृत्वको सरकारमा २०७४ जेठ २४ मा गठित मन्त्रिपरिषद्‌मा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्रीसमेत भएका थिए। प्राकृतिक स्रोत साधन समितिको सभापति भएका जनकराजले पनि जितिसकेपछि यहाँको विकासमा ध्यान नदिएको टीकापुरका स्थानीय फिरुलाल चौधरी बताउँछन्। कांग्रेस प्रदेश उपसभापति रहेका जनकराज चौधरीले अहिलेको निर्वाचनमा टिकट नै पाएनन्। २०७४ मा उनी सुदूरपश्चिम प्रदेशसभामा चुनाव लड्दा ३ हजार मत समेत कटाउन सकेनन्। कांग्रेस प्रदेश उपसभापति रहेका जनकराज चौधरीले अहिलेको निर्वाचनमा टिकट नै पाएनन्। २०७४ मा उनी सुदूरपश्चिम प्रदेशसभामा चुनाव लड्दा ३ हजार मत समेत कटाउन सकेनन्। २०७४ मा तत्कालीन राजपाबाट भूमिगत भएकै अवस्थामा टीकापुर घटनामा फरार रहेका रेशम चौधरी चुनाव लडे। विपक्षीलाई ठूलो मतान्तरले पराजित गरेर उनले चुनाव पनि जिते। उनले आफ्नो सबै प्रतिस्पर्धीले ल्याएको मतभन्दा दोब्बर बढी मत ल्याएका थिए। चुनाव जिते पनि उनी संसद्‌मा सहभागी हुन पाएनन्। यद्यपि, उनलाई तत्कालीन सभामुख कृष्णबहादुर महराले शपथ गराएका थिए। कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको आदेशले उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा सजाय काटिरहेका छन्। उनले चुनाव जिते पनि जनप्रतिनिधिका रूपमा काम गर्न पाएनन्। २०४८ देखि २०७४ सम्म भएका ६ वटै निर्वाचनमा यस क्षेत्रका मतदाताले सधैँ नयाँ अनुहारलाई नै निर्वाचित गराउँदै आएका छन्। कैलाली टीकापुरमा बसेर लामो समयदेखि पत्रकारिता गरिरहेका एकिन्द्र तिमिल्सेना यहाँ कुनै पनि पार्टीले अहिलेसम्म उम्मेदवार पनि नदोहोर्‍याएको र निरन्तर कुनै पार्टीले जित्न पनि नसकेको बताउँछन्। “लगातार पार्टीले जितेको छैन। प्रत्येक निर्वाचनमा नयाँ अनुहारलाई निर्वाचित गराउँदै आएको छ”, तिमिल्सेना भन्छन्, “आसन्न निर्वाचनमा कस्तो परिणाम आउँछ भन्ने अहिले नै यकिन भन्न सकिने अवस्था छैन।” यसपटक उम्मेदवार भएका सत्ता र विपक्षी गठबन्धनका उम्मेदवार पनि यस क्षेत्रका लागि नयाँ छन्। सत्ता गठबन्धनबाट उम्मेदवार भएका कांग्रेसका रामजनम चौधरी यसअघि कैलालीकै अन्य क्षेत्रबाट सांसद भएको भए पनि यस क्षेत्रमा पहिलोपटक उम्मेदवार भएका हुन्। एमालेका तपेन्द्र रावल पहिलोपटक उम्मेदवार भएका छन्। यस क्षेत्रमा बलियो देखिएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि संसदीय निर्वाचनमा पहिलोपटक उम्मेदवार भएकी हुन्। कैलाली-१ मा टीकापुर नगरपालिका ९ वडा, भजनी नगरपालिकाको ६ र ७ वडा, जोशीपुर गाउँपालिकाका ७ वडा, जानकी गाउँपालिकाको १, ३, ४, ६ र ७ नम्बर वडा पर्छन्। यस क्षेत्रमा निर्णायक थारू समुदायकै मत छ। त्यस्तै देशका अन्य जिल्लाका विभिन्न समुदायका मानिसहरूको पनि बसोबास छ। “जति पनि निर्वाचित भएर गए उनले यस क्षेत्रको विकासमा ध्यान दिन सकेनन्। कोही भ्रष्टाचारमा मुछिए, कोही अनेक गतिविधिमा संलग्न भए। अर्को खडकबहादुर सिंह त्यस्तो नेता जन्मन सकेन”, नागरिक अगुवा चपाईले भने, “अनि बाध्य भएर जनताले नयाँलाई परीक्षण गर्दै आएका हुन्।” स्थानीय फिरुलाल चौधरी यस क्षेत्रबाट चुनाव जितेर जानेहरूले यहाँको विकास निर्माणमा ध्यान दिन नसकेका कारण नयाँ अनुहारले जित्दै आएको बताउँछन्। “जनताले विकास र परिवर्तन खोजिरहेको हुन्छ। तर, जुन अनुहार आएपनि यहाँको विकास र परिवर्तन हुन सकिरहेको छैन”, उनी भन्छन्, “त्यसबाहेक यहाँ हुने जातीय र भेगीय राजनीतिले पनि नतिजामा फरक पर्ने गरेको छ।” स्थानीय फिरुलाल चौधरी यस क्षेत्रबाट चुनाव जितेर जानेहरूले यहाँको विकास निर्माणमा ध्यान दिन नसकेका कारण नयाँ अनुहारले जित्दै आएको बताउँछन्। “ गएको स्थानीय तहको निर्वाचनमा यस निर्वाचन क्षेत्रका पालिका नागरिक उन्मुक्ति पार्टीले जित निकालेकाले उसको बलियो उपस्थिति देखिएको छ। नागरिक उन्मुक्तिबाट प्रतिनिधिसभामा श्रेष्ठबाहेक प्रदेशसभा ‘क’ मा कैलाश चौधरी र ‘ख’मा लक्ष्मण किशोर चौधरी उम्मेदवार छन्। सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा रामजनम चौधरी, प्रदेशसभा ‘क’मा दीर्घराज विनाडी र ‘ख’मा डा. रणबहादुर रावल उम्मेदवार छन्। एमालेबाट प्रतिनिधिसभामा तपेन्द्र रावल र प्रदेशसभा ‘क’ मा भगतराम चौधरी र ‘ख’ मा द्वारिका न्यौपाने उम्मेदवार छन्। कैलाली-१ मा १ लाख ६ हजार मतदाता छन्। उकालोबाट

मधुमेहको नियन्त्रण कसरी ?

मधुमेहको नियन्त्रण कसरी ?

१४४५ दिन अगाडि

|

२८ कात्तिक २०७९

किरण आचार्य संसारभरि नोभेम्बर १४ लाई मधुमेह दिवसका रूपमा मनाउने गरिएको छ । विश्वभरि यसरी मधुमेह दिवस मनाइरहँदा नेपालमा यस रोगको नियन्त्रणका लागि भएका तयारी र अवस्थाबारे खासै चर्चा भएको छैन । यसको उपचार र नियन्त्रणमा देखिएको अत्यन्तै डरलाग्दो अवस्थाबारे यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।  रोगबारे जानकारी स् विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वव्यापी रूपमा मधुमेहका करिब ५० प्रतिशत बिरामीलाई आफूलाई यो रोग लागेको छ भन्ने थाहा हुन्न । नेपालमा भने ८०–९० प्रतिशत बिरामीलाई यसबारे जानकारी रहेको विभिन्न अनुसन्धानले देखाएका छन् । तुलनात्मक रूपमा यो संख्या राम्रो देखिए पनि सन्तोषजनक भने होइन । मधुमेह लागेका हरेक बिरामीलाई आफूलाई यो रोग लागेको जानकारी हुनु अत्यावश्यक छ । उपचार   नेपालमा आफूलाई मधुमेह लागेको जानकारी पाएका सबैले यसको उपचार गर्न स्वास्थ्यकर्मीको सल्लाह लिने र नियमित औषधि खाने गरेको पाइन्न । नेपाल हेल्थ रिसर्च काउन्सिलले गरेको एउटा अध्ययनमा एकचौथाइ बिरामीले औषधि आफैं छाड्ने गरेको पाइयो । यस पंक्तिकार लगायतले गरेको अर्को अध्ययनमा १०० जनामध्ये ७४ जनाले नियमित औषधि खाएको भेटियो । यसका तुलनामा विकसित देशहरूमा मधुमेहका बिरामीले नियमित औषधि सेवन गर्ने मात्रा धेरै बढी पाइएको छ । नेपालमा यसरी बीचमै औषधि छाड्ने वा नियमित नखाने गर्नुका प्रमुख कारणहरूमा डाक्टरसँग नियमित परामर्शको अभाव, औषधिप्रतिको गलत भ्रम, इन्सुलिन लिनुपर्ने बिरामीहरूले त्यसप्रति डर, औषधिमा हुने खर्च नै रहेको पाइयो । नियन्त्रण  नेपालमा मधुमेह उपचारमा सबैभन्दा डरलाग्दो अवस्था यसको नियन्त्रणमा देखिएको छ । नियमित औषधि नखानेहरूको अवस्थाको त कुरै छाडौं, नियमित औषधि खाइरहेका बिरामीहरूमध्ये पनि रगतमा सुगरको मात्रा धेरै कम बिरामीहरूमा मात्र खोजेजस्तो नियन्त्रित भेटियो । हाम्रो अध्ययनमा औषधि सेवन गरिरहेकामध्ये केवल ३४ प्रतिशतमा यो पूर्ण नियन्त्रणमा रहेको पाइयो । युरोपमा ७० प्रतिशतभन्दा बढी, अमेरिकामा ५० प्रतिशतभन्दा बढी र चीनमा ४५ प्रतिशत बिरामीमा यो रोग पूर्ण नियन्त्रणमा रहेको पाइएको छ । औषधि खाइरहेका बिरामीमध्ये केवल एक तिहाइमा मात्र खोजेजस्तो नियन्त्रण हुनु भनेको अत्यन्त चासो र चिन्ताको विषय हो । यस रोगको नियन्त्रणमा भएको सरकारी, स्थानीय निकाय र जनताको व्यक्तिगत मिहिनेत, खर्च र अन्य लगानीको प्रतिफल उत्साहजनक देखिएन । मधुमेहका घातक असरहरू कम गर्न गरिएका उपायहरू अधुरा देखिए । विकसित देशहरूमा उच्चस्तरको स्वास्थ्य प्रणाली, औषधिको सर्वसुलभता र स्तरीयता मापन, बिरामीहरूको शिक्षाको स्तर, राष्ट्रले दिने सुविधा, इन्सुलिनप्रतिको सकारात्मक सोच र राष्ट्रहरूले स्वास्थ्यलाई दिएको प्राथमिकता नै सहज नियन्त्रणका प्रमुख कारक देखिए । विकसित देशमा जस्तो स्वास्थ्य प्रणाली नेपालमा विकास गर्न नसकिए पनि हाल भइरहेको प्रणालीले मधुमेहजस्तो घातक नसर्ने रोगको राम्रो नियन्त्रण गर्न नसक्ने प्रस्ट भएको छ । भएका स्वास्थ्य संस्थाको स्तर उकास्ने, स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउने, जनतामा चेतना उकास्न आवश्यक कदम चाल्ने, सबै स्थानीय निकायले मधुमेह स्क्रिनिङ गरेर बिरामी पत्ता लगाउने, सबै बिरामीले नियमित डाक्टरको सल्लाह बमोजिम औषधि थपघट वा परिवर्तन गर्ने र आवश्यक परे इन्सुलिन लिन गाह्रो नमान्ने, रगत जाँच नियमित गर्ने, खानपान र व्यायाममा ध्यान दिने गर्नु जरुरी छ । यो तथ्यप्रति बेलैमा सबै जना सचेत रहेर आवश्यक कदम नउठाए एकातिर बिरामीको संख्या बढ्दै जाने र अर्कातिर औषधि गरेका बिरामीको पनि राम्रो नियन्त्रण नरहने देखिएको छ । यसबारे सम्बन्धित निकाय र स्वयं बिरामी अत्यन्त संवेदनशील हुनु आवश्यक छ । कान्तिपुरबाट आचार्य मधुमेह रोग विशेषज्ञ हुन् ।

यसकारण जरुरी छ, नागरिक उन्मुक्तिलाई राष्ट्रिय पार्टी बनाउन

यसकारण जरुरी छ, नागरिक उन्मुक्तिलाई राष्ट्रिय पार्टी बनाउन

१४४५ दिन अगाडि

|

२८ कात्तिक २०७९

कनैलाल चौधरी  टीकापुर घटनाका राजवन्दीहरू रेशम चौधरीलगायतलाई बिना कसुर जालसाजी मुद्धा लगाएर जेलजीवन बिताउन बाध्य पारिएको छ । अब टीकापुर राजवन्दीहरूलाई छुटाउन, अर्थ न वर्थको आन्दोलन गरेर हुँदैन, न त चक्काजाम गरेर हुन्छ, न त राजमार्ग बन्द गरेर हुन्छ । राजवन्दीहरुलाई छुटाउन सर्वोच्च अदालतमा दरिला नजिर अनि उनीहरू निर्दोष छन भन्ने कानुनी प्रमाणहरू पेश गर्नुपर्ने हुन्छ ।  टीकापुर घटना राजनीतिक आन्दोलन हो । तर स्वीकारिएको छैन । टीकापुर घटना राजनीतिक आन्दोलन हो भन्ने यथेष्ट उदाहरण दिन सकिन्छ । जस्तैः  १– २००७ सालमा काँग्रेसीहरू बम पट्काए, बन्दुक चलाए, मान्छे मारे, बैंक लुटे । पछि त विमान अपहरणसम्म पनि गरे । उनीहरू जेल त गए तर सामूहिक रूपमा छुटकारा पाए । किनकि उनीहरूको त्यो क्रियाकलाप राजनैतिक थियो ।  २– झापा काण्डमा केपी ओलीले भुटन चौधरीलगायत ३ जनाको गर्दन आफ्नै हातले छिनाले तर पनि उनी आजीवन जेल जानबाट छुटकारा पाए । किनकि त्यो पनि उनको राजनैतिक आन्दोलन थियो ।  ३– १० वर्षे जनयुद्धमा १७ हजार मानिस मरे, प्रचण्डले सार्वजनिक मञ्चबाटै ५ हजार मानिस मारेको जिम्मा लिए । बालकृष्ण ढुंगेल ३ जना मानिस मारेको आरोपमा जेल गए । तर पनि उनले छिट्टै नै छुटकारा पाए किनकि उनिहरूको त्यो आन्दोलन राजनैतिक आन्दोलनको एउटा पाटो थियो ।  ४– गौर हत्याकाण्डमा उपेन्द्र यादवको निर्देशनमा मधेसी जनअधिकार फोरमले २८ जना माओवादीहरूको कत्लेआम हत्या गर्यो तर पनि ती मानिस मार्ने जनधिकार फोरमका कार्यकर्तालाई कुनै कारबाही भएन । किनकि उनीहरूको त्यो आन्दोलन पनि राजनैतिक आन्दोलन थियो रे ।  जसरी माथि चर्चा गरिएका घटनामा मुछिएका विभिन्न दलका कार्यकर्ता, नेतालाई कुनै किसिमको कानुन लागेन, सबैले छुटकारा पाए, त्यसरी नै टीकापुर घटनाका राजवन्दीहरू जेलजीवनबाट छुटकारा पाउनको लागि नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरुलाई आगामी मंसिर ४ मा हुन गईरहेको निर्वाचनमा अत्याधिक मत दिई राष्ट्रिय पार्टी बनाउन जरूरी छ । नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय पार्टी भएमा यसले अन्य ठूला दलहरुलाई टीकापुर घटनाका राजवन्दीहरूलाई रिहाइ गर्न दवाव सिर्जना हुनेछ ।  टीकापुर घटनाका राजवन्दीहरू जेलजीवनबाट छुटकारा पाउनको लागि नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरुलाई आगामी मंसिर ४ मा हुन गईरहेको निर्वाचनमा अत्याधिक मत दिई राष्ट्रिय पार्टी बनाउन जरूरी छ । नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय पार्टी भएमा यसले अन्य ठूला दलहरुलाई टीकापुर घटनाका राजवन्दीहरूलाई रिहाइ गर्न दवाव सिर्जना हुनेछ ।  नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय पार्टी भएमा संसदमा हाम्रा मागमुद्धाहरू सांसदहरुले राख्नेछन् । संसदमा संकल्प प्रस्ताव पेश गर्न सकिन्छ कि टीकापुर घटना नितान्त राजनैतिक घटना हो र यो घटनामा बिना कसुर जेलजीवन विताइरहेका राजवन्दीहरू निर्दोष छन् । त्यसैले, उनीहरूलाई विना सर्त तुरुन्त रिहाई गरियोस् भनेर ।  थारूहरुले १० बर्षे जनयुद्धमा थरुहट प्रदेशको आस्वासन पाएका थिए । जनयुद्धमा सबैभन्दा बढी थारुहरु नै मारिए । २०७२ भदौ ७ गते टीकापुरमा शान्तिपूर्ण र्याली लिएर थरुहट प्रदेश लेखेको व्यानर टांग्न मात्रै गएका थिए । विडम्वना कार्यक्रममा घुसपैठ भयो । दोष जति थारूलाई लगाइयो । २०७२ साल भदौ ७ र ८ गते टीकापुर घटना हुँदा सो घटनाको छानविन गर्न तत्कालीन न्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठन गरिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न र तत्कालीन अनुसन्धान प्रमुख देवीराम शर्माको नेतृत्वमा गठित देवीराम आयोगको प्रतिवेदन सार्वजनिक गर्न संसदलाई दबाव दिन सहज हुनेछ । नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिहरुको निरन्तरको दवावले उक्त प्रतिवेदन सरकारलाई सार्वजनिक गर्न कर लाग्नेछ । लाल आयोगको त्यो प्रतिवेदन सार्वजनिक भएपछि सारा संसारले थाहा पाउने छ कि रेशम चौधरीलगायत टीकापुर घटनाका सबै राजबन्दी निर्दोष छन् भन्ने कुरा ।  कैलाली–१ का सत्ता गठबन्धनका उम्मेदवार रामजनम चौधरीले सत्ता गठबन्धनले जितेमात्रै टीकापुर घटनाको मुद्दा सम्बोधन हुन सक्ने अभिब्यक्ति दिइरहेका छन् । यो सरासर झुठको खेती हो ।  किनकि हालैको मन्त्रिमण्डलको बैठकले टीकापुरलगायत थरुहट आन्दोलन, मधेस आन्दोलनमा संग्लग्न भै जेलजीवन बिताइरहेकाहरुको मुद्दा प्रक्रियाबारे ऐन बनाइ फिर्ता लिनेबारे सकारात्मक निर्णय गरिसकेको छ । हामीलाई आशा छ, न्यायालयले हामीलाई छिट्टै न्याय दिनेछ र समस्याको समाधान भई देशमा अमनचयन, शान्ति र समृद्धिको बाटो खुल्ने छ । तर यसको लागि हाम्रो संगठन पनि बलियो हुनु जरुरी छ । त्यसैले, आगामी निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीलाई जिताउन मात्रै होइन, राष्ट्रिय पार्टीसमेत बनाउन डटेर लाग्न जरुरी छ ।  लेखक नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य तथा लुम्विनी प्रदेश अध्यक्ष हुन्  

किन खुम्चियो थारू उम्मेदवारको प्रतिनिधित्व ?

किन खुम्चियो थारू उम्मेदवारको प्रतिनिधित्व ?

१४४५ दिन अगाडि

|

२७ कात्तिक २०७९

तुफान न्यौपाने थारूको हकहितका लागि आवाज उठाउने भन्दै गत वर्ष स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशसभाका लागि समानुपातिकतर्फ २१ सिटमध्ये १९ मा उम्मेदवारी दिएको छ । तीमध्ये थारू उम्मेदवार कति जना होलान्  ? पश्चिम तराईका थारूले अब आफूहरूमाथि आफैंले शासन गर्ने भन्दै स्थापना गरेको पार्टीले पक्कै धेरै थारूलाई प्रदेशसभामा पठाउन चाहेको होला । त्यसैले उसको उम्मेदवारीमा पनि थारूले प्राथमिकता पाएका होलान् भन्ने अनुमान सबैको हुन्छ । तर, उन्मुक्ति पार्टीको समानुपातिक सूचीमा थारू उम्मेदवार जम्मा चार जना छन् । नागरिक उन्मुक्ति पार्टीले थारूलाई उम्मेदवार बनाउन नचाहेर यस्तो भएको हो त  ? ‘हामी त सकेसम्म धेरै उम्मेदवार बनाउन चाहन्थ्यौं । तर कानुनले नै चार जनाभन्दा बढी उम्मेदवार बनाउन दिएन,’ उक्त पार्टीका संस्थापकमध्येका एक दाङ–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सुरेन्द्र चौधरीले भने । नागरिक उन्मुक्ति पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा ११ जना खसआर्य समूहका छन् भने चार जना दलित र एक जना आदिवासी जनजाति छन् । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारका लागि बन्दसूची बुझाउँदा दलहरूले अवलम्बन गर्नुपर्ने समावेशी समूहको प्रतिशत प्रदेशको जनसंख्याअनुसार निर्धारण गरेको छ । ‘प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९’ ले सूदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी   खसआर्य ६०.२ प्रतिशत, दोस्रोमा दलित १७.२९ प्रतिशत र त्यसपछि मात्रै थारू १७.२१ प्रतिशत   उम्मेदवार  निर्वाचित हुने गरी दलहरूलाई ‘म्यान्डेट’ दिएको छ । यही निर्देशिका पालना गर्न नागरिक उन्मुक्ति पार्टीले चार जना मात्रै थारू उम्मेदवार बनाएको हो । अन्य दलले पेस गरेको बन्दसूचीमा पनि उम्मेदवारहरूको जातीय समीकरण यही छ । २०६८ सालको जनगणनाअनुसार सुदूरपश्मि प्रदेशमा थारूको जनसंख्याको अनुपात यही छ । जनसंख्याको अनुपातमा समानुपातिक समावेशी सुनिश्चित गर्ने संविधानको प्रावधानअनुसार नै निर्देशिका बनेको निर्वाचन आयोगको भनाइ छ । तर यसबाट आफूहरूको प्रतिनिधित्व खुम्चने गरी प्रदेश सीमांकन गरिएको भन्दै थारू समुदायले असन्तुष्टि जनाउँदै आएको छ । दाङ–१ का उम्मेदवार चौधरीले जातीय रूपमा चौथो ठूलो जनसंख्या भएको थारूको बाहुल्य नहुने सुनिश्चित गरी प्रदेश संरचना बनाइएको बताउँछन् । ‘तीन वटा प्रदेश आदिवासी जनजातिको बाहुल्य हुने गरी निर्माण गरिएको छ, अरू तीन वटा प्रदेशमा खसआर्यको बाहुल्य छ, एउटा प्रदेश मधेसीको बाहुल्य हुने गरी बनाइएको छ,’ उनले भने, ‘हामीले साह्रै दुःखका साथ संगठन बनाएर प्रदेशकै सबैभन्दा ठूलो पार्टी बनायौं भने पनि सुदूरपश्चिममा १७ र लुम्बिनीमा १५ प्रतिशतभन्दा बढी थारू पठाउन पाउँदैनौं । आधाभन्दा बढी सांसद खासआर्य र जनजाति समुदायबाट पठाउनुपर्ने कानुनी बाध्यता छ ।’ प्रदेश १, वाग्मती र गण्डकीमा आदिवासी जनजातिको बाहुल्य छ । मधेसमा मधेसी तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा खसआर्य जातीय समूह सबैभन्दा ठूलो छ । यसको अर्थ तत्तत् प्रदेशमा दलहरूले समानुपातिक प्रणालीतर्फ उक्त जातीय समूहको जनसंख्याको अनुपातमा उम्मेदवार उठाउन र निर्वाचित गर्न पाउँछन् । वाग्मती प्रदेशमा आदिवासी जनजाति समूहको जनसंख्याको हिस्सा ५० प्रतिशतभन्दा बढी छ । त्यस्तै कर्णाली र सुदूरपश्चिमको सीमा पनि खसआर्यको उपस्थिति ६० प्रतिशतभन्दा बढी हुने गरी कोरिएको छ । मधेसीको उपस्थिति ५० प्रतिशतभन्दा बढी हुने गरी मधेस प्रदेशको सीमा कायम गरिएको छ । ‘हामीले थरुहट माग गरेका थियौं । नवलपरासीदेखि पश्चिमको तराई समेटेर थरुहट प्रदेश बनेको भए थारू समुदायको बाहुल्य हुन्थ्यो । त्यो अवस्थामा प्रदेशसभामा पनि राम्रो उपस्थिति हुनसक्थ्यो,’ नेता चौधरीले भने, ‘तर, प्रदेशको सीमा नै थारूको बाहुल्य नहुने गरी कोरियो । हाम्रो प्रतिनिधित्वलाई संविधानमा स्विकारे पनि व्यवहारमा खुम्च्याइयो ।’ अहिले थारूहरूको मुख्य असन्तुष्टि नै त्यसैमा रहेको उनले बताए । ‘हामीलाई पनि शासन प्रणालीमा हिस्सेदार बनाइयोस् । राष्ट्र निर्माणको प्रक्रियामा सहभागी गराइयोस् मात्रै भनेका हौं । तर, काठमाडौंले कहिल्यै सुन्न चाहेन ।’ २०६८ को जनगणनाअनुसार ६.६ प्रतिशत जनसंख्या भएको थारू नेपालमा क्षत्री १६.६ प्रतिशत, ब्राह्मण १२.२ प्रतिशत र मगर ७.१ प्रतिशत पछिको चौथो ठूलो जातीय समूह हो । आफूहरू बहुल क्षेत्रलाई एउटै प्रदेश बनाउनुपर्ने माग विपरीत हुने गरी प्रदेशहरूको सीमांकन हुने भएपछि संविधान जारी गर्नुपूर्व पश्चिम तराईका थारूहरू आन्दोलित भएका थिए । पूर्वी पहाडमा जनजाति, मधेसमा मधेसी, मध्य र सुदूरपश्चिममा खसआर्यको जस्तै पश्चिम तराईमा थारूहरूको संविधानप्रतिको असन्तुष्टि आन्दोलनका रूपमा अभिव्यक्त भएको थियो । संविधानमा प्रस्तावित ७ प्रदेशको खाकाले पश्चिम तराईका थारू बहुल दाङ, बाँके, बर्दियालगायत जिल्लालाई हालको लुम्बिनी प्रदेशमा र कैलाली र कञ्चनपुरलाई सुदूरपश्चिम प्रदेशमा राखिएको थियो । त्यही कारण थारू समुदायले आफूहरूलाई बहुल क्षेत्रमा समेत जनसांख्यिक रूपमा अल्पमतमा पारी राजनीतिक नेतृत्वमा पुग्ने बाटो बन्द गरिदिने षड्यन्त्र गरिएको भन्दै त्यसको विरोध र छुट्टै थरुहट प्रदेशको मागसहित आन्दोलन चर्काए । ‘२०७२ को पहिचानको लडाइँमा आन्दोलनरत अन्य पक्षले केही न केही पाए । थारूहरूको माग मात्रै सम्बोधन गरिएन,’ नागरिक उन्मुक्ति पार्टीका तर्फबाट टीकापुर नगरपालिकाको मेयरमा निर्वाचित रामलाल चौधरी भन्छन्, ‘त्यसपछि हामीले नयाँ पार्टी गठन गर्‍यौं । स्थानीय तहको निर्वाचनमा जिल्लाकै सबैभन्दा ठूलो पार्टीका रूपमा स्थापित भएका छौं । अब संसदीय निर्वाचनमा पनि स्थापित हुने अभियानमा छौं ।’ नागरिक उन्मुक्ति पार्टीले थारूहरूमाथि ‘राज्यले लादेको ऐतिहासिक उत्पीडन’ अन्त्यका लागि संघर्ष गर्ने उनले बताए । श्रीलंकाली मानवशास्त्री अर्जुन गुनरत्नेले आफ्ना शोधपत्र र किताबमा नेपालका थारू कसरी ऐतिहासिक रूपमै बहिष्करणमा पारिएका छन् भन्नेबारे विस्तृतमा उल्लेख गरेका छन् । उनका अनुसार सुरुमा थारू जमिनदारले असंख्य मौजाका प्रगन्नाका कर संकलक भएर राज्यलाई सहयोग पुर्‍याएका थिए । गुनरत्नेले लेखेका छन्, ‘तराईमा थारूबिना राज्यको कुनै काम चल्दैनथ्यो । तर, आधुनिक प्रशासन संयन्त्रहरू विकास गरेपछि राज्यलाई थारूहरूको सेवा आवश्यक परेन । त्यसपछि शक्तिको नजिक रहेका पहाडीलाई फाइदा भयो तर यस व्यवस्थाले थारूहरूलाई पाखा लगायो ।’ गुनरत्नेका अनुसार पहाडी प्रशासकहरूले बिर्ता र जागिरका रूपमा जमिन पाएपछि थारूलाई कमैयाका रूपमा राख्न थाले । उनी कालान्तरमा बँधुवा मजदुर जस्ता हुन पुगे । उनीहरूको स्वामित्वमा रहेको जमिन पनि कानुनीरगैरकानुनी दुवै माध्यमबाट फुत्कियो । तराईंमा औलो उन्मूलन कार्यक्रम सुरु भएपछि धेरै कुरामा परिवर्तन आयो । ‘औलो उन्मूलन कार्यक्रम नेपालको राजनीतिक विकासक्रम र विकास निर्माणमा अत्यावश्यक कदम थियो । तर, औलो उन्मूलन भएपछि तराईमा भएको भूमिको पुनर्वितरणको सबैभन्दा ठूलो सिकार थारूहरू भए,’ गुणरत्नेले लेखेका छन्, ‘यस कार्यक्रमले थारूहरूलाई दुई किसिमले प्रभाव पार्‍यो । पहिलो, खाली जमिन सकिएकाले थारूहरू एक ठाउँबाट अर्को ठाउँ बसाइँ सर्ने प्रक्रिया बन्द भयो । अर्को, थारूहरूभन्दा संगठित, शिक्षित र कतिपय अवस्थामा धूर्त पहाडेहरूले कानुनी वा गैरकानुनी विधि अपनाएर थारूहरूका जमिन हात पारे । पहाडबाट बसाइँ सरी आउने पहाडीहरूसँगको अनुभव सबैतिरका थारूहरूको उस्तै–उस्तै छ । त्यसमा पनि पश्चिम नेपालका थारूहरूको अनुभव बढी तीतो छ । उनीहरू थारू समाजको विपत्तिका लागि पहाडबाट झरेका धनी र उच्च जातिका मानिसलाई दोष दिन्छन् ।’ ‘मधेसः समस्या र सम्भावना’ पुस्तकमा थारू र ‘राज्यः प्रजातन्त्र, राज्यनिर्माण र जनजाति पहिचान’ शीर्षकमा गुनरत्ने लेख्छन्– ‘एकीकरणपश्चात् राज्यले कर संकलन प्रणालीमा सुधार ल्याएपछि थारूहरूले उपभोग गर्दै आएको स्वायत्त अधिकार ह्रास हुन थाल्यो । थारूहरू निश्चित काम, कर्तव्य र अधिकार तोकिएको तहगत केन्द्रीय प्रशासन प्रणालीको प्रतिनिधि मात्र हुन पुगे । राणाशासनमा यो अधिकार अझ खोसियो । औलो उन्मूलन भएपछि धेरै पहाडेहरू तराईमा बसाइँ सरेकाले पहिलादेखि बसोबास गर्दै आएका थारूहरूलाई बेफाइदा भयो ।’ उनका अनुसार राणाशासनपछि पहाडेहरू तराईमा बसाइँ सर्ने क्रम बढ्यो । सुदूरपश्चिम र पश्चिमको भित्री मधेसमा बसाइँसराइको व्यापक प्रभाव पर्‍यो । अधिकांश थारूले जमिन गुमाए । त्यसपछि उनीहरू कमैया हुन पुगे । पहाडे उच्च जातका मानिसको बलियो पकड रहेको राजनीतिक प्रक्रियामा थारूहरू कनिष्ट साझेदारमा परिणत भए । नेपाल मधेस फाउन्डेसनको जर्नल ‘मधेस अध्ययन’ को २०७४ पुसमा प्रकाशित ‘थरुहट आन्दोलनको दशक र टीकापुर काण्ड’ शीर्षकमा कृष्णराज सर्वहारी र गणेश चौधरी लेख्छन्, ‘पहाडे समुदायलाई पोस्ने पञ्चायत व्यवस्थाको अन्त्यपछि २०४६ सालमा बहुदलीय शासन प्रणाली लागू भयो । दुई–चार जना थारू सत्तामा पुगे पनि उक्त प्रणाली थारू समुदायका लागि कहिल्यै आएको जस्तो अनुभूति भएन ।’ २०४७ को परिवर्तनपछिको खुला समाजमा आएपछि भने थारूहरूले समाजको संरचनात्मक असमानताको चरम स्वरूपमा रहिरहेको कमैया प्रथाबाट मुक्तिको पहल थाले । ‘कमैया मुक्ति’ ले आन्दोलनको रूप लियो । त्यसबाट राजनीतिक रूपमा सचेत भएका थारूलाई लगत्तै माओवादीले छुट्टै स्वशासित राज्यसहित थारू मुक्तिको सपना देखाएर युद्धमा होम्यो । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले सार्वजनिक गरेको ‘द्वन्द्वपीडित पार्श्वचित्र’ का अनुसार माओवादी सशस्त्र युद्धमा नेपाली भाषीपछि सबैभन्दा बढी थारू भाषीले ज्यान गुमाएको देखिन्छ । बेपत्ता, घाइते र अपांगता भएकाको सूचीमा पनि थारूहरू आफ्नो जनसांख्यिक अनुपातभन्दा बढी छन् । २०६४ मा लक्ष्मण थारूले ‘संयुक्त थारू राष्ट्रिय मोर्चा’ गठन गरे, जसले पहिलो मधेस आन्दोलनपछि मधेसवादी दलहरूले जोडतोडले उठाइरहेको ‘एक मधेस एक प्रदेश’ को मागविरुद्ध ‘थरुहट स्वायत्त प्रदेश’ को माग गर्‍यो । अर्को वर्ष २०६५ मा फागुनमा थरुहट संयुक्त संघर्ष समितिले पहिलो चरणको आन्दोलन गर्‍यो । तराईका थारूलगायत अल्पसंख्यक आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिमको स्वतन्त्र पहिचानमा बाधा पार्ने कानुन संशोधन गर्ने, राज्यका सबै अंगमा समानुपातिक समावेशीका आधारमा सहभागी गराउने, प्रहरी ऐन, सैनिक ऐन, सशस्त्र प्रहरी ऐन, शिक्षा ऐन, विकास ऐन, स्वास्थ्य ऐन, नेपाल विशेष सेवा ऐनलाई आवश्यक प्रक्रिया पूरा गरी संशोधन गर्ने लगायत सहमतिमा उक्त आन्दोलन टुंग्याइयो । सहमति तत्काल कार्यान्वयन नभए पनि थारूको पहिचान मधेसी पहिचानभन्दा फरक हो भन्ने कुरा स्थापित भयो । दोस्रो चरणको थरुहट आन्दोलन २०६९ मा भयो । बारम्बार म्याद बढाइएको संविधानसभाले संविधान बनाउन नसकेपछि भने थरुहटलगायत कसैको पनि माग पूरा हुन सक्ने अवस्था रहेन । प्रदेशको सीमासम्बन्धी व्यवस्थामा असन्तुष्टि जनाउँदै पश्चिमका थारूहरू २०७२ भदौमा आन्दोलित भए । आन्दोलनले हिंसात्मक रूप लिँदा भदौ ७ मा टीकापुरमा ८ प्रहरी र एक नाबालक गरी ९ जनाको ज्यान जाने गरी हिंसा भड्कियो । उक्त घटनामा रेशम चौधरीलगायत ५८ जनामाथि ज्यान मुद्दा चल्यो । भूमिगत रूपमै चुनाव लडेर रेशमले टीकापुर क्षेत्र पर्ने कैलाली–१ बाट २०७४ को चुनाव जिते । ज्यान मुद्दामा दोषी पाइएपछि उनको सांसद पद निलम्बनमा रह्यो । रेशमको पदरिक्त नभएका कारण उक्त क्षेत्रमा उपनिर्वाचनसमेत हुन पाएन, जसका कारण पूरै ५ वर्ष टीकापुरवासीले संसद्मा आफ्नो प्रतिनिधि पाएन । टीकापुरको उक्त हिंसात्मक घटनापछि थरुहट राजनीति करिब निष्क्रिय अवस्थामा पुग्यो । करिब ८ वर्ष सुस्ताएको थरुहट राजनीति गत वैशाखको स्थानीय तह निर्वाचनपछि एकाएक नयाँ रूपमा प्रकट हुने सम्भावना देखिएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ३३ जना र समानुपातिकतर्फ ५७ जनाको उम्मेदवारी दिएको उक्त पार्टीका प्रवक्ता दामोदर पण्डितले बताए । मूलधारका दलहरूले नै थारूको राजनीतिक प्रतिनिधित्व खुम्च्याएको महेन्द्र बहुमुखी क्याम्पस दाङका सहायक क्याम्पस प्रमुख कुलविर चौधरी बताउँछन् । ‘मूलधारका प्रमुख दलले चाहने हो भने थारूका सरोकार सम्बोधन गर्न गाह्रो छैन । तर, उनीहरू चाहँदैनन् । वर्षौंदेखिको शोषण अहिले पनि कुनै न कुनै रूपमा जारी छ । राज्यको प्रशासन यन्त्र र राजनीतिक प्रक्रियामा थारूले सहभागिता खोजेका छन्,’ सहायक क्याम्पस प्रमुख चौधरीले भने, ‘छुट्टै थरुहट प्रदेश बनेको भए त्यसको नेतृत्वमा पुग्न सक्ने जनसांख्यिक लाभ थारूलाई थियो । तर थारूको संख्या विखण्डन गर्ने गरी प्रदेशको सीमा कोरियो । थारूहरूमा बढ्दो राजनीतिक चेतनाले अब यस्तो अवस्था धेरै जाँदैन । यो असन्तुष्टि कुनै न कुनै रूपमा निर्वाचनबाट अभिव्यक्त हुनेछ । थारू कल्याणकारिणी सभा दाङका सल्लाहकार लक्ष्मीमान चौधरी सर्वसाधारण थारूलाई राजनीतिबारे धेरै चासो नभए पनि ‘हामीमाथि लामो समयदेखि विभेद गरिएको छ’ भन्ने गहिरो अनुभूति रहेको बताए । दाङ थारु समुदाय बढी रहेको जिल्ला हो । तर नागरिक उन्मुक्ति पार्टीबाहेकका दलले प्रत्यक्षतर्फ एक जना पनि उम्मेदवार दिएका छैनन्,’ उनले भने, ‘कानुनले बाध्य नपारेसम्म थारूलाई प्रतिनिधित्वबाट वञ्चित गर्न खोज्ने प्रवृत्ति सबै दलमा देखिएको छ ।’ कान्तिपुरबाट