Above News Title

भाइटीकामा परदेशीको पीडाः घर परिवारको याद भुल्न एकापसमै टीका

भाइटीकामा परदेशीको पीडाः घर परिवारको याद भुल्न एकापसमै टीका

कृष्णसिंह धामी

तिहार दिदीबहिनी तथा दाजुभाइका लागि विशेष पर्व हो । जति टाढा भएपनि वर्ष दिनमा भेट हुन नसकेको दाजुभाइ र दिदीबहिनीलाई भेट्ने अवसर पनि तिहारमै हुन्छ । विदेशमा रहेका लाखौं नेपालीका लागि भने त्यो अवसर कमै जुर्छ । उनीहरु त निधार खाली नहोस् भनेर आफ्नै साथीभाइलाई दाजुभाइ दिदीबहिनी मानेर टीका लगाउने गर्छन् ।

सल्यान,खलंगाकी ३४ वर्षीया कृष्णाकुमारी सुनारलाई आफ्नै दाजुभाइलाई तिहारमा टीका लगाउन नपाएको तीन वर्ष भयो ।वैदेशिक रोजगारीका लागि कुबेतमा रहेकी उनले उतै आफ्नै साथीभाइलाई दाजुभाइ मानेर टीका लगाउने गरेकी छिन् । 

नेपालगञ्जमा उनका २ जना दाजुभाइ छन् । तर,उनीहरुले बहिनीको हातबाट टीका लगाउन पाएका छैनन् । २ दाजुभाइमध्ये पनि एक जना वैदेशिक रोजगारीका लागि मलेसियामा छन् भने अर्का भारतमा छन् ।परदेशको तिहार खल्लो नहोस्,भनेर उनले एक जनालाई दाजु मानेर टीका लगाइदिने गरेकी छिन् ।

नेपालमा हुँदा दाजुभाइलाई टीका लगाउन कहिल्यै पनि छुटेको थिएन । जति टाढा भए पनि टीका लगाउन दाजुभाइकहाँ पुगिहाल्थिन् । तर,अहिले भने उनी आफूमात्र नभएर दाजुभाइहरु पनि परदेशमा हुँदा उनलाई तिहार सधैँ नरमाइलो लाग्छ ।​ परदेशिनु धेरै नेपालीको बाध्यता रहेको भन्दै उनले भनिन्, ‘दाजुभाइ जहाँ जस्तो अवस्थामा भएपनि खुशी रहनुहोला । नमरी बाँचे आउने सालमा भेटौंला तिहार मनाऔंला ।’

तनहुँ दर्मालीकी ३२ वर्षीया माला सुनारले झन् तिहारमा दाजुभाइलाई टीका लगाउन नपाएको १० वर्षै भयो । वैदेशिक रोजगारीको लागि कुवेत गएको १० वर्ष भयो,त्यसबेलादेखि नै दाजुभाइलाई टीका लगाउन पाएकी छैनन् ।

७ जना दाजुभाइ मध्येकी उनी एक्ली बहिनी हुन् । यस बीचमा २ जना दाजु वितिसकेका छन् । दाजुभाइसँग विगतको तिहारमा हुने रमाइलो यतिबेला उनको आँखामा झल्झली आउँछ र मन पीडाले पोल्छ । यो वर्ष उनको जेठा दाजु वितेको वर्ष दिन पनि पुरा भएको छैन । त्यसैले उनले यो वर्ष कसैलाई पनि टीका लगाईदिने सोच बनाएकी छैनन् ।

विगतका वर्षमा उनले आफ्ना दाजुभाइको फोटोमा टीका लगाइदिने गरेकी थिइन् । तर,यो वर्ष जेठो दाजु वितेकाले उनलाई तिहारमा नरमाइलो लागिरहेको छ ।

परदेशमा रहेका दाजुभाइ दिदीबहिनीको पीडा शब्दमा व्यक्त गर्न सकिदैन । यस्ता चाडपर्व आउँदा उनीहरु विरानो मुलुकमा भक्कानिन्छन् । यतिमात्र नभएर उनीहरु आफ्नो कर्मलाई पनि धिक्कार्छन् ।

‘तिहारमा दाजुभाइलाई टीका लगाउन नपाउँदा मन भक्कानिएर आउँछ । मनमा साह्रै पीडा हुन्छ । एकातिर घर परिवार हुँदैनन् । अर्कोतिर,दाजुभाइलाई टीका लगाउन नपाउँदा कस्तो हुन्छ,त्यो  शब्दमा व्यक्त गर्न सकिदैन,’ मालाले भनिन्, ‘बहिनीको हातबाट टीका लगाउन नपाएपनि तपाईंहरुको राम्रो होस्,भन्ने कामना गर्दछु । भगवानले सधै तपाईंहरुको रक्षा गरुन् ।’

रौतहट,चन्द्रनिगाहपुर–७ का ३५ वर्षीय रामरतन राउतले तिहारमा आफ्ना दिदीबहिनीको हातबाट टीका लगाउन नपाएका ८ वर्ष भयो । वैदेशिक रोजगारीका लागि साउदीमा रहेका राउत यो तिहारमा घर जाने योजनामा थिए । तर,कम्पनीले विदा नदिने बताएपछि तिहारमा दिदीबहिनीको हातबाट टीका लगाउने योजना अधुरै रह्यो ।

रामरतनका ४ दाजुभाइका एक्ली कान्छी बहिनी छिन् । चारै दाजुभाइ वैदेशिक रोजगारीमा छन् । त्यसैले,उनका बहिनीले सबै दाजुभाइलाई टीका लगाउन नपाएको ५ वर्ष भयो । ५ वर्षअघि एक जना दाजुलाई सम्म उनले टीका लगाईदिएकी थिइन् ।

प्रत्येक तिहारमा सबै दाजुभाइसँग उनको भिडियो कलमा कुरा हुन्छ । त्यसबेला उनका परेली सागर बन्छन्,रुवाइ थामिँदैन । तर,के गर्ने पारिवारिक अवस्थाले गर्दा परदेशिन बाध्य भएका राउत दाजुभाइलाई झिलिमिली तिहार सँधै अँध्यारो जस्तै लाग्छ ।

दाजु तिहारमा घर आउनुहुन्न रुबहिनीले सोध्दा उनीहरुले दिने एउटै जवाफ हुन्छ, ‘यो वर्ष यस्तै भयो बहिनी अर्को सालको तिहार सँगै मनाउँला ।’ तर,त्यो अर्को साल कहिले आउने हो,टुंगो छैन ।​ सानोमा चार दाजुभाइको माया पाएकी बहिनी लक्ष्मीलाई तिहार तिहार जस्तो लाग्दैन । अरुको घरमा तिहारको रमझम चलिरहँदा उनको आँखामा भने आँसुका धारा र दाजुहरुको याद मात्र आइरहेको हुन्छ ।

यो वर्ष चारै दाजुभाइ घर जाने र बहिनीको हातको टीका लगाउने योजनामा थिए । तर,कुनै पनि दाजुभाइ घर आउन पाएनन् । र,उनीहरुले परदेशबाटै भएपनि बहिनीलाई सन्देश पठाए, ‘परदेशीको भाग्य र कर्म यस्तै हो बहिनी । यो विरानो मुलुकमा तिम्रो र हाम्रो पीडा बुझिदिने कोही हुँदैन । अब आउने तिहारसँगै बसेर मनाउँला ।’

मलेसियामा रहेका काभ्रेका दिलबहादुर तामाङले पाँच वर्षदेखि उतै एक जना बहिनी मानेर तिहारमा टीका लगाइरहेका थिए । तर,यो वर्ष ती बहिनी पनि घर आइनन् । अब उनले कसलाई बहिनी मानेर टीका लगाउने भन्ने यकिन छैन । घरका २ दिदीबहिनीको एक्लो भाइ हुन् उनी ।

दिदीबहिनीले अंकलको छोरालाई टीका लगाएर तिहार मनाउँछन् भने उनी यो वर्ष कसैको हातबाट पनि टीका नलगाउने सोचमा छिन् । एक जनालाई बहिनी मानेर पाँच वर्षदेखि टीका लगाइरहेको थिएँ । ‘यो वर्ष उनी आफ्नो घर फर्किइन् । अरु कसैबाट टीका नलगाउने सोचेको छु । त्यो दिन दिदीबहिनीसँग भिडियो कलमा कुरा गरेर बस्नुपर्ला,’ उनले भने ।

यसरी परिस्थिति र बाध्यताले परदेशिएकाहरुलाई दसैं,तिहार जस्ता चाडपर्वमा निकै नरमाइलो लाग्छ । त्यो समय उनीहरु रोएरै विताउने गरेका छन् । नेपाली साथीभाइबीच रमाइलो गर्दै मनाएपनि घर परिवारमा आफन्तकहाँ टीका लगाए जस्तो कहाँ हुन्छ र रुउनीहरुको एउटै प्रश्न छ ।

देशको राजनीतिक अवस्था तथा रोजगारी गर्ने वातावरण नहुँदा परदेशिएकाहरु सोच्ने गर्छन्, ‘यदि नेपालमै साउदी,मलेसिया,कतार जस्तो भइदिएको भए,हामीले काम गर्न जानुपर्ने ठाउँमा उनीहरुलाई नेपालमा काम गर्न ल्याउन पाए कस्तो हुन्थ्यो होला ।’ रातोपाटीबाट

प्रकाशित:

१४२३ दिन अगाडि

|

१० कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९