नागरिक उन्मुक्ति पार्टी विजय भएको क्षेत्रमा कुनै पनि कार्य विचौलिया मार्फत नगर्ने 

नागरिक उन्मुक्ति पार्टी विजय भएको क्षेत्रमा कुनै पनि कार्य विचौलिया मार्फत नगर्ने 

१३६५ दिन अगाडि

|

१७ कात्तिक २०७९

कैलालीमा नारदमुनि रानाले के–के गरे ५ वर्षमा ?  कामको फेहरिस्ट बाँड्दै घरदैलोमा 

कैलालीमा नारदमुनि रानाले के–के गरे ५ वर्षमा ? कामको फेहरिस्ट बाँड्दै घरदैलोमा 

१३६५ दिन अगाडि

|

१७ कात्तिक २०७९

धनगढी : आफ्नो पाँच वर्षे कार्यकालमा गरेका कामको फेहरिस्ट सुनाउँदै पूर्वमन्त्री नारदमुनि रानाले आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र पारेका छन् । कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यको लागि नेकपा एमालेबाट पुनः उम्मेदवारी दिएका रानाले गरेका आफ्ना कामका सूची बाँड्दै घरदैलो अभियानमा जुटेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाको वडा नं. ६ र ९ समेटिएको निर्वाचन क्षेत्रमा उनी २०७४ को निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई हराउँदै निर्वाचित भएका थिए । पुनः चुनावी मैदानमा होमिएका रानाका मुख्य प्रतिस्पर्धीको रुपमा पाँच दलीय गठबन्धनका साझा नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व प्रदेश सभा सदस्य डिल्लीराज पन्त देखिएका छन् । कांग्रेसका विद्रोही नेताको रुपमा चिनिएका स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा, नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको स्वतन्त्र उम्मेदवार जगदीश चौधरी पनि चुनावी मैदानमा होमिएका हुन् । तर रानाले आफूले आफ्नो पाँच वर्षे कार्यकालमा गरेको जनमुखी कार्य जित्ने आधार रहेको दाबी गर्दै आएका छन् । उनले धनगढीलाई मेगा सिटी निर्माणको लागि फाउण्डेसनको रुपमा आफूले आफ्नो पाँच वर्षे कार्यकालमा विभिन्न विकास निर्माणको काम सम्पन्न गरेको र केही सुरुवात गरेको तथा निर्माधिन अवस्थामा रहेको बताएका छन् । यस्ता छन् उनका प्रमुख कार्यहरु : १. बेहडाबाबा मन्दिर परिसर निर्माण २. जखौर ताल पर्यटकीय स्थल निर्माण ३. धनगढी–हाडखोली सडक निर्माणधिन ४. धनगढी – उर्मा–रामपुर–गदरिया–फुलवारी सडक ५. धनगढी–बेली सडक ६. कोरोना कहरका बेला गरेका कार्यहरु ७. रानाथारु संग्रहालय निर्माणनिर्माणधिन ८. हुलाकी सडक ४ लाइन (धनगढी–फूलवारी) ९. कोल्ड स्टोर–फूलवारी (वडा नंं.–१८) १०. तौलहा ताल वडा ८ धनगढी क्षेत्रीय शहरी विकास आयोजनाको निर्माण कार्यको सुरुवात RUDP- पहिलो चरणका योजनाहरु १. सहिद गेट देखी क्याम्पस रोड सम्म २. क्याम्पस चोक देखी क्याम्पस गेट सम्म ३. गुल्म चर्च रोड ४. चौराहा देखी कैलाली नाला सम्म ५ .मालपोत रोड ६. डिभोटी होटल देखी पिपल चौतारा सम्म पहिलो चरण निर्माणधिन अवस्थामा RUDP — दोस्रो चरणका योजनाहरु १.Land fill site निर्माण धनगढी उपमहानगर पालिकाकाको मूल सडकको site clearance हुने वित्तिकै Tender गरिने । संघन शहरी कार्यक्रम : शहरी विकासको अवधारणा अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बहाल हुँदा धनगढी उपमहा नगरपालिकालाई २०७२ सालमा ५० करोड रकम यस कार्यक्रम मार्फत विनियोजित भई २०७८ सालसम्ममा धनगढी उपमहानगरपालिकामा १४१ किलोमिटर सडक कालोपत्रे र नाली निर्माण सम्पन्न भएको । १. उत्तर दक्षिण कोरिडोर निर्माण कार्य मोहना अत्तरिया ६ लेनको निर्माण सुरु भई सम्पन्न भएको । २. २ हजार जना अट्ने क्षमताको सिटी हल निर्माण ३. १० करोडको लागतमा धनगढी उपमहानगरपालिका–१८ मा कोल्ड स्टोर निर्माणधिन अवस्थामा शिक्षा क्षेत्र १. फूलबारीस्थित सर्वोदय माध्यमिक विद्यालयलाई सुदूरपश्चिमकै नमूना आईटी स्कूलकको रुपमा निर्माण २. आईसीटी ल्याब — वासुदेवी मा.वि. (वडा नं.–६) ३. आईसीटी ल्याब — सरस्वती मा.वि. (वडा नं.– ७) ४. आईसीटी ल्याब — बेहडाबाबा मा.वि. (वडा नंं.–१६) ५. आईसीटी ल्याब — भवानी मा.वि. (वडा नं. –९) ६. आईसीटी ल्याब — शारदा मा.वि. (वडा नं. –२) ७. आईसीटी ल्याब — त्रिभुवन मा.वि. (वडा नं. –३) विद्यालयका भवनहरु निर्माण कार्यः १. वासुदेवी मा.वि. (वडा नं. –६) ४ कोठे २. पञ्चोदय मा.वि. (वडा नं. –५) ४ कोठ ३. धनगढी मा.वि. (वडा नं. –८) ४ कोठ ४. वेहडाबाबा मा.वि. (वडा नं.– १६) ४ कोठ ५. चन्द्रोदय मा.वि. (वडा नं.–१८) २ कोठ ६. शारदा मा.वि. (जुगेडा वडा नं.– १२) २ कोठ ७. जनता मा.वि. (कैलारी वडा नं.–९) ४ कोठ ८. जनकल्याण मा.वि. (जुगेडा वडा नं.– ११¬) २ कोठ ९. इन्द्रोदय आ.मा.वि. (वडा नं.– १८) २ कोठ १०. राष्ट्रिय मा.वि. (उर्मा वडा नं. –१५) २ कोठ ११. पञ्चोदय आ.मा.वि. (फुलवारी वडा नं.–१४) ४ कोठ १२. खप्तडी आ.वि.(वाड नं.–१४) २ कोठ १३. जनजाग्रती — (वडा नं.– १४) २ कोठ १४. फुलवारी मा.वि.— (वडा नं.– १९) ४ कोठ १५. जनता आधारभुत विद्यालय (विशालनगर वडा नं.–३) २ कोठ १६. शिव पार्वती आ.वि.(वडा नं.–३) २ कोठ १७. शिवगंगा आ.वि. (वडा नं.– १५) ४ कोठ १८. शिवगंगाको छेउमा (रामपुरको विद्यालय, वडा नं.–१६) १९. दिपेन्द्र चारपाते आ.(वडा नं.–१६) ४ कोठे २०. काविका आ. (वडा नं.–१७) २ कोठे २१. न्यू कालिका आ.य(वडा नं.–१७) २ कोठे २२. भानु मा.वि.(वडा नं.– १७) ४ कोठे २३. भवानी मा.वि. (गौरीकटान – वडा नं.–९) ४ कोठे २४. शिव मा.वि.(देवहरिया, वडा नं.–७) २ कोठे २५. जनता मा.वि. गदरिया, (कैलारी गा.पा.–९) ४ कोठे २६. त्रिनगर मा.वि. (वडा नंं.–१) ४ कोठे २७. राष्ट्रिय मा.वि.(बेली, वडा नं.–७) २ कोठे २८. कैलाली बहुमुखी क्याम्पास (वडा नं.–७) परीक्षा हल निर्माण २९. फूलवारी बहुमुखी क्याम्पासको पर्खाल (वडा नं.–१८) पर्खाल ३०. सर्वाेदय मा.वि. भवन निर्माण (वडा नं.–१४) ४ कोठे ३१. चन्द्रोदय उच्च मा.वि. कम्पाउण्ड निर्माण सामुदायिक भवन : १. धनगढी गाउँ सामुदायिक भवन (वडा नं.–८) २. देवहरिया गाउँ सामुदायिक भवन (वडा नं.–७) ३. शहीद होरी लाल प्रतिबठान (वडा नं.–१०) ४. ललै वंगरा सामुदायिक÷सभाहल –जुगेडा (वडा नं.–१०) ५. बौद्ध गुम्बा भवन निर्माण (वडा नं. –१२) ६. बहेडाबाबा सामुदायिक भवन (जुगेडा– १६) ७. विश्वनाथ सभाहल निर्णय, बिजुलिया (वडा नं.–६) ८. मटियारी सामुदायिक भवन (वडा नं.–६) ९. बेला सामुदायिक भवन (वडा नं.–११) १०. नव दुर्गा सभा निर्माण, कैलालाी गाँउ (वडा नं.–१३) ११. तारानगर देउथान भवन निर्माण (वडा नं.–५) १२. जाई देउथान भवन निर्माण (वडा नं.–५¬) १३. ज्येष्ट नागरिक मिलन केन्द्र भवन निर्माण शिवपुरीधाम (वडा नं.–४) १४. सभाहल निर्माण (भगवती टोल, (वडा नं.– ४) १५. विश्वनाथ सामुदायिक भवन दक्षिण बेहडी (वडा नं.–२) १६. दलित – जनजाती आवास भवन, चटकपुर (वडा नं.–३¬) १७. भुइयाँ निर्माण — चटकपुर(वडा नं.–३) १८. भुइयाँ निर्माण — वोराडाडी (वडा नं.–१३) १९. घसिटा सामुदायिक भवन निर्माण (वडा नं.–१६) २०. सामुदायिक भवन (वडा नं.–१९) खानेपानी १. धनगढीस्तित शिवनगर खानेपानीको लागि ३ लाख घनमिटर क्षमताको रिजम्वायर ट्यांकी ट्यांकी निर्माण २. गदरिया खानेपानीको पाइप विस्तार ३. जुगेडा खानेपानी डि गाँउ, (वडा नं.–१३) मन्दिर पर्यटकीय स्थल निर्माण ः १. शैलेश्वरी मन्दिर निर्माण –गौरी कटान, वडा नं.–९ २. शिवपार्वती भैरव बाबा मन्दिर निर्माण – वडा नं.– ६ ३. बेहडाबाबा मन्दिर परिसर निर्माण (वडा नं.–१६) ४. जखौर ताल पर्यटकिय स्थल निर्माण (वडा नंं.–७) ५. पुरनबाबा मन्दिर सभाहल निर्माण (वडा नं.–१९) ६. फूलवारी बहु उदेश्य सभाहल – फुलवारी धामी चौक ७. रौराबाबा नजिकै चर्चको पर्खाल निर्माण ८. पार्क निर्माण नेतुवा ताल (वडा नं.–३) ९. पर्यटन कार्यक्रम पोखरी निर्माण वडा नं.–१७, पथरी हरितपेटिका कार्यक्रम १. प्रशुति गृह निर्माण – बनकट्टा कैलारी (वडा नं.–६) २. सेती अस्पताल भवन निर्माण प्रादेशिक (वडा नं.–१) ३. होल्डिङ सेन्टर निर्माण बडहरा(वडा नं.–३) ४. कोल्ड स्टोर निर्माण धनगढी—१८ ५. धनगढी ८ मा भलिबल कोर्ट निर्माण जनताको तटबन्द स्वस्थ्य र खेलकुद १. मोहना नदी – श्रीलंका, बोराडाडी, चटकपुर , बडहरा लगायत विभिन्न स्थलमा २. खुटिया नदी – धुर्जन्ना, मुरकट्टी, धनचौरी, सेहरी, पथरी, तरबरीया, उर्मा कटान, खुटिया टोल, खेदा शिवथाल घुराहा नदी ः(सुकुटी नाला, भादाखोला, कैलाली नाला, जाली गााउँलगायत स्थानमा शिवगंगा नदी – धनगढीको वडा नंं.–१७ डुमलिया उत्तर ७० लाख, डुमलिया दक्षिण ३० लाख, वडा नं.–१७ दीपनगरमा ३० लाख, वडा नं.– १७ खुटिया नदीमा ३५ लाख, वडा नं.–१६ चियावारीमा ४० लाखको तटबन्धन निर्माण । टेन्डर भएको सडक÷प्रक्रियामा रहेका धनगडी – जुगेडा सडक, उर्मी–उर्मा चौमाला रोड, उर्मा – भादा सडक (रुख कटानको लागि वन मन्त्रालयमा फाइल रहेको, फुलवारी रिङ्गरोड ‘ए’ गाँउबाट स्याउले बजार सम्म, उर्मा–बेहडाबाबा–भादा–गदरिया हुादै फुलवारी सम्म रणनीतिक सडक १. कनरी पुल देखी उर्मा–भादा–गदरिया हुँदै फुलवारी सम्म (२० कि.मि.) केही भाग मात्र निर्माण हुन बाँकी २. वौलिया–फुलवारी–उर्मा–चौमाला सडक ३. कनरी, उर्मा, बेहडाबाबा सडक हुँदै बेनौली बजार ४. बेनौली बजार सडक सडक पानी पिच – कैलारी गाउँपालिकाको वडा नं. ९ देवीगञ्ज र सामाचौराका सडकहरु राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १. विभिन्न वडा भवन घर – नगरपालिकाको भवन (राष्ट्रिय योजना आयोगबाट २. धनगढी माविको नमुना भवन ३. जनकल्याण मा.वि. भवन निर्माण ÷ कम्प्युटर ल्याब (वडा नं.–११) ४. वडा नं.– ७कालिका मन्दिर, मनेहरा पर्खाल निर्माण, सृजना सामुदायिक भवन निर्माण (देवहरिया) ५. कालोपत्रे– घुर्सुवा गाँउ र बेला गाँउको सुकी खोलामा ६– क्षेत्रीय अन्तर्राष्ट्रिय विमान स्थलकाे डीपीआर तयार नीतिगत कार्यहरुः १. गौरीफन्टा नाका/भन्सार कैलालीमा स्थानमा राख्न सफल २. गेटा मेडिकल कलेजलाई जनताको माग बमोजिम गेटा मेडिकल विश्व विद्यालय सिफारिस गर्न सफल/पटक पटक संसदमा माग ३. रानाथारु सूचीकरण (नीतिगत) ४. धनगढी विमान स्थालको क्षेत्रीय अन्तर्राष्ट्रिय विमान स्थलको डीपीआर तयार । पुल निर्माण भद्रपुर टोल, रहुरिया पुल, कलबरी चर्च निर, शान्ति कटान, डुमलिया (शिवगंगा), घुरही, जुकनिया पुल, वडा नं.–५ मा निर्माण झोलुङ्गे पुल — शिवगंगा नदी, धनचौरी, डुमलिया, सामरचौरा, शान्तिकटान र बौलिया लग्गाभग्गा जोड्ने गरी ५ स्थानमा

थारु गाउँका भलमन्सा जगदीशको आँट: पूर्वमन्त्रीहरुसँग चुनावी मैदानमा

थारु गाउँका भलमन्सा जगदीशको आँट: पूर्वमन्त्रीहरुसँग चुनावी मैदानमा

१३६६ दिन अगाडि

|

१७ कात्तिक २०७९

धनगढी । मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकीदै गर्दा कैलाली निर्वाचन क्षेत्र नं. ५ मा चुनावी सरगर्मी बढेको छ । विभिन्न दलका हेभिवेट तथा स्वतन्त्र उम्मेदवारहरुबीच कडा प्रतिश्पर्धा हुने भएपछि चुनावी माहोल तातेको छ । यहाँ हरेक निर्वाचनमा विशेष चर्चा रहन्छ । यहाँहुने हबिवेट उम्मेदवारहरुबीचको रोचक भिड्न्तले यस निर्वाचन क्षेत्रको राष्ट्रिय राजनीतिमा चर्चा हुन्छ । २०७४ को निर्वाचनमा प्रधानमन्त्रीपत्नी आरजु राणा देउवालाई हराएर चर्चामा आएका नेकपा एमालेका उम्मेदवार तथा पूर्व मन्त्री नारदमुनि राना यसपटक पनि चुनावी मैदानमा छन् ।  रानाविरुद्ध आरजु नै उम्मेदवार बन्ने चर्चा भएपनि उनी अन्तिम समयमा समानुपातिकमा बसिन् । जुनकारण पनि यस निर्वाचन क्षेत्रको चर्चा रहयो । यहाँ अब यहाँ पाँच दलीय गठबन्धनका साझा नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व प्रदेश सभा सदस्य डिल्लीराज पन्त, नेकपा एमालेका राना, कांग्रेसको विद्रोही नेताको रुपमा चिनिएका स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा चुनावी मैदानमा छन् । ओझा पूर्व राज्यमन्त्री हुन् । यो प्रतिपश्र्धामा अर्का स्वतन्त्र उम्मेदवार जगदीश चौधरी पनि चुनावी मैदानमा होमिएका हुन् । उनलाई नागरिक उन्मुक्तिको समर्थन रहेको छ । को हुन् जगदीश चौधरी ?  जगदीश चौधरी धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीका स्थानीय हुन् । १० वर्ष नेपाल आयल निगममा कार्यरत उनी पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन् । उनी उत्तरबेहडीस्थित १७७ घरधुरीका भलमन्सा तथा गाउँ प्रमुख हुन् । उनले आफ्नो उम्मेदवारी न्याय र विकासको लागि भएको बताएका छन् । जसको लागि आफूले जनता आँगनमा पुगिरहेको बताए । आफ्नो उम्मेदवारीपछि धेरैले राजनीतिक पृष्ठभूमि विना किन उम्मेदवारी दिएको र फिर्ता लिन अनुनयी गरेको बताउँदै उनले आफ्नो आफ्नो उम्मेदवारी सामाजिक न्याय, विकास र समृद्धिको लागि भएको सुनाए । उनले भने, ‘थरुहट नेता लक्ष्मण थारुको उम्मेदवारी खारेज हुन सक्ने सम्भावनाको आधारमा मैलै उहाँको विकल्पको रुपमा स्वतन्त्र उम्मेदवारी दिएको हुँ । जुन न्याय र विकासको लागि हो । जहाँसम्म मेरो राजनीतिक पृष्ठभूमिको कुरा गर्छन्, माछाको बच्चालाई पौडी खेल्न नसिकाउनु भनेर मेरो उनीहरुलाई जवाफ हो । पहिचानको साग जोगाउन तथा थारुलगायत निमुखा वर्गलाई भोटको एटीएम मेसिन ठान्ने प्रबृतिको विरुद्ध मेरो उम्मेदवारी हो ।’ मत आँकलन यस निर्वाचन क्षेत्रमा धनगढी उपमहानगरपालिकाको पूरै (१९ वडा) र कैलारी गाउँपालिका– ६ र ९ गरी २ वडा समेटिएको छ । जहाँ एक लाख पाँच हजार ७९३ जना मतदाता छन् । स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएका मतलाई आधार मान्ने हो भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ३२ हजार ६१९ मत ल्याएको थियो । नेकपा एमाले यस क्षेत्रमा १७ हजार ४२० मत ल्याएको छ । २०७४ को निर्वाचनमा वामगठबन्धनका साझा उम्मेदवार बनेका राना २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् । उम्मेदवारका बक्रदृष्टि थारु समुदायमा यस निर्वाचन क्षेत्रको जनसंख्यामा मुख्य गरी सुदूरपश्चिमका ७ पहाडी जिल्लाबाट बसाइ सरेर आएका, यहाँका रैथाने थारु र रानाथारु जातिको जनसंख्याले भूमिका खेल्दछ । करिब ५० प्रतिशत जनसंख्याको प्रतिनिधित्व यिनै समुदायको रहेको बताइन्छ । यी भित्र करिब २३ हजार बढी मतदाता थारु समुदायका, करिब ८ हजार बढी मतदाता रानाथारु समुदायको रहेको आँकलन गरिन्छ । यद्यपी निर्वाचन आयोगले भने, जातीय रुपमा मतदाता वर्गीकरण गरेको पाइन्न ।  बैशाखमा सम्पन्न निर्वाचनमा धनगढी मेयरमा संगठनबिहीन रहेका स्वतन्त्र उम्मेदवार गोपाल हमालले गठबन्धन र एमालेका उम्मेदवार रणबहादुर चन्दलाई पराजित गरेका थिए । हमालको जीतमा मुख्य भूमिका त्यही मतदाताको भूमिका निर्णायक रहेको बताइन्छ । धनगढीमा केही चालायमान मतदाता छन् । जो पार्टी भन्दा व्यक्ति केन्द्रित हुन्छन् । ती चलायमान मतदातासँगै थारु र रानाथारुको मत जसले तान्न सक्यो, उसैको जीत सुनिश्चित हुने विश्लेषण गरिन्छ । हाल उम्मेदवारको बक्रदृष्टि ती रैथाने समुदाय र चालायमान मतदातामा केन्द्रित छ । ती मत दलीय संगठनबाट भन्दा पनि उम्मेदवारको भूमिकाबाट अभिप्रेरित र प्रभावित हुने र एकै ठाउँमा जान सक्ने आंकलन विगतदेखि गरिँदै आएको छ । थरुहट नेता लक्ष्मण थारुको विश्लेषण छ, ‘यहाँको मजदुर, किसान, रैथानेको मत नै चालायमान मत हो । यो मत नै निर्णायक हो । यो मत न्यायको लागि मात्रै हो । हामीले यसपालिको नतिजा स्पष्ट देखिरहेका छौ । यद्यपी नतिजा पर्खनै पर्छ ।’  टीकापुर घटनामा मुछिएका नेता थारुले यसै क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको लागि नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका थिए । तर उनको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेपछि नागरिक उन्मुक्ति पार्टीको समर्थन स्वतन्त्र उम्मेदवारी दिएका जगदीश चौधरीलाई छ । चौधरी त्यही थारु मतदाता र चलायमान मतदाता केन्द्रित अभियान थालेका छन् ।

राप्ती गाउँपालिकाको सिसहनियाँमा आँखा उपचार केन्द्र खुल्दै

राप्ती गाउँपालिकाको सिसहनियाँमा आँखा उपचार केन्द्र खुल्दै

१३६६ दिन अगाडि

|

१६ कात्तिक २०७९

दाङदेउखुरीको राप्ती गाउँपालिका अनत्र्गत सिसहनियाँमा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा  खुल्न लागेकोमा यसबारे एक सम्झौता पत्रमा बुधबार काठमाडौंमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट तथा तिलगंगा आँखा प्रतिष्ठानको कार्यकारी निर्देशक एवम् वरिष्ठ आँखा रोग विशेषज्ञ डा रिता गुरुङले हस्ताक्षर गरे । सम्झौता अनुसार अस्पतालका लागि गाउँपालिकाले भवन र जग्गा उपलब्ध गराउने छ भने तिलगंगा आँखा प्रतिष्ठानले उपचारका लागि आवश्यक उपकरण र प्राविधिक जनशक्ति उपलब्ध गराउने छ । सम्झौता पत्रमा लेखिएअनुसार राप्ती गाउँपालिकाले उपलब्ध गराएको स्थानमा एक वर्षसम्म तिलगंगा अस्पतालले आफ्नै जनशक्तिबाट सेवा दिनेछ र उनीहरुलाई तलबसमेत खुवाउने छ । एक वर्षपछि भने आँखा उपचार केन्द्रमा प्रयोग भएको उपकरण पालिकालाई नै हस्तान्तरण गर्ने छ । साथै त्यहाँको जनशक्ति व्यवस्थापन, उनीहरुको पारिश्रमिक लगायत सबै जिम्मा पालिकाले लिने छ । तिलगंगा आँखा प्रतिष्ठानको कार्यकारी निर्देशक डा रीता गुरुङले आगामी पुस दोस्रो सातादेखि नै सिसहनियाँमा आँखा उपचारको लागि ओपीडी सेवा सुरु गर्ने लक्ष्य रहेको बताइन् । तत्कालको लागि अहिलेको सिसहनियाँ स्वास्थ्य चौकी रहेको भवनमा ग्रामिण आँखा उपचार केन्द्र स्थापना हुनेछ ।

पञ्चायती व्यवस्था ढाल्ने एक सिपाही डिल्लीराज, जो १७ वर्षमै परे जेल 

पञ्चायती व्यवस्था ढाल्ने एक सिपाही डिल्लीराज, जो १७ वर्षमै परे जेल 

१३६७ दिन अगाडि

|

१६ कात्तिक २०७९

धनगढी । हरेक निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र ५ को विशेष चर्चा रहन्छ । यहाँहुने हबिवेट उम्मेदवारहरुबीचको रोचक भिड्न्तले यस निर्वाचन क्षेत्रको राष्ट्रिय राजनीतिमा चर्चा हुन्छ । मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकीदै गर्दा यस क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । विभिन्न दलका हेबीबेट तथा स्वतन्त्र उम्मेदवारहरुबीच कडा प्रतिश्पर्धा हुने देखिएको छ । २०७४ को निर्वाचनमा प्रधानमन्त्रीपत्नी आरजु राणा देउवालाई हराएर चर्चामा आएका नेकपा एमालेका उम्मेदवार तथा पूर्व मन्त्री नारदमुनि राना यसपटक पनि चुनावी मैदानमा छन् ।  रानाविरुद्ध आरजु नै उम्मेदवार बन्ने चर्चा भएपनि उनी अन्तिम समयमा समानुपातिकमा बसिन् । जुनकारण पनि यस निर्वाचन क्षेत्रको चर्चा रहयो । यहाँ अब मुख्य प्रतिश्पर्धा पाँच दलीय गठबन्धनका साझा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज पन्त र उनै रानाबीच कडा प्रतिश्पर्धा हुने आंकलन गरिएको छ ।  पन्त २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । आरजुको ठाउँमा कांग्रेसले पन्तलाई मैदानमा उतारेको हो । पन्त र रानाबीचको प्रतिश्पर्धाले मात्रै होइन, यहाँ प्रतिश्पर्धामा रहेका स्वतन्त्र उम्मेदवारहरु पनि प्रभावशाली देखिएका छन् ।  कांग्रेसको विद्रोही नेताको रुपमा चिनिएका पुष्करनाथ ओझा र नागरिक उन्मुक्तिको समर्थन रहेको जगदीश चौधरी पनि चुनावी मैदानमा छन् । २०७० सालमा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन कैलाली निर्वाचन क्षेत्र नं. ६ छोडेपछि भएको उपनिर्वाचनमा कांग्रेसका पुष्करनाथ ओझा विजयी भएका थिए । तर २०७४ को निर्वाचनमा टिकट नपाएपछि आरजुलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेसले ओझालाई कारवाही गरेपछि उनी हाल स्वतन्त्र उम्मेदवारी दिएका छन् । मत आँकलन यस निर्वाचन क्षेत्रमा धनगढी उपमहानगरपालिकाको पूरै (१९ वडा) र कैलारी गाउँपालिका– ६ र ९ गरी २ वडा समेटिएको छ । जहाँ एक लाख पाँच हजार ७९३ जना मतदाता छन् । स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएका मतलाई आधार मान्ने हो भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ३२ हजार ६१९ मत ल्याएको थियो । नेकपा एमाले यस क्षेत्रमा १७ हजार ४२० मत ल्याएको छ । २०७४ को निर्वाचनमा वामगठबन्धनका साझा उम्मेदवार बनेका राना २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् । को हुन् डिल्लीराज पन्त ? नेपाली कांग्रेसका नेता समेत रहेका बुवा चेतराज पन्त र आमा हरिप्रिया देवी पन्तको कोखबाट २०१२ फागुन १२ गते डिल्लीराज पन्त कैलालीमा जन्मिएका हुन् । बुवा चेतराजको राजनीतिक पृष्ठभूमि उल्लेख गर्दै उनले भने, ‘मेरो बुवा २००६ सालमा मातृका प्रसाद कोइरालाबाट नेपाली कांग्रेसको सदस्यता लिनुभएको थियो । २००७ सालको क्रान्तिमा मेरो बुवाले कैलाली, बेलौरी र ब्राह्मदेवको क्रान्तिसँगसँगै डोटीको पनि नेतृत्व लिनुभयो । राणा शासन ढल्यो । २०४६ सालको आन्दोलन सफल भएपछि धनगढीमा ठूलो आम सभा भयो । त्यसको सभापतित्व मेरो बुवाले गुर्नभएको थियो । कांग्रेसकै विद्रोही माहोलमै हुर्किएका पन्तको विद्यार्थी राजनीतिक जीवन भने २०२९ देखि सुरु भएको हो । उनमा सानैदेखि राणा शासन, पञ्चायती व्यवस्थाप्रति वितृष्णा थियो । जब उनी १७ वर्षका थिए । धनगढीको पञ्चोदय विद्यालयमा कक्षा १० मा अध्ययनरत थिए । तब पञ्चायती शासन विरुद्ध काम गरेको भन्दै ६ महिना जेल जीवन भोग्नु परेको उनी सुनाउँछन् । उनले भने, ‘निर्वासनमा एक जना हाम्रो नेता हुनुहुन्थ्यो । हामी श्याम बाजे भन्थ्यौ । उनको नाम श्यामप्रसाद खतिवडा थियो । उनी वीरगञ्जको मान्छे थिए । उनी २००७ देखि यतै थिए । हामी इन्दिया जाँदाखेरि उनी इन्दियाको चन्दचौकी, गौरीफन्टा आइरहन्थे । उनी कांग्रेसका प्रचारक थिए । उनैबाट हामीले एउटा कागज पायौं । कागज के थियो भने, ‘शपथ पत्र’ । पञ्चायती व्यवस्थालाई हटाउने नेपाली कांग्रेसको शपथ पत्र थियो । त्यो भरेर हामीले पलियामा रहेका श्याम बाजे कहाँ पुयाउनुपर्ने थियो । तर बाटोमै प्रहरीले थाहा पायो । तीन वटा फोल्डर थियो । एउटा मेरो, एउटा बझाङका धर्मबहादुर सिंह र एउटा सहजपुरका रतनबहादुर शाहको । हामी तीन जनालाई समात्यो । दुई जना फरार भए । २०३१ मा राजकाज मुद्दामा ६ महिना जेल बस्यौ । हामीलाई त्यसबेला अराष्ट्रिय तत्व भन्थे ।’ जेलबाट छुटेपछि धनगढीमा क्याम्पस नभएपछि उनी अध्ययनको क्रमा भारतको देहरादुन गए । त्यहाँबाटै बिएसम्म अध्ययन गरे । अध्ययनताका नै उनी कांग्रेसका विभिन्न गतिविधिमा संलग्न थिए । पञ्चायती व्यवस्थाको विरुद्धमा अभियान चलाउथे । देहरादुनको बसाइ सुनाउँदै उनले भने, ‘त्यहा मेरो शेरबहादुर देउवासँग भेट भयो । उहाँकै परामर्शले हामी नेपाल विद्यार्थी संघ पनि खोल्यौ । त्यहाँ संस्थापक अध्यक्ष भए । देहरादुनबाट फर्केपछि कैलालीमा पनि नेपाल विद्यार्थी संघको ऐठक (प्रारिम्भक) कमिटी खोले । यहाँ विद्यार्थी आन्दोलनको नेतृत्व लिए । निर्दलीय व्यवस्थाको विरुद्धमा । २०४६ सालमा भूमिगत बस्यौ । आन्दोलन सफल भयो । चैत २६ गते राजाले बहुदल घोषणा गर्यो ।’  ‘कांग्रेसभित्रै पीडित व्यक्ति हुँ’ पन्तले कांग्रेसको राजनीतिक जीवनमा क्रियाशिल भए पनि हालसम्म मुख्य जिम्मेवारीबाट वञ्चित हुदै आएको सुनाउँछन् । २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यको लागि अप्लाइ गर्दै अहिलेको निर्वाचनमा पार्टीले जिम्मेवारी दिएको उनी बताउँछन् । ‘जतिखेर कांग्रेस विभाजन भयो । म संस्थापन पक्षबाट कैलाली जिल्ला समिति सदस्य भए । मैले पद लिएको त्यही हो । त्यो बाहेक २०७४ सम्म पार्टीको कुनै जिम्मेवारीको पद छैन । न मलाई कसैले कुनै पद दियो । न मैले मागे’, उनले भने, ‘२०७४ को निर्वाचनमा प्रदेशका कुरा आयो । संघीयताका कुरा आए । पार्टीले अहिलेसम्म त हेरेन । प्रदेशमा यहाँ २÷२ वटा सिट छ, एउटा सिट पाउँछु कि ? भनेर अप्लाइ गरेको हुँ मैले । शौभाग्यले पाइयो । जनताले माया दिए । चुनाव जिताए । ५ वर्षमा मैले गरेको काम देखेर, मेरो व्यवहार देखेर र आरजु भाउजुको स्वास्थ्यको अवस्थाले नदिएपछि मलाई यो पालि पार्टीले संघको जिम्मेवारी दिइएको हो । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार छु ।’ मल करखाना खोल्ने योजना पन्तले आफ्नो संघर्ष, पृष्ठभूमि र आफू खण्दानी काँग्रेस हुनुलाई चुनाव जित्ने प्रमुख आधार रहेको जिकिर गर्छन् । साथै यस क्षेत्रको सामाजिक क्षेत्रमा गरेको कामले पनि आफ्नो मार्ग स्पष्ट रहेको उनको भनाइ छ । उनले भने ‘यहाँ सबैसँग परिचित छु । मेरो आफ्नै सामाजिक जीवन छ । ६ वर्ष त्रिनगर माविको अध्यक्ष भए । प्लस टु बनाए । आफ्नो जग्गा धितो राखेर विद्यालयको आयस्रोत बनाउन सपिङ कमप्लेक्स बनाए । ८ वर्ष रेडक्रस कैलालीको कोषाध्यक्ष भए । कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष मोहनबहादुर शाह हुँदा कार्यकारी सदस्य भए । कैलाली जनपुस्ताकालयको सचिव भएर काम गरे । ह्दय रोग प्रतिष्ठान कैलालीको अध्यक्ष भए । यसरीमा जनतामाझ परिचित छु । मेरो व्यक्ति जीवनको अधारमा मेरो जित्ने आधार छ । कांग्रेस देशकै सशक्त पार्टी भएको र त्यसको उम्मेदवार भएकाले पनि मेरो जित्ने आधार छ ।’  आफ्नो निर्वाचन क्षेत्र अन्तरगत धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाको २ वडा परे पनि यहाँको अवस्था जर्जर रहेको बताए । बाटो घाटो, पुल पुलेसो, नदी कटानको अवस्था विकराल रहेको बताउँदै उनले आफू जितेको अवस्थामा ती समस्यालाई मध्यनगर गरेर काम गर्ने बताए । त्यस्तै उनले गेटा विमान स्थलको अवस्था सुधार गरी अन्तर्राष्ट्रिय नभए प्रादेशिक स्तरको बनाउने सुनाए । गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउने, सेती प्रादेशिक अस्पतालको स्तरोन्नती गर्ने, गौरीफन्टा नाकाको स्तरोन्नती गर्ने, रासायनिक मलको करखाना स्थापना गर्ने पनि आफ्नो प्रमुख एजेण्डा रहने उनको भनाइ छ ।

नागरिक  उन्मुक्तिको मेची–महाकाली चुनावी घरदैलो कार्यक्रम सुरु

नागरिक  उन्मुक्तिको मेची–महाकाली चुनावी घरदैलो कार्यक्रम सुरु

१३६७ दिन अगाडि

|

१५ कात्तिक २०७९

नागरिक उन्मुक्ति पार्टीले चितवनको माडी नगरपालिका–५, पिपरियाबाट मेची–महाकाली अभियान सुरु गरेको छ । यहाँ मेची–महाकाली अभियान अन्तर्गत चुनावी घरदैलो कार्यक्रम पिपरिया हुँदै बसन्तपुर, ईनारबरूवा, सिधुवा, अम्रौली,  सिम्रहनी, चिरौली, बघौडासम्म रहनेछ । मंगलबार पिपरियाको अभियान कार्यक्रममा होचा पुड्का कलाकारहरुले विभिन्न गीतमा साङ्गीतिक प्रस्तुतिका साथै नृत्य पस्केका थिए । रेशम चौधरीद्वारा रचित बाबा टोहार छावा जेलेम परल बाको नेपाली भर्सनमा दिएको प्रस्तुतिले उपस्थित सबै दर्शक भावुक भएका थिए। नागरिक  उन्मुक्ति पार्टीको बागमती प्रदेशको संयोजक   दिप तामाङले भने, ‘नागरिक उन्मुक्ति पार्टी न्यायको लागि, मुक्ति आन्दोलनको लागि लडिरहेको छ। त्यसैले हामी  देशव्यापी घरदैलो अभियानमा लागेका छौँ । तपाईंहरुको एक भोटले रेशम चौधरीको जीत हुनेछ। यतिबेला साथ नदिए कहिले दिने ? नभए रेशम चौधरीको आवाज दबिनेछ ।’ बागमती प्रदेश समानुपातिकतर्फबाट कौशिला चौधरीको उम्मेद्वारी रहेको छ । उनले ढकिया पार्टीको चिन्ह मात्रै नभएर हाम्रो पहिचान हो भन्दै भोटको लागि अपिल गरिन् । कार्यक्रममा आएका एक स्थानीयले भने, ‘थारूको सन्तान अन्यायमा  परेको छ । हामी काँधमा काँध मिलाएर अघि बढ्छौ । यसपाली हामी अवश्य विजयी हुन्छौँ  ।’ उनले रेशम चौधरीको रिहाइको लागि यसपालिको भोट ढकियालाई दिने बताए ।

नागरिक उन्मुक्ति पार्टीले कति स्थानमा जितको झण्डा फहराउला ? 

नागरिक उन्मुक्ति पार्टीले कति स्थानमा जितको झण्डा फहराउला ? 

१३६८ दिन अगाडि

|

१५ कात्तिक २०७९

चुनाव नजिकएसंगै विभिन्न दलले विभिन्न क्षेत्रमा गठवन्धन गरिरहेका छन् । रुपन्देही–२ मा सत्ता गठबन्धनको उम्मेदवारी खारेज भए भएपछि त्यहाँ जनमुक्ति पार्टीका उम्मेदवारलाई सत्ता गठबन्धनले समर्थन गरेको छ । तर नागरिक उन्मुक्ति पार्टी एक्लो सतिसालझैं ठिंग उभिएको छ । कसैसंग गठबन्धन गरेको छैन । यस्तोमा नागरिक उन्मुक्ति पार्टीले कति स्थानमा विजयीको झण्डा गाड्ला, सर्वत्र चासोको विषय भएको छ ।  नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डित दावा गर्छन्, कञ्चनपुर  र बाँकेमा एउटा एउटा, बर्दियामा दुइटा, कैलालीमा चारवटा सिट जित्छौं । गठबन्धनवालाको दाल गल्नेवाला छैन ।   ढकियाखबरसंग प्रवक्ता पण्डितले भने, कञ्चनपुरमा प्राविधिक कारणले २ र ३ नम्बर क्षेत्रमा संघीय संसद्मा प्रत्यक्षमा उमेदवार खडा गर्न सकिएन । कञ्चनपुर–१ का संघीय सांसदमा नन्दकुमार रानालगायत प्रदेशसभामा उठेका कञ्चनपुर–१ र २ का पल्टु राना, काली चौधरी, गीता चौधरी, जितेन्द्र चौधरी चारैजना प्रदेशसभा सांसदहरु जित्नेछन् ।  प्रवक्ता पण्डितले बाँकेमा पनि प्रतिनिधि सभामा एउटा क्षेत्र जित्ने दावी गर्छन् । उनले भने, बाँके क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा सुरेशकुमार चौधरी, प्रदेशसभा सदस्यमा (क)मा सोमराज चौधरी र (ख) मा भुमबहादुरी भण्डारीले उम्मेदवारी दिएका छन् । यी तिनैजनाले जित्नेछन् । यहाँ पार्टीको माहोल निकै राम्रो छ ।  बाँके क्षेत्र नम्बर ३ मा पनि नेपाली काँग्रेस त्यागेर नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए, रवीन्द्रमान श्रेष्ठले । तर उनले अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिए। श्रेष्ठजस्तै काँग्रेसबाट असन्तुष्ट भएर नागरिक उन्मुक्ति पार्टीमा गएका चन्तराम थारू ३ (क) बाट प्रदेश सभा उम्मेवार बनेका छन् । प्रवक्ता पण्डित भन्छन्, रवीन्द्रमान श्रेष्ठ विचलित हुनुभयो र उम्मेदवारी फिर्ता लिनुभयो । यहाँका प्रदेश सभा चन्तराम थारूको विजयी यात्रा कसैले रोक्न सक्तैन ।  उता बर्दियाको दुबै सिट पनि क्लीन स्वीप गर्ने प्रवक्ता पण्डितले दावी गर्दै भने, बर्दिया–१ मा पत्रकार ठाकुरसिंह थारुलाई युवा उम्मेदवार उठाएका छौं । उनले अवश्य जित्नेछन् । बर्दिया–२ मा नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरिदिएको छ । यहाँबाट उनका बुवा लालवीर चौधरी नल्का चिन्ह लिएर स्वतन्त्र उम्मेदवार छन् । रेशम चौधरीको उम्मेदवारीले बर्दिया–२ को जनतामा जुन उत्साह बढेको थियो, लालवीरको उम्मेदवारीले त्यो रत्तिभर नघटेको प्रवक्ता पण्डितले बताए । यहाँको क प्रदेशसभामा गायक प्रदेशी चौधरी तथा शिक्षण पेशामा लामो समय बिताएका धर्मबहादुर चौधरी ख प्रदेशसभामा उम्मेदवार छन्, सबैले जित्नेछन् ।कैलाली–१ मा रन्जिता श्रेष्ठ चौधरी, २ मा अरुण चौधरी, ३ मा गंगा चौधरी र ४ मा कैंया चौधरी नागरिक उन्मुक्तिका सबैले जित्ने दावी गर्दै प्रवक्ता पण्डितले भने, आयोगले लक्ष्मण थारुको उम्मेदवारी खारेज नगरेको भए यहाँ पनि जित्ने सेवर थियो ।  मानवअधिकारकर्मी सुशील चौधरी भन्छन्, ढकियाले यसपाली कसैले नसोचेको राम्रो भोट ल्याउनेछ, यसमा दुइमत छैन । तर उसले दावी गरेको जस्तो बर्दिया, कैलालीमा क्लिन स्वीप नहोला । ढकिया चुनाव चिन्ह लिएर यसपालीको चुनावमा कति उम्मेदवार छन् । पार्टी पदाधिकारीले बताउन सकेनन् । प्रतिनिधिसभातर्फ प्रत्यक्षमा थारुवानडटकमले ३४ जनाको सूची बनाएपनि त्यसमा २ जना स्वतन्त्र छन् । एकजनाले नाम फिर्ता लिएका छन् । यसरी ढकिया चुनाव चिन्ह लिएर आधिकारिक उम्मेदवार ३१ ज्ना देखिन्छन् । सबै प्रदेशमा गरी ५७ जना प्रदेशसभामा उम्मेदवार छन् ।