संझनामे  मंगल सर  

संझनामे  मंगल सर  

४ दिन अगाडि

|

८ कात्तिक २०८३

थारू समुदायमा अटवारीको महत्व

थारू समुदायमा अटवारीको महत्व

४६ दिन अगाडि

|

२८ भदौ २०८३

अटवारी, थारू जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ । योे पर्वमा खास गरेर पुरुषहरु निराहार व्रत बसेर मनाउँछन् । यद्यपि स्वेच्छाले केही महिलाहरु पनि व्रत बस्ने गरेको पाइन्छ । दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना सहित मनाइने अटवारी भदौ महिनामा पर्छ । तर कुनैै साल असोजमा पनि मानेको देखिन्छ । जे जस्तो भएपनि अटवारी धेरैजसो कृष्ण अष्टिम्की पछिको दोस्रो आइतवार अथवा कुश अमाँवस (कुशे औंशी) पछिको पहिलो आइतबारलाई अटवारी मान्ने चलन छ । तर अटवारीको विषयमा विभिन्न मतमतान्तर पनि हुँदै आएको छ । ठाउँ अनुसार चालचलनमा विविधता छ र यसको ऐतिहासिक, धार्मिक, सामाजिक पृष्ठभूमिको बारेमा पनि विभिन्न धारणाहरु अगाडि आएको देखिन्छ । यसकारण पछिल्लो समय यस पर्वको निश्चित तिथि, मिति हुनु पर्ने कुरा थारू समुदायका बौद्धिक वर्गहरुको बहसको विषय पनि बन्दै आएको छ । अटवारी, कुशे औंसीको पहिलो आइतबार ‘बर्का अटवारी’को रुपमा मानिन्छ भने त्यसपछिको चार आइतबार आंशिक रुपमा छुट्की ‘अटवारी’ व्रत बस्ने गर्छन् । यसरी बर्का र छुट्की गरी पाँच आइतबार ‘अटवारी’ व्रत बस्ने थारु समुदायमा पुरानो चलन हो । यसरी ‘पाँच अटवारी’ पछि दशैं आउँछ । अथवा कुशे औंसी र दशैको बीचमा आउने पाँच आइतबारलाई अटवारी मान्न सकिन्छ । यसरी पाँच अटवारी व्रत बस्ने चलनले पनि कुशे औंसीको पहिलो आइतबारलाई अटवारी मान्ने चलनको प्रमाण बलियो देखिन्छ ।  केही मानिसहरुको धारणा हिन्दु नारीहरुको हरितालिका तीज अनि ऋषि पञ्चमी पछिको आइतबारलाई अटवारी मान्ने पनि छ । तर योे त्यति सान्दर्भिक देखिदैन । यदि तीजपछिको आइतबारलाई मान्ने होे भने ‘पाँच अटवारी’ व्रत बस्नेहरुको अटवारी प्रभावित हुन्छ । अर्को कुरा थारू समुदायमा तीज र ऋषि पञ्चमीको प्रभाव पनि निकै पछिबाट परेको देखिन्छ । यो थारुसमुदायको मौलिक पर्व पनि होइन । त्यसकारण यसलाई आधारण बनाएर आफ्नो पर्वको समय निर्धाण गर्न पनि उचित देखिदैन । थारू वस्तीमा आजको जस्तो हिजो मिश्रित जातजातिहरुको बसाइ थिएन । थारू समुदायको एकलौटी बसाई थियो । आफ्नै कला, संस्कृति र सामाजिक मान्यताभित्रै रमाउने थारू समुदाय, अन्य समुदायको पर्वलाई आधार बनाएर आफ्नो पर्वको निर्धारण गर्ने विषय पनि हुँदैनथ्यो । अहिलेको जस्तो विभिन्न जातजातिहरुको मिश्रित बसाई र सबैले एकअर्काका कला, संस्कृतिलाई स्वीकारी सकेको अवस्थामा योे कुरा उठ्नु स्वभाविक भएपनि वास्तविकता भने होेइन । उसो त कुशे औंसी पछिको पहिलो आइतबार प्रायः तीज पछि नै पर्छ । योे एउटा संयोग मात्र हो । यसले पनि तीज पछिको आइतबारलाई मान्ने भन्ने कुराको बढावा दिन सक्छ । तर योे सत्य होेइन र सँधै यस्तै पनि हुँदैन । कहिलेकाही त तीजकै दिन आइतबार पर्छ । पछिल्लो समय यही तर्ककै भ्रममा परेर फरक फरक आइतबार अटवारी मान्ने समस्या देखापरेको छ । यसले पाँच अटवारी मान्नेहरुको व्रत प्रायः प्रभावित पार्छ । कुनैै कुनैै साल समय अनुकूल नभए (गाउँमा हैजा लगायतका रोगको प्रकोप बढी देखिए वा दैविक प्रकोपका कारण) समय हेरेर अटवारी पर्व मान्ने चलन पनि छ । यसो गर्दा पाँच अटवारी व्रत बस्नेहरु सबै आइतबार व्रत बस्न सक्दैनन् र अँँटवारी पनि फरक फरक मितिमा मनाउने बाध्यात्मक समस्या देखापर्छ । रुपन्देहीका साहित्कार बमबहादुर थारूले ‘रुपन्देहीको थारू समाज र संस्कृति’ भन्ने आफ्नो पुस्तकमा कुशे औंसीको आठौं दिनपछिको आइतबारलाई बर्का अटवारी मान्ने कुरा उल्लेख गरेका छन् । उनले ‘पाँच अटवारी’को विषयमा भने कुनैै कुरा उल्लेख गरेका छैनन् । त्यसो त रुपन्देही, नवलपरासी, चितवन लगायतका पूर्वका केही जिल्लामा मनाइने विधि प्रक्रियाहरु पश्चिमाजिल्ला भन्दा फरक छ । तर, कपिलवस्तु, दाङ देउखुरी, बाँके, बर्दिया, कैलाली, सुर्खेत र कञ्चनपुरका थारूहरुमा वैचारिक धारणा फरक फरक भए पनि विधि प्रक्रियामा भने एकरुपता पाइन्छ । प्रकृतिपुजक थारू समुदायमा खास गरेर योे पर्व सूर्यको पूजा गरेर रुपमा मनाइन्छ । प्रकृतिपुजक थारू समुदायमा खास गरेर योे पर्व सूर्यको पूजा गरेर रुपमा मनाइन्छ । आइतबारलाई रविबार पनि भनिन्छ । रवि भनेको सूर्य (सुरज) अथवा अग्नी । जब भयावह कालरात्रिमा सूर्यको जन्म भयो । त्यसपछि योे संसार उज्यालो भयो भन्ने किम्बदन्ती छ । सूर्यले अँध्यारो चिरेर उज्यालो गराउँछ । जसले गर्दा मान्छे मात्रै होेइन यस पृथ्वीमा बस्ने हरेक प्राणीलाई सजिलो हुन्छ । प्रकृतिप्रति विश्वास गर्ने थारू समुदाय, सूर्य उज्यालोको प्रतीक भएकोले यसको पूजा उज्यालोदाताको रुपमा गरेका हुन् । अर्को मिथक महाभारत कथासंग जोडिएको छ । पाँच पाण्डव मध्ये सबैभन्दा बलियो भेवाँ (भीम) थिए । जब कौरव र पाण्डवको लडाइ भयो । त्यसै समय भीम रोटी पकाउँदै थिए । लडाई चरमोत्कर्षमा पुगेपछि उनी रोटी पकाउँदा पकाउँदै टावामै छोडेर लडाईमा हिंडेँ । जब लराइबाट फर्किदा उनी निकै भोकाएका थिए । टावामा छोडेर गएको एक पट्टी मात्र पाकेको रोटी खाएर पेट भरे । अटवारीमा अक्केकरे रोटी (एक पट्टी मात्र पकाएको रोटी) पकाउने चलन छ । यसरी अक्केकरे रोटी उनै भीमलाई पुज्ने गरिन्छ भन्ने किम्बदन्ती छ भने भीम, थारू राजा दंगीशरणलाई लराइमा सघाएको र सबैभन्दा बलियो पुरुष भीम भएकोले उनी जस्तै बलियो हुने संकल्पका साथ पुरुषहरु उनकै पूजा गरेर अटवारी व्रत बस्ने विचार पनि जनमानसमा छ । यसरी अटवारी पर्वको बारेमा अध्ययन गर्दा वैचारिक एकरुपता रहेको पाइदैन । ठाउँ अनुसार फरक फरक विचार, चालचलन र प्रक्रिया रहेको पाइन्छ । अटवारी, व्रत बसेर मनाउने पर्व भएकोले यसमा पनि ‘डटकट्टन’ (दर) खाने चलन छ । दर खानाका लागि शनिबार दिनभरि माछा मार्ने र अरु तिहुन, तरकारीको जोहो गरिन्छ । माछाको सुखौरा (सुकुटी) धेरैजसो पहिल्यै तयार गरिएको हुन्छ । अटवारीमा माछाको सुखौरा विशेष मानिन्छ । तर अन्य कुनैै चीजको मासु भने हुँदैन । सागमा पोंइ अनिवार्य जस्तै हुन्छ । भिन्डी, टोरैं, ठुसा (मास जस्तै एक प्रकारको दाल बाली, झिलिङ्गी, सिल्टुङ) लगायतका तरकारी हुन्छ । ‘डटकट्टन’ व्रत बस्नेहरु भाले बास्नु भन्दा पहिले खानु पर्छ । यदि खानुभन्दा पहिले भाले बासे भने ‘डटकट्टन’ खान पाइदैन । खाए भने ऊ व्रत बस्न पाउँदैन । उसलाई जुठो मान्ने चलन छ । आइतबार अथवा अटवारीको दिन व्रत बस्नेहरुको खान भान्सामा पाक्दैन । उनीहरु बिहानै नुहाएर बहरी (घरको प्रवेशद्वारको पहिलो कोठा) या आँगनमा गाईको गोबरले लिपपोत गर्छन् । लिपपोत गरेर ‘कोरे आगी’ (भान्सामा पहिले प्रयोेग नभएको आगो, चोखो आगो) मा रोटी पकाइन्छ । पुरानो आगो आज अपवित्र मानिन्छ । त्यसकारण गनयारी काठ या फोर्सा काठ घोटेर निकालेको चोखो आगो प्रयोग गर्ने गर्छन् । बाटुलो रोटी सूर्यको प्रतिकात्मक परिकारको रुपमा लिइन्छ । योे पर्वमा रोटी अनिवार्य हुन्छ । अन्य खानेकुरा भने सहायक हुन्छन् । अटवारीमा अन्डी र र गहुँको गरी, दुई थरीको रोटी हुन्छ भने पक्की, अम्रुट् (अम्बा, बेलौटी), केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी पनि हुन्छ । पहिलो दिन नुन, बेसार, खुर्सानी, माछा, मासु भने आजको दिन बर्जित हुन्छ । रोटी पकाएर तयार भयो भने स्नान गरी बिहान लिपपोत गरेको ठाउँमा पिर्का या कुनैै काठको वस्तुमा संगै बसेर आफ्नो प्रक्रिया अगाडि बढाउँछन् । खानुभन्दा पहिले अगयारी (अग्यारी) दिने चलन छ । निश्चित ठाउँमा गाईको गोबरले पुनः लिपेर त्यसमा आगो (फिलिङ्गो) राखिन्छ । त्यही आगोमा सर्री धूप (सल्लाको धूप), नौनी र खानका लागि तयार गरिएको बस्तु (अन्डीको रोटी, गहुँको रोटी, पक्की, काँक्रो, अम्बा (बेलौटी), केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी) अलिअलि सबै चीज एकैमा मिसाएर त्यसमा हवन गरिन्छ (चढाइन्छ) । यसरी आगोमा चढाउने कामलाई ‘अगयारी’ दिएको भनिन्छ । सूर्य आगोको मुख्य श्रोत हो । सूर्य आफैमा अग्नी हो । त्यसैले सबैभन्दा पहिले अग्नी (आगो)लाई अथवा सूर्यलाई प्रसादको रुपमा अगयारी दिने चलन आएको होे । अगयारी दिएर तीन पटक दायाँ र तीन पटक बाँयाबाट पानीले पर्छने (पानीको घेरो हाल्ने) चलन छ । कोइ–कोइ पाँच या सात फेरा पनि पर्छने गर्छन् । त्यसपछि आफ्ना चेली–बेटीहरुका लागि पहुरको रुपमा ‘अग्रासन’ छुट्याउने चलन छ । अथवा चेली बेटीहरुलाई दिनका लागि छुट्टै भाँडोमा निकालेर मात्रै खाने चलन छ । योे काम दिउँसो हुन्छ । अन्य व्रत जस्तो अटवारीमा दिनभरि निराहार बसिदैन । दिउँसो नै पूजा गरी खाने चलन छ । योे क्रम सूर्यास्त नहुँदासम्म चल्छ । सूर्यास्तपछि खाने काम पूर्ण रुपले बन्द हुन्छ । सोमबार, ‘फर्हार’ गरिन्छ । फर्हार नहुँदासम्म पानी समेत नखाएर निराहार बस्नु पर्छ । अर्को दिन सोमबार, ‘फर्हार’ गरिन्छ । फर्हार नहुँदासम्म पानी समेत नखाएर निराहार बस्नु पर्छ । फर्हार अटवारीको अन्तिम पूजा होे । यस दिन व्रतालुहरु बिहानैदेखि खानपिनको तयारीमा जुटेका हुन्छन् । घरका अन्य सदस्यहरुले पनि सहयोग गरेका हुन्छन् । आजको खानामा खास गरेर भात, खँरिया, फुलौरी, पोंइ मिसाएको ठुसा, सुखौरा माछा, चिचिण्डो, घिरौला, भेन्डी लगायतका विजोर संख्यामा तरकारीहरु बनाइएको हुन्छ । माछाको सुखौरा विशेष मानिन्छ तर मासु भने हुँदैन । फर्हारपछि मात्रै मासु ल्याउने या खाने गरिन्छ । फर्हार, सबै पकवान तयार भएपछि शुरु हुन्छ । व्रतालुहरु हिजोको जस्तै आज पनि नुहाई धुवाई गरी अगयारी दिएर आफ्ना चेली बेटीहरुका लागि ‘अग्रासन’ निकाल्ने गर्छन् । अग्रासन धातु वा प्लाष्टिकको भाँडामा निकालिदैन । अग्रासन बिशेषताः नम्ह्रैन (मालु), कमल या केराको पातमा निकाल्ने गरिन्छ । अटवारी आउनुभन्दा केही दिन पहिले नै पात टिप्ने काम हुन्छ । प्रायः अग्रासन पात खुटेर बनाएको दुना टपरीमा निकालिन्छ । त्यो नभए विकल्पको रुपमा कमलको पात या केराको पात प्रयोेग भएको पनि पाइन्छ । यसरी प्रक्रियागत रुपमा सबै कार्य पूरा भइसकेका पछि मात्र व्रतालुहरु अन्न ग्रहण गर्छन् । अन्य पर्वमा जस्तै अटवारीमा आफ्ना चेलीबेटीहरुलाई घरमै बोलाउने चलन छैन । ब्रतालुहरुले निकालेको पहुर ‘अग्रासन’ उनीहरुकै घरमा पु¥याउन जाने चलन छ । अग्रासन पु¥याउन प्रायः दाजु भाइ नै जाने गर्छन् । दाजु भाइ नभए अन्य सदस्यहरु जान्छन् । चेलीहरु पनि अग्रासन दिन आउनेलाई मानसम्मान गर्छन् । सम्मानार्थ जाँड, रक्सी र मासु खुवाउने गर्छन् । अतिथि सत्कारका लागि थारु समुदायमा जाँड रक्सी ठूलो मानिन्छ । त्यसकारण जाँड रक्सी खुवाउन पाए सन्तुष्ट भएको महसुस गर्छन् । योे पर्व भातृत्वप्रेम र सद्भावको पर्वको रुपमा पनि लिने गरिन्छ । लामो समयसम्म आफ्नो माइत जान नपाएका चेलीबेटीहरु यस पर्वमा आफ्ना दाजु भाइ तथा परिवारसंग दुःखसुखका कुरा खुलेर पोख्छन् । यसरी एकै ठाउँमा बसेर सुखदुःखका कुरा र खानपिनले एकापसमा विश्वास र आत्मीयता बढाउँछ । पारिवारिक सम्बन्ध पनि सुमधूर बनाउँछ । तर यसका केही गलत पक्षहरु पनि छन् । सम्मानका नाममा अत्याधिक मदिरा सेवन गर्ने र गराउने परम्परा समय सापेक्षित देखिदैन । यसकै कारण अनावश्यक झैझगडा, पानीमा डुबेर मृत्यु, सडक दुर्घटना लगायत विभिन्न घटनाहरु भएको पनि देखिन्छ । यसको न्यूनीकरणमा ध्यान दिन जरुरी देखिन्छ । त्यसैगरि अग्रासनका नाममा बासी खानेकुरा, खानेकुरामा रंगको प्रयोेग, अनावश्यक खर्च, कुनैै साल आफ्ना चेलीबेटी कहाँ अग्रासन पु¥याउन नसके चेलीहरुमा नकारात्मक सोचाई राख्ने र एकापसमा मनमुटाव भएको पनि देखिन्छ । त्यसकारण पर्व, सबैले पर्वको मर्म अनुसार मनाउनु पर्छ । यसलाई समय अनुसार परिमार्जन गर्दै आफ्नो गछ र मौलिकतामा सबैले सबैलाई खुशी पार्ने हिसाबमा मनाउन सक्नु पर्छ । सबैको अटवारी शुभ रहोेस् । २०८३ सालको अटवारीको सबैमा शुभकामना । साभारः केर्नीन्यूज २०७७ (शीर्षक परिवर्तनसहित केही संशोधन गरिएको)  

थारू किसानः कृषि विज्ञनसे खै सरसल्लाह ?

थारू किसानः कृषि विज्ञनसे खै सरसल्लाह ?

८७ दिन अगाडि

|

१८ साउन २०८३

असिराम डंगौरा  थारू जात नेपालके चौठा ढेर संख्या रहल आदिवासी जात । खास करके बनुवाक बिच्चे फँटुवा लडिया टलुवाक किनारे बैठुईया जात  । रोजके छाक टारेक लग प्रकृतिमे भर परना थारू बिशेष करके खेतीपातीमे निर्भर करटी आईल बा । सदियौसे हर जुवा, भैंस गोरूनसे सामान्य रूपसे खेती करटी आईल थारू समयके बड्लाउ संगे संगे एक्काईसौ शताब्दीके अन्त्यओर बराजोरसे आधुनिकीकरण ओर बर्ह सेकल। पहिलेक पुर्खा हुक्रे खेतीपाती शुरू करेक लग महिना पाख दिन ओजरिया अंन्धरियाक ख्याल करैह । सबजे रब्बी (मसरी) गोंहु काटके अनाज भित्र्याके बैशाखमे गोबर मल डारके बैशाखी जोटैह। बरा झट्कार घरेक मनै ओराईट बैशाख परट जेठ ढुरिया धान बोऊईया बैशाखी जोटल ढेलाम ढुरिया धान बोईह ओ ठोर ठोर दुन्द्रा कुल्वाक पानी लग्ना मनै कोई बियार बिया गिराए । जेठभर कबु कुल्वाही कबु सत्तारेमे रहल समय छट्री छाँईक लग मौरैनिक पटिया टुरे बनुवा जैना टो कोई बर्खहा सामा ढह्र्या मचिया टिपाई (गोर ढैना पिर्का) बनैना करैह । थारू समुदायके हकमे असारमे जब डुसरा पानी बर्से, टब खेट्वाम पेल्न शुरू करैह कलेसे गैरथारूनके हकमे असार पन्ध्र दही चिउरा खाके बैठौवा लगैना शुरू करैह। मनो समयके रप्तार संगे अब मनैनके खेती करना सोंच तौर तरिका बड्लगिल । मनै आधुनिकतामे अत्रा आस्रित हुगिनै कि पहिलेक खेती करना टौर टरिका पुरै बड्लगिल । अबके समयमे बर्हटी रहल जनसंख्याके घरबासके लग ओ खेतीयोग्य जग्गा प्लाटिङ्ग करना चलनसे दिन दिने जग्गा खण्डी खुन्डा हुईटी बा । कमैयाँ मुक्ति पाछे ढेर जैसिन कमैयाँ परिवार अटैया बटैया कमे हुईलेसे फे खेती करठै । एक ओरसे कहलेसे अबके समयमे हर परिवार किसान बनल बा, चाहे उ एक कठ्ठा लगाए चाहे बिगहा, दश बिगहा । समय टो रात दिन घाम जार बर्खा सुख्खा अपन नियमसे हरडम चल्टी आईटा ओ चल्टी रही, मनो आझकलके मनै समयसे आगे चले खोजटै जौ अपने आपहे बहुट घाटा बा । हुईना फे भुईयाँक मनै बद्रीम ठुके खोज्लेसे अपन ठुक अपने मुहेम आईठ । पुर्खनके बाट मौसमविद हुक्रनके चेतावनीके बाबजुद फे मने हाली खेती लगैना चक्करमे बिना बर्खक खाली बोरिङ्गके भरमे खेती लगाई भिर्न ओ झटपट ढेर मञ्जुरिह्या लैके लगा सेक्ना करे लग्लै । जबकि कहकुट बा “हड्बडके काम लड्बड“ हाँरिक हुस्सा करके खेट्वा टो हाली लगा डर्ठै । खेट्वा लागल पाछे मुख्य समस्या शुरू हुईठ। लगाईल धान सुखे लागट । हर दुई दिनमे पानी चर्हाई पर्नामे उप्परसे पानी नाई बर्सट । जेकर बोरिङ्गमे विद्युत मिटर जडान करके पानी मोटर ढरल बा टो ईन्धनके खासे समस्या नाई हो । मनो जे टो ईन्जनसे सिचाई करू सोंचठ, ओकर लग डिजलके नम्मा लाईन डेखे मिलठ। यी सब जुगार करके बोरिङ्गसे सिचाई करलेउ, ओकर पाछे सबसे समस्या सुख्खाके बिल्गे लागठ । चारूओर बोरिङ्ग चल्टीके गाउँमे पिना पानीक बम्मा (नल्का) सुखाके दैनिक जिन्गी कष्टकर बन्ना समस्या डेखा परटा । यी सब समस्या पार करके बलटल धान उब्जनी हुईल । जब कट्ना समय हुईठ, बर्खा शुरू हुईठ । टोहमारे किसान सचमे खेती करनै भुलागिल बाटी । जिही सुन्बी हाली खेट्वा लगाई, हाली अराम करब । आधुनिकताके सोचमे हमार पुर्खानके सिखाईल जोट्ना, कोर्ना गोर्ना भुलागिली। हमरे सोच्ठी आधुनिक वैज्ञानिक खेती करटी, मनो यी बिल्कुल गलत साबित हुईटा । महिनसे आगे कोई लगाके ना सेके, एकचो खेट्वा लगाडेली, दोबारा हिल्लाम पेले नाई परे सोँचके घाँस मुवैना दवाई झोकाझोंक डर्ठी । इहीसे घाँस टो मरठ, धान पनाई नाई जाई परठ । मनो घाँस मुवैना दवाईसे धान उब्जनी करैना मित्र जीव फे बिना कारन मरजिठै । ओकर कारन फे ढिरे ढिरे जमिनके उर्बरा शक्ति कम हुईटी जैना समस्या बा । टमाम मेरिक रसायनिक बिषादी डर्ना चलनसे खेट्वा सुख्खा हुईना समस्या टो हुईटी बा । मनो उहीसे ढेर समस्या अपनेमे परटी बा । आझके दिनमे मजासे जाँच करलेसे हर परिवारसे कोई ना कोई क्यान्सर जैसिन प्राणघाटक रोगसे पिडित बा । यकर मुख्य कारण डेखाईठ िक हमार खानपीन हमार खेतीपाती बिना बर्खा परले जेठसे असार् पन्ध्रसम धान लगैबो टो सावनमे धानेम घाँस जम्बे करी ओ बर्खा ओरैनासे पहिले धान पक्बे करी । ओरौनीम, हमरे किसान समयसे आगे नेंगे खोजटी । जान बुझके जबरजस्ती प्रकृति विनास टो करटी बाटी । ओकर संग अपन अमूल्य जिन्गीसे फे खेल्वार करटी । कृषि प्रविधिक अभिमन्यु चौधरीके सुझाबअन्सार अधिकांस धान १२० दिन से १५० दिनमे पक्ना जातके बा । ओहे बाट कृषि विज्ञ जेटीए मौसमविद हुक्रनसे सल्लाह लैके बिया गिरैना, बैठैना करलेसे एकडम उचित रहट । ठोरचे बर्खा आस लागके खेटी करलेसे सुख्खापन, धानेम घाँस जम्ना, टमान मेरिक रोग लग्ना, जर पत्ता ओ फलमे किरा लग्ना, धान बिना समयक पाक जिना समस्यासे बचे सेकजाईठ। हमारठे रहल हरेक बिर्ही लगैना, पक्ना ओ कट्ना उचित समय बा । कातिक अगहनमे लगैना आलु सावनमे लगाके बराबर फल लेहे नाई सेकजाई । ओस्टेके असार, सावनमे लगैना धान जेठमे लगाके समय अन्सारके फल पक्कै फे नाई लैई मिली । टबमारे पुर्खानिय तरिकासे खेती करो कहाई टो गलत रही । आझकल हरेक मेरिक जोट्ना कोर्ना लिमिट दवाई दर्ना मशिन बा । कृषिविज्ञ, मौसमविद हुक्रनके सुझाब लैके समय संगे खेती करलेसे सबके भला हुई ।असाैं जैसिक टैसिक खेती लगैली, अइना साल ख्याल कर्बी ।   साभारः पहुरा दैनिक सिर्सक परिवर्टन  

कमैया प्रथाको छुटेको अध्याय 

कमैया प्रथाको छुटेको अध्याय 

१०० दिन अगाडि

|

५ साउन २०८३

इन्दु थारु मेरी हजुरआमा बेलाबेला जमिनदारका कथा सुनाउनुहुन्छ । ती सामान्य कथा होइनन् । ती त पीडा र आक्रोशले भरिएका कथा हुन् ।  धान रोप्न सक्ने भएपछि सायद आठ–नौ वर्षकी छँदा कैलालीको लालपुर गाउँका एक जमिनदारको खेतमा मजदुरी गर्न जानुभयो हजुरआमा । उहाँ आफ्नो उमेर ठ्याक्कै भन्न सक्नुहुन्न किनभने उहाँलाई आफू जन्मेको साल थाहा छैन । नागरिकतामा भने १९९७ साल उल्लेख छ । गाउँका अन्य महिला र केटी मजदुरी गर्न गएको देखेर उहाँ पनि केही पैसा कमाउने आशामा जानुभएको थियो ।  जमिनदारले कामको निश्चित दर तोकेका थिएनन् । दिनैभर धान रोपेपछि उनले केटीहरूको छाती हेरेर पारिश्रमिक निर्धारण गर्थे । जसको छाती ठूलो थियो, उसलाई अलि बढी पैसा । जसका सानो, उसलाई कम । हजुरआमा आज पनि हाँस्दै सुनाउनुहुन्छ, ‘मै छोट रहु, महिन टे इट्रीचे डेहल ।’ (अर्थात ‘म सानो थिएँ, मलाई त एकदमै थोरै (पैसा) दियो’ ।)  उहाँ बेलाबेला देशरज्वा, गुरुंगवा, चौधरीयाजस्ता त्यसबेला नाम चलेका जमिनदारका कथा सुनाइरहनुहुन्छ । आज यो कथा सुन्दा मात्रै पनि आक्रोश र अपमानले मथिंगल हल्लाउँछ । सम्पत्तिको उन्मादमा एक शोषकले एउटी बालिकाको शरीरमाथि गरेको शक्ति प्रदर्शनले आज पनि मन अस्थिर बनाउँछ ।  हजुरआमा कमलरी हुनुहुन्थेन । उहाँ केवल मजदुरी गर्न जानुभएको थियो । दैनिक ज्याला गर्ने बालिकाले त यस्तो अपमान सहनुपर्थ्यो भने वर्षौंसम्म कमैया र कमलरी जीवन बिताएका मानिसले कति हिंसा, अपमान र आघात भोगे होलान् ? ती आघात आज पनि मुक्त कमैया र मुक्त कमलरीको शरीर र स्मृतिमा जीवित छन् ।  आज पनि हजारौं मुक्त कमैया र मुक्त कमलरी हाम्रै समाजमा छन् । ती खोला किनारमा, जंगल छेउमा, बगरका छाप्रामा जीवन बिताइरहेका छन् । उनीहरू विगतका आघात भुलेर मुस्कुराउने प्रयास गर्छन्, तर परिस्थितिले दिँदैन । झरी पर्दा उनीहरूको छाप्रो चुहिन्छ । कुनै दिन काम नपाउँदा भोकै सुत्नुपर्छ । कागजमा उनीहरू मुक्त भइसकेका छन्, तर जीवनका आघातबाट मुक्त हुन सकेका छैनन् । थारू भाषामा काम गर्ने वा कमाउने पुरुषलाई ‘कमुइया’ भनिन्छ, महिलालाई ‘कमलरिया’ । पछि यी शब्द नेपालीकरण भए । ‘कमुइया’ ‘कमैया’ बन्यो र ‘कमलरिया’ ‘कमलरी’ । गैरसरकारी संस्थाहरू, राज्यका दस्ताबेजहरू र सञ्चारमाध्यमले ‘कमैया’, ‘कमलरी’ शब्द स्थापित गरे । यसरी स्थापित गरियो कि आज थारू गाउँमै पनि मूल शब्द ‘कमुइया’ र ‘कमलरिया’ हराउँदै गएका छन् ।  सबै कमैया एउटै थिएनन्  कमैया राख्ने चलन थारू गाउँमा प्रचलित थियो । तर, सबै कमैयाको अनुभव एकैनासको थिएन । ठूला जमिनदारहरू (जसका सयौं बिघा जमिन थिए) धेरै कमैया र कमलरी राख्थे । कमैयाहरू कोही हलो जोत्थे, कोही गोरु–भैंसी हेर्थे, कोही भेडाबाख्रा । कमलरीहरू कोही गोबर फाल्थे, कोही भाँडा माझ्थे । कतिपय जमिनदारका घरमा त पशु यति धेरै हुन्थे कि एक जना महिला कामदारले गोबर फाल्ने काम मात्रै गर्नुपर्थ्यो ।  जमिनदारबाहेक थारू किसानहरू पनि कमैया राख्थे । जमिनदारलाई गाउँलेहरू ‘जिम्डरवा’ भन्थे । कमैया–कमलरीहरू अरूका अगाडि जमिनदारलाई प्रायः ‘मलिक्वा’ र जमिनदारकै अघि ‘मलिक्वा हजुर’ भनी सम्बोधन गर्थे । थारू किसानलाई अरूका अगाडि प्रायः ‘किसन्वा’ भनिन्थ्यो । किसानका घरमा काम गर्ने कमैया–कमलरीले घरका सबैलाई केही न केही साइनोले बोलाउँथे– जस्तो ‘डाडा भउजी’, ‘काकाकाकी’ । यस्तो सम्बोधन ‘मलिक्वा’ को घरमा कल्पनासम्म गरिँदैनथ्यो ।  राज्यद्वारा कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरू अझै सामाजिक, आर्थिक र मानसिक रूपमा पूर्ण रूपमा मुक्त हुन सकेका छैनन्। थारू किसानका घरमा बस्ने कमैयाको जीवन जमिनदारका घरमा बस्ने कमैयाभन्दा धेरै फरक हुन्थ्यो । थारू किसानले कमैया–कमलरीलाई घरको सदस्यसरह व्यवहार गर्थे । अपवादबाहेक, किसान घरका सदस्यहरू आफ्ना कमैया र कमलरी सँगै बराबरी काम गर्थे । परिवार र कमैया–कमलरी सबैका लागि एकै प्रकारको खाना पाक्थ्यो ।  थारू किसानको घरमा रहेका कमैयाले आफूले खाएको थालसमेत धुनु पर्दैनथ्यो । किनभने भाँडा माझ्ने काम महिलाको जिम्मेवारी मानिन्थ्यो । त्यसैले कमैयाको जुठो थाल घरकी महिलाले नै धुन्थिन् ।  किसान र कमैया सँगै हलो जोत्थे । सँगै खेतमा पसिना बगाउँथे । किसान घरकी महिला र कमलरी सँगै धान रोप्थे । घरको काम बाँडेर गर्थे । वर्षैभरि काम गरेपछि पूर्वसहमतिअनुसार कमैया र कमलरीलाई धान वा अन्न पारिश्रमिक दिइन्थ्यो । अर्को वर्ष त्यही घरमा काम गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने स्वतन्त्रता कमैयासँग हुन्थ्यो ।  तर, जमिनदारको घरमा बस्ने कमैयाको जीवन बिल्कुलै फरक थियो । उनीहरू काम गर्न राखिएकाभन्दा बढी मालिकका दास थिए । अधिकांश कमैयामाथि ‘सौंकी’ अर्थात् बढ्दै जाने ऋणको बोझ थियो । त्यो ऋण कहिल्यै सकिँदैनथ्यो, बरु उल्टै बढ्दै जान्थ्यो । ‘सौंकी’ बढेर बुबा, छोरा, नातिसम्मका कैयौं पुस्ताले एउटै जमिनदारको दास भएर जीवन व्यतीत गर्नुपर्थ्यो । कमैयाले मात्रै होइन, उसका श्रीमती र बच्चासमेतले जमिनदारकोमा काम गर्नुपर्थ्यो । त्यसपछि पनि ऋण चुक्ता हुँदैनथ्यो ।  कमलरी : श्रम शोषणदेखि यौन हिंसासम्म सम्पन्न परिवारले साना केटीहरूलाई घर र खेतको काममा कामदारका रूपमा राख्थे । खान–लाउन नपुग्ने गरिब परिवारका आमाबुबा आफ्ना छोरीहरूलाई बाध्यतावश जमिनदारका घरमा वा हुनेखानेको घरमा काम गर्न पठाउँथे । अलिअलि काम गर्न सक्ने सात–आठ वर्षका बालिकालाई समेत कमलरी राख्ने चलन थियो । ती बालिकालाई उनीहरूको उमेर र क्षमताभन्दा धेरै कठिन काम गराइन्थ्यो । तिनको शोषण श्रममा मात्रै सीमित थिएन । धेरै बालिका शारीरिक, मानसिक र यौनहिंसाका सिकार हुन्थे ।  विवश आमाबुबाले आफ्नी छोरीलाई हुनेखानेको घरमा काम गर्न पठाएका थिए, बेचेका थिएनन् । उनीहरूको आशा थियो– छोरीले काम गरोस् र कम्तीमा पेटभरि खान पाओस् । तर, अधिकांश पूर्वकमलरीको अनुभव छ–काम गरे पनि पेटभरि खान पाइएन । मालिक–मालिक्नीले विवश कमलरीमाथि आफ्नो अधिकार जमाए । साना बच्चीहरूलाई कठोर काम गराउनु, निर्दयतापूर्वक कुट्नु र यौनहिंसा गर्नुलाई आफ्नो अधिकार सम्झे ।  कतिपय घटनामा कमलरीको मृत्यु भएपछि आत्महत्या भनी सार्वजनिक गरियो । उदाहरणका लागि, २०७५ जेठ २९ मा बासगढी नगरपालिका– २ बर्दियाकी ११ वर्षीया अस्मिता चौधरी कमलरी बसेको मालिकको घरमा झुन्डिएको अवस्थामा भेटिइन् । कमलरी अधिकारका लागि काम गर्ने अभियन्ता र संस्थाहरूले त्यो ‘आत्महत्या नभई हत्या भएको’ दाबी गर्दै निष्पक्ष छानबिनको मागसहित आन्दोलन गरेका थिए ।  सबैभन्दा अदृश्य बुकरही थारू समुदायमा चरम श्रम शोषणको चर्चा हुँदा सबैभन्दा ओझेलमा परे बुकरहीहरू । बुकरही भनेको कमैयाकी श्रीमती । कमैयाले जहाँ काम गर्थे, बुकरहीले पनि त्यहीं  काम गर्नुपर्थ्यो । तर, उनको श्रमको कुनै मूल्य तोकिँदैनथ्यो । कमैयाको वर्षभरिको पारिश्रमिक तय हुँदा बुकरहीको श्रम त्यसैभित्रै समेटिएको मानिन्थ्यो । बुकरहीहरूले छुट्टै ज्याला पाउँदैनथे ।  थारू किसानका घरका बुकरहीलाई धान रोप्ने बेला, धान काट्ने बेला, चाडपर्व वा पाहुना धेरै आएका बेला काममा सघाउन बोलाइन्थ्यो । साथै उनका छोराछोरीलाई पनि सक्ने काम गर्न लगाइन्थ्यो । यदि कमैयाका धान रोप्ने उमेरका छोराछोरी भए, तिनले पनि बिनाज्याला काम गर्नुपर्थ्यो । कमैयाका साना उमेरका छोरीहरू विशेष गरी ‘छेग्रिन्ह्या’ (बाख्रा) चराउँथे र छोराहरू ‘गयर्वा’ वा ‘भैसर्वा’ (गाईभैंसी) चराउँथे ।  बुकरहीले किसानको घरमा काम गरेको दिन ‘कलुवा’, ‘मिझ्नी’ र ‘बेरी’ अर्थात् दिनको तीन पटक खाइने खाना किसानकै घरमा सपरिवार खान पाउँथे । जसरी जमिनदार र थारू किसानका घरमा कमैयाको जीवन फरक थियो, त्यसैगरी बुकरहीको जीवन पनि फरक थियो । किसानको घरमा बुकरहीको श्रमको मूल्य थिएन, तर जमिनदारको घरमा उनको शरीर नै असुरक्षित थियो । जमिनदारकोमा रहेका धेरै बुकरही बलात्कारका सिकार हुनुपर्थ्यो । मालिकले उनीहरूमाथि मनमौजी गर्न सक्थ्यो । न बुकरही बोल्न सक्थिन्, न कमैयाले प्रतिवाद गर्न सक्थ्यो । बोले लाठी बर्सिन्थ्यो वा झन् ठूलो हिंसा हुन्थ्यो ।  यी कथाहरू केवल व्यक्तिगत पीडाका कथा होइनन्, बरु नेपाली समाजको संरचनागत विभेद, वर्गीय वर्चस्व र महिलामाथि भएको हिंसाको ऐतिहासिक दस्तावेज हुन्। थारू गाउँगाउँमा रहेका जमिनदारले कमैया–कमलरीलाई मात्रै होइन, अन्य थारूमाथि समेत अत्याचार गर्थे । धेरै ठाउँमा थारूलाई जमिनदारकोमा बेगारी (बिनापारिश्रमिक काम गर्न) का लागि बाध्य पारिन्थ्यो (जस्तै खेतमा धान रोप्न र काट्न) । कसैले आदेशको अवज्ञा गर्न सक्ने अवस्था थिएन । किनभने प्रहरी, अदालत, वकिल र स्थानीय प्रशासनका प्रभावशाली व्यक्तिसँग जमिनदारहरूको मिलेमतो र पहुँच बलियो थियो । जमिनदारविरुद्ध बोल्नु आफ्नो जीवन जोखिममा पार्नु थियो ।  यही सामाजिक–राजनीतिक सन्दर्भमा तत्कालीन नेकपा (माओवादी) कैलाली र अछाम जिल्ला संगठन समितिले २०५५ साउन १६ देखि २५ गतेसम्म ‘सामन्तहरूको हतियार कब्जा अभियान’ चलाएको थियो । यस अवधिमा १७ जना शोषक–सामन्तलाई कारबाही गरी १४ वटा हतियार कब्जा गरिएको कुरा लेखक जोखन रत्गैंयाले आफ्नो डायरीमा उल्लेख गरेका छन् ।  त्यस अभियानपछि जमिनदारहरू गाउँ छाडेर सहर सर्न थाले । उनीहरूमाथिको कारबाहीले वर्षौंदेखि उत्पीडन भोग्दै आएका थारूमा प्र्रतिरोध गर्ने साहस पनि जगायो । त्यसअघि जस्तोसुकै अत्याचार भए पनि कमैया र कमलरीलाई मौन बस्न बाध्य बनाइएको थियो । अर्कोतर्फ, राज्यका धेरैजसो संयन्त्र पनि अत्याचारी जमिनदारका संरक्षणमै उभिएका थिए । कठिन संघर्ष र आन्दोलनको दबाबपछि नेपाल सरकारले २०५७ सालमा कमैया मुक्ति घोषणा गर्‍यो । तर, कमलरी मुक्तिको विषय कमैया आन्दोलनको विषय बन्न नसकेकाले उनीहरूको मुक्तिका लागि अझै १२ वर्ष कुर्नुपर्‍यो । अन्ततः २०६९ सालमा सरकारले कमलरी प्रथा अन्त्य भएको घोषणा गर्‍यो । कमैया, कमलरी र बुकरहीहरूमाथि बर्साइएको बर्बरता आज पनि मानसपटलमा ताजै छन् । कोही आफैं दास जीवन बिताएका घाउहरू बोकेर बाँचिरहेका छन् । तिनका बच्चाहरू आफ्ना आमाबुबा र हजुरआमा–हजुरबुबाले भोगेका अपमानका कथा सुन्दै हुर्किरहेका छन् ।  ती आँसुका कथा मात्रै होइनन्, नेपाली समाजको संरचनागत उत्पीडनमा जातीय विभेद, वर्गीय वर्चस्व र महिलामाथिका हिंसाका इतिहास हुन् । मौखिक स्मृतिमा कैद यी कथा नलेखिए कमैया, कमलरी र बुकरही पुस्ताले भोगेको अपमान, संघर्ष र प्रतिरोधको एउटा महत्त्वपूर्ण अध्याय इतिहासबाटै हराउनेछ । साभारः कान्तिपुर (शीर्षक परिवर्तन)

लाल आयोग प्रतिवेदन सार्वजनिकः शुभ साइत कहिया ?

लाल आयोग प्रतिवेदन सार्वजनिकः शुभ साइत कहिया ?

२०१ दिन अगाडि

|

२८ चैत २०८२

                                                                                                                                         फायल फोटु                                   इहे चैत १३ से १५ गतेसम टीकापुरमे टीकापुर साहित्य महोत्सवके टिस्रा संस्करन हुइल । ‘साहित्यमार्फत् सामाजिक सद्भाव’ मुल नारा रहल अप्सरिक महोत्सव इ कारन खास रहे कि एक डिनके पुरा कार्यक्रम थारु साहित्य, संस्कृति विसेस रहे । ७ ठो सेसनमे करिब २ डर्जन बोलुइया थारु समुदायके रहिट ।  डोसर इ महोत्सवमे खास माहोल राम झुमर नौटंकि (नाटक)के विसेस प्रदर्शन गरमा गरम कर्ले रहे । इ नौटंकि महि बाल्य उमेरमे पुगाइल ।  २०७२ भदौ ७ ओ ८ गते थरुहट आन्दोलनके क्रममे टीकापुरमे हुइल घटनामे ७ प्रहरी ओ एक नाबालकके ज्यान गइल रहे । थारु समुदायके बहुट जनहनके घरेम आगजनि हुइल रहे । टीकापुर क्षेत्रमे कुछ बरस टे टरटिह्वार मन्ना फेन हेरा गिल रहे । अइसिनमे टीकापुर क्षेत्रमे रातके राम झुमर नौटंकिके प्रदर्शन अपनेमे सुहाना रहे ।  सांसदके शपथ खैनासे पहिले दाङदेउखरके माननीय सुरेन्द्र चौधरी थरुहट आन्दोलनके क्रममे टीकापुरमे हुइल घटनाके लाल आयोगके प्रतिवेदन सरकार बन्लक ३ मैन्हा भिट्टर सार्वजनिक कर्ना इ पंक्तिकारके बाटचिटमे बटैले रहिंट । अप्कि टीकापुर क्षेत्र छिर्नासे कुछ डिन पहिले सुरेन्द्र चौधरी कहलाँ, लाल आयोगके प्रतिवेदन हलि सार्वजनिक हुइ, फेन डोस्रे समाचार बना डेहे परल । इ पंक्ति लिखटसम संघीय संसदमे माननीय सुरेन्द्र चौधरीसे लेके करिश्मा कठरियासम, लुम्विनी प्रदेशमे प्रदेश सांसद राजकुमार सत्गौवासे लेके कृष्ण कुश्मा थारुसम लाल आयोगके प्रतिवेदन हलि सार्वजनिक हुइ परल कना आवाज गुन्जायमान करल सुनगइल ।  सुरेन्द्र चौधरीसे लेके करिश्मा कठरियासम स्वयम् सरकार सम्हारल पार्टी रास्वपाके माननीय हुइट । ओहेसे उहाँलोग संसदमे आवाज उठैनाके संगसंगे कोठे वार्तामे अपन मुँरिमे रहल नेतन्से हलिसे हलि बाट मिलाइक चाहि ।  लाल आयोगके प्रतिवेदन सरकार बन्लक ३ मैन्हा भिट्टर सार्वजनिक कर्ना उद्घोष सुरेन्द्र चौधरी करलपाछे थारु नागरिक समाज, धनगढीके अध्यक्ष दिलबहादुर चौधरीके प्रतिक्रिया रहे, ‘लाल आयोगके प्रतिवेदन सरकार गठन हुइल ३ मैन्हा भिट्टर जो सार्वजनिक कर्ना डेटलाइन हलि टे नाइ हुइल माननीयजी ?’  ओइसिन टे सांसद करिश्मा कठरिया अम्हिक्के गृहमन्त्री सुधन गुरुङहे भेटघाट करलपाछे गृहमन्त्री फेन लाल आयोगके प्रतिवेदन हलि सार्वजनिक कर्ना आश्वासन डेहल बटैले बटि । मने हलि कलक कहिया ?  रास्वपाके माननीय हुइल बहुट जाने विगतमे नाउपामे आवद्ध रहल बटाँ । यदि लाल आयोगके प्रतिवेदन हलि सार्वजनिक कैजाइ, रेशम चौधरीलगायट जट्रा टे अभियोग लागल बटाँ, ओइने निर्दोष ठहरल बाट आइ कलेसे ओकर प्रत्यक्ष फाइदा अप्कि रास्वपा पाइ ।  मने सबसे बरा अहम् सवाल इ बा, का लाल आयोगके प्रतिवेदन सार्वजनिक हुइलपाछे टीकापुर घटना अपराधिक नाहि, राजनीतिक मुद्दाके ट्याग लग्वा पाइ ? का रेशम चौधरीलगायट उ घटनामे मुछगइल मनै अइना चुनावमे भाग लेहे पैंहि ? यदि टीकापुर घटना राजनीतिक मुद्दाके ट्याग लग्वा नैपाइ, रेशम चौधरीलगायट फेन डोस्रे चुनाव लरे नैपैहि कलेसे लाल आयोगके प्रतिवेदन सार्वजनिकके कौनो अर्थ नै रहि । आबक् लग टे इहे प्रश्न खास बा कि लाल आयोग प्रतिवेदन सार्वजनिक हुइना शुभ साइत कहिया ? साभारः पहुरा दैनिक  

कन्या स्वतन्त्रताको पर्व ‘चिरैं’ 

कन्या स्वतन्त्रताको पर्व ‘चिरैं’ 

२१५ दिन अगाडि

|

१३ चैत २०८२

चिरै के हो ?  धेरैलाई थाहा होला आदिबासी जनजाति भनेको सामुहिक पूजामा बिश्वास गर्ने जाति हो । थारु समुदाय पनि सामुहिक पूजामा विश्वास गर्ने गर्दछ । थारु समुदाय रहेका हरेक गाउँमा भलमन्सा, चौकीदार, गुरुवा, चिरकिया हुन्छन् । हरेक गाउँमा सामुहिक पूजा हुने गर्दछ । सामुहिक पूजामा डोरबन्धी, निकासी, चिरै, भजहर, ढुरिया, हरेरी, लवाँगी पूजा पर्दछ । यही सामुहिक पूजामध्येको एक पूजा हो चिरैं । चिरैं विशेष गरी कैलाली र कंचनपुर जिल्लाका थारुहरु मनाउने गर्दछन् ।  आजकाल कतिपय मित्रहरुलाई चिरैं र भजहर एकै पूजाउत्सव हो, पर्व हो भन्ने भान भइरहेको कुरा उनीहरुको बोलाई, लेखाईबाट झल्किरहेको छ । तर चिरैं र भजहर फरक फरक पूजा, त्यौहार हो भन्ने कुरामा प्रष्ट हुन पर्दछ । चिरैं पूजामा कन्याहरुको सिंगारपटार, स्वतन्त्रता भाकल गरिएको हुन्छ भने भजहरमा किसिम किसिमका भोजन भाकल गरिएको हुन्छ । चिरैं चैत्र शुक्ल पक्षमा मनाइन्छ भने भजहर बैशाख शुक्ल पक्षमा मनाइन्छ ।    चिरैंको शाब्दिक अर्थ चरा, पंक्षी हो । चरा स्वतन्त्र हुन्छन् वा हुँदैनन् यो आफ्नो ठाउँमा बहसको बिषय होला । तर क्रियाकलापलाई हेर्ने हो भने चरा, पृथ्वीको एक स्वतन्त्र जीव हो भनी मान्न कर लाग्छ । पंक्षीका बारेमा अध्ययन अनुसन्धान गर्ने चरा बिशेषज्ञहरुका अनुसार चरा एक देशबाट अर्को देशमा रमाउन, केहि समयको लागि पाहुनी खान अर्थात आगन्तुकको रुपमा हिंड्छन् रे । घोरीघोरा तालमा पनि हिउँदको बेला उत्तर एशियाबाट र बर्खा लाग्ने बेला समुन्द्र नजिक बस्ने चराहरु केहि समयको लागि रमाउन आउँछन् भन्ने कुरा बर्ड कन्जरभेशन नेपालका कैलाली प्रतिनीधि हिरुलाल चौधरी बताउँछन् ।  चरा सम्बन्धमा धेरै भाषामा धेरै गीतहरु छन् । हिन्दीमा पनि “मै तो एक पंक्षी हुँ नील गगनका, चल उर जा रे पंक्षी जस्ता” गीतहरु छन् । नेपाली, थारु भाषामा पनि यस्ता गीतहरु छन् । धेरैजसो गीतले चरालाई स्वतन्त्र रहेको कल्पना गर्दछन् । बिचार गर्दा लाग्छ थारु समुदाय पनि चरालाई स्वतन्त्र रुपमा रहेको देख्यौ होला । चरा झैं स्वतन्त्र भएर रमाउने, घुम्ने, खेल्ने यो दिनलाई गुरुवा, भलमन्सा बरघरहरुले चिरैंको नाम दिएका हुन सक्छन् ।  सत्य जे होस्, चिरैं त्यौहार कैलाली कंचनपुरका थारुहरुले मनाउने एक बिशिष्ट त्यौहार हो, जहाँ चेलीबेटीहरु नै ग्राह्य हुन्छन् । जसलाई चिरै/चरै/चराईको रुपमा चिन्ने गर्दछन् । बिशेषतः यो त्यौहारका मूल पात्र कन्या हुन्छन् । दोश्रो भर्खर बिबाह गरी ससुराल पुगेका नवबिबाहित चेलीहरु पनि यसमा सामेल हुन पुग्छन् । अन्य महिलाहरुलाई रमाउनबाट कुनै रोकटोक हुँदैन । पुरुष पूजापाठबाहेक यसमा सहभागी हुन सक्तैनन् । उसको भूमिका सहयोगीको हुन्छ । यस पावन दिनमा थारु चेलीबेटीहरु स्वतन्त्र हुन्छन् । गाउँभरीका चेलीबेटीहरु गाउँबाहिरको बगिया (बगैचा) वा रुखबरिख भएको ठाउँमा जम्मा हुन्छन्, दिल खोलेर हाँसखेल, राहरंगी गर्छन् । चिनजान नभएकाहरुबिच चिनजान हुने गर्दछ ।  तपाईं कल्पना गर्नुस्, त्यो क्षण, त्यो बाताबरण कति रमाइलो हुन्छ होला, जब गाउँभरीका चेलीबेटीहरु आफ्नै भेषभूषामा सज्जिन पुग्छन्, एकै ठाउँमा भेला हुन पुग्छन्, तारा चिरौवर, छुर, कोइली दिदी, अत्ता अत्ता पानी गंगा रानी जस्ता पौराणिक खेलहरु खेल्दछन्, नाच्छन्, गाउँछन्, रमाउँछन् । घरका आमा, बुवा, बाजे बज्यै वा अभिभावक त्यस दिन आफ्ना चेलीबेटीहरुलाई खुशी राख्नमा तल्लीन हुन्छन् । त्यसैले नै होला, थारु बुद्धिजीविहरु यसलाई कन्या स्वतन्त्रता दिवस, सखी दिवस एवं नारी दिवसको रुपमा लिंदै आएका छन् ।   कहिले पर्दछ चिरैं ?  चिरै त्यौहार, चैत महिनाको ओजरीया (शुक्लपक्ष) को जुनसुकै दिन मनाए पनि हुन्छ । तर गुरुवा, भलमन्सा, जानकारहरुका अनुसार चैत महिनाको ओजरीया (चैत महिनाभित्रै) को सोमबार, बिहिबार, शुक्रबार मनाउँदा राम्रो हुन्छ भन्छन् । नेपाल रानाथारु समाजका अगुवा जीवन रानाथारुका अनुसार फागु शुक्ल पूर्णिमाका दिन साँझ होलिका दहन गरिन्छ । बिहान अर्थात चैत कृष्ण पक्षको प्रतिपदाका दिनदेखिको आठौं दिनमा राना थारुहरुको खकरेहरा हुन्छ । खकरेहरा राना थारुका महत्वपूर्ण होली मानिन्छ, यहि दिन राना थारुको बिधिवत होली समापन हुन्छ । यसरी गणना गर्दा चैत कृष्ण पक्ष समाप्त हुन्छ र चैत शुक्ल पक्ष लाग्छ । चैत शुक्ल पक्षमा थारुहरु चिरैं पर्ब मनाउँछन् । उसो त चैत शुक्ल पक्षभरी चिरैं पर्ब मनाउँन सकिन्छ, शुक्ल पक्षभरीको सोमबार, बिहिबार, शुक्रबार मनाए पनि राम्रो नै मानिन्छ ।  के के गर्दछन् चिरैमा ?   चिरै त्यौहारमा घरका कन्या केटीहरु बिहानै नुहाई धुवाई गरी आफ्नो भेषभूषामा सजिन्छन् । त्यस दिन उनीहरु स्वतन्त्र हुन्छन् र घरको अरु कामसँग मतलब हुँदैन । घरका महिलाहरु नुहाई धुवाई गरी खाना, खुरमा, बरीया तयार गर्दछन् । खाना खाई, आफ्नो भेषभूषामा सजिएका चेलीबेटीहरु घर घरबाट निस्कन्छन् र गाउँ भन्दा बाहिर बगिया (आँपको बगैचा), बरपिपल वा कुनै रुखबरीख जसको छहारी हुन्छ, जुन छहारीमा गाउँभरीका केटीहरु बस्न सक्छन्, रमाउन सक्छन्, खेल्न सक्छन्, त्यसलाई रोज्छन् र त्यहाँ आश्रय लिन्छन् । त्यहाँ उनीहरु पुराना खेलहरु तारा चिरौवर, कोइली दिदी, छुर, अत्ता अत्ता पानी गंगारानी आदि पौराणिक खेल खेल्दछन् । आ आफ्नो उमेर समुह वा साना ठूला कुनै पनि उमेर समुहका केटीहरु दिल खोलेर हाँस खेल गर्दछन्, चिना परिचय गर्दछन्, रमाइलो गर्दछन् । उनीहरु एकदम स्वतन्त्र हुन्छन्, सडकमा गई बाटोमा आउने जाने मान्छेलाई रोकी स्वैच्छिक दान दक्षिणा पनि लिन सक्छन् । खेतमा भएको चना, केराऊ पनि खान सक्छन् । त्यस दिन कन्याहरुलाई दान दक्षिणा दिंदा, खुशी पार्दा देवी देवता खुशी हुन्छन् र दान दक्षिणा दिनेको श्री सम्पत्ति, अमनचयन, यशमा बृद्धि हुन्छ भन्ने मान्यता छ । कन्याहरुले खाएको बाली घट्दैन, त्यसमा बर्कत आउँछ भन्ने मान्यता छ ।  त्यस दिन घरका चेलीबेटीहरुलाई दुख लाग्ने, चित्त दुःखाउने कुनै कुरा गर्नुहुँदैन, उनीहरु खुशी रहे, देवी देवता खुशी रहन्छन्, रोगब्याध लाग्दैन, आपत्ति पर्दैन भन्ने आम मान्यता भएकोले उनीहरुलाई खुशी राख्नु हरेक अभिभावक आफ्नो कर्तव्य ठान्दछन् । चेलीबेटीहरु भोकभोकै नरहून् भनी घरका आमा, काकी, बज्यै वा कुनै पनि नाता पर्ने महिलाले उनीहरुका लागि मिझनी (दिउँसोको खाना, नास्ता) लिएर उनीहरु भएको ठाउँमा जान्छन्, खुवाउँछन् । स–साना नानीहरुलाई ख्याल गरिदिन्छन्, यसो गर्नु, खेल्नु, झगडा नगर्नु, सिकाउँछन्, सम्झाउँछन् र आफू पनि बालापनको दृश्यावलोकन गरी धन्य हुन्छन् । रामायणमा जसरी राम, लक्ष्मण, भरत, शत्रुघनको बालापनबाट काक भुसुण्डी मन्त्रमुग्ध हुन्छन्, दशरथ पुत्रहरु र काकभुसुण्डीको लुकामारी खेलबाट देवताहरु लालायित हुन्छन्, त्यसैगरी मिझनी दिन जाने आमाहरुको मातृबात्सल्य हेर्न लायक हुन्छ । अभिभावकहरु चेलीबेटीहरु खेलेको, रमाएको देखेर मन्त्रमुग्ध हुन्छन् । त्यतिबेलाको क्षणले, बाताबरणले केवल आमाहरु मात्र होइन, स्वर्गका देवी देवताहरु पनि मन थाम्न सक्तैनन्, खुशी हुन्छन्, मोहित हुन्छन् होला । लाग्छ देवदेवीहरु पनि अदृश्य रुपमा उनीहरुसँग रमाउँछन् र आशिर्बाद दिन्छन् होला ।    त्यसैले चिरैं त्यो पावन त्यौहार हो, जसले केटीको आवश्यकता, महत्व दर्शाउँछ, महिला स्वतन्त्रता दर्शाउँछ । जुन घरमा छोरी हुँदैनन्, त्यो घरलाई त्यस दिन छोरीको अभाव खट्कन्छ । चेलीबेटी नभएका घरले कास ! मेरो घरमा एक छोरी भएको भए म पनि पठाउँथे भनी पछुताउने गर्दछन् । कतिपयले छरछिमेक वा ईष्टमित्रका चेलीबेटीलाई बोलाई, खानपिन, पोशाकको ब्यबस्था गरेर आफ्नो घरको तर्फबाट चिरैमा प्रतिनीधित्व गराउँदछन् ।  चेलीबेटीहरु गाउँबाहिर जम्मा भैसकेपछि गाउँले पुरुषहरु गुरुवालाई लिएर चेलीबेटीहरु भएको ठाउँतिर जान्छन् र पुजा गर्दछन् । पहिलो पूजा सबै घरबाट प्रतिनीधि आइसकेपछि खुरमा, बरिया चढाई दिउँसो १२ बजे अगावै हुन्छ भने साँझ पुनः पुजा गरी बाटोमा नघान (बाटोमा आगो बालेर नाघिने कार्य, जुन कार्य गर्दा भूत, प्रेत, पिसाच वा कुनै पनि संकटबाट छुटकारा पाइने मान्यता) काटी चेलीबेटीहरुलाई घर जाने अनुमति दिइन्छ । गुरुवाले पुजा गर्दा मन्त्र पढी चारै दिशा, आकाश र पातालतिर धनुषबाण चलाउँदछन् । जसले रोग, ब्याध, दुःखबिमार, अनिष्टको नाश गर्दछ र गाउँ समाजमा सुख शान्ति छाउँछ भन्ने जनबिश्वास रहेको छ । केटीहरु रुखको स–साना हाँगा, पात टिपेर हातमा लिएका हुन्छन् र घरतिर लाग्दछन् । घर पुग्नु अगावै भलमन्साको घरको छानामा फाल्दै हरियर हो, हरियर हो (हरियाली होस्, हरियाली होस्) भन्दै फाल्दछन् । त्यसपछि आ–आफ्नो घरमा पुग्दा छानामा फाल्दै हरियर हो, हरियर हो भन्दै फाल्दछन् । यसले घरको श्री सम्पत्ति बढ्दछ, सुख शान्ति, यश बढ्दछ भन्ने जनबिश्वास रहेको छ ।    ऐतिहासिक पक्ष भनिन्छ, भुईको सृष्टि सँगसँगै नै भुइँहारको पनि सृष्टि भएको हो । भुइँहार नै थारु समुदायको धर्मगुरु हो । धर्मगुरु गुरुवाहरुका अनुसार परापूर्वकालमा कुनै गाउँमा महामारी जस्तो ठूलो बिपत्ति आयो । त्यतिबेला गाउँका भलमन्साले गुरुवालाई बोलाएर गाउँलाई ठिक पार, सुख शान्ति कायम गर, अन्यथा तिमीलाई पनि सजाय हुन्छ भन्दा गुरुवाले गुरैपाटी गरे । उनले रातभरी लगातार गुरैपाटी गरे, आछतबीरा हेरे । ध्यानलाई केन्द्रित गरी पुनः पाटीमा बसे र पुजाबिधि पत्ता लगाए । देबी–देवतासँग प्रार्थना गरे, भाकल गरे कि हे देवी, हे देव, मेरो गाउँ गिराउँको रक्षा गर, कुनै गल्ती भए माफ गर । चैत शुक्ल पक्षको सोमबार यहाँहरुको म पुजा गर्छु, गराउँछु । देवी रुप कन्याहरुको सम्मान गर्छुु । सपनामा पनि उनले देवी देवताबाट आदेश पाए, चैत महिनाको शुक्ल पक्षको सोमबार पुजाको लागि उत्तम हुन्छ, पुजा गर, चेलीबेटीको सम्मान गर । बिहान भलमन्साले गुरुवालाई सोधे के गर्नुपर्छ गुरुवा महाराज । गुरुवाले भने भलमन्सा ज्यू “चैत महिनाको शुक्ल पक्षको पहिलो सोमबार पुजाको लागि उत्तम छ, गाउँ भरीका अबिबाहित चेलीबेटीहरुलाई सोर्हो सिङ्गार गरेर गाउँबाहिरको बगिया, बगैचा, बर, पिपल, पकडिया छहारी भएका रुखहरु तल जम्मा हुन लगाउनु, उनीहरुलाई खुशी पार्नु, उनीहरु खुशी भए भने देबी खुशी हुन्छन् ।” गुरुवाले भने अनुसार भल्मन्साले गाउँलेहरुलाई गर्न लगाए र गाउँमा सुख शान्ति छायो । त्यसबेलादेखि चिरंैको शुरुवात भएको हो ।  त्यसैगरी थारु गुरुवा चमारीका अनुसार जसरी रामलाई सामान्य मानिस ठानी ईन्द्रपुत्र जयन्त सीताको पाउमा चुच्चो हानी भागेका थिए र पछि रामद्वारा दण्डित भए, त्यसैगरी राजा बिजय भाठका छोरीहरु (दुर्गा, कालिका, मरी, घोटैली, सौंरी, चौध्रिनिया, पितराइन) राजा तत्वलको बगैचामा सिंगारपटार गरी घुम्न, खेल्न गएका गएका थिए, त्यतिबेला मयासुर दानवका पुत्र सुगा चराको भेषमा उनीहरुलाई छेडछाड गरेका थिए । त्यो दुष्ट चरा मार्न बर्हो बर्दियालाई बोलाए । उनीहरु मार्न नसकेर भगवान रामसँग प्रार्थना गरे । तर राम आफू त्यहाँ नआई धनुष बाण पठाए र त्यस धनुषबाट दुष्टको संहार भयो । त्यसबेलादेखि चिरैं पूजाको शुरुवात भएको हो । सात बहिनीहरु सखिया सहेलियासँग जसरी बगैंचामा खेल्न, घुम्न गएका थिए, त्यसरी नै अहिले गाउँका केटीहरु गाउँबाहिर भेला भई नाच्ने, खेल्ने, रमाइलो गर्ने गर्दछन् । पुजा गर्दा गुरुवाले धनुष बाणले दुष्टको संहार गर्ने गर्दछन् भन्ने उनको भनाई छ ।  यस सम्बन्धमा कैलालीका पूर्बी क्षेत्रमा बसोबास गर्ने गुरुवा सोमै, थारु मिथोलाजीसँग जोड्दै भन्छन्, “चिरैंमा पूजा गर्दा ७ ध्वजा, ७ खप्पर, तीर धनुष, काजल, सिन्दुर, धूप, १ दिया, छाँकी (दारु, पानी वा ल्वाङ, पानी), गाईको दूध आवश्यक हुन्छ, यसमा ७ बहिनिया देवी (दुर्गा, कालिका, मरी, घोटैली, सौंरी, चौध्रिनिया, पितराइन) र उनीहरुको ७ लहराको पुजा हुन्छ । गुरुवा चमारीका अनुसार यसमा देवीहरुसँगै बर्होबर्दियाको पनि पूजा हुन्छ ।   गुरुवाहरुका भनाईबाट के प्रष्टिन्छ भने चिरैं पूजामा ७ बहिनी र उनका सखिया सहेलियाकै रुपमा केटीहरु बाहिर बगैंचामा भेला हुने, खेल्ने, रमाइलो गर्ने गर्दछन् । चेलीबेटीहरुका लागि यो पूजा उत्सव सब भन्दा महत्वपूर्ण पूजाउत्सव बनिसकेको छ । यसमा रोकावटको कुरा गर्नु, चेलीबेटीहरुको स्वतन्त्रता र खुशीमा लगाम लगाए जस्तो, खोसे जस्तो महशुश हुन्छ । त्यसैले अभिभावकहरु चिरैको दिनमा उनीहरुलाई खुशी राख्नु आफ्नो कर्तव्य ठान्छन्, उनीहरु खुशी हुँदा देवी खुशी भएको ठान्छन् र उनीहरुले बाटो छेकी पैसा माग्दा समेत रित्तो हात फर्काउँदैनन् । क्षमता अनुसार दिएरै जान्छन् । यसरी चिरैं, कन्याहरुको स्वतन्त्रता, हाँसखेल गर्ने दिन भएकोले जानकारहरु यसलाई कन्या स्वतन्त्रता दिवस, सखी दिवसको रुपमा पनि अथ्र्याउने गरेका छन् ।  चुनौती यो पूजा पहिले पहिले चैत्र शुक्ल पक्षको पहिलो सोमबार, बिहिबार वा शुक्रबार मनाउने गर्दथे । तर यतिबेला पूजाका मूलपात्र केटीहरु बिद्यालय जाने भएको र उनीहरुका लागि बिदाको दिन कुर्नुपर्ने कारणले पहिलेको जस्तो निश्चित दिनमा हुन सकिरहेको छैन । एउटा भुइँहार धेरै गाउँमा जानुपर्ने, आफ्नो सहयोगी तयार गर्न नसकेका कारण सबै गाउँमा एकै दिन पुग्न सकिरहेका छैनन् । भलमन्सा र समुदायका लागि यो चुनौती भएको छ ।  समस्या कतिपय ठाउँमा बाटो छेकी जबर्जस्ती रकम टोकेर माग्ने, दिन नचाहे जान नदिने ब्यबहार पनि कतिपय गाउँमा देखिएका छन् । खोट खोजिरहनेका लागि यो गरम मसला साबित हुन्छ । कुनै दुर्घटना भए टाउको दुखाई पनि हुन्छ । यो एउटा समस्या भएकोले भलमन्साहरुले यसमा ध्यान पुर्‍याउनु पर्दछ ।  टुङ्गयाउनी टुङ्ग्याउनीमा के भन्न सकिन्छ भने चिरैं पूजा बिशेषतः चेलीबेटीहरुको पूजाउत्सव हो, त्यौहार हो । यसमा अविवाहित चेलीबेटीहरुको श्रृङ्गार, स्वतन्त्रता र खुशी भाकल गरिएको हुन्छ । चेलीबेटीहरु खुशी हुँदा देवी खुशी हुन्छन् र दुःख, पीडा, समस्या, रोग, ब्याध नाश भएर जान्छ भन्ने मान्यता छ । यही मान्यताका कारण यो पर्वको दिनमा चेलीबेटीहरुलाई खुशी राख्नु हरेक अभिभावकले कर्तव्य ठान्दछन् । कन्या स्वतन्त्रता दिवसको रुपमा मान्दछन् । घरको चूलो, चौका, घर धन्दा लगायतका बन्धनमा बाँधिएका, स्वतन्त्र रुपले घुम्न नपाउने अवस्थामा रहेका चेलीबेटीहरु यो दिनमा एक ठाउँमा भेला हुने, चिनापरिचय गर्ने, सुखदुःखका कुरा साटासाट गर्ने ठूलो अवसरका रुपमा लिने गर्दछन् । यो एकदम सकारात्मक पक्ष हो ।  चेलीबेटीहरु कसैलाई ठेस पुग्ने, दुखी बनाउने ब्यबहारलाई बन्द गर्नुपर्दछ भने कोइली दिदी, तारा चिरौवर, अट्टा अट्टा पानी गंगा रानी, छुर जस्ता पुराना खेलहरु, भलिबल, फूटबल जस्ता आधुनिक खेलहरुमा जोड दिनु पर्दछ । बाताबरणलाई अझ रमाइलो बनाउन, परिवारमा खुशी बाँड्न सक्नु पर्दछ । त्यसैगरी हरेक गुरुवा, भलमन्सा, बुद्धिजीवि, जानकारहरु यसमा भएका साना कमी कमजोरीलाई बढाईचढाई गर्नुहुँदैन, न्यूनीकरण गर्दै राम्रो बनाउँदै लानु पर्दछ । धन्यबाद !        

भोजम सम्धी लाग जैना चलन

भोजम सम्धी लाग जैना चलन

२२८ दिन अगाडि

|

१ चैत २०८२

श्रमलाल चौधरी पैल्ह‐पैल्ह भ्वाज हुइलसे दुल्हक घरक मनै दुल्हिक घर टङग्री फाँक जाइट, अर्थात् सामान्य रुपम कलसे सम्धी लागट । तर काजकाल ‍औरजन्हँक दडखासिकी अन्सार सम्धी लग्ना चलन चलल बा ।  मै तुलसीपुर उपमहानगरपालिका–११, नवलपुर गाउँक बुझौना चौधरीक छावक उर्री‐उर्रा भ्वाज खाए गैनु । टब टङग्री फाँक जाइबेर सम्धी लाग जाइबेर दुल्हा घरक मनै दुल्हिक घर छिट्नीम २ गोल्रा जाँर, २ गोल्रा डारु, १ ठो सुरक फेँन्ड्वा, २ ठो मुर्घा ओ २ ठो गोन्ड्री डेख्जुँ ।  ओस्हक जत्रा निँढल सिकार, पक्वाइल टिना २्२ टेप्रा डोनी, साग सब्जी, एक जोर्ह्या पिप्पर, एक जोर्ह्या हर्डि ओ एक जोर्ह्या अड्वा लेक टंग्री फाँक जाइट डेख्नु । पुरान चलन नै हेराइल डेखबेर फोहि लागल । ओस्हक सम्धी‐सम्धिन्याहुँकन्हक लाग लुगागहना, फलफुल, स्याउ क्यारा लेक सम्धी लग्ना सामान लेक फे जैठ । गाउँक मटावँक लाग एक गोल्रा डारु, एक्ठो मुर्घा ओ एक्ठो गोन्ड्री लेक फे जैना कर्ठ । सम्धी लागबेर दुल्हक पक्षसे डबल रुप्या डर्ना चलन बा । ओसक दुल्हक पक्षसे दुल्हिक पक्षहे दुधक म्वाल, कोख छुटौनी ओ ड्वार छेकौनी कैक पैसा डेह पर्ठा । दुल्हक बाबा, गाउँक मटावाँ ओ २ जन संलग्वा  दुल्हिक घर टङग्री फाँक जाइबेर रठ ।