परदेशके जिन्गी
२० दिन अगाडि
|
२७ वैशाख २०८३
मुना चौधरी
हम कथि कहब
हम खुसी चियै कि दु:खी
कनङखे सुन्याब हम परदेश के जिन्गी
दुखी चियै कहब त हमर अगारी
लोससब के हुइल छै
साफसुधर घर छै
कार, मोटरसे सजल छै सरक
मन लगाइले चाहै चियै
लेकिन हमर मन नै लागै छै
हम कङ्खे सुन्याव परदेशके जिन्गी ?
खुसी चियै कहब त हमर अगारी
हमर देश, हमर घर, हमर खेतबारी नै छै
सबसे बेसी केकरो हम सम्झै चियै त ऊ हमर देश चियै
हमर परिवार, बेटाबेटी या यहाके कननसुख मुह चियै
यी सबके हम कनङ्खृ बयान करब ?
हम कङ्खे सुन्याव परदेशके जिन्गी ?
हमर आइख लोरसे छै भोरल
हमर मन बेटाबेटी देखैले हरबखत तरपैछै
हमर हाथ बापमहताइर के सेवा करैले छटपटाइ छै
हम कथि कहु आपन कहानी
हमर कहानी अइहनङ छै
उजरल, पुजरल
छिटलछाटल
हम कङ्खे सुन्याव परदेशके जिन्गी ?
हमर बेटाबेटी के बचपन बिना बापके बितलै
ओकरौ के औङरी पकैर के हम नै लराइलियै
बेटाबेटी के सपना पुरै करै खातिर या परिवार पालै खातिर
हम भासल चियै परदेश
परदेशके सपना बुझहलियै
अइठमाके लोकके सपना बुझहलियै
लेकिन नै बुइझसकलियै
आपने बेटाबेटी के सपना
हमर बेटाबेटीके सपना कि चियै ?
यहाँ कन्हिक हमरा बत्या दियौ
बाप महताइर मोरलै
मुह नै लेखैले पावलीयै
मुह मे आइग नै दैले पावलियै
यहाके बियाह कैरके आनलियै
लेकिन साथ नै रहैले सकलियै
हम कङ्खे सुन्याव परदेशके जिन्गी ?
सोचै चियै त हमर आइखसे झरैये लोर
हमर जीवन बित गेलै बिना परिवारके
जवानी बितगेलै असगरे
उमेर बितगेलै
साथीभाइ छुटलै
बापमहताइर ओर्यागेलै
घरवाली हमरा असियाल असियाल थाइक गेलै
बेटाबेटी बिना बापके जवान भ्यागेलै
हम कङ्खे सुन्याव परदेशके जिन्गी ?
बस आब और नै
लहानवाली हम आइये आबैचियौ घर
हम जेहेन जिन्गी बितेलियै
तेहेन जिन्गी हमर बेटाबेटी नै बिताबे
हम आइए आबै चियै घुइमके आपन देश
आपन घर
आपन गाम
हम आपने गाममे
आपने देशमे लिखबै
आबैपला पुस्ताके भविष्य
लहानवाली
आब यहाके हमरा असियाइत असियाइत
जीवन बिताइले नै परत
हम कङ्खे सुन्याव परदेशके जिन्गी ?
============
थारू भाषाबाट नेपालीमा अनुवाद
परदेशको जिन्दगी
म के भनूँ
दु:खी छु कि खुसी
कसरी सुनाऊँ परदेशको जिन्दगी
दुःखी छु भनूँ भने मेरो अगाडि
मान्छेहरूको भिड छ
सफासुग्घर घर
कार, मोटरले सजिएको सडक छ
मन लगाउन खोज्दै छु, तर
मेरो मन लाग्दैन यहाँ ।
खुसी छु भनूँ भने, मेरो अगाडि
मेरो देश, मेरो घर, मेरो खेतबारी छैन
सबैभन्दा बढी यदि म कसैलाई सम्झिन्छु भने
त्यो हो मेरो देश
मेरो परिवार, छोराछोरी र तिम्रो निन्याउरो अनुहार
यी सब थोकको
म कसरी वर्णन गरेर सुनाऊँ ?
म कसरी सुनाऊँ परदेशको जिन्दगी ?
मेरो आँखाअरू आँसुले भिजेका छन्
मेरो मन हर्दम छोराछोरीलाई हेर्न तड्पिरहन्छ
मेरो हातहरू
बाआमाको सेवा गर्न छटपटिरहन्छन्
म के भनूँ मेरो कथा ?
मेरो कथा यस्तै छ
उजडिएको, चारैतिर छरिएको, अपूरो, अधुरो
मेरो छोराछोरीहरूको बालापन
बिनाबाको बित्यो
उनीहरूको अौला समातेर
मैले हिँडाउन सकिनँ
म कसरी सुनाऊँ परदेशको जिन्दगी ?
छोराछोरीको सपना पूरा गर्न र
परिवार पाल्नका लागि
म पसेको छु परदेश
परदेशको सपना बुझेँ
यहाँका मान्छेहरूका सपना बुझेँ
तर, बुझ्न सकिनँ मैले
आफ्नै छोराछोरीहरूका सपना
यदि तिमीलाई थाहा छ भने बताइदेऊ मलाई
मेरो छोराछोरीको सपना के हो ?
मेरा बाआमा बिते
मुखमा दागवत्ती दिन पाइनँ
अन्तिम क्षणमा
उनीहरूको अनुहार समेत हेर्न पाइनँ
तिमीलाई बिहे गरेर ल्याएँ तर,
तिमीसँग बस्न सकिनँ
म कसरी सुनाऊँ परदेशको जिन्दगी ?
साच्चिकै यी कुराहरू सोचेँ भने
मेरो आँखाबाठ आँसुको खोला बग्छ
मेरो जीवन बित्यो बिना परिवारको
जवानी बित्यो एक्लै
उमेर बित्यो
साथीभाइ छुटे
बाआमा बिते
मेरी स्वास्नी मलाई कुर्दा कुर्दा थाकि
छोराछोरी बिना बाको वयस्क भए
म कसरी सुनाऊँ परदेशको जिन्दगी ?
भो, अब अति भो
लहानवाली म आजै फर्किन्छु घर
मैले जस्तो जीवन बिताएँ
त्यस्तो जिन्दगी मेरा छोराछोरीले नबिताऊन्
म आजै, अहिले फर्किन्छु आफ्नो देश
आफ्नो घर
आफ्नो गाउँ
म आफ्नै गाउँमा
आफ्नै देशमा लेख्छु
मेरा छोराछोरीको भविष्य
लहानवाली
आब तिमीले मलाई पर्खेर
जीवन बिताउनु पर्दैन
म कसरी सुनाऊँ परदेशको जिन्दगी ?
अनुवाद कवि स्वयम्
सिरहा, नेपाल, हालः पोर्चुगल