मठौत

मठौत

३ दिन अगाडि

|

१० कात्तिक २०८३

म जन्मिन चाहन्छु  कुनै दलित आमाको कोखबाट

म जन्मिन चाहन्छु  कुनै दलित आमाको कोखबाट

३ दिन अगाडि

|

९ कात्तिक २०८३

                                                                                                                स्केचः समोयत्री चटर्जी -सञ्जय सुमन    म फर्किन चाहन्छु  विगतमा - वा विगतभन्दा पनि सुदूर विगतमा  अर्थात, म जन्मिन चाहन्छु  कुनै दलित आमाको कोखबाट ।। इतिहासले पहिलो अक्षर कोरेपछि  जातको पहिलो धर्सो कोरिएपछि  उक्त बाँझो चेतनशून्य समयको गर्भमा  म जन्मिन चाहन्छु  म जन्मिन चाहन्छु  कुनै दलित आमाको कोखबाट ।। बर्सौँदेखि वायुको सूक्ष्म अणुले सिर्जित प्राण जलको बुँदले सिञ्चित देह  र, भूगोलले जोडिएका पैताला  रगतामयगरी चिरिए  न मैले छोएँ उनलाई न उनले छुने हिम्मत गरिन्  हो, उसैको कोखबाट म जन्मिन चाहन्छु  म जन्मिन चाहन्छु  कुनै दलित आमाको कोखबाट ।। गाउँको कुनै भोजमा  ऊ आफ्नै लोटा आफ्नै थाली लिइ  अलग्गै बस्थिन्  थालीको डिलमा कोरिएको जात  भातभन्दा पहिले पस्किएको छुवाछुत पानीको मुहानमा लगाइएको जातको ताल्चा  फुटाल्नु छ  हो, म जन्मिन चाहन्छु  कुनै दलित आमाको कोखबाट ।।   सर्लाही, हालः काठमाडौं

यसपालिको दशैं बेच्न चाहन्छु म

यसपालिको दशैं बेच्न चाहन्छु म

१४ दिन अगाडि

|

२९ असोज २०८३

प्रज्वल अधिकारी   यसपालिको दशैं बेच्न चाहन्छु म पोहोर साल हजुरले भन्नु भएथ्यो यो सालको दशैं आए जस्तै लागेन  रमाइलो गर्दागर्दै कति छिट्टो दिन बिते पत्तै पाइएन यसपाली हजुरलाई त्यस्तो नहोस् भनेर  म मेरो दशैं बेच्न चाहन्छु  जहानले नयाँ धोती र चोलीको आश गरेकी छिन् छोरीहरू राम्रो कुर्ता सुरुवाल चाहिन्छ भनेका छन्  छोरो जिन्स पाइन्ट र ज्याकेट लाउँछु भनेको छ बाआमालाई एक सरो कपडा नहाल्दि भा छैन अलि अलि मासु नभइ दशैं आयो भनेर के हौसिनु मिठा चिउरा र मसिनाको चामल चाहियो कान्छीले मासु खान्न अलि अलि घ्यु पनि चहियो  यसो बिचार गर्दा  यसपालिको दशैं बेचिदिउं जस्तो लागेको छ भनिदिउँला जहानलाई  सात डाँडापारीका आफन्त खसेछन् सन्तानलाई पिङसम्म हालिदिएर टारौँला बाआमालाई त केही भन्नै पर्दैन  दशैं बेच्न पाए  दशैंको भाका पन्ध्र पुससम्म लम्ब्याउन सकिन्थ्यो टीकामा सकिने चामलले दुई छाक टर्थ्यो  हजुरले दिनुभएको रकमले  यो सालको नुन, चामल पुग्थ्यो  हरेक साल दशैंमा हजुरको दैलोमा आएर  ऋणको भारी बोकेर जानु भन्दा  यो सालको दशैं हजुरलाई बेच्न आएको छु  मालिक  हजुर नै भाउ लगाउनुहोस् ।

यो रूख तिम्रोभन्दा बढी चराको हो 

यो रूख तिम्रोभन्दा बढी चराको हो 

२२ दिन अगाडि

|

२० असोज २०८३

                                                                                                             सञ्जय सुमन    रूखमुनि मानिसहरू बसिरहेका छन्  माथि चराहरू  मानिसहरू चराका कुरा गरिरहेका छन्  चराहरू मानिसका  लामो छ रूखको ईतिहास चराको पनि  यी मानिसहरू नहुँदै चराहरू आइरन्थे  रमाउँथे, गाउँथे  उड्थे, बस्थे । मानिसहरू आए  यो जमिन उसको भयो  अनि रूख पनि  मन परेको छैन यी मानिसहरूलाई  चराहरू बसेको  क्रूर आँखा उघार्छ र माथि हेर्छ घरी ढुङ्गो टिप्छ  चर्को स्वरमा थपडी बजाउछ चराले बुझ्छ  `धेरैबेर बस्यौँ भने कसैलाई काग, कसैलाई बक्कुलो बनाइदिन्छन् यी मानिसहरू ।´ र उड्छ ।  ए मानिस ! कहिले बुझ्छौ ? यो रूख तिम्रोभन्दा बढी चराको हो ।   हालः काठमाडौं

एकपछि अर्को सुन्न नि गाह्रो भो !

एकपछि अर्को सुन्न नि गाह्रो भो !

६१ दिन अगाडि

|

१३ भदौ २०८३

सी.एम.अपिल-चितौने    हजार जिन्दगीहरु   बेखबर भो !                                                                          यो जूनीदेखि    टाढा टाढा भो !                                                                              खै, के भो ?  के भो ?  अचम्मको बाढी नेपालमै भो !   सुनसान पछि एकाएक                                                                 रिस , क्रोध  अनि बदलाको आगोले  चट्टान फुटाल्दै, पहाडलाई हल्लाउदै   मान्छे अनि गाउँवस्ती बगाउदै  खै, के भो ?  के भो ?  अचम्मको बाढी नेपालमै भो !   बालक, महिला अनि युवा   न त वृद्धा नै चिनेनन्  मान्छेलाई चुनौती दिदै   आफन्तबाट टाढा टाढा बनेर गो  खै, के भो ? खै, के भो ?  के भो ?  अचम्मको बाढी नेपालमै भो !   के भोग्नु पर्यो  यस्तो नियति ? एकपछि अर्को सुन्न नि गाह्रो भो ! विभत्स त्यो दृश्यहरु   फेसबुक अनि समाचारमा हेर्न नि गाह्रो भो ! खै, के भो ?  के भो ?  अचम्मको बाढी नेपालमै भो !   मान्छेले मान्छे नचिन्ने संवेदनाहरु  कहाँ गएर खोज्न पाइएला र ?  हजार जिन्दगीहरु बेखबर भएको बेला                                                                           मन मुटुमा खोज्ने बेला हैन र ?                                                                     खै, के भो ?  के भो ?  अचम्मको बाढी नेपालमै भो !                           माडी, चितवन

टीकापुर निडाइल बा कि जागल बा ? 

टीकापुर निडाइल बा कि जागल बा ? 

६६ दिन अगाडि

|

७ भदौ २०८३

चुपचाप–चुपचाप करनिडिया राट बस्, कहुँ कुक्कुर भुँकट् कहुँ गिडार अवाइट् कहुँ जोग्नि डिया बारट् कहुँ कन्फोर चिँगैरन बोलट् टे, कहुँ डट्टावन गुजरि बोलट् इहिसे ढेउर कुछ पटा नै हो टीकापुर निडाइल बा कि जागल बा ? कबो–कबो इहे डग्गर हुइटि हौका–बयाल, आँढि चलठ् ओ घुघ्वाइठ्, रुखबरिखके पटिया हँगिया जसिक मनैनके जियामे निडाइल हिर्डक ढक्ढिउरा समुन्डरके डुम्मा उठेहस छल्कठ् डुम ! डुम !! बस्, टब्बे टब्बे लागठ् टीकापुर निडाइल बा कि जागल बा ? जब–जब सावन भाडो लागठ् लागठ्, मनैनके जिया–जियामे सब–कुल सब सैलाफ ! मनो हेरो, उ सुडुर बस्टिमे घर–घरमे राह लागल जरहे भुवक घुरौरा लागट् ओ भुवक भौगर सिठमारके सुटल मनो, कोइ खिट्कोर टे हेरे ! डेख लेहो, ठौंहिँ भौगरिक झर्सल मनुख डेँह  टब पुँछ्यो टीकापुर निडाइल बा कि जागल बा ? डन्कल आगिक लहरमे घोज्–घोज्, घोज्–घोज् रिझ्टि रहल रकट हेरो किट्टाइल भालम साम लगाइट् कुर्हार–टेंगारि हुलट् हँसिया–मुँडार कचोटट् ओ हाँठक सिँक्रि टुरक लग झ्यालखाना भस्काइल लग हैँचिक टाना बल लगाइटा आब पुँछो  टीकापुर निडाइल बा कि जागल बा ? हेरो, झुराइल बगिया फुलाइट् बुजा लागल मुँह बोलट् नुँकल–छप्कल मनै कोचियक सागहस कपार उठाइट् ओ बाँसक कर्लाहस कपार ठार्ह करट् सुनसान, सुनसान घर–अँगनामे सजना मैना, झाल–कस्टार, मृडङ–मडरा बजट् परडेस भागल डाडु–भैया गाउँ लौटट् सडभावमे हाँठमे मिलाइट् ओ जियासे जिया भरट् आब पुँछो टीकापुर निडाइल बा कि जागल बा ?    लमही नपा ३, उत्तर मजगाउँ, देउखर