नेपाली काँग्रेसको घोषणापत्र मस्यौदा समितिका संयोजक स्वर्णिम वाग्लेले काँग्रेसको घोषणापत्र यथार्थपरक रहेको दाबी गरेका छन् ।
शनिवार पार्टी केन्द्रीय कार्यालय, ललितपुर सानेपामा आयोजित निर्वाचन घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले सो दावी गरेका हुन् ।
वाग्लेले दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर संकल्प पत्रमा विकासका लक्ष्यहरू राखिएको बताए । उनले युवा बेरोजगारीको नैराश्यता चिर्नका लागि आर्थिक वृद्धिका नयाँ स्रोतहरूको विषयलाई प्राथमिकता दिएको पनि बताए । वाग्लेले घोषणापत्रमा डिजिटलाइजेशन, स्वदेशी उत्पादन, नीतिगत सुधारका विषय र वार्षिक करिब अढाइ लाख नयाँ रोजगारी सिर्जना गर्नसक्ने विश्वसनीयताका आधारहरू समावेश गरेको उल्लेख गरे ।
संयोजक वाग्लेले पार्टीको घोषणापत्रमा तात्कालिक आर्थिक एजेण्डाका रूपमा ५ वटा विषयहरू समावेश गरेको बताए । जसमा आयात, बाह्य असन्तुलनको विषय, कर्जा र तरलता, मुद्रास्फिर्तिको विषयहरू रहेका छन् । मुद्रास्फिर्तिको विषय आगामी सरकार बनेको ६ महिना भित्रमा समाधान हुने डा वाग्लेको भनाइ थियो ।
वाग्लेले सार्वजनिक आय र खर्च, औद्योगिक पूर्वाधार र नेपाली उत्पादन प्रवर्द्धन र युवाहरूका लागि डिजिटलाइजेशनको विषय तत्काल आर्थिक एजेण्डाका रूपमा पार्टीको घोषणापत्रमा उल्लेख गरिएको बताए । उनले वृद्ध भत्ता ६८ बाट घटाउँदै ६५ पु¥याउने र कोखदेखि शोकसम्मको अवधारणालाई अझ गतिशील बनाउने कुरा घोषणापत्रमा रहेको बताए ।
संयोजक वाग्लेले सत्ता स्वार्थका आधारमा बनेको नेपाल कम्युनिस्ट पार्टी आन्तरिक शक्ति संघर्षको कारण विघटन भएको र नेकपा एमालेले संवैधानिक रूपमा राज्य सञ्चालन गर्न असफल भएको दाबी संकल्पमा रहेको बताए । सार्वजनिक गरिएको घोषणा पत्रमा ३ वर्ष मुनिका बालबालिका र ७३ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा दिने लगायतका विषय समावेश गरिएको छ ।
घोषणापत्र समिति संयोजक एवं महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रलाई निरन्तरतामा नवीनता नाम दिएको बताए ।उनले भने नेपाली समाजको विविधतालाई हामीले समेटेका छौँ । हामीले सम्मुन्नतिको सन्दर्भमा मान्छेलाई केन्द्रमा राखेका छौँ । नेपालको सम्मुन्नतिको सन्दर्भमा पाँच बर्षे खाका र त्यसलाई निरन्तरता दिने बिषयलाई समेटेका छौ।
सार्वजनिक पदमा बसेका व्यक्तिलेले सम्पत्ति विवरण सार्वजनिक गर्नैपने बाध्यकारी कानुन बनाउने विषय घोषणापत्रमा समेटिएको शर्माले बताए । फोहोरको दीर्घकालिन समाधान, संसद्लाई पाँच बर्ष पूरा कार्यकाल कायम राख्ने लगाएतका विषय घोषणापत्रमा उल्लेख गरिएको छ ।
५ वर्षभित्र सबै नेपालीको स्वास्थ्य बीमा गरिने, स्वास्थ्य बीमा गरेका ६५ वर्षमाथिका लागि निःशुल्क स्वास्थ्य सेवा दिइने, उपचार गर्नका लागि कसैले घर खेत बेच्नुपर्ने अवस्थाको अन्त्य गर्ने, बाल मृत्युदरलाई २० प्रतिशतमा झार्ने उल्लेख गरिएको छ ।
यस्तै ३० देखि ३५ वटा ऐन संशोधन वा खारेज गरेर रोजगार सिर्जनाको वातावरण निर्माण गर्ने, वार्षिक २ लाख ५० हजार रोजगारी सिर्जना गर्ने, इन्धन प्रतिस्थापन गर्न विद्युतीय ऊर्जालाई जोड दिने, शैक्षिक क्षेत्रका ८० प्रतिशत क्षेत्रमा इन्टरनेट पु¥याउने योजना छन् ।
प्रतिदिन सय डलर एक पर्यटकले खर्च गर्ने, १५ दिन नेपालमा बस्ने गरी वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यसका लागि विमानस्थलदेखि पर्यटकीय क्षेत्रका पूर्वाधार विकास गर्ने काँग्रेसको घोषणापत्रमा समावेश छन् ।
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको घोषणापत्रको सार्वजनिक गरेका थिए । तर उनले कार्यक्रममा आफ्ना भनाइ राखेनन् । औपचारिक कार्यक्रमपछि पार्टी प्रवक्ता प्रकाशशरण महतले पनि घोषणापत्र मस्यौदा समितिका संयोजक स्वर्णिम वाग्लेकै भनाइ दोह्र्याएका थिए ।
गठबन्धनको सरकार बन्ने भएकाले काँग्रेसको संकल्प खासै कार्यान्वयन हुने देखिन्न ।
प्रकाशित:
१४२२ दिन अगाडि
|
१२ कात्तिक २०७९
७ दिन अगाडि
|
२९ भदौ २०८३
८ दिन अगाडि
|
२८ भदौ २०८३
२१ दिन अगाडि
|
१५ भदौ २०८३
२२ दिन अगाडि
|
१३ भदौ २०८३
२३ दिन अगाडि
|
१३ भदौ २०८३
२८ दिन अगाडि
|
७ भदौ २०८३
३७ दिन अगाडि
|
२९ साउन २०८३
१४४० दिन अगाडि
|
२५ असोज २०७९
१४७५ दिन अगाडि
|
२१ भदौ २०७९
१४८५ दिन अगाडि
|
१२ भदौ २०७९
१४४० दिन अगाडि
|
२६ असोज २०७९
१३८९ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४५ दिन अगाडि
|
२० असोज २०७९
१३७८ दिन अगाडि
|
२७ मंसिर २०७९