फूलको आँखामा फूलै संसार 

फूलको आँखामा फूलै संसार 

१४६९ दिन अगाडि

|

३ कात्तिक २०७९

थारू मधेसी होइनन्ः थारू आयोग

थारू मधेसी होइनन्ः थारू आयोग

१४६९ दिन अगाडि

|

३ कात्तिक २०७९

थारू आयोगले थारूहरु मधेसी होइनन् भनेर प्रतिवाद गरेको छ ।  यही असोज ३१ गते मधेसी आयोगको चौथो वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो । सो प्रतिवेदनमा मधेसी समुदायको थर सूचीकरण अध्ययनमा थारू समुदायलाई पनि मधेसीमा समावेश गरिएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको थारू आयोगले जनाएको छ ।  थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, थारू समुदायको पहिचानमाथि नै चुनौती खडा गर्ने गरी ल्याइएको उक्त सिफारिशप्रति थारू आयोगको पूर्ण असहमति छ ।  विगतमा राज्य तथा गैरराज्य पक्षबाट थारूलाई मधेसी समूहभित्र समाहित गर्न खोज्ने विभिन्न प्रयास भए पनि थरुहट थारूवान आन्दोलनले यसलाई अस्वीकार गरिसकेको छ । यस विषयलाई नेपालको संविधानले स्वीकार गरिसकेको र तद्नुरुप कानूनहरु पनि बन्दै कार्यान्वयनको क्रम अगाडि बढेको अवस्था छ । त्यसैले, सबै पक्षबाट यस विषयलाई गम्भीरतापूर्वक लिई आआफ्नो जिम्मेवारी पूरा गर्न विज्ञप्तीमार्फत् ध्यानाकर्षण गराइएको छ ।   

छोरा रेशम चौधरीको विकल्पमा बुवा लालवीर मैदानमा : कर्मथलो नै बर्दिया हो, न्याय र विकास मेराे  एजेण्डा

छोरा रेशम चौधरीको विकल्पमा बुवा लालवीर मैदानमा : कर्मथलो नै बर्दिया हो, न्याय र विकास मेराे एजेण्डा

१४७१ दिन अगाडि

|

१ कात्तिक २०७९

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर २ को चुनावी माहोल तातिएको छ । सोही निर्वाचन क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले पनि उम्मेदवारी दिएका थिए । तर, टीकापुर घटनासम्बन्धी मुद्दाका कारण हाल जेलमा रहेका उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदियो ।  उनको उम्मेदवारी खारेज भएपनि सोही क्षेत्रमा रेशमका बुबा लालवीर चौधरीको स्वतन्त्र उम्मेदवारी भएकाले उनको पक्षमा कस्तो नतिजा आउला भन्ने चासो देखिन्छ । स्वतन्त्र उम्मेदवारी भएपनि रेशमकै विकल्पमा नागरिक उन्मुक्ति पार्टीले उनलाई अघि सारेको बताइन्छ । उसो त लालवीर पनि आफूलाई सो पार्टीको पूर्ण समर्थन रहेको बताउँछन् ।  यद्यपि क्षेत्र नम्बर २ बाट लालवीरलाई चुनावी नतिजा आफ्नो पक्षमा पार्न भने सहज भने देखिँदैन । बर्दिया २ मा सत्ता गठबन्धन रहेको छ भने एमालेको उपस्थिति पनि बलियो छ । गठबन्धनबाट नेकपा माओवादी केन्द्रले सुरेश पन्थलाई उम्मेदवार बनाएको छ भने  एमालेले पंकज सिंह राठौरलाई मैदानमा उतारेको छ ।  सो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका विनय रावल, नेपाल मजदुर किसान पार्टीका धर्मराज जैसी आचार्य, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अनिरुध्या आर्य, राष्ट्रिय स्वतन्त्र पार्टीका ओम  प्रकाश बसौला पनि उम्मेदवार छन् । यस्तै लालवीरबाहेक राम प्रसाद आचार्य पनि स्वतन्त्र उम्मेदवार छन् ।  अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट नेकपा माओवादी केन्द्रका सन्तबहादुर थारु ५ हजार ५५५ मतका साथ विजयी भएका थिए । उनले नेपाली कांग्रेसका गोपाल दहितलाई पराजित गरेका थिए । हालै स्थापित नागरिक उन्मुक्ति पार्टीको स्थानीय तहको मत हेर्दा बर्दिया जिल्लामै बलियो देखिँदैन । सो पार्टीले मेयर–अध्यक्षमा तीन स्थानीय तहमा मात्रै उम्मेदवारी दिएको थियो । जसमा गुलरिया नगरपालिकामा ५११, गेरुवा गाउँपालिकामा १६६ र राजापुर नगरपालिका १३४८ मत प्राप्त भएको थियो । यसबाहेक ठाकुरबाबा नगरपालिका, बढैयाताल गाउँपालिका, बारबर्दिया नगरपालिका, बासगढी नगरपालिका र  मधुवन नगरपालिका सो पार्टीले प्रमुख पदमा उम्मेदवारी नै दिएको थिएन।  नतिजाअनुसार कांग्रेसले ५ स्थानीय तह तथा एमाले र माओवादीले क्रमशः २ र १ स्थानीय तह जितेका थिए ।  तर, नयाँ अनुहार होइनन् लालवीर यद्यपि कैलाली, बर्दिया लगायतका जिल्लामा लालवीर चौधरी नयाँ अनुहार होइन । उनको आफ्नै परिचय र छवि छ– सामाजिक अगुवाका रुपमा । तर पछिल्लो राजनीतिक अवस्थाले उनको परिचय फेरिएको छ । पूर्व सांसद रेशमलाल चौधरीका बुबाको रुपमा धेरैले उनलाई चिन्न थालेका छन् । जीवनभरि समाजमा लगाएको उनको गुनलाई यो परिचयले छायामा राखेको छ । गाउँघरको समान्य लेखनदासको भूमिकादेखि सुरु गरेको सामाजिक जीवनले उनलाई पछि ३५ मौजा ९गाउँ०को लेखनदास बनायो । २०३६ देखि २०४६ सम्म रानीजमरा कुलो समितिको समिति सचिव हुँदै २०४७ देखि २०७९ सम्म अध्यक्षको जिम्मेवारी सम्हालेका उनी थारु कल्याणकारिणी सभा (थाकस)को २०३९ देखि २०४८ क्षेत्रीय सभापति हुँदै केन्द्रीय सदस्य भए । यतिमात्रै होइन, उनी २०५४ देखि २०६० सम्म कैलाली जिल्ला सिंचाइ महासंघको अध्यक्ष हुँदै २०६० देखि २०६८ सम्म सिंचाइ महासंघको केन्द्रीय सदस्य भए । उनै ६६ वर्षीय लालवीर चौधरी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दिया क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार रहेकाले उनको प्रभाव कति देखिन्छ भन्ने चासो हुने स्वाभाविकै हो ।  उनै लालवीर चौधरीसँग उनको उम्मेदवारीबारे रातोपाटीकर्मी लखन चौधरीले गरेको कुराकानीको सम्पादित अंश :   यो उमेरमा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बन्नुभएको छ, कस्तो चल्दैछ चुनावी अभियान ? आमजनताको साथ र सहयोग एकदमै उत्साहपूर्ण छ । म बर्दियाका लागि नयाँ अनुहार पनि होइन, त्यसैले मेरो उम्मेदवारीदेखि नै आमजनताको साथ सहयोगमा कुनै कमी छैन । उहाँहरुको उत्साहले मलाई नयाँ ऊर्जा मिलेको छ । तपाईंको स्थायी घर जानकी गाउँपालिका–६ (साविक दुगौली गाविस ९) जगतपुर, मतदाता पनि कैलाली १ कै हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्र छोडेर बर्दिया क्षेत्र नं. २ रोज्नुपर्ने अवस्था किन आयो ? मेरो जन्म दाङमा भएको हो । तर मेरो पढाइलेखाइदेखि पूरै जवानी बर्दियामा बित्यो । बर्दियाको गुलरियामा मेरो अझै पनि घरजग्गा छ । बर्दियामा हाम्रो गोतियार (गोत्र) मात्रै ३ सय घरधुरी छन् । जुनकारण म यहाँको लागि नौलो अनुहार होइन । यहाँको परिवेश, विकासको अवस्थासँग राम्रोसँग भिजेको छु । यहाँको जनताको माया र यस क्षेत्रप्रतिको मेरो लगावका कारण नै मैले बर्दिया रोजेको हुँ । अर्कोकुरा, राजनीतिक अधिकार, न्यायका लागि आवाज उठाएकै कारण राज्यबाट प्रताडित, अनाहकमा जेल जीवन बिताउन बाध्य भएको मेरो छोराको न्याय र सुरक्षाको लागि पनि मेरो उम्मेदवारी हो । तपाईंका छोरा रेशमलाल चौधरीले बर्दिया क्षेत्र नं. २ बाट उम्मेदवारी दिनुभएको थियो । उहाँको उम्मेदवारी निर्वाचन आयोगले खारेज गर्‍यो । तपाईंको स्वतन्त्र उम्मेदवारी एक हिसाबले आफ्नै छोरा विरुद्ध थिएन र ? मेरो उम्मेदवारी छोरो रेशमको विरुद्धमा भन्दा छोराको उम्मेदवारीमा देखिएको कानुनी जटिलतालाई मध्यनजर गरी छोराको विकल्पको रुपमा सल्लाह गरेरै स्वतन्त्र उम्मेदवारी दिएको हुँ । रेशमको उम्मेदवारी सुरक्षित नभएकाले विकल्पमा उम्मेदवारी दिएको हुँ । यसमा नागरिक उन्मुक्ति पार्टीको पूरै समर्थन र सहयोग मलाई छ । म आफै पनि नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सल्लाहकार हो । अहिले नागरिक उन्मुक्तिको समर्थन छ भन्दै हुनुहुन्छ तर २०७४ निर्वाचनमा रेशम चौधरी तत्कालीन राजपा नेपालबाट चुनाव लडिरहँदा तपाई प्रदेशसभा सदस्यका लागि नेकपा एमालेबाट उम्मेदवार हुनुहुन्थ्यो । तपाईको प्रवृत्ति त बलेको आगो तापेजस्तो भएन र ? होइन, कदापि होइन । कोही अझै पनि थरुहट आन्दोलन र टीकापुर घटनाबारे अनभिज्ञ छ भने यसका पृष्ठभूमि अध्ययन गर्न अनुरोध गर्न चाहन्छु । २०७४ को निर्वाचनताका रेशम प्रहरीको ‘मोस्ट वान्टेड’को सूचीमा थियो । जतिबेला पनि उसलाई इन्काउन्टर गर्न सकिने अवस्था थियो । त्यसका बाबजुद उम्मेदवारी थियो रेशमको । उसको उम्मेदवारी न्यायका लागि थियो । जनताले उसलाई सहर्ष स्वीकार गरे । आफ्नो नेताको रुपमा छाने । त्यसबेला नेकपा प्रमुख राजनीतिक शक्ति थियो । म रेशमको बुबा हो, सन्तानको रक्षा गर्नु अभिभावकको दायित्व हुन्छ । छोराको सुरक्षाका लागि मैले नेकपा एमालेबाट उम्मेदवारी दिएको थिएँ । अर्को कुरा, मेरो प्रवृत्तिको कुरा उठाउनुभयो, वास्तवमा मलाई यहाँ सामाजिक अगुवाको रुपमा चिन्छन् सबैले । न कि, यो वा त्यो दलको मान्छेको रुपमा । राजनीतिक दल माध्यम होला तर मेरो यहाँ आफ्नै छवि पनि छ । आखिर तपाईको उम्मेदवारी किन ? ग्रामीण क्षेत्रको विकास र सेवामा मैले मेरो जीवन समर्पित गरेको छु । कैलालीमा भन्दा बर्दियामा मेरो जीवनको बढी समय बितेको छ । मेरो सामाजिक तथा कार्यक्षेत्र बर्दिया हो । सामान्य गाउँको लेखनदासदेखि ३५ मौजा (गाउँ)को लेखनदास यसै क्षेत्रमा भएँ । सामाजिक संघ संस्थामा रहेर पनि लामो समय सेवा गरेको पनि लुकेको छैन । तर राज्यले जहिल्यै पनि थारुसहित उत्पीडित वर्गलाई राजनीतिक अधिकार दिनबाट बञ्चित गरेको छ । अधिकार माग्दा दमन गरेको छ । २०७२ कै कुरा गर्दा संविधान लेखनकै क्रममा राज्यबाट भएको दमन जग जाहेरै छ । दुनियाँले देखेको छ । रेशमसहित राजबन्दी निर्दोष हुँदाहुँदै पनि अनाहकमा जेलमा कोच्ने काम गरेको छ । अधिकार माग्दा यो हदसम्मको महाअन्याय हामीले कहाँसम्म सहने ? जुनकारण मेरो उम्मेदवारी राजनीतिक अधिकार प्राप्तिका लागि हो । न्यायका लागि हो । पहिलो नम्बरमा राजबन्दी रिहाइका लागि हो । दोस्रो नम्बरमा राज्यले दमन गरेको थरुहट आन्दोलनलाई माथि उठाउनलाई हो । तेस्रो नम्बरमा यहाँको वैभवशाली संस्कृति संरक्षणका लागि हो । यहाँको नदी कटान नियन्त्रण, बाढी प्रभावित जनताकाको उत्थानका लागि हो । यहाँकै नमूना सर्वाङ्गीण विकासका लागि हो । ठूला–ठूला राजनीतिक दलभन्दा कसरी पृथक र मौलिक मोडलमा विकास गर्न सकिन्छ भनेर मेरो उम्मेदवारी हो । यहाँ हेर्नुस्, जता हेर्‍यो, उता भ्रष्टाचारको गन्ध आउँछ । तर मेरो जीवनकालमा यति धेरै संघ संस्थामा काम गरियो । एउटा पनि मैले गरेको गलत काम देखाइदिनुस् । त्यो देखाउन सक्नु भयो भने म राजनीति नै गर्दिनँ, समाज सेवा गर्दिनँ । २०३६ देखि २०४६ सम्म रानीजमरा कुलो समितिको समिति सचिव हुँदै २०४७ देखि २०७९ सम्म अध्यक्ष भएँ । जुन २७ अर्बको प्रोजेक्ट हो । प्रोजेक्ट सम्पन्न भए अढाइ लाख जनता लाभान्वित हुनेछन् । यो प्रोजेक्ट अन्तर्गत थाइल्याण्ड र इन्डोनिसिया भ्रमणका लागि समितिमार्फत गएका थियौ । यो प्रोजेक्टमा रहँदा मैले कुनै गलत काम गरेको छु भने देखाइदिनुस् । आधुनिक टीकापुर सिटी प्लानिङमा पनि मेरो योगदान छ । जुन स्वर्गीय खडकबहादुर सिंह तत्कालीन गृहमन्त्री हुँदा भएको हो । म उहाँको दाहिने हात थिए । टीकापुर विकास समितिमार्फत ३ हजार ३७२ बिगाहा जमिन टीकापुर सिटीको लागि प्लानिङ गर्‍यौं । जुन देशमै नमूना प्लानिङ हो । त्यो बेला मैले आफ्नो व्यक्तिगत स्वार्थको लागि जे पनि गर्न सक्ने अवस्था थियो । जत्ति पनि जमिन स्वामित्वमा लिन सक्थेँ तर मैले कहिल्यै पनि व्यक्तिगत स्वार्थ हेरिनँ । यसरी मैले भन्न खोजेको के हो भने, मेरो उम्मेदवारी राजनीतिक, सामाजिक न्याय र समुन्नत विकासका लागि हो । सुशासनको लागि हो । मौलिक, पृथक विकासको लागि हो ।साभार : रातोपाटी   

‘कमब्याक’को तयारीमा ‘कुन्दन’, भारी पर्न सक्छन् उन्मुक्ति र पूर्व सहकर्मी उम्मेदवार

‘कमब्याक’को तयारीमा ‘कुन्दन’, भारी पर्न सक्छन् उन्मुक्ति र पूर्व सहकर्मी उम्मेदवार

१४७३ दिन अगाडि

|

३० असोज २०७९

प्रतिनिधिसभा अन्तर्गत कैलालीको क्षेत्र नम्बर ३ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी ‘कुन्दन’, नेकपा एमालेबाट गौरीशंकर चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी उम्मेदवार छन् ।पहिलो संविधान सभा निर्वाचनमा आफ्नो निकटतम प्रतिद्वन्दीलाई तीन गुणा बढी मतान्तरले पछार्दै संसदीय यात्रा तय गरेका कृष्णकुमार चौधरी ‘कुन्दन’ पुनः संसदीय यात्राको दौडमा उत्रिएका छन् । कैलालीको गौरीगंगा नगरपालिका ९ शंकरपुर घर भएका ४४ वर्षीय कुन्दन आगामी मंसिर ४ गते हुने प्रत्यक्षतर्फको प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएका छन् । उनी कैलाली निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका हुन् । नेकपा माओवादी केन्द्रबाट भएको उनको उम्मेदवारी, कैलालीमा नागरिक उन्मुक्ति पार्टीप्रतिको जनलहर र पूर्वसहकर्मीबीचको प्रतिप्रर्धाले यहाँको चुनावी माहोल रोचक बन्दै गएको हो ।  गठबन्धनका साझा उम्मेदवार बनेका कुन्दन, नागरिक उन्मुक्ति पार्टीका गंगा चौधरी र नेकपा एमालेका गौरीशंकर चौधरीबीच त्रिपक्षीय भिडन्त भइरहेको हो । २०७४ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रबाट गौरीशंकर चौधरी निर्वाचित भइ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हुँदा श्रम मन्त्री बनेका थिए । नेकपा विवादपछि गौरीशंकर एमालेमा प्रवेश गरे । जुनकारण कुन्दनको लागि यो निर्वाचन बलिया प्रतिप्रर्धीकाबीच संसदीय यात्राको लागि चुनौतीपूर्ण दौडको रुपमा हेरिएको छ । चुनावी रणनीति सुनाउँदै उनले भने, ‘विगतको चुनाव हेर्दा यो क्षेत्र माओवादीको आधार इलाका भन्दा फरक नपर्ला । दोस्रो कुरा, म गठबन्धनको साझा उम्मेदवार हो । तेस्रो कुरा, म यहाँको हरेक बस्ती, हरेक समस्या, विकास निर्माणको अवस्थादेखि परिचित छु । सधैं जनतासँगै छु । जुनकारण यो निर्वाचनलाई सहज रुपमा लिएका छु । जीत सुनिश्चित नै देख्छु ।’ चुनावी अंक गणित जिल्लाको कैलारी गाउँपालिका, भजनी नगरपालिका र घोडाघोडी नगरपालिका समेटिएर बनाइएको सो निर्वाचन क्षेत्रमा पहिलो र दोस्रो संविधान सभा निर्वाचन हुँदै २०७४ को निर्वाचनमा माओवादी केन्द्रले विजयी हासिल गर्दै आएको हो । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा भने कैलारीमा काँग्रेस, भजनीमा नागरिक उन्मुक्ति र घोडाघोडीमा एकीकृत समाजवादीले मेयर जितेको छ ।  स्थानीय तह निर्वाचनकै कुरा गर्दा १ लाख ७ हजार ६५९ मतदाता रहेको सो निर्वाचन क्षेत्रस्थित २६ वटा वडाध्ये १९ वडामा वडाध्यक्ष काँगेस, ३ वडाध्यक्ष माओवादी केन्द्र, २ वडाध्यक्ष नेकपा एमाले र २ वडाध्यक्ष नागरिक उन्मुक्तिले जितेको छ । जुन प्राप्त मत अनुसार गठबन्धनका उम्मेदवार कुन्दन नै बलिया उम्मेदवारको रुपमा रहेका छन् ।  कुन्दनको राजनीतिक यात्रा कुन्दनको राजनीतिक यात्रा २०४७ देखि शुरु हुन्छ । नेकपा एमाले निकट अनेरास्ववियु पाँचौंको साधारण सदस्यदेखि उनी आफ्नो राजनीतिक यात्रा शुरु गरेका हुन् । तर उनी २०५४ मा मात्रै नेकपा एमालेको सदस्यता प्राप्त गरे । २०५६ मा नेकपा एमालेबाट माले विभाजन हुँदा हुने संस्थापन नै रोजे । तर त्यसताका मुलुकमा नेकपा माओवादीले शुरु गरेको सशस्त्र जनयुद्धले उत्कर्ष रुप लिएको थियो । उनी एमाले छोडी नेकपा माओवादीको सशस्त्र जनयुद्धमा होमिए । २०५८ असोजदेखि भूमिगत भएको उनी सम्झिन्छन् । माओवादीको एरिया कमिटी सदस्य हुँदै रिजनल ब्यूरो सदस्य (आरबीएम)सम्म भए । २०६२ माओवादीको धनगढी नगर इन्चार्जको जिम्मेवारी पाएका उनी २०६२÷ २०६३ जनआन्दोलन नेतृत्वदायी भूमिका निर्वाह गरेको सुनाउँछन् । माओवादी शन्ति प्रक्रियामा गएसँगै उनी २०६४ को पहिलो संविधान सभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित भए । आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका नारायणदत्त मिश्रलाई २७ हजार ५५४ मत ल्याउँदै पराजय चखाए । मिश्र ८ हजार मतमा सीमित भए । २०७२ असोज ४ गते माओवादीबाट बिद्रोह गरी वैकल्पिक शक्ति निर्माण भन्दै नयाँ शक्ति पार्टी गठन गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइसँगै रहे । नयाँ शक्तिबाटै २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं ३ (ख) प्रदेश सभा सदस्यको लागि चुनाव लडेका उनी ५ हजार ६०० मतका साथ पराजयको स्वाद पनि चाखे । उनी वामगठबन्धनका उम्मेदवार अमर साउँदसँग पराजित भए । राजनीतिक जीवनको उतारचढावकाबीच नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्य तथा सुदूरपश्चिम अध्यक्ष भइसकेका उनी २०७८ चैत्र २८ गते नेकपा माओवादीमा धुबिकृत भए । हाल उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् । चुनावी एजेण्डा  अधिकारबाट बञ्चित समुदायको लागि न्याय, राजनीतिक बेथितिलाई नियन्त्रण, राजनीति पेशा नभइ सेवाको रुपमा विकास गर्ने उनको एजेण्डा हो । सुशासनसहित शिक्षा, स्वास्थ्य, राजगारीको विकाससँगै हसुलिया–मसुरिया सडक, पहलमानपुर–लालबोझी सडक, सुखड–भजनी सडक कालोपत्रे, नदी कटान नियन्त्रण गर्न तटबन्धन निर्माण, बाढी पीडितको समस्या समाधान गर्न उचित स्थानमा पुनस्र्थापना, खोनपुर–चन्दनचौकी जोड्ने मोहना नदीमा पक्की पुल, लालबोझी–टिकुनिया जोड्न पक्की पुललाई आफ्नो चुनावी एजेण्डा बनाएका छन् । प्रत्येक वडामा सर्वसुलभ स्वास्थ्य उपचारको व्यवस्थासँगै निर्वाचन क्षेत्रस्थित प्रत्येक पालिकामा बहुमुखी क्याम्पस स्थापना गर्ने योजना रहेको उनले सुनाए । सिँचाइको व्यवस्था गर्न कान्द्रा नदी सिँचाइ परियोजना, गुरही सिँचाइ आयोजनालाई अगाडि बढाउने उनी बताउँछन् । त्यस्तै, जैविक, साँस्कृतिक र पर्यटनको विकासको लागि थारु गाउँहरुलाई हेरिटेज भिलेजको रुपमा विकास गर्दै उद्यमीशिलतासँग पनि जोड्ने उनका योजना छन् । यो पनि पढ्नु होस् :- गंगा चौधरीको प्रण: निर्वाचित भए लुकाइएको लाल आयोग प्रतिवेदन खोज्नु प्रमुख कार्य हुनेछ  

उम्मेदवारी खारेजी विरुद्ध सर्वोच्च जाने तयारी गर्दै रेशम 

उम्मेदवारी खारेजी विरुद्ध सर्वोच्च जाने तयारी गर्दै रेशम 

१४७७ दिन अगाडि

|

२६ असोज २०७९

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध मुद्दा दायर गर्ने भएका छन् । जेलबाटै बर्दिया निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका उनको उम्मेदवारी खारेज गरिएपछि उनले कानूनी उपचार खोज्ने बताएका छन् । टीकापुर घटना मुद्दामा आफूहरु निर्दोष रहेको र आफूहरुको मुद्दा समेत सर्वोच्च अदालतमा विचाराधिन रहेको बताउँदै उनले आफ्नो उम्मेदवारी विरुद्ध उजुरी दिने र उजुरी उप्पर छानविन गरी खारेजीको निर्णय गर्ने निर्वाचन अधिकृत नगेन्द्र लम्सालविरुद्ध मुद्धा सर्वोच्च अदालतमा मुद्धा दायर गर्ने प्रतिक्रिया दिएका छन् । कानून अनुसार आफू योग्य रहेपनि आफ्नो राजनीतिक अधिकार नै समाप्त पार्ने गरी उम्मेदवारी खारेजी गरिएको निर्णयले आफूहरुमाथि थप अन्याय भएको टेलिफोन गरी ढकियाखबरलाई बताएका हुन् ।    

रेशमका पिता लालवीर चौधरीलाई चुनाव चिन्ह  ‘नल’

रेशमका पिता लालवीर चौधरीलाई चुनाव चिन्ह ‘नल’

१४७७ दिन अगाडि

|

२६ असोज २०७९

निर्वाचन आयोगले रेशमलाल चौधरीको पिता लालवीर चौधरीलाई चुनाव चिन्ह नल प्रदान गरेको छ । बर्दिया–२ बाट उम्मेदवारी दिएका रेशमलालको उम्मेदवारी खारेज गरिएपछि उनको ठाउँमा नागरिक उन्मुक्तिले आधिकारिक रुपमा उनका बुवालाई पार्टीको तर्फबाट उम्मेदवार भनेको छ । त्यस्तै, कैलाली–५ बाट उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण थारुको उम्मेदवारी खारेज गरिएपछि उनको ठाउँमा नागरिक उन्मुक्ति पार्टीबाट आधिकारिक भनिएका जगदीश चौधरीलाई पनि चापाकल अर्थात् नल चुनाव चिन्ह दिइएको छ । टीकापुर घटना मुद्दामा रेशम र लक्ष्मण थारुलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर गरेको र रेशम २०७४ फागुन १४ गतेदेखि निरन्तर कैदमा रहेको तथा लक्ष्मण थारु उच्च अदालतले जन्मकैद फैसला सुनाए पनि फरार सूचीमा रहकोले उम्मेदवारी खारेज गरेको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाउ दिएको थियो ।    (यस अघि निर्वाचन आयोगले रेशमलाल चौधरीको पिता लालवीर चौधरीलाई चुनाव चिन्ह मुडा प्रदान गरेको समाचार सच्याइएको छ ।)

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४७८ दिन अगाडि

|

२६ असोज २०७९

रेशम चौधरी र लक्ष्मण थारुको उम्मेदवारी खारेजपछि एक प्रकारको तरंग आएको छ । खास गरी थारु समुदाय निकै आक्रोशित भएको छ । यो आक्रोशले ढकियामा भोट हाल्नेको संख्या झन् बढ्ने पार्टीका एक केन्द्रीय सदस्य बताउँछन् । नगरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभाको समानुपातिक सूचीमा रहेका नेता हिमाञ्चल भट्टराई भन्छन्, ‘रेशम रक्तबीज हो, एक रेशमको उमेदबारी खारेजले हजार रेशम जन्मिन्छन् ।’ नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले फेसबुकमा केवल एक शब्दमा प्रतिक्रिया दिएकी छिन्, ‘अन्याय’ । उता लक्ष्मण थारुले भनेका छन्– हामी माथिको दमन षड्यन्त्र योजनाबद्ध हुँदैछ । मेरो उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगको निर्णय घोर आपत्तिजनक छ । हाम्रोआन्दोलन जारी छ । नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभाको समानुपातिक सूचीमा रहेकी नेतृ इन्दु थारु भन्छिन्, ‘नश्लीय राज्यसत्ताका ठेकेदारहरूले उम्मेदवारी खारेज गरेका छन् । निर्दोष थारूहरूलाई अपराधी करार गर्ने यो विभेदकारी सत्ता  बिरुद्धको लडाई अझै सशक्त रूपमा बढाउन जरूरी छ । उम्मेदवारी खारेजीको समाचारले विरोधीहरूले भोज गर्नेछन् । न्यायप्रेमी हरूले यो शोकलाई शक्तिमा बदल्ने साहस मिलोस् ।’ रेशम, लक्ष्मणको उम्मेदवारी खारेजपछि के भन्छन् त अरु सर्वसाधारण तथा शुभेच्छुकहरु ? महादेव चौधरी रुख काट्नलाई बन्चरोको बिँडमा काठकै बिँडले साथ दिएजस्तै थारु अगुवा नेता भनाउँदाहरुले नश्लबादीहरुलाई नै साथ र सहयोग दिएको धेरै देखिएको छ । यिनलाई सबैले चिनेर यही मङ्सिर ४ गते नाङ्गोझार बनाउन एकदमै जरुरी छ । राकेश मिश्र चुनावको जालबाट न निस्केसम्म मधेसी–थारुको कल्याण हुँदैन । चोरहरुको मैदान म्या गएर उसलाई हराउनु कठिन छ । कमल चौधरी थारू हरु भारतका मुसलमानसंग पाठ सिक्नुपर्छ अनि मात्र प्रतिस्पर्धा गर्न सकिन्छ । अमर थनेत नागरिक उन्मुक्ति पार्टीका उमेदवारहरुको उमेदवारी खारेजी गर्नु  अन्याय , दमन नश्लीय चिन्तनको प्रकाष्ठा हा,े यसको घोर आपत्ति छ । उर्मिला गम्वा थारु आज फेरि नश्लीय राज्य सत्ताको जित भएको छ । खबरदार रहोस्, थारूहरू अझै उठ्नेछन् । तिम्रा नश्लीय र तानाशाही राज्य सत्ताको विरूद्धमा अझै बोल्ने छौँ । रेशम चौधरी र लक्ष्मण थारूको उम्मेदवारी खारेज गरायौं भनेर आज तानाशाहमा खुसीयाली घन्किएको होला । तिम्रो यो नश्लीय तानाशाह अब धेरै दिन टिक्दैन । अंकर अन्जान सहयात्री थारूहरुलाई कति हेप्छस्, ए अन्धो सरकार ? महानन्द ढकाल मान्छे अनुसार फरक कानुन । अनिल चौधरी गठबन्धनको भरमा आफ्नो अस्तित्व जोगाउने माओबादीहरु दूरदर्शी नै हुन्छन् । उमाकान्त जोशी पहिलाको चुनावमा किन लड्न दिएको यदि अहिले खारेज गर्नु छ भने ? जसले बिहान बेलुका नैं क्षेत्री, बाहुन शरणार्थाी हुन्, यिनलाई काट, मार, लखेट भन्छ, तिनलाई चै विदेशीको इसारामा सामाजिक जातीय द्वन्द फैलाउँदै छ । त्यसलाई भाले दिएर चुनाव लडन दिने ? त्यो भन्दा रेशम बलिको बोका भएको हो । खै त त्यो बेलाको त्यो पार्टीको नेतृत्वलाई मुद्दा लगाएको ? के टीकापुरमा हुनु नै रेशम दोषी हो ? हैन भने पुर्व तराईमा भएको भए राजेन्द्र महतो, उपेन्द्र समातिन्थे त ? जो सँग सरकार समेत बनाए । मनजित चौधरी चाहिने भन्दा बढी महत्वाकांक्षा र अनावश्यक अहंकारले आखिर दुई खम्बा ढलि गयो । हामीले पहिचानवादीहरु मिलेर जाऔं भनेकै हो । लीला चुकाहा सत्यको जीत हुन्छ भन्छन्, आशाको दियो बालेर राखौं । धर्मराज महतो उम्मेद्बारी खारेजीले उत्पीडित समुदायलाई झन मजबुत बनाउने छ ।