सर्वोच्चको ऐतिहासिक आदेशः आदिवासीहरुद्वारा सम्मान ब्यक्त

सर्वोच्चको ऐतिहासिक आदेशः आदिवासीहरुद्वारा सम्मान ब्यक्त

८ दिन अगाडि

|

१९ भदौ २०८२

काठमाडौंमे अक्के डिन थारुकेन्द्रित ३ ठो कार्यक्रम

काठमाडौंमे अक्के डिन थारुकेन्द्रित ३ ठो कार्यक्रम

८२ दिन अगाडि

|

८ असार २०८२

असार ७ गते सनिच्चरके काठमाडौंमे अक्के डिन थारुकेन्द्रित ३ ठो कार्यक्रम निम्जल बा । इहे क्रममे राष्ट्रिय थारू कलाकार मञ्च बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम  काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमे करल । कार्यक्रमके बर्का पहुना गीतसंगीतमे निरन्तर लागल नाउपाके संरक्षक रेशमलाल चौधरी उद्घाटन कर्ले रहिंट ।  ओस्टक सफु प्रकाशनके थारु लोकखिस्सामे आधारित बुधनीके अंग्रेजी ओ थारु संस्करणके उपन्यास विमोचन हुइल बा ।  मूल अंग्रेजीमे प्रवीण अधिकारीके लिखल थारु संस्करणके उल्ठा इन्दु थारु कर्ले बटि । थारु संस्करणके सम्पादन छविलाल कोपिला कर्ले बटाँ । उपन्यासकार, अनुवादक, पोस्टाके कभर बनुइया लभकान्त चौधरी, अभियन्ता उर्मिला चौधरी, प्रणवमान सिंहलगायत पोस्टा विमोचन कर्ले रहिट ।  काठमाडौमे जो थारु भसा साहित्य केन्द्र अपन रचना वाचन श्रृंखला बसघराके ८३औं भाग निम्जैले बा । ओहोर असार ६ गते बर्दियाके बारबर्दिया नगरपालिका बेलभारमे गोचाली परिवारके आयोजनामे थारु भाषा, साहित्य, संस्कृतिके संरक्षणबारे अन्तक्रिया हुइल बा । कार्यक्रममे साहित्यकार सुशील चौधरी लगायतहे सम्मान कैगिल ।  पर्यटन डिभिजन कार्यालय बाँकेक् आर्थिक सहयोगमे हुइल कार्यक्रममे थारु भाषा साहित्य, संस्कृति संरक्षणक बिषयमे दुर्गाबहादुर थारु कबिर ओ एकराज चौधरी कार्यपत्र प्रस्तुत कर्ले रहिट, जेम्ने टिप्पणी शेखर दहितके रहिन् ।  थारु आयोगके निवर्तमान अध्यक्ष बिष्णु चौधरीक् बर्का पौन्हाइमे हुइल कार्यक्रमके घरगोस्या गोचाली परिवारके अध्यक्ष सुदिन अगलपथ कर्ले रहिंट ।

टीकापुरमा रानी कुलोको नाम कसरी रहन गयो ?

टीकापुरमा रानी कुलोको नाम कसरी रहन गयो ?

८६ दिन अगाडि

|

४ असार २०८२

लक्ष्मण किशोर चौधरी  नेपालमा राणाशासन र भारतमा ब्रिटिस् शासन चलेको बेला करीब १५० बर्ष पहिले रानी पद्माकुमारी सिंह(शाह)को जन्म सिंगाही(हाल खिरी,भारत) राजघरानामा भए पनि बिवाह दैलेखी (नेपाली) राजा प्रकाश शाहसंग कान्छी (जेठी चन्द्रकुमारी शाह) रानीको रुपमा भएकोले माइतीबाट भात खानलाई दाइजोस्वरुप कौडियार (कर्णाली नदी) वरिपरिको क्षेत्र चुरे पर्वतदेखि दख्खिन र मोहना नदीको उत्तरी भु-भाग (करीब ७ सय बिगाहा) जग्गा पाएकी थिइन्। जसअनुसार उनीहरुको बसाइ  हिँउदमा कलुवापुरको रानीमहल (हाल टिकापुर न.पा.-५)मा र गर्मीमा दुल्लु (दैलेख) मा हुन्थ्यो। र, यो बिचमा सहज बाटो बिश्रामको लागि चुरे माथिको राजकाँडा महलमा (चिसापानी माथि) निवास गर्ने गर्थे। ऊनको समयमा सत्तीस्थित प्राचीन शिवालय (भगवान परशुराम कालीन)लाइ जिर्णोद्धार गरि सुन्दर मन्दिर (हाल पद्मप्रकाशेश्वर महादेव टिकापुर-७) र ठूलो ईनार (कुँवा) को निर्माण गराएका थिए। यी राजमहल,मन्दिर,कुँवा आदि बनाउन सिपालु मिस्त्री र कामदार रानीले आफ्नै माइती सिंगाहीबाटै कलुवारहरु (भारतीय एक जाती समुह) ल्याएकी थिइन्। रानीमहलको आधा किलोमिटर दख्खिन तिनीहरूको बस्ती पनि बसाइन्। जसलाई कलुवापुर गाउँ र राजमहललाई कलुवापुरको दरबार भनियो। यसको दुरदराजमा भने पहिल्यैदेखि कठरिया समुदायको बाक्लो गाउँबस्ती थियो। डंगौराहरु दाङबाट आउन जारी थियो। पछि राजाको मृत्युपश्चात् जेठी रानी चन्द्रकुमारी राजासंगै पदमपुर गाउँको उत्तरस्थित गौढी(गाउँ भरिको गाइवस्तु जम्मा गर्ने ठाउँ) मा सती गइन्। जसअनुसार अहिले त्यो वरिपरिको स्थानलाई सत्ती भनियो । आजभोलि त्यहाँ बाक्लो बस्ती छ। जसलाई सत्ती बजार पनि भनिन्छ। रानी पद्माकुमारीले बि.सं.१९५३ तिर आफ्नो मौजा वरिपरिको सुख्खा जमिनलाई सिंचाइ गराउनका लागि आफ्नो मौजावाला रैतीकिसानहरुको मद्दत लिएर कौडियार नदीको मालझुल भन्ने ठाउँबाट मुहान बनाइ पदमपुर सम्म कुलो खनाउन लगाइन। नेपालको इतिहासमा यो नै बेगारी (जनश्रमदान) प्रथाबाट खनाइएको पहिलो कुलो हो । पछि रानी पद्माकुमारीले बि.सं.१९५३ तिर आफ्नो मौजा वरिपरिको सुख्खा जमिनलाई सिंचाइ गराउनका लागि आफ्नो मौजावाला रैतीकिसानहरुको मद्दत लिएर कौडियार नदीको मालझुल भन्ने ठाउँबाट मुहान बनाइ पदमपुर सम्म कुलो खनाउन लगाइन। नेपालको इतिहासमा यो नै बेगारी (जनश्रमदान) प्रथाबाट खनाइएको पहिलो कुलो हो । यो बेगारी गरी कुलो खन्ने तत्कालीन थारु रैती किसानहरुमा .मेरो आजा (बराजु) बर्कागुर्वा दुर्गा पर्साद जोगी थारु, रगरगञ्ज (हाल नुक्लिपुर), .टुरु दहिट्वा,रगरगञ्ज (नुक्लिपुर) र .बर्कागुर्वा रामफल थारु (पदमपुर)को नाम मात्रै ज्ञात् छ। वरिपरिका पुराना बृद्ध थारुहरुले यस कुलोलाई कुक्कुर पुज्वा कुल्वा,बर्का कुल्वा र रानी कुल्वा पनि भन्ने गर्दछन्। पछि रानीले महलबाट धनमाल र सेवादारसहित माइती फर्किनलाई कौडियारको खैरीघाट (हालको दौलतपुरघाटदेखि तल) बाट जहाज (पानीमा चल्ने किस्ती,डुङ्गा) लग्दै गर्दा अधिक भार भइ पानीमा जहाज डुबेको थियो।राजपरिवारका सदस्य सहित पानीमा डुबेको यो नै पहिलो नेपाली "टायटानिक" हो। अहिले त्यो ठाउँलाई स्थानीयले जहाजबुर्ला (जहाजडुबुवा) भन्छन्। यी राजारानीका वंशज कृष्णबहादुर शाही (बर्दिया) हाल काठमाडौंमा जिवितै छन्। रानी पद्मकुमारीको पालामा अरु पनि सामाजिक कार्यहरु भएका छन्। बर्दियामा पद्मकुमारी मा.वि.मुख्याजयपुर (राजापुर न.पा.),भैरबनाथ मन्दिर (राजापुर बजार) मा र नैनादेवी मन्दिर, धनगढीमा मुख्य मानिन्छ। यस्तो ऐतिहासिक तथा महत्त्वपूर्ण ब्यक्तित्वको इतिहास अनि निर्माण भएका महत्त्वपूर्ण स्थानलाई संरक्षण, सम्वर्द्धन र ब्यवसायीकरण गर्न धनगढी उ.म.न.पा., टिकापुर न.पा.र राजापुर न.पा.ले सुचिकृतको लागि पहल गर्न अत्यन्तै जरुरी छ। साथै सुप. प्रदेश सरकार,लुम्बिनी प्रदेश सरकार र कर्णाली प्रदेश सरकारको पनि नजर र दायित्व हुनै पर्दछ। केन्द्र सरकारले राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिंचाइ आयोजनामा रानी कुलालाई समावेश गरे ता पनि योसंग जोडिएका अरु ऐतिहासिक दस्तावेजिकरण गरेको पाइन्न।नेपाली इतिहासमा यस रानीमहललाई कलुवापुर दरबार भनेर उल्लेख गरेको बाहेक अरु बेलिबिस्तार कहीँकतै नलेखिएको इतिहासकारहरुले बताउँछन्।  आफ्नो दूरदर्शी तत्वज्ञान र अथक भागरथ प्रयासले कैलाश-मानसरोवरको पवित्र गंगाजल (कर्णाली)लाई बस्ती बस्तीसम्म सिंचित गराउने धार्मिक पुन्यात्मा "जलकी देवी महारानी पद्मावती" लाई मेरो हृदयदेखि शत् शत् नमन्। सबै तस्विर सौजन्य लेखकबाट लेखक सु.प. सभा कैलाली १(२) सदस्य हुनुहुन्छ  

चिट्ठा प्रणालीबाट चुनिन्छन् महिला बरघर, निरन्तरता दिन गाह्रो 

चिट्ठा प्रणालीबाट चुनिन्छन् महिला बरघर, निरन्तरता दिन गाह्रो 

२४८ दिन अगाडि

|

२३ पुष २०८१

प्रत्येक वर्ष माघको अवसरमा चयन गरिने बरघर प्रणालीमा लामो समय कि एकैजसो व्यक्तिको हातमा छ, कि चिट्ठा प्रणालीबाट बरघर चुनिन थालेका छन् । यसरी चिट्ठा प्रणालीबाट बरघरमा महिला तथा युवा आउने गरेकोमा लामो समय पदमा टिक्न गाह्रो अवस्था रहेको अनुभव बाँडेका छन् । ढिलो गरी प्राप्त समाचारअनुसार बाँकेको कोहलपुरमा पुस १७ र १८ गते आयोजित ‘महिला तथा युवा बरघरहरुलाई प्रशिक्षण’ कार्यक्रममा तिनीहरुले आफ्नो अनुभव शेयर गरेका हुन्  । यूएसएड, नागरिक सञ्चार CSM को आर्थिक सहयोग, द एशिया फाउण्डेशनको सहकार्य तथा दाङ, लमहीस्थित थारु साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रायः बरघरहरुले चिट्ठा प्रणालीबाट बरघर चयन दिगो समस्याको समाधान नभएको बताएका हुन् । बर्दिया, बारबर्दिया नगरपालिका–७, मरघट्टीकी बरघर गीता चौधरी गएको वर्ष चिट्ठा प्रणालीबाट बरघर चुनिएकी हुन् । महिला बरघर हुने भएपछि पोथी बासेको सुहाउन्न भनेर केहीले खिसी गरेको तीतो अनुभव पनि छ उनीसंग । उनलाई फेरि बरघर बन्न मन त छ । तर, चिट्ठा प्रणालीबाट बरघर चुन्ने परम्परा बसिसकेकाले आफूले पुनः दावी गर्न सक्ने अवस्था नभएको उनको भनाई छ । कार्यक्रममा सहभागी उनले भनिन्, गाउँको नेतृत्व सबैले पाउनुपर्छ भन्ने बुझाइ छ । तर, मन नभएकोलाई चिट्ठा पर्दा बरघर नाम मात्रको पनि भएका छन् । दाङ, लमही नपा–८, धनपुरवा गाउँकी बरघर सीता चौधरीले पनि उस्तै अनुभव सुनाइन् । चिट्ठा प्रणालीबाट उनको नाम बरघरमा निस्किएपछि दोह्र्याएर चिट्ठा हाल्न केहीले जोड दिएका थिए । कारण खेतीपाती नगर्ने उनको परिवार मजदुरी गर्छ । उनले कसरी समय देलिन् भन्ने धेरैको आंशका थियो । तर पुरुषभन्दा राम्ररी गाउँ चलाएको गाउँलेहरुको मूल्याङ्कन छ । उनले भनिन्, जिम्मेवारी लिएको पहिलो वर्ष त सिक्दै लाग्छ । समाजसेवामा बल्ल रुचि बढ्न थालेको हुन्छ, पद छोड्नु पर्ने अवस्था आइसक्छ । उनको गाउँमा प्रत्येक वर्ष माघ ३ गते बरघर चयन हुन्छ । उनले अगाडि भनिन्, चिट्ठा प्रणालीबाट बरघर चयन भए कुनै दुःखेसो छैन तर पुनः जिम्मेवारीका लागि आग्रह भए पछि हट्दिन । बाँके, राप्तीसोनारीकी युवा किरण कुमारी थारुले गाउँलेले चाहेमा आफूजस्ता युवाहरु गाउँको नेतृत्व गर्न तयार रहेको धारणा राखिन् । एक सहकारीमा आवद्ध बाँके, राप्तीसोनारीकी अर्की युवा टीका थारु महिला हक, अधिकारका लागि बलियो आवाज उठाउँछिन् । उनले आमाको नामबाट नागरिकता निकालेकी छिन् । उनले भनिन्, गाउँको नेतृत्व पुरुषले दयाले दिनुभन्दा महिलाहरुले अग्राधिकारको रुपमा दावी गर्न सक्नुपर्छ ।   आयोजक थारु साहित्य–संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाले प्रतिष्ठानले परियोजनाअन्तर्गत केही महिना बरघरमा समावेशिता खोजे पनि यो अभियान दीर्घकालीन हुनुपर्ने धारणा राखे । प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज चौधरी सर्वहारी तथा अनुसन्धानकर्मी शेखर दहितले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । प्रतिष्ठानका फिल्ड अधिकृतद्वय विमला चौधरी तथा निरन्जन चौधरीले महिलाहरु थारु गाउँको नेतृत्वमा आउन चाहना राखे पनि राम्रो समन्वय नभइरहेको बताएका थिए । मुक्तिपछि स्थापित नयाँ गाउँमा महिला बरघरहरु बढ्दै गए पनि पुराना गाउँमा परम्परागत ढंगकै नेतृत्व हावी रहेको बताइएको थियो । 

जुम्लामा  लोकवार्तासम्बन्धि दुई दिने कार्यक्रम हुँदै

जुम्लामा  लोकवार्तासम्बन्धि दुई दिने कार्यक्रम हुँदै

३२४ दिन अगाडि

|

७ कात्तिक २०८१

कर्णालीकेन्द्रीत लोकवार्ता परिषद् नेपालको १३औं संगोष्ठीको पाँचौ दिन कार्तिक ७ गते विहीवार जुम्लाको सदरमुकाम होटल दौंतरीमा रइनपाइचान कार्यक्रमअन्तर्गत सञ्चारकर्मीलगायत लेखक, जनप्रतिनिधिहरुसंग साक्षात्कार गरिएको छ । कार्यक्रममा जुम्लाको तातोपानीमा कार्तिक ८ गते तथा सिंजामा ९ गते गरी दुई दिन कार्यक्रम हुने लोकवार्ता परिषद् नेपालका महासचिव प्राडा धु्रवप्रसाद भट्टराईले जनाए । उनले १३औं संगोष्ठीमा ९० वटा कार्यपत्र प्राप्त भएकोमा ९० प्रतिशत कर्णाली क्षेत्रकेन्द्रीत रहेको जानकारी दिए ।  कार्यक्रममा पुस्तान्तरण नभएर हराउने चिन्ता भएकाले अभिलेखीकरणमा पछि परेको कर्णालीको लोकसंस्कृति जगेर्ना गर्न जुम्लाका युवाहरुले आग्रह गरे । कर्णालीको जुम्लामा लोकवार्ताबारे यो ऐतिहासिक जमघट भएको जनाउँदै रारामात्रै घुमेर नजान आग्रह गरे ।   कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले प्रतिष्ठानको पुस्तकालयमा कर्णाली कर्नर खोलेकाले कर्णालीका बारेमा लेखिएका पुस्तक उपलब्ध गराइ दिन आग्रह गरे ।   प्राडा माधव पोख्रेलले कर्णाली जीवन्त संग्रह रहेको धारणा राख्दै  लोकको चिनारी बोक्ने गाउँकै ब्यक्ति भएकाले आफूहरु यहाँ सिकाउन भन्दा सिक्न आएको बताए ।  डा कुलराज निरौलाले लकर्णालीको लोकसंस्कृति जोगाउन यही क्षेत्र जाग्नुपर्छ भन्ने धारणा राखे । लोकवार्ता परिषद् नेपालका उपाध्यक्ष मनोहर लामिछाने तथा उपमहासचिव डा धनेश्वर नेपाल कर्णाली क्षेत्रमा कार्यक्रम गरिनुपर्छ भन्नेमा आफूहरु यही क्षेत्र भएकाले जोड गरेको बताए ।  कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले सबैलाई स्वागत गर्दै लोकसंस्कृतिका अध्येताहरुलाई जुम्लामा जहिले पनि स्वागत रहने धारणा राखे । कार्यक्रमका स्थानीय संयोजक राजबहादुर कुँवरले समग्र कर्णाली तथा खास गरी जुम्ला चिनाउन लोकवार्ता टोलीका अभियन्ताहरुलाई आग्रह गरे । उता गायिका पञ्चकली बुढाले कर्णालीबारे सुमधुर गीत प्रस्तुत गरेकी थिइन् ।  लोकवार्ता परिषद् नेपालका अध्यक्ष भवेश्वर पंगेनीको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण महेश नेपालीले गरेका थिए ।  कालिकोटको मान्ममा पनि संगोष्ठी सम्पन्न यसैगरी, कार्तिक ६ गते कालिकोटको मान्मस्थित जिल्ला समन्वय समितिमा संगोष्ठी भएको थियो । त्यहाँ मोतीराज बमले कर्णालीमा प्रचलित ढुस्को खेलबारे, धनजित शाहीले खाँडीचक्रको ऐतिहासिकताबारे, प्रदेश सांसद हिक्मत बहादुर शाहीले एक विराट व्यक्तित्वः नरहरिनाथबारे कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै, वेदप्रसाद पाण्डेले कर्णालीमा प्रचलित आशिका परम्पराबारे, दुर्गा काफ्लेले कालिकोटको लोकसंस्कृति तथा लोकसाहित्यबारे, शान्ति अधिकारीले कर्णालीको लोकसंस्कृतिको पोकोबारे, डा माधवप्रसाद लामिछानेले नाथ परम्परामा तन्त्रमन्त्रबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र सत्रको अध्यक्षता प्राडा कुसुमाकर न्यौपानेले गरेका थिए ।  कार्यक्रममा सांस्कृतिक अभियन्ता शान्ति अधिकारी, मनबहादुर विश्वकर्मा, चित्रसिह गाउँलेलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद हिक्मत बहादुर शाहीले सम्मान गरेका थिए । कार्यक्रम सुरु हुनुअघि स्थानीय कलाकारबाट हुड्केली नृत्यका साथ आयोजकबाट मान्म बजार परिक्रमा गरिएको थियो ।  कार्तिक ८ गते जुम्लाको तातोपानीमा संगोष्ठी कार्यक्रम रहेको छ । कार्यक्रम कार्तिक १२ गते रारा घोषणापत्र जारी गर्दै समापन हुनेछ । कर्णालीकेन्द्रीत लोकवार्ता परिषद् नेपालको १३औं संगोष्ठीको समुद्घाटन कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलबाट कार्तिक ३ गते सुर्खेतको वीरेन्द्रनगरमा गरेका थिए ।

कर्णालीका मुख्यमन्त्री कँडेलबाट लोकवार्ता परिषदको १३औं संगोष्ठी समुद्घाटन

कर्णालीका मुख्यमन्त्री कँडेलबाट लोकवार्ता परिषदको १३औं संगोष्ठी समुद्घाटन

३२८ दिन अगाडि

|

३ कात्तिक २०८१

कर्णालीकेन्द्रीत लोकवार्ता परिषद् नेपालको १३औं संगोष्ठीको समुद्घाटन कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलबाट कार्तिक ३ गते सुर्खेतको वीरेन्द्रनगरमा भएको छ । मध्यपश्चिम विश्वविद्यालयको ग्रेजुयट स्कूल अफ साइन्स एण्ड टेक्नोलोजीको सभाकक्षमा भएको समुद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले यथाशिघ्र कर्णाली प्रज्ञा प्रतिष्ठान गठन गर्ने प्रक्रिया अघि बढाइने जनाए । उनले लोकवार्ता परिषदको संगोष्ठीबाट प्राप्त महत्वपूर्ण निचोडले कर्णाली क्षेत्रको लोकसंस्कृति जोगाउन कोशेढुंगा सावित हुनेमा आफू आशावादी रहेको बताए । सुर्खेतबाट सुरु भएको लोकवार्ता परिषद् नेपालको १३औं संगोष्ठी दैलेख, कालिकोट, जुम्ला र मुगुको विभिन्न स्थानमा कार्तिक १२ गतेसम्म चल्ने आयोजक पक्षले जानकारी दिएको छ ।  कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा मधुसुदन गिरीले कर्णाली क्षेत्रमा अझै पनि भाषिक, सांस्कृतिक, सामाजिक, मानवशास्त्रीय अध्ययन हुन नसकेको धारणा राखे । अभौतिक विकास पनि विकास हो भन्ने शासकहरुले बुझ्न नसकेको उनको आरोप थियो ।  वीरेन्द्रनगर नगरपालिकाकी मेयर मनमाया ढकालले लोकवार्ता संगोष्ठीले कर्णाली प्रदेशलाई चिनाउन धेरै मद्दत गर्ने विश्वास लिएको बताइन् । सुर्खेतको कार्यक्रम संयोजक डा दीपक गौतमले आफूले करिब २१५ वटा कार्यक्रम गरेकोमा लोकवार्ता परिषद्को १३औं संगोष्ठी खास रहेको बताए ।  कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, लोकवार्ता परिषद् नेपालका निवर्तमान अध्यक्ष डा प्रेम खत्री लगायतले शुभकामना मन्तव्य दिएका थिए ।   कार्यक्रममा लोकगायक गंगाबहादुर केसी, वाद्यवादक प्रेमदेव गिरी, नृत्यनिर्देशक कुलमान नेपालीलाई आयोजकको तर्फबाट सम्मान पनि गरिएको थियो । साथै, लोकगायक केसी तथा डेउडा गायक यज्ञराज उपाध्यायले गीत गाएर मनोरञ्जन दिलाएका थिए । त्यस्तै, कार्यक्रममा डा दीपक गौतम लगायतको आधा दर्जन पुस्तक विमोचन भएको थियो । लोकवार्ता परिषद् नेपालका उपाध्यक्ष तथा १३औं संगोष्ठीका संयोजक मनोहर लामिछानेको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण परिषदका महासचिव डा ध्रुव भट्टराईले गरेका थिए ।  उद्घाटन सत्रपछि लोकवार्ता परिषद् नेपालका अध्यक्ष भवेश्वर पंगेनीको सभापतित्वमा कार्यपत्र सत्रको प्रस्तुति रहेको थियो । यस क्रममा डा प्रेम खत्रीले लोकवार्ता परिषद्को १२औं श्रृंखलासम्मको अनुभव, प्राडा माधवप्रसाद पोख्रेलले पौराणिक इतिहास, उपेन्द्र विकले जात प्रणालीले संस्कृतिमा परेको असर, यज्ञराज उपाध्यायले काली, कर्णालीको न्याउले गीतमा नवरस शीर्षकबारे कार्यपत्र प्रस्तुत गरे । त्यस्तै, रेशम विष्ट लोकरामायणबारे, मीना चौधरी तथा थानेश्वर लामिछानेले सुर्खेतमा थारु समुदायको पढाइको अवस्थाबारे, मानबहादुर चौधरी पन्नाले सुर्खेतका थारु गाउँको स्थाननामबारे, दलबहादुर शाहीले राज मलै बम्मको खाँडो प्रकाश परम्पराबारे यी लगायत अरु पनि कार्यपत्र प्रस्तुत गरेका थिए । गोष्ठी सत्रको सहजीकरण थानेश्वर लामिछानेले गरेका थिए । उद्घाटन सत्र लम्बिदा कार्यपत्र प्रस्तोताहरुलाई समयाभाव भएको एक प्रस्तोताले बताए ।  असोज ४ गते दैलेखको दुल्लुमा कार्यक्रम रहेको छ (हेर्नुहोस् अन्य दिनको कार्यक्रमको सूची) ।