प्रधानमन्त्री देउवाको उम्मेदवारी खारेजीको माग गर्दै पर्याे उजुरी, नागरिकता र मतदाता नामावलीमा बेमेल !

प्रधानमन्त्री देउवाको उम्मेदवारी खारेजीको माग गर्दै पर्याे उजुरी, नागरिकता र मतदाता नामावलीमा बेमेल !

१३८९ दिन अगाडि

|

२४ असोज २०७९

रेशम र लक्ष्मण थारूको उम्मेदवारीविरुद्ध उजुरी

रेशम र लक्ष्मण थारूको उम्मेदवारीविरुद्ध उजुरी

१३९० दिन अगाडि

|

२४ असोज २०७९

नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका रेशमलाल चौधरी र लक्ष्मण चौधरी थारू विरुद्ध उजुरी परेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बर्दिया निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका रेशमलाल र कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका लक्ष्मण चौधरीविरुद्ध उजुरी परेको हो । रेशमको मनोनयनविरुद्ध माओवादी केन्द्र निकटका उम्मेदवारले उजुरी दिएको बताइएको छ । त्यस्तै, लक्ष्मण चौधरीविरुद्ध धनगढी उपमहानगरपालिका १५ ठेगाना रहेका स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले उजुरी दिएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिए । आइतबार उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध आज सोमबार १० देखि ३ बजेसम्म दाबी विरोधको समय तोकिएको थियो । टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट दोषी ठहर भइ जेल जीवन बिताइरहेका रेशमलाल र फरार सूचीमा रहेका लक्ष्मण चौधरीले वारेस नाममार्फत उम्मेदवारी दिएका थिए । टीकापुर घटना सम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ ।  २०७४ को निर्वाचनमा रेशमलाल चौधरीले कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए । लक्ष्मण चौधरी कैलाली कारागारबाट कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका थिए । मंगलबार उजुरीउपर जाँचबुझ गर्ने बताइएको छ । ५ प्रतिनिधि र १० प्रदेश सभा निर्वाचन क्षेत्र रहेको कैलालीमा ४८ जनाले प्रतिनिधि सभा र ९६ जनाले प्रदेशसभा सदस्यको लागि उम्मेदवारी दिएका छन् ।

कैलालीका  बाढी पीडितको बिचल्ली

कैलालीका  बाढी पीडितको बिचल्ली

१३९० दिन अगाडि

|

२४ असोज २०७९

कैलालीमा बुधबार रातिदेखिको अविरल वर्षापछि बाढीको खतरा बढेको छ । कर्णाली नदीमा पानीले खतराको तह पार गरेको छ । जल मापन केन्द्र चिसापानीको गेज रिडर पार्वती गुरुङका अनुसार कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ । वर्षा निरन्तर हुनुका साथै चिसापानीमा पानीको सतह बढ्दै गएकाले जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न अपिलसमेत गरिएको छ । कर्णालीमा पानीको सतह १०.८ पुगेमा खतरा तह पार भएको मानिन्छ । कर्णाली नदीको पानी रानीकुलामा पसेपछि रानीकुला भरिएको छ । रानीकुला बस्तीमा पसेपछि जानकी गाउँपालिका र टीकापुर नगरपालिकाका सयौँ घर डुबानमा परेका छन् । कर्णालीमा बाढी बढ्दा टीकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका प्रभावित हुने गरेका छन् । जानकी गाउँपालिकाको वडा नं ९ पाताभारमा बाढी पसेपछि सात परिवारलाई राष्ट्रिय मावि पाताभारमा राखिएको छ । रानीकुलामा पानीको बहाव बढेकाले वडा नं ९ कै धनुवाफाँटाका १८ घर छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । कुन्तीका बासिन्दालाई अरुणोदय मावि खैरीफाँटामा सारिएको छ । गाउँपालिकाले नदी बढ्दै गएकाले कुन्ती र मूतियाका नागरिकलाई सुरक्षित स्थानमा सर्न सूचना गरेको गाउँपालिकाले जनाएको छ । रानीकुलामा आएको बाढीले टीकापुर नगरपालिका वडा नं १ को शक्तिननगर, वडा नं  २ को विजयनगर र वडा नं ५ को वसन्ता, मनिकापुर, नुक्लीपुरका घरमा बाढी पसेको छ । वडा नं ८ का वनगाउँ, फाँटा, बञ्जरियाका घर डुबानमा परेका बताइएको छ । टीकापुर–५ को शाहीपुरमा रहेको तटबन्ध फुट्ने खतरा रहेकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारू बताउछन् । “बाढी आउने जोखिम बढ्यो, तल्लो क्षेत्रका नागरिक सार्ने काम सुरु गरेका छौँ, सबैलाई रातिको समयमा घर छाडेर सुरक्षित स्थानमा बस्न आग्रह गरेका छौँ”, उनले भने, “अब एकापसमा सहयोग गर्ने हो, सुरक्षित रहने काम गरौँ ।” कर्णाली नदीले खतराको तह पार गरेकाले जानकी गाउँपालिका जोखिममा परेको छ । पालिकाका तटीय क्षेत्रका नागरिकलाई सुरक्षित राख्ने काम भइरहेको गाउँपालिका अध्यक्ष गणेश चौधरी बताउनुभयो । “कर्णाली नदी तटमा रहेका नागरिकलाई सुरक्षित राख्न पालिकाले सबैलाई सूचना गरेको छ । प्रहरी तथा उद्धारमा खट्ने सबै संयन्त्रसँग समन्वय भइरहेको छ”, उनले भने, “बाढी पसेमा क्षति हुन्छ ।” प्रमुख जिल्ला अधिकारी किरण थापा तटीय क्षेत्रका पालिका प्रमुख, वडाध्यक्षसँग समन्वय भइरहेको र सुरक्षा निकायका सबै तह तयारीमा रहेका बताउनुभयो । “हामीले नदीले खतरा तह पार गरेपछि सम्बन्धित पालिकाका प्रमुखसँग सम्पर्क गरिरहेका छौँ”, उनले भने, “नदी फुटेमा बस्ती सखाप हुने जोखिम छ । तटबन्ध भइरहेका ठाउँमा नदी फुट्ने खतरा छ । त्यस क्षेत्रका नागरिकलाई सुरक्षित सर्न भनेका छौँ ।” भजनी नगरपालिकाको पथरैया नदी गाउँ पसेपछि सय बढी परिवार हुलाकी सडकमा तीन दिनदेखि बसिरहेका छन् । हुलाकी सडकमा बसिरहेकाहरू भोकभोकै वस्तुभाउसहित बस्नुपरेको छ । सडकमा बसेकाहरू निरन्तरको वर्षाका कारण चिसो तथा अन्य स्वास्थ्य समस्यासमेत सुरु भएको बताइएको छ । भजनीका स्थानीय जयप्रसाद ढुङ्गानाले सडकमा बसेकाहरूको बिचल्ली भएको बताए । उनले भोकभोकै पानीमा भिज्दै बाढीपीडित दिन काटिरहेका बताए । बाढीले भजनीमा सयौँ परिवारका घरखेत डुबानमा पर्नुका साथै भएका अन्नपात र लुगाकपडा भिजेर नष्ट भएका छन् । कर्णाली नदी अझै बढ्दै गएमा मोहना नदी थुनिने र भजनी नगरपालिका सबै डुबानमा पर्ने खतरासमेत बढेको छ । रासस

थरुहट नेता लक्ष्मण थारुद्वारा वारेसमार्फत उम्मेदवारी दर्ता

थरुहट नेता लक्ष्मण थारुद्वारा वारेसमार्फत उम्मेदवारी दर्ता

१३९१ दिन अगाडि

|

२३ असोज २०७९

धनगढी : अदालतको फरार सूचीमा रहेका थरुहट नेता लक्ष्मण थारुले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीमा उनले आइतबार वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।  कैलाली निर्वाचन क्षेत्र नं. ५ प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएका उनले धनगढीका स्थानीय बुन्दीलाल चौधरीमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । उनी नागरिक उन्मुक्ति पार्टीबाट चुनाव लड्न लागेका हुन् । टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट दोषि करार गरिएका उनी अदालतको फरार सूचीमा छन् । हाल टीकापुर घटना मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा उनी उम्मेदवारी दिएका हुन् । २०७४ को निर्वाचनमा नेता थारुले कैलाली कारागारबाटै चुनाव लडेका थिए । योसँगै नागरिक उन्मुक्ति पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नं. ५ (क) प्रदेश सभा सदस्यको लागि श्रीराम चौधरी र ख बाट गोठु चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।  

नवलपुर र बर्दियाका काँग्रेस समर्थक थारूहरूबाट बागीको तयारी  !

नवलपुर र बर्दियाका काँग्रेस समर्थक थारूहरूबाट बागीको तयारी !

१३९२ दिन अगाडि

|

२२ असोज २०७९

नवलपुरका काँग्रेस समर्थक थारुहरुले कम्तिमा पनि प्रत्यक्षतर्फ नवलपुर क्षेत्र नं २ क मा एकजना थारु समुदायका नेतालाई प्रदेश उम्मेदवार उठाउन पत्रकार सम्मेलन मार्फत् ध्यानाकर्षण गराएका छन्।  आम थारु नेपाली काँग्रेस पार्टी भेला आयोजक समितिका नवलपुरका संयोजक कमलराज गुरौबाट हस्ताक्षरित ५ बुँदे विज्ञप्ती जारी गर्दै शनिबार डण्डामा गरिएको पत्रकार सम्मेलन मार्फत उक्त ध्यानकर्षण  गराएका हुन्। बिगत भाद्र १४ गतेदेखि पार्टीलाई उम्मेदवारको नामावली सिफारिस पठाउँदासमेत पार्टीले बेवास्ता गरेको र आइतबार असोज २३ गतेसम्म पनि माग सम्बोधन नभए नवलपुरका थारु काँग्रेसहरु गम्भीर निर्णय लिने पत्रकार सम्मेलनमा बताइयो । यसै गरी बर्दिया २ को कुनै एक प्रदेशमा काँग्रेसबाट थारु समुदायले टिकट नपाए विद्रोह गर्न सकिने उम्मेदवार सिफारिस गरिएका मिनराज चौधरीले ढकियाखबरलाई बताएका छन् ।  काँग्रेस महासमिति सदस्य समेत रहेका मिनराज स्थानीय चुनावमा बर्दियाको गेरुवा गाउँपालिकाबाट अध्यक्षको आंकाक्षी थिए । तर प्रदेश सभामा लाने भन्दै उनलाई थामथुम पारियो । यसपाली बर्दिया २ प्रदेश सभा ख बाट मिनराजले टिकट पनि पाएका थिए । तर बर्दिया २ को संघीय तथा प्रदेशको दुबै सिट गठबन्धनको माओवादीलाई गएपछि काँग्रेसले सुरुमै हात धुनु पर्यो । बर्दिया २ बाट आंकाक्षी काँग्रेस सहमहामन्त्री किशोरसिंह राठौर बाँके ३ बाट संघीय उम्मेदवार भई आफूलाई सुरक्षित गराएका छन् । काँग्रेस महासमिति सदस्य मिनराज चौधरीले भने, ‘सबै कुरा केन्द्रले मात्रै थोपरेर हुँदैन । स्थानीय अवस्था पनि बुझ्नुपर्छ । निर्णय नसच्चिए विद्रोह गरेर स्वतन्त्र चुनाव लड्ने तयारी गरेका छौं ।’ बर्दियाका असन्तुष्ट काँग्रेस थारुहरुको शनिबार बैठक बसेको थियो । 

चुनावमा रेशम चौधरी र लक्ष्मण थारू ‘कन्फर्म’, यस्ता छन् नागरिक उन्मुक्ति पार्टीका अन्य उम्मेदवार 

चुनावमा रेशम चौधरी र लक्ष्मण थारू ‘कन्फर्म’, यस्ता छन् नागरिक उन्मुक्ति पार्टीका अन्य उम्मेदवार 

१३९२ दिन अगाडि

|

२२ असोज २०७९

नागरिक उन्मुक्ति पार्टीले  मुख्य पकड रहेको कैलाली, कञ्चनपुर, बर्दिया र दाङमा उम्मेदवार टुङ्गो लगाएको छ । आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रत्यक्षतर्फ यी जिल्लाबाट उम्मेदवार हुनेको नाम करिब–करिब टुङ्ग्याएको सो पार्टीले जनाएको छ । रेशम चौधरी बर्दिया २ बाट २ वटा निर्वाचन क्षेत्र रहेको बर्दियाको निर्वाचन क्षेत्र नं २ बाट संघीय तर्फबाट पार्टीका सर्वोच्च कमाण्डर रेशम चौधरी, प्रदेश क बाट धर्मबहादुर चौधरी, प्रदेश ख दर्पण कुसुम्या रहेका छन् । कुसुम्या चर्चित गायक हुन् बर्दिया क्षेत्र न १ डा प्रदीप ढकालको नाम चर्चामा आए पनि कान्तिपुर दैनिकमा लामो समय पत्रकारिता गरेका ठाकुरसिंह थारुले बाजी मारेका छन् ।  यस क्षेत्रमा संघीयबाट पत्रकार थारुबाहेक प्रदेशबाट भने टुंगो लागेको छैन । कैलालीमा को को ? पार्टी प्रवक्ता दामोदर पण्डितका अनुसार ५ वटा निर्वाचन क्षेत्र रहेको कैलाली–१ बाट रेशम चौधरीकी पत्नी तथा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी संघीयबाट तथा प्रदेश क बाट पार्टीका जिल्ला अध्यक्ष कैलाश चौधरी, प्रदेश ख बाट पार्टीका संगठन विभाग प्रमुख लक्ष्मणकिशोर चौधरी रहेका छन् । त्यस्तै, क्षेत्र नं २ बाट संघीयतर्फ अरुण चौधरी, प्रदेश क बाट रतन थापा र प्रदेश ख बाट रामेश्वर चौधरी रहेका छन् । रतन थापा एमाले कैलालीका निवर्तमान जिल्ला अध्यक्ष तथा निवर्तमान प्रदेश सांसद हुन् भने रामेश्वर चौधरी पेट्रोल पम्पका मालिक हुन् । उता क्षेत्र नं ३ बाट संघीयतर्फ गंगा चौधरी, प्रदेश क बाट घनश्याम चौधरी उम्मेदवार रहेका छन् भने प्रदेश ख बाट नाम टुंगो लागेको छैन । यहाँबाट इन्दु थारुको नाम कन्फर्म भए पनि उनलाई अहिले समानुपातिक तर्फको बन्द सूचीमा राखिएको छ । क्षेत्र नं ४ बाट संघीय तर्फ पूर्व सांसद कैया चौधरी प्रदेश क बाट राजेन्द्र देवकोटा तथा प्रदेश ख बाट कमलराज भट्ट उम्मेदवार रहेका छन् ।  सरकारले टीकापुर घटनामा संलग्नविरुद्धका मुद्दा फिर्ता लिने निर्णय गरेसँगै कैलाली क्षेत्र नं ५ बाट संघीयबाट लक्ष्मण थारुलाई उम्मेदवार बनाएको छ । त्यस्तै, क्षेत्र नं ५ प्रदेश क बाट श्रीराम चौधरी, प्रदेश ख बाट गोठुराम चौधरी रहेका छन् । कञ्चनपुर जिल्लाबाट यी हुन् उम्मेदवार ३ निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लाबाट  नागरिक उन्मुक्ति पार्टीले क्षेत्र नं १ बाट पार्टीका जिल्ला अध्यक्ष नन्दकुमार रानालाई संघीय सांसदको उम्मेदवार तय गरेको छ । क्षेत्र नं २ बाट डा फूलराम चौधरी तथा ३ बाट मुन्नी चौधरीलाई उम्मेदवार बनाउने तयारी भए पनि अझै कन्फर्म हुन सकेको छैन । डा फूलराम चौधरीकी धर्मपत्नी गीता चौधरी सुदूरपश्चिम प्रदेशबाट नेपाली काँग्रेसको तर्फबाट प्रदेशसभाको समानुपातिकमा पहिलो नम्बरमा परेपछि उनी दोधारमा परेका छन् ।  दाङबाट सुरेन्द्र चौधरी दाङदेउखुरीबाट संघीयबाट प्रत्यक्षतर्फ क्षेत्र नं १ मा सुरेन्द्र चौधरी, क्षेत्र नं २ मा रेशम चौधरी तथा क्षेत्र नं ३ मा कुमार चौधरी उम्मेदवार भएका छन् । सुरेन्द्र चौधरीका अनुसार क्षेत्र नं १ मा प्रदेश क तर्फ रन्जित चौधरी तथा प्रदेश ख तर्फ भक्ति चौधरी रहेका छन् ।  समानुपातिक तर्फको उम्मेदवारहरुको शनिबार बेलु्कासम्म टुंगो लाग्नेछ । 

काँग्रेसबाट संघीय चुनावमा प्रत्यक्षतर्फ ५ जना मात्रै थारू उम्मेदवार

काँग्रेसबाट संघीय चुनावमा प्रत्यक्षतर्फ ५ जना मात्रै थारू उम्मेदवार

१३९२ दिन अगाडि

|

२२ असोज २०७९

नेपाली काँग्रेसबाट संघीय चुनावमा प्रत्यक्षतर्फ ५ जना मात्रै थारु उम्मेदवारले टिकट पाएका छन् । टिकट पाउनेमा पटक पटक मन्त्री भैसकेका नेताहरु मात्रै छन् । टिकट पाउनेमा प्रदेश १ अन्तर्गत सुनसरी–३ बाट विजयकुमार गच्छदार तथा मधेस प्रदेस अन्तर्गत सप्तरी–४ बाट तेजुलाल चौधरी, बारा–१ बाट उमाकान्त चौधरी तथा पर्सा– ३ बाट सुरेन्द्रप्रसाद चौधरी रहेका छन् । त्यसै गरी सुदूरपश्चिम प्रदेशबाट कैलाली–१ बाट रामजनम चौधरी रहेका छन् । तर थारु बाहुल्य रहेको लुम्बिनी प्रदेशबाट संघीय चुनावमा प्रत्यक्षतर्फ कसैले टिकट पाएनन् । लुम्बिनी प्रदेशबाट संघीय चुनावमा प्रत्यक्षतर्फका एक आंकाक्षी ढकियाखबरसँग भन्छन्, ‘पार्टीले थारु बाहुल्य रहेको लुम्बिनी प्रदेशमा थारु नेताहरुलाई अन्याय गर्यो ।’ काँग्रेसबाट समानुपातिक सूचीमा को को ? काँग्रेसको प्रतिनिधि सभा समानुपातिक सूचीमा थारू कोटाबाट पुरुषमा योगेन्द्र चौधरी (दाङदेउखुरी) र महिलामा कल्पना चौधरी (सुनसरी) पहिलो नम्बरमा परेका छन् ।  थारुतर्फ पुरुषमा योगेन्द्र चौधरी, चुम नारायण तवेदार, फिरु राना तथा महिलातर्फ कल्पना चौधरी, विना थनेत, जीवन राना थारु, सुशीला चौधरी रहेका छन् । असोज ११ गते पहिलो पटक सार्वजनिक गरिएको सूचीमा थारु कोटातर्फ ६ जनामा कैलालीबाटै ३ जनाको नाम समावेश थियो । तर बुधबार निकालिएको अन्तिम सूचीमा ७ जना समावेश गरिएकोमा कैलालीकी जीवन राना मात्रै अँटाएकी छिन्, त्यो पनि तेश्रो नम्बरमा । त्यसैले जीवन राना पनि छानिने, नछानिनेमा अप्थ्यारो स्थिति देखिएको छ ।  महिलामा चौथो नम्बरमा रहेकी सुशीला चौधरी (दाङदेउखुरी) को छानिनेमा कुनै गुञ्जायस देखिदैन । किनकि एउटै जिल्लाबाट योगेन्द्र चौधरी छानिइसकेपछि महिला कोटाको पुछारमा रहेकी उनको सम्भावना न्यून छ । यसअघि कैलालीबाट समावेश भएका खेम डंगौरा चौधरी र रामकुमारी चौधरीको नाम हटेको छ । यसअघि सूचीको ९८ औं नम्बरमा रहेका काँग्रेस कैलाली उपसभापति समेत रहेका डंगौरा चौधरी थारु कोटाको दोस्रो नम्बरमा थिए । जिल्ला उपसभापति डंगौरा चौधरीले सूचीमा अझै हेरफेर हुन सक्ने सम्भावना रहेको बताएका थिए । विडम्वना हेरफेरमा उनी नै परे । पुरुषमा चुम नारायण तवेदार र फिरु राना समेटिएका छन् । थारु कोटामा ४ सिट पर्ने भएपनि सो सूचीमा ७ जना थारु समुदायबाट नाम समावेश भएको छ । त्यस अनुसार २ पुरुष, २ महिला छानिने छन् । तर यदि प्रत्यक्षबाट महिला थोरै चुनिएमा पहिलो नम्बरमा रहेका पुरुष योगेन्द्र चौधरी मात्रै समेटिएर बाँकी ३ जना महिला परे जीवन राना पनि सांसद हुने भाग्यमानी हुन सक्छिन् ।