अन्ततः लक्ष्मण थारूको उम्मेदवारी खारेज

अन्ततः लक्ष्मण थारूको उम्मेदवारी खारेज

१४७८ दिन अगाडि

|

२५ असोज २०७९

यी दंगालीहरूको प्रतिनिधि सभातर्फ समानुपातिकबाट सांसद हुने प्रवल सम्भावना !

यी दंगालीहरूको प्रतिनिधि सभातर्फ समानुपातिकबाट सांसद हुने प्रवल सम्भावना !

१४७९ दिन अगाडि

|

२५ असोज २०७९

मंसीर ४ को चुनावका लागि नेताहरु टिकट पाउन तँछाड मछाड गरे । धेरैले समानुपातिकमा आफूलाई सुरक्षित राख्न कोशिश गरे ।  यसै क्रममा दाङ जिल्लाबाट आपआफ्नो दलबाट अग्रस्थानमा प्रतिनिधि सभातर्फ समानुपातिक सूचीमा रहेका ६ जना सांसद हुने प्रवल सम्भावना बोकेका छन् । महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्राध्यापक सुदीप गौतमका अनुसार थारू समुदायबाट काँग्रेसका योगेन्द्र चौधरी र माओवादीकी अस्मा कुमारी चौधरी सांसद छानिने भाग्यमानी देखिएका छन् ।  योगेन्द्र चौधरी दाङ–१ क्षेत्रबाट काँग्रेसबाट प्रत्यक्षतर्फ सिफारिश भएका थिए । तर त्यहाँ गठबन्धनका तर्फबाट नेकपा एसका मेटमणि चौधरीले टिकट हात पारेपछि योगेन्द्र चौधरी समानुपातिकतर्फ सुरक्षित भएका हुन् ।  उपप्राध्यापक गौतमका अनुसार यी बाहेक एमालेकी मेनका कुमारी पोख्रेल, माओवादीकी नारायणी शर्मा तथा राष्ट्रिय जनमोर्चाका रश्मीराज नेपाली पनि सांसद छानिने प्रवल सम्भावना छ । मेनका पोख्रेल एमाले महासचिव शंकर पोख्रेलकी सहोदर बहिनी हुन् । त्यस्तै, समानुपातिकमा रहेकी नागरिक उन्मुक्ति पार्टीबाट पार्वती डिसी चौधरीको पनि सांसद छानिने सम्भावना प्रवल रहेको छ । उनी गत निर्वाचनमा काँग्रेसबाट समानुपातिक सांसद थिइन् । 

चुनावमा कलाकारः नायिका रेखा थापादेखि गायक दर्पण कसुम्यासम्म भए उम्मेदवार

चुनावमा कलाकारः नायिका रेखा थापादेखि गायक दर्पण कसुम्यासम्म भए उम्मेदवार

१४७९ दिन अगाडि

|

२४ असोज २०७९

कलाका विभिन्न विधामा संग्लग्न कलाकर्मीहरुलाई समेत राजनीतिक दलका आम नेता कार्यकर्तालाई जस्तै चुनाव लागेको छ । आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा भाग लिई आफ्नो पक्षमा जनमत परीक्षण गर्न कलाकर्मीसमेत उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् । २०७२ सालमा संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि कलाकर्मीले विभिन्न राजनीतिक पार्टी तथा स्वतन्त्र उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । कहाँबाट कुन कलाकारले गरे त उम्मेदवारी दर्ता ? रेखा थापा  अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापाले मोरङ–३ बाट उम्मेदवारी दर्ता गरेकी छिन् । केही अगाडिदेखि नै सो क्षेत्रका स्थानीयसँग घरदैलो गर्दै आएकी रेखाको क्षेत्रबाट गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका सुनिल शर्मा र एमालेको तर्फबाट भानुभक्त ढकालले उम्मेदवारी दिएका छन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यहाँबाट एमाले नेता ढकाल निर्वाचित भई स्वास्थ मन्त्रीसमेत भएका थिए ।  थुप्रै फिल्म अभिनय गरेकी रेखाको नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय अभिनेत्रीको अलावा निर्माता निर्देशकको परिचय छ । थापा आफ्नो क्षेत्रमा आफू अब्बल रहेको रहेको बताउँछिन् । कोमल वली  गायिका तथा नेकपा एमालेकी नेतृ कोमल वलीले प्रतिनिधि सभा सदस्यका लागि दाङ–३ बाट उम्मेदवारी दर्ता गरेकी छिन् । यस क्षेत्रमा वलीको प्रतिस्पर्धा नेपाली काँग्रेसका दीपक गिरीसँग हुनेछ । गायिका र उद्घोषकको राम्रो छविपछि राजनीतिमा होमिएकी वली आफू जित्ने बताउँछिन् । उनी यसअघि एमालेबाट राष्ट्रिय सभा सदस्य थिइन् ।  रोज राणा  नायक, निर्माता तथा निर्देशक रोज राणाले प्युठान १ ९ख० बाट प्रदेश सभा सदस्यका लागि नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गरेका छन् ।  डन, दादागिरी, दोस्ती, खलनायक लगायत करिब दर्जन फिल्म निर्माण गरेका राणाले ‘म छु नि तिम्रो’ फिल्ममा नायकको भूमिका निर्वाह गरेका छन् । फिल्मको निर्देशन समेत गरेका उनी लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छन् ।  मधुसुदन पाठक  हास्य श्रृंखला ‘सक्किगो नि’ मा ‘सिते बा’ को भूमिका निर्वाह गर्दै आएका कलाकार मधुसुदन पाठकले काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।  केही अगाडि स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानमा लागेका उनले भ्रष्टाचार र बेथितिविरुद्ध आफ्नो उम्मेदवारी दिएको बताएका छन् । सञ्जय श्रेष्ठ  गायक सञ्जय श्रेष्ठले प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं–६ बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् । लामो समयदेखि राप्रपामा रहेर विभिन्न गतिविधि गर्दै आएका श्रेष्ठले राप्रपाबाट टिकट नपाएपछि शनिबार मात्र राप्रपा छोडेको घोषणा गरेका थिए । श्रेष्ठले गत स्थानीय चुनाव सकिने बित्तिकै राप्रपाबाट काठमाडौं–६ मा उम्मेदवारी दिने घोषणा गरेका थिए ।  गायक श्रेष्ठले नेपाली साङ्गीतिक आकाशमा थुप्रै चर्चित गीत दिएका छन् । करण श्रेष्ठ ‘क्रेजी’  अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठ ‘क्रेजी’ प्रदेशसभा सदस्यका लागि काठमाडौं–१ को प्रदेश ‘ख’ तर्फ उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा०को तर्फबाट उम्मेदवार बनेका हुन् ।  ‘द मस्ट वान्टेड’, ‘जन्जिर’, ‘सम्झि दिए पुग्छ’, ‘२ दुना ५’, ‘ह्याप्पी न्यू इयर’, ‘पल्टन’ लगायत करिब दर्जन फिल्म अभिनय गरेका श्रेष्ठले आधा दर्जन फिल्म समेत निर्माण गरेका छन् । उनी पछिल्लो समय फिल्म वितरकको रूपमा सक्रिय छन् । मनोज पण्डित  फिल्म निर्देशक मनोज पण्डितले प्रतिनिधिसभा सदस्यका लागि काभ्रेपलाञ्चोक–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।  फिल्मका लेखक तथा समीक्षक समेत रहेका पण्डितले करिब आधा दर्जन फिल्म निर्देशन गरेका छन् । स्थानीय चुनावदेखि नै प्रचार थालेका उनले त्यस क्षेत्रमा एमालेका गोकुल बाँस्कोटालाई हराउने बताएका छन् । मदुकुमार श्रेष्ठ  अभिनेता तथा निर्माता मदुकुमार श्रेष्ठले नेपाली काँग्रेसबाट धादिङ–१ को प्रदेश क बाट उम्मेदवारी दर्ता गरेका छन् ।  २०७४ को निर्वाचनमा पनि श्रेष्ठ यसै क्षेत्रबाट चुनाव लडेका थिए तर पराजित भएका थिए । श्रेष्ठले केही फिल्म निर्माण तथा अभिनय गरेका छन् । उनले यसपाली आफूले चुनाव जित्ने विश्वास लिएका छन् ।  राज तिमिल्सेना   अभिनेता तथा निर्माता राज तिमिल्सेनाले हाम्रो नेपाली पार्टीको तर्फबाट काठमाडौं–२ प्रदेश क बाट उम्मेदवारी दर्ता गरेका छन् ।  फैसला, सिलसिला, हो माया हो, किन किन, तिमीले दिएको माया, मन मनै मन पराए, कसलाई आफ्नो भनौँ लगायत दुइ दर्जन फिल्ममा अभिनय गरेका तिमिल्सेना फैसला, सिलसिला, संघर्ष, भाइको माया, झोला, भोरलगायत करिब आधा दर्जन फिल्म निर्माण गरेका छन् ।  ५६ सालदेखि नृत्य, अभिनय, मोडलिङ रोजेका तिमिल्सेना म्युजिक भिडियो, टेलिफिल्म हुँदै ठुलो पर्दामा अभिनय थालेका थिए ।  दर्पण कुसुम्या गायक दर्पण कुसुम्या (प्रदेशी चौधरी) बर्दिया–२, प्रदेश क बाट प्रदेश सभाबाट उम्मेदवार भएका छन् । उनी नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार भएका हुन् । दर्पण कुसुम्या खास गरी थारू भाषाका धेरै गीतमा स्वर दिएका छन् । उनको ‘मदुवा’ गीतको सिरिज लोकप्रिय छ ।  रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको ढकिया चिन्हमा लहर आएकाले आफूले चुनाव जित्ने उनले विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री देउवाको उम्मेदवारी खारेजीको माग गर्दै पर्याे उजुरी, नागरिकता र मतदाता नामावलीमा बेमेल !

प्रधानमन्त्री देउवाको उम्मेदवारी खारेजीको माग गर्दै पर्याे उजुरी, नागरिकता र मतदाता नामावलीमा बेमेल !

१४७९ दिन अगाडि

|

२४ असोज २०७९

धनगढी : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध उजुरी परेको छ। सोमबार देउवाको निर्वाचन क्षेत्र डडेल्धुरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो।  नेपाली काँग्रेस (बिपी) का वरिष्ठ उपसभापतिसमेत रहेका डडेल्धुरामा प्रतिनिधि सभातर्फका उम्मेदवार कर्णबहादुर मल्लले देउवाको मनोनयन खारिजको माग गर्दै उजुरी पेस गरेका छन्। मल्लले देउवाको नेपाली नागरिकताको प्रतिलिपि र मतदाता नामावलीमा फरक-फरक जन्ममिति रहेको भन्दै उजुरी पेस गरेका हुन्। सोहीअनुसार देउवाको नागरिकतामा जन्ममिति विक्रम सम्वत् २००३ जेठ ३१ रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख रहेको खुलेको छ। ‘देउवाको नेपाली नागरिकता र मतदाता नामावलीमा देखिएको फरक-फरक मितिका कारण उनी प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार हुन अयोग्य भएकाले देउवाको मनोनयन खारिज गरि पाउन यो उजुरी गरेको छु’, मल्लले दिएको उजुरीमा भनिएको छ। मल्ल अघिल्लोपटक नेपाली काङ्ग्रेसबाट प्रदेश सभामा निर्वाचित भएका थिए। अहिले उनी बिपी कांग्रेसबाट देउवाविरुद्ध चुनावी मैदानमा छन्। यता, निर्वाचन अधिकृतको कार्यालयले भने यस विषयमा भोलिसम्म निर्णय लिइने जनाएको छ। उजुरी आएको पुष्टि गर्दै भोलिसम्म आवश्यक छानबिन तथा आगामी प्रक्रिया थालिने प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। उनले भने, ‘उजुरी आएको छ। उजुरीको समय अझै बाकी भएकाले तत्काल यस उजुरीबारे केही निर्णय भएको छैन। उजुरीको प्रकृतिअनुसार अब ऐन बमोजिम छानकिन प्रक्रिया अगाडि बढ्छ।’ उजुरीको प्रकृति हेरेर ऐनअनुसार प्रक्रिया अगाडि चल्ने उनको भनाइ छ। उम्मेदवारविरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानूनी व्यवस्था छ। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर उनकी पत्नी आरजु राणा देउवाले उम्मेदवारी दर्ता गराएकी थिइन्। देउवा डडेल्धुरा नआएपछि आरजुले वारेसनामामार्फत् चुनावी मनोनयनपत्र दर्ता गराएकी थिइन्।  संघमा एकमात्र क्षेत्र रहेको डडेल्धुरामा देउवा २०४८ सालयतादेखि अपराजित छन्। तर, अहिले देउवाविरुद्ध चुनावी मैदानमा नयाँ अनुहारहरु छन्। नेपाली कांग्रेसका पूर्वजिल्ला पार्टी सभापति कर्णबहादुर मल्ल र सागर ढकाल देउवाका प्रतिस्पर्धी हुन्। यस्तै एमालेबाट चक्र स्नेही देउवाविरुद्ध चुनावी मैदानमा छन्। 

थरुहट नेता लक्ष्मण थारुद्वारा वारेसमार्फत उम्मेदवारी दर्ता

थरुहट नेता लक्ष्मण थारुद्वारा वारेसमार्फत उम्मेदवारी दर्ता

१४८० दिन अगाडि

|

२३ असोज २०७९

धनगढी : अदालतको फरार सूचीमा रहेका थरुहट नेता लक्ष्मण थारुले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीमा उनले आइतबार वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।  कैलाली निर्वाचन क्षेत्र नं. ५ प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएका उनले धनगढीका स्थानीय बुन्दीलाल चौधरीमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । उनी नागरिक उन्मुक्ति पार्टीबाट चुनाव लड्न लागेका हुन् । टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट दोषि करार गरिएका उनी अदालतको फरार सूचीमा छन् । हाल टीकापुर घटना मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा उनी उम्मेदवारी दिएका हुन् । २०७४ को निर्वाचनमा नेता थारुले कैलाली कारागारबाटै चुनाव लडेका थिए । योसँगै नागरिक उन्मुक्ति पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नं. ५ (क) प्रदेश सभा सदस्यको लागि श्रीराम चौधरी र ख बाट गोठु चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।  

नागरिक उन्मुक्ति पार्टीको समानुपातिक सूचीमा प्रतिनिधि सभामा ६० जनाको नाम (नामावलीसहित)

नागरिक उन्मुक्ति पार्टीको समानुपातिक सूचीमा प्रतिनिधि सभामा ६० जनाको नाम (नामावलीसहित)

१४८१ दिन अगाडि

|

२३ असोज २०७९

नागरिक उन्मुक्ति पार्टीले समानुपातिक बन्दसूची बल्ल सार्वजनिक गरेको छ । जसमा प्रतिनिधि सभामा ६० र सुदूरपश्चिम प्रदेशमा २१ जनाको नाम सार्वजनिक गरिएको हो ।  सूचीमा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय कोषाध्यक्ष कोमल ज्ञवाली सुवेदी एक नम्बरमा छन् । त्यस्तै पूर्व सांसद हिमान्चल भट्टराई दुइ नम्वरमा तथा काँग्रेस सांसद पार्वती डिसी चौधरी तेस्रो नम्बरमा अँटाएकी छिन् ।  कैलाली–३ क बाट प्रदेश सभामा प्रत्यक्षतर्फ उम्मेदवार हुने चर्चामा रहेकी लेखिका इन्दु चौधरी थारू कोटाबाट प्रतिनिधि सभातर्फ पहिलो नम्बरमा परेकी छिन् । कैलाली १ मा प्रदेश सभाको प्रत्यक्षतर्फ आकांक्षी ललित ताम्राकार, स्थानीय चुनावमा टीकापुर नगरपालिकामा पराजित उल्कादेवी विक पनि समानुपातिक सूचीमा परेका छन् ।  प्रदेश सभामा पण्डित पहिलो नम्बरमा सुदूरपश्चिम प्रदेशमा २१ जनाको नामावली सार्वजनिक गरिएकोमा नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डित एक नम्बरमा तथा टीका थापा दोस्रो नम्बरमा छिन् । कैलाली १ मा प्रदेश सभा ख को प्रत्यक्षतर्फ आकांक्षी तीर्थराज बोहोरा पाँचौ नम्बरमा रहेका छन् ।  टीका थापा एमाले कैलाली जिल्लाका निवर्तमान अध्यक्ष रतन थापाकी श्रीमती हुन् ।  रतन थापा कैलाली २, क बाट प्रदेश सभामा प्रत्यक्षतर्फ उम्मेदवार छन् । हेर्नुहोस्ः नामावली सुदूरपश्चिम प्रदेश सभातर्फ प्रतिनिधि सभातर्फ 

देउखुरी उपत्यकामा साढे ३ हजार घर डुबानमा, धानबाली चौपट

देउखुरी उपत्यकामा साढे ३ हजार घर डुबानमा, धानबाली चौपट

१४८१ दिन अगाडि

|

२२ असोज २०७९

                                                                                                                                         तस्विरः इन्द्रजीत थारु  लगातारको झरीले दाङको देउखुरी उपत्यका जलमग्न भएको छ । ४ दिन लगातार वर्षाको कारण देउखुरी उपत्यका अधिकांश बस्ती डुबानमा परेको छ । साथै, धानबाली चौपट भएको छ । जिल्लाको आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार दाङमा अहिलेसम्म करिब साढे तीन हजार घर डुबानमा परेका छन् । देउखुरीको राप्ती नदी र आसपासका खोलाका कारण लमही नगरपालिकाका साथै राप्ती, गढवा र राजपुर गाउँपालिका विभिन्न बस्ती डुबानमा परेका हुन् ।  घर कम डुबान भए पनि सबैभन्दा बढी गढवा गाउँपालिका प्रभावित भएको स्थानीय पुरन चौधरीले बताए । चौधरीका अनुसार गढवा–५ को बोधीपुर, धर्मापुर, लोखरपुरवा, लालपुर र गढवा–७ कान्छीगाउँ, झारबैरा लगायतको बस्तीमा बाढी पसेको छ ।  लमही नगरपालिकामा सबैभन्दा धेरै बस्तीहरु डुबानमा परेको छ । लमही नगरपालिकामा १ हजार ३९५, राजपुर गाउँपालिका ८ सय, राप्ती गाउँपालिकामा ६ सय र गढवा गाउँपालिकामा साढे ६ सय घर डुबानमा परेका छन् । राप्ती नदीमा पानीको बहाव बढेकाले कालापानी, पिपरखुट्टी, बगरापुर, सगरापुर, पहरुवा, लट्ठहवा, डोंरही, सिसहनिया लगायतका गाउँ डुबानमा परेको स्थानीय शिवहरि चौधरीले बताए ।                                                                                                                                          तस्विरः इन्द्रजीत थारु  त्यस्तै बाढीका कारण २ सय बढी घर पूर्ण रुपमा भत्किएका छन् । त्यस्तै बस्तीमा पसेको बाढीका कारण २ सय ४० जनालाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ । दाङमा अहिलेसम्म करिब तीन हजार बढी घर डुबानमा परेका छन् । जिल्लाका आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार राप्ती, बबई नदी र अन्य खहरे खोलामा आएको बाढी बस्तीमा पस्दा ३ हजार ५ सय ३७ घर डुबानमा परेका छन् । दाङको देउखुरी उपत्यकाको लमही नगरपालिकामा सबैभन्दा धेरै बस्तीहरु डुबानमा परेका छन् । लमही नगरपालिकामा १ हजार ३९५, राजपुर गाउँपालिका ८००, राप्ती गाउँपालिकामा ६१० र गढवा गाउँपालिकामा ६६० घर डुबानमा परेका छन् । दाङमा अहिलेसम्म करिब तीन हजार बढी घर डुबानमा परेका छन् । जिल्लाका आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार राप्ती, बबई नदी र अन्य खहरे खोलामा आएको बाढी बस्तीमा पस्दा ३ हजार ५ सय ३७ घर डुबानमा परेका छन् ।                                                                                                                                            तस्विरः पुरन चौधरी  दाङको देउखुरी उपत्यकाको लमही नगरपालिकामा सबैभन्दा धेरै बस्तीहरु डुबानमा परेका छन् । लमही नगरपालिकामा १ हजार ३९५, राजपुर गाउँपालिका ८००, राप्ती गाउँपालिकामा ६१० र गढवा गाउँपालिकामा ६६० घर डुबानमा परेका छन् । शनिबार पानी पर्न रोकिएकाले डुबान परेका बस्तीमा पानीका सतह क्रमशः घट्दै गएको स्थानीय पत्रकार दशरथ घिमिरेले बताए । भारी वर्षाले खसेको पहिरोका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध हुनुका साथै विद्युतीय संरचनामा समेत क्षति पुगेको छ । पहिरोबाट दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर ढलेको छ । स्थानीयले मोवाइल समेत चार्ज गर्न पाएका छैनन् ।  यसैबीच पूर्व सांसद योगेन्द्र चौधरीले विपत्तिमा यो पार्टी र त्यो पार्टी नभनी देउखुरी उपत्यकाका बाढीपीडितलाई सक्दो सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।  उता लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत थारु बाढीपीडितको उद्धारमा आफै खटिए ।                                                                                                                                            तस्विरः पुरन चौधरी