ठुम्रार साहित्यिक बखेरीके ११२औं श्रृंखला निम्जल

ठुम्रार साहित्यिक बखेरीके ११२औं श्रृंखला निम्जल

२६१ दिन अगाडि

|

२६ माघ २०८२

टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करणः  थारू साहित्य विशेष हुने

टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करणः  थारू साहित्य विशेष हुने

२६२ दिन अगाडि

|

२५ माघ २०८२

टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’ विशेष संस्करणको रुपमा हुने भएको छ ।  टीकापुर साहित्य समाजले माघ २४ गते पत्रकार सम्मेलन गर्दै २०८२ चैत १३ देखि १५ गतेसम्म तीनदिने  ‘टीकापुर साहित्य महोत्सव तेस्रो संस्करण, थारू साहित्य तथा सांस्कृतिक उत्सव’ को आयोजना गर्ने घोषणा गरेको हो । ‘थारू भाषा तथा संस्कृति नेपालीको विशिष्ट मौलिक सांस्कृतिक परम्परा र पहिचान भएकोले यसको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्धेश्यले यो महोत्सवको आयोजन गर्न लागेको’ टीकापुर साहित्य महोत्सवका संस्थापक संयोजक साहित्यकार महेशविक्रम शाहले बताए ।  विशेष उत्सवका सातवटा सत्रहरूमा थारू समाज, थारू लोकसाहित्य तथा लोकसंस्कृतिका विविध आयामहरूमाथि बौद्धिक विमर्श तथा बहस हुनेछ । जसमा सुदूरपश्चिमको कन्चनपुरदेखि पूर्वको झापा सम्मका थारू लेखक, विज्ञ तथा अभियन्ताहरूको प्रतिनिधित्व हुनेछ ।  थारू साहित्य तथा सांस्कृतिक विशेष संस्करणमा थारू लोकसाहित्य तथा लोक संस्कृतिमाथि विहंगम चर्चा, परिचर्चा तथा बहस हुनुका साथै नेपाली भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, समाज, राजनीति, विकास, स्थानीय सरोकारका विषयहरूमाथि पनि संवन्धित विषय तथा क्षेत्रका अध्येता, विज्ञ, अभियन्ता, शोधार्थी र आम नागरिकहरूबीच छलफल, अन्तक्र्रिया र बहस हुनेछ ।   थारू संस्कृतिको प्रवद्र्धन हेतु ‘थारू सांस्कृतिक साँझ’ को अलावा थारू खाद्य परिकारहरूको प्रदर्शनी पनि हुनेछ । महोत्सवको अन्तिम दिन साँझ थारू रामलीला नाच (गीति नाटक) प्रदर्शन गरिनेछ । महोत्सव अवधिभर पुस्तक प्रदर्शनी हुने छ । ‘हाम्रा रैथाने भाषा र मौलिक संस्कृतिलाई समुदायको पहिचान र गौरवका रुपमा विकास गर्दै भावी पुस्ताका लागि जोगाएर राख्न र यसको गरिमा र महत्वलाई नयाँ पुस्तासम्म पुस्तान्तरण गर्न साहित्य तथा सांस्कृतिक महोत्सवहरू महत्वपूर्ण माध्यम हुन् ।’ संयोजक शाहले भने ।  ‘साहित्यमार्फत सामाजिक सद्भाव’ को उद्धेश्यले आफ्नो स्थापनाकालदेखि नै टीकापुरमा साहित्य महोत्सवको आयोजना गरिरहेको यस महोत्सवमा प्रत्येक जम्मा २१ बहस सत्रहरू रहनेछन् । प्राडा माधवप्रसाद पोखरेलले ‘हाम्रो जाति, भाषा र संस्कृति’ शीर्षकमा विद्वत प्रवचन दिनेछन् ।  महोत्सवको पूर्व सन्ध्यामा टीकापुर नगरपालिका, जानकी गाउँपालिका तथा लम्कीचुहा नगरपालिकाका बिभिन्न स्थान तथा विद्यालयहरुमा सामाजिक सन्देशमूलक सडक नाटक प्रदर्शन अशेष मल्लको लेखन, निर्देशनमा गरिने कार्यक्रम छ । साथै विद्यार्थीहरुका लागि एकदिने लेखन कार्यशाला गोष्ठीको पनि आयोजन गरिने छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशका सर्जकहरूका लागि सुदूरपश्चिम कविता प्रतियोगिताको पनि आयोजन गरिने छ । जसमा प्रथम हुने कवितालाई रू १५ हजार, द्वितीयलाई रू १० हजार र तृतीयलाई रू ५ हजार पुरस्कार दिइनेछ । टीकापुर साहित्य समाजले महोत्सवको तेस्रो संस्करणको आयोजनमा सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानसंग सहकार्य गरेको छ । टीकापुर साहित्य महोत्सव२०८२, तेस्रो संस्करणको मुख्य प्रवद्र्धक सुदूरपश्चिमप्रदेश सरकार रहेको छ भने टीकापुर नगरपालिका  र जानकी गाउँपालिका यस महोत्सवका प्रवद्र्धक रहेका छन् । यस संस्करणमा नेपाल पर्यटन बोर्ड यस महोत्सवको सहप्रवद्र्धक रहेकोमा महोत्सवलाई कृषि विकास बैंक, लक्ष्मीसनराइज बैंक,  एभरेष्ट बैंकले प्रायोजन गरेका छन् । 

७ बुँदे घोषणापत्र जारी गर्दै सकियो १०औं थारू साहित्य राष्ट्रिय सम्मेलन 

७ बुँदे घोषणापत्र जारी गर्दै सकियो १०औं थारू साहित्य राष्ट्रिय सम्मेलन 

२६७ दिन अगाडि

|

२० माघ २०८२

७ बुँदे घोषणापत्र जारी गर्दै दुई दिने १०औं थारू साहित्य राष्ट्रिय सम्मेलन माघ १७ गते शनिवार सम्पन्न भएको छ । थारू लेखक संघ नेपाल तथा थारू अतिथि सेवा सदन समितिको आयोजनामा पटेर्वा सुगौली गाउँपलिका–२, बेलवा, पर्सामा सम्मेलन भएको थियो ।  त्यस अघि कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले सबै भाषा, साहित्यको संरक्षण, सम्वद्र्धन गर्ने राज्यको दायित्व रहेको बताए । सोही क्रममा प्रज्ञाले धेरै भाषाको पत्रिका प्रकाशन थालेको उनले जनाए ।  थारू लेखक संघ नेपालका केन्द्रीय अध्यक्ष डा. कृष्णराज सर्वहारीले थरुहटका पालिकामा थारू जनप्रतिनिधि भएर पनि थारू भाषाको पठन पाठन हुन नसकेको जिकिर गरे । उनले थारू बालबालिकाको लागि पठनीय सामग्री नभएकाले पालिकाहरुले पाठ्यक्रम बनाइ सामग्री उत्पादन गर्न तथा लेखकहरुले बढी भन्दा बढी बालसाहित्य सिर्जना गर्नु पर्नेमा जोड दिए ।  कार्यक्रममा थारू लेखक संघबाट स्थापित ६० हजार राशीको थारू साहित्य पुरस्कार बाराका महाकवि हृदयनारायण चौधरी तथा ३० हजार राशीको थारू महिला प्रतिभा पुरस्कार कैलालीकी गायिका समीक्षा चौधरीलाई दिइएको थियो । त्यस्तै, १०औं थारू साहित्य राष्ट्रिय सम्मेलनको अवसरमा गरिएको कविता प्रतियोगितामा पहिलो हुने सत्यनारायण दहित (कैलाली), दोस्रो भिमेश चौधरी (दाङदेउखुरी) तथा तेस्रो प्रकृति पूजा (कञ्चनपुर) लाई उपकुलपति निभाले पुरस्कार प्रदान गर्नु भएको थियो । साथै, दिल्ली विश्वविद्यालयबाट यसै वर्ष पीएचडी सकाएका बाराका निरज चौधरीलाई सम्मान गरिएको थियो । त्यस्तै, कार्यक्रममा मधुसुदन चौधरीको तितुली (थारू–नेपाली बालकविता संग्रह),चन्द्रमणि महतोको घुघें मामा घुघें (थारू बालगीत संग्रह), हृदय नारायण चौधरीको इतिहाँसो मिथेयास भेइसई मोहन प्रसाद थारू, सिक्छा सतक (कविता संग्रह) तथा लोर्हल सिरोहल खिस्सा परतोख (कथासंग्रह), रीता चौधरी थारूको मत बैठा चुप (कविता संग्रह), मनिस, रोहन, प्रितम चौधरी थारूको तराईमा पाइने १०१ जडिबुटीहरु कृति प्रमुख अतिथिलगायत अन्य अतिथिबाट संयुक्त विमोचन भएको थियो ।  पटेर्वा सुगौली पटेर्वा सुगौली गाउँपलिकाका अध्यक्ष दिनेशकुमार चौधरी,  थारू समुदायको छाता संगठन थारू कल्याणकारिणी सभाका बारा सभापति रामप्रसाद चौधरी, पर्सा सभापति भागवत चौधरी, रौतहट सभापति जगन्नाथ चौधरी लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । उद्घाटन कार्यक्रम थारू अतिथि सेवा सदन समितिका अध्यक्ष रामचन्द्र दहितको सभापतित्वमा भएको थियो ।  कार्यक्रममा विभिन्न विषयमा ६ शीर्षकको प्यानल छलफल भएको थियो । यस क्रममा बारा, पर्सा, रौतहटमा थारू भाषा साहित्यको अवस्थाबारे हृदयनारायण चौधरी, मोहनदास थारू, दिनेश चौधरी, भोलाराम चौधरी बक्ता थिए भने उदयराज भट्टराईले सहजीकरण गरेका थिए । थारू साहित्य र पुरस्कारको महत्व शीर्षकमा रामसागर चौधरी, शेखर दहित, बुद्धसेन चौधरी, शत्रुघन चौधरी बक्ता थिए भने सहजकर्ता भिमेश चौधरी थिए । त्यस्तै, थारू साहित्यमा बालसाहित्यको अवस्थाबारे शान्ति चौधरी, सीएम अपिल चितौने, छविलाल कोपिला बक्ता तथा सहजीकरण डा. कृष्णराज सर्वहारीबाट भएको थियो । शिक्षण पेशा र सिर्जनात्मक लेखनबारे सञ्जय सुमन, अनिलप्रसाद राउत थारू, रीता चौधरी, जित ट्रासनले धारणा राखेकोमा सहजकीकरण मनोज अज्ञातले गरेका थिए । जेएनजी पुस्ता र थारू समाज विषयमा अर्णव चौधरी, भूमिका थारू, सुरेशप्रसाद दास, कविता काव्यले विचार राखेकोमा सहजकर्ता कृष्ण समर्पण थिए ।  २०१९ सालमा बाराका रामप्रसाद रायले ‘थरुहटके बौवा और बहुरिया’ उपन्यास थरुहटिया बोलीमा लेखेर छापेको भूमिकामा लेखेका छन् । तर यसलाई भोजपुरी भाषाबाट नेपालीमा अनुवाद भनी नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित छ । यसै क्रममा थारू र भोजपुरी भाषाको अन्तर्यबारे शान्ति चौधरी, हृदयनारायण चौधरी, मधुसुदन चौधरीले धारणा राखेका थिए । यस वर्ष ‘थरुहटके बौवा और बहुरिया’ उपन्यासको पुनःसंस्करण सम्पादन गरेका राकेश चौधरीले सहजीकरण गरेको बहसमा नेपाल प्रज्ञा प्रतिष्ठानले थारू भाषाको कृतिलाई भोजपुरी भनी गरेको गल्ती सच्याउनु पर्नेमा जोड दिइयो ।  कार्यक्रममा कविता वाचन तथा थारू गीतमा नृत्य तथा झाँकी प्रस्तुत गरिएको थियो । आगामी २०८३ फागुनमा ११औं थारू साहित्य राष्ट्रिय सम्मेलन चितवनमा गरिने संघका जानकारी अध्यक्ष डा सर्वहारीले दिए । थारू भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि बजेट विनियोजन गर्न स्थानीय पालिका, प्रदेश तथा संघीय सरकारलाई दवाव दिने लगायत ७ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन समापन गरिएको उनले बताए । कार्यक्रमको आकर्षण थारु भाषाको पुस्तक प्रदर्शनी तथा बिक्री वितरण रहेको थियो । रासस

थारु कविता प्रतियोगितामे सत्य नारायण दहित पहिला

थारु कविता प्रतियोगितामे सत्य नारायण दहित पहिला

२७२ दिन अगाडि

|

१६ माघ २०८२

१०वा थारु साहित्य राष्ट्रिय सम्मेलनके अवसरमे थारु लेखक संघ नेपालसे कैगिल थारु भासाके कविता प्रतियोगितामे सत्य नारायण दहित पहिला हुइल बटाँ । धनगढी, कैलाली निवासि दहितके बुढापा सिर्सकके कविता पहिला हुइलक हो । ओस्टक गढवा–२, दाङदेउखरके भीमेश चौधरीके उडान सिर्सकके कविता डुस्रा हुइल बा ।  ओस्टक कञ्चनपुरके प्रकृति पूजाके जिन्दगीक इजलास म से सिर्सकके कविता टिस्रा हुइल बा ।  कविता प्रतियोगिताके पहिला पुरस्कार ९ हजार, डुस्रा ६ हजार ओ टिस्रा ३ हजार ओ प्रमानपत्र बा । थारु लेखक संघ नेपालके केन्द्रीय अध्यक्ष डा कृष्णराज सर्वहारी आबसे प्रत्येक सम्मेलनमे कविता प्रतियोगिता नियमित कैना ओ पुरकारके रकम बह्रैटि लैजैना बटैलाँ । कविता प्रतियोगिता निर्नायक समितिके संयोजक छविलाल कोपिलाके अन्सार प्रतियोगितामे जम्मा २५ जनहनके सहभागिटा रहे ।  पटेर्वा सुगौली गाउँपलिका–२, बेलवा, पर्सामे इहे माघ १५ से १७ गतेसम हुइना १०वा थारु साहित्य राष्ट्रिय सम्मेलनमे प्रतियोगिन पुरस्कार डे जाइ । 

मजगाँवामे मन्गर मैगर माघ (फोटु फिचर)

मजगाँवामे मन्गर मैगर माघ (फोटु फिचर)

२८७ दिन अगाडि

|

१ माघ २०८२

थारू साहित्य–संस्कृति प्रतिष्ठान, देउखर दाङके आयोजनामे लमही नगरपालिका वडा नम्बर ३, मजगाँवा (मजगाउँ)मे मन्गर मैगर माघ कार्यक्रम निम्जल बा । लमही नगरपालिका वडा नम्बर ३ के आर्थिक सहयोगमे हुइल कार्यक्रममे वडाध्यक्ष मनोज चौधरी माघ सांस्कृतिक महोत्सव कार्यक्रमहे निरन्तरता डेना बटैलाँ । कार्यक्रमके बर्का पहुना लमही नगरपालिकाके मेयर जोगराज चौधरी कार्यक्रमके उद्घान कर्ले रहिट । थारू साहित्य–संस्कृति प्रतिष्ठानके अध्यक्ष छविलाल कोपिलाके घरगोस्याइमे कार्यक्रम हुइल रहे । प्रतिष्ठान गइल बरस देउखर, बाँके ओ बर्दियामे बरघरमे महिला, युवा सहभागिता कइसिक ढेरसे ढेर बह्राइ सेक्जाइठ कना अभियान चलैले रहे ।  औपचारिक कार्यक्रमसे पहिले गाउँके टोल टोलसे झाँकी निक्रल रहे । मजगाउँ माघ सांस्कृतिक महोत्सव २०८२ के कुछ थप फोटुः सक्कु फोटुः गुरुप्रसाद कुमाल बुलबुल

दुबईमा मनाइयो माघी 

दुबईमा मनाइयो माघी 

२८७ दिन अगाडि

|

१ माघ २०८२

माघ अर्थात् माघी दुबईमा पनि भब्यताका साथ मनाएको छ । ढिलो गरी प्राप्त समाचारअनुसार थारू कल्याणकारिणी सभा युएईले ११ जनवरीमा १२ औं वार्षिक भेला तथा माघी पर्व एवं  थारु नयाँ वर्ष २६४९ विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न गरेको हो ।   थारू कला संस्कृति हाम्रो पहिचान यसलाई संरक्षण र प्रवद्र्धन गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ प्रवासमा रहेर पनि आफ्नो मौलिक धर्म, संस्कार, परम्परा र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले  विगतको बर्षझै यस वर्ष पनि दुबईमा निरन्तरता दिइएको हो ।  कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महासंघ यूएईका अध्यक्ष भागरथी कुमार भगतले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । उनले भाषा, कला, संस्कृति नजोगाइए हाम्रो पहिचान पनि  हराउन सक्ने धारणा राखे । कार्यक्रम संयोजक महेश चौधरीले माघी पर्व र यसका विशेषताका बारेमा चर्चा गर्दै सबैलाई स्वागत गरेका थिए ।  अन्य बक्ताहरुले माघी पर्वको शुभकामना सन्देश दिदै यस पर्वको महत्व, बिशेषता, जातीय संस्कृति र भेषभुषाको संरक्षण गर्न प्रवासमा गरिएको यो प्रयासप्रति आयोजक थाकस यूएईको सराहना गरेका थिए । कार्यक्रमका लागि नेपालबाट आमन्त्रित गायक खेम चौधरीको सांगीतिक प्रस्तुतीका साथै स्थानीय कलाकारहरू केशवराज महतो, कृष्ण गुञ्जन, श्याम सिटीको समेत प्रस्तुति रहेको थियो । अष्टोरिया होटलको क्लब एभरेष्टको सभा हलमा सम्पन्न कार्यक्रमको अध्यक्षता रामानन्द चौधरीले गरेका थिए भने कार्यक्रम केशवराज महतो र  दिव्या चौधरीले संचालन गरेका थिए ।

थारू कलामा सोमिना चौधरीको सुन्दरता

थारू कलामा सोमिना चौधरीको सुन्दरता

२८८ दिन अगाडि

|

२९ पुष २०८२

चितवन, खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केहीबेर रोक्छ । रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ होइन, त्यो थारु समुदायको इतिहास, संस्कृति र जीवनशैली बोलिरहेको क्यानभास हो । चितवनको राप्ती नगरपालिका–६ बेल्डियाकी कलाकार सोमिना चौधरीले त्यो क्यानभासमा वास्तविकता भरेकी हुन् । विगत केही वर्षदेखि रङ पेन्टिङ कलामार्फत चितवनको पहिचान उजागर गर्दै आएकी चौधरीका लागि आर्ट केबल पेसा मात्र होइन, आत्मा र संस्कृतिसँग जोडिएको अभियान हो । यही पुस २९ गतेदेखि सुरु हुने खिचरा महोत्सवको पर्खालमा पेन्टिङ गर्दै भेटिनुभएकी उनले भनिन्, ‘थारु समुदायको आफ्नै संस्कृति र संस्कार छन् । ती विस्तारै हराउँदै गइरहेका छन् । त्यसलाई जोगाउन आर्ट प्रभावकारी माध्यम हो ।’ ललितकला क्याम्पसबाट आर्टमा स्नातक गरेकी सोमिना अहिले यहाँका विद्यालयमा आर्ट विषय अध्यापन गर्दै आएकी छन् । साथै आफ्नै आर्ट स्टुडियोमार्फत व्यावसायिक रूपमा पनि सक्रिय छन् । चार-पाँच वर्षदेखि स्केच, वाटरकलरलगायत विभिन्न मिडियममा कला सिकाउने काम गर्दै आएकी उनका विद्यार्थीलाई कला प्रेम र सृजनात्मकता सिक्न प्रेरणा मिल्छ । चितवनको राप्ती नगरपालिका–६ बेल्डियाकी कलाकार सोमिना चौधरीले खिचरा महोत्सवको थारु आर्ट ग्यालरीका लागि चौधरीले कोर्नुभएका चित्रले थारु जीवनशैली स्पष्ट देखाउँछन् । काठको गाडा, परम्परागत खानेकुराका पोका, अन्न भण्डारण गर्ने तरिका र हरियाली खेतमा फुलेको तोरीले पहेँलो रङ चढेको दृश्य यी सबै चित्रले वास्तविक चितवनको झल्को दिन्छ । उनी भन्छिन्, ‘पहिला हाम्रो समुदायमा अन्न कसरी भण्डारण गरिन्थ्यो, घरायसी सामान कस्ता हुन्थे, त्यो पुस्तान्तरण हुन जरुरी छ । चित्रकलाले त्यो कथा सजिलै बताउन सक्छ ।’ सानैदेखि पेन्टिङप्रति रुचि राख्ने चौधरीले पढाइसँगै व्यवसायिक रूपमा आर्ट अघि बढाउने निर्णय गरिन् ।  क्याम्पस पढ्दाखेरी आफ्नै गाउँ–ठाउँ र संस्कृतिको झल्को दिने चित्र बनाउने सोच उनमा थियो । आज उनका चित्रहरू महोत्सवका पर्खालमा मात्र होइन, धेरैको मनमा पनि कोरिन थालेका छन् । ‘आर्ट भनेको प्यासन हो’, उनले भनिन्, ‘यो जबर्जस्ती सिकिने कुरा होइन । भित्रैबाट आउनुपर्छ ।’ यही सोचका साथ उनी अहिले अन्य इच्छुकलाई पनि आर्टसम्बन्धी सीप सिकाउँदै आएकी छन् । सोमिनाले साना बालबालिकादेखि व्यावसायिक रूपमा आर्ट गर्न चाहनेलाई परामर्श दिँदै आएकी छन् । केही महिनादेखि आफ्नै खैरहनी–८ मा रहेको स्टुडियोमार्फत व्यावसायिक रूपमा आर्ट गर्दै आएकी उनका कलाकृतिको माग बढ्दो छ । चौधरीले भनिन्, ‘खिचरा महोत्सव थारु समुदायको पर्व हो । महोत्सवमा थारु संस्कृति झल्काउने काम गर्न पाउँदा गर्व लागेको छ किनभने म पनि थारु हुँ ।’ सोमिनाका अनुसार आर्टको मूल्य केबल पैसामा होइन, यसको मूल्य भाव, इतिहास र महत्वमा नीहित हुन्छ । खैरहनीको महोत्सवस्थलको त्यो पर्खाल अहिले केबल रङले सजिएको छैन, त्यहाँ थारु पहिचान बोलिरहेको छ । सोमिनाको कलामा केबल कलामात्र होइन, थारु संस्कृति र माया पनि समेटिएको छ, जसले दर्शकका मनमा गहिरो छाप छोड्छ । रासस