थारू आयोगले मनायौ चौथो वार्षिकोत्सव

थारू आयोगले मनायौ चौथो वार्षिकोत्सव

१४४७ दिन अगाडि

|

२५ कात्तिक २०७९

 शान्ति चौधरी किन उठिन् काठमाडौं–१ बाट ?

 शान्ति चौधरी किन उठिन् काठमाडौं–१ बाट ?

१४४७ दिन अगाडि

|

२५ कात्तिक २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लेखक तथा सामाजिक अभियन्ता शान्ति चौधरी ‘आमा’ ले पनि उम्मेदवारी दिएकी छन् । ६८ वटा किताब लेखेकी उनले नेपालका लागि नेपाली पार्टीबाट काठमाडौं क्षेत्र नं १ (क) मा उम्मेदवारी दिएकी हुन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै चुनाव चिह्न शंखमा मतदान गर्न आग्रह गरिन् । पत्रकार सम्मेलनमा उनले राखेको धारणा जस्ताको तस्तैः देश २०७९ मंसिर ४ को संघीय तथा प्रदेश सभाको चुनावमा होमिएको छ । यसै क्रममा म शान्ति चौधरी ‘आमा’ नेपालका लागि नेपाली पार्टीबाट काठमाडौं क्षेत्र नं १ ९क० प्रदेश सभाको उम्मेदवारको रुपमा शंख चुनाव चिन्ह लिएर खडा भएकी छु ।  समाजसेवा तथा लेखनमा रुचि राख्ने थारू समुदायको एक संघर्षशील महिला हुँ म । हालसम्म मेरा ६८ पुस्तक प्रकाशित भएका छन् । मेरो स्थायी घर बारा जिल्ला भए पनि मेरो जन्म काठमाडौं महानगरपालिका–१, नक्साल, चारढुंगे ज्यापु टोलमा भएको हो । संभवतः काठमाडौंमा सबैभन्दा पहिले थारू समुदायको स्थायी वसोवास मेरै बाबा राधाकृष्ण चौधरीले गरेका हुन् । म काठमाडौंका नेवार साथीहरुसँग हुर्किएकी, बढेकी हुँ ।  समय क्रममा सिर्जना विकास केन्द्र संस्था खोली काठमाडौंलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्य अहिले पनि गरिरहेकी छु । आफ्नो लेखनीमार्फत् समाज जागरणको काम गरेकी छु । पुरातात्विक सम्पदाको अध्ययन अनुसन्धान, नदी, ताल, खोला, पोखरीलगायत सार्वजनिक जग्गाको संरक्षण अभियानमा म लागी परेकी छु ।  देशको संघीय राजधानी काठमाडौंलाई सफासुग्घर देख्न चाहने कसको पो मनसुवा नहोला र रु मैले ‘काठमाडौं सहरलाई सफा र स्वच्छ राखौं’ पुस्तक २०४७ सालमै प्रकाशित गरेकी छु । उपत्यकाको बाघमती नदीको उद्गमस्थलदेखि अन्त्यसम्म पुस्तक अढाइ वर्ष लगाएर मैले २०६८ सालमा प्रकाशित गरेकी छु । धोवी खोला र सर्वोच्चको नजीरलगायत मेरा पुस्तक प्रकाशन हुन बाँकी छन् । यो छोटो सूचीले पनि के भन्छ भने म काठमाडौं सभ्यताको समस्याप्रति तीन दशक पहिलेदेखि जानकार छु र समस्या समाधानमा प्रयत्नरत छु भन्ने दर्शाउँछ ।  कन्या मावि, लैनचौर, काठमाडौंबाट २०३२ सालमा एसएलसी गरेकी मैले समाजसेवा र लेखनमा लाग्दा पढाइ अगाडि बढाउन सकेकी थिइनँ । तर मलाई लाग्यो, पढाइलाई उमेरले छेक्न सक्तैन । त्यसैले, एसएलसी गरेको ४२ वर्षपछि २०७४ सालमा प्लस टु ज्वाइन गरें । सरासर पास भएर हाल चक्रवर्ती हवी कानुन कलेज, बिजुली बजारमा कानुन स्नातक पाँचौ वर्षमा अध्ययनरत छु । अहिले त्यस कलेजको युवा विद्यार्थीहरुको प्रेरणाको स्रोत भएकी छु ।  मेरो बसाइँ हाल कामनपा–१०, भद्रकुमारी घले सेवा सदनस्थित देवीनगरको बृद्धाश्रममा छ । म कलेजका युवाहरुको मात्रै होइन, काठमाडौं क्षेत्र नं १ ९क० क्षेत्रका सबै जनताको प्रेरणाको स्रोत बन्न चाहन्छु ।  तात्कालीन स्वास्थ्य मन्त्री पद्मरत्न तुलाधरको पालामा परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, थापाथली, काठमाडौंको २०५२ सालमा मैले बोर्ड सदस्य भएर कार्य गरेकी छु । बंगलादेश, भारत, थाइल्याण्डलगायत देशमा विभिन्न तालिममा सहभागी भइ  आफूले जानेका कुरा खास गरी महिला जागरणमा लगाएकी छु । आफ्नो सिर्जनात्मक कामले मैले विभिन्न पुरस्कार तथा विभुषण पाएकी छु ।  कामनपा–१०, देवीनगर, बानेश्वरमा धोवीखोलाको सार्वजनिक अतिक्रमित जग्गामा राष्ट्रिय पार्क तथा धोवीखोला कानुनी केन्द्रको स्थापनाका लागि मेरै पहलमा म उम्मेद्वार नहुँदै २०७९ असोज ४ गते काठमाडौं महानगरपालिकामा निवेदन दर्ता भएको छ । मेयर बालेन शाहबाट यसबारे तोकआदेश समेत भैसकेको छ । धोवीखोलाको सार्वजनिक जग्गा गैरकानूनी कब्जा तथा सो जग्गामा भ्रष्टाचार विरुद्ध म आवद्ध सिर्जना विकास केन्द्र तथा चक्रवर्ती हबी कानुन कलेजका विद्यार्थीहरुको पहलमा रिट उजुरी दर्ता समेत गरिसकिएको छ । त्यस्तै, यी दुवै समूहको पहलमा दक्षिणकालीको पुरातत्विक सम्पदा जीर्णेद्वार तथा काठमाडौंको टौदह र ललितपुरको शिवकाली खोकना जोड्ने झोलुंगे पुल पनि निर्माण भएको छ ।  म आवद्ध नेपालका लागि नेपाली पार्टीका केन्द्रीय अध्यक्ष आदरणीय वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने हुनुहुन्छ । मुख्य दलहरुले महिलाहरुलाई प्रत्यक्षमा उम्मेदवारी दिन कञ्जुस्याइ गरेका छन् । नेपालका लागि नेपाली पार्टीले महिला उम्मेदवारहरुलाई प्राथमिकता दिएको छ ।  भ्रष्टाचारको अन्त्य हाम्रो पार्टीको मूल नारा रहेको छ । हामी शंखको तुमुल ध्वनि गुञ्जायमान गर्दै भ्रष्टाचारीलाई सचेत गराउन चाहन्छौं । भ्रष्टाचार गर्नु नेपाल आमाको कोखमा लात हान्नु हो ।  नेपालका लागि नेपाली पार्टीको नेतृत्वले टनकपुर सन्धिलाई अदालतको माध्यमबाट रोक्ने कार्य गरेको छ । अदालतकै माध्यमबाट महाकाली सन्धिमा नेपाललाई नदीको पानी आधा आधा गराउन त्यस्तै, अदालतकै माध्यमबाट एनसेलले नेपाल सरकारलाई ७२ अर्बको पूँजीगत लाभकर तिर्नुपर्ने फैसला पनि गराउन सफल भएको छ । एमसीसी संझौतालाई अदालतमा मुद्दा हालेर रोक्ने प्रयास गर्ने एक मात्र पार्टी पनि नेपालका लागि नेपाली पार्टी नै हो । त्यस्तै, अख्तियारले वडा सदस्यदेखि प्रधानमन्त्री सम्मलाई छानवीन गर्न पाउने अधिकार अदालतको माध्यमबाट कायम गराउन सफल भएका छौं ।  प्रतिवद्धताः नेपालका लागि नेपाली पार्टीले विभिन्न प्रतिवद्धता गरेको छ । जस्तोः ठुला भ्रष्टाचारी र जधन्य अपराध गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्ने । पञ्चायतकालदेखि हालसम्म लाभको पदमा रहेका सबै नेताको तथा उच्च ओहदामा रहेका भ्रष्टाचारीहरुको जनताद्वारा गठित नागरिक आयोगबाट छानवीन । भ्रष्टाचार गरेको रकम जफत गरी विभिन्न रचनात्मक कार्यमा लगाउने । त्यस्तै, अदालतमा लाग्ने न्यायिक सेवा निःशुल्क गर्नुका साथै सबै तहका अदालतमा आगामी २ वर्षभित्र पुराना मुद्दा फैसला गराउन पहल गर्ने । युवालाई ५० लाख सम्मको विना धितो ऋण । सुकुमवासी समस्या समाधानका लागि एकीकृत आवास तथा रोजगारको ग्यारेन्टी । राष्ट्रिय खेलाडी तथा कलाकारलाई बीमा र उपदानको व्यवस्था । फुटपाथ व्यावसायीलाई उचित व्यवस्थापन गरी निश्चित स्थानमा व्यावसाय गर्न पाउने हकका लागि पहल गर्ने । त्यस्तै, आर्थिक वर्ष वैशाख १ देखि चैत मसान्तसम्म कायम गरी असारे विकासको नाममा भएको विनाश बन्द गर्ने । देशको अहितमा गरिएका असमान सन्धि, संझौता र कानूनी व्यवस्थालाई खारेज गर्ने । राज्यका कुनै पनि पदाधिकारीले ५० लाखभन्दा बढी मूल्यको गाडी किन्न र चढ्न नपाउने कानुनी व्यवस्था गर्ने । निजामती कर्मचारीका सबै ट्रेड युनियन खारेज गर्ने । विश्वविद्यालय र विद्यालयमा हुने हड्ताल तथा तालावन्दीलाई कानुनी रुपले दण्डनीय बनाउने । गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने । बैंक तथा वित्तिय संस्थाको ब्याजदर घटाउने आदि । म पार्टीको यी सबै प्रस्तावमा पूर्ण प्रतिवद्ध छु । म काठमाडौं क्षेत्र नं १ (क) क्षेत्रको जनप्रतिनिधि भएर विकासको काममा होस्टेमा हैंसे गर्न चाहन्छु । मलाई आशा छ, शंख चुनाव चिन्हमा भोट दिएर मतदाताहरुले मलाई अत्याधिक मतले विजयी गराउने छन् । 

धनगढीमा नागरिक उन्मुक्तिका उम्मेदवार चढ्ने गाडीमा तोडफोड

धनगढीमा नागरिक उन्मुक्तिका उम्मेदवार चढ्ने गाडीमा तोडफोड

१४४९ दिन अगाडि

|

२३ कात्तिक २०७९

 नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार तथा नेताहरु चढ्ने गाडीमाथि तोडफोड भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका १७ डुमलियामा रोकिराखेको गाडीमाथि बुधबार दिउँसो तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार बा ११ च ५८६० नम्बरको कार तोडफोड भएको हो । पार्किङ गरी चुनावी कार्यक्रममा गएको बेला कारको सिसा फुटाइएको प्रहरीले जनाएको छ । सो पार्टीकी समानुपातिकतर्फकी प्रतिनिधि सभा सदस्य उम्मेदवार इन्दु थारु, प्रदेश सभा सदस्यका उम्मेदवार वलबहादुर साउँद, सावित्री चौधरी र थरुहट नेता लक्ष्मण थारु सो कार चढ्दै आएका थिए । थरुहट नेता थारुका अनुसार त्यहाँस्थित पर्ने खोला वारि गाडी पार्किङ गरि पारी आयोजना गरिएको कार्यक्रम गएको मौका छोपी अज्ञात समूहबाट गाडी तोडफोड गरिएको बताए । मतदान गर्नु पहिले नै गाडी तोडफोड गर्ने पक्षले आफ्नो हार मानसिकता प्रदर्शन गरेको नेता लक्ष्मण थारुको भनाइ छ । घटनाबारे नागरिक उन्मुक्ति पार्टीक लुम्विनी संयोजक कन्हैलाल चौधरीको अभिब्यक्ति छ– हामी बुद्धको शान्ति  फिलोसफीमा हिंडिरहेका छौं तर याद गर शान्ति भंग गर्नेहरूलाई ठिक पार्न बुद्धले पनि कम्फु करातेको सहारा लिएका थिए ।घर, पसल, गाडी जलाई दिए, बलात्कार गरे, टिभी चोरे, टेक्टर जलाए, पसल लुटे । चुनावमा उठ्न दिएनन् । अब शान्तिपूर्ण रूपमा  प्रचार प्रसारमा  लागेका हाम्रा कार्यकर्ताको गाडी पनि तोडफोड गर्न थाले ।

थारू महिला समाजले मनायो समाचकेवा पर्व

थारू महिला समाजले मनायो समाचकेवा पर्व

१४४९ दिन अगाडि

|

२३ कात्तिक २०७९

मंगलबार थारू महिला समाज नेपालले थारू समुदायको महान पर्व समाचकेवा मनाएको छ । यस अवसरमा माइतीघर मण्डलामा झाँकीसहित जम्मा भई नाचगान गरिएको थियो । साथै, र्यालीसहित कुपण्डोल घाटको वागमती नदीमा समाचकेवा जल पारण गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।  खास गरी नेपालको पूर्वी तराईमा बसोवास गर्ने थारू समुदायमा समाचकेवा धुमधामको साथ मनाउने गरिन्छ । यो उत्सव कार्तिक शुक्ल  पक्षको द्वितीय तिथिबाट सुरु हुन्छ र धेरैजसो छैठीको खरना दिनबाट सुरु गर्दै कार्तिक शुक्ल पूर्णिमासम्म मनाउने गरिन्छ । तर यो कुनै अनिवार्य भने हुँदैन । द्वितीयापछि छैठी खरनाको दिनबाट पारण हुनु पर्दछ । यो उत्सव सबैले आ–आफ्नो रुचि फुर्सद तथा परिस्थितिअनुसार द्वितीया तिथि वा त्यस पछिको कुनै दिनवाट सुरु गर्न सक्छन् । धेरै समयसम्म खेलिने हुनाले र नजाडो नगर्मी ऋतुमा खेलिने हुनाले यसलाई शरद सुखको रुपमा पनि लिने गरिन्छ ।  द्वितीया तिथिबाट सवै महिलाहरु बडो उत्साहका साथ माटोको स्यामा वनाउन सुरु गर्दछन् । जसमा स्यामा, चुग्ला, वृन्दावन, सत्भैया, नटुवा, कुकुर, भमरालगायत अन्य मूर्तिहरु तयार गरिन्छ । मूर्ति बाँसको डालामा जतनका साथ राख्दछन् ।  यी समा बनाउनको लागि सेतो माटोमा कपास मिसाएर तयार पारिन्छ । यही माटोबाट सबै मूर्तिहरु तयार पारेर रंङ्गरोगन गरी झिलीमिली बनाइन्छ । यी मूर्ति हेर्दा ज्यादै नै मनमोहक र पौराणिक देखिने गर्दछ । झिलीमिली पारी सजाएको मूर्ति डलियामा राखी महिलाहरु टाउकोमा बोकी समाचकेवाको गीत गाँउदै मुखियाको घरमा जम्मा हुने गर्दछन् ।  यसै गरी गाउँभरि घर घरमा गएर गीत गाउने र झम्टा नाच नाच्दछन् । बालबालिका भएको घरमा आशिष दिदै गीत गाउने चलन रहेको थारू महिलाकी अध्यक्ष गीता चौधरी बताउनु हुन्छ । गीतमार्फत् चुग्लालाई गाली गर्दै प्रत्येक रात चुग्लाको जुंगा डढाउने गरिन्छ । पूर्णिमाको दिन पुरै गाउँ घुमी सकेपछि भोलिपल्ट छोरीलाई बिदाइ गरेजस्तै समा चकेवामा पालनामा राखी सख्खर, दही, चिउरा खुवाएर विदाई गरिन्छ भने चुग्लालाई भुइँमा राखेर डल्लाले हिर्काइन्छ । चक्रवती राजाले आफ्नो तपस्याबाट पारणगत भई चराको रुप लिएको थारू किंवदन्तीमा उल्लेख छ । भाइ बहिनीको प्रगाध प्रेमको र श्रीमान् श्रीमतीको अमर प्रेमको प्रतीकको साथै मनोञ्जनको रुपमा यस पर्वलाइ लिने गरेको प्रवक्ता तथा प्रगन्ना समाजका अध्यक्ष बुद्धसेन चौधरी बताउनु हुन्छ ।  आवेगमा आएर गरेको निर्णय पछि पछुताउने र खराब कर्म गर्नेलाई दण्ड सजाय दिने सन्देश दिएको पाइन्छ । यसको ऐतिहासिक पक्ष हेर्दा गर्भदेशको राजा भीषण भुषणको छोरीको नाम समा हो र त्यही समाको सम्झनामा यो पर्व मनाउने गरिन्छ ।  राजा भीषण भुषणको एकजना भारदारले राजकुमारी समालाई असाध्यै मन पराउँथ्यो । तर समालाई भने यो कुरा स्वीकार्य थिएन । समाको सानैमा बाल विवाह भैसकेको थियो । यसैले आशिक चुग्लाले समाको विरुद्धमा राजालाई उक्साउने षड्यन्त्र रच्न थाल्यो । चुग्लाले समाको साधुसँग अवैध सम्बन्धमाथि प्रश्न खडा गर्छ । राजा भीषण भुषणले आफ्नो छोरीलाई वनबास पठाइदिन्छन् । त्यस पछि समाको भाइ आफ्नो दिदीलाई वनबासबाट फर्काउन धेरै कोशिस गर्छन् । तर समाले फर्किन मान्दिनन् ।  दिदी घर फर्किन नमानेपछि भाइ प्राण त्याग्ने घोषणा गर्छ । त्यसपछि समाले अर्को जुनीमा पनि हामी भाइबहिनीकै रुपमा जन्म लिनेछौ भनेर भाइलाइ संझाउँछिन् । पछि राजा भीषण भुषणले पनि छोरीको दोष नरहेको प्रति आफू निराश हुन्छन् र विरामी पर्छन् ।  त्यसैले यस उत्सवमा समा र चकेवाको मार्मिक गीत रहेको छ । राजकुमारी वृन्दावनमा गई तपस्या गरी सिद्धि प्राप्त गरेपछि समा चकेवाको जन्म हुन्छ । पछि समा र चकेवा राज कुमारको प्रतीकको रुपमा जीवन विताउँछन् । यही समा चकेवाको सम्झना स्वरुप माटोको आकृति बनाइन्छ ।  

बर्दियामा मलको हाहाकारः किसानको भागमा १–१ कचौरा, सुंघ्नु कि हाल्नु ?

बर्दियामा मलको हाहाकारः किसानको भागमा १–१ कचौरा, सुंघ्नु कि हाल्नु ?

१४५१ दिन अगाडि

|

२१ कात्तिक २०७९

कार्तिक १५ गते सामाजिक सञ्जाल फेसबुकमा राजकुमार थारुले बर्दियामा मलको हाहाकारबारे केही तस्विर पोष्ट गरेका थिए ।  राजापुर नगरपालिका–५  सानाकिसान सहकारीमा किसानहरूले मलको  लागि  बिहानै ४ बजेदेखि लाइनमा रहेका थिए ।   त्यसको एक सातापछि कार्तिक २१ गते तरकारी व्यावसायमा संग्लग्न साहित्यकार ठाकुर अकेलाले मल वितरणको  तस्विर पोष्ट गरेका छन् ।  अकेलाका अनुसार बर्दियाको गेरुवा–६, नौरंगा लगायत गाउँमा सानाकिसान सहकारीले मल उपलब्ध गरायो । करिब ४५ घरधुरीलाई जम्मा ७ बोरा मल आएको थियो । त्यस्तै, पोटास १ बोरा मात्रै आएको थियो । भन्छन्, मासुको भाग लगाएझैं पोटास १÷१ कचौरा बाँड्यो, अर्को मल पनि १ लम्बरी पनि भाग परेन । सुंघ्नु कि हाल्नु । किसानले कसरी खेती गर्ने ? उता राजापुर नगरपालिका चैनपुरमा मल वितरण कनिका छरेझैं भएपछि किसान हिराकुमारी चौधरीको व्ंयग्यात्मक प्रतिक्रिया छ– रातीमा लिन्छौ नोट, मान्छे नचिने दिन्छौ भोट । कृषि, शिक्षा बनाउने, भाषण छाट्दै हिँड्ने नेता जिन्दावाद । ब्याजदर बढे, मलखाद नपाए सहकारी मुर्दावाद ।

दाङमा निर्वाचन: उम्मेदवार गाउँ–गाउँमा निर्वाचन प्रचारमा व्यस्त

दाङमा निर्वाचन: उम्मेदवार गाउँ–गाउँमा निर्वाचन प्रचारमा व्यस्त

१४५१ दिन अगाडि

|

२१ कात्तिक २०७९

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गाउँ–गाउँमा निर्वाचन प्रचारप्रसारमा व्यस्त छन् । प्रचारप्रसारमा हिँडेका उम्मेदवारले घरदैलोमा पुगेर मतदाताका कुरा सुन्दै आफ्ना कुराहरु उनीहरुलाई सुनाउँदै निर्वाचनमा आफू र आफ्नो पार्टीलाई मतदानका लागि आग्रह गर्ने गरेका छन् ।  तीन प्रतिनिधिसभा र ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा राजनीतिक दल र स्वतन्त्र गरेर ८९ उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा अधिकांश उम्मेदवार घोषणापत्रसँगै आफ्ना एजेन्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् ।  प्रचारप्रसारका क्रममा गाउँगाउँ पुगेका उम्मेदवारले  मतदातालाई रिझाउन काम गरेको ठाउँमा पुगेर धान काट्ने, खेत जोत्नेदेखि खन्ने समेतका काम गर्ने गरेका छन् । निर्वाचन प्रचारप्रसारसँगै राजनीतिक दलले मतदान गर्ने तरिका र चुनाव चिन्हको विषयमा मतदातालाई सिकाउने काम गरिरहेको नेपाली कांग्रेस दाङका सचिव क्षेत्र नं. २ का सचिव रमेश केसीले जानकारी दिए ।  क्षेत्रीय सचिव केसीका अनुसार गठबन्धनले चुनावी प्रचारप्रसारका क्रममा भेटघाट, घरदैलोसँगै मत बदर हुन नदिन मतदान गर्ने तरिका बारेमा सिकाउने गरिरहेका छन । “निर्वाचनका लागि घरदैलोसँगै मतदाता भेटघाटका कार्यक्रमहरू सबै निर्वाचन क्षेत्रहरूमा भइरहेका छन”, सचिव केसीले भने, “स्थानीय तह निर्वाचनमा गठबन्धनको धेरै मत बदर भएकाले यसपटक बदर मत घटाउनका लागि मतदातालाई सिकाउने काम भइरहेको छ ।”   एमालेले पनि सबै निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसारका क्रममा भेटघाट तथा वडा भेला गरी उम्मेदवारले आफ्ना कुरा मतदातालाई राख्ने काम गरिरहेको नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिए । “मतदता भेटघाटसँगै वडास्तरीय भेलाको आयोजना गरेर उम्मेदवारहरू प्रचारप्रसारमा हुनुहुन्छ”, सचिव बुढाथोकीले भने । त्यसैगरी सत्ता गठबन्धन र एमालेसँगै निर्वाचनमा आफ्नो पक्षमा मत तान्न अन्य साना दलका उम्मेदवारपनि मतदाता भेटघाट र घरदैलोमा जुटेका छन् ।  यद्यपि जिल्लामा सत्ता गठबन्धन र एमालेका उम्मेदवारविच प्रमुख प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का गठबन्धनका साझा उम्मेदवारको रुपमा रहेका एकीकृत समाजवादीका नेता एवं सहरी विकासमन्त्री मेटमणि चौधरी र एमाले उम्मेदवार एवं निवर्तमान सांसद शान्ता चौधरीबीच मुख्य प्रतिस्पर्धा रहेको छ । यद्यपि उक्त क्षेत्र थारु बाहुल्य क्षेत्र हो । सो क्षेत्रमा पूर्व सांसद गङ्गा चौधरी, रुक्मिनी चौधरी र नेपाली कांग्रेसबाट नागरिक उन्मुक्ति पार्टीमा गएर उम्मेदवार बन्नुभएका सुरेन्द्र चौधरी पनि प्रतिस्पर्धीका रुपमा रहेका छन् । क्षेत्र नं. २ मा गठबन्धनबाट उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेतृ रेखा शर्मा र नेकपा एमालेका महासचिव शङ्कर पोखरेल पनि चुनावी प्रचार–प्रसारका क्रममा व्यस्त छन् । नेतृ शर्मा र एमालेका महासचिव समेत रहेका पोखरेलबीचको प्रतिस्पर्धालाई यहाँ चासोका साथ हेरिएको छ । त्यसैले निर्वाचनमा आफ्नो पक्षमा मत बढाउनका लागि शर्मा र पोखरेल आफ्नो क्षेत्रमा विहानैदेखि मतदाता भेटघाट र वडास्तरका चुनावी सभामा सहभागी हुँदै आएका छन् । क्षेत्र नं. ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी र नेकपा एमालेबाट उम्मेदवार कोमल वली पनि प्रचारप्रसारका लागि घरदैलोमा जुटेका छन् । जिल्लाको सबैभन्दा धेरै मतदाता रहेको उक्त क्षेत्रमा उम्मेदवारहरू मतदाता भेट्नका लागि घर पुग्नेदेखि वडाहरूमा कार्यक्रम गरेर आफ्ना एजेण्डाहरु राख्दै चुनाव प्रचारप्रसार गर्दै आएका छन् । जिल्लामा ४ लाख बढी मतदाता छन् । रासस

कैलाली–५ (ख) मा प्रतिद्वन्द्वीलाई कडा टक्कर दिंदै भलमन्सा गोठु   

कैलाली–५ (ख) मा प्रतिद्वन्द्वीलाई कडा टक्कर दिंदै भलमन्सा गोठु   

१४५२ दिन अगाडि

|

२१ कात्तिक २०७९

कैलाली जिल्लाको क्षेत्र न. ५  (ख) बाट तारानगर गाउँका भल्मन्सा गोठु चौधरी नागरिक उन्मुक्ति पार्टीबाट आगामी  मंसिर ४ मा हुने निर्वाचनमा प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छन् । उनी बिगत धेरै बर्षदेखि समाजसेवामाा छन् । थारु–पहाडी समुदायको बिचमा राम्रो समन्वय गरी काम गरिसकेकोले दुबै समुदायको लागि आफू प्यारो भएको बताउँछन् उनी ।  उनी अहिले काँग्रेस गठबन्धनका प्रकाश देउवा, एमाले गठबन्धनका दुर्गा जोशी र स्वतन्त्रबाट क्षितिज भण्डारीसँग प्रतिस्पर्धा गर्दैछन् । उनी ३ वटै उम्मेदवारलाई कडा टक्कर दिइरहेका छन् । यो क्षेत्रमा कुल मतदाता संख्या ५३ हजार छ । जसमा १३ हजार भन्दा बढी थारु, ४ हजार भन्दा बढी रानाथारु, ८ हजार भन्दा बढी दलित र अरु अन्य जातजातिका मतदाता रहेका छन् ।  गोठु यहाँको आदिवासी रैथाने, गाउँको भलमन्सा र दुबै समुदायका लागि सहज ब्यक्ति भएकोले आफूलाई जनताले जिताउने कुरामा ढुक्क रहेको बताउँछन् । उनी भन्छन्, म उम्मेदवार  मात्रै होइन, क्षेत्र न. ५ (ख) को लागि रेशमको प्रतिनिधि पनि हुँ, रेशम चौधरी अन्यायमा परेका छन्, त्यसैले उनलाई न्याय दिन पनि जनताले मलाई चुन्नेछन् ।  को हुन् गोठु ?  ५५ बर्षीय गोठु धनगढी उपमहानगरपालिका–५ स्थित तारानगर गाउँका भलमन्सा हुन् । बुवा भागीराम डंगौरा र आमा बंगरी डंगौरा थारुको कोखबाट जन्मेका गोठु बहुदलीय ब्यबस्थाप्रति पहिलेदेखि नै सकारात्मक सोंच भएका ब्यक्ति हुन् । २०६२÷०६३ को जनआन्दोलनमा सक्रिय भएर लागेका थरुहट आन्दोलनमा त तन मन धन दिई होमिएका ब्यक्ति हुन् ।  उनी २०५५ सालमा नेपाली काँग्रेसका साधारण सदस्य लिई राजनीति सुरु गरेका थिए । समाज सेवामा क्रियाशिल भएका ब्यक्ति हुन् । २०६१ देखि २०७१ सालसम्म (१० बर्ष) आफ्नो ठाउँको सामुदायिक बनको अध्यक्ष रहिसकेका, २०७१ देखि २०७३ सम्म भलमन्सा भई गाउँ समाज चलाएका र अहिले पनि भलमन्साको जिम्मेवारी लिएका ब्यक्ति हुन् ।     के थारु, के पहाडी, सबैसँग मेलमिलाप गर्ने सरल स्वभावका गोठु अडानका पनि पक्का मानिन्छन् । उनी कुनै काम गर्नका लागि अगाडि सरे भने रोकेर नरोकिने, गरेरै छाड्ने उनको बानी रहेको गाउँलेहरु बताउँछन् ।  उनकै बिशेष जोडबल र संयोजनमा कोरोना काल अगाडि गाउँमा माघी महोत्सव संचालन भएको, पक्की डेउठन्वा बनेको कुरा गाउँलेहरु पनि स्वीकार्छन् । आफू उत्पीडित जाति त्यसमा पनि किसान परिवारबाट प्रतिनिधित्व गरिरहेकाले सबैको उत्पीडनबारे बुझ्ने, सबैलाई मिलाएर लान सक्ने उनी बताउँछन् ।