कन्हैलाल चौधरी
जसरी काँग्रेसको सिद्धान्त भन्नु पर्दा हामीले वीपीको समाजवाद भनेर संस्मरण गर्छौं, एमालेको मार्क्सवाद र लेनिनवादको साथमा मदन भन्डारीको जनताको बहुदलिय जनवाद (जवज) भनेर बुझ्ने गर्छौं । त्यसै गरी नेपाल कम्युनिष्ट पार्टी माओवादीको सिद्धान्त भन्नु पर्दा माओवाद अर्थात् साम्यवाद भनेर सामान्य तया अर्थ्याउने गर्छौं । (उहाँहरूले भनेअनुसार लागु नहुनु उहाँहरूको कमजोरी हुन सक्छ ।)
यी त भए दशकौं पहिले अस्तित्वमा आएका बिदेशी र नेपालीहरूको परम्परागत सोचाईहरूमा आधारित पुराना पार्टीहरू ।
अहिले नेपालमा खोलिएका थुप्रै नयाँ पार्टीहरूमध्ये छोटो समयमा जनता बिच नचिताएको लोकप्रियता हासिल गर्न सफल एक मात्र पार्टीको नाम हो “नागरिक उन्मुक्ति पार्टी” । जुन पार्टी गत वर्ष २०७८ पुस ९ मा औपचारिक रूपमा स्थापना भएको थियो । यो पार्टीको समष्टिगत सिद्धान्त भनेका सुशासन, समृद्धि र पहिचान हो, जुन जहिले पनि राष्ट्र, राष्ट्रियता र नागरिकप्रति समर्पित छ।
सुशासन
सुशासन अन्तर्गत न्याय, समानता र अधिकार प्रत्यायोजन गर्ने प्रमुख निकायहरू कार्यपालिका, ब्यवस्थापिका र न्यायपालिकाहरूको लोकतान्त्रिक पद्धतिअनुसार ब्यवाहारिक कार्यान्वयन यसका प्रमुख पक्षहरू हुन् । जसले नेपालमा बसोबास गर्ने जातजाति, धर्म, लिंग र भौगोलिक अवस्थितिअनुसार अस्तित्वमा रहेका सम्पुर्ण नागरिकको रक्षा गर्दछ । यसको व्याख्या विस्तृत रुपमा पछि गरिने छ ।
समृद्धि
नागरिक उन्मुक्ति पार्टीको अर्को सिद्धान्त भनेको समृद्धि रहेको छ । नेपालमा खोलिएका पुराना पार्टीहरू जहिले पनि मनोगत सैद्धान्तिक विषय बस्तुहरूमा बाझाबाझ गर्ने, कसैले मेरो विचार राम्रो त कसैले उसको बिचार गलत भन्दै एक अर्कालाई दोषारोपण गर्दै समय बर्वाद गरेको देखिन्छ।
कसैले युरोपको सिद्धान्त राम्रो भन्दै अंगिकार गरे त कसैले अमेरिकाको सिद्धान्त राम्रो भने, कसैले माओको सिद्धान्त राम्रो भने त कसैले रूसको । तर, यी बिविध सिद्धान्तमा अल्झेर देशको समृद्धि चाहीं हाता लाग्यो शुन्य ।
त्यसैले यी समग्र सिद्धान्तहरूको परिमार्जित र एकिकृत रुप, हाम्रो राष्ट्र सुहाउॅंदो, हाम्रा नागरिकहको पक्षपाती, सम्पूर्ण नागरिक र समस्त मानव जगतको भलाई हुने, देशमा अमन चयन शान्ति र समृद्धि स्थापना गर्ने समष्टिगत कार्य नै नागरिक उन्मुक्ति पार्टीको सैद्धान्तिक बिचार रहेको छ ।
नागरिक उन्मुक्ति पार्टीले बिचारको मात्रको सिद्धान्त भन्दा ब्यवहारिक पक्षलाई बढी महत्व दिई लोकतान्त्रिक पद्धतिलाई आफ्नो सिद्धान्तको रूपमा अंगिकार गरेको छ । जस अन्तर्गत स्वास्थ्य, शिक्षा, रोजगारी, भौतिक पूर्वाधार (खानेपानी, सिंचाई, बाटो घाटो ईत्यादि), जहाँ सबै नागरिकको समान सहभागिता, उत्तरदायित्व र उपभोग रहोस् ।
पहिचान
नागरिक उन्मुक्ति पार्टीको अर्को सैद्धान्तिक पक्ष भनेको पहिचान रहेको छ । नागरिक उन्मुक्ति पार्टीले राष्ट्र र राष्ट्रियतालाई नै पहिचानको रुपमा ब्याख्या र विश्लेषण गर्दछ । नेपालमा सबै भन्दा नबुझिएको बिषय नै पहिचान हो । अहिलेसम्म पहिचानलाई कसैले पनि सहि तरिकाले व्याख्या विश्लेषण गर्न सकिरहेका छैनन्।
पहिचान अर्थात आईडेन्टिटी भन्ने बित्तिकै हामी नेपाली भएको नाताले विश्वमान चित्रमा हामी हाम्रो देश नेपालको नाम सम्झन्छौं । यदि नेपाल भन्ने देश नभएको भए के सम्झिने, हाम्रो पहिचान के हुने ? एक क्षण कल्पना गर्रौं त ?
नेपाल भन्ने वित्तिकै सम्झिने अन्य पक्षमा हिमाल, पहाड, तराई, नदीनाला, शान्तिका अग्रदुत भगवान वुद्ध, लुम्विनी, पशुपतिनाथ, स्वयम्भुनाथ लगायत, नेपाल सम्वत, भाषा साहित्य, संस्कृति, भेशभुषा खानपान, हाम्रो प्राविधिक ज्ञानहरूले नै हाम्रो पहिचान झल्काउने गर्छ ।
हाम्रो देशमा १२५ जातजातिको जातजातिहरूको बसोवास रहेको छ । सबै जातजातिको साझा थलो हो नेपाल । यी सबै जातजातिहरू एउटै मालामा जोडेर राख्ने कसरी त ? यी कुराहरूको पहिचान गरी त्यसलाई राष्ट्र र राष्ट्रियतासॅंग कसरी जोडन सकिन्छ र नेपाललाई विश्व सामु एक शान्त र समृद्ध राष्ट्रको रुपमा कसरी परिचित गराउन सकिन्छ ? भन्ने प्रश्नको सरलीकृत सामाधान र त्यसको ब्यवस्थापन गर्ने ब्यवहारिक पक्ष नै नागरिक उन्मुक्ति पार्टीको अर्को प्रमुख सिद्धान्त रहेको छ ।
त्यसकारण पहिचानका ७ खम्वाहरू भनेर हामीले भाषा तथा साहित्य, खास गरी नेपालमा अस्तित्वमा रहेका सम्वतहरू, संस्कृति, भेसभुषा, खानपान, परम्परागत प्राविधिक ज्ञान तथा भूगोललाई लिएका छौं । (विस्तृत अर्को लेखमा)
लेखक नागरिक उन्मुक्ति पार्टीका लुम्विनी प्रदेश संयोजक हुन्
प्रकाशित:
१३०९ दिन अगाडि
|
१२ कात्तिक २०७९
२ दिन अगाडि
|
१४ जेठ २०८३
३ दिन अगाडि
|
१३ जेठ २०८३
४ दिन अगाडि
|
१२ जेठ २०८३
५ दिन अगाडि
|
११ जेठ २०८३
६ दिन अगाडि
|
१० जेठ २०८३
७ दिन अगाडि
|
९ जेठ २०८३
८ दिन अगाडि
|
८ जेठ २०८३
१३२७ दिन अगाडि
|
२५ असोज २०७९
१३६१ दिन अगाडि
|
२१ भदौ २०७९
१३७१ दिन अगाडि
|
१२ भदौ २०७९
१३२६ दिन अगाडि
|
२६ असोज २०७९
१२७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१३३१ दिन अगाडि
|
२० असोज २०७९
१२६४ दिन अगाडि
|
२७ मंसिर २०७९