थारू लेखक संघ नेपालके अध्यक्षमे कविता काव्य 

थारू लेखक संघ नेपालके अध्यक्षमे कविता काव्य 

४ दिन अगाडि

|

९ साउन २०८३

केशव निमेषको 'मृत्युगञ्जको मौनता' सार्वजनिक 

केशव निमेषको 'मृत्युगञ्जको मौनता' सार्वजनिक 

१८ दिन अगाडि

|

२७ असार २०८३

कवि केशव निमेषको नवीन कवितासङ्ग्रह 'मृत्युगञ्जको मौनता' असार २७ गते शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहबीच नेपाल प्रज्ञा प्रतिष्ठानको  लेखनाथ कक्षमा सार्वजनिक गरिएको छ। शिखा बुक्सबाट प्रकाशित उक्त कृतिको साहित्य, राजनीति र सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा विमोचन गरिएको हो। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति भूपाल राईले 'मृत्युगञ्जको मौनता' समकालीन नेपाली समाजका अन्तर्विरोध, मानवीय संवेदना र समयको गहिरो बेचैनीलाई कवितामार्फत सशक्त ढङ्गले अभिव्यक्त गर्ने कृति भएको बताउनुभयो। उहाँले केशव निमेषका कविताले युगीन चेतना, प्रतिरोध र मानवीय मूल्यलाई कलात्मक रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै यो सङ्ग्रह समकालीन नेपाली कवितामा अर्थपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नुभयो। सामाजिक अभियन्ता तथा कवि अस्मिता वादीले कवितासङ्ग्रहले समाजमा दबिएका आवाज, मौन बनाइएका जीवन र सीमान्तकृत समुदायका अनुभूतिलाई संवेदनशील रूपमा अभिव्यक्त गरेको बताउनुभयो। उहाँले साहित्य केवल सौन्दर्यबोधको विषय नभई सामाजिक रूपान्तरणको माध्यम पनि भएको उल्लेख गर्दै निमेषका कविताले पाठकलाई सोच्न र समाजलाई नयाँ दृष्टिले हेर्न प्रेरित गर्ने धारणा राख्नुभयो। कार्यक्रममा प्रतिनिधिसभाका सांसदत्रय सुरेश कुमार चौधरी, खड्गबहादुर बुढा र रमेश मल्लले कवितासङ्ग्रहमाथि शुभकामना तथा समीक्षा प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले साहित्यले समाजलाई मानवीय, संवेदनशील र लोकतान्त्रिक चेतनातर्फ डोर्‍याउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै 'मृत्युगञ्जको मौनता' ले समकालीन नेपाली समाजका यथार्थलाई प्रभावकारी ढङ्गले उजागर गरेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रमको प्रारम्भमा शिखा बुक्सका प्रकाशक पुष्पराज शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै साहित्य सिर्जना र प्रकाशनलाई निरन्तरता दिन पाठक, लेखक र प्रकाशकबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले गुणस्तरीय नेपाली साहित्यलाई पाठकमाझ पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। कार्यक्रमको अन्त्यमा कवि केशव निमेषले आफ्नो लेखन यात्राका अनुभव साझा गर्दै कविता आफ्नो समय, समाज र मानिससँगको निरन्तर संवाद भएको बताउनुभयो। उहाँले 'मृत्युगञ्जको मौनता' आफ्ना व्यक्तिगत अनुभूति मात्र नभई समाजका असङ्ख्य आवाजहरूको प्रतिनिधित्व गर्ने प्रयास भएको उल्लेख गर्नुभयो। कार्यक्रमकाे सहजीकरण नविन अभिलाषीले गर्नु भएकाे थियाे ।

थारु भाषामा पठनपाठन गर्न सांसद कठरियाको माग

थारु भाषामा पठनपाठन गर्न सांसद कठरियाको माग

१०५ दिन अगाडि

|

३ वैशाख २०८३

रास्वपाकी संघीय सांसद करिश्मा कठरियाले प्रधानमन्त्री बालेन्द्र शाहसँग वैशाख २ को भेटघाटमा १४ बुँदे माग राखेकी छिन् । १४ बुँदे मागमा के के छन् त ? १. २०७२ साल भाद्र ७ गते थारुहरुले टिकापुरमा गरेको बिद्रोहलाई सम्बोधन गर्दै तत्काल लाल आयोगको प्रतिबेदन सार्वजनिक गर्नुपर्ने ।  २. थारुहरुको प्रथाजनित शासन प्रणाली बरघर/भलमन्सा लाई मान्यता दिदै राज्यको मुलधारमा ल्याउनु पर्ने ।  ३. निजामती, न्यायिक, प्रहरी लगायत सबै सरकारी सेवामा आरक्षित वर्गका लागि तोकिएको अनुपातमा थारुहरुको आरक्षण व्यवस्था अभ्यासमा पुर्णत  लागु  गर्नुपर्ने । ४. सम्बिधानको धारा ५६ को ५ ले ब्यबस्था गरे अनुरुप थारु बहुल  क्षेत्रलाइ थारु विशेष  क्षेत्र घोषणा गर्नुपर्ने । ५. थारु समुदायलाइ मात्रै लाग्ने प्राणघातक रोग सिकलशेल एनिमियाको निशुल्क उपचारको ब्यवस्था गर्दै पिडित परिवारलाई राहतको ब्यवस्था गर्नुपर्ने । ६. थारु बहुल  क्षेत्रमा थारु भाषामा पठनपाठन गर्न पाउने अधिकारको सुनिश्चित गर्नुपर्ने । ७. बन्यजन्तुका कारण निकुञ्ज वरिपरि थारुहरुले दिनहु ज्यान गुमाउनुपर्ने परिस्थितिको समाधान गर्नुपर्ने । यसकालागी पुर्व सुचना दिने ब्यवस्था सहित एनिमल ट्रयाकिङ सिस्टम लागू गर्नुपर्ने । ८. महिला हिँसा र शिशु स्याहारको अवस्था चिन्ताजनक भएकाले तत्कालै महिला हिंसा र शिशु स्याहारकालागी  ठोस योजना लागू गर्नुपर्ने ।  ९. मुक्त कमैया र मुक्त कम्लहरी घोषणा भएको २५ वर्ष बिते पनि समस्या समाधान नभएकाले तत्कालै रोजगारी सहितको आवासको हक उपलब्ध गराइ लालपुर्जाको ब्यवस्था गर्नुपर्ने । १०.भुमिहिनहरुको पहिचान गर्ने र  भुमिको समस्या तत्काल  सामाधान गरि लालपुर्जाको व्यवस्था गर्नुपर्ने । ११. किसानले बीउ मल र प्रबिधि समयमै पाउने ब्यवस्था गर्नुपर्ने । १२. किसानले उत्पादन गरेको मुख्य खाध्यवस्तुको न्युनतम समर्थन मूल्य तोकि खरिद गर्नुपर्ने । अहिलेको जस्तो हचुवाको भरमा मुल्य तोक्ने नभै वैज्ञानिक तरिका अवलम्बन गरि उचित मूल्य तोक्नुपर्ने । १३. बर्षेनी बाढी र डुवानले पार्ने क्षति न्यूनीकरण गर्न उचित तटबन्धको ब्यवस्था गर्नुपर्ने । १४. लागूऔषधको बढ्दो विगविगी र बेरोजगारी समस्या समाधान गर्न सरकारबाट तत्काल कडाइका साथ नियन्त्रणात्मक कदम चाल्दै उद्यमशीलता प्रवर्द्धन, सीपमूलक तालिम तथा रोजगारी सिर्जनामा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्नपर्ने ।  

गछदारबाट थारु भाषा, साहित्य, संस्कृति संरक्षणका लागि अनुसन्धान केन्द्र माग

गछदारबाट थारु भाषा, साहित्य, संस्कृति संरक्षणका लागि अनुसन्धान केन्द्र माग

१०५ दिन अगाडि

|

३ वैशाख २०८३

नेपाली काँग्रेसकी संघीय सांसद प्रमिला कुमारी गछदारले  प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष वैशाख २ गतेको  भेटघाटको क्रममा २६ बुँदे माग राखेकी छिन् । मागको विषय थारु समुदायका हक, समसामयिक समस्या तथा क्षेत्रीय विकासका मुद्दाहरु सम्बन्धमा ध्यानाकर्षण भनिएको छ ।  विशेषतः थारु समुदायसँग सम्बन्धित अधिकार, प्रतिनिधित्व, पहिचान तथा विकासका सवालहरु अझै पनि प्रभावकारी रुपमा सम्बोधन हुन नसकेको अवस्था विद्यमान रहेकाले सोही सन्दर्भमा बुँदागत ध्यानाकर्षण गराउन चाहेको बताएकी छिन्। २६ बुँदामा के के माग छन् ?  १. नेपालको संविधानको धारा ४२ अनुसार राज्यका विभिन्न निकायमा थारु समुदायलाई समानुपातिक समावेशीताको आधारमा आरक्षण सुनिश्चित गर्नुपर्ने व्यवस्था भए तापनि व्यवहारमा यसको कार्यान्वयन भएको छैन। सम्मानित सर्वोच्च अदालतबाट २०७४/०७/१५ तथा २०७९/१०/२४ मा जारी परमादेशहरुसमेत कार्यान्वयन हुन सकेका छैनन्। सम्बन्धित ऐन, नियम तथा नीतिगत व्यवस्थामा आवश्यक संशोधन गरी तत्काल कार्यान्वयन गर्न जोडदार माग गर्दछु। २. २०७२ सालको टीकापुर घटनालाई राजनीतिक दृष्टिकोणबाट पुनरावलोकन गरी लाल आयोगको प्रतिवेदन कार्यान्वयन गरियोस्। ३. थारु भाषा, साहित्य, संस्कृति तथा पहिचान संरक्षणका लागि अनुसन्धान केन्द्र तथा संग्रहालय स्थापना गरिनुका साथै विराटनगर–१९ वैजनाथपुरस्थित गिरिजा प्रसाद कोइराला रंगशालाको निर्माण कार्य शीघ्र सम्पन्न गरियोस्। ४. विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरमा स्तरोन्नति गर्न आवश्यक जग्गा अधिग्रहण, मुआब्जा सुनिश्चितता तथा उडान विस्तारको कार्य अगाडि बढाइयोस्, जसले कोशी प्रदेशको पर्यटन र आर्थिक विकासमा टेवा पुर्‍याउनेछ। ५. तीन दशकदेखि अधुरो रहेको विराटनगर चक्रपथ निर्माण कार्य सम्पन्न गर्न पर्याप्त बजेटको व्यवस्था गरियोस्। विराटनगर-१९ स्थित बैजनाथपुरको गिरिजा प्रसाद कोइराला  रङ्गशालाको निर्माण कार्य सम्पन्न गरियोस। ६. पालिका स्तरीय अस्पतालहरुको स्वास्थ्य बिमा बक्यौता रकम (जस्तै: दुहबी नगरपालिकालाई करिब ५ करोड) तत्काल भुक्तानी गरियोस्। ७. स्थानीय तहको स्वायत्तता सुदृढ गर्न सशर्त अनुदानको सट्टा समानीकरण अनुदानमा वृद्धि गरियोस्। ८. रानी–विराटनगर–किमाथांका कोशी राजमार्ग अन्तर्गत दुहबी खण्डको बाँकी निर्माण कार्यका लागि बजेट सुनिश्चित गरियोस्। ९. पूर्वी करिडोर (ADB) परियोजना कार्यान्वयनका लागि आवश्यक समन्वय  पहल गरी शीघ्र कार्यान्वयन गरियोस्। १०. थारु, राजवंशी, धिमाल लगायतका समुदायका ग्रामथान (परम्परागत धार्मिक तथा सांस्कृतिक स्थल) को संरक्षण तथा व्यवस्थापनका लागि बजेट विनियोजन गरियोस्। ११. गछिया खोला र बुढीखोला, केसलिया लगायतका खोलामा तटबन्धन निर्माण गरी डुवान समस्याबाट प्रभावित क्षेत्र (बुढीगंगा, विराटनगर लगायत) लाई सुरक्षित बनाइयोस्। सुन्दरहरैंचा ६ स्कुल डाडा र ७खानेपानी ट्यान्किटोल  जोड्ने गछिया खोलामा पुल निर्माण। १२. विराटनगर–४ मा सानो इक्रही हुँदै जोलाटोल - हुदै सगरमाथा सडक स्तरोन्नति, नाला निर्माण तथा पानी निकासको उचित व्यवस्थापन गरियोस्। १३. मोरङ जिल्लामा थारु संग्रहालय स्थापना तथा भाषा, साहित्य र संस्कृतिको अध्ययन अनुसन्धान केन्द्र स्थापना गरियोस्। १४. बिराटनगर १२,जनक मिलन मार्ग, सतिआही टोल लगायत) को स्तरोन्नति गरियोस्। १५. सुनसरीको बर्जु ताल संरक्षण, प्रवर्द्धन तथा समग्र विकासका लागि विशेष योजना ल्याइयोस्। १६. कृषि क्षेत्रको सुदृढीकरणका लागि सिँचाइ, मल आपूर्ति र विद्युत पूर्वाधारको समयमै व्यवस्थापन गरियोस्। १७. अलैची, चिया, अदुवा, कफी, अल्लो, चिरैतो जस्ता उच्च मूल्यका उत्पादनको ब्रान्डिङ, प्रशोधन तथा निर्यात प्रवर्द्धनका लागि उद्योग स्थापना गरियोस्। १८. केसलिया करिडोर निर्माण तथा व्यवस्थापन कार्य अघि बढाइयोस्। १९. जल, जमिन र जंगलमा आदिवासी तथा थारु समुदायको पहुँच सुनिश्चित गर्दै कोशी बेसिनलाई सिँचाइ तथा उत्पादनमुखी प्रयोगमा ल्याइयोस्। २०. कोशी प्रदेशमा सार्वजनिक–निजी साझेदारीमा सूचना प्रविधि पार्क स्थापना गरियोस्। २१. पर्यटन प्रवर्द्धनका लागि “शिव सर्किट” (उदयपुर, खोटाङ लगायत) विकास गरियोस्। २२. जलवायुमैत्री उत्पादन प्रणालीमा जोड दिँदै प्राकृतिक स्रोतको दिगो उपयोग सुनिश्चित गरियोस्। २३. वन क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी रोजगारी तथा आयआर्जनसँग आबद्ध गरियोस्। २४. मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै जैविक मार्ग व्यवस्थापन (मोरङ, सुनसरी, झापा क्षेत्रमा हात्ती तथा पहाडी क्षेत्रमा बाँदर समस्या) गरियोस्। २५. बुढीगङ्गा ७, मोरङ चतरा मुल नहर उत्तर बेलडाँगी गाउँ आउने जाने पुल निर्माण गरियोस । २६. सबै जातजातिको संस्कृति झल्किने रास्ट्रिय सङ्ह्रालयको स्थापना । सांसद प्रमिला कुमारी गछदारले आगामी बजेट, नीति तथा कार्यक्रम राख्न आवश्यक पहल तथा प्रभावकारी कार्यान्वयन हुने आशा व्यक्त गरेकी छिन् ।

दाङका विद्यालयमा प्राज्ञ डा सर्वहारी

दाङका विद्यालयमा प्राज्ञ डा सर्वहारी

१३३ दिन अगाडि

|

५ चैत २०८२

                                          तस्विरः चैतन्य पाठशालाका कक्षा ७ का विद्यार्थीहरुसँग अन्तक्रिया गर्दै प्राज्ञ सर्वहारी दाङदेउखुरीका विभिन्न विद्यालयमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा कृष्णराज सर्वहारी फागुन अन्तिम साता अवलोकनका लागि पुगेका छन् । सो क्रममा राप्ती गाउँपालिकास्थित चैतन्य पाठशालाका कक्षा ७ का विद्यार्थीहरुसँग अन्तक्रिया गरेका छन् । अन्तक्रियाअघि पाठशालाका प्रबन्ध निर्देशक डा जीवराज आचार्यले विद्यार्थीहरुसँग प्राज्ञ सर्वहारीको परिचय गराएका थिए । उनले पाठशालाको पुस्तकालयका लागि नेपाल प्रज्ञा प्रतिष्ठानका प्रकाशन उपलब्ध गराइ दिन आग्रह गरे । चैतन्य पाठशालाका प्रबन्ध निर्देशक डा जीवराज आचार्य तथा विद्यालय संस्थापकमध्ये एक खगेन्द्र चौधरीसँग प्राज्ञ सर्वहारी केही समय कक्षा ७ को ‘हाम्रो नेपाली’ पुस्तकमा आफ्नो ‘मामालाई सुधार्ने भान्जो’ शीर्षकको कथा समावेश भएको जनाउँदै सर्वहारीले विद्यार्थीहरुसँग भने, ‘कोर्सबाहेक कथा, कविता, निवन्धलेखन लगायत सिर्जनात्मक काममा लाग्नुहोस् । तपाईहरुले लेखेका रचना पनि पाठ्यपुस्तकमा छापिन सक्छ ।’ उनले प्रज्ञाको बालपत्रिका ‘लालपाते’मा रचना पठाउन र प्रकाशित रचनाको पारिश्रमिक पनि पाइने जानकारी दिए ।  प्राज्ञसभा सदस्य डा सर्वहारी तुलसीपुर–१५ स्थित बालचेतना आधारभूत विद्यालय, धम्कापुरका कक्षा ७ का विद्यार्थी तथा लमही नपास्थित आदर्श मावि देउपुरका कक्षा ८ का विद्यार्थीहरुसँग पनि अन्तक्रिया गरेका थिए ।  सो क्रममा सम्बन्धित पालिकाहरुबाट प्रकाशित स्थानीय विषयको पुस्तकबारे बढी छलफल गरेका थिए । लेखकहरुबाट हतारमा स्थानीय विषयको पुस्तक तयार गरिएको विद्यार्थीहरुको गुनासो थियो । सर्वहारीले आफ्नो लेखन यात्रा तथा प्रज्ञाले गर्ने कामको बारे जानकारी दिएका थिए । उनले थरुहट क्षेत्रका विभिन्न विद्यालयमा अन्तक्र्रियाका लागि पुग्ने आफ्नो अभियान रहेको बताए ।  स्मरण रहोस्, नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति भुपाल राई आएपछि ‘विद्यालयमा कुलपति’ कार्यक्रम पनि जारी छ । साभारः नयाँ युगबोध  

मातृभाषा दिवसमा प्रज्ञामा राष्ट्रिय कविता महोत्सव

मातृभाषा दिवसमा प्रज्ञामा राष्ट्रिय कविता महोत्सव

१५७ दिन अगाडि

|

१० फागुन २०८२

नेपाल प्रज्ञा प्रतिष्ठानले दुई दिने मातृभाषा दिवस शनिवार काठमाडौंमा सम्पन्न गरेको छ ।  फागुन ९ शनिवारको कार्यक्रममा मातृभाषा राष्ट्रिय कविता महोत्सवको रुपमा मनाइयो । महोत्सवका लागि विभिन्न ४२ भाषाका जम्मा १५७ कविता प्राप्त भएकोमा एक भाषाका एक कविलाई वाचनका लागि छनोट गरिएको थियो । अपवादबाहेक सबै कवि उपस्थित रहे । त्यसैगरी कविता महोत्सव अघि विभिन्न जात जातिको सांस्कृतिक झाँकी प्रज्ञा भवन कमलादी हुँदै घण्टाघर, रानीपोखरी, जमल हुँदै पुनः प्रज्ञा भवनसम्म नगर परिक्रमा गरेको थियो । थारु, नेवा, मगर, लिम्बू, थामी, धिमाल, शेर्पा, गुरुङ, छन्त्याल, सुनुवार, राई, तामाङलगायत दर्जन  झाँकीको प्रदर्शन रहेको थियो ।  कवि र झाँकी समूहलाई नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदी तथा कुलपति भुपाल राईले प्रमाणपत्र वितरण गरेका थिए । समापनमा कुलपति राईले ‘सवै भाषा सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मुल नाराअनुरुप नेपालको सबै भाषाको जगेर्नामा प्रज्ञा प्रतिष्ठान दत्तचित्त भएर लागेको बताए । कार्यक्रममा स्वागत प्राज्ञ परिषद सदस्य त्रैलोक्यमान बनेपाली ‘अगिब’ले तथा कार्यक्रम सहजीकरण प्राज्ञ सभा सदस्य डा कृष्णराज सर्वहारीले गरेका थिए ।  यसैगरी शुक्रवार फागुन ८ गते दुईवटा कार्यपत्र प्रस्तुति रहेको थियो भने फागुन १० गते प्रज्ञाको ४४औं प्राज्ञ सभा रहेको थियो । कार्यक्रममा मल्ल के सुन्दर मुख्य बक्ताको रुपमा रहेका थिए । प्रज्ञामा यो समितिको कार्यकाल अब एक वर्ष रहेको छ । 

ठुम्रार साहित्यिक बखेरीके ११२औं श्रृंखला निम्जल

ठुम्रार साहित्यिक बखेरीके ११२औं श्रृंखला निम्जल

१७२ दिन अगाडि

|

२६ माघ २०८२

ठुम्रार साहित्यिक बखेरीके ११२औं श्रृंखला माघ २४ गते सनिच्चरके रोज निम्जल बा । काठमाडौं, कीर्तिपुर, पाँगास्थित बरघर रेस्टुरेन्टमे हुइल बखेरीमे कवि शान्ति चौधरी, भूमिका थारु, सन्तोषी चौधरी सञ्जय सुमन, कृष्ण समर्पण, इन्द्र चौधरी, कृष्णराज सर्वहारी, जगत बाशिष्ठलगायत स्रस्टालोग चुनाव बिसेस रचना सुनैले रहिट । सन्तोषी चौधरी धानक् झुट्टी प्रदर्शन कैटि उहे सिर्सकमे वाचन करल कविता आकर्सक रहे ।  कार्यक्रमके घरगोस्या कृष्णराज सर्वहारी कीर्तिपुर क्षेत्रमे बहुट थारु युवा रटि रटि मजा सहभागिटा नै हुइ सेकल कारन ठुम्रार श्रृंखला भौतिक रुपले बन्ड कैना सोच आइल बटैलाँ । उहाँ समयहे मध्यनजर कैटि आब जुममार्फट कार्यक्रम कैना कि ? कना बाट ढर्ला । मने कार्यक्रमके सहभागिलोग ठन्चे सहभागिटा रलो पर ठुम्रार साहित्यिक बखेरीके आपन इटिहास रहलओर्से बन्ड नैकैना अर्जि कर्ला ।  ओस्टक कार्यक्रममे माघ १५ से १७ गटेसम पर्सामे हुइल १०वा थारु साहित्य राष्ट्रिय सम्मेलनके समिक्षा फेन कै गइल । कार्यक्रममे पर्साके सम्मेलनमे सहभागिलोग उद्घाटन सत्र कुछ लम्मा हुइलबाहेक सब पक्ष मजा रहल बटैलाँ । कार्यक्रममे श्याम गोइजियार, सियाराम चौधरी, राकेश चौधरी, सञ्जय सुमन लगायत सहभाागिलोग २०८३ सालमे चितवनमे हुइना ११वा थारु साहित्य राष्ट्रिय सम्मेलन आउर भव्य कइसिक बनाइ सेक्जाइठ, समयमे टयारि करे पर्ना बटौलाँ ।  कृष्ण समर्पण ११वा थारु साहित्य राष्ट्रिय सम्मेलनमे अपन पोस्टाके घुर्घुट खोल्वइना जनैलाँ । उहाँ थारु साहित्य राष्ट्रिय सम्मेलनके ५ वर्षे, १० वर्षे रणनीति बनाके इहि आर्थिक रुपले बल्गर बनाइ पर्नामे जोर डेलाँ । कवि शान्ति चौधरी ठाउँ ठाउँमे थारु साहित्य राष्ट्रिय सम्मेलन कैना सवल पक्ष रहल कहटि, सम्मेलन करल ठाउँमे का प्रभाव परल, यकर अनुगमन जरुरी रहल ढारना रख्लि । राकेश चौधरी थारु साहित्य सम्मेलनमे गैरथारु स्रस्टनके फेन उपस्ठिटिमे जोर डेलाँ । लेखनाथ चौधरी थारु कल्याणकारिणी सभा थारु भासा साहित्यके लग बहुट कुछ करि कि कना अस्रा लेलकमे नै सेकल कहटि थारु लेखक संघ नेपालके डायरा फराक बनाइ पर्ना बटैलाँ । लेखक संघके आजीजन सदस्य बह्राइ पर्ना, सम्मेलनमे प्रवेश शुल्क टोके पर्ना उहाँक् सल्लाह रहिन ।  थारु लेखक संघ नेपालके अध्यक्ष कृष्णराज सर्वहारी ठाउँ ठाउँमे थारु साहित्य राष्ट्रिय सम्मेलन करल सहआयोजकलोग जिल्ला, क्षेत्रिय स्टरमे नियमिट कार्यक्रम कैनामे लग्ना चाहि कनामे जोर डेलाँ । उहाँ इहे बरसके चैतके अन्टिम अठवार कैलालीमे हुइटि रहल थारु लेखक संघ नेपालके अधिवेशनमे आइक आजीजन सदस्यलोगन नेउटा डेलाँ ।