मंसिर ४ को निर्वाचन नजिकएसँगै नागरिक उन्मुक्ति पार्टीले होचा पुड्का कलाकारहरुलाई समेटेर यही कार्तिक १४ गते मेची–काली अभियानमा जाने भएको छ ।
होचा पुड्काहरुको नेपाल होचा पुड्का संघ गठन छ । नागरिक उन्मुक्ति पार्टीले यसै वर्गबाट अपांग समूहतर्फ लेखबहादुर मोक्तानलाई वागमती प्रदेशबाट प्रदेशसभातर्फ तथा निर्मल मक्रातीलाई गण्डकी प्रदेशसभातर्फ समानुपातिक उम्मेदवार बनाएको छ । त्यसैले, नेपाल होचा पुड्का संघका पदाधिकारीहरु नागरिक उन्मुक्ति पार्टीको प्रचारमा देशव्यापी रुपमा जान थालेको उम्मेदवार मक्रातीले बताए । उनले भने, अरु पार्टीले हामीलाई उम्मेदवारका लागि पत्याएनन् । नागरिक उन्मुक्ति पार्टीले हेर्यो । यसलाई राष्ट्रिय पार्टी बनाउन हाम्रो नि जोडबल रहन्छ ।
‘हामीलाई नागरिक उन्मुक्ति पार्टीले जस्तै ठूला पार्टी र नेताहरुले वास्ता गरिदिएको भए हामी यसरी भित्रभित्रै गुम्सिएर बस्ने अवस्था हुन्थेन । हाम्रा जिज्ञासाहरु, मनभित्रका कुराहरु यसरी बाहिर निकाल्न नपाउँदा पीडामा बाँच्नु परेको छ । हाम्रो हक अधिकारका लागि कुनै पार्टीले आवाज नसुनेको हुँदा आज नागरिक उन्मुक्ति पार्टीले हाम्रो आवाज सुनेर हामीलाई समेटेर टिकट दिलाउनु भयो,’ अर्का उम्मेदवार मोक्तानले भने, ‘हामी पनि यो देशका नागरिक हौँ । हामीलाई हेर्ने दृष्टिकोण फरक छ । भिन्नता छ तर हामी कदमा होचो भएपनि हाम्रो क्षमता अरुसरह नै छ । अवसरका लागि नागरिक उन्मुक्ति पार्टीका जन्मदाता रेशम चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठप्रति आभारी छौं ।’
यसै क्रममा होचा पुड्का कलाकारहरुलाई समेटेर मेची–काली अभियानमा जाने भिडियो प्रोमोको सुटिङ यही शुक्रबार भृकुटी मण्डपमा गरिएको छ ।
प्रकाशित:
१४६८ दिन अगाडि
|
५ कात्तिक २०७९
३ दिन अगाडि
|
१० कात्तिक २०८३
३ दिन अगाडि
|
९ कात्तिक २०८३
४ दिन अगाडि
|
८ कात्तिक २०८३
१४ दिन अगाडि
|
२९ असोज २०८३
१५ दिन अगाडि
|
२८ असोज २०८३
१९ दिन अगाडि
|
२४ असोज २०८३
२२ दिन अगाडि
|
२० असोज २०८३
१४७८ दिन अगाडि
|
२५ असोज २०७९
१५१३ दिन अगाडि
|
२१ भदौ २०७९
१५२३ दिन अगाडि
|
१२ भदौ २०७९
१४७८ दिन अगाडि
|
२६ असोज २०७९
१४२७ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८३ दिन अगाडि
|
२० असोज २०७९
१४१६ दिन अगाडि
|
२७ मंसिर २०७९