चुनाव नजिकएसंगै विभिन्न दलले विभिन्न क्षेत्रमा गठवन्धन गरिरहेका छन् । रुपन्देही–२ मा सत्ता गठबन्धनको उम्मेदवारी खारेज भए भएपछि त्यहाँ जनमुक्ति पार्टीका उम्मेदवारलाई सत्ता गठबन्धनले समर्थन गरेको छ ।
तर नागरिक उन्मुक्ति पार्टी एक्लो सतिसालझैं ठिंग उभिएको छ । कसैसंग गठबन्धन गरेको छैन । यस्तोमा नागरिक उन्मुक्ति पार्टीले कति स्थानमा विजयीको झण्डा गाड्ला, सर्वत्र चासोको विषय भएको छ ।
नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डित दावा गर्छन्, कञ्चनपुर र बाँकेमा एउटा एउटा, बर्दियामा दुइटा, कैलालीमा चारवटा सिट जित्छौं । गठबन्धनवालाको दाल गल्नेवाला छैन ।
ढकियाखबरसंग प्रवक्ता पण्डितले भने, कञ्चनपुरमा प्राविधिक कारणले २ र ३ नम्बर क्षेत्रमा संघीय संसद्मा प्रत्यक्षमा उमेदवार खडा गर्न सकिएन । कञ्चनपुर–१ का संघीय सांसदमा नन्दकुमार रानालगायत प्रदेशसभामा उठेका कञ्चनपुर–१ र २ का पल्टु राना, काली चौधरी, गीता चौधरी, जितेन्द्र चौधरी चारैजना प्रदेशसभा सांसदहरु जित्नेछन् ।
प्रवक्ता पण्डितले बाँकेमा पनि प्रतिनिधि सभामा एउटा क्षेत्र जित्ने दावी गर्छन् । उनले भने, बाँके क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा सुरेशकुमार चौधरी, प्रदेशसभा सदस्यमा (क)मा सोमराज चौधरी र (ख) मा भुमबहादुरी भण्डारीले उम्मेदवारी दिएका छन् । यी तिनैजनाले जित्नेछन् । यहाँ पार्टीको माहोल निकै राम्रो छ ।
बाँके क्षेत्र नम्बर ३ मा पनि नेपाली काँग्रेस त्यागेर नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए, रवीन्द्रमान श्रेष्ठले । तर उनले अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिए। श्रेष्ठजस्तै काँग्रेसबाट असन्तुष्ट भएर नागरिक उन्मुक्ति पार्टीमा गएका चन्तराम थारू ३ (क) बाट प्रदेश सभा उम्मेवार बनेका छन् । प्रवक्ता पण्डित भन्छन्, रवीन्द्रमान श्रेष्ठ विचलित हुनुभयो र उम्मेदवारी फिर्ता लिनुभयो । यहाँका प्रदेश सभा चन्तराम थारूको विजयी यात्रा कसैले रोक्न सक्तैन ।
उता बर्दियाको दुबै सिट पनि क्लीन स्वीप गर्ने प्रवक्ता पण्डितले दावी गर्दै भने, बर्दिया–१ मा पत्रकार ठाकुरसिंह थारुलाई युवा उम्मेदवार उठाएका छौं । उनले अवश्य जित्नेछन् ।
बर्दिया–२ मा नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरिदिएको छ । यहाँबाट उनका बुवा लालवीर चौधरी नल्का चिन्ह लिएर स्वतन्त्र उम्मेदवार छन् । रेशम चौधरीको उम्मेदवारीले बर्दिया–२ को जनतामा जुन उत्साह बढेको थियो, लालवीरको उम्मेदवारीले त्यो रत्तिभर नघटेको प्रवक्ता पण्डितले बताए । यहाँको क प्रदेशसभामा गायक प्रदेशी चौधरी तथा शिक्षण पेशामा लामो समय बिताएका धर्मबहादुर चौधरी ख प्रदेशसभामा उम्मेदवार छन्, सबैले जित्नेछन् ।कैलाली–१ मा रन्जिता श्रेष्ठ चौधरी, २ मा अरुण चौधरी, ३ मा गंगा चौधरी र ४ मा कैंया चौधरी नागरिक उन्मुक्तिका सबैले जित्ने दावी गर्दै प्रवक्ता पण्डितले भने, आयोगले लक्ष्मण थारुको उम्मेदवारी खारेज नगरेको भए यहाँ पनि जित्ने सेवर थियो ।
मानवअधिकारकर्मी सुशील चौधरी भन्छन्, ढकियाले यसपाली कसैले नसोचेको राम्रो भोट ल्याउनेछ, यसमा दुइमत छैन । तर उसले दावी गरेको जस्तो बर्दिया, कैलालीमा क्लिन स्वीप नहोला ।

ढकिया चुनाव चिन्ह लिएर यसपालीको चुनावमा कति उम्मेदवार छन् । पार्टी पदाधिकारीले बताउन सकेनन् । प्रतिनिधिसभातर्फ प्रत्यक्षमा थारुवानडटकमले ३४ जनाको सूची बनाएपनि त्यसमा २ जना स्वतन्त्र छन् । एकजनाले नाम फिर्ता लिएका छन् । यसरी ढकिया चुनाव चिन्ह लिएर आधिकारिक उम्मेदवार ३१ ज्ना देखिन्छन् । सबै प्रदेशमा गरी ५७ जना प्रदेशसभामा उम्मेदवार छन् ।

प्रकाशित:
१३६९ दिन अगाडि
|
१५ कात्तिक २०७९
३ दिन अगाडि
|
१३ साउन २०८३
५ दिन अगाडि
|
११ साउन २०८३
७ दिन अगाडि
|
९ साउन २०८३
११ दिन अगाडि
|
५ साउन २०८३
१३ दिन अगाडि
|
३ साउन २०८३
१४ दिन अगाडि
|
२ साउन २०८३
१५ दिन अगाडि
|
१ साउन २०८३
१३९० दिन अगाडि
|
२५ असोज २०७९
१४२४ दिन अगाडि
|
२१ भदौ २०७९
१४३४ दिन अगाडि
|
१२ भदौ २०७९
१३८९ दिन अगाडि
|
२६ असोज २०७९
१३३८ दिन अगाडि
|
१५ मंसिर २०७९
१३९४ दिन अगाडि
|
२० असोज २०७९
१३२७ दिन अगाडि
|
२७ मंसिर २०७९