ओइ बाउ, खोइ मेरो साइकल ?

ओइ बाउ, खोइ मेरो साइकल ?

१५२० दिन अगाडि

|

१४ भदौ २०७९

के थारू समुदाय नयाँ शक्तिको बीउ बन्न सक्छ ?

के थारू समुदाय नयाँ शक्तिको बीउ बन्न सक्छ ?

१५२० दिन अगाडि

|

१४ भदौ २०७९

सीएन थारू र आरके तामाङ २०७२ साल भदौ ७ गते भएको टीकापुर विद्रोह  भन्दा १२७ वर्ष पहिले विस १९४५ सालमा बरमझियाका भोलानाथ थारुले तत्कालीन राणा शासकले लादेको अत्यधिक करविरुद्ध विद्रोह गर्दा झुण्ड्याएर मारिएका थिए। उनीजस्तै बर्दियाका राधाकृष्ण थारुले कनरा विद्रोह गरेका थिए भने गुमरा थारुहरुले बेथबेगारी विरुद्ध विद्रोह गरेका थिए। राज्य औपनिवेशिकता विरुद्ध राज्यविहीन राष्ट्रहरुको यस्तो अनेकन नाम–रुपको ऐतिहासिक विद्रोहहरुमा राज्य प्रायोजित हिंसाको सिकार भएर कति मारिए इतिहासमा उल्लेख छैन। नेपाली इतिहासले उनीहरुको गाथा जानाजान मेटाउन चाहिरहेको छ तर जनताको स्मृति र कथाहरुमा ती बाँचिरहेका छन्। आधुनिक नेपाली राज्यको अवधारणा भित्रबाट हेर्दा नागरिकताको कागज पाए पनि उनीहरुलाई विसं १९१० को मुलुकी ऐनले करार गरेको मासिन्या मतवालीको दर्जामा राखेको थियो। औलोसँगै थारु उन्मूलन मुलुकी ऐन १९१० बन्दा गोर्खाली शासकहरुले पहाडको ठूलो जनसङ्ख्या भएको तामाङ र तराईको ठूलो जनसङ्ख्या भएको थारुहरुलाई मासिन्या मतवालीको दर्जा दिए। पहाडका तामाङ राष्ट्रलाई मासिन्या मतवाली करार गरिनु पर्ने विषयमा राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तान तीन मुख्य कारण पेस गर्दछन्– (१) भू–सामारिक रुपले तामाङहरुले हिन्दू अधिराज्यको शक्तिकेन्द्र काठमाडौं उपत्यकालाई चारै तिरबाट घेरेको हुनु, (२) पहाडी हिन्दु मान्यता अनुसारको पवित्र जनावर गाई सेवन गर्नु (३) विश्वदृष्टिकोणको रुपमा बौद्ध धर्मलाई अँगालेको एक मात्र ठूलो जनसंख्या हुनु। (कार्यपत्रः किन भयो तामाङ प्रथम राष्ट्रमाथि धेरै प्रहार ? एक सार दृष्टिकोण, २०७५ पुस २६)  मुलुकी ऐन १९१० बन्दा गोर्खाली शासकहरुले पहाडको ठूलो जनसङ्ख्या भएको तामाङ र तराईको ठूलो जनसङ्ख्या भएको थारुहरुलाई मासिन्या मतवालीको दर्जा दिए।  थारुको सन्दर्भ भने उन्मूलन नै प्रमुख कारण थियो। तराई मधेशको पूर्वदेखि पश्चिमसम्म ऐतिहासिक कालदेखि विशेषतः चुरे दक्षिणको क्षेत्र र त्यहाँका विशाल उपत्यकाहरु आवाद गरी बसेका थारुहरुको उब्जाउ फाँटहरुमा गोर्खालीहरुको गिद्धे नजर परेको थियो। सैनिकहरुलाई जितेको जमिन बाँड्दै अघि बढेका गोर्खाली शासकहरु विस १८१६ को सुगौली सन्धिपछि रोकिए र बाँड्ने नयाँ जमिन पाएनन्। यसरी नयाँ जमिनको खोजीमा तराई मधेशका थारु लगायत अन्य स्वदेशी राष्ट्रियताहरुको जमिन विर्ता, रकम तथा जागिरको नाममा बाँड्ने काम भयो। यसबाट लाभान्वित पहाडी शासकहरु मौसमी लाभ बुझ्न मात्र जान्थे। उनीहरुलाई त्यहीँ टिकिरहन औलोले रोकेको थियो।  विस २००४ सालमा नेपाललाई संस्थागत विकास सिकाउन स्थापित अमेरिकी संस्था यूएसओएमले गार्खाली शासकहरुको थारुको जग्गा हडप्ने महत्वकांक्षामा सहयोगी भूमिका निर्वाह गरे। गोर्खाली राज्यले विस २००८ सालमा बनाएको पहिलो प्राथमिकताको राष्ट्रिय योजना नै औलो उन्मूलनलाई दिनुले यही तथ्यलाई पुष्टि गर्दछ। जसै रापती दुनमा विस २०१३ सालमा औलो उन्मूलन भएको घोषणा गरियो, गोर्खाली राज्यले योजनावद्ध ढङ्गमा जग्गा दिएर सामूहिक बसाइँसराइ गरे। पहाडियाहरु झरेपछि थारु उन्मूलन परियोजना सुरु भयो, थारुहरुको भूमि अब गोर्खाली राज्यका प्रशासनिक अड्डा भए, थारुहरुका सामूहिक वन तथा चरण क्षेत्रहरु गोर्खालीहरुको राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र वा सामुदायिक वन भए। उनीहरुले बाँचेका जीवन विदेशीहरुलाई देखाउने चटक भयो। उनीहरु आफ्नो भूमिमा थारु भएर बाँच्नु नै अपराधीकरणको द्योतक बन्न पुग्यो।  यसरी रापती दुनका चित्वनिया, मडियारा, बेलौढिया, टाँर र लल्पुरिया थारुहरुले आवाद गरेको  भूमिमा हजारौ वर्ष रहँदा विकास गरेका मौजा, पर्गन्ना र गादी चौरासीको अर्थराजनैतिक व्यवस्था र स्वदेशी ज्ञान समाप्त पार्ने काम भयो। थारु राष्ट्रलाई सञ्चालन गर्ने महतो, चौधरी र जमिदारहरुलाई आधुनिक ज्ञानको आधारमा सामन्ती करार गरेर समाप्त पारिए। यसरी आफ्नो स्वदेशी ज्ञानबाट विच्छेद भएका रापती दुनका थारुहरुलाई आज पहाडियाहरुले सीमित क्षेत्रमा थुनेर शासन गरिरहेका छन्। लोकतन्त्र स्थापनापछि यसको विरुद्ध आवाज उठाउँदा पनि २०६५ फाल्गुन २२ गते कमल चौधरी लगायतलाई मारेर राज्यले बन्दुक मार्फत कायम राखेको थारु उन्मूलन परियोजनालाई निरन्तरता दिने काम गरेको छ।  विकासको नाममा थारु उन्मूलन मासिन्या मतवाली परियोजनाबाट बचेका बर्दियाका थारुहरुले विस २०१५ सालमा राधाकृष्ण थारुको नेतृत्वमा कनरा  (पहाडियाहरु कन्दरा भन्दछन्) विद्रोह गरे, जसमा सात जना थारुहरुलाई मारियो। लगत्तै २०१६ साल साउनमा दाङ उपत्यकाका थारुहरुले  बेठबेगारी प्रथाका विरुद्ध विद्रोह गरे। थारु किसानहरुलाई सित्तैँमा काम लगाउने उक्त प्रथाको विरुद्ध भएको विद्रोहमा गुमराह थारु लगायत मारिए। नेपालका कम्युनिस्टहरु उक्त विद्रोहलाई किसान विद्रोह भनि आफ्नो दाबी गर्दछन तर थारुहरु यो मान्न तयार छैनन्। विद्रोह दबाउन राज्यले यति धेरै बल प्रयोग ग¥यो कि विद्रोहपश्चात ठूलो मात्रामा  दाङका थारुहरु बसाइँ सरेर बुर्हान  अर्थात् वर्तमानको बाँके, बर्दिया, कैलाली र कञ्चनपुरतिर लागे। राज्यको हिंसा सहन नसकेर भाग्ने क्रम विस २०२८ सालसम्म कायम रह्यो।  यसरी आफ्नै प्रयत्नहरुबाट भइरहेको थारुहरुको प्रतिरोधलाई नेपालका राजनीतिक दलहरु, कांग्रेस र कम्युस्टिहरुले अत्यन्तै धेरै दुरुपयोग गरे। थारुहरुको राज्यप्रतिको असन्तुष्टिलाई यी दुई शक्तिहरुले आफ्नो राजनतिक लाभको लागि उपयोग गर्ने तर उनीहरुलाई भने कमैया प्रथा भएको समुदायको रुपमा चित्रित गर्ने काम जारी राखे। थारुहरुले आफ्ना खेतहरुमा सहयोग गर्न राखेका सहयोगीहरुलाई पहाडियाहरुको अतिक्रमणसँगै बसाइँ सरेर आएका पहाडियाहरुले कमाराको रुपमा राख्न गाउँँभन्दा बाहिर बस्न दिने र घरको काम लगाउने परम्परा कमैया प्रथा थियो। कमैया मुक्तिको नाममा थप थारुहरुमाथि उत्पीडन थोपर्ने काम भयो। जसले थारुहरुको शिर झुकाउने तर पहाडिया ठकुरी र राणा साहेबहरुको शासन टिकाउने काम भयो। पछि कम्युनिस्टहरुले थारु राष्ट्रिय मुक्ति आन्दोलनलाई वर्गीय आन्दोलनको लोभमा भरपुर उपयोग गरे। कमैया मुक्तिको नाममा थप थारुहरुमाथि उत्पीडन थोपर्ने काम भयो। जसले थारुहरुको शिर झुकाउने तर पहाडिया ठकुरी र राणा साहेबहरुको शासन टिकाउने काम भयो। पछि कम्युनिस्टहरुले थारु राष्ट्रिय मुक्ति आन्दोलनलाई वर्गीय आन्दोलनको लोभमा भरपुर उपयोग गरे। राजा–कांग्रेस–कम्युनिस्टको शक्ति सघंर्ष र पछि सबैभन्दा ज्यादा माओवादीहरुले जनमुक्ति सेनाको रुपमा उपयोग गरे। आजपर्यन्त आधुनिकता, लोकतन्त्र र विकासको नाममा विश्वभर राज्यविहीन राष्ट्रहरुमाथिको राज्य औपनिवेशिकता र विस्तारलाई नै वैधता दिँदै आएको परिप्रेक्ष्यमा नेपालका आधुनिक राजनीतिक दलहरु र ती दलका सम्भ्रान्तहरुको राजनीतिक स्वार्थ पुरा गर्ने औजारको रुपमा उपयोग हुँदै आएका यथार्थमाझ थारू लगायत नेपालका राज्यविहीन राष्ट्रहरुले ऐतिहासिक विद्रोहको लामो फेहरिस्त सहित आफ्नै नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति प्रारम्भ गर्नु लोकतन्त्रको निमित्त सुखद पक्ष हो।  अबको बाटो  अब के गर्ने भन्ने सवालमा जन–संवाद गर्नको निमित्त हालसालै राष्ट्रिय सीमान्तीकरण विरुद्ध अभियान नेपाल (समान–नेपाल) को टोलीले पूर्वको मोरङ्गिया थारुदेखि पश्चिम धनगढीको राणा थारुहरुका बौद्धिक अभियन्ताहरुसँगको संवाद गरेको थियो। यो यात्रामा दुई कुराहरु प्रष्ट पाइयो। पहिलो, नेपालका कम्युनिस्ट र कांग्रेसले थारुहरुसँग झुटा बाचा गरेर उनीहरुको राष्ट्रिय मुक्तिको सपनाको भरपुर उपयोग गरे तर बदलामा थारुहरुले केही नपाएको महसुस गरिरहेका छन्। दोश्रो, आफ्नो राष्ट्रिय मुक्तिको मार्ग आफैँ तय गर्नु पर्ने महसुस गरिरहेको पाइयो। तर टीकापुर विद्रोहमा संलग्नमध्ये एक दिनेश थारुले गरेको प्रश्नले सबैलाई झस्काइरहेको छ। उनको प्रश्न थियो, ‘राष्ट्रिय मुक्ति आन्दोलन या वैकल्पिक शक्ति निर्माण गर्ने हो भने त्यसको वैचारिकता के होर ? कुन ज्ञानको आधारमा संगठन निर्माण र नेतृत्व विकास गर्नेरु वर्तमानको वैचारिक अस्पष्टता सहित कसरी कैकल्पिक शक्ति निर्माण होलार ?’ वैकल्पिकताको वकालत गर्दै नयाँ शक्ति बनाउन हिँडेका बाबुराम भट्टराई पुनः पुरानै घर फर्किरहेको परिवेशमा यो प्रश्न नेपाली मात्र हैन विश्व राजनीतिक व्यवस्थाभित्र आफैमा यक्ष प्रश्न बनेर उभिएको छ।  सामन्तवाद र पछिल्लो समय पुँजीवादी साम्राज्यवाद विरुद्ध उत्पीडित वर्गले मात्र संघर्ष गरेको थिएन बरु उत्पीडित राष्ट्रहरुले पनि संघर्ष गर्दै थियो। उत्पीडित वर्गको निमित्त लोकतन्त्र भनेको समाजवादी क्रान्तिबाट मात्रै सम्भव थियो भने उत्पीडित राष्ट्रहरुले राष्ट्रिय मुक्ति क्रान्तिको धार विकास गरेका थिए। रुसी समाजवादी क्रान्तिमा राष्ट्रिय मुक्ति क्रान्ति पुरै समायोजित भएको थियो। विश्वका समाजवादी आन्दोलनहरु उत्पीडित वर्गको निमित्त भनिएको थियो तर ती आन्दोलनहरुको नेतृत्वमा शिक्षित बुर्जुवाहरु थिए। क्रान्ति पुरा भएपश्चात त्यो वर्गले नेतृत्व तहमा न सच्चा उत्पीडित वर्गलाई स्थापित हुन दियो, न त कुनै उत्पीडित राष्ट्रलाई नै। उनीहरुले नयाँ शासकको रुप धारण गर्दै आए। राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तान विश्वमा भएका सम्पूर्ण कम्युनिस्ट विद्रोहहरुमा मूलवासीहरुको पुरै समर्पण रह्यो। उनीहरुले पनि वैज्ञानिक समाजवादलाई आफ्नो लक्ष्य मान्दै युद्धहरुमा ज्यान दिए। तर, विश्व प्रणालीभित्र कम्युनिस्टले भन्दै आएको जस्तो समाजवादी व्यवस्था कहिल्यै भएन। रुस र चीन समेत समाजवादको नाममा कम्युनिस्ट पार्टीको लाल–नोकरशाही नियन्त्रण भएको राज्य पुँजीवाद बन्यो। कम्युनिस्ट लाल–नोकरशाही शासन मूलबासी शक्तिको निमित्त हिजोको सामन्त, फासिस्ट, बुर्जुवा पुँजीवादी तथा साम्राज्यवादीहरु जत्तिकै दमनकारी, शोषक र औपनिवेशिक शक्तिको रुपमा देखा परे। नेपालको राजनीतिक इतिहासको दृश्य पनि यसभन्दा फरक रहेन।  चुनावी कि राजनीतिक निकास ? सन् १९७० ताका नै अमेरिकादेखि पपुवा न्युगिनीसम्म लोकतन्त्रले सामना गर्नु परेको नयाँनयाँ संस्थागत र व्यावहारिक चुनौतीहरु नेपाली राज्यले पहिलो पटक वि।स। २०४७ पछि आंशिक र वि।स। २०६२, ६३ पछि व्यापक रुपमा सामना गर्नु पुग्यो। लोकतन्त्र स्थापनापछिको एक समय त यस्तो पनि देखियो कि थारु लगायतका राष्ट्रियताहरुले अगाडि बढाएको आन्दोलनले लिम्बुवान र थरुहटमा समानान्तर संरचनाहरु बनाएर जनतामा एक किसिमको मुक्त क्षेत्र जस्तो स्वशासनको अनुभूतिसम्म दिलाए। अन्ततः परिवर्तनलाई दोश्रो संविधान सभा मार्फत यसरी उल्ट्टयाइयो कि हिजोका क्रान्तिका नेताहरु आज सांसद हुन यही संविधानलाई अँगाल्दै गई रहेका छन्। पश्चगामी तथा यथास्थितिवादी शक्तिहरु निर्वाचन मार्फत यसको निकास खोजिनु पर्ने वकालत गर्दैछन्। तर के निर्वाचन र वर्तमानको संविधानले टीकापुरका दिनेश थारु लगायतका मुक्तिको राजनीतिक आकांक्षालाई सम्बोधन गर्न सक्छ ? निर्वाचनले २०७२ ले कोरेको संवैधानिक शक्ति संरचनालाई अझ मजबुत बनाउँछ तर, यस्ता समूहहरुले स्वामित्व ग्रहण नगरेको संविधान कति दिन टिक्ला भन्ने सवाल पनि छ। उनीहरु सही विचार, नेतृत्व र योजनाको पर्खाइमा छन्। यही अभावमा टेन्डर भर्न हिँडेका रवि लामिछानेहरुसँग थारु लगायत नेपालका राज्यविहीन राष्ट्रहरुको मुक्तिको योजना छैन। विश्वव्यापी रुपमा भइरहेको शक्ति संरचनाको फेरबदललाई हेर्ने हो भने वर्तमानको सातौँ संविधान पनि लामो समय टिक्ने सम्भावना देखिन्न। यसबीचमा थारु लगायतका  आदिवासी राष्ट्रियताहरुले प्रष्ट विचार, जोखिम मोल्न सक्ने साहसी नेतृत्व र रणनीतिक व्यवस्थापन सहित योजनाबद्ध आन्दोलन उठान गर्ने हो भने उक्त संवैधानिक शक्ति संरचनामा उनीहरुले पनि नयाँ शक्तिको हैसियत पाउने निश्चित छ। नेपालखबरबाट

सेफली चौधरीको पुरै दिन बित्यो ‘अग्रासन’को पर्खाइमा 

सेफली चौधरीको पुरै दिन बित्यो ‘अग्रासन’को पर्खाइमा 

१५२१ दिन अगाडि

|

१३ भदौ २०७९

धनगढी   रातभरी पानी दर्किरह्यो । त्यसैले, सोमबार बिहान मोहना नदी उर्लिएको थियो । कैलालीको कैलारी गाउँपालिका–९ कोइलहीका बुधराम चौधरी र उनकी श्रीमती एका बिहानैदेखि मोहना नदीको ढिकमा बसेर बाढीको बहाब घट्ने पर्खाइमा थिए ।  बुधराम दम्पत्तिको ज्यान नदी तटमा थियो । ध्यान भने, सीमा पारी रहेकी विवाहिता छोरी सेफली चौधरीकहाँ थियो । वर्षौ दिनपछि अट्वारीको अग्रासन (कोसेली) दिन जान लागेकाहरु दिनभरजसो पनि बाढीको बहाब नघटेपछि हैरान देखिन्थे ।  अग्रासनको पोकोमा, अन्डी चामलको रोटी, खरिया, फुलौरी, खुर्मा, भात, माछाको पक्ली (सिद्रा) परिकारसहित, विभिन्न तरकारी, फलफूल रहेको थियो । ती बासी हुने हो कि भन्ने चिन्ता थियो ।  सेफलीको सुसुराली भारतको उत्तर प्रदेशको खिरी जिल्लास्थित पुरैना गाउँ हो । पुरैना जान नेपाल–भारत सिमानामा रहेको मोहना नदी तर्नुपर्छ । तर उनीहरुको मातृत्व प्रेम गाँसिएको अग्रासन पुग्ने बाटोमा मोहना नदी सोमबार तगारो बनेर तेर्सिएको थियो ।             पारी छोरीको गाउँ औंल्याउँदै बुधराम चौधरी,                                                              सबै तस्विरः लखन दहित नदी तर्न ती दम्पती भित्तरिया–मोहनापुर घाटमा राखिएको डुंगा चल्ने पर्खाईमा थिए । मलिनो अनुहार पार्दै बुधरामले भने, ‘यो अग्रासन, हाम्रो चोखो मायाको पहुरा हो । बिहानदेखि दिउँसोसम्म यही मोहना नदीकै ढिकमा छौ । उता पारि छोरी हाम्रो बाटो कुरेर बसेकी होलिन् । हामी वारि ३÷४ घण्टादेखि छौ । घर फर्कौ भने, कुन मुख लिएर फर्कौ । साँझसम्म जसरी भएपनि तर्नै पर्ला ।’ आफ्ना क्षमता अनुसारका विभिन्न सवारी साधनको माध्यमबाट टाढा–टाढा रहेका चेलीहरुलाई अग्रासन पु¥याउने ताँती थियो । तर अग्रासन पुर्याउने बाटोमा बाढी लगायतको अवरोधले कतै माया र भातृत्वप्रेम साटासाटका फिक्कापन आएको थियो । कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीका जीतलाल डंगौराको पीडामा पनि बुधराम दम्पत्तिको जस्तै देखिन्थ्यो । उनी मोहना पारिको गाउँ मोहनपुरमा अग्रासन पु¥याउन भनी घरबाट बिहानै निस्किए । जीतलाल पनि मोहना वारि नै रहे । जीतलाल र अग्रासनको ब्यग्र पखाइमा रहेकी उनकी छोरी फूलकुमारी चौधरी र नातिबीच मोहना नदीको पारिपारिबाटै इसारामै भलाकुसारी भइरहेको थियो । ‘कहिले काहीँ आउने यस्ता प्राकृतिक अवरोधले मन रोएर आउँछ । छोरीलाई अग्रासन लिएर गएको म वारि छु । पारीबाट छोरीले मलाई कुरिरहेको छ । कतिखेर यो नदीका बहाब घट्ने होला ? र छोरीलाई अग्रासनसहित अशिष दिन पाउँला’, जीतलालले लामो सास तान्दै भने ।  साँझसम्म छोरीको घर अग्रासन पु¥याएरै छोड्ने बुधराम र जीतलालको भनाइ थियो । अन्ततः भगवान्ले तिनको कुरा सुने, पानीको बहाव घट्यो । डुंगा चल्यो । अग्रासन दिएर फर्किनेबेला उनीहरु छोरीको घर पुगे ।

बर्किमार लोकमहाकाव्य, अट्वारी र भेँवाको अन्तरसम्बन्ध

बर्किमार लोकमहाकाव्य, अट्वारी र भेँवाको अन्तरसम्बन्ध

१५२२ दिन अगाडि

|

१२ भदौ २०७९

सुशील चौधरी थारू लोकमहाभारत अर्थात् बर्किमार लोककाव्यको कथा महाभारत कथासंग मेल खाने लोकगाथा हो । तर थारू लोक महाभारत (बर्किमार) मा पात्रहरुको प्रस्तुति जसरी भागवत गीतामा कृष्ण भगवानलाई पाण्डव सेनाको सारथीका रुपमा महत्वका साथ प्रस्तुत गरिन्छ, बर्किमारमा अर्जुन संगै अति महत्व पाउने पात्र भेँवा (भीम) हुन् । अटवारीमा उनको विशेष पूजा पनि गरिन्छ ।  बर्किमार लोकनाटकमा बाह्र वटा पर्वहरुमा सूचीकृत गरिएको छ । जसमा सम्ह्रौटी गीतबाट कथावाचन र प्रस्तुति सुरु गरिन्छ ।  सम्ह्रौटी गीतः बेबुरि बिनायक झमकि उरावै, बिना बुद्धिक टुम्हारो पाउ ।  ढनपटि ढन रे कुबेर टोर, हिरडा बइस मोटि डेहो र सिखाइ ।। भगमोटि सरन लिहबु टोर नाउँ, डेखि ढरम डेवि बन्ढन बा ।  पुरुब मै समिरौ सुरुज भरार, पछिउ मै समिरौ डेवि अउटार ।। उटर मै समिरौं हरिबविलास, डखिन मै समिरौ श्री जगन्नाठ ।  भगमोटि सरन लिहबु टोर नाउँ, डेखि ढरम डेवि बन्ढन बा ।।  पहिलो पैढार (पर्व) मा लखागीर रहेको छ । यस पैढारमा गुरु डौनागीर अर्थात् गुरु द्रोर्णाचार्यले गुरुकुलमा दर्शन, कला, साहित्य, संस्कार संस्कृति, युद्धकला आदि समग्र शिक्षित गर्ने क्रममा पाण्डव र कौरव पक्षका बीच जहिले पनि प्रतिस्पर्धा भएको वर्णन छ ।  पाण्डुका छोरा जुढिष्ठिल अर्थात् युधिष्ठिर हस्तिनापुरको राजा बन्ने कुरा थाहा पाएपछि जिरिजोढन (दुर्याेधन) लाई उकुसमुकुस हुन्छ । अनेक जालझेल, तिकडम गरेर भएपनि आफू राजा हुनुपर्ने सोचको भूत उनमा सवार हुन्छ । त्यसै क्रममा मामा शकुनीसंग पाँच पाण्डुको सर्वनाशको कुनै न कुनै उपाय निकाल मामा, भन्छन् । त्यसै क्रममा लाख (लाहाको घर) मा लगी झुक्याएर मार्ने षड्यन्त्र रचिन्छ । तर पाँच भाई पाण्डव बाँच्न सफल हुन्छन् । यसको गीति वर्णन लखागीर पैढारमा छ ।  श्लोक संवादः राजा जिरिजोढन कह जब लाग, सकुनी मामा जोरो र उपाय ।  सौ कुछु मामा जोरो र उपाय, कोन विढि मारुँ पञ्चो भाइ ।। राजा जुढिष्ठिल ढरम सेचलो, पाँचो पण्डौ राज अउटार ।  सकुनी मन्त्री मन्त्रा एक जोर, राजा जिरिजोढन सरस लै बोल ।। पण्डो मारी ठोर उपाय, पाण्डौ मारी लखागीर घर डार ।  राजा जेढिष्ठिल ढरम सेचलो, पाँचो पण्डौ राज अउटार ।। बर्किमारमा दोस्रो पर्व जटियक पैढार छ । यस पैढारमा लखागीर घरबाट बल्लतल्ल बँचेर आएका भोक, पियास र थकानले ब्याकुल पाण्डवहरुले खानपीनको व्यवस्था गर्न खोज्दा तलाउमा पानी लिन जाँदा डानु भन्ने डुँरुवा डैटुरवा (राक्षस) ले खान खोज्छ । पाँच भाईमा कसलाई आहार हुन दिने त भन्दा भीम (भेँवा) को कर्म डोरिन्छ । तर आफ्नो बल र बुद्धिले त्यस राक्षसलाई मारेर फर्कन्छन् वीर भीम । आमा कोटारिन माई (कुन्ती) ले समेत आफ्नो माइलो छोरालाई परीक्षा लिएर चिन्न सक्छिन् ।  श्लोक संवादः कैस नगरिया लगाउँ किर्टनीया, घर घर पण्डौ डुवारी ठाह्र ।  डिहट दाता भिछिया नह ले, डिहट दाता भिछिया नहि ले ।। राजा जेढिष्ठिल धर्ममा चल, पाँचै पाण्डव राज अवतार ।  सै किरा खयनुँ डरनु पचाइ, यिह किरा खयनुँ पेट रे पिराइ ।। डेढ उन्जरिया पानी पिइ, किरा एक डारुँ र पचा ।  राजा जेढिष्ठिल ढरमसे चलो, पाँचो पण्डौ राज अउटार ।। लोकमहाभारत बर्किमारको तेस्रो पर्वमा राउवेढ पैढार छ । यस पैढारमा बनवास त्यसमा पनि गुप्तवासमा रहेका पाण्डवले पाञ्चाल देशको डुर्पट राजाका छोरी डुर्पटी (द्रौपदी) को स्वयंवरमा अर्जुनले राउ माछाको शीर धनुषले छेदन गरेर द्रौपदीलाई प्राप्त गरेको प्रसंग बडो लोभलाग्दो ढंगले व्याख्या गरिएको छ । धनुर्धार्य अर्जुनको सर्वश्रेष्ठ धुन चलाउने कलाको व्याख्या मोहित गराउने शब्द र शैलीमा उतारिएको छ ।  श्लोक संवादः राजा डुर्पटक बेटी भए सम्ह्रौटि, सिकह्रि टुटल जैस मैजल हाँठि ।  डुढि रि बघिन छेंक कोपिला गाइ, डुढि रि बाघिन छेंक कोपिला गाइ ।।  राउबेढ डुरपटि लैआन, जेकर नाउँ ढनरजि हो ।  बेढल बेढल डुर्पटी र सुन, पेल पैठ ओहि रठ माझ ।।  बहिँया पकरि भिया रह घसिया, आब डुर्पटी र हुइलो हमार ।।  राउबेढ डुरपटी लैआन, जेकर नाउँ ढनरजि हो ।।।‘  बर्किमारको चौथो पर्व पसावर पैढारमा पाण्डव र कौरवको पासा खेल, शकुनीको कुचाल, राज्य र द्रौपदीलाई पासाको खालमा युधिष्ठिरले हार्नु र किंकर्तव्यविमुढ बन्नु, अप्ठ्यारो अवस्थामा पुग्नु जस्ता परिवेश यस पैढारमा बेलिविस्तार लगाइएको छ ।  श्लोक संवादः पहिला पासा जिरिजोढन डार, टो डार जुढिष्ठिल राजा ।  परल डाउ जिरिजोढन कहि, हारिगैल जुजिष्ठिल राज ।। राजा जुढिष्ठिल ढरमसे चलो, पाँचो पाण्डो राजा अउटार ।।। पाँचौ पर्वका रुपमा बनवासक पैढार छ । यस पैढारमा पाण्डवहरुले बनवासको जीवन कसरी व्यतित गरे, के कस्तो दुःख पाए, के कस्ता करामत गरे र कसरी आफूलाई सकुशल राख्न सफल भए भन्ने कथावस्तु समेटिएको छ ।  श्लोक संवादः पाँचो पण्डाओ घर आकुर लेओ, वन मुह चलल पञ्चो भाइ ।  पाँचो पण्डाओ घर आकुर लेओ, वन मुह चलल पञ्चो भाइ ।। राजा जुढिष्ठिल ढरमसे चलो, पाँचो पण्डौ राज अउटार ।।। घरवासक पैढार छैठौ पर्व हो, बर्किमारको । यस पैढारमा पाँच पाण्डव परिवारहरु बैराठ राजा (विराट राजा) को दरवारमा काम रोजगारीका लागि आफ्नो हातहतियार लुकाएर जान्छन् । जुढिष्ठिल (युधिष्ठिर) ले लेख्न पढ्न सिकाउने काम लिन्छन् । भीमले भान्साको जिम्मा लिन्छन् । अर्जुनले आफूलाई तेस्रोलिंगी भएको र नाम बृन्नहला रहेको गीत संगीत सिकाउन सक्ने बताउँछन् । साहिडेउ (सहदेव) ले आफू घोडाको तवेला हेर्ने घोडा चराउने र दौडाउन जान्ने बताउँदै काम सम्हाल्छन् । त्यसै गरी नकुरा (नकुल)ले आफू गोठालो काम गर्न तयार रहेको बताउँछन् । डुरपटि (द्रौपदी) ले केशविन्याशमा पारंगत भएकोले रानीको सुसारे हुन सक्ने योग्यता पेश गर्छिन् । सबैले कुशलताका साथ काम गरेर बैराठ राजालाई खुशी पार्छन् ।  श्लोक संवादः एह डेखो भइया राज फूलवारी, उहाँ डेखो भैया राजा घनवारी ।  एह डेखो भैया राजा नखनौर, कौन कोनम बोल पनिहार ।। राजा जुढिष्ठिल ढरमसे चलो, पाँचौ पण्डो राज अउटार ।।।। त्यसपछि, सातौं पर्वमा हँठियक पैढार छ । यस पैढारमा विराट राजाको मैमत्त हात्तीको चर्तिकला र त्यस डरलाग्दो हात्तीले गरेको बालीनालीको नोक्सान र त्यसलाई भीमले सहजै नियन्त्रणमा लिन सफल भएको कुरा बडा विचित्र शैलीमा प्रस्तुत गरिन्छ ।  बर्किमार पैढारको हँठियक पैढार धेरैले गाउने पैढार हो । थारू समुदायमा विशेष प्रभाव भीमको चरित्र रहेको छ । त्यसैले अट्वारी पर्व भेँवा (भीम)को शक्तिप्रति समर्पित भएर मनाउने चलन छ । भेँवाको सहयोग दंगीशरण राजाले पनि लिएको एक मिथकमा पाइन्छ ।  बर्किमार पैढारको हँठियक पैढार धेरैले गाउने पैढार हो । थारू समुदायमा विशेष प्रभाव भीमको चरित्र रहेको छ । त्यसैले अट्वारी पर्व भेँवा (भीम)को शक्तिप्रति समर्पित भएर मनाउने चलन छ । भेवाको सहयोग दंगीशरण राजाले पनि लिएको एक मिथकमा पाइन्छ ।  श्लोक संवादः राजक छेगरि भल खेट खावे, मोर बुटा छेगरि हाँकि रे नहि जा ।  एक ढेला मारु छेगरिया मरि जा, बाल चह्रि चह्रि खेट खा ।।  राजा जुढिष्ठिल ढरमसे चलो, पाँचौ पण्डो राज अउटार ।।। किचकक् पैढार बर्किमारको आठौ पैढार हो । यो पैढार पनि अति लोकप्रिय पैढारमध्ये एक हो । विराट राजाको दरवारमा विभिन्न भेषमा काम गरिरहेका पाण्डव परिवारमध्ये सैनन्द्री नामले रानीको सुसार गर्ने द्रौपदीलाई विराट राजाको साला किचकले आँखा लाउन थाल्छ । अनेक हरकत गर्छ, भीम किचकाका ती दुव्र्यवहार देखेर रिसले चुर हुन्छ ।  तर दाजु युधिष्ठिरको आज्ञाअनुसार गुप्तवासमा रहेकोले असली रुप नदेखाउन र बलले भन्दा बुद्धिले काम लिन पर्ने भएपछि त्यहीअनुरुप जालमा फँसाएर भीमले किचकको बध गरेको कुरा श्लोकहरुमा भनिएको छ । बर्किमार नाच नाटक मञ्चन हुँदा अर्जुनको प्रतीकको रुपमा रहेका गायन कलाकारहरुले रोचक शैली र भावभंगीमा बर्किमार गाउँछन् ।  श्लोक संवादः कात्तिक मास जमजुटिया र लाग, पिटा परोज निउटि बलाउँ ।  निउटी बलाउँ अरबेलि कुवाँरु, आडर भाउ भैन रे कहि होइ ।।  किचका मरन डिन पुगल बा, सौ कि सौ विढि मेटि नहि जा ।।। बर्किमारको नवौं पर्वमा सुसर्मक पैढार छ । यस पैढारमा त्रिगर्त देशमा सुसर्मा नाउँका राजाको राज्य हुन्छ । किचका विराट राज्यको सेनापति पनि भएकोले बेलाबेलामा सुसर्माको राज्यसंग युद्ध हुने गरेकोले किचका मरेपछि सुसर्मा खुशी हुन्छ । विराट राजा कमजोर भएको पनि महसुस गर्छ ।  फेरि अर्को मनले सोच्दछ कि किचकालाई मार्न सक्ने को होला ? पक्कै पनि भीमले हुन सक्छ । सैनन्द्रीके भेषमा रहेकी सुन्दरी द्रौपदी हुनुपर्छ भन्ने अनुमान लगाउँछ । अनुमान सही निस्कन्छ । आफ्नो साथी जिरिजोढन (दुर्योधन)लाई विराट राज्यलाई आक्रमण गर्ने योजना सुनाउँछ । यसबाट पुरानो बदला पनि लिन सकिने र पाण्डवको गुप्तवासको गोपनीयता भंग गरेमा पुनः उनीहरुलाई बनवास पठाउन सकिने जुक्ति पनि सुझाउँछ ।  विराट राजाका गाईको बथान कब्जा गर्ने रणनीति ल्याइएकोमा पाण्डवले कुशलतापूर्वक विफल तुल्याइदिन्छन् । सत्यवादी युधिष्ठिरको सत्यवादिता डगाउन सुसर्मा र दुर्योधन असफल हुन्छन् ।  श्लोक संवादः राजा सुसर्मा कह जब लाग, सकुनी मामा जोरो र उपाइ ।  सौ कुछु मामा जोरो र उपाइ, कौन कौनके बेहरबि गाई ।। भलि र भिवाँ अरजुन ढनुर्ढर कौरो मारि बेहरल गाई ।।।  बर्किमारको मुख्य र महत्वपूर्ण पैढार बर्किमार पैढार हो, जुन दसौ पर्वमा रहेको छ । बनवास सकेर पाण्डव परिवार घर फर्केपछि पनि दुर्योधनले पाँच गाउँ त के सियो बराबर पनि जमीन नदिने अड्डी लिएपछि न्याय र समानताका लागि सगोत्री लडाई गर्नुपर्ने परिस्थिति आइलाग्छ । लोकमहाभारतको अठार दिनको भीषण लडाईको व्याख्या यस पैढारमा कथिएको छ ।  श्लोक संवादः सपरि सपरिक बजना बजाओ, कुल हसनापुर हाँक पराओ ।  सपरहो रे भैया, नन्डा डुलार, उटरा कुवाँर कही बेहरबी गाई।।  भलि र भिवा अरजुन ढनुर्ढर, कौरो मारि बेहरबि गाई ।।।  कुरु क्षेत्रको लडाइँमा लाखौ लाख सेना मारिए, यस्तो परिवार बाँकी रहेनन्, जसको परिवारबाट कोही नमारिएका होऊन् । युद्धमा भएको क्षति, दुःख, वेदना, चित्कार समानुभूतिका लागि आत्मसमीक्षा गर्ने मन बुझाउनका लागि आत्मचित्त शुद्ध गर्न तथा ग्लानी र पश्चातापका लागि मनसाँढक पैढार कथिएको छ । यस पर्वमा कारुणिक दृश्यको व्याख्या गरिएको छ । यो पैढारमा एक किसिमको आत्मलाप र स्वमूल्याङ्कन पनि अनुभूत गर्न सकिन्छ ।  श्लोक संवादः कौरक दल सब भए सौलान, ओहि कुरुखेट रकटा रुहान ।  गिढ, चिल कौवा सब मेरराय, कुकुर सियार ब्वाँसा फोहवाय ।। राजा जुढिष्ठिल ढरमसे चलो, पाँचो पाण्डौ राज अउटार ।।। थारू लोक महाभारत बर्किमारको अन्तिम तथा बाह्रौ पर्व स्वर्गारोहण पैढार हो । कुरु क्षेत्रको लडाई जितेका पाण्डवले हस्तिनापुर र राज्यका सबै सेवाभोग गरेर पनि उनीहरुलाई शान्ति महसुस भएन । के गर्ने कसो गर्ने भन्दै गुरुजनसंग सल्लाह मस्यौदा गरेर हिमालतर्फको हरिकविलास प्रस्थान गर्न सुझाव पाउँछन् । स्वर्गको बाटो हिँडेका उनीहरुमध्ये युधिष्ठिरमात्र सिधै स्वर्ग पुग्दछन् । यस कुराबाट ससानो कमजोरीको पनि फल भोग्नुपर्छ भन्ने कुरा सम्झाउन खोजिएको छ ।  यसरी थारू समुदायको अटवारी पर्वमा भेँवा अर्थात् भीमसेनको पूजा गरिने त भनिन्छ । तर भेँवाको पराक्रम समेटिएको बर्किमारको विशेषताबारे धेरैलाई थाहा छैन । 

कैलाली–१ का बासिन्दा भन्छन्ः जनताले चुनेका सांसद जेल गएपछि विकास ठप्प

कैलाली–१ का बासिन्दा भन्छन्ः जनताले चुनेका सांसद जेल गएपछि विकास ठप्प

१५२४ दिन अगाडि

|

१० भदौ २०७९

टीकापुर पछिल्लो समय टीकापुर र रेशम चौधरी एक अर्काका पर्यायवाची झै छन् । जहाँको चुल्होचौकादेखि चौतारोसम्म, कोठे बैठकदेखि जनसभासम्म उही भाषण, उही चित्कार र रटान, ‘रेशम रिहाइ, टीकापुर घटना र राजनीतिक मुद्दा ।’ यो क्रम निरन्तर ७ वर्षदेखि चल्दै आएको हो । २०७२ ताका संविधान लेखनको क्रममा यहाँ परस्पर विरोधी थरुहट थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलन उत्कर्षमा थियो । यसैबीच भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप भयो । एक नाबालकसहित ८ प्रहरीको ज्यान गयो । त्यसको भोलिपल्ट भदौ ८ गते प्रशासनले कफ्र्यु जारीकै समयमा थारु समुदायका ८० भन्दा बढी घर, पसल, एफएममा आगजनी गरियो । त्यसयता टीकापुर घटना र मुद्दा तथा रेशम चौधरीको चर्चा परिचर्चाको रटान चल्दै आएको हो । यो क्रम यतिमा सीमित भएन, जब उनी २०७२ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा भूमिगत अवस्थामै अत्याधिक मतका साथ चुनाव जिते र शपथपछि कारागार चलान गरिए । निलम्बन गरिए । उनको अन्त्यहीन चर्चा चुलिई रह्यो ।  मंगलबार र बुधबार (भदौ ७ र ८ गते) सोही घटनाको स्मरण दिवस मनाइरहँदा आयोजित जनसभाका वक्ताका भाषण नै उही टीकापुर घटना, उही रेशम चौधरीको रिहाइमा केन्द्रीत थियो । एउटै जोड थियो, टीकापुर घटनाका राजबन्दीहरुको तत्काल रिहा । सरकारले पुनः प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति २०७९ मंसिर ४ गते तोकेको छ । तर २०७२–२०७९ को अवधि टीकापुर तथा कैलाली निर्वाचन क्षेत्र नं. १ शून्यताले गुजारेको हो । जिताएर पठाइएको आफ्नो जनप्रतिनिधिको उन्मुक्तिको चित्कारमा गुजारेको हो । विकास योजनाबाट विमुख सरकारले आव २०७५÷२०७६, २०७६÷२०७७ र २०७७÷२०७८ गरी ३ आर्थिक वर्षमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालनमा ल्यायो । जसअन्तरगत क्रमशः ४ करोड, ६ करोड र ४ करोड बजेट सवै निर्वाचन क्षेत्रको लागि विनियोजन गरेको थियो । तर दुर्भाग्य कैलाली निर्वाचन क्षेत्र नं. १ ले आ.व. २०७६÷२०७७ मा ६ करोड बजेटबाट वञ्चित भयो । निर्वाचन क्षेत्र नं. १ अन्तरगत पर्ने जानकी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप चौधरीले निर्वाचित सांसद रेशमलाल चौधरी टीकापुर घटना मुद्दामा निलम्बनमा परेपछि सरकारले आ.व. २०७६÷२०७७ मा ६ करोड बजेटबाट वञ्चित गराएको बताउँछन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम प्रत्यक्ष निर्वाचित सांसदको प्रत्यक्ष निगरानीमा छनोट तथा कार्यान्वयन हुन्छ । तर तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) सांसद रेशम चौधरीको अनुपस्थितिमा सो कार्यक्रम नेकपा एमालेका सांसदहरुको नेतृत्वमा कार्यान्वयन भयो । जिल्ला समन्वय समिति कैलालीका अनुसार प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचित सांसद नभएको अवस्थामा राष्ट्रिय सभा सदस्य एवं एमाले सांसद कमला ओली र शारदा भट्टको संयोजकत्वमा कार्यान्वयन भएको हो । आव २०७५÷२०७६ मा सांसद ओली र २०७७÷२०७८ मा सांसद भट्टको संयोजकत्वमा कार्यक्रम भएको जिल्ला समन्वय समिति कैलालीको तथ्याङ्कमा उल्लेख छ । तर जसको प्रभावकारितामा प्रश्न चिन्ह पनि उठ्दै आएको छ । टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराले टीकापुर नगरपालिका आफैमा निकै योजनाबद्ध ढंगले कोरिएको र ‘हेरिटेज सिटी’को रुपमा रहेको बताउँछन् । तर यहाँको संघीय जनप्रतिनिधि नहुँदा पाँच वर्षमा हुने विकासको गति नै ठप्प भएको दुखेसो पोख्छन् । पाँच वर्षसम्म जनप्रतिनिधिविहीनको शुन्यतामा बिताएका यहाँका जनताले राज्यले गरेको बेवास्ताको जवाफ पुनः आफ्नो अमूल्य मतमार्फत जाहेर गर्न व्यग्र प्रतिक्षामा छन् । अहिलेसम्म सुन्दर मानचित्रमा फूलबुट्टा भर्ने मालीको खोजीमा रोइरहेको छ टीकापुर । आफ्नो ५ वर्षे कार्यवधि वडाध्यक्ष र सम्पन्न स्थानीय तह निर्वाचनमा मेयरमा जितेपछि पुनः अर्को अवधि सुरु भएको बताउँदै उनले भने, ‘क्षेत्र नं. १ सम्भावनाले भरिएको क्षेत्र हो । यहाँको एकातिर कर्णाली नदी छ । कृषि, उद्योगधन्दा, कलकरखानाको सम्भावना उत्तिकै छ । आरोग्य केन्द्रको रुपमा टीकापुर पार्क यही छ । एयरपोर्ट छ, तर गौचरणमा परिणत छ । टीकापुर नगरपालिकाकै कुरा गर्ने हो भने यो निकै योजनाबद्ध सहर हो । केवल हामीले यहाँ विकासको फूलबुट्टा मात्रै भर्न बाँकी छ । यदि यहाँको प्रत्यक्ष निर्वाचित सांसद भइदिएको भए सबथोक सम्भव थियो ।’ सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री डा. रणबहादुर रावलको भनाइ पनि मेयर डंगौराको जस्तै छ । रावलले भने, ‘स्थानीय तह र प्रदेश सरकारबाट हुने विकासका कार्य नभएका होइनन्, तर संघीय सरकारबाट हुनुपर्ने ठूला विकासका कार्य भएनन् । यो क्षेत्रको सांसद आज भएको भए यहाँको विकास र सम्भावनाबारे आवाज उठाउँथ्यो, तर भएन । दुःखका साथ भन्छु, यहाँको विकासको गति संघीय सरकारले रोकिदिएको छ ।’ निर्वाचन क्षेत्र १ मात्रै होइन, समग्र कैलाली जिल्लाको भाविष्यसँग जोडिएको टीकापुर एयरपोर्ट, टीकापुरमा लालपूर्जासहित नेपालकै ठूलो खेलमैदान मैदान छ । तर रंगशाला बन्न सकेको छैन । कैलाली र बर्दिया जोड्ने कर्णाली नदीको सनकट्टी पुल, मेडिकल कलेजलगायत ठूला आयोजना निर्माणको कार्य सांसद नहुँदा छाँयामा परेको नेता रावल बताउँछन् । सरकारले आगामी मंसिरमा हुने निर्वाचनको मिति घोषणा गरेसँगै यहाँका राजनीतिक दल पुनः जुर्मुराउन थालेका छन् । तर पाँच वर्षसम्म जनप्रतिनिधिविहीनको शुन्यतामा बिताएका यहाँका जनताले राज्यले गरेको बेवास्ताको जवाफ पुनः आफ्नो अमूल्य मतमार्फत जाहेर गर्न व्यग्र प्रतिक्षामा छन् । अहिलेसम्म सुन्दर मानचित्रमा फूलबुट्टा भर्ने मालीको खोजीमा रोइरहेको छ टीकापुर ।

रेशमको चिन्ताः ‘थरुहट माता, म तिमीलाई जोगाउन सक्छु कि सक्दिनँ ?’  

रेशमको चिन्ताः ‘थरुहट माता, म तिमीलाई जोगाउन सक्छु कि सक्दिनँ ?’  

१५२५ दिन अगाडि

|

९ भदौ २०७९

रेशम चौधरी  २०६४ सालको थारू आन्दोलन ‘एक मधेस एक प्रदेश’ विरुद्ध थियो। राज्यको सहयोगमा भएको त्यही आन्दोलनका कारण मधेसी हारेझैं देखियो। तर‚ सँगै आन्दोलनकर्मी थारूको पनि हार भएको थियो। २०६४ सालमा पहिलो थरुहट आन्दोलन भयो। जसमा पाँच जना थारू सहिद भए। आन्दोलन उचित र अनुचित के हो भन्ने एक दिन अवश्य समीक्षा होला।  थरुहट आन्दोलनबारे थारूहरूसँग न सल्लाह भएको थियो‚ न उनीहरूबीच हल्ला नै। तर, एकाएक आन्दोलन उठ्यो‚ चैत वैशाखको डढेलो झैं। आन्दोलन परिचालित थियो। राज्यको सहयोग थियो। तर‚ राज्यलाई सहयोग गर्दागर्दै पनि किन पाँच जना थारू सहिद भए ? यो गम्भीर विषय हो। थारू आन्दोलन मधेसलक्षित थियो। आन्दोलन उचाल्नेको एउटै उद्देश्य थियो, मधेस मधेसीको मात्रै होइन, थारूहरूको पनि हो। बस, यही शब्दको झिल्काले आन्दोलनको डढेलो लाग्यो। सारा थारू सडकमा आए। आन्दोलन किन र कसरी भइरहेको छ भन्ने बुझेका हामीले त्यो भीडलाई नियन्त्रण गर्न सक्ने अवस्था थिएन। थारूहरू परिचालित आन्दोलनबारे अनभिज्ञ थिए। आन्दोलनको ज्वारभाटा रोक्ने प्रयास गर्यौं। आन्दोलनको यथार्थबारे दुई चार ठाउँमा बोल्यौं। तर‚ जहाँ बोल्थ्यौं, उल्टै थारू विरोधी, आन्दोलन विरोधीको संज्ञा पाउँथ्यौं। सत्य उजागर गर्दा हुने बेवकुफीको कारण म सोच्थें‚ ‘‘जनता जङ्गलमा ठडिएका वृक्ष हुन्। हावा चलेपछि पात हल्लिनै पर्छ। पात हल्लाउने हावालाई दुई चार जनाले फुकेको फुङ्कारले थाम्न सक्दैन।’’ म फूलबारी एफएमबाट सम्झाउन प्रयत्न गर्थें। बेवकूफ बनियो, तर सम्झाउन सकिएन। जीवनमा पहिलो पटक आभास भयो‚ ‘‘विष फैलिई सकेपछि अमृतको कामै रहेनछ।”  राज्यलाई सरल सहज रूपमा परिचालित हुने जनता चाहिन्छ। ती जनतालाई नियाल्ने अगुवा आफ्नो खल्तीको भए झन् गजब हुन्छ। आवश्यक परेको वेला खर्चियो, नत्र धन्सारमा थन्क्यायो। त्यो वेला राज्यले त्यस्तै आन्दोलन अगुवा भेट्टायो, जस्तो राज्यले चाहेको थियो।  २०६४ सालको थारू आन्दोलन गर्न उचाल्नेको एउटै उद्देश्य थियो, मधेस मधेसीको मात्रै होइन, थारूहरूको पनि हो। बस, यही शब्दको झिल्काले आन्दोलनको डढेलो लाग्यो।  आन्दोलन सकियो। मधेसी हारेझैं देखियो। आन्दोलनकर्मी थारू पनि हारे। तैपनि, थारूहरूमा विजयीभाव थियो। किनकि‚ मधेसीहरूले ताकेको २३ जिल्ला मधेस भएन। यही खुशियालीमा थारूहरूले भोज गरे। थरुहटमा खुशीयाली छायो। आन्दोलनका अगुवाहरूलाई अबीर घसिदिए। त्यो आन्दोलनका सीमित अगुवाहरूले लङ्का विजयको डङ्का फुकेर झूटको पगरी सिउरिए‚ बहादुरको संज्ञा पाए। आफ्नो स्वार्थ पूरा भएकोमा राज्य सबैभन्दा बढी उमङ्गित थियो। आन्दोलनका अगुवाहरूलाई मिडियाले खोजी खोजी अन्तर्वार्ता लिए। यदि अन्तर्वार्तामा दुवै पक्ष सँगै भए मधेसी नेता अत्यन्त शालीन भएर जवाफ दिन्थे। थारू नेताहरू सिद्रा बेचुवा, मिर्चा बेचुवा भन्दै उग्र हुन्थे। दुवैलाई उचालेर राज्य रेफ्री भएको थियो। गोल भए पनि सिट्ठी, फाउल भए पनि सिट्ठी। मधेसीले फाउल गर्दा पनि राज्यले सिट्ठी बजाउँथ्यो। थारूले गोल गर्दा पनि राज्यले सिट्ठी बजाउँथ्यो। हामी वास्तविक खेलाडीहरू बाहिर थियौं। मैदानभित्र प्रवेश नपाएकाले न फाउल गर्न सक्थ्यौं, न गोल गर्न सक्थ्यौं। साँच्चै भन्नुपर्दा मैदानमा हामी प्रवेश गर्न सक्ने अवस्थै भएन। २०६४ सालको थारू आन्दोलनलाई मधेसी बुद्धिजीवीहरूले नजिकबाट नियालिरहेका थिए। उनीहरुलाई थाहा थियो, थारूले साथ मात्रै दिए मधेस एक प्रदेश हुन सक्थ्यो। तर‚ थारूलाई पहाडीले उचाल्यो। जसका कारण मधेस एक प्रदेश बनाउने सपना चकनाचुर भयो। यदि थारूले ‘मधेस एक प्रदेश’ बनाउन सघाएको भए मधेसी बुद्धिजीवीले आधा आधा बाँडेर थरुहट प्रदेश दिन तयार थिए।  मधेस एक प्रदेश हुन नदिने आन्दोलन उठाउन राज्यले नगद सहयोग पनि गर्यो। आन्दोलन सफल भएपछि अगुवाहरूलाई राज्यले पुरस्कार दियो। केही आँखा चिम्लिई प्राकृतिक सम्पदा दोहन गर्न दिएर सहयोग गर्यो। खोलानालाको ढुङ्गामा गुन्डा–डनले कर उठाउँथे, पछि थारूले उठाए। हिजो भन्सार भन्सारमा तस्करहरूसँग साँठगाँठ गर्दै उरन्ठेउला राजनीतिक संरक्षणप्राप्त दादाहरूले कर उठाउँथे, पछि आन्दोलनको नाममा थारूले उठाए। राज्य जहिल्यै जान्दछ, ‘‘यस्तै मान्छे आफ्नो कमैया भइदिए सधैं खेत जोताउन पाइन्छ।’’ यदि थारूले ‘मधेस एक प्रदेश’ बनाउन सघाएको भए मधेसी बुद्धिजीवीले आधा आधा बाँडेर थरुहट प्रदेश दिन तयार थिए।  २०६४ को आन्दोलन मधेस एक प्रदेशको विरुद्ध थियो भने २०७० को थरुहट आन्दोलन संविधानमा हक अधिकार प्राप्तिका लागि। थारूहरू आफ्नो भूगोलमा आफ्नो राज्य स्थापनाका लागि संघर्ष गर्ने दाउमा थिए। तर‚ पहाडीहरूले २०७० को आन्दोलनलाई आफू विरुद्धको ठाने। थारूहरूको राजनीतिक कुटनीति यहीनेर फेल भयो। थारूहरू मधेसी र पहाडी दुवैका आँखाको छारो भए।  यही समयमा एकीकृत नेकपा माओवादीबाट सरकारको नेतृत्व गरिरहेका तात्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानसभा भङ्ग गरी निर्वाचनको घोषणा गरिदिए। थारूहरू मधेसी र पहाडी दुवैबाट पूर्ण रूपमै अलग भैसकेको सङ्केत तत्कालीन मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले बुझिसकेका थिए। त्यही अनुसार उनी २०७० को संविधानसभा निर्वाचनमा होमिए। थारूहरूले पनि पहाडी र मधेसीलाई नेता मान्नुभन्दा आफ्नै वर्ग समुदायकालाई नेतृत्व चुन्नु ठीक ठाने। गच्छदारले त्यसको लाभ उठाए। स्थानीय निकायमा आधा दर्जन बढी ठाउँमा फोरम (लोकतान्त्रिक) ले झण्डा फहरायो । थारूहरूले त्यत्रो जनमत एकीकृत भएर साथ दिंदादिंदै पनि गच्छदारले आफ्नो पार्टीलाई काँग्रेसमा विलय गरे। यसले थारूहरूको एक हुने सपना उध्रियो। २०७० को निर्वाचनपछि संविधानसभा सदस्यहरू जनमत सङ्कलनका लागि गाउँ गाउँ खटिए। उनीहरूले बोराका बोरा जनताका विचार, सुझाव बोकेर आए। तर‚ राज्यले नचाहेपछि कसको के लाग्छ र ? ती विचार, सुझाव सिंहदरबारको एक कोठामा थन्क्याइयो। ती बोरा खोलिएनन् । अर्बौं रुपैयाँ खर्चिएर सङ्कलन गरिएको सुझावको बोरा नखोल्नुको रहस्य के थियो ? जनताले त्यति वेलै बुझ्नुपथ्र्यो, नेताहरू हाम्रो इशारामा चल्दैनन्। उनीहरू त हामीलाई केवल मतका लागि मात्र प्रयोग गर्छन्। यिनले गर्ने शासनको साँचो अन्य कसैका हातमा छ। सभासद्ले बोकेर ल्याएका तिनै बोरामा दुई तिहाइभन्दा बढी पहिचान सहितको थरुहट प्रदेशका नाममा सुझाव प्रेषित थिए। त्यसैले राज्यलाई थाहा थियो, ‘‘बोरा खोले जनताको विचारले जित्नेछ। हाम्रा स्वार्थहरू सधैँका लागि हार्नेछन्। सुझावको पोको नखोलेर संविधानसभाका सदस्यहरूले नागरिक विचारको बलात्कार गरे। राज्यको अर्बौं ढुकुटी खर्चिएर नागरिकको विचार सार्वजनिक नगर्ने राजनीतिक दलहरूले नागरिकको हक स्वतन्त्रता, विचारको दमन गरे। इतिहासले त्यसको हिसाबकिताब राख्नेछ।  सभासद्ले बोकेर ल्याएका तिनै बोरामा दुई तिहाइभन्दा बढी पहिचान सहितको थरुहट प्रदेशका नाममा सुझाव प्रेषित थिए। त्यसैले राज्यलाई थाहा थियो, ‘‘बोरा खोले जनताको विचारले जित्नेछ। हाम्रा स्वार्थहरू सधैँका लागि हार्नेछन्। हाम्रा राजनीतिक मार्ग सदाका लागि बन्द हुनेछ।’’ त्यही ठानेर जनताको सुझावको बोरा सिंहदरबारमा थन्क्याइयो। जनताको विचार थन्क्याउने राज्यले आवश्यक परे विद्रोहलाई समेत थन्को लगाइदिन्छ। अहिले हामी राज्यको हत्केलामा सर्कसेले खेलाउने बलजस्तै भएका छौं। स्वार्थी हाम्रै जमातले हामीलाई सधैँ सर्कसको जनावर बनाइरहन चाहन्छ। तर, हामी स्वतन्त्रता चाहन्छौं। दुईचार फिला मासु पाउने चाहनामा सर्कसमा नाच्ने बाघ बन्न चाहँदैनौं। त्यसैले पहिचानका लागि अनवरत लडिरहेका छौं र लडिरहनेछौं। तर‚ कहिलेकाहीं लाग्छ, राज्यसँगको लडाइँमा सँगै हिँडेका भ्राता विभिषणहरूका कारण स्वर्ण लङ्का गुमाउनुपर्ने त होइन ? तर, एउटा प्रतिबद्धता छ‚ “थरुहट माता, म तिमीलाई जोगाउन सक्छु कि सक्दिनँ । तर, प्रयत्नरत संघर्षबाट म भाग्दिनँ।” हिमालखबरबाट  

‘रेशम चौधरी, लक्ष्मण थारूहरू चुनाव लड्न पाउँछन्’

‘रेशम चौधरी, लक्ष्मण थारूहरू चुनाव लड्न पाउँछन्’

१५२७ दिन अगाडि

|

८ भदौ २०७९

काठमाडौं आगामी मंसीर ४ मा प्रदेश तथा संघीय निर्वाचनका लागि उम्मेदवारहरु आआफ्नो आंकक्षा व्यक्त गर्दैछन् । केहीले त प्रचार समेत थालिसके । उता टीकापुर घटनामा दोषी ठहर भई हाल डिल्लीबजार कारागारमा रहेका सांसद रेशमलाल चौधरी पनि संघीय चुनाव लड्न आंकाक्षी छन् । रातोपाटीसँगको एक भलाकुशारीमा आफू बर्दिया–२ बाट संघीय चुनाव लड्न इच्छुक रहेको उनले बताएका थिए । टीकापुर घटनामा दोषी ठहर भई हाल अद्र्धभूमिगत रहेका लक्ष्मण थारू कैलाली–५ बाट संघीय चुनाव लड्ने उद्घोष गरिसकेका छन् । के टीकापुर घटनामा जन्मकैदको सजाय तोकिएका रेशमलाल चौधरी, लक्ष्मण थारूले आगामी चुनावमा उम्मेदवार हुन पाउँछन् ? प्रश्न खडा भएको छ । धेरैको भनाइ छ, उम्मेदवार हुन पाउँदैनन् उता टीकापुर घटनाको मुद्दालाई नजिकबाट नियालेका अधिवक्ता शंकर लिम्बू रेशम चौधरी, लक्ष्मण थारूलाई चुनाव लड्न कानुनले नरोक्ने जिकिर गर्छन् । आदिवासी वकिलहरुको समूह (लाहुर्निप)मा आवद्ध अधिवक्ता लिम्बूकै पहलमा टीकापुर घटनाको विस्तृत जानकारी संयुक्त राष्ट्र संघसम्म पुगेको थियो । प्रस्तुत छ, टीकापुर घटनामा केन्द्रीत रही अधिवक्ता शंकर लिम्बूसँग कृष्णराज सर्वहारीबाट गरिएको कुराकानीको सम्पादित अंशः ठूला दलका ठूला नेताहरुले टीकापुर घटना राजनीतिक भएको जिकिर गरिरहेका छन् । यो मुद्दा अदालतको प्राथमिकतामा किन पर्न नसकेको होला ? अदालत कस्तो छ भने उसको इन्ट्रेस्ट र फाइदा भो भने अगाडि बढाउँछ, नभए रोकिन्छ । हुन त पछिल्लो समय गोलाप्रथाले कतिपय मुद्दा रोकिएका छन् । त्यसकै घानमा यो मुद्दा पनि पर्यो कि ? आगामी भदौ २४ मा यो मुद्दाको पेशी सरेको छ । नेताहरुको इन्ट्रेस्टले अब यो मुद्दा प्राथमिकतामा पर्नुपर्ने हो । टीकापुर घटनामा मुछिएका रेशम चौधरी, लक्ष्मण थारूलगायतले आगामी चुनाव लड्न पाउँदैनन् भन्ने छ । तपाईंको अध्ययनले के भन्छ ? निर्वाचनसम्बन्धि ऐनहरु हेर्दा त्यस्तो त देखिदैन । अदालतबाट कर्तव्य ज्यान मुद्दामा फैसला भएर सजाय पायो भन्ने शब्द छ । हाम्रो सवालमा के हो भने त्यो भनेको फैसला अन्तिम भए पछिको कुरा हो । अहिले त सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । टीकापुर घटनामा  जिल्ला अदालत तथा उच्च अदालतले कतिलाई सजाय गर्यो, त्यसपछि कतिलाई छोडिदियो । कतिलाई सजाय थप गर्यो । त्यो सर्वोच्चमा आएपछि एउटा विचाराधीन मुद्दा भयो । मुद्दा फाइनल नै भएको छैन । त्यस कारणले अहिले उनीहरु इक्ज्याक्टली दोषी हुन् या हैनन् भन्ने कुरामा तल्लो तहको अदालतले एउटा कुराको फैसला गरे पनि माथिल्लो तहबाट यसलाई रिभ्यु हुने स्थिति छ । सर्वोच्च अदालतबाट पछि फैसला होला, एउटा पाटो त्यो भयो । फौजदारी अपराध हुँदैमा उठ्न नपाउने भन्ने हुँदैन । नैतिक पतन देखिने फौजदारी अपराधको कुराहरु हुन्छ । त्यस कारणले पनि नैतिक पतन देखिने फौजदारी अपराधको क्याटागोरीभित्र पर्छ कि पर्दैन ? अदालतले त्यसलाई कसरी व्याख्या गर्छ ? त्यो भविष्यको कुरा भयो । अर्को पाटो फौजदारी अपराध हुँदैमा उठ्न नपाउने भन्ने हुँदैन । नैतिक पतन देखिने फौजदारी अपराधको कुराहरु हुन्छ । त्यस कारणले पनि नैतिक पतन देखिने फौजदारी अपराधको क्याटागोरीभित्र पर्छ कि पर्दैन ? अदालतले त्यसलाई कसरी व्याख्या गर्छ ? त्यो भविष्यको कुरा भयो । हेर्नोस्, केही न केही आरोप त प्रायः सबै राजनीतिज्ञहरुलाई लागेकै हुन्छ । फौजदारी अभियोग लगायतमा उनीहरुलाई सजाय पनि हुन्छ । फौजदारी अभियोगमा सजाय भए कारबाही गर्नुपर्यो भने, पक्राउ गर्नुपर्यो भने संसद् चलिराखेको बेला पक्राउ गर्न मिल्दैन । त्यसैले जुनसुकै आधारमा चुनावमै उठ्नै मिल्दैन भन्ने चाहिँ देखिदैन । कानुनी हिसाबमै त्यो कुरा देखिदैन । निर्वाचनले आयोगले के गर्छ, त्यो उसको कुरा भयो । अधिवक्ता शंकर लिम्बू भनेपछि अदालती प्रक्रियाले नछेके पनि निर्वाचनले आयोगले उम्मेदवार हुनबाट रोक्न सक्छ ?      कुरा के भने राजनीतिक अधिकार त त्यत्तिकै कुण्ठित भएर जाँदैन कसैको पनि । सैद्धान्तिक हिसाबले चुनावमा लड्न पाउने, भोट हाल्न पाउने राजनीतिक अधिकार हो । नीति शास्त्रहरु हेर्यो भने पनि जो नागरिक हो, उसले शासनमा सहभागी हुनु र आफ्नो प्रतिनिधित्व छान्न पाउने वा आफै प्रतिनिधित्व गर्ने त्यो अधिकार रहन्छ । त्यो अधिकार त कति बेला कुण्ठित हुन्छ भने जब ऊ नागरिक भन्नबाट वञ्चित हुन्छ । अर्थात् नागरिक रहँदैन, त्यस्तो बेलामा मात्रै हुन्छ । अब कतिपय नैतिक पतन देखिने फौजदारी अभियोग हुन्छन्  । ती नैतिक पतन देखिने फौजदारी अभियोग भनेको समाजको लागि, देशैको लागि अथवा मानवीयताको हिसाबले इन्कार गर्नुपर्ने हुन्छ । त्यसैले यसलाई समाजको एउटा नियमले बञ्चित गरेको हुन्छ । हामीले नजिर हेर्यौँ भने पटक पटक राज्यका तर्फबाट विभिन्न घटनाका विषयमा अध्ययन भएको छ, अनि वार्ताहरु भएका छन् । ती सबै पोलिटिकल कुरा हुन् । राज्यले केही मुद्दा फ्रेम गरेर लगायो, त्यो अलग कुरा हो । टीकापुर घटना पनि पोलिटिकल कुरा हो, त्यसै अनुसार समाधान खोजिनु पर्छ । चुनावमै उठ्नलाई त रोक्न सक्ने स्थिति देखिदैन । हुन त यसको बारेमा भोलि रेशमजीहरु चुनावमा उठ्दा खेरि के गर्छ त्यसमा भर पर्ने कुरा हो ।   २०७४ को देखि स्थानीय सरकार भएपछि, ऐन आएपछि , कतिपय स्थानीय चुनावमा उठेर अभियोग लागेको मान्छेहरुले अदालतबाट सजाए पाएका मान्छेहरु पनि प्रतिनिधि भएर पनि उठेका उदाहरण छन् । टीकापुर घटना पोलिटिकल कुरा भन्नु भयो । हाल थुनामा रहेका सबै निर्दोष हुन् त ? कसैको पनि ज्यान जानु दःुखद कुरा हो । २०७२ भदौ ७ को टीकापुर घटनामा ज्यान गुमाएका छन् प्रहरीहरु । तर फौजदारी कानुनकै हिसाबले हे¥यो भने पनि गन विथ स्मोक भन्छौं नि । कसैले बन्दुक हानेर कसैलाई मार्यो भने पनि अदालतले त्यो मुद्दालाइ हेर्ने बेलामा प्रमाण खोजेर विश्लेषण गर्नुपर्छ । यो बन्दुकबाट धुँवा आइराखेको छ कि छैन ? धुँवाको गन्ध आउँछ कि आउँदैन ? त्यही बन्दुकले हानेर मार्यो कि मारेन भनेर विभिन्न प्रश्नहरु उठ्छ । त्यसभित्र विभिन्न खालका प्रमाण खोजिन्छ । ती प्रमाणहरु घटनास्थलमा गएर कर्मचारीले तयार गर्ने कुरा हो । त्यो मुचुल्का लेख्ने कुराहरुमा फरक भएको हुन सक्छ । विभिन्न खालको कुराहरु हुन सक्छ ।   त्यसैले, तल्लो अदालतले गरेकै कुरा अन्तिम हुने भएदेखि किन अपिलको कुरा आउँथ्उयो र ? आन्दोलनकारीसँग बन्दुक जस्ता हतियार नभएको प्रहरीको पहिलो मुचुल्काले भन्छ । तर अर्को दिन मुचुल्का फेरेर पुनः बन्दुक भेटिएको कुरा उल्लेख छ । सैद्धान्तिक हिसाबले पनि, विधि शास्त्रको हिसाबले पनि प्रचलित कानुनलाई बायस नभइ, पूर्वाग्रही नभइ यो मुद्दा हेरिनु पर्छ । रेशम चौधरी अनि लक्ष्मण थारूहरु त २०७२ भदौ ७ को घटनास्थलमै थिएनन्, यो कुरा लाल आयोगको प्रतिवेदनमा पनि उल्लेख छ । अनि कसरी ज्यान मुद्दा लगाइयो ? कुनै पनि परिस्थितिमा मान्छेले ज्यान मार्ने भनेको गम्भीर कुरा हो । तर दुर्भाग्यवश त्यस्तो परिस्थितिहरु सिर्जना हुन सक्छ । भवितव्यले पनि हुन सक्छ । कतिपय परिबन्दले पनि पर्न सक्छ । जतिबेला त्यो घटना घट्यो, त्यो बेलामा रेशम चौधरी अनि लक्ष्मण थारूहरु त घटनास्थलमै छैनन् नि । घटनास्थलमै नभएका मान्छेहरु, लिडर मान्छेहरु अनि त्यस पछाडि कागज बनाएकै भरमा, कसैले योजना गरे भनेर भनेकै भरमा प्रमाणहरु पुष्टि हुँदैन । यसरी नै त्यो परिबन्दमा पारिएकाहरुको राजनीतिक अधिकारहरु कसरी कुण्ठित गरिदैछ, टीकापुर घटना एउटा उदाहरण हो । टीकापुर घटना राजनीतिक हो भन्ने आवाज शीर्ष दलका नेताहरुले समेत उठाउन थालेका छन् । यसलाई कसरी लिनु हुन्छ ?      अहिले पार्टीका नेताहरुलाई हामीले हेरिरहेका छौ मिडियामा । चारैतिरबाट दबाब परेको छ । शीर्ष नेताहरु नै जित्ने स्थिति छैन भनेर मिडियाहरुमा आएको देखिन्छ । हावा नचली पात हल्या त  होइन होला । स्थानीय चुनावमा रेशमजीहरुको पार्टीले निकै राम्रो संरचना ल्यायो । यसले पनि शीर्ष नेताहरु रेशमबारे, टीकापुर मुद्दाबारे बोल्न बाध्य भएका छन् । कहिले कहिले के हुन्छ भने न्याययिक कमजोरीको चुनौती जहाँ पनि हुँदो रहेछ । त्यो चुनौती के हो भने अदालत आफै ठाउँमा गएर इन्भेस्टिगेसन गर्दैन । सिस्टमअनुसार गर्दैन । उसले प्रत्यक्ष देखेको पनि हुँदैन । त्यसैले पश्चिमी न्याय प्रणाली जुन अवलम्बन गरेका छौँ । पट्टी बाँधेको अदालतको, न्यायको प्रतिमूर्तिमा पट्टी बाँधेको हुन्छ आँखामा । त्यसको अर्थ त्यो आफैले देख्छ भन्ने होइन । अरुले ल्याएर देखाइ दिनुपर्छ । त्यो देखाइ दिनुपर्ने कुरामा भएको ल्याकिङले न्याय नपाएको थुप्रै छन् । त्यसैले कानुनमा मिसक्यारिजम जसटिस भन्ने शब्द आएको हो । न्यायको पतन भन्ने शब्द पनि प्रचलित छ । अर्को कुरा के हो भने पश्चिमी न्याय प्रणाली अलि रेसिस्ट हुन्छ , जातिवादि हुन्छ । जस्तो अमेरिकामा पनि कालो देख्यो कि अपराधै गर्छ भन्ने छ मानसिकता । त्यो चाहिँ मसलवाद, जातिवाद, वर्णवादको परिणति हो । जस्तो इन्डियामा अहिले मुस्लिमहरुलाई अपराधी नै हो भन्ने मानसिकता छ । नेपालमा पनि आदिवासी, जनजाति, थारु, मधेसी, दलित, मुसलिमहरुलाई हेर्ने दृष्टिकोण अलि मसलवादी नै छ । त्यसैले मेरो विचारमा अहिले जुन कुराहरु चलिराखेको छ, एउटा त राजनीति होला । अनि अर्को हाम्रो समाजमा लामो समयदेखिको सोच । अलि अलि अब थारूहरु पनि नेता हुन लागे । आदिवासी, दलित, मुस्लिमहरु पनि नेता हुन लागे । अलि अनौठो लाग्दो हो नि त ।      परम्परागत रुपले उहाँहरुले कन्ट्रोल गर्नु भएको छ सरकार । अदालत पनि त्यसैको कन्ट्रोलमा छ । कानुन त्यसैको कन्ट्रोलमा छ । यहाँ त कानुन बनाएर गैरकानुनी काम गरिन्छ । न्यायको नाममा अन्याय भएको छ । यो विषयमा हामीले खुला रुपमा छलफल गर्न सक्छौँ । सारा संरचनालाई कसरी न्ययायिक बनाउन सकिन्छ भन्ने दृष्टिकोणबाट छलफल गर्न सक्छौँ । टीकापुर घटनाको ७ वर्षपछि यसबारे कुरा गर्न बल्ल अवस्था अलि संग्लिएको देखिन्छ । रेशम चौधरी अहिले पनि सांसद छन् । लौ, मानौ पुनः उम्मेदवार भएर जिते रे । अनि फेरि शपथ ख्वाएर कारागारमै राखिएमा जनप्रतिनिधि भएको के सार भयो  ? चुनाव जितेर रेशम चौधरीलाई संसद्मा जान दिइएन । त्यत्रो ठूलो के चाहि नाफा भयो त देशलाई त्यसको पनि त जवाफ चाहियो नि । अहिले उठ्न मिल्दैन भन्नेहरुले मानौ रेशम चौधरीले चुनावमा उठेर जितेर संसद् गए । संसद्मा जान दिनु भएन, उहाँहरुले त्यो अलग कुरा भयो । तर रेशम सांसद हुन जाँदैमा देशमा चाहि त्यस्तो के उथलपुथल भयो ? त्यत्रो नैतिक पतन देखिने कुरा के भयो ? त्यसको जस्टिफिकेसन पनि चाहियो । हचुवाको भरमा यस्तो हो भनेर त हुँदैन । यदि त्यस्तो खालको कानुन बनाएको रहेछ र त्यो कानुनलाई गलत तरिकाले इन्टरप्रिटेसन गरेर जो राजनीतिक मुद्दालाई नै अपराधीकरण गरेर अनि हजारौँ वर्षदेखि दासत्व भोगिराखेको जनतालाई स्वतन्त्रता दिन सक्दैन भने त्यो कानुन त तुरुन्त खारेज गरिनुपर्छ । के अर्थ भयो र त्यो कानुनको ? कुनै ठूलो कुरा होइन कानुन त, आखिर दुईचारजना बसेर लेखिने त रैछ । संविधान लेख्दाखेरि जतिसुकै हल्लाखल्ला गरे पनि दुइ चार जना कोठामा बसेर लेख्दा रैछन् । जनताको अभिमत भन्ने कुरा त खाली रामकृष्ण ढकालको ‘यो त सब भन्ने कुरा न हो’ भन्ने गीत जस्तो मात्र रैछ । त्यसैले यी सबै कुराहरुलाई हामीले हेर्यौँ भनेदेखि र समाजलाई विभाजन नगर्ने हो भने सबैलाई न्याय बराबर हुनुपर्छ भन्नेमा नै हामी वकिलहरुको कुरा केन्द्रीत हुन्छ । तर हामीले देख्दाखेरि जुन कुराले न्यायभन्दा बाहिरको कुराहरु गरेको छ । सबै कुरा परिवर्तन गर्नुपर्छ । चाहे कानुनमा होस्, संरचना होस्, मानसिकता होस् । त्यो सबै परिवर्तन गर्नुपर्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले समेत रेशम चौधरी निर्दोष रहेको तर कानुनी जटिलटाले छुटाउन गाह्रो भएको अभिव्यक्ति दिनु भएको थियो । सरकारले चाहेमा टीकापुर घटनाको फैसला त फास्ट ट्रयाकबाट गर्न सकिएला नि ? मलाई लाग्छ प्रधानमन्त्रीजीले जे कुरा गर्नु भयो । उहाँको आफ्नो पोलिटिकल कुरा होेला । तर यो कानुन र समुदायप्रतिको जिम्मेवार भनाइ हो कि हैन भनेर प्रश्न चिन्ह आउन सक्छ ।          फास्ट ट्रयाकले सुनुवाइको लागि लान सकिन्छ । सरकारले पार्नु पर्यो । किनकि यो अल्झाउने कुरा होइन । मैले यो केसभित्रबाट पीडित भएका मान्छेहरुको पीडा सुनेको छु । जेलमा छ, कमाउने मान्छे । छोरीलाई जण्डिस, निमोनिया हुन्छ तर उपचार गर्ने पैसा हुँदैन । सामान्य बिरामी पनि छोरीले बाउ नभेटी मरेको छ । टीकापुर घटनामा जेलमा बन्दी भएका छोरा छोरीको कैयौँको शिक्षा, स्वास्थ्य, इच्छा, घरबार उजाडिएको छ । उहाँहरु एकातिर जेलमा सजाय भोगिरहनु भएको छ, अर्कोतिर परिवार तहसनहस भएको छ । राज्यले यो भन्दा धेरै जनतालाई कति अन्याय गर्ने ? फोरेस्ट हन्टिङ भन्छ यसलाई । जंगलमा शिकार खेल्या जस्तो । यो त अदालतले विचार गर्नुपर्ने हुन्छ । पहिला पहिला अदिवासी जनजातिहरुले सुरुमै आउँदा खेरि यो मुद्दालाई लिएर हामीलाई अदालतले जिताइदिन्छ भने तर जिताएन । अहिले हुँदा हुँदा मधेसीको पनि त्यस्तै स्थिति देख्दैछु म । दलितहरुको पनि सायद त्यस्तै होला स्थिति । अस्तित्वको रिजर्भेसनको मुद्दामा आन्दोलन नै भयो । आदिवासी जनजाति मधेसीको कुरा मात्रै रहेन । आम नेपाली जनताले नै अदालतबाट नै न्याय पाइन्छ र ? भन्ने प्रश्न चिन्ह उठ्न थालिसक्यो । यो बहुत विचारणीय कुरा छ । २०७२ भदौको टीकापुर घटना त प्रतिनिधि मात्रै भयो । टीकापुर छेउछउका थारूहरु सयौ वर्षदेखि अन्यायमा परेका छन् । यसलाई कसरी लिने ? तपाईंले ठिक भन्नु भयो । इतिहासमा थारुहरु कति अन्यायमा परेका छन् भनेर दस्तावेज, लालमोहर पल्टाउँदा हुन्छ । विर्ताको नाममा, राजकीय शासकहरुको नाममा, आफ्ना आफन्तको नाउँमा, दुनियाहरुलाई थारूहरुको जग्गा दिएर कसरी उनीहरुको भूमि काठमाडौंमा बसेर रातारात लुटे, अहिले पनि दस्ताबेज खोज्यो भने भेटिन्छ । त्यो सबै केलाएर हेर्नुपर्ने परिस्थिति आयो भने अहिलेसम्मको थारूहरुले भोगेको परिस्थिति त्यो सबै कुरा बाहिर आयो भने त्यसले झन राम्रो स्थिति गर्दैन । राज्य भनेको निरपेक्ष हुनुपर्ने हो । राज्य संचालन गर्ने मान्छेहरुले किन यसरी व्यवहार गरेका छन् ? यो प्रश्नको जवाफ उहाँहरुले दिन पर्यो । कुन चाहि थारूले विर्ता पाएर गैरथारूहरुको जग्गा जमिन लियो ? २०५७ सालमा थारुहरु कमैयाबाट मुक्ति भए । तर कमैयाको दृष्टिले हेर्ने रवैया गएको छैन । थारुको हकमा जसरी कानुन बनाउँदा पनि भयो, उसले बोल्नै सक्दैन भन्ने छ । उसको आवाज सुन्ने भनेको अदालतले हो । अहिले सर्वोच्च अदालतलाई यो एउटा अवसर पनि हो कि ‘ट्रस्ट गेन’ गर्ने । अन्याय भएको छ यो समुदायलाई भन्ने कुरा बोल्न सक्छ अदालतले । त्यसको लागि कानुन चाहियो । थारुको हकमा जसरी कानुन बनाउँदा पनि भयो, उसले बोल्नै सक्दैन भन्ने छ । उसको आवाज सुन्ने भनेको अदालतले हो । अहिले सर्वोच्च अदालतलाई यो एउटा अवसर पनि हो कि ‘ट्रस्ट गेन’ गर्ने । अन्याय भएको छ यो समुदायलाई भन्ने कुरा बोल्न सक्छ अदालतले । त्यसको लागि कानुन चाहियो । अदालतले कानुन छैन भन्छ भनेदेखि आइएलओ १६९ लिए भइहाल्यो ।  नेपाल पक्ष राष्ट्र रहेको आइएलओ १६९ ले त यदि फौजदारी अपराध आदिवासीहरुलाई लागेको छ भने, सजाय पाएको रहेछ भन्दा पनि त्यो सजायमा थुन्नु पर्ने रहेछ भने नथुनिकन अर्को सजायको वैकल्पिक व्यवस्था हेर्नुपर्छ भन्छ । उसलाई समाजमा स्थापना गर्नुपर्छ । किनकि उसले नै अपराध गर्नुपर्ने स्थिति किन आयो ? उसले अरु कुरा किन सोच्न सक्दैन भन्दा खेरि उसले सबैतिर ढोका बन्द गरेको देख्छ । त्यस्तो स्थिति भएपछि परिबन्दमा पारेर जब अपराध गराइन्छ, उनीहरुले न्याय पाउनैपर्ने हुन्छ । टीकापुरको सवालमा त उनीहरुले गरेको हो भन्ने स्थिति पनि छैन । घर घरबाट पक्रेको मान्छे छ । ठेगाना नमिले पनि नागरिकता हेरेर पक्र्या मान्छे छ । यस्तो हचुवाको भरमा कसैलाई पक्रनु अन्याय हो । टीकापुर घटनालाई न्याय दिन त्यसमा जवर्जस्ती मुछिएकालाई उम्मदेवारीको हक दिने प्रावधान हुनुपर्छ भन्ने तपाईंको जिकिर हो ? हो, अहिले चुनावमा रेशम चौधरीहरु उठे भने त्यसले के गर्छ भने बिस्तारै मान्छेले पुराना घटना बिर्सिदै जान्छ । आफ्नो पीडाहरु पनि बिर्सेर समाजमा पुनस्र्थापित हुन्छ । एउटा राम्रो वातावरण सिर्जना हुन्छ । यो एउटा अवसर पनि हो सरकारको । फेरि अहिलेको चुनावमा उठ्न दिइएन भने फेरि अर्को डिभिजन पूरा हुन्छ । यो राज्यले जातिवादी, मसलवादी फेरि कुरा उठाउँछ त्यसपछि । सम्भवतः उठ्छ । जहिले पनि यस्तो खालको परिस्थिति सधैँभरि बाहिर ल्याइराख्नु राष्ट्रको लागि पनि हितकर हुँदैन ।