Above News Title

प्रधानमन्त्री देउवा गृह जिल्ला डडेल्धुरा आउँदै, ७ चुनावी सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री देउवा गृह जिल्ला डडेल्धुरा आउँदै, ७ चुनावी सभालाई सम्बोधन गर्ने

धनगढी : डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएका नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चार दिन गृह जिल्ला बस्ने भएका छन् ।

मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी उनी गृह जिल्ला डडेल्धुरा आउन लागेका हुन् ।

कात्तिक १७ गतेदेखि आयोजना हुने चार दिने कार्यक्रमका लागि देउवा डडेल्धुरा आउन लागेको वाम–लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन कमिटीका संयोजक तथा कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदले जानकारी दिए ।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा उनले श्रीमती आरजु राणा देउवामार्फत मनोनयन दर्ता गराएका थिए । 

काँग्रेस डडेल्धुराका सभापति साउँदका अनुसार कात्तिक १७ गते देउवा डडेल्धुरा पुग्ने कार्यक्रम छ । जिल्ला सदरमुकाम अमरगढी नगरपालिकाको बसपार्क, नवदुर्गा गाउँपालिकाको बेलापुर, आफ्नो गृहपालिका गन्यापधुराको बडाल, अजयमेरुको भद्रपुर, आलितालको गोदाम, परशुरामको जोगबुढा र भागेश्वर गाउँपालिकाको बगरकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गरेपछि उनको चुनावी कार्यक्रम सकिने छ । 

साउँदका अनुसार कार्यक्रम सकेर प्रधानमन्त्री देउवा राजधानी काठमाडौं फर्कनेछन् र पुनः चुनावको बेला डडेल्धुरा आउनेछन् । देउवा ०४८ सालदेखि निरन्तर डडेल्धुराबाट निर्वाचित हुँदै आएका छन् । 

देउवाविरुद्ध कांग्रेस बीपीका कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार विक्रम शाही र सागर ढकाललगायत ८ जना चुनावी मैदानमा छन् ।

देउवालाई ५ दलीय गठबन्धनको समर्थन छ ।

प्रकाशित:

१३६८ दिन अगाडि

|

१६ कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३९० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३४ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८९ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२७ दिन अगाडि

|

२७ मंसिर २०७९