Above News Title

आरजुलाई हराएर काँग्रेसको विरासत भत्काउने नारदमुनि रानाको पुनः दोहोरिने कसरत

आरजुलाई हराएर काँग्रेसको विरासत भत्काउने नारदमुनि रानाको पुनः दोहोरिने कसरत

धनगढी । २०७४ पहिले कैलाली निर्वाचन क्षेत्र नं. ५ काँग्रेसको बलियो आधार ईलाका मानिन्थ्यो । वि.स. २०४८ सालमा कांग्रेसका नेता टेकबहादुर चोख्यालले यसै क्षेत्रबाट जिते । तर वि.स. २०५२ को मध्यावधि निर्वाचनमा भने एमालेका महेश्वर पाठकले चुनाव जिते पनि वि.स. २०५६ को आमनिर्वाचनमा कांग्रेसले फेरि इतिहास दोहो¥यायो । वि.स. २०६४ को संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा माओवादीकी उम्मेदवार लिला भण्डारीले जिते पनि वि.स. २०७० को संविधानसभा सदस्य निर्वाचनमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा झण्डै दोब्बर मतान्तरले यसै क्षेत्रबाट जिते । २०७४ को स्थानीय निर्वाचनमा पनि धनगढी उपमहानगरपालिकामा मेयर र उपमेयर दुवै कांग्रेसकै पोल्टामा गयो । तर त्यही विरासतलाई नारदमुनि रानाले नराम्ररी भत्काए् । 

२७ हजार दुई सय दुई मत ल्याएका रानाले आफ्नो निकटतम प्रतिद्वन्द्वी आरजु राणा देउवालाई चार हजार आठ सय ८० को फराकिलो मतान्तरले पराजित गरे । जुनकारण राष्ट्रिय राजनीतिमा नचिनिएका राना एकाएक सबैको ध्यान तान्न सफल भए ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट उनी पुनः कैलाली ५ बाट दोहोरिने कसरतमा छन् । रानाविरुद्ध आरजु नै उम्मेदवार बन्ने चर्चा भएपनि उनी अन्तिम समयमा समानुपातिकमा बसिन् । जुनकारण पनि यस निर्वाचन क्षेत्रको चर्चा रहयो । यहाँ अब मुख्य प्रतिश्पर्धा पाँच दलीय गठबन्धनका साझा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज पन्त र उनै रानाबीच कडा प्रतिश्पर्धा हुने आंकलन गरिएको छ ।

पन्त २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । आरजुको ठाउँमा कांग्रेसले पन्तलाई मैदानमा उतारेको हो । उसो त यहाँ स्वतन्त्र उम्मेदवारहरु पनि प्रभावशाली देखिएका छन् । 

कांग्रेसको विद्रोही नेताको रुपमा चिनिएका पुष्करनाथ ओझा र नागरिक उन्मुक्तिको समर्थन रहेको जगदीश चौधरी पनि चुनावी मैदानमा छन् ।

को हुन् नारदमुनि ?
वि.स. २०२९ साल बैशाख १९ गते बुवा रतिराम रानाथारु र आमा सुदामा देवी रानाथारुको कोखबाट धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँको मध्यमवर्गीय परिवारमा जन्मेका राना बाल्य अवस्थादेखि नै लगनशिल, क्रान्तिकारी स्वभावका व्यक्ति हुन् ।

स्कूले शिक्षा धनगढी माध्यमिक विद्यालयबाट लिएका राना कैलाली बहमुखी क्याम्पस धनगढीबाट राजनीतिशास्त्रमा स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।

यूवा अवस्थादेखि विभिन्न रचनात्माक गतिविधि तथा वैचारिक कार्यक्रममा बस्न रुचाउने राना क्याम्पस अध्ययनकै क्रममा विभिन्न राजनीतिक गतिविधिमा सक्रिय थिए । फलतः वि.स. २०४५ सालमा तत्कालीन अखिल छैठौंबाट विद्यार्थी राजनीति सुरु गरे । त्यसपछि वि.स. २०४८ सालदेखि नेकपा एमाले निकट विद्यार्थी संगठन हुँदै टोल कमिटी, नगर कमिटी, जिल्ला कमिटी, केन्द्रीय कमिटीमा आए । 

हाल उनी नेकपा एमालेको पोलिट ब्यूरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज छन् ।

आफ्नो राजनीति जीवनमा उनी वि.स. २०४६ सालको पञ्चायत विरुद्धको आन्दोलनमा थुनामा समेत परेका थिए । सरकार विरोधी गतिविधिमा संलग्न रहेको भन्दै थुनामा परेका थिए ।

क्याम्पस अध्ययनताका मुलधारको राजनीतिमा होमिसकेका उनी वि.स. २०५४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन धनगढी नगरपालिकाको उपमेयरको लागि उम्मेदवारी दिए । उक्त निर्वाचनमा उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार मनिराम देवललाई भारी मतान्तरले पराजित गरे ।

नेकपा एमालेबाट वि.स. २०६४ सालमा समानुपातिक संविधान सभा सदस्य बनेका राना सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल छन् । आव ०६२÷०६३ सालमा सेती अञ्चल अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बनेका राना शिवनगर खानेपानी आयोजनाको संस्थापक अध्यक्ष तथा निरन्तर १० वर्षसम्म अध्यक्ष भई आयोजनाको काम पूरा गरेका छन् ।

रानाको पुनः दोहोरिने दाउ
अहिले प्रतिनिधिसभातर्फको गठबन्धनको उम्मेदवार बनेका पन्त र कांग्रेस पृष्ठभूमिका स्वतन्त्र उम्मेदवार ओझाबीचको प्रतिस्पर्धाले एमाले उम्मेदवार रानालाई पुनः दोहोरिन सक्ने पनि आंकलन हुन्छ । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पनि उपप्रमुखमा गठबन्धनको उम्मेदवार शान्ति अधिकारी र स्वतन्त्र उम्मेदवारी दिएका प्रभाकर भण्डारीका कारण एमाले उम्मेदवार नन्दकला राना विजयी भएको विश्लेषण गरिन्छ ।

धनगढी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमै गठबन्धनको उम्मेदवार पराजित भए जस्तै अहिले पनि प्रतिनिधि सभामा गठबन्धनको उम्मेदवारलाई त्यति सहज नभएको बताइन्छ ।

‘स्वतन्त्र उम्मेदवारी दिएका ओझाका कारण गठबन्धनका उम्मेदवार पन्तलाई निकै सकस छ । गठबन्धन कमजोर हुँदा पनि आरजु ब्याग भएको हल्ला उत्तिकै छ’ एक नेताले भने ।

राना भने आफूले गरेको कामबाट जनता प्रभावित भएको र त्यही नै जितको आधार भएको दाबी गर्छन् । 

गरेका कामको लिस्ट बाँड्दै
आफ्नो ५ वर्षे कार्यकालमा धनगढी सिटीलाई मेगा सिटीको रुपमा विकास गर्न आफूले फाउण्डेसनको काम गरेको बताउँछन् । आफूलाई यस पटक जिताएको समृद्ध मेगा सिटीको रुपमा विकास गर्ने रानाको योजना छ ।

जसको लागि ५ वर्षको अवधीमा सघन सहरी कार्यक्रमबाट धनगढीमा १४१ किलोमिटर सडक कालोपत्रे, हुलाकी सडक ४ लेन, रणनीतिक सडकको रुपमा खुटिया पुलदेखि उर्मी–उर्मा–भादा–गदरिया– बनकट्टा–२५ घर फूलबारीसम्म २२ं२ किलोमिटर सडक निर्माण, धनगढीमा सिटी हल निर्माण, फूलबारीको सर्वोदय माध्यमिक विद्यालयलाई आईटी स्मार्ट स्कूल, रानाथारु साँस्कृतिक संग्राहलय, जडिबुटी प्रशोधन केन्द्रलगायत ठूला विकासका योजना निर्माण गरेको बताउँछन् । त्यस्तै, क्षेत्रीय सहरी विकास आयोजना अन्तरगत शहीद गेटदेखि क्याम्पस रोडसम्म, क्याम्पस रोडदेखि क्याम्पस गेट हुँदै जाखोर तालसम्म सडक निर्माण, मालपोत रोड, डिभोटी पिपल चौतारासम्म, गुल्म चर्चा रोड, त्रिवेणी घाट जाने बाटोका साथसाथै धनगढी खुटिया स्याउलेबाट निर्माण गरेको राना सुनाउँछन् । यतिमात्रै होइन, ४६ वटा आधारभुत र २६ वटा माध्यमिक विद्यालयमा भवन निर्माण र कम्युटर ल्याब जडान गरेको नाराले बताए ।

उनले राना थारु समुदायलाई आदिवासीमा सूचीकृत गराउन पनि आफूले भूमिका खेलेको सुनाउँछन् ।

प्रकाशित:

१३६८ दिन अगाडि

|

१६ कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३९० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३४ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८९ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२७ दिन अगाडि

|

२७ मंसिर २०७९