Above News Title

राप्ती गाउँपालिकाको सिसहनियाँमा आँखा उपचार केन्द्र खुल्दै

तत्कालको लागि स्वास्थ्य चौकीमा पुसको दोस्रो साताबाट उपचार सेवा
राप्ती गाउँपालिकाको सिसहनियाँमा आँखा उपचार केन्द्र खुल्दै

दाङदेउखुरीको राप्ती गाउँपालिका अनत्र्गत सिसहनियाँमा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा  खुल्न लागेकोमा यसबारे एक सम्झौता पत्रमा बुधबार काठमाडौंमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट तथा तिलगंगा आँखा प्रतिष्ठानको कार्यकारी निर्देशक एवम् वरिष्ठ आँखा रोग विशेषज्ञ डा रिता गुरुङले हस्ताक्षर गरे ।

सम्झौता अनुसार अस्पतालका लागि गाउँपालिकाले भवन र जग्गा उपलब्ध गराउने छ भने तिलगंगा आँखा प्रतिष्ठानले उपचारका लागि आवश्यक उपकरण र प्राविधिक जनशक्ति उपलब्ध गराउने छ ।

सम्झौता पत्रमा लेखिएअनुसार राप्ती गाउँपालिकाले उपलब्ध गराएको स्थानमा एक वर्षसम्म तिलगंगा अस्पतालले आफ्नै जनशक्तिबाट सेवा दिनेछ र उनीहरुलाई तलबसमेत खुवाउने छ । एक वर्षपछि भने आँखा उपचार केन्द्रमा प्रयोग भएको उपकरण पालिकालाई नै हस्तान्तरण गर्ने छ । साथै त्यहाँको जनशक्ति व्यवस्थापन, उनीहरुको पारिश्रमिक लगायत सबै जिम्मा पालिकाले लिने छ ।

तिलगंगा आँखा प्रतिष्ठानको कार्यकारी निर्देशक डा रीता गुरुङले आगामी पुस दोस्रो सातादेखि नै सिसहनियाँमा आँखा उपचारको लागि ओपीडी सेवा सुरु गर्ने लक्ष्य रहेको बताइन् । तत्कालको लागि अहिलेको सिसहनियाँ स्वास्थ्य चौकी रहेको भवनमा ग्रामिण आँखा उपचार केन्द्र स्थापना हुनेछ ।

प्रकाशित:

१४१८ दिन अगाडि

|

१६ कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४४० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७५ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८५ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४४० दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८९ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४५ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७८ दिन अगाडि

|

२७ मंसिर २०७९