Above News Title

थारु गाउँका भलमन्सा जगदीशको आँट: पूर्वमन्त्रीहरुसँग चुनावी मैदानमा

भन्छन्, ‘न्याय र विकासको लागि मेरो उम्मेदवारी हो ।’
थारु गाउँका भलमन्सा जगदीशको आँट: पूर्वमन्त्रीहरुसँग चुनावी मैदानमा

धनगढी । मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकीदै गर्दा कैलाली निर्वाचन क्षेत्र नं. ५ मा चुनावी सरगर्मी बढेको छ । विभिन्न दलका हेभिवेट तथा स्वतन्त्र उम्मेदवारहरुबीच कडा प्रतिश्पर्धा हुने भएपछि चुनावी माहोल तातेको छ ।
यहाँ हरेक निर्वाचनमा विशेष चर्चा रहन्छ । यहाँहुने हबिवेट उम्मेदवारहरुबीचको रोचक भिड्न्तले यस निर्वाचन क्षेत्रको राष्ट्रिय राजनीतिमा चर्चा हुन्छ ।

२०७४ को निर्वाचनमा प्रधानमन्त्रीपत्नी आरजु राणा देउवालाई हराएर चर्चामा आएका नेकपा एमालेका उम्मेदवार तथा पूर्व मन्त्री नारदमुनि राना यसपटक पनि चुनावी मैदानमा छन् । 

रानाविरुद्ध आरजु नै उम्मेदवार बन्ने चर्चा भएपनि उनी अन्तिम समयमा समानुपातिकमा बसिन् । जुनकारण पनि यस निर्वाचन क्षेत्रको चर्चा रहयो । यहाँ अब यहाँ पाँच दलीय गठबन्धनका साझा नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व प्रदेश सभा सदस्य डिल्लीराज पन्त, नेकपा एमालेका राना, कांग्रेसको विद्रोही नेताको रुपमा चिनिएका स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा चुनावी मैदानमा छन् । ओझा पूर्व राज्यमन्त्री हुन् ।

यो प्रतिपश्र्धामा अर्का स्वतन्त्र उम्मेदवार जगदीश चौधरी पनि चुनावी मैदानमा होमिएका हुन् । उनलाई नागरिक उन्मुक्तिको समर्थन रहेको छ ।

को हुन् जगदीश चौधरी ? 
जगदीश चौधरी धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीका स्थानीय हुन् । १० वर्ष नेपाल आयल निगममा कार्यरत उनी पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन् ।

उनी उत्तरबेहडीस्थित १७७ घरधुरीका भलमन्सा तथा गाउँ प्रमुख हुन् । उनले आफ्नो उम्मेदवारी न्याय र विकासको लागि भएको बताएका छन् । जसको लागि आफूले जनता आँगनमा पुगिरहेको बताए ।

आफ्नो उम्मेदवारीपछि धेरैले राजनीतिक पृष्ठभूमि विना किन उम्मेदवारी दिएको र फिर्ता लिन अनुनयी गरेको बताउँदै उनले आफ्नो आफ्नो उम्मेदवारी सामाजिक न्याय, विकास र समृद्धिको लागि भएको सुनाए ।

उनले भने, ‘थरुहट नेता लक्ष्मण थारुको उम्मेदवारी खारेज हुन सक्ने सम्भावनाको आधारमा मैलै उहाँको विकल्पको रुपमा स्वतन्त्र उम्मेदवारी दिएको हुँ । जुन न्याय र विकासको लागि हो । जहाँसम्म मेरो राजनीतिक पृष्ठभूमिको कुरा गर्छन्, माछाको बच्चालाई पौडी खेल्न नसिकाउनु भनेर मेरो उनीहरुलाई जवाफ हो । पहिचानको साग जोगाउन तथा थारुलगायत निमुखा वर्गलाई भोटको एटीएम मेसिन ठान्ने प्रबृतिको विरुद्ध मेरो उम्मेदवारी हो ।’

मत आँकलन
यस निर्वाचन क्षेत्रमा धनगढी उपमहानगरपालिकाको पूरै (१९ वडा) र कैलारी गाउँपालिका– ६ र ९ गरी २ वडा समेटिएको छ । जहाँ एक लाख पाँच हजार ७९३ जना मतदाता छन् ।

स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएका मतलाई आधार मान्ने हो भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ३२ हजार ६१९ मत ल्याएको थियो । नेकपा एमाले यस क्षेत्रमा १७ हजार ४२० मत ल्याएको छ ।
२०७४ को निर्वाचनमा वामगठबन्धनका साझा उम्मेदवार बनेका राना २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् ।

उम्मेदवारका बक्रदृष्टि थारु समुदायमा
यस निर्वाचन क्षेत्रको जनसंख्यामा मुख्य गरी सुदूरपश्चिमका ७ पहाडी जिल्लाबाट बसाइ सरेर आएका, यहाँका रैथाने थारु र रानाथारु जातिको जनसंख्याले भूमिका खेल्दछ । करिब ५० प्रतिशत जनसंख्याको प्रतिनिधित्व यिनै समुदायको रहेको बताइन्छ । यी भित्र करिब २३ हजार बढी मतदाता थारु समुदायका, करिब ८ हजार बढी मतदाता रानाथारु समुदायको रहेको आँकलन गरिन्छ । यद्यपी निर्वाचन आयोगले भने, जातीय रुपमा मतदाता वर्गीकरण गरेको पाइन्न । 

बैशाखमा सम्पन्न निर्वाचनमा धनगढी मेयरमा संगठनबिहीन रहेका स्वतन्त्र उम्मेदवार गोपाल हमालले गठबन्धन र एमालेका उम्मेदवार रणबहादुर चन्दलाई पराजित गरेका थिए । हमालको जीतमा मुख्य भूमिका त्यही मतदाताको भूमिका निर्णायक रहेको बताइन्छ ।

धनगढीमा केही चालायमान मतदाता छन् । जो पार्टी भन्दा व्यक्ति केन्द्रित हुन्छन् । ती चलायमान मतदातासँगै थारु र रानाथारुको मत जसले तान्न सक्यो, उसैको जीत सुनिश्चित हुने विश्लेषण गरिन्छ ।

हाल उम्मेदवारको बक्रदृष्टि ती रैथाने समुदाय र चालायमान मतदातामा केन्द्रित छ । ती मत दलीय संगठनबाट भन्दा पनि उम्मेदवारको भूमिकाबाट अभिप्रेरित र प्रभावित हुने र एकै ठाउँमा जान सक्ने आंकलन विगतदेखि गरिँदै आएको छ ।

थरुहट नेता लक्ष्मण थारुको विश्लेषण छ, ‘यहाँको मजदुर, किसान, रैथानेको मत नै चालायमान मत हो । यो मत नै निर्णायक हो । यो मत न्यायको लागि मात्रै हो । हामीले यसपालिको नतिजा स्पष्ट देखिरहेका छौ । यद्यपी नतिजा पर्खनै पर्छ ।’ 

टीकापुर घटनामा मुछिएका नेता थारुले यसै क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको लागि नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका थिए । तर उनको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेपछि नागरिक उन्मुक्ति पार्टीको समर्थन स्वतन्त्र उम्मेदवारी दिएका जगदीश चौधरीलाई छ । चौधरी त्यही थारु मतदाता र चलायमान मतदाता केन्द्रित अभियान थालेका छन् ।

प्रकाशित:

१४५६ दिन अगाडि

|

१७ कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४७८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१५१३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१५२३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४७८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१४२७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४८३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१४१६ दिन अगाडि

|

२७ मंसिर २०७९