Above News Title

नागरिक  उन्मुक्तिको मेची–महाकाली चुनावी घरदैलो कार्यक्रम सुरु

पहिलो कार्यक्रमः चितवनको माडी नगरपालिका–५, बाट
नागरिक  उन्मुक्तिको मेची–महाकाली चुनावी घरदैलो कार्यक्रम सुरु

नागरिक उन्मुक्ति पार्टीले चितवनको माडी नगरपालिका–५, पिपरियाबाट मेची–महाकाली अभियान सुरु गरेको छ ।

यहाँ मेची–महाकाली अभियान अन्तर्गत चुनावी घरदैलो कार्यक्रम पिपरिया हुँदै बसन्तपुर, ईनारबरूवा, सिधुवा, अम्रौली,  सिम्रहनी, चिरौली, बघौडासम्म रहनेछ ।

मंगलबार पिपरियाको अभियान कार्यक्रममा होचा पुड्का कलाकारहरुले विभिन्न गीतमा साङ्गीतिक प्रस्तुतिका साथै नृत्य पस्केका थिए । रेशम चौधरीद्वारा रचित बाबा टोहार छावा जेलेम परल बाको नेपाली भर्सनमा दिएको प्रस्तुतिले उपस्थित सबै दर्शक भावुक भएका थिए।

नागरिक  उन्मुक्ति पार्टीको बागमती प्रदेशको संयोजक   दिप तामाङले भने, ‘नागरिक उन्मुक्ति पार्टी न्यायको लागि, मुक्ति आन्दोलनको लागि लडिरहेको छ। त्यसैले हामी  देशव्यापी घरदैलो अभियानमा लागेका छौँ । तपाईंहरुको एक भोटले रेशम चौधरीको जीत हुनेछ। यतिबेला साथ नदिए कहिले दिने ? नभए रेशम चौधरीको आवाज दबिनेछ ।’

बागमती प्रदेश समानुपातिकतर्फबाट कौशिला चौधरीको उम्मेद्वारी रहेको छ । उनले ढकिया पार्टीको चिन्ह मात्रै नभएर हाम्रो पहिचान हो भन्दै भोटको लागि अपिल गरिन् ।

कार्यक्रममा आएका एक स्थानीयले भने, ‘थारूको सन्तान अन्यायमा  परेको छ । हामी काँधमा काँध मिलाएर अघि बढ्छौ । यसपाली हामी अवश्य विजयी हुन्छौँ  ।’ उनले रेशम चौधरीको रिहाइको लागि यसपालिको भोट ढकियालाई दिने बताए ।

प्रकाशित:

१४१९ दिन अगाडि

|

१५ कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४४० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७५ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८५ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४४० दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८९ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४५ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७८ दिन अगाडि

|

२७ मंसिर २०७९