Above News Title

थारू मधेसी होइनन्ः थारू आयोग

थारूहरुलाई मधेसी समुदायमा किन थर सूचीकरण ?
थारू मधेसी होइनन्ः थारू आयोग

थारू आयोगले थारूहरु मधेसी होइनन् भनेर प्रतिवाद गरेको छ । 

यही असोज ३१ गते मधेसी आयोगको चौथो वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो । सो प्रतिवेदनमा मधेसी समुदायको थर सूचीकरण अध्ययनमा थारू समुदायलाई पनि मधेसीमा समावेश गरिएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको थारू आयोगले जनाएको छ । 

थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, थारू समुदायको पहिचानमाथि नै चुनौती खडा गर्ने गरी ल्याइएको उक्त सिफारिशप्रति थारू आयोगको पूर्ण असहमति छ । 

विगतमा राज्य तथा गैरराज्य पक्षबाट थारूलाई मधेसी समूहभित्र समाहित गर्न खोज्ने विभिन्न प्रयास भए पनि थरुहट थारूवान आन्दोलनले यसलाई अस्वीकार गरिसकेको छ । यस विषयलाई नेपालको संविधानले स्वीकार गरिसकेको र तद्नुरुप कानूनहरु पनि बन्दै कार्यान्वयनको क्रम अगाडि बढेको अवस्था छ । त्यसैले, सबै पक्षबाट यस विषयलाई गम्भीरतापूर्वक लिई आआफ्नो जिम्मेवारी पूरा गर्न विज्ञप्तीमार्फत् ध्यानाकर्षण गराइएको छ । 
 

प्रकाशित:

१४६९ दिन अगाडि

|

३ कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४७८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१५१३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१५२३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४७८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१४२७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४८३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१४१६ दिन अगाडि

|

२७ मंसिर २०७९