निर्वाचन आयोगले रेशमलाल चौधरीको बुवा लालवीर चौधरीलाई चुनाव चिन्ह नल प्रदान गरेको छ ।
बर्दिया निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका रेशमलालको उम्मेदवारी खारेज गरिएपछि उनको ठाउँमा नागरिक उन्मुक्तिले आधिकारिक मानिएका उनका बुवालाई चुनाव चिन्ह नल (पानी तान्ने मेसिन) प्रदान गरिएको हो ।
त्यस्तै, कैलाली निर्वाचन क्षेत्र ५ बाट उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण थारुको उम्मेदवारी खारेज गरिएपछि उनको ठाउँमा नागरिक उन्मुक्ति पार्टीबाट आधिकारिक मानिएका जगदीश चौधरीले पनि चुनाव चिन्ह नल पाएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले टीकापुर घटना मुद्दामा रेशम र लक्ष्मण थारुलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर भएको र रेशम २०७४ फागुन १४ गतेदेखि निरन्तर कैदमा रहेको र लक्ष्मण थारु उच्च अदालतले जन्मकैद फैसला सुनाए पनि फरार सूचीमा रहकोले उम्मेदवारी खारेज गरेको थियो ।
उनीहरुको उम्मेदवारी विरुद्ध छुट्टाछ्ट्टै उजुरी परेपछि उजुरी उप्पर छानविन गर्दै खारेज गर्ने निर्णय गरिएको हो ।
प्रकाशित:
१४७७ दिन अगाडि
|
२७ असोज २०७९
३ दिन अगाडि
|
१० कात्तिक २०८३
३ दिन अगाडि
|
९ कात्तिक २०८३
४ दिन अगाडि
|
८ कात्तिक २०८३
१४ दिन अगाडि
|
२९ असोज २०८३
१५ दिन अगाडि
|
२८ असोज २०८३
१९ दिन अगाडि
|
२४ असोज २०८३
२२ दिन अगाडि
|
२० असोज २०८३
१४७८ दिन अगाडि
|
२५ असोज २०७९
१५१३ दिन अगाडि
|
२१ भदौ २०७९
१५२३ दिन अगाडि
|
१२ भदौ २०७९
१४७८ दिन अगाडि
|
२६ असोज २०७९
१४२७ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८३ दिन अगाडि
|
२० असोज २०७९
१४१६ दिन अगाडि
|
२७ मंसिर २०७९