निर्वाचन आयोगले रेशमलाल चौधरीको पिता लालवीर चौधरीलाई चुनाव चिन्ह नल प्रदान गरेको छ ।
बर्दिया–२ बाट उम्मेदवारी दिएका रेशमलालको उम्मेदवारी खारेज गरिएपछि उनको ठाउँमा नागरिक उन्मुक्तिले आधिकारिक रुपमा उनका बुवालाई पार्टीको तर्फबाट उम्मेदवार भनेको छ ।
त्यस्तै, कैलाली–५ बाट उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण थारुको उम्मेदवारी खारेज गरिएपछि उनको ठाउँमा नागरिक उन्मुक्ति पार्टीबाट आधिकारिक भनिएका जगदीश चौधरीलाई पनि चापाकल अर्थात् नल चुनाव चिन्ह दिइएको छ ।
टीकापुर घटना मुद्दामा रेशम र लक्ष्मण थारुलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर गरेको र रेशम २०७४ फागुन १४ गतेदेखि निरन्तर कैदमा रहेको तथा लक्ष्मण थारु उच्च अदालतले जन्मकैद फैसला सुनाए पनि फरार सूचीमा रहकोले उम्मेदवारी खारेज गरेको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाउ दिएको थियो ।
(यस अघि निर्वाचन आयोगले रेशमलाल चौधरीको पिता लालवीर चौधरीलाई चुनाव चिन्ह मुडा प्रदान गरेको समाचार सच्याइएको छ ।)
प्रकाशित:
१४७७ दिन अगाडि
|
२६ असोज २०७९
३ दिन अगाडि
|
१० कात्तिक २०८३
३ दिन अगाडि
|
९ कात्तिक २०८३
४ दिन अगाडि
|
८ कात्तिक २०८३
१४ दिन अगाडि
|
२९ असोज २०८३
१५ दिन अगाडि
|
२८ असोज २०८३
१९ दिन अगाडि
|
२४ असोज २०८३
२२ दिन अगाडि
|
२० असोज २०८३
१४७८ दिन अगाडि
|
२५ असोज २०७९
१५१३ दिन अगाडि
|
२१ भदौ २०७९
१५२३ दिन अगाडि
|
१२ भदौ २०७९
१४७८ दिन अगाडि
|
२६ असोज २०७९
१४२७ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८३ दिन अगाडि
|
२० असोज २०७९
१४१६ दिन अगाडि
|
२७ मंसिर २०७९