Above News Title

लक्ष्मणसँगै रेशम चौधरीको उम्मेदवारी पनि खारेज

कैदमा बसेको व्यक्ति कैदमा रहेको अवधिभर उम्मेदवार बन्न अयोग्यः निर्वाचन अधिकृत नगेन्द्र लम्साल
लक्ष्मणसँगै रेशम चौधरीको उम्मेदवारी पनि खारेज

नागरिक उन्मुक्ति पार्टीलाई एकपछि अर्को दुःखद खबर आएको छ ।

नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–५ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन गरेका लक्ष्मण थारुको उम्मेदवारी खारेज हुने निर्णय भएको सूचना सार्वजनिक भए लगत्तै टीकापुर घटनामा दोषी भनिएका कारागारमा रहेका रेशमलाल चौधरीको उम्मेदवारी पनि खारेज भएको छ ।

नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन गरेका चौधरीको उम्मेदवारी खारेज हुने निर्णय भएको निर्वाचन अधिकृत नगेन्द्र लम्सालले बताए ।

निर्वाचन अधिकृत लम्सालका अनुसार रेशम चौधरी जिल्ला अदालत कैलाली र उच्च अदालत डोटीबाट दोषी ठहर भएको र २०७४ फागुन १४ गतेदेखि निरन्तर कैदमा रहेको पुष्टि भएकाले उम्मेदवारी खारेज भएको हो ।

‘उहाँ २०७४ फागुन १४ देखि निरन्तर कैदमा रहेको भनी डिल्लीबजार कारागारले हामीलाई पत्र दिएको छ, उच्च अदालत डोटीबाट पनि उहाँ दोषी ठहर भएको पत्र दिएको छ’ निर्वाचन अधिकृत लम्साल  भन्छन्, ‘उहाँ प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १३ (झ) अनुसार उम्मेदवार हुन अयोग्य हुनुभयो ।’

सो ऐनको उक्त व्यवस्थाअनुसार कैदमा बसेको व्यक्ति कैदमा रहेको अवधिभर उम्मेदवार बन्न अयोग्य हुन्छन् ।

 उम्मेदवारी खारेजबारे नागरिक उन्मुक्तिले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । 

लक्ष्मण थारुको उम्मेदवारी खारेजीको लगत्तै नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले फेसबुकमा केवल एक शब्दमा प्रतिक्रिया दिएकी छिन्, ‘अन्याय’ ।

उता लक्ष्मण थारुले भनेका छन्– हामी माथिको दमन षड्यन्त्र योजनाबद्ध हुँदैछ । मेरो उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगको निर्णय घोर आपत्तिजनक छ । हाम्रोआन्दोलन जारी छ ।

 

प्रकाशित:

१४७८ दिन अगाडि

|

२५ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४७८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१५१३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१५२३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४७८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१४२७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४८३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१४१६ दिन अगाडि

|

२७ मंसिर २०७९