Above News Title

‘कमब्याक’को तयारीमा ‘कुन्दन’, भारी पर्न सक्छन् उन्मुक्ति र पूर्व सहकर्मी उम्मेदवार

‘कमब्याक’को तयारीमा ‘कुन्दन’, भारी पर्न सक्छन् उन्मुक्ति र पूर्व सहकर्मी उम्मेदवार

प्रतिनिधिसभा अन्तर्गत कैलालीको क्षेत्र नम्बर ३ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी ‘कुन्दन’, नेकपा एमालेबाट गौरीशंकर चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी उम्मेदवार छन् ।पहिलो संविधान सभा निर्वाचनमा आफ्नो निकटतम प्रतिद्वन्दीलाई तीन गुणा बढी मतान्तरले पछार्दै संसदीय यात्रा तय गरेका कृष्णकुमार चौधरी ‘कुन्दन’ पुनः संसदीय यात्राको दौडमा उत्रिएका छन् ।

कैलालीको गौरीगंगा नगरपालिका ९ शंकरपुर घर भएका ४४ वर्षीय कुन्दन आगामी मंसिर ४ गते हुने प्रत्यक्षतर्फको प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएका छन् । उनी कैलाली निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका हुन् ।

नेकपा माओवादी केन्द्रबाट भएको उनको उम्मेदवारी, कैलालीमा नागरिक उन्मुक्ति पार्टीप्रतिको जनलहर र पूर्वसहकर्मीबीचको प्रतिप्रर्धाले यहाँको चुनावी माहोल रोचक बन्दै गएको हो । 

गठबन्धनका साझा उम्मेदवार बनेका कुन्दन, नागरिक उन्मुक्ति पार्टीका गंगा चौधरी र नेकपा एमालेका गौरीशंकर चौधरीबीच त्रिपक्षीय भिडन्त भइरहेको हो । २०७४ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रबाट गौरीशंकर चौधरी निर्वाचित भइ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हुँदा श्रम मन्त्री बनेका थिए । नेकपा विवादपछि गौरीशंकर एमालेमा प्रवेश गरे ।

जुनकारण कुन्दनको लागि यो निर्वाचन बलिया प्रतिप्रर्धीकाबीच संसदीय यात्राको लागि चुनौतीपूर्ण दौडको रुपमा हेरिएको छ ।
चुनावी रणनीति सुनाउँदै उनले भने, ‘विगतको चुनाव हेर्दा यो क्षेत्र माओवादीको आधार इलाका भन्दा फरक नपर्ला । दोस्रो कुरा, म गठबन्धनको साझा उम्मेदवार हो । तेस्रो कुरा, म यहाँको हरेक बस्ती, हरेक समस्या, विकास निर्माणको अवस्थादेखि परिचित छु । सधैं जनतासँगै छु । जुनकारण यो निर्वाचनलाई सहज रुपमा लिएका छु । जीत सुनिश्चित नै देख्छु ।’

चुनावी अंक गणित
जिल्लाको कैलारी गाउँपालिका, भजनी नगरपालिका र घोडाघोडी नगरपालिका समेटिएर बनाइएको सो निर्वाचन क्षेत्रमा पहिलो र दोस्रो संविधान सभा निर्वाचन हुँदै २०७४ को निर्वाचनमा माओवादी केन्द्रले विजयी हासिल गर्दै आएको हो ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा भने कैलारीमा काँग्रेस, भजनीमा नागरिक उन्मुक्ति र घोडाघोडीमा एकीकृत समाजवादीले मेयर जितेको छ । 

स्थानीय तह निर्वाचनकै कुरा गर्दा १ लाख ७ हजार ६५९ मतदाता रहेको सो निर्वाचन क्षेत्रस्थित २६ वटा वडाध्ये १९ वडामा वडाध्यक्ष काँगेस, ३ वडाध्यक्ष माओवादी केन्द्र, २ वडाध्यक्ष नेकपा एमाले र २ वडाध्यक्ष नागरिक उन्मुक्तिले जितेको छ । जुन प्राप्त मत अनुसार गठबन्धनका उम्मेदवार कुन्दन नै बलिया उम्मेदवारको रुपमा रहेका छन् । 

कुन्दनको राजनीतिक यात्रा
कुन्दनको राजनीतिक यात्रा २०४७ देखि शुरु हुन्छ । नेकपा एमाले निकट अनेरास्ववियु पाँचौंको साधारण सदस्यदेखि उनी आफ्नो राजनीतिक यात्रा शुरु गरेका हुन् । तर उनी २०५४ मा मात्रै नेकपा एमालेको सदस्यता प्राप्त गरे । २०५६ मा नेकपा एमालेबाट माले विभाजन हुँदा हुने संस्थापन नै रोजे ।

तर त्यसताका मुलुकमा नेकपा माओवादीले शुरु गरेको सशस्त्र जनयुद्धले उत्कर्ष रुप लिएको थियो । उनी एमाले छोडी नेकपा माओवादीको सशस्त्र जनयुद्धमा होमिए । २०५८ असोजदेखि भूमिगत भएको उनी सम्झिन्छन् ।

माओवादीको एरिया कमिटी सदस्य हुँदै रिजनल ब्यूरो सदस्य (आरबीएम)सम्म भए । २०६२ माओवादीको धनगढी नगर इन्चार्जको जिम्मेवारी पाएका उनी २०६२÷ २०६३ जनआन्दोलन नेतृत्वदायी भूमिका निर्वाह गरेको सुनाउँछन् ।

माओवादी शन्ति प्रक्रियामा गएसँगै उनी २०६४ को पहिलो संविधान सभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित भए । आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका नारायणदत्त मिश्रलाई २७ हजार ५५४ मत ल्याउँदै पराजय चखाए । मिश्र ८ हजार मतमा सीमित भए ।

२०७२ असोज ४ गते माओवादीबाट बिद्रोह गरी वैकल्पिक शक्ति निर्माण भन्दै नयाँ शक्ति पार्टी गठन गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइसँगै रहे ।

नयाँ शक्तिबाटै २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं ३ (ख) प्रदेश सभा सदस्यको लागि चुनाव लडेका उनी ५ हजार ६०० मतका साथ पराजयको स्वाद पनि चाखे । उनी वामगठबन्धनका उम्मेदवार अमर साउँदसँग पराजित भए ।
राजनीतिक जीवनको उतारचढावकाबीच नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्य तथा सुदूरपश्चिम अध्यक्ष भइसकेका उनी २०७८ चैत्र २८ गते नेकपा माओवादीमा धुबिकृत भए । हाल उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् ।

चुनावी एजेण्डा 
अधिकारबाट बञ्चित समुदायको लागि न्याय, राजनीतिक बेथितिलाई नियन्त्रण, राजनीति पेशा नभइ सेवाको रुपमा विकास गर्ने उनको एजेण्डा हो । सुशासनसहित शिक्षा, स्वास्थ्य, राजगारीको विकाससँगै हसुलिया–मसुरिया सडक, पहलमानपुर–लालबोझी सडक, सुखड–भजनी सडक कालोपत्रे, नदी कटान नियन्त्रण गर्न तटबन्धन निर्माण, बाढी पीडितको समस्या समाधान गर्न उचित स्थानमा पुनस्र्थापना, खोनपुर–चन्दनचौकी जोड्ने मोहना नदीमा पक्की पुल, लालबोझी–टिकुनिया जोड्न पक्की पुललाई आफ्नो चुनावी एजेण्डा बनाएका छन् ।

प्रत्येक वडामा सर्वसुलभ स्वास्थ्य उपचारको व्यवस्थासँगै निर्वाचन क्षेत्रस्थित प्रत्येक पालिकामा बहुमुखी क्याम्पस स्थापना गर्ने योजना रहेको उनले सुनाए ।

सिँचाइको व्यवस्था गर्न कान्द्रा नदी सिँचाइ परियोजना, गुरही सिँचाइ आयोजनालाई अगाडि बढाउने उनी बताउँछन् । त्यस्तै, जैविक, साँस्कृतिक र पर्यटनको विकासको लागि थारु गाउँहरुलाई हेरिटेज भिलेजको रुपमा विकास गर्दै उद्यमीशिलतासँग पनि जोड्ने उनका योजना छन् ।

यो पनि पढ्नु होस् :-
गंगा चौधरीको प्रण: निर्वाचित भए लुकाइएको लाल आयोग प्रतिवेदन खोज्नु प्रमुख कार्य हुनेछ

 

प्रकाशित:

१४७३ दिन अगाडि

|

३० असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४७८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१५१३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१५२३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४७८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१४२७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४८३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१४१६ दिन अगाडि

|

२७ मंसिर २०७९