बाढी पीडितको पुनस्र्थापना र राहतको लागि कैलारी गाउँपालिकाको सार्वजनिक अपिल

बाढी पीडितको पुनस्र्थापना र राहतको लागि कैलारी गाउँपालिकाको सार्वजनिक अपिल

१५०१ दिन अगाडि

|

२ असोज २०७९

कैलालीमा भयानक बाढी : १ हजार बढी घरधुरी डुबानले प्रभावित, एक जना बगेर वेपत्ता

कैलालीमा भयानक बाढी : १ हजार बढी घरधुरी डुबानले प्रभावित, एक जना बगेर वेपत्ता

१५०२ दिन अगाडि

|

१ असोज २०७९

अविरल वर्षापछि आएको बाढीले कैलाली जिल्लाको करिब १ हजार बढी घर डुबानमा परेका छन् । जिल्लाको भजनी नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिका, धनगढी उपमहानगरपालिकाका बस्तीहरु डुबानमा परेका हुन् । त्यस्तै, जिल्लाको पहाडी जिल्ला चुरे गाउँपालिकाका स्थानीयहरु पहिलोले प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कैलाली जिल्लाको दक्षिण पूर्वी क्षेत्र बाढीले प्रभावित भएको  छ । जिल्लास्थित मोहना, पथरैया, काडा र कान्द्रा नदीमा आएको बाढी बस्तीमा पस्दा बस्ती डुबानमा परेका हुन् । नदीको जलस्तर बढ्ने क्रममा रहेकोले नदि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको सूचना अधिकारी जोशीले बताए । यता कैलारी गाउँपालिकाको वडा नम्बर ५ अन्र्तगत मनकापुर, बन्दरगौरी, बैजपुर, सपना शिविर सहित वडा नम्बर ७ को बर्का बसन्ता, छटकपुर बसन्ता, रामपुर, नारायणपुर लगायतका गाउँ डुबानमा परेको गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले जानकारी दिए । कटैनी नदीमा आएको बाढीले डुबान भएको उनले बताए । अध्यक्ष चौधरीले जनप्रतिनिधि, सशस्त्र प्रहरी, स्थानीय लगायतले उद्धार गरिरहेको बताए । कैलालीको कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले आफ्नो जीवनमा हालसम्मकै ठूलो बाढी देखेको बताए । गाउँपालिकास्थित वडा नं. ७ पुरै र वडा नं. ५ का अधिकांश घर डुबानमा परेको बताउँदै उनले उद्धारको कार्य जारी रहेको जनाए । यसैबीच कैलालीमा माछा मार्ने क्रममा बगेर एक युवती बेपत्ता भएकी छिन्। धनगढी उपमहानगरपालिका–१३ भएर बग्ने झलारी नालामा माछा मार्न गएकी स्थानीय १९ वर्षीय नविना चौधरी बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी वेदप्रकाश जोशीले जनाए । चौधरी नालामा बगेको खबर प्राप्त भएपछि खोजीका लागि प्रहरी टोली परिचालन भए पनि अहिलेसम्म उनको अवस्था अज्ञात रहेको जनाइएको छ । 

डा गोपाल दहितपछि काँग्रेसको कार्वाहीमा परे खानेपानी मन्त्री उमाकान्त चौधरी 

डा गोपाल दहितपछि काँग्रेसको कार्वाहीमा परे खानेपानी मन्त्री उमाकान्त चौधरी 

१५०६ दिन अगाडि

|

२८ भदौ २०७९

काँग्रेसको सहमहामन्त्री रहेका खानेपानी मन्त्री उमाकान्त चौधरीलाई बारा जिल्ला काँग्रेस कमिटिले साधारण सदस्य पनि नरहने गरी मंगलबार निलम्वन गरेको छ ।   स्थानीय चुनावमा अन्तर्घात गरेर राजापुर नगरपालिकाका काँग्रेस उम्मेदवार दीपकजंग शाहलाई हराएको अभियोग लगाउँदै डा गोपाल दहितलाई काँग्रेस बर्दियाको अनुशासन कमिटीले स्पष्टीकरण सोधेको तरंग सेलाउन नपाउँदै खानेपानी मन्त्री उमाकान्त चौधरी पनि कार्वाहीमा परेका हुन् । उनलाई पनि पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लगाइएको छ ।  डा दहितलाई पार्टीले स्पष्टीकरण मात्र सोधेको थियो, जुन उनले दिएनन् । तर मन्त्री चौधरीलाई भने साधारण सदस्य पनि नरहने गरी निलम्वन नै गरिएको छ ।   अनुशासन समितिका बारा जिल्ला संयोजक अरुणकुमार यादवको नेतृत्वमा बसेको बैठकले मन्त्री चौधरीलाई निलम्वन गर्ने सिफारिश गरेको हो । निलम्वन गरिएको पत्र केन्द्रीय अनुशासन समितिमा पठाइएको छ । तर मन्त्री चौधरी निकट स्रोतले पार्टीको सहमहामन्त्री जस्तो व्यक्तिलाई जिल्ला अनुशासन समितिको कार्वाहीको निर्णयको कुनै अर्थ नरहने जनाएको छ । सहमहामन्त्री चौधरी कृष्णप्रसाद सिटौला निकट मानिन्छन् । सिटौला निकट एक विद्यार्थी नेताले भने, अर्कै गुटले चुनावमा सिट हत्याउन कार्वाहीको नाटक गरेको हो । यसको कुनै अर्थ छैन । टिकट मन्त्री चौधरीले नै पाउनुहुनेछ ।  पार्टीको केन्द्रीय सदस्य रहेका डा दहितको टोलीले जिल्लाबाट कार्वाही गरिएको बारे पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौंमा भेटेर अवगत गराउँदा केन्द्रीय सदस्यलाई जिल्लाबाट कार्वाही गर्ने  अधिकार नरहेकाले ढुक्क भएर पार्टी काममा लाग्न आश्वासन दिएका थिए ।    

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१५१३ दिन अगाडि

|

२१ भदौ २०७९

रामपुर (कैलाली) ।  गुलयारी फँटुवा । मानववस्ती भन्दा पर, चारैतिर घना जंगलले घेरिएको । बर्खामा धान तथा हिउँदमा गहुँ र मसुरो, तेलहन बालीले ढपक्क ढाकिन्छ । सुन्दर र शान्त लाग्छ । तर गुलयारीको त्यो शान्त स्वरुपभित्र कान थाप्दा मीठो निद्रामा रंगीन सपना सजाइरहेका स्थानीय निर्दोष र भूमिहीन गरीब किसानहरुको चित्कार आउँछ । यो परिदृष्य कैलालीको कैलारी गाउँपालिका–७ स्थित त्यही गुलयारी अर्थात् गोलो आकारमा फैलिएको पूर्व प्रधानमन्त्री डा. केआई. सिंह (कुँवर इन्द्र जीत शाही)को विर्तावाल मैदानी ईलाकाको हो । कैलारी गाउँपालिका–७ रामपुरका बुद्धिजीवी रामकुमार चौधरी भन्छन्,‘गुलयारीलाई मात्रै होइन, शासकहरुले शोषित पीडित, निमुखा किसानको पसिनालाई आफ्नो विर्ता ठाने । निहत्था, सोझो किसानको ज्यानलाई पनि आफ्नो विर्ता माने, मनलाग्दी मुला काटेझै काटे ।’ रामपुर गाउँ रामपुरकै फूलराम चौधरीको दिमागमा २०५९ जेठको त्यो रातको घटना आज पनि ताजै छ । तर गते भने थम्याउन उनलाई अलि गाह्रो भयो । भन्छन्, ‘जेठ १५या १७ गते रातीको घटना हो, त्यो मेरो जीवनको मात्रै नभई रामपुर र वसन्तावासीकै कालो रात थियो त्यो ।’ माओवादीको रिस किसानमाथि २०५९ ताका तत्कालीन माओवादीको जनयुद्ध चरम उत्कर्षमा थियो । जमिनदारहरुका भएभरका जग्गा माओवादीको कब्जामा थियो । माओवादीलाई दमन गर्न तत्कालीन सरकारले शाही नेपाली सेना परिचालन गरेको थियो। गुलयारी फँटुवा पनि माओवादीकै कब्जामा करिब १० वर्षसम्म कब्जा कायमै थियो । यस परिस्थितिमा भारतको लखिमपुर जिल्लाको सिङ्हाईमा रहेका विर्तावाल सिंहका छोराहरुको आक्रोशको सीमा रहेन । आफ्नो बुवाले विर्तामा पाएको जग्गा भोगचलन गर्न नपाउनु, उत्पादन भएको फसल माओवादीले किसानलाई बाँड्न थालेपछि उनीहरु आक्रोशित थिए । सिङ्हाईमा बस्दै आएका केआई सिंहका छोराहरु दर्जनौं गुण्डाका साथ हातहतियारसहित नेपाल प्रवेश गरे । राति १२ बजे रामपुर र वसन्ता गाउँमा आतंक मच्चाए । रामकुमार चौधरी उक्त रातको घटनाक्रम स्मरण गर्दै भन्छन्, ‘दिउँसो सेनाको डरले त्यो राती केही समय बरघरहरुको नेतृत्वमा भेला चल्यो । भेलापछि सबै आ–आफ्नो घर सुत्न गए । वस्ती पूरै मीठो निद्रामा थियो । पारिबाट हतियारधारी रामपुर र वसन्ता गाउँमा पसे । डाँका अइलै रेउ... भागो...। (डाँका आए भागौ) भन्दैमध्यराति कोलाहल, भागदौड, चित्कार एक्कासी सुरु भयो । मीठो निन्द्रामा रहेको वस्ती क्षणभरमै रोदन र चिच्याहटले त्राहिमाम भयो ।’ को–को मारिए ? गहिरो निद्रामा रहेका रामपुरका स्थानीय खुशीराम चौधरीको घाँटी तरबारले मुला काटेझैं छिनाइयो । प्रेमलाल चौधरीको छाती र टाउकोमा बन्दुकको छर्राले प्वाल पर्यो । उता, बसन्ता गाउँका फूलरामका साइलो भाइ छुन्नुराम चौधरीको पनि घाँटी छिनाइयो । धेरै घाइते भए, लुटपाट भयो । माओवादीमाथिको भए भरको रिस गाउँलेमाथि खन्याइयो । फुलरामको ट्रेक्टर लगेर उज्यालो नहुँदै सीमा पार गरे । रामपुर र वसन्ता शोकमा डुब्यो । झिगिया देवी चौधरी मृतक प्रेमलाल चौधरीकी श्रीमती लाइकदेवी चौधरी दुइ दशक अघिको सो दर्दनाक घटना आफ्नो परिवारको लागि अभिशाप बनेको बताउँछिन् । श्रीमान गुमाउनुको साथै आफूसहित ५ जना परिवारका सदस्यहरुको शरीरमा कहिलै नमेटिने खाटो बसेको उनको भनाइ छ । स्थानीय महिला स्वास्थ्य स्वयम्सेविकासमेत रहेकी लाइक देवीले श्रीमानकाे मृत्यु दर्ता प्रमाणपत्र देखाउँदै विगत स्मरण गर्छिन्, ‘हामी जेठो मालिक (केआई सिहंको जेठो छोरा) को भागमा रहेको जग्गामाअधिया÷बटैया लगाउँथ्यो । संकटकालकै बेला थियो । धानको फसल तयार भएपछि माओवादीहरु आएर तिकुर (तीन भाग) भाग लगाउन उर्दी जारी गरे । हामी विवश भएर ३ भाग लगायौं । दुइ भाग हामीलाई राख्न लगाए ।एक भाग मालिकको लागि, तर मालिकको भाग पनि उनीहरु आफूहरुले नै लिएर गए ।  हिउँदको सिजन आयो  । माओवादीले धान लगे पनि मालिकले गहुँ लगाउन अह्राए । गहुँ उत्पादन भएपछि मालिकलाई दियौं । बर्खा सिजनको तयारीमा लाग्यौं । धानको बेर्ना राखिसकेका थियौ । तर जेठ १७ गतेको रातीको घटनाले मेरो परिवार नै तहसनहस बनाइदियो ।’ छेदु चाैधरी विगतको घटनाले भावविह्लल भएकी उनले अगाडिभनिन्, ‘जेठ १७ गते बेरी (बेलुका खाना) खाएर सुतेका थियौ । एक्कासी एक हुल मान्छे आएर मार्न थाले । गोली र खुकुरी जथाभावी प्रहार गर्न थाले । श्रीमानकाे छाती र टाउकोमा गोली चलाए । ओच्छ्यानमै मारिदिए । मेरो तल्लो पेटमा अनि बर्का छावा (जेठो छोरा) छेदु चौधरीको कम्मरमा खुकुरीले काटे । पटोहिया (बुहारी) प्रेमा चौधरीको नितम्व र हातमा गोली चलाए, हात भाँचिदिए । छोरी रीता चौधरीको गोडाको फिलामा खुकुरीले काटे र मेरी बहिनी (सौतेनी)लाई भाटाले हिर्काए ।’ लायकराम चाैधरी गुलयारीको जग्गा मृतक खुशीराम चौधरीले पनि अधियामा जोत्दै आएका थिए । उनीसहित उनको परिवार पनि त्यो राति निशानामा पर्यो । खुशीराम चौधरीकी श्रीमती झिन्झिया र छोरा लाइकराम चौधरीलाई पनि घाइते बनाए । रामकुमार चौधरीका अनुसार ज्यान गुमाएकाहरु राजनीतिबाट बिल्कुलै बेखबर थिए । आफ्नै केही जग्गा र गुलयारीको जग्गा अधियामा खेती किसानी गरी जहान परिवारसँग रमाएका थिए । त्यो दिन ज्यान गुमाएका फुलरामका साइलो भाई वसन्ताका छुन्नुराम चौधरी त्यही गुलयारीको जग्गा भाडा लिने शर्तमा जोत्न भनी रामपुर पुगेका थिए । खेत जोतेर उनी त्यो राति रामपुरमै बास बसेका थिए । उनी पनि निशानामा परे र अनाहकमा ज्यान गुमाए । उनको टे«क्टर पनि लुटेर लगे । प्रेमा चौधरी फूलरामको भाइको भर्खर मंगनी भएको थियो । उनको विहे तय हुन बाँकी नै थियो । डाँकाहरुले लुटपाटसँगै भाइको हत्या गरेपछि फूलरामको कान्छो भाइको विहे ज्यान गुमाएका छुन्नुरामको मंगनी भएकी युवतीसँग भयो । त्यो रात रामपुर र वसन्ताको लागि कालो राति थियो । जसको एउटै कारण हो, विर्तावाल गुलयारी फँटुवा । स्थानीयहरु न्यायको लागि गुहार गर्ने त्यसताका कुनै निकाय देखेनन् । सबै चुपचाप सहे । परिवार गुमाएपछि सबै माओवादी रामकुमार अगाडि थप्छन्, ‘घटनावारे त्यो द्वन्द्वकालमा प्रहरीलाई खबर गरौं भने कसरी गरौं उतिबेला सेना, प्रहरीबाटै डर लाग्थ्यो । माओवादीको बिल्ला भिडाएर उल्टै कारवाही गर्ने पो हुन् कि भन्ने डर उत्तिकै थियो । माओवादीलाई सुनाउँ भने, माओवादी आफै विद्रोहमा थियो । रामपुर र वसन्ताले चुपचाप सबै अन्याय सहन गर्यो ।’ घटनापछि मुद्धा दर्ता गर्ने पक्षमा भएपनि आफूहरुलाई जबरजस्ती माओवादीको ट्याग लगाएको लाइक देवी दुःखेसो छ । ‘म त मुद्धा हाल्ने विचारमा थिएँ । तर मुन्ना शाह नै धनगढी गएर आफूले आतंकारीहरुलाई (माओवादी) मारेको भन्ने हल्ला फिजायो । पछि हामीहरु निरीह भयौ । त्यो संकटकालमा सबै अन्याय सहेर बस्यौ ।’ आफूहरु माओवादी नभएपनि सो घटनामा मारिने आफ्नो श्रीमानसहित तीनै जनालाई माओवादी भन्न थालिएको लाइक देवी सुनाउँछिन् । त्यतिमात्रै होइन, त्यो घटनापूर्व केआई सिंहका छोराहरुको अत्याचार पटक–पटक पोखिएको स्थानीय बताउँछन् । उनीहरुको अत्याचार, यातनाका सिकार भएका स्थानीयहरु पञ्चायतकालदेखि आजसम्म उनीहरुको नाम सुनेर त्रसिने गरेको कैलारी गाउँपालिका–७ का पूर्व वडाध्यक्ष कमल चौधरी बताउँछन् । पूर्व वडाध्यक्ष चौधरी भन्छन्, ‘उनीहरूको अत्याचार यति बढेको थियो कि उनीहरूले जग्गा मात्रै आफ्नो बिर्ता ठानेनन्, किसानको रगत, पसिना र चेलीहरूको इज्जत समेत आफ्नो बिर्ता माने । उनीहरूको नामै सुनेर मानिसहरू तर्सिन्थे । आज पनि भित्री मनमा त्रास उत्तिकै छ ।’ पूर्व सांसद समेत रहेका केआई सिंहका कान्छा छोरा यज्ञजीत शाहले आफू तथा आफ्नो परिवारमाथि मिथ्या र निराधार आरोप लगाएको बताउँछन् । दाजुहरू भारतमा बसे पनि आफू पहिल्यैदेखि भैरहवा बस्दै आएकाले घटनाबारे धेरै कुरा जानकारी नभएको उनको भनाइ छ । उनी भन्छन्, ‘कुरा दुइ दशक अघिको हो । माओवादीहरू सत्तामा आइसके । म पनि प्रचण्ड अध्यक्ष भएको पार्टीको सदस्य हो । हामीले त्यो बेला धेरै पीडा खेप्यौं । पहिले जे–जस्तो भए पनि पुराना कुरालाई बिर्सेर जानुपर्छ । अबको समय मेलमिलापको हो । विकास र सुशासनको हो । त्यो बेला उसले यस्तो उस्तो गर्यो भनेर कुरा गर्नु उचित छैन । अंग्रेजीमा भन्छन् नि ‘फरगिभ एन्ड फरगेट’ । गुलयारीमा डा. केआई सिंहको नजर किन ? डोटीको डुम्राकोटमा जन्मेका डा. केआई सिंह नेपालको इतिहासमा विद्रोही स्वभावका नेताको रुपमा मानिन्छन् । डोटेली राजाको हिउँदे महिनामा बस्ने ठाउँ भारतको लखिमपुर जिल्लाको सिङ्हाईमा सिंहलाई ८ वर्षको कलिलै उमेरमा लगिएको थियो । सिङ्हाईमै उनले प्राथमिक शिक्षा हासिल गरे भने बलरामपुर, लखनउ र गोन्डामा बसेर माविसम्मको शिक्षा आर्जन गरेका थिए । उनी परिवारसँगै बर्मा पुगेका थिए । बर्मामै उनले आयुर्वेदसम्बन्धि अध्ययन गरे । चिकित्सक वा विद्यावारिधि नगरेको भए पनि औषधिमूलो गर्ने भएकाले उनलाई डाक्टर भनियो  । उनले त्यही आधारमा आफ्नो नाम डा. केआई सिंह लेख्न थालेको विकिपिडियामा उल्लेख छ ।  उनले राजालाई आफ्नो कामबाट खुशी पारेको बताइन्छ । एकताका राजा महेन्द्र स्वदेश बाहिर गएको बेला उनैले देशको कार्यभार सम्हालेको बताइन्छ । फर्केपछि राजाले उनको कामबाट खुशी भई ‘तिमी के लिन्छौ ?’ भनेर सोध्दा उनले जग्गा लिन्छु भनेका थिए । राजाले उनलाई हेलिकप्टरमा बसाएर जग्गा हेर्न ल्याएको र उनले कञ्चनपुरको शुक्लाफाँटा, कैलालीको गुलयारीफाँटासहित स्थान देखाएका थिए । जसमध्ये उनलाई गुलयारी फँटुवा मन परेको बताइन्छ ।  गुलयारी फँटुवा र उनको बाल्यकाल बितेको भारतको सिङ्हार्ईबीचको दूरी ३०–३५ किलोमिटर रहेकाले मन पर्नुको मुख्यकारण रहेको स्थानीय बताउँछन् । करीब ४० विघा क्षेत्रफलमा वसन्ता वन क्षेत्रमा फैलिएको गुलयारी फँटुवालाई राजा महेन्द्रले बिर्तामा प्रदान गरे । तर दर्ता भने जम्मा ३० विघा मात्र रहेको पाइएको छ । सशस्त्र द्वन्द्वकालमा बिर्तावाल जग्गा माओवादीको नियन्त्रणमा थियो । माओवादी शान्ति प्रक्रिया आएपछि पुनः त्यो जग्गाको भोगचलन केआई सिंहका पुस्ताबाट हुँदै आएको छ । कैलारी गाउँपालिका–७ वडा कार्यालयको तथ्याङ्कअनुसार सो जग्गा हाल ३ जनाको नाममा दर्ता भएको छ । केआई सिंहका ३ छोराहरू यज्ञजीत शाह, मुन्ना शाह र चोलाजीत (शिउ कुमार) शाहको नाममा जग्गा दर्ता छ । यज्ञजीत शाह भैरहवाबाट निर्वाचित पूर्व सांसद समेत हुन् । मुन्ना शाह र चोलाजीत शाह भने भारतको सिङ्हार्ईमा बस्दै आएका छन् ।  रामपुर र वसन्ता घटनापछि सो जग्गा भाडामा दिइएको छ । घटनापछि भने शाह दाजुभाइ आउन छोडेको स्थानीय बताउँछन् । जग्गाबापत आउने भाडा रकम कोही सिङ्हार्ई त कोही काठमाडौं पुर्याउँदै आएका छन् । यद्यपि मोलपोत रकम भने सिंहका नाति पुुस्ताले दाखिला गर्दै आएको वडा कार्यालयले जनाएको छ । हाल हुलाकी राजमार्ग विस्तार भएकोसो जग्गा धनगढी–टीकापुर खण्डमा पर्छ । कैलालीको हसुलिया बजारदेखि करीब ८ किलोमिटर दक्षिण–पूर्वी दिशामा गुलयारी फँटुवा छ ।  

‘नागरिक उन्मुक्तिबाट कसैको आधिकारिक उम्मेदवारी सिफारिस गरिएको छैन’ 

‘नागरिक उन्मुक्तिबाट कसैको आधिकारिक उम्मेदवारी सिफारिस गरिएको छैन’ 

१५१४ दिन अगाडि

|

२१ भदौ २०७९

नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया–१ मा प्रतिनिधि सभातर्फ प्रत्यक्षमा परशुराम चौधरी तथा समानुपातिकतर्फ दीपककुमार चौधरी तथा जोधनी थारुको उम्मेदवारी आधिकारिक भएको घोषणा गरिएको छ ।  ‘के पार्टीबाट उम्मेदवारी घोषणा गर्ने क्रम थालनी गरिएको हो ?’ यस प्रश्नमा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले मंगलबार विहान ढकियाखबरसँग भनिन्, ‘म इटहरीको कार्यक्रम छु । खास निर्णय के भएको हो, थाहा भएन , पार्टी प्रवक्तालाई सम्पर्क राख्नुहोस् ।’ उता नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले नागरिक उन्मुक्तिबाट कसैको आधिकारिक उम्मेदवारी सिफारिस नगरिएको बताएका छन् ।  प्रवक्ता पण्डितले बर्दिया क्षेत्र नं १ को उम्मेदवारी भएको हल्ला आफूले सुनेको तर त्यो आधिकारिक नरहेको ढकियाखबरलाई बताए । ‘यहाँ साथीहरु आज नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेर आजै उम्मेदवार भएको घोषणा गरिरहेका छन् । यस्तो बच्काना हर्कत पार्टीलाई सह्य हुन्न,’ प्रवक्ता पण्डितले भने, ‘समानुपातिकतर्फ मनोनयनको इच्छा राख्नु हुनेले कुन जिल्लामा कोसँग सम्पर्क राख्ने यसबारे पार्टीले आधिकारिक निर्णय गरेको छ । तर प्रत्यक्ष तर्फको उम्मेदवारीमा पार्टीलाई कुनै हतार छैन ।’ रिपोर्टस क्लब,  काठमाडौंमा भदौ १६ मा भएको पार्टी प्रवेश कार्यक्रममा बहालवाला सांसद रतन थापा, पूर्व सांसदद्वय कैया चौधरी र हिमाञ्चल भट्टराईसँगै पशुपति विकासका पूर्व सदस्य सचिव डा प्रदीप ढकाल पनि प्रवेश गरेका थिए । प्रवेश लगत्तै डा ढकालले ढकियाखबरसँगको कुराकानीमा आफू बर्दिया–१ मा प्रतिनिधि सभातर्फ प्रत्यक्षमा उम्मेदवार उठ्न तयार रहेको बताएका थिए ।  कैलाली र बर्दियामा प्रत्यक्षमा को को छन् चर्चामा ?  रेशम चौधरीले जितेको कैलाली क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी प्रतिनिधि सभामा उम्मेदवारीको उद्घोष गरिसकेकी छिन् । १ नम्बर क्षेत्रबाट प्रदेश सभामा पार्टीका संगठन मन्त्री लक्ष्मणकिशोर थारु तथा तीर्थ बोहराको चर्चा छ । प्रदेश सभामा आफूले टिकट नपाए बागी उम्मेदवारी दिन सक्ने भनेर लक्ष्मणकिशोरले पार्टीलाई दवाव दिन थालेका छन् ।  त्यस्तै, कैलालीको २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभामा उम्मेदवारीको लागि अरुण चौधरी तथा ३ नम्बर क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवारीको लागि गंगा डंगौराको नाम सुनिश्चित जस्तै छ । २ नम्बर क्षेत्रबाट प्रदेश सभामा रतन थापा र महेन्द्र उपाध्यायको तथा ३ नम्बर क्षेत्रबाट प्रदेश सभामा इन्दु थारुको चर्चा छ ।  ४ नम्बर क्षेत्रमा हालै नेपाल समाजवादी पार्टीबाट  नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका राजाराम चौधरी आंकाक्षी छन् । उनी नेसपामा समाजवादी थारु संघको केन्द्रीय महासचिव थिए । उता टीकापुर घटनामा दोषी ठहर भई हाल अद्र्धभूमिगत रहेका लक्ष्मण थारू कैलाली–५ बाट संघीय चुनाव लड्ने उद्घोष गरिसकेका छन् ।  रेशम चौधरी आफू बर्दिया–२ बाट संघीय चुनाव लड्ने मनस्थिति बनाएका छन् । मनोनयनमा परे पनि, नपरे पनि कसलाई टिकट दिने, कसलाई नदिने यसको अन्तिम टुंगो रेशमले कारागारबाटै लगाउने छन् । अहिले उनलाई भेट्न जानेमध्ये आधा भन्दा बढीले चुनाव टिकटकै कुरा गरिरहेका छन् । 

सुदूरपश्चिमका बर्खास्ती राज्यमन्त्री चौधरीलाई मन्त्रीकै दर्जा !

सुदूरपश्चिमका बर्खास्ती राज्यमन्त्री चौधरीलाई मन्त्रीकै दर्जा !

१५१७ दिन अगाडि

|

१८ भदौ २०७९

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको एक कार्यक्रममा हालै बर्खास्त भएका प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्रीलाई राज्यमन्त्रीकै दर्जामा राखिएको पाइएको छ । प्रदेश सभाको अन्तिम बैठकपछि प्रदेश सभा सचिवालयले शुक्रबार आयोजना गरेको पहिलो पञ्चवर्षीय कार्यकालको समीक्षा तथा सम्मान कार्यक्रममा राज्यमन्त्रीकै दर्जा दिई आशनग्रहण गराइएको छ । जुन कानून गर्न नपाइने र ठूलो गल्तीको रुपमा लिने गरिएको बताइएको छ । प्रदेश सरकारका मुख्यन्यायधिवक्ता कुलानन्द उपाउध्यायले बर्खास्त गरिएको राज्यमन्त्रीलाई जिम्मेवार निकायले राज्मन्त्रीकै दर्जा दिइनु प्रदेश सरकारको उपहाससँगै कानूनीकै धज्जी उडाउने काम प्रदेश सभा सचिवालयबाट भएको बताए । उनले भने, ‘सरकारको बारेमा यस्ता महत्वपूर्ण निर्णयबारे पनि जानकारी राख्न नसक्नु प्रदेश सभा सचिवालय जस्तो गरिमामय निकायको ठूलो गल्ती हो । मैलै हिजो नै यसबारे सल्लाह सुझावसहित सच्याउनको लागि आग्रह सचिवालयलाई दिएको थिए । तर बेवास्ता गरियो ।’ नेकपा एकीकृत समाजवादीबाट राज्यमन्त्री बनेका कुलवीर चौधरीलाई हालै कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिएको जनसभामा एमाले एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका थिए । लगत्तै राज्यमन्त्री चौधरी मुख्यमन्त्री त्रिलोचन भट्टले राज्यमन्त्री पदबाट बर्खास्त गरेका थिए । मर्यादा मिचिँदा उपसभामुख रुस्त त्यस्तै, प्रदेश सभा सचिवालयको सो कार्यक्रम अर्को गल्तीले कार्यक्रममै तरंग उत्पन्न भएको थियो । प्रदेश प्रमुख देवराज जोशीको प्रमुख अतिथ्यमा भएको सो कार्यक्रममा आयोजकले सामान्य सावधानी समेत अप्नाउन नसक्दा पाँच वर्षे अवधिको अन्तिममा आयोजित ऐतिहासिक कार्यक्रम नै खल्लो भएको एक सांसदले बताए ।  मर्यादा अनुसार आशन ग्रहण नगराइएपछि प्रदेश सभाकी उपसभामुख निर्मला बडाल जोशी रुष्ट बनेकी थिइन् । आशनग्रहणको क्रममा कार्यक्रम उद्घोषकले उनको मर्यादाक्रम मिचेर अर्कालाई आशनग्रहण गराएपछि उनी रुष्ट बनेकी हुन् । मर्यादाक्रम अनुसार विपक्षी दलका नेताभन्दा अगाडि आशनग्रहण गराउनुपर्नेमा पछाडि गराइएपछि उनी रुष्ट बनेको बताइएको छ । रुस्त बनेकी निर्मला बडाल जोशी अथिति दीर्घमा आशनग्रहणको लागि आग्रह गर्दा समेत उनी अतिथि दीर्घभन्दा अगाडिको सोफामै आशन ग्रहण गरिन् ।  

जाँड, रक्सी पिए बिग्रेकी महिला, अनि पुरुष.... ?

जाँड, रक्सी पिए बिग्रेकी महिला, अनि पुरुष.... ?

१५१७ दिन अगाडि

|

१८ भदौ २०७९

                                                                                                                                             स्केचः देव कोइमी महिलालाई परापूर्व कालदेखि नै कुनै न कुनै रूपमा समाजले हस्तक्षेप गर्दै आएको छ । कहिले पोसाकलाई लिएर चरित्रमाथि औला उठाएको छ, कहिले महिला भएर धेरै बोल्नु हुँदैन भनेर वाक स्वतन्त्रता समेत हनन गरेको देखिन्छ । महिलाको इतिहास हेर्ने हो भने सङ्घर्षले भरिएको छ ।  पाँच पाण्डवको एकल पत्नी बनेकी द्रौपदीको दर्दनाक इतिहास साक्षी नै छ र उनलाई पाण्डवहरूले जुवामा हारेको समेत पुरुषवादी सत्ताको अहङ्कार सबैलाई ज्ञात नै छ  । महिलाहरू परापूर्व कालदेखि कुनै न कुनै रूपमा आफ्ना इच्छालाई दबाएरै बसे ।  पुरुष सत्ताले बनाएको कुसंस्कार र कुप्रथालाई अहिले पनि महिलाहरूले स्विकारिरहेका छन् । यदि महिलाले इच्छा व्यक्त गरी भने उसलाई पुरुष सत्ताले दबाएर, तँ महिला होस्, यो तेरो काम होइन भनेर अहिले पनि स्वतन्त्रता हनन गरिरहेकै छ  ।  पुरुषलाई नै आफ्नो पालनकर्ता मान्ने र पुरुषमा निर्भर हुने महिलाहरूको परनिर्भरता अहिले पनि कायमै छ । भात, भान्सा सन्तानको हेरचाहमा मात्र समय खर्चिने महिलाहरू असक्षम हुन् भनेको होइन । घर, परिवारको दायराभन्दा बाहिर पनि संसार छ । त्यो संसारसँग परिचित हुँदै निर्धक्क रूपमा पुरुष सरह समानताको अनुभूति गर्न सके भने मात्र सम्पूर्ण महिला स्वतन्त्र भएको मान्न सकिन्छ ।   तीजमा महिलाहरूले नृत्य गर्दै गरेको  एउटा भिडियो भाइरल भएको थियो । यो हाम्रो संस्कृति होइन । चाडपर्वको नाममा सरासर विकृति हो । यस्तो नृत्य गर्नेलाई कारबाही गर्नुपर्छ । यो कुकुर डान्स हो, कति धेरै हल्लाएको ?आदि ।  महिला शारीरिक संरचना प्राकृतिक रूपमा नै पुरुषभन्दा फरक छ । नृत्य गर्दा महिलाको छाती हल्लिनु स्वाभाविक हो । किन हल्लाएको ? कसरी हल्लाएको आदि, इत्यादि टिप्पणी गर्नु उचित होइन ।  महिलाहरू निहुरेर नृत्य गर्दैमा कुकुरसँग तुलना गर्न मिल्छ र ? महिलाले कस्तो नृत्य गर्नुपर्छ भनेर पुरुषहरूसँग अनुमति लिनुपर्ने हो ? महिलाहरू निहुरेर नृत्य गर्दैमा कुकुरसँग तुलना गर्न मिल्छ र ? महिलाले कस्तो नृत्य गर्नुपर्छ भनेर पुरुषहरूसँग अनुमति लिनुपर्ने हो ? परम्परावादी विरह, वेदनाले भरिएको र पुरुषको गुणगान गरिएको गीतमा नृत्य गर्दा आहा, कति शालीन महिला भनेर प्रशंसा गर्नेको जमात नै छ यहाँ । तर ती परम्परावादी गीतमा नृत्य गरेर आफूलाई प्रत्यक्ष रूपमा पितृसत्ताको दास बनाइरहेको कुरा महिलालाई ज्ञात छ कि छैन ?  पुरुषले दिएको दासत्वको चिनो रातो सिन्दुर, पोते र चुरा लोग्ने बाँचुन्जेल लगाउनुपर्ने ।  दासत्वको चिनो दिएर पुरुषले आफ्नो सत्ता कब्जा गरेर राखेका छन् भनेर महिलाहरूले बुझेका छन् कि नाइँ ?  लोग्नेलाई भगवान्को रूपमा पूजा गर्नुपर्ने, त्यसमाथि लामो आयुको लागि निवाला व्रत बस्नुपर्ने, गोडाको पानी खानुपर्ने । अरूको चेलीलाई आफ्नो घरमा भित्र्याएर गोडाको पानी खुवाउन लगाउनु कहाँको न्याय हो ? यो कस्तो संस्कृति हो ?   बिहेमा सँगै जिउने र मर्ने कसम खाने अनि लामो आयु पुरुषलाई मात्र चाहिने र ?  यसको अर्थ के हो ? अरुकी चेली मरे पनि भो । पुरुषले आजसम्म स्वास्नीको लागि व्रत बसेको कुनै पनि उदाहरण छैन । यसमा महिलाहरू हामीलाई पनि लामो आयु चाहिन्छ भनेर किन विरोध गर्दैनन् ? यहीबाट यो कुरा झल्किन्छ कि पुरुष सत्ताको बागडोर पुरुषले आफ्नो हातमा लिएर महिलामार्फत् आफ्नो सताको उत्तरदायित्व सम्हालिरहेको छ । आखिरमा बयलगाडा गोरुले घचेटिरहेको हुन्छ तर गन्तव्यमा पुग्ने भनेको बटुवा न हो ।  तीजको नृत्य हेरेर कतिको के आरोप थियो भने महिलाहरू मदिरा सेवन गरेर मात्तिएर नृत्य गरेका हुन् । वर्षैभरि घर, धन्दामा व्यस्त महिला तीजको दरमा मदिरा सेवन गरी त के बिराई ?  हो, मदिरा सेवन गर्नु भने गलत हो ।  हाम्रो समाजमा ९० प्रतिशत पुरुष मदिरा सेवन गर्छन् । मदिराको लत लागेका पुरुषहरूले पुर्ख्यौली सम्पत्ति बेच्दै पिइरहेको उदाहरण हाम्रै गाउँ समाजमा छ । मदिरा सेवन गर्नका लागि पुरुषले पुरै सम्पत्ति सखाप पारेको कयौँ जीवन्त उदाहरण छन् । त्यही पुरुषसँग जीवन बिताउन हाम्रै आमा र दिदी, बहिनीहरू बाध्य छन् । मदिरा सेवन गरेका लोग्नेमार्फत राति राति स्वास्नी कुटिएको प्रत्यक्षदर्शी तपाईं हामी नै हौँ  ।   पुरुषले पनि मदिरा सेवन गर्नु हुँदै हुँदैन भनेर किन महिलाहरूले विरोध गर्न सकेका छैनन् आजसम्म ? महिलाले मदिरा सेवन गरेको पुरुषले हेर्न नसक्ने अनि मदिरा सेवन गर्ने त्यही पुरुषलाई जीवनसाथी स्वीकारेर महिला बस्नुपर्ने  ?  मदिरा सेवन गरेर पुरुषहरू अहिले पनि खेतको आली, गाउँको डगहर, सहरको सडकको पेटीहरूमा लडिरहेका हुन्छन् । कुकुर जसरी बाटोघाटोमै सुतिरहेका हुन्छन् तर उसलाई किन मदिरा सेवन गरिस् रु तेरो चरित्र ठिक छैन भनेर औँला ठड्याउने र टिका टिप्पणी कसैले गर्दैन किन ?  यदि महिलाले त्यस्तो गरेको भए, सबैभन्दा पहिला उसको चरित्रमाथि औँला ठड्याउँदै, तेरो चरित्र ठिक छैन भन्ने आरोप लाग्थ्यो ।  मदिराको सेवनबारे वकालत पुरुष र महिला दुवैको हकमा लागू हुनुपर्छ  । पुरुषको लागि सही र महिलाको लागि गलत हो भन्नु पितृसत्ताको कलङ्क महिलामाथि थुपार्नु मात्र हो ।  हो मदिरा सेवन गर्नु गलत हो । स्वास्थ्यको लागि हानिकारक हो । तर यदि कसैले लत नलाग्ने गरी, घरवार र सम्पत्ति बर्बाद नपार्ने गरी र आफ्नो स्वास्थ्यलाई समेत ध्यानमा राखेर कहिलेकाहीँ औषधीको रूपमा चाडबाडमा मदिरा सेवन गर्छ भने त्यसलाई बहसको विषय बनाइनु, टीका टिप्पणी र आलोचना गर्नु सही होइन । मदिराको सेवनबारे वकालत पुरुष र महिला दुवैको हकमा लागू हुनुपर्छ  । पुरुषको लागि सही र महिलाको लागि गलत हो भन्नु पितृसत्ताको कलङ्क महिलामाथि थुपार्नु मात्र हो ।  आजबाटै नयाँ सोचको सुरुवात गरौँ । आफूलाई गलत लागेको संस्कृति र दमन गरेको अनुभव हुने बित्तिकै खुलेर विरोध गरौँ । हामी आफ्नो पुस्तालाई परिवर्तन नगरे आगामी पुस्तालाई कसरी अनुहार देखाउने ? कुप्रथाहरू भावी पुस्ताको टाउकोमा नथुपारौँ । रातोपाटीबाट