Above News Title

सेफली चौधरीको पुरै दिन बित्यो ‘अग्रासन’को पर्खाइमा 

सेफली चौधरीको पुरै दिन बित्यो ‘अग्रासन’को पर्खाइमा 

धनगढी  
रातभरी पानी दर्किरह्यो । त्यसैले, सोमबार बिहान मोहना नदी उर्लिएको थियो । कैलालीको कैलारी गाउँपालिका–९ कोइलहीका बुधराम चौधरी र उनकी श्रीमती एका बिहानैदेखि मोहना नदीको ढिकमा बसेर बाढीको बहाब घट्ने पर्खाइमा थिए । 
बुधराम दम्पत्तिको ज्यान नदी तटमा थियो । ध्यान भने, सीमा पारी रहेकी विवाहिता छोरी सेफली चौधरीकहाँ थियो । वर्षौ दिनपछि अट्वारीको अग्रासन (कोसेली) दिन जान लागेकाहरु दिनभरजसो पनि बाढीको बहाब नघटेपछि हैरान देखिन्थे । 
अग्रासनको पोकोमा, अन्डी चामलको रोटी, खरिया, फुलौरी, खुर्मा, भात, माछाको पक्ली (सिद्रा) परिकारसहित, विभिन्न तरकारी, फलफूल रहेको थियो । ती बासी हुने हो कि भन्ने चिन्ता थियो । 

सेफलीको सुसुराली भारतको उत्तर प्रदेशको खिरी जिल्लास्थित पुरैना गाउँ हो । पुरैना जान नेपाल–भारत सिमानामा रहेको मोहना नदी तर्नुपर्छ । तर उनीहरुको मातृत्व प्रेम गाँसिएको अग्रासन पुग्ने बाटोमा मोहना नदी सोमबार तगारो बनेर तेर्सिएको थियो । 

           पारी छोरीको गाउँ औंल्याउँदै बुधराम चौधरी,                                                              सबै तस्विरः लखन दहित

नदी तर्न ती दम्पती भित्तरिया–मोहनापुर घाटमा राखिएको डुंगा चल्ने पर्खाईमा थिए । मलिनो अनुहार पार्दै बुधरामले भने, ‘यो अग्रासन, हाम्रो चोखो मायाको पहुरा हो । बिहानदेखि दिउँसोसम्म यही मोहना नदीकै ढिकमा छौ । उता पारि छोरी हाम्रो बाटो कुरेर बसेकी होलिन् । हामी वारि ३÷४ घण्टादेखि छौ । घर फर्कौ भने, कुन मुख लिएर फर्कौ । साँझसम्म जसरी भएपनि तर्नै पर्ला ।’

आफ्ना क्षमता अनुसारका विभिन्न सवारी साधनको माध्यमबाट टाढा–टाढा रहेका चेलीहरुलाई अग्रासन पु¥याउने ताँती थियो । तर अग्रासन पुर्याउने बाटोमा बाढी लगायतको अवरोधले कतै माया र भातृत्वप्रेम साटासाटका फिक्कापन आएको थियो ।
कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीका जीतलाल डंगौराको पीडामा पनि बुधराम दम्पत्तिको जस्तै देखिन्थ्यो । उनी मोहना पारिको गाउँ मोहनपुरमा अग्रासन पु¥याउन भनी घरबाट बिहानै निस्किए । जीतलाल पनि मोहना वारि नै रहे ।
जीतलाल र अग्रासनको ब्यग्र पखाइमा रहेकी उनकी छोरी फूलकुमारी चौधरी र नातिबीच मोहना नदीको पारिपारिबाटै इसारामै भलाकुसारी भइरहेको थियो ।


‘कहिले काहीँ आउने यस्ता प्राकृतिक अवरोधले मन रोएर आउँछ । छोरीलाई अग्रासन लिएर गएको म वारि छु । पारीबाट छोरीले मलाई कुरिरहेको छ । कतिखेर यो नदीका बहाब घट्ने होला ? र छोरीलाई अग्रासनसहित अशिष दिन पाउँला’, जीतलालले लामो सास तान्दै भने । 
साँझसम्म छोरीको घर अग्रासन पु¥याएरै छोड्ने बुधराम र जीतलालको भनाइ थियो ।
अन्ततः भगवान्ले तिनको कुरा सुने, पानीको बहाव घट्यो । डुंगा चल्यो । अग्रासन दिएर फर्किनेबेला उनीहरु छोरीको घर पुगे ।

प्रकाशित:

१४३२ दिन अगाडि

|

१३ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३८९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३४ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८९ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२७ दिन अगाडि

|

२७ मंसिर २०७९