Above News Title

‘नागरिक उन्मुक्तिबाट कसैको आधिकारिक उम्मेदवारी सिफारिस गरिएको छैन’ 

बर्दिया १ को उम्मेदवारी आधिकारिक होइन
‘नागरिक उन्मुक्तिबाट कसैको आधिकारिक उम्मेदवारी सिफारिस गरिएको छैन’ 

नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया–१ मा प्रतिनिधि सभातर्फ प्रत्यक्षमा परशुराम चौधरी तथा समानुपातिकतर्फ दीपककुमार चौधरी तथा जोधनी थारुको उम्मेदवारी आधिकारिक भएको घोषणा गरिएको छ । 
‘के पार्टीबाट उम्मेदवारी घोषणा गर्ने क्रम थालनी गरिएको हो ?’ यस प्रश्नमा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले मंगलबार विहान ढकियाखबरसँग भनिन्, ‘म इटहरीको कार्यक्रम छु । खास निर्णय के भएको हो, थाहा भएन , पार्टी प्रवक्तालाई सम्पर्क राख्नुहोस् ।’
उता नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले नागरिक उन्मुक्तिबाट कसैको आधिकारिक उम्मेदवारी सिफारिस नगरिएको बताएका छन् । 
प्रवक्ता पण्डितले बर्दिया क्षेत्र नं १ को उम्मेदवारी भएको हल्ला आफूले सुनेको तर त्यो आधिकारिक नरहेको ढकियाखबरलाई बताए । ‘यहाँ साथीहरु आज नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेर आजै उम्मेदवार भएको घोषणा गरिरहेका छन् । यस्तो बच्काना हर्कत पार्टीलाई सह्य हुन्न,’ प्रवक्ता पण्डितले भने, ‘समानुपातिकतर्फ मनोनयनको इच्छा राख्नु हुनेले कुन जिल्लामा कोसँग सम्पर्क राख्ने यसबारे पार्टीले आधिकारिक निर्णय गरेको छ । तर प्रत्यक्ष तर्फको उम्मेदवारीमा पार्टीलाई कुनै हतार छैन ।’
रिपोर्टस क्लब,  काठमाडौंमा भदौ १६ मा भएको पार्टी प्रवेश कार्यक्रममा बहालवाला सांसद रतन थापा, पूर्व सांसदद्वय कैया चौधरी र हिमाञ्चल भट्टराईसँगै पशुपति विकासका पूर्व सदस्य सचिव डा प्रदीप ढकाल पनि प्रवेश गरेका थिए । प्रवेश लगत्तै डा ढकालले ढकियाखबरसँगको कुराकानीमा आफू बर्दिया–१ मा प्रतिनिधि सभातर्फ प्रत्यक्षमा उम्मेदवार उठ्न तयार रहेको बताएका थिए । 
कैलाली र बर्दियामा प्रत्यक्षमा को को छन् चर्चामा ? 
रेशम चौधरीले जितेको कैलाली क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी प्रतिनिधि सभामा उम्मेदवारीको उद्घोष गरिसकेकी छिन् । १ नम्बर क्षेत्रबाट प्रदेश सभामा पार्टीका संगठन मन्त्री लक्ष्मणकिशोर थारु तथा तीर्थ बोहराको चर्चा छ । प्रदेश सभामा आफूले टिकट नपाए बागी उम्मेदवारी दिन सक्ने भनेर लक्ष्मणकिशोरले पार्टीलाई दवाव दिन थालेका छन् । 
त्यस्तै, कैलालीको २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभामा उम्मेदवारीको लागि अरुण चौधरी तथा ३ नम्बर क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवारीको लागि गंगा डंगौराको नाम सुनिश्चित जस्तै छ । २ नम्बर क्षेत्रबाट प्रदेश सभामा रतन थापा र महेन्द्र उपाध्यायको तथा ३ नम्बर क्षेत्रबाट प्रदेश सभामा इन्दु थारुको चर्चा छ । 
४ नम्बर क्षेत्रमा हालै नेपाल समाजवादी पार्टीबाट  नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका राजाराम चौधरी आंकाक्षी छन् । उनी नेसपामा समाजवादी थारु संघको केन्द्रीय महासचिव थिए ।
उता टीकापुर घटनामा दोषी ठहर भई हाल अद्र्धभूमिगत रहेका लक्ष्मण थारू कैलाली–५ बाट संघीय चुनाव लड्ने उद्घोष गरिसकेका छन् । 
रेशम चौधरी आफू बर्दिया–२ बाट संघीय चुनाव लड्ने मनस्थिति बनाएका छन् । मनोनयनमा परे पनि, नपरे पनि कसलाई टिकट दिने, कसलाई नदिने यसको अन्तिम टुंगो रेशमले कारागारबाटै लगाउने छन् । अहिले उनलाई भेट्न जानेमध्ये आधा भन्दा बढीले चुनाव टिकटकै कुरा गरिरहेका छन् । 

प्रकाशित:

१५१४ दिन अगाडि

|

२१ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४७८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१५१३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१५२३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४७८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१४२७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४८३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१४१६ दिन अगाडि

|

२७ मंसिर २०७९