तस्विरः बीबीसी
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक सांसदको बन्द सूचीको नाम बुझाउन २ र ३ असोजलाई तोकेको छ।
समानुपातिकतर्फ दलहरुले प्राप्त गर्ने मतका आधारमा उम्मेदवार चयन हुन्छन्।
प्रतिनिधि सभाको समानुपातिकतर्फ १ सय १० सिट छ। यस्तै प्रदेश सभातर्फ २ सय २० सिट छ।
आगामी मंसिर ४ गते प्रत्यक्ष तर्फका सांसदले प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाको ३ सय ३० निर्वाचन क्षेत्रमा चुनाव लडे पनि समानुपातिक उम्मेदवारको नाम भने असोजको पहिलो हप्ता भित्र आयोगमा बुझाइ सक्नुपर्छ।
त्यसरी नाम बुझाउँदा क्लस्टरका आधारमा बुझाउनुपर्ने हुन्छ। आयोगले प्रदेशगत रुपमा समानुपातिकको नाम बुझाउन भनेको छ।
सुरुमा ७ वटै प्रदेशमा समानुपातिक तर्फ चुनिने जातीय क्लस्टर हेरौं।
जसअनुसार १ मा आदिवासी जनजाति ४६.७९ प्रतिशत, खस आर्य २७.८४, थारु ४.१५, दलित १०.०६, मधेसी ७.५७, मुस्लिम ३.५९ प्रतिशत हुनुपर्नेछ।
यसैगरी मधेस प्रदेशमा आदिवासी जनजाति ६.६१ प्रतिशत, खस आर्य ४.८९, थारु ५.२७, दलित १७.२९, मधेसी ५४.३६, मुस्लिम ११.५८ प्रतिशतलाई समानुपातिक सांसद बनाउनुपर्नेछ।
बागमती प्रदेशतर्फ आदिवासी जनजाति ५३.१७, खस आर्य ३७.०९, थारु १.६६, दलित ५.८४, मधेसी १.५७, मुस्लिम ०.६७ हुनैपर्छ।
गण्डकी प्रदेशबाट आदिवासी जनजाति ४२.३७, खस आर्य ३७.२४, थारु १.७२, दलित १७.४४, मधेसी ०.५२ र मुस्लिम ०.७१ प्रतिशत सांसद चुनिनेछन्।
लुम्बिनीमा आदिवासी जनजाति १९.५८, खस आर्य २८.८४, थारु १५.१८, दलित १५.११, मधेसी १४.३५ र मुस्लिम ६.९४ प्रतिशत चुनिनेछन्।
कर्णाली प्रदेशमा आदिवासी जनजाति १३.६३, खस आर्य ६२.२०, थारु ०.५०, दलित २३.२५, मधेसी ०.२४ र मुस्लिम ०.१८ चुनिन्छन्।
सुदूरपश्चिम प्रदेशबाट आदिवासी जनजाति ३.६१, खस आर्य ६०.६२, थारु १७.२१, दलित १७.२९, मधेसी १.६४ र मुस्लिम ०.२३ चुनिन्छन्।
प्रतिनिधि सभाका १ सय १० सिटमा पनि जातीय क्लस्टर अनुसार सांसद चुनिनेछन्।
जसअनुसार आदिवासी जनजाति २८ .७०, खस आर्य ३१.२०, थारु ६.६०, दलित १३.८०, मधेसी १५.३० र मुस्लिम ४.४० चुनिन्छन्।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभातर्फ ७६ दलबाट ६८ दलले निवेदन दिएका छन्।
प्रदेश १ मा ६३ दलबाट ५५ वटा निवेदन, मधेस प्रदेशमा ६७ वटा दलबाट ५९ वटा निवेदन, बागमती प्रदेशमा ६६ दलबाट ५८, गण्डकी प्रदेशमा ६० दलबाट ५२, लुम्बिनी प्रदेशमा ६२ दलबाट ५४, कर्णाली प्रदेशमा ५७ दलबाट ४९ र सुदुरपश्चिम प्रदेशमा ५८ वटा दलबाट ५० निवेदन परेको आयोगले जनाएको छ।
यिनै दलहरुले पाएको मतका आधारमा बन्द सूचीमा रहेकाहरुलाई जातीय क्लस्टर मिलाएर समानुपातिक तर्फका सांसदहरु चयन गरिनेछ । नेपालखबरबाट
प्रकाशित:
१५१३ दिन अगाडि
|
२१ भदौ २०७९
३ दिन अगाडि
|
१० कात्तिक २०८३
३ दिन अगाडि
|
९ कात्तिक २०८३
४ दिन अगाडि
|
८ कात्तिक २०८३
१४ दिन अगाडि
|
२९ असोज २०८३
१५ दिन अगाडि
|
२८ असोज २०८३
१९ दिन अगाडि
|
२४ असोज २०८३
२२ दिन अगाडि
|
२० असोज २०८३
१४७८ दिन अगाडि
|
२५ असोज २०७९
१५१३ दिन अगाडि
|
२१ भदौ २०७९
१५२३ दिन अगाडि
|
१२ भदौ २०७९
१४७८ दिन अगाडि
|
२६ असोज २०७९
१४२७ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८३ दिन अगाडि
|
२० असोज २०७९
१४१६ दिन अगाडि
|
२७ मंसिर २०७९