कौशलेन्द्र कुमार
काठमाडौंः
करिब तीन साता अघि रेशम चौधरीलाई भेट्न एक मिडियाकर्मीलाई साथ लगाएर म डिल्लीबजार कारागार गएको थिएँ । त्यस भेटमा रेशमले सूचना चुहाएका थिए, पार्टीले कार्वाही गरेको एमाले कैलाली जिल्ला अध्यक्ष तथा सुदूरपश्चिम प्रदेश सांसद रतन थापा नागरिक उन्मुक्ति पार्टीमा आउँदैछन् ।
हामीले अविश्वास व्यक्त गरेपछि रेशमले टिकट दिएको अधकट्टि नै देखाएका थिए । उनले अझै समाचार भने नबनाउनुस् ल भने पनि पत्रकारको मन किन पो मान्थ्यो र ? समाचार बन्यो ।
तै पनि रतन थापा आउलान् नआउलान्, रेशमलाई शायद संशय थियो । अझ कञ्चनपुरमा एमालेमा प्रवेश गराउन केपी ओली स्वयम् उपस्थित हुँदै थिए, जसमा नेकपा एसका सांसदहरु नै पार्टी छाडेर जाँदै थिए ।
तर विहीबार रिपोर्टस क्लबमा भएको नागरिक उन्मुक्ति पार्टीमा प्रदेश सांसद रतन थापा मात्रै पार्टीमा भित्रिएर पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीको हातबाट खादा, टीका मात्रै लगाएनन् । कैलालीका अन्य दुइजना पूर्व सांसदहरु हिमाञ्चल भट्टराई तथा कैंया चौधरी समेत पार्टी प्रवेश गरे । यस प्रवेशले जिल्लामा तरंग ल्याएको छ ।

सुदूरपश्चिम प्रदेश सांसद रतन थापा
पार्टी प्रवेश कार्यक्रममा सुदूरपश्चिम प्रदेश सांसद तथा एमाले कैलाली जिल्ला अध्यक्ष रतन थापा, एमालेकै पूर्व सांसद हिमाञ्चल भट्टराई तथा राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व सांसद कैंया चौधरी लगायतले पार्टी प्रवेश गरे ।
रतनको प्रवेशले २ नम्बर क्षेत्र बलियो
रेशम चौधरीले जितेको कैलाली क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी प्रतिनिधि सभामा उम्मेदवारीको उद्घोष गरिसकेकी छिन् । यहाँबाट काँग्रेसका रामजनम चौधरीले पनि उठ्ने उद्घोष गरिसकेका छन् । टीकापुर आन्दोलनमा रामजनमको नकारात्मक छविले रन्जिताले सजिलै जित्ने विश्वास गरिएको छ ।
उता रतन थापा र हिमाञ्चल भट्टराईको प्रवेशले २ नम्बर क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीले बलियो पकड बनाएको छ । यस क्षेत्रबाट प्रतिनिधि सभामा उम्मेदवारीको लागि दौडमा अगाडि रहेका अरुण चौधरीलाई चुनावमा हारको ह्याट्रिक तोड्ने सुनौलो अवसर आएको छ ।
रतन थापाले ३० वर्ष एमालेमा बिताएको पार्टी छोड्दा दुःख लागेको, आफूले पार्टी छोड्ने कल्पना पनि नगरेको बताए । एमालेले अन्तर्घातीको कहिल्यै नमेटिने गोली हानेकाले पार्टीबाट मोहभंग भएको उनको भनाइ थियो । भ्रष्टाचारीहरुलाई चुनावमा टिकट नदिएकाले आफ्नो वदनाम गरेर कार्वाही गरिएको उनको भनाइ थियो ।
रतन थापाले नागरिक उन्मुक्ति पार्टी ज्वाइन गरेर अझ राम्रो ठाउँमा सेवा गर्न आइपुगेको जिकिर गरे । उनले नागरिक उन्मुक्ति पार्टीमा आफ्नो टायमलाइन सुरु गरेको बताउँदै यस पार्टीलाई इमान्दारिता, सेवामा, स्वच्छतामा एक नम्बरको पार्टी बनाउने उद्घोष पनि गरे ।
भजनी क्षेत्र रहेको ३ नम्बर क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवारीको लागि गंगा डंगौराको नाम सुनिश्चित जस्तै छ । यस क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीको बलियो पकड मानिएको छ ।
विहीबारको पार्टी प्रवेश कार्यक्रममा जसपाबाट हालै अलग्गिएको डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका ३ जना केन्द्रीय सदस्य प्रवेश गरेका छन्, जो कैलालीका हुन् । तिनमा राजाराम चौधरी, राजेन्द्र देवकोटा र लक्षिराम चौधरी रहेका छन् । देवकोटा पार्टीको बलियो मानिएको राजनीतिक संवाद समितिको पनि सदस्य हुन् भने राजाराम चौधरी समाजवादी थारु संघको केन्द्रीय महसचिव हुन् ।
टीका ग्रहण गर्दै राजाराम चौधरी
४ नम्बर क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी तुलनात्मक रुपमा कमजोर मानिएकोमा नेपाल समाजवादी पार्टीका ३ जना केन्द्रीय सदस्यको प्रवेशले उर्जाको काम गरेको छ । राजाराम चौधरी त्यस क्षेत्रमा प्रतिनिधि सभामा उम्मेदवारीको लागि आंकाक्षी छन् । उनले भने, ‘अब कैलालीमै नेपाल समाजवादीका अन्य सहकर्मीहरुलाई नागरिक उन्मुक्तिमा प्रवेश गराउने छौं ।’
उता कैलालीमा थारु कल्याणकारिणी सभा तथा नेपाल आदिवासी जनजाति महासंघ प्रवेश गराउने राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व सांसद कैंया चौधरीको प्रवेशले ५ नम्बर क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले संरक्षक पाएको छ । पार्टी प्रवेश कार्यक्रममै कैंयाले भने, ‘रेशम मेरो नाति हो । नातिको वचन हार्न नसकेर पार्टीमा आएको छु ।’ रेशमले संरक्षकको रुपमा आइ दिन पटक पटक गरेको आग्रहले आफू नागरिक उन्मुक्तिमा प्रवेश गरेको उनको भनाइ थियो ।
सोही पार्टी प्रवेश कार्यक्रममा पशुपति क्षेत्र विकास कोषको पूर्व सदस्य सचिव डा प्रदीप ढकाल, एमाले परित्याग गरी मोहन्याल गाउँपालिकाका प्रमुख पुर्णबहादुर साउद, नेपाली काँग्रेस परित्याग गरी शुसिला रावल, लम्कीचुहा नगरपालिकाका पूर्व नगर विकास अध्यक्ष जन्मजय भट्ट, सिरहाका डा ऋषि साह, वृद्धिजिबी हेमराज भट्ट, भूमिका चौधरी लगायत सो पार्टीमा प्रवेश गरे । कार्यक्रममा माननीय नरमाया ढकाल पार्टी प्रवेश गर्ने कार्यक्रम उद्घोष गरे पनि उपस्थित भइनन् ।
प्रकाशित:
१४२७ दिन अगाडि
|
१६ भदौ २०७९
१८ घण्टा अगाडि
|
१३ साउन २०८३
३ दिन अगाडि
|
११ साउन २०८३
५ दिन अगाडि
|
९ साउन २०८३
९ दिन अगाडि
|
५ साउन २०८३
११ दिन अगाडि
|
३ साउन २०८३
१२ दिन अगाडि
|
२ साउन २०८३
१३ दिन अगाडि
|
१ साउन २०८३
१३८८ दिन अगाडि
|
२५ असोज २०७९
१४२२ दिन अगाडि
|
२१ भदौ २०७९
१४३२ दिन अगाडि
|
१२ भदौ २०७९
१३८७ दिन अगाडि
|
२६ असोज २०७९
१३३६ दिन अगाडि
|
१५ मंसिर २०७९
१३९२ दिन अगाडि
|
२० असोज २०७९
१३२५ दिन अगाडि
|
२७ मंसिर २०७९