Above News Title

सुदूरपश्चिमका बर्खास्ती राज्यमन्त्री चौधरीलाई मन्त्रीकै दर्जा !

सुदूरपश्चिमका बर्खास्ती राज्यमन्त्री चौधरीलाई मन्त्रीकै दर्जा !

धनगढी :

सुदूरपश्चिम प्रदेश सभाको एक कार्यक्रममा हालै बर्खास्त भएका प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्रीलाई राज्यमन्त्रीकै दर्जामा राखिएको पाइएको छ ।

प्रदेश सभाको अन्तिम बैठकपछि प्रदेश सभा सचिवालयले शुक्रबार आयोजना गरेको पहिलो पञ्चवर्षीय कार्यकालको समीक्षा तथा सम्मान कार्यक्रममा राज्यमन्त्रीकै दर्जा दिई आशनग्रहण गराइएको छ ।

जुन कानून गर्न नपाइने र ठूलो गल्तीको रुपमा लिने गरिएको बताइएको छ । प्रदेश सरकारका मुख्यन्यायधिवक्ता कुलानन्द उपाउध्यायले बर्खास्त गरिएको राज्यमन्त्रीलाई जिम्मेवार निकायले राज्मन्त्रीकै दर्जा दिइनु प्रदेश सरकारको उपहाससँगै कानूनीकै धज्जी उडाउने काम प्रदेश सभा सचिवालयबाट भएको बताए ।

उनले भने, ‘सरकारको बारेमा यस्ता महत्वपूर्ण निर्णयबारे पनि जानकारी राख्न नसक्नु प्रदेश सभा सचिवालय जस्तो गरिमामय निकायको ठूलो गल्ती हो । मैलै हिजो नै यसबारे सल्लाह सुझावसहित सच्याउनको लागि आग्रह सचिवालयलाई दिएको थिए । तर बेवास्ता गरियो ।’

नेकपा एकीकृत समाजवादीबाट राज्यमन्त्री बनेका कुलवीर चौधरीलाई हालै कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिएको जनसभामा एमाले एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका थिए । लगत्तै राज्यमन्त्री चौधरी मुख्यमन्त्री त्रिलोचन भट्टले राज्यमन्त्री पदबाट बर्खास्त गरेका थिए ।

मर्यादा मिचिँदा उपसभामुख रुस्त
त्यस्तै, प्रदेश सभा सचिवालयको सो कार्यक्रम अर्को गल्तीले कार्यक्रममै तरंग उत्पन्न भएको थियो । प्रदेश प्रमुख देवराज जोशीको प्रमुख अतिथ्यमा भएको सो कार्यक्रममा आयोजकले सामान्य सावधानी समेत अप्नाउन नसक्दा पाँच वर्षे अवधिको अन्तिममा आयोजित ऐतिहासिक कार्यक्रम नै खल्लो भएको एक सांसदले बताए । 

मर्यादा अनुसार आशन ग्रहण नगराइएपछि प्रदेश सभाकी उपसभामुख निर्मला बडाल जोशी रुष्ट बनेकी थिइन् ।

आशनग्रहणको क्रममा कार्यक्रम उद्घोषकले उनको मर्यादाक्रम मिचेर अर्कालाई आशनग्रहण गराएपछि उनी रुष्ट बनेकी हुन् ।

मर्यादाक्रम अनुसार विपक्षी दलका नेताभन्दा अगाडि आशनग्रहण गराउनुपर्नेमा पछाडि गराइएपछि उनी रुष्ट बनेको बताइएको छ । रुस्त बनेकी निर्मला बडाल जोशी अथिति दीर्घमा आशनग्रहणको लागि आग्रह गर्दा समेत उनी अतिथि दीर्घभन्दा अगाडिको सोफामै आशन ग्रहण गरिन् ।

प्रकाशित:

१४२७ दिन अगाडि

|

१८ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३८९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२६ दिन अगाडि

|

२७ मंसिर २०७९