१४ जनालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार

१४ जनालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार

३०२ दिन अगाडि

|

२९ कात्तिक २०८१

बाह्रखरी कथा प्रतियोगिता २०८१ : पहिलो चरणमा ५२ कथा छनोट

बाह्रखरी कथा प्रतियोगिता २०८१ : पहिलो चरणमा ५२ कथा छनोट

३०३ दिन अगाडि

|

२८ कात्तिक २०८१

                                                                                                                                                                                फायल तस्विर छैटौँ ‘बाह्रखरी कथा लेखन प्रतियोगिता — २०८१’ का लागि पहिलो चरणमा ५२ कथाहरू छनोटमा परेका छन् । बाह्रखरीको आन्तरिक छनोट समितिले यस वर्ष प्राप्त कथाहरूमध्येबाट ५२ वटा कथाको चयन गरेको हो । बाह्रखरीका अनुसार छनोटमा परेका ५२ कथाकारहरूमा अनिता न्यौपाने, भूमिका थारु, विष्णु पादुका, ध्रुव अधिकारी, दीक्षित के.सी., दुर्गा ढेंगा, महेन्द्र महक, नारद थपलिया, राजु मियाँ, सुदीप चापागाईं, तुल्सी गिरी, अनिता कोइराला, अनुपम रोशी, अप्सना चौलागाईं, अरुणप्रसाद चौधरीका कथा रहेका छन् । त्यस्तै, वसन्त बायुङ राई, विवेक धिमाल, विमला तिवारी, विशालबाबु बस्नेत, देवेन्द्र खापुङ, डा. हिमलाल श्रेष्ठ, हर्कबहादुर लामगादे, इलैया पाठक, जीतबहादुर कटुवाल, कर्मसही घर्ती मगर, केदारनाथ झा, ललिता दोषी, मिरमा, पवन ओली, प्रवीण याम्फू, राधिका कल्पित, समर्पण श्री, पूर्णबहादुर लिम्बु, सञ्जय पन्थी, सपना अधिकारी, शारदा स्टेफी, सीमा हैदर, सूचना तिमिल्सिना, तोयम, चेतनाथ आचार्य, अनिता पन्थी, बैकुण्ठ ढकाल, दिव्य गिरी, कान्ति न्यौपाने, मधुर भट्टराई, मातृका सुवेदी, प्रमेय भण्डारी, यशोदा अधिकारी, भागवत खनाल, टीकाराम पोखरेल, संजय साह मित्र र रमेशजंग थापाका कथा परेका छन् । पहिलो चरणको छनोटमा परेका ५२ वटा कथाहरूमध्येबाट प्रा.डा. ज्ञानू पाण्डेको संयोजकत्वमा साहित्यकारहरू डा. गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि सम्मिलित मूल निर्णायक समूहले उत्कृष्ट २५ कथा छनोट गर्नेछ । प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरू झैँ क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिन्छ । अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक पनि प्रकाशित हुने बाह्रखरीले घोषणा गरिसकेको छ । संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ । यस वर्ष कथा प्रतियोगिताको नतिजा २०८१ मंसिर महिनाको दोस्रो साता विशेष समारोहका बीच काठमाडौंमा सार्वजनिक गरिनेछ । सोही दिन ‘१२खरी उत्कृष्ट कथा २०८१’ पनि लोकार्पण गरिनेछ । साहित्य पोष्टबाट ।

इन्द्र चौधरीको ‘नयाँ बनपाले’ चित्रकथा उत्कृष्ट घोषित

इन्द्र चौधरीको ‘नयाँ बनपाले’ चित्रकथा उत्कृष्ट घोषित

३१० दिन अगाडि

|

२१ कात्तिक २०८१

नेपाल बालसाहित्य समाजले बालसाहित्य लेखन र चित्राङ्कनतर्फको सर्वोत्कृष्ट कृति घोषणा गरेको छ । सर्वोत्कृष्ट कृति मूल्याङ्कन समितिद्वारा गरिएको सिफारिसलाई समाजका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा कार्तिक २० गते बसेको कार्यसमिति बैठकले अनुमोदन गरेपछि सो घोषणा गरिएको हो । घोषणाअनुसार २०७९ सालको नेबासास सर्वोत्कृष्ट बालपुस्तक लेखनतर्फको पुरस्कार ८ वर्ष मुनिका लागि नयाँ बनपाले (चित्रकथा/इन्द्र चौधरी)  ले प्राप्त गरेको छ । ८ वर्ष माथिका लागि साङ्केनको खुल्दुली (चित्रकथा/सिर्जना राई) ले पाएको छ । यसैगरी, २०७८ सालको नेबासास सर्वोत्कृष्ट बालपुस्तक लेखनतर्फको पुरस्कार ८ वर्ष मुनिका लागि नानी र चरी (बालकाव्य/कवि मित्रलाल पंज्ञानी) र ८ वर्ष माथिका लागि आमा (बालउपन्यास/उपन्यासकार हरि खनाल) ले प्राप्त गरेको छ। समाजका अनुसार चित्राङ्कनतर्फ नेबासास सर्वोत्कृष्ट बालपुस्तक चित्राङ्कन पुरस्कार २०७८ का लागि बाघसँग जम्काभेट (चित्रपुस्तक/कलाकार कलाग्रज बि.) र २०७९ का लागि य:मरी (चित्रपुस्तक/कृषा ताम्राकार) लाई प्रदान गरिने घोषणा गरिएको छ ।  पुरस्कार प्रदान गरिने कार्यक्रम पछि घोषणा गरिने बताइएको छ ।  

१० बुँदे रारा घोषणापत्र जारी गर्दै लोकवार्ताको १३औं संगोष्ठी सम्पन्न

१० बुँदे रारा घोषणापत्र जारी गर्दै लोकवार्ताको १३औं संगोष्ठी सम्पन्न

३१६ दिन अगाडि

|

१५ कात्तिक २०८१

२०८१ कार्तिक ३ गतेबाट १२ गतेसम्म कर्णाली प्रदेशकेन्द्रीत लोकवार्ता परिषद् नेपालको १३औं संगोष्ठी १० बुँदे रारा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।  प्राडा कपिलदेव लामिछाने संयोजक, मनोहर लामिछाने तथा प्राडा ध्रुवप्रसाद भट्टराई सदस्य रहेको घोषणापत्र तयारी समितिको घोषणापत्रमा भनिएको छः लोकका ज्ञान र सामग्रीको अध्ययन अवलोकन लोकसमुदायमै पुगेर गर्ने र हराउँदै जान लागेको नेपाली लोकसंस्कृति र लोकसम्पदालाई संरक्षण गर्ने उद्देश्यले २०६८ सालदेखि पोखराबाट थालिएको नेपाली लोकवार्ता अभियान ऐतिहासिक कर्णाली प्रदेशका सुर्खेत, दुल्लु, कालीकोट, जुम्ला र मुगुमा तेह्रौं लोकवार्ता सङ्गोष्ठीको समापनका अवसरमा आज मिति २०८१ कार्तिक १२ गते मुगु जिल्लाको रारा तालमा लोकवार्ता परिषद् नेपाल तपसीलको घोषणा गर्दछ ः १ भौतिक विकास र युद्धका नाममा लोकसमुदायका परम्परागत ज्ञान तथा भौतिक र अभौतिक सांस्कृतिक सम्पदालाई हानि नोक्सानी पुर्‍याउने वा ध्वस्त पार्ने काम कहीँ कतैबाट पनि नगरियोस् । २ युनेस्कोद्वारा सन् २००३ मा पारित विश्वका सम्पदाको संरक्षण सम्बन्धी महासन्धिको एक पक्ष राष्ट्र भएकाले नेपालका सबै भौतिक अभौतिक सम्पदाको संरक्षणमा सरकारको ध्यान जाओस् । ३ नेपालका सबै जातजाति, भाषाभाषी र समुदायका परम्परागत ज्ञान, सीप, लोकसंस्कृति र सम्पदाहरूको समुचित संरक्षण, प्रवद्र्धन र अध्ययन अनुसन्धान हुने गरी यथाशीघ्र राष्ट्रिय संस्कृति नीति २०६७ लाई पारित गर्न यो संगोष्ठी नेपाल सरकारसँग जोडदार माग गर्दछ ।  ४ कर्णाली प्रदेश र सिन्जा क्षेत्रको लोकसंस्कृति र सम्पदा जीवित सङ्ग्रहालय भएकाले कर्णाली प्रदेशका सबै जातजाति, भाषाभाषी र समुदायका भौतिक अभौतिक सम्पदाको संरक्षण, सम्वद्र्धन, अध्ययन अनुसन्धान गर्न गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार समक्ष यो सङ्गोष्ठी जोडदार माग गर्दछ । साथै यस्तो अध्ययन अनुुसन्धानका लागि सरकारसँग सहकार्य गर्न प्रतिवद्धतासमेत प्रकट गर्दछ ।  ५ लोकसंस्कृतिका क्षेत्रमा लामो समयदेखि क्रियाशील लोकगायक, लोकसंस्कृतिकर्मी, अनुसन्धानकर्ता र लेखकहरूलाई पुरस्कृत र सम्मानित गर्नका निमित्त लोकसंस्कृति र लोकवार्ता पुरस्कार कोषको स्थापना गर्न र पुरस्कारको व्यवस्था गर्न सरकार समक्ष यो संगोष्ठी जोडदार माग गर्दछ ।  ६ नेपालको संविधान २०७२ आठौं अनुसूचीको २२ ले भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्ने कर्तव्य र अधिकार स्थानीय सरकारलाई प्रदान गरेकाले हरेक पालिकाले आफ्नो पालिका अन्तर्गतका भाषा, लोकसंस्कृति र सम्पदाको संरक्षण गर्न, अध्ययन अनुसन्धान गर्न गराउन यो सङ्गोष्ठी जोडदार माग गर्दछ ।  ७ नेपालका विभिन्न जातजाति, भाषाभाषी तथा क्षेत्रका भौतिक, अभौतिक ज्ञान, सीप, सम्पदा र सामग्रीहरूलाई सूुचीकरण गर्न, सम्बद्ध समुदाय, पालिका, प्रदेश तथा सङ्घीय सरकार समक्ष जोडदार माग गर्दछ ।  ८ आफू सचेत भए मात्र आफ्ना भाषा, ज्ञान, सम्पदा र सामग्रीहरूको जगेर्ना र संरक्षण गर्न सकिने भएकाले सबैभन्दा पहिले लोक आफै सचेत हुन तथा आआफ्ना समुदाय र पालिकालाई घचघच्याउन आह्वान् गर्दछौं ।  ९ लोक ज्ञान र सम्पदाको संरक्षण र संवद्र्धन गर्न गराउन हरेक पालिकाले आआफ्नो पालिकामा लोकवार्ता वा लोकसंस्कृति संरक्षण समिति बनाउन् भन्ने हाम्रो सदिच्छा रहेको छ ।  १० विभिन्न विश्वविद्यालयमा लोकवार्ता विभाग गठन गरी अध्ययन अध्यापन कार्य आरम्भ गरियोस् ।  यसैगरी, लोकवार्ता परिषद् नेपालका महासचिव प्राडा ध्रुवप्रसाद भट्टराईले लोकवार्ता परिषद् नेपालको १३ औॅ संगोष्ठी सम्पन्न गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले भनेका छन्ः  लोकवार्ता परिषद् नेपालको १३ औॅ संगोष्ठी यही कार्तिक ३ गते सुर्खेतबाट सुरु भएर १२ गते दुल्लु, कालिकोट, जुम्लाका तातोपानी र सिंजा, मुगुका गमगढी र रारामा गरी कर्णाली प्रदेशका छ जिल्लामा ऐतिहासिक रूपमा सम्पन्न भएको छ । यसलाई ऐतिहासिक भन्न सकिने आधारमा यस अभियानमा आआफ्नो स्थान र जातिअनुसारको परम्परागत सांस्कृतिक झलकको प्रस्तुतिले सबै स्थलका कार्यक्रम लोकवार्तामय हुनु, लोकवार्ताको संगोष्ठीको अभियानमा सबै भन्दा धेरै ९५ वटा गोष्ठीपत्र आएकामा ७५ वटाको प्रस्तुति हुनु, तीमध्ये केन्द्रका ४० वटाको संकलन र २८ वटाको मात्र प्रस्तुति हुदा स्थानीयका अत्यधिक संकलन र प्रस्तुति हुनु, नेपाली भाषाको उद्गम स्थल र संस्कृतिको भण्डारको रूपमा रहेको कर्णाली प्रदेशका जनतामा आफ्नो भाषा र संस्कृतिको संरक्षणमा अत्यधिक उत्साह देखिनु, कार्यरत माननीय मन्त्री, सांसद, जिल्ला समन्वय समितिका प्रमुख आदिले पनि गोष्ठीपत्र तयार गरी प्रस्तुतीकरणका लागि रातिसम्म पर्खेर भए पनि प्रस्तुति दिनु, गोष्ठी र कार्यक्रममा सहभागिताका लागि प्रदेश प्रमुख, मुख्य मन्त्री, अन्य संघीय र प्रादेशिक मन्त्रीहरू तथा संघीय र प्रादेशिक सांसदज्यूहरूको अत्यधिक उत्साह देखिनु, पालिका प्रमुखहरू अहोरात्र खटेर  कार्यक्रमलाई सफल बनाउन दत्तचित्त हुनु , आर्थिक समस्याको समाधानमा लोकवार्तासॅग सहकार्य गर्न सम्बद्ध सबै पालिकाहरू उत्साहित देखिनु, केन्द्रीय आयोजक समिति तथा स्थानीय आयोजक समितिका बिचको समन्वयमा कार्य संचालनमा सहजता रहनु, यस अगाडिका गोष्ठीहरूमा प्राज्ञिक कार्यमा भन्दा अवलोकन भ्रमणले प्राथमिकता पायो भन्ने गुनासो यस पटक कम पाइनु अर्थात् प्राज्ञिक कार्यले पनि उत्तिकै अझ भनौ अझ धेरै प्राथमिकता पाउनु आदि कारणले लोकवार्ता परिषद् नेपालको यो संगोष्ठी एतिहासिक रहेको भन्ने हाम्रो दृष्टिकोण हो ।  समीक्षा बैठकमा अझ विस्तारमा र गहन छलफल हुने नै छ । लोकवार्ताको यो संगोष्ठी संचालनका लागि केन्द्रमा परिषद्का उपाध्यक्ष मनोहर लामिछानेलाई संयोजक र उपमहासचिव प्राडा धनेश्वर नेपाल र केन्द्रीय समितिका सदस्य प्राज्ञ कालीबहादुर शाहीलाई सदस्य गरी ३ जनाको लोकवार्ता १३ औॅ सॅगोष्ठी संचालन समिति बनाइएको र सुर्खेतका लागि डा दीपक गौतम, दुल्लुका लागि लालबहादुर रावत, कालिकोटका लागि मोतिराज वम, जुम्लाका लागि माधवराज चौलागाई तथा मुगुका लागि प्यारीलाल काफ्लेलाई जिल्ला संयोजन समितिको संयोजक र आवश्यकता अनुसार अन्यलाई पदाधिकारी वा  सदस्यमा राखी जिम्मेवारी दिइएकामा उहाहरूको गहन मिहिनेतले यो १३ औॅ संगोष्ठी ऐतिहासिक रूपमा सम्पन्न गर्न लोकवार्ता परिषद् नेपाल सफल भएको छ ।  समिति भन्दा बाहिर रहेर पनि संयोजक सरहको कार्य जुम्ला तातोपानीका राजबहादुर कुवॅर र सिंजाका पूर्ण धितालज्यूले गर्नु भएको छ । यस सन्दर्भमा लोकवार्ता परिषद् नेपाल प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्बद्ध सम्पूर्ण महानुभावहरूमा हार्दिक आभार प्रकट गर्दछ। महासचिव प्राडा ध्रुवप्रसाद भट्टराईको विज्ञप्तीमा भनिएको छ । अन्तिम दिन राराताल परिसरमा डा भक्त राईको नेपाली लोकगीतको परिचय, तेजप्रसाद श्रेष्ठको माखाल, प्रविण पुमाको सुम्निमा र पारुहाङ नाट्यकृतिलगायत पुस्तकको संयुक्त रुपमा विमोचन भएको थियो । लोकवार्ता संगोष्ठी मुगुको गमगढी, जुम्लाको तातोपानी र सिंजा, कालिकोटको मान्म, दैलेखको दुल्लु तथा सुर्खेतको वीरेन्द्रनगरमा भएको थियो । प्राडा कुसुमाकर न्यौपानेले सर्वप्रथम २०६८ सालमा पोखराबाट लोकवार्ता गोष्ठीको सुरुवात गरेका थिए ।    

राष्ट्रपतिबाट उत्कृष्ट १० कविलाई सम्मान

राष्ट्रपतिबाट उत्कृष्ट १० कविलाई सम्मान

३५३ दिन अगाडि

|

८ असोज २०८१

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आफ्नो वार्षिकोत्सवको अवसरमा असार ९ गते आयोजित राष्ट्रिय कविता महोत्सवमा विभिन्न भाषाका उत्कृष्ट १० कविहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले असोज ७ गते सोमवार नगदसहित सम्मान गरेका छन् । राष्ट्रपतिको शीतल निवास, महराजगञ्चमा भएको पुरस्कार वितरण कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सबैजसो पदाधिकारी उपस्थित थिए ।  पुरस्कारको रकम नगद ३० हजार रहेको छ । पुरस्कृत हुनेमा अग्र आवाज (नेपाली भाषा), अनिता न्यौपाने (नेपाली भाषा), अञ्जान प्रदीप (नेपाली भाषा), छविलाल  कोपिला (थारु भाषा), दिलिप बुढामगर (मगर खाम), रुमानी कुलुङ (नेपाली भाषा), रुपक 'जमरा' घलान (तामाङ भाषा), रेजिना खालिङ (खालिङ भाषा), शर्मिला दुलाल (नेपाल भाषा ) र सुमन सहयात्री योङहाङ (नेपाली भाषा) रहेका छन् । थारु भाषिक समुदायबाट दाङदेउखुरीका छविलाल कोपिला पहिलो पटक पुरस्कृत भएका हुन् ।

थाकस दाङदेउखर क्षेत्र नं ३ से अटवारीक् शुभकामना साटासाट

थाकस दाङदेउखर क्षेत्र नं ३ से अटवारीक् शुभकामना साटासाट

३७० दिन अगाडि

|

२२ भदौ २०८१

थारु कल्याणकारिणी सभा (थाकस) दाङदेउखर क्षेत्र नं ३ के आयोजनामे शुखके रोज भदौ २१ गते अटवारीक् शुभकामना ले डे गइल बा ।  नमुना भुइँह्यार थान तुलसीपुरके सभाहलमे हुइल कार्यक्रममे बर्का पहुना थाकस केन्द्रीय कोषाध्यक्ष चुर्ण चौधरी कल–‘थाकस कुछ नै करल कैक ढेर जे कठ, मने इ संस्था बहुट कुछ कर्ल बा । भासा, साहित्य, संस्कृति जोगैनाम याकर बरा योगदान बाटिस । अटवारीक् शुभकामना लेना डेना कार्यक्रम फे ओक्रे श्रृंखला हो ।’ कार्यक्रममे साहित्यकार छविलाल कोपिला अटवारी टिउहारके बारेम कार्यपत्र प्रस्तुत कर्ले रहिट । ओस्टक थारु संस्कृतिके जानकार चन्द्रप्रसाद चौधरी, नेपाल प्रज्ञा प्रतिष्ठानके प्राज्ञ सभा सदस्य डा कृष्णराज सर्वहारी कार्यपत्र उपर टिप्पनि कर्ले रहिट ।  कार्यक्रममे अटवारिक एकरुपताबारे गहन छलफल हुइल रहे कलेसे पुर्खालोग अटवारी काजे मना जाइठ कना मिथक बट्वइले रहिट ।  कार्यक्रममे श्रमलाल चौधरी, लभलिन क्यानभास, थारु स्वास्थ्यकर्मी समाजके अध्यक्ष जीवराज चौधरी, दंगीशरण–६ के टिकाराम चौधरी, तुई खोलाके कृष्णराज चौधरी, डेसबन्ढ्या गुरुवा भिमबहादुर चौधरी, ढरहरिया गुरुवा मोहन चौधरी, पञ्चकुलेके पूर्वप्रधानपञ्च धनिराम चौधरी अटवारीक बारेम आ आपन विचार ढैले रहिट । ओस्टक थाकस दाङ जिल्ला अध्यक्ष अशोक चौधरी, निवर्तमान जिल्ला अध्यक्ष भुवन चौधरी, थाकस क्षेत्र नं १ के सभापति प्रकाश चौधरी, थाकस क्षेत्र नं २ के सभापति अनिल गम्वा, थाकस केन्द्रीय पार्षद रामबहादुर दहित, कांग्रेसके भातृसंगठन थारु संघके जिल्ला अध्यक्ष शेषदत्त चौधरी, एमालेक् भातृसंगठन लोकतान्त्रिक थारु संघके जिल्ला अध्यक्ष मंगलसिंह डेमनडौरा, गाउँविकास समिति पूर्व अध्यक्ष रोहित चौधरी, तुलसीपुर उपमहानगरके १२ नं वडाध्यक्ष खुशीराम चौधरी, दंगीशरण गाउँपालिकाके वडाध्यक्ष सुकलाल चौधरी, डा जर्मन चौधरी, अधिवक्ता हल्लुप्रसाद चौधरी, नमुना भुइँह्यार थान तुलसीपुरके अध्यक्ष अधिवक्ता रामशरण चौधरीलगायत बोलुइयन फे अटवारीक महत्वबारे विचार ढैले रहिट ।  नमुना भुइँह्यार थान तुलसीपुर ओ महटाँवा महासंघ तुलसीपुर समितिके सहआयोजनामे हुइल कार्यक्रमके घरगोस्या थाकस क्षेत्र नं ३ के सभापति मोहन थारु रहिट । कार्यक्रममे थाकस क्षेत्र नं ३ के तदर्थ समितिहे पूर्णता डेगैल रहे । ओ, नवनिर्वाचित पदाधिकारी शपथ फे लेल ।  कार्यक्रममे एक सयसे ढेर महटाँवा, गुरुवन् उपस्थित रहिट ।  

  ‘बा’

  ‘बा’

३७५ दिन अगाडि

|

१७ भदौ २०८१

नीरा शर्मा  बा मैले धेरै पढेँ आमाका वेदनाका कथाहरू तर कहिल्यै पढिनँ बाका अनुहारमा सलबलाएका दुःखका वक्र रेखाहरू धेरै पटक कविले आमाकै तारिफमा कविता कोरे आमाकै गीत–सङ्गीत भरे आमालाई धरती भन्नेहरूले बालाई कहिल्यै आकाश भनेनन् र त बा सधैँ ओझेल परे । बारीको डिलमा चुपचाप ठिङ्ग उभिएको बूढो रुखझैं बा कहिल्यै उभिएनन् भन्ज्याङको चौतारीझैं ढसमस्स बसेनन् बा कहिल्यै बा त हाम्रो अँध्यारो मेटाउन मैनझैँ जलिरहे हाम्रा खुसी समेट्न मोनो रेलझैँ चलिरहे जिन्दगीभर कुदिरहे कुदिरहे थाकेर सुइय नगरी सधैँ एक्लै कुदिरहे त्यसैले त अग्लिँदैछ एक्लोपनको हिमाल बाको मनभित्र । यतिखेर लम्पसार छ नीरस जिन्दगी बाकै अघिल्तिर थिचिएर त्रासले सधैँ घुरिरहन्छ घ्वारघ्वार कुम्भकर्णको निद्रामा बाको अन्योल जिन्दगी तर बा कर्कलाको पातमा टलपल शीतझैँ आँसु टिलपिलाएका आँखामा निद्रा हराएपछि खुसीहरूको सिला खोज्दैछन परेलीका डिलहरूमा । बोल्दाबोल्दै भासिन्छ बाको स्वर बोली बन्द हुन्छ एकाएक थाहा पाउँछु म गला अवरुद्ध भएको र पनि दबाएर सबै पीडा मुस्कुराएको अभिनय गर्छन् म चिन्छु त्यो मुस्कान त्यो नक्कली मुस्कान जो बाको होइन– हुँदै होइन । फुंग रङ उडेका उदासीका फूलहरू फुलेका छन् बाका मुहारभरि चाउरिएर ग्राफ जस्ता गालाका रेखाहरूमा कतै एक धर्को सन्तोष छैन कपाल झरेर खुइलिएको बाको तालुमा जिम्मेवारीको चर्को घामले उदाएदेखि अस्ताउँदासम्म ठुंगिरहन्छ । भित्र मनमा कताकता विगत र आगतको उही चिन्ताको पहाड उभिएको छ र बा त्यही पहाडमा उभिएर संसार जितेको नाटक गर्छन् अनि बाँड्छन् हामीलाई पैंचो मागेका उधारा खुसीहरू तर यथार्थमा बा हारिरहन्छन् पलपल मेरो लागि तिम्रो लागि र हाम्रो लागि हो, बा त्यो हरूवा हो जो सधैँ हारिरहन्छन् केवल सन्तानका लागि ।               सन् २०१५ डिसेम्बर