कमैयाको जमिनदार सपना

कमैयाको जमिनदार सपना

१६ घण्टा अगाडि

|

२९ भदौ २०८३

एकपछि अर्को सुन्न नि गाह्रो भो !

एकपछि अर्को सुन्न नि गाह्रो भो !

१७ दिन अगाडि

|

१३ भदौ २०८३

सी.एम.अपिल-चितौने    हजार जिन्दगीहरु   बेखबर भो !                                                                          यो जूनीदेखि    टाढा टाढा भो !                                                                              खै, के भो ?  के भो ?  अचम्मको बाढी नेपालमै भो !   सुनसान पछि एकाएक                                                                 रिस , क्रोध  अनि बदलाको आगोले  चट्टान फुटाल्दै, पहाडलाई हल्लाउदै   मान्छे अनि गाउँवस्ती बगाउदै  खै, के भो ?  के भो ?  अचम्मको बाढी नेपालमै भो !   बालक, महिला अनि युवा   न त वृद्धा नै चिनेनन्  मान्छेलाई चुनौती दिदै   आफन्तबाट टाढा टाढा बनेर गो  खै, के भो ? खै, के भो ?  के भो ?  अचम्मको बाढी नेपालमै भो !   के भोग्नु पर्यो  यस्तो नियति ? एकपछि अर्को सुन्न नि गाह्रो भो ! विभत्स त्यो दृश्यहरु   फेसबुक अनि समाचारमा हेर्न नि गाह्रो भो ! खै, के भो ?  के भो ?  अचम्मको बाढी नेपालमै भो !   मान्छेले मान्छे नचिन्ने संवेदनाहरु  कहाँ गएर खोज्न पाइएला र ?  हजार जिन्दगीहरु बेखबर भएको बेला                                                                           मन मुटुमा खोज्ने बेला हैन र ?                                                                     खै, के भो ?  के भो ?  अचम्मको बाढी नेपालमै भो !                           माडी, चितवन

एन्टिबायोटिक

एन्टिबायोटिक

४८ दिन अगाडि

|

१३ साउन २०८३

प्रणव आकाश सडकमा सानो खाल्डो पर्दा बाटोमै फोहोरको डङ्गुर थुप्रिँदा  वा बिजुलीको पोल ढल्दा,  नागरिकहरू फेसबुकमा सराप्छन्  र, बेलुका सरकारी रक्सी र मासुको लोभमा त्यही भ्रष्ट नेताको पछि-पछि हिँड्छन् आफू सिटामोलजति पनि इमानदार नहुनेहरू देश सुधार्न पावरफुल एन्टिबायोटिक खोजिरहेछन् । सिंहदरबारका लामा-लामा कोठाहरूमा फाइलमाथि फाइल दबाएर टेबुलमुनिको 'कमिसन' नपाएसम्म कलम नचलाउने कर्मचारी,  अनि लाइसेन्स र पासपोर्टको लाइनमा उभिएर बिचौलियालाई चोरबाटोबाट नोट हुर्काउने नागरिक; हामी सबै मिलेर यो व्यवस्थालाई दीर्घरोगी बनाउँदैछौँ । राजनीतिको मञ्चमा उभिएर इमानदारिताको ठूलो भाषण छाट्नेहरू, भित्रभित्रै स्वास्थ्य, शिक्षा र ठेक्कापट्टाको  कमिसन डकारिरहेछन् प्रत्येक चुनावमा नयाँ नाराको एन्टिबायोटिक बाँडिन्छ यहाँ,  तर रोग भने झन्-झन् कडा र रेजिस्टेन्ट बन्दैछ । अस्पतालमा दाम नपुगेर भेन्टिलेटर नपाउने गरिब छ,  मन्त्रालयमा कमिसनको औषधि खरिद गर्न बजेटको तानातान चलिरहेछ अदालतका ठेलीहरूमा इन्साफ खोज्दा-खोज्दै कालो कपाल सेतो भइसक्यो सरकारी अड्डामा एउटा छाप हान्न मालिकलाई ढोग्नुपर्ने नियति अझै फेरिएको छैन हामी सबै यो भ्रष्टाचारको ब्याक्टेरियाबाट ग्रसित छौँ तर, दोष जति व्यवस्था र कुर्सीलाई मात्र थुपारेर  हामी चोखो बन्ने नाटक गरिरहेछौँ कुनै ओभरडोज एन्टिबायोटिकले  रातारात सुधार्नेवाला छैन यो देश,  जबसम्म हामी आफैँभित्रको  'इथिक्स' र 'इमान' पुनर्जीवित हुँदैन ।   दाङ, हालः काठमाडौं

हमर कहानी 

हमर कहानी 

५० दिन अगाडि

|

११ साउन २०८३

एक समयमे सबसे निक दिन छेलै हमर ऊ हमर छेलै हम ओकर छेलियै एकेटा बरफ दुनु कोइ खाइ छेलियै हटियाके फोफी, कचरी  झिली, मुरही एकेठमा बैठके खाइछेलियै ऊ आपन सिरमामे मुरी राइखके सपना देखै छेलै हम आपन सिरमामे मुरी राइखके सपना देखैछेलियै सिरमा दुई छेलै लेकिन सपना एक देखै छेलियै । ओकरा घा(चोट लागैछेलै त हमरा दुखाइछ्याल ओकरा एक दिन नै देखै छेलियै त दुनिया कटकट अनहार लागै छ्याल ओकरसे भेटै छेलियै तैदिन  दुनियाके सबसे खुसीके दिन लागैछ्याल अइहनङ दिन  जीवनमे सब दिन लाबैले हमरौके सङ्घर्ष करै छेलियै  । ऊ हमर नजरमे  राजकुमार दुनियाके नजरमे ऊ हमर धौरबा एक दिन लजौनीजेखा  हम लजेलियै दुनियासे चोर्याके प्रेमके उत्कर्षमे पुगलियै दुनु कोइ   हमरौके नजरमे हमर गर्भमे  ओकर बच्चा छेलै  लेकिन, दुनियाके नजरमे  बिना  बापके बच्चा छेलै । एक दिन संसारके नै कैहके बिना वियाइहके  हमरा ऊ ल्यागेलै आपन  घर   लोकसबके नजरमे हम  घरढुकी उरहरी भेलियै सोहो से नै पुगलै यी लोकसबके अधहा राइतमे ओकर अङनामे आइबके  हमर बेटीके घर ढुकाइलहि कैहके पटैक देललै ओकर मुरीमे बरकाटा ढोङा तेकरबाद उजैर गेलै हमर संसार  ओकर छतबिछत लहुवेलहान मुरी पकैरके अपराधिसब  दिसर अौङरी देखाइलियै हमर गर्भके बच्चाके यी संसार राइख देलकै नाम अनेरवा ।  .................... थारू भाषाबाट नेपालीमा अनुवाद मेरो कहानी एक समय मेरो सबैभन्दा राम्रो समय थियो ऊ मेरो थियो म उसको हामी दुवैले एउटै बरफ खान्थ्यौँ हटियाको ढुङ्री, पकौरा झिली, मुरही हामी सँगै बसेर खायौँ । ऊ आफ्नो सिरानीमा टाउको राखेर सपना देख्दै थियो म आफ्नो सिरानीमा टाउको राखेर सपना देख्दै थिएँ हाम्रो सिरानी फरक थियो यद्यपि सपना एक थियो। उसलाई  घाउ, चोट लाग्दा म दुख्थेँ  मैले उसलाई एक दिन नदेख्दा संसार अँध्यारो लाग्थ्यो   उसलाई भेटेको दिन यो संसारको सबैभन्दा  खुशीको दिनजस्तो लाग्थ्यो यस्तै दिन जीवनमा हरेक दिन ल्याउन हामी संघर्ष गरिरहेका थियौँ। मेरो नजरमा ऊ राजकुमार संसारको नजरमा, ऊ मेरो प्रेमी  एकदिन,  लज्जावती झारझैँ म लज्जित भएँ संसारको आँखा  छल्दै हामी दुवै प्रेमको उत्कर्षमा पुग्यौं अनि म गर्भवती भएँ मेरो गर्भमा मेरो उसको  बच्चा थियो तर संसारको नजरमा बाउको नाम  नखुलेको बच्चा थियो । एक दिन संसारलाइ नभनी अविवाहित उसले मलाई आफ्नो घर भित्र्यायो  त्यस दिनदेखि  मान्छेहरूको नजरमा म पोइल गएँ त्यतिले पनि यी मान्छेहरूलाई पुगेन मध्यरातमा उसको आँगनमा आएर  किन हाम्री  छोरीलाई भगाइस् भन्दै उसको टाउकोमा ठूलो ढुङ्गा बजारियो त्यसपछि मेरो संसार ध्वस्त भयो उसको क्षतबिछत  रगतले लतपतिएको टाउको समातेर मैले अपराधीहरूलाई औंल्याएँ मेरो गर्भमा रहेको बच्चाको  यो संसारले नाम राख्यो अनाथ ।   सिरहा नेपाल हालः पोर्चुगल  

हरिराम काका र कमैया मुक्तिको अनुत्तरित प्रश्न

हरिराम काका र कमैया मुक्तिको अनुत्तरित प्रश्न

५८ दिन अगाडि

|

३ साउन २०८३

अञ्जान धर्कट्वा "रमेश"      जिन्दगीका कठिन मोडहरू छिचोल्दै अघि बढेका हरिराम काकाका पाइलाहरूमा अझै पनि गडेका छन् कतै- कमैया बस्दाका ती पुराना साङ्लाका डामहरू।   ​छाप्राका झुत्रा झिल्काहरूमा आफ्नो भाग्य खोज्दा खोज्दै थाकेका काका, उमेर ढल्किँदै जाँदा पनि अनुहारमा पोतेका छन् उनले सन्तोषको नक्कली हाँसो सायद, ती गरिब र भोका आँखाहरूलाई दुनियाँसामु कमजोर देखाउनु छैन उनलाई ।   ​"आज के खानुहुन्छ काका ?" कसैले सोध्यो भने हाँसेरै टार्छन् उनी- छँदैछ नि, "कप्पुवा र चटनी" यो भन्दा मिठो के चाहियो र ? तर उनको त्यो हाँसोभित्र लुकेको छ आफ्नै सपनाहरू बिलाएको एक कहालीलाग्दो इतिहास।   ​इन्द्रेणीजस्तै रंगीन सपनाहरू कहिल्यै नछुने गरी उडिरहेका देख्दा उनको मनभित्र आँसुको भेल उर्लिन्छ होला, तर फेरि पनि उनी मुस्कुराउँछन् मानौं, उनले सारा संसार नै जितेका छन्।   कागजमा लेखिएको कमैया मुक्तिको अक्षर पढ्न नजान्ने काका, आज आफ्नो खुट्टाको साङ्ला बिर्सिएर पेटको भोकसँग लड्दै गर्दा स्वयं आफैंलाई प्रश्न गरिरहेका होलान्- “के मालिकको शोषणबाट फुत्किनु नै मुक्ति हो ? कि एक मालिक छोडेर, हजारौँ अनिश्चितताको दास बन्नुको नाम पो मुक्ति हो ?     बारबर्दिया १०, मेरैया गाउँ, बर्दिया