मन्त्री ज्यू , तपाईको काम के हो ?

मन्त्री ज्यू , तपाईको काम के हो ?

१२६२ दिन अगाडि

|

१८ चैत २०७९

जिउँदै रहनेछ तेरो सगरमाथा

जिउँदै रहनेछ तेरो सगरमाथा

१२६३ दिन अगाडि

|

१८ चैत २०७९

दीपेन्द्र आचार्य थुन्सेभरी जुन बोकेर वैशाख जेठतिर  शीतल बाँड्ने मेरी आमा जब माघ कठ्याङ्ग्रिन्छ नि ! काखभरी भर्भराँउदो आगो ल्याउँछिन् र भन्छिन्, मेरो काख ताप्दै गर बाबु बुवा छिट्टै घाम लिएर फिर्नुहुन्छ बुवा दुबई जानु भा हो आमा ? त्यहाँ त निकै तातो  घाम पो हुन्छ रे नि ? हो बाबु, त्यहाँको घाम कति धेरै तातो हुन्छ रे भने नि ! सगरमाथा छैन रे त्यो देशमा  घामले पग्लिएर । हो र आमा,  बुवा कसरी बाँच्नुहुन्छ त त्यो देशमा ? जिउँदै त फिर्नु हुन्छ नि बुवा ? सगरमाथा भएको तेरो शीतल देशमा मन मुटुभरि भरी ज्वालामुखीहरू विस्फोटन भइरहन्छन् साँझ बिहान जिउँदै मृत्युहरू आउँछन्  अनि लान्छन् छोराछोरीहरूलाई बूढी आमाहरूको आँखाभित्रबाट  ह्वाल ह्वाल बगिरहन्छन्,  वेदनाको म्याग्माहरू अनि तरुनी श्रीमतीको सिउँदोबाट बगेको रातो लाभाहरुको इज्जत र सपना पूरा गर्न आफ्नै सपनाको मृत्युमा सती गएका श्रीमान्हरू र, आमाको चोर औँला समातेर शिशुकक्षा पुगेका सन्तानहरूको रहर पूरा गर्न एक चपरी पुर्ख्यौली माटो बैंकको चर्को व्याजमा धितो राखी आफ्नै देशको परित्याग गर्दा मुटुमा गाडिएको पीडाजस्तै पोल्ने अनि पोलिरहने छैन बाबु त्यो देशको घाम ।  त्यो देशको घाम त प्रिय छ बाबु, जसले तेरो रित्तो कापीहरूमा  सुनौलो अक्षरहरू भर्छन् तेरो रित्तो निधारहरूमा उज्यालो भविष्यहरू कोर्छन् तेरो बुवा नआए पनि  नयाँ नाना बनेर आउँछ दसैँमा त्यो देशको घाम । यसैले त बाबु भत्भती पोल्ने त्यो घामले तेरो बुवाको शरीर  रातो बाकसमा आए पनि तँ भित्र बाँचिरहनेछन् तेरो बुवा जिउँदै रहनेछ तेरो सगरaमाथा ।     शिक्षक, श्रीकृष्णाश्रम मावि कन्याम, इलाम

‘टुवरा’को टुहुरो सपना

‘टुवरा’को टुहुरो सपना

१२६४ दिन अगाडि

|

१६ चैत २०७९

खगेन्द्र गिरी ‘कोपिला’ ‘दुनियाँ रातसँगै सुस्ताउँछ, बिहानीमा साजी हुँदै जुरमुराउँछ । दुखिया रातसँगै अस्ताउँछ, बिहानीमा बासी हुँदै धर्मराउँछ’ यसरी आरम्भ हुन्छ एउटा टुवराको कथा । टुवरा हामी एउटा कुनै अनाथ केटालाई पनि भन्न सक्छौँ, एउटा कुनै भुइँमान्छेलाई पनि भन्न सक्छौँ र एउटा सङ्घर्षरत युवालाई पनि भन्न सक्छौँ। मनोज थारु ‘अज्ञात’को उपन्यासमा भने टुवरा एकजना टुहुरो केटाको रुप भएर उभिएको छ । ‘तपाईंले अनुमान लगाइसक्नु भएको होला । होइन भने ठ्याक्कै यथार्थ जान्नका लागि आउनुहोस् चुरिया गाउँ । सोध्नुहोस् त्यहाँका गाउँलेलाई’ यसो भन्दै पाठकलाई थाहै नदिएर सुटुक्क लैजान्छन् लेखकले कल्पनाको अर्कै संसारमा विचरण गराउन । टुवरा भनेपछि हामी अनेक गाँउलेहरुको सङ्घर्षको समग्र कथा पनि हो भनेर बुझ्न सक्छौँ र एक जना हलीको पसिना र आँसुको स्वर पनि हो भनेर भन्न पुग्छौँ । ‘सुन्नुस् म पनि यसै उपन्यासको पात्र हुँ टुवराजस्तै खेस्रामान्छे । ऊ र ममा फरक बस् यत्ति छ कि दुःखैदुःखको घोचोले उसको तन र मन दुबै चोइटिएको छ, मेरो मन मात्रै ।’ त्यही चोइटिएको मनले अर्काका बारीमा हलो जोतेर मकैका बोटबोटमा आफ्नो खुसी फुलाउन खोज्ने अनेकौं भुइँमान्छेहरुको उच्छ्वास र सुस्केरालाई औपन्यासिक आयाम दिइएको छ र बनेको छ ‘टुवरा’को पुस्ताकाकार रुप । यही २०७९ सालमा पाठकका सामु प्रकट भएको उपन्यास ‘टुवरा’ चितवनका युवा लेखक मनोज थारु ‘अज्ञात’को लेखकीय उत्कण्ठाको परिणाम हो । उनका सामाजिक अनुभवका तीतामीठा दृश्यहरु र सिर्जनात्मक उद्वेगका तरङ्गहरु यस उपन्यासका हरेक पात्रका मनोवृत्तिमा यथार्थ बनेर ओर्लिएका छन् । ‘टुवरा’ मा मुख्य गरेर चितवन जिल्लाको थारु समुदाय र त्यो समुदायसँग जोडिएका सीमान्तीकृत जीवनकथाहरु कतै पात्र बनेर त कतै प्रवृत्ति बनेर लेखिएका छन् । कतै त्रासदीको रुपमा ती खुम्चिएका छन् भने कतै आक्रोश बनेर मुखरित पनि भएका देखिन्छन् । यद्यपि ‘टुवरा’ उपन्यासको धरातल उही हो । पटकथा, भाष्य र घटनाक्रमहरु पनि उस्तैउस्तै छन् । प्रायः हरेक उपन्यासका कथामा एउटा नायक हुन्छ, उसलाई साथ दिने नायिका हुन्छ । एउटा दुष्ट खलनायक हुन्छ । नायक र खलनायकका कित्तामा बाँडिएका केही पात्र हुन्छन् । जीवनयापनका क्रममा यी पात्रहरुको माझमा द्वन्द्व हुन्छ । द्वन्द्वमा दमन, प्रताडना र सङ्घर्षका आयामहरु जोडिँदै जान्छन् । प्रेम, आदर्श, राजनीति र सामाजिक अन्तरविरोधहरु पनि थपिँदै जान्छन् । अन्तमा नायकले जित्छ, खलनायक पराजित हुन्छ । पात्र र स्थानका नाम फरक होलान् संवाद र आदर्शको भाष्यमा भिन्नता होला तर समग्रमा हरेक उपन्यासमा हुने धरातल यस्तैयस्तै हुन्छ । ‘टुवरा’ मा पनि हुन त यिनै कुरा छन् । तैपनि ‘टुवरा’मा लेखकले कथाको पृथक् परिवेश बुन्न सकेका छन् । कथासँग जोडिएका पटकथा र घटनाक्रमहरुको चित्रणमा आफ्नै फरक शैली पस्किन सकेका छन् । उपन्यास पढिरहने पाठकलाई पनि यो उपन्यास पढ्दा एकछिन भावविह्वल बनाउन सक्ने सामर्थ्य छ ‘टुवरा’मा । यस उपन्यासको आञ्चलिक भाषा र भावभूमिले पाठकलाई नयाँ स्वाद मात्र दिँदैन, पाठकलाई त्यसैको पीडा र सङ्घर्षसित एकाकार गरिदिन्छ । यसमा लेखिएको भाषाको नयाँ व्याकरणले पनि नेपाली भाषाकै बहुरङ्मा नयाँ रङ थपेको प्रतीत हुन्छ । नेपाली आख्यानका पाठकहरुले पढ्दै आएका कथा, घटना, पात्र र परिवेशभन्दा निकै पर र फरक देखिन्छ, यस उपन्यासको पटकथा । पात्रहरुको जीवनशैली मात्र होइन उनीहरुका सपना र विपनाहरु पनि फरक छन् । कथाका पात्रहरुले यथार्थ जीवनमा जसरी जुन शब्दलाई जे गरेर बोल्दछन् । त्यसै गरी ठ्याक्कै उपन्यासमा राखेका छन् लेखकले । पात्रहरुको संवादमा कुनै नाटकीयता, कुनै बनावटीपन र कतै पनि अभिनय देखिन्न । पात्रहरुको संवाद र संवादको मिठासले नै यस उपन्यासको भार थामेको छ भन्दा फरक पर्दैन । नेपाली भाषाको व्याकरणको कोणबाट हेर्दा भाषा नमिलेको जस्तो लागे पनि यो उपन्यास पढ्दा पाठकलाई सबैभन्दा मीठो स्वाद दिने त्यही भाषा नै छ । ‘म गम्हिर भई हडबडाउँदै कहेथियो गरिब मन्सेको लागि सहर छ सुन्नको लागि मात्रे हो घुम्नको लागि कहाँ हो रे घरमुखिया दादा । इयो चुरिया गाउँ आएदेखि खुब सुनिरहेछु सदरमुकाम सीतापुर बजारको बारेमा । सीतामाईको बारेमा । बजार घुम्न र सीतामाई थान पुज्न मन भएर के कर्नु ! नगरिता पाएको मन्सेले मात्रे घुम्न पाउने हो पवित्र सीतापुर सहर? मेरो त नगरिता फेनि छैन । कहाँबाट हुन्छ म टुवर मन्सेको नगरिता !’ भुखला नाम गरेर बोलिरहेको पात्रबाट लेखकको कलमभन्दा पनि कुनै टुहुरो मान्छेकै हृदय बोलेको प्रतीत हुन्छ । जे छ त्यसैलाई ठ्याक्कै यथार्थ रुपमै चित्रण गर्न सक्नु नै राम्रो लेखकको सामर्थ्य हो । यसरी लेखक मनोज थारु ‘अज्ञात’ आफ्नो आदर्शलाई मौन राखेर पात्रकै मुखबाट उसको यथार्थ बोलाउन सिद्धहस्त देखिएका छन् । ‘ओइ मान्ठा’, ‘याँ भन्चु काँ’, ‘चाइन्जो कर’, ‘यौरी बात खाँइस हइनो’ जस्ता थेगो बोलिरहने ‘टुवरा’का पात्रहरु निकै निर्दोष, अबोध र निश्छल देखिन्छन् । समय र सङ्घर्षका घामपानी झेल्दाझेल्दा उनीहरु सुनजस्तै खारिएका भए पनि उनीहरुका सपनामा कहिले पनि अनैतिकता र बेइमानीको रङ चढेन । उनीहरु सदैव आफ्नै नैसर्गिक जीवनमूल्य बोकेर उभिइरहेका देखिन्छन् । राम्ररी नेपाली भाषा बोल्न नजान्ने थारु र तामाङ समुदायका युवाहरुले आफ्नै जिब्रोको लच्काइअनुसार बोलेको नेपालीले छुट्टै मिठास दिएको छ । तर थारु भाषा बोल्दा पात्रहरुले उर्दू र हिन्दीका असजिला शब्दहरुलाई कनीकनी बोलेको भएर त्यति सुहाएको जस्तो लाग्दैन । ‘गर्ने’लाई कर्ने र ‘लाई’लाई ले उच्चारण गर्ने पात्रको जिब्रोले बेजुबान, हँसी, आवाज, खिलखिलाउँदो, आलिशान, तिलमिलायो, हडबडायो, बलजफ्ती, मुफ्त, दिक्कत, मरम्मतजस्ता अनेक गरुङ्गा उर्दूजन्य शब्दहरु फरररर बोलेको भने सुहाएको छैन । ‘टुवरा’ उपन्यासको दैनिकी चुरिया गाउँ, हसुली गाउँ र टिकुलिया गाउँको वरपर डुलेको छ । बौराहा खोला र राकस खोलाको साँधसीमानामा फैलिएको छ उपन्यासको कथानक । यी काल्पनिक नाउँ पनि हुन सक्छन् वा चितवनको भूगोलभित्रका गाउँठाउँ पनि हुन सक्छन् । तर उपन्यासमा पढ्दा भने यथार्थमा भएकै आभास हुन्छ, भैरहन्छ । यो उपन्यासमा पनि एउटा मालिक छ । मालकिन पनि छिन् । ऊ प्रशस्त जग्गाजमिन भएको धनीमानी छ । उसले पसिनाको सुगन्ध बुझ्दैन । उसलाई केवल आफ्ना स्वार्थ र उद्धेश्य मात्रै सर्वोपरी लाग्छन् । अर्को गाउँमा अर्का लरायन बाजे पनि छन् । त्यस्तै अर्का झारफुक गर्ने बाजे पनि छन् । यी सबै आफ्नै स्वार्थको किलामा बाँधिएका छन् । हुन त उपन्यासमा नेता पनि छन्, प्रहरी छन् सरकारी कर्मचारी छन् लेखन्दास छन् अमिन छन् र नागरिकता दिने कर्मचारी पनि छन् । यी सबैका चरित्र र स्वभावमा अमानवियताको उन्माद मात्रै चढेको पाइन्छ । पात्रहरुको कुरा गर्दा उपन्यासमा बिफला थारु छ । पतिया काका छन् । भागराम छ । बुधैदादा छ । सुकै नाम गरेका घरमुखिया पनि छन् । कहिले भोटे त कहिले भोटियावा त कहिले गोला तामाङ् हुन पुगेको एउटा माइला भन्ने जिउँदोजाग्दो पात्र छ । नागरिकता पत्रमा अक्षर लेख्ने कुनै कर्मचारीको लापरवाहीले कलिया थरुनी हुन पुगेकी केल्हिया छिन् । अनि पानापानामा छ उही ‘टुवरा’ अर्थात् भुखला थारु । भुखलाकै क्षतविक्षत सपनाहरुको बिपना हो ‘टुवरा’ उपन्यास । उपन्यासमा खेत छन्, खलिहान छन् । गोठ छ, गाईबस्तु छन् । गाउँ छ, गाउँले छन् । पूजा छ, मेला छ । मदिरा छ, नाच छ, व्यङ्ग छ, विनोद छ । हास छ, परिहास छ । उल्लास छ र छ बिपत्ती पनि । गाउँमा रोपाई छ, गोडाई छ । नदी छ, नदीमा पानी छ, माछा छन्, बाढी छ र त्रासदी पनि छ । आफैमा रमाएको जीवन छ । जीवनसंग बसाइसराइ छ । गाउँमा हुकुम्बासी छन्, सुकुम्सासी छन् । विकास छ र विनास पनि छ । उपन्यासमा लडाइँ छ, झगडा छ, मेलमिलाप छ । प्रेम छ र विछोड पनि छ । यौवन छ, यौन छ । प्रकृति छ, विकृति पनि छ । भोक छ, रोग छ, शोक छ । गाउँमा हुने सबथोक छन् यस उपन्यासमा । यस उपन्यासको कथानक र पात्रहरु राजनीतिको गन्ध र दुर्गन्धबाट सधैँ टाढा रहे । उनीहरुको जीवन राजनीतिको त्रासदीबाट टाढा नै थियो तर परिस्थितिले उनीहरु त्यही राजनीतिको आँधीबेहेरीसित मिसिन बाध्य भए । बाध्यताले बाध्यतालाई जन्माएजसरी परिस्थितिले ‘टुवरा’का पात्रहरुलाई राजनीतिको झण्डा उचाल्न बाध्य बनायो । टुवरा र माइला पनि उपन्यासको उत्सर्गमा पुग्दानपुग्दै ‘क्रान्ति’ नामको राजनीतिक लडाइँकै शरणमा पर्न बाध्य भएका छन् । राजनीतिमा लाग्नेहरु प्रायः आफ्नै वैयक्तिक उद्धेश्यलाई नै प्रधान बनाएर प्रतिशोध लिने गर्छन् तर टुवरा र माइलाको राजनीतिक चेतनामा आफ्नो वैयक्तिक प्रतिशोध मात्र छैन । उनीहरु साँच्चै आफूले भोगेका व्यथाहरु अरुले भोग्न नपरोस् भनेर कहिल्यै परिर्वतन हुन नसकेको प्रवृत्तिलाई नै फेर्न तम्सिएका छन् । यही आदर्श सपनाको पटाक्षेप नै ‘टुवरा’ उपन्यासको उत्कर्ष हो । कथा उत्कर्षमा पुगेर टुङ्गिएको त छ तर कथाले उठाएका प्रश्नहरु निरुत्तर नै रहेका छन् । राजनीतिले कुनै निकास नदिएर राजनीतिका पात्रहरुसँग जोडिएका सपनाहरु अलपत्र नै परेका छन् । तैपनि ‘टुवरा’ले छाडेर गएका प्रश्नहरु टुवराका पाठकलाई हरपल घोचिरहेको छ, सोधिरहेको छ । प्रश्नले आफैसँग प्रश्न गरिरहे पनि उत्तर त भविष्यकै जिम्मा छाडेर रोकिएको छ लेखकको कलम । ‘शान्त रहँदा बलेडले दाढी काट्छ, त्यही उग्र बन्यो भने घाँटी काट्छ, चेत के !’ यसरी सकिन्छ एउटा टुहुराको कथा भविष्यलाई टुहुरै बनाएर …।

राजाले देश बनायो भन्नेहरूसँग...

राजाले देश बनायो भन्नेहरूसँग...

१२६७ दिन अगाडि

|

१४ चैत २०७९

बलराम तिमिल्सिना यो आकास कसले बनायो ? यो धरती कसले बनायो ? ग्रह नक्षत्र र तारा कसले बनायो ? यी अनगिन्ती सारा कसले बनायो ? तिमी भनौला - ईश्वरले ! सबै कुरा कसै न कसैले बनाउने रहेछन अब भन - ईश्वर कसले बनायो ? यो सहर कसले बनायो ? यी गाउँ कसले बनायो ? यी बाटा, यी नहर र पुल कसले बनायो ? यी आलिसान महल यी अत्याधुनिक विमान भन कसले बनायो ? भारत कसले बनायो ? चीन कसले बनायो ? अमेरिका रुस जापान कसले बनायो ? भन भन भन यो देश कसले बनायो ? सबैले भन्लान- हाम्रा पुर्खाले कसैका पुर्खा ज्यामी कसैका पुर्खा किसान कसैका पुर्खा भान्से कसैका पुर्खा भरिया कसैका पुर्खा साहु महाजन कसैका पुर्खा राजा महाराजा पनि अब भन त यो देश कसले बनायो ? एउटा ढुङ्गा पल्टाउन त एक्लै सकिदैन भने यत्रो विशाल देश एक्लै कसले बनायो ? जसले बनायो यो देश ऊ खुरु खुरु देश बनाइरहेको छ कुनै दाबी छैन उसको दाबी गर्ने फुर्सद पनि छैन जो दावी गरिरहेको छ डङ्का पिटेर उसले बनाएकै होइन बिगारेको हो यो देश यो देशको नाक काटेर यो देशको कान काटेर यो देशको घाँटी रेटेर यो देशको चित्र मेटेर अनि त्यस उल्याहाले के देश बनायो ? दाबी गर्नेको भीडमा एउटा छुल्याहा निस्केको छ यो देशको मुल्याहा निस्केको छ ऊ भन्छ- शून्य थियो पुण्य गरी एक्लै वरा मरी मरी यो देश राजाले बनायो ! राजाले बनायो भन्नेलाई पनि गजबको एउटा प्रश्न छ नि ए युवराज धिराज भन‌ राजाले देश बनाएकै हो भने राजा चै कसले बनायो ? देश बनाउने राजा भए मान्छेलाई राजा कस्ले बनायो ? यो देशलाई साझा कसले बनायो ? खल्तीको बाजा कसले बनायो ? राजाको खाजा कसले बनायो ?

चितामाथि सुतेर हेर्दा .......

चितामाथि सुतेर हेर्दा .......

१२८६ दिन अगाडि

|

२५ फागुन २०७९

डा प्रदीप ढकाल चितामाथि सुतेर हेर्दा  यौवनको घमण्ड क्षणिक रहेछ शक्तिको उन्माद व्यर्थ रहेछ रूपरङ्ग र सौन्दर्य विलीन भए धन र सम्पत्तिको तुजुक जलेर भष्मिभूत भयो गरिबीका परिधीहरू जलेर खरानी भए धर्मका पर्खालहरू क्षणभरमै विलुप्त भएर गए ज्ञान र मोक्षका तर्कवितर्कहरू व्यर्थ भए ..... चितामाथि बसेर सोचेँ – के मृत्यु दुःख हो ? अनुभव र अनुभूतिहीन हुनु पनि के को दुःख हुनु ? चितामाथि लम्पसार परेर घोत्लिएँ .... जन्म, जीवन र मृत्यु यी तीनवटा चरणमात्र त छन्् प्राणी जीवनका .... जीवन तर्क होइन, जीवन शब्द होइन, जीवन आदर्श होइन अनि जीवन व्यवस्था पनि होइन जीवन – जीवन हो .... म शिशुहरूलाई देखाउँछु – आकाशका तारा, चन्द्र, ग्रह र अन्य पिण्डहरू ताकि धर्तीका हाड र मासुका पिण्डहरूसँग द्वन्द्व गर्दै अल्मलिनु नपरोस् म उनीहरूलाई आकाशतर्फ नियालेर प्रेमको चमक देखाउछु ताकि धर्तीका कठोर मुटुहरूबाट उनीहरू बलात्कृत हुनु नपरोस् .... चितामाथि बसेर ..... आफ्नो व्यथित अतीत नियाल्छु – जीवनदेखि पर लगेर मसानघाट छाडी जाने त्यो निर्दयता जीउनु न मर्नुको अवस्थामा छाडिदिने त्यो कठोर मन पलपलमा परिवर्तित हुने  ती ऋतुका नियम सबै क्षणभरमै जलेर गए .... चितामा लम्पसार परेर हेर्दा ..... त्यो सिउँदोमा सिन्दूर होइन यही चिताको खरानी सजिएछ .... अनि रङ्गहीन, ओजबिहीन एक जिउँदो लास बनेर चुपचाप समाजमा विचरण गरिरहेकै रैछ ... चितामाथि बसेर ..... एकपटक फेरि आँखा च्यातेर हेरेँ – अझै कहीँ कतै आँशु बाँकी पो छ कि ! अनि प्रार्थना गरेँ – प्रेमको तृष्णा मेट्नका लागि विधाताले अर्को जीवन नदिई जन्म र मृत्युको चक्रबाट पर अनन्तमा विलीन गराओस् ... चितामाथि लम्पसार परेर .... म प्रेमसँगै डुल्दछु – जीवन, जगत्, ब्रम्हाण्ड एक प्रेमीको रूपमा – एक स्वतन्त्र आत्माको स्वरुपमा अनन्तको चीर यात्रामा ...... ।

खिस्साः माउक डमन्ड्वा

खिस्साः माउक डमन्ड्वा

१२८६ दिन अगाडि

|

२४ फागुन २०७९

सोम डेमनडौरा बटास्या दश कक्षासम् पह्रल् बा । पह्र ब्याला उहिँका सब्से महान लग्ना शब्द कलक डाई रहिस् । हरेक कापी ह्वाए या पन्ना डाई लिख्ल रह । आठ कक्षा पह्र ब्याला डाई शिर्षकम निबन्ध लिख पर्ना रहिन् । ऊ डाई शिर्षकम निबन्ध लिख्क फस्ट मर्ल रह । टबसे ट झन् डाई भगवान, डाई सृष्टि, डाई संसार.....या कहि डाई जो सबकुछ । हरब्याला डाईक महानता गाए । भ्वाज करल् डु बरस पाछ रसरस डाई लिखल् पन्ना ढुह््यैटि गइल् । ऊ पन्ना पुराका पुरा मक्का गैल् । ड्वासर पन्नम झरझरसे लिख्ल रह– “म्वार जन्नी” । ऊ आपन जन्नीहँ बहुट मैया करठ् । आपन जन्नीक हर मागन पुरा करठ् ऊ, चहा पहार बिल्टाई पर । ठर्वक कन्ढा सम् बाटिस् वाकर जन्नी । टर जन्नीक आघ पुँछि हिलाइठ् बटास्या । माऊ, जेठिन्या, सरजिया, साली, साला.....हाँ अस्टहँ नाटनट्कुर पलि रठिस् वाकर घर । मिठमाठ पक्लसे सब्से पैल्ह वाकर सस्रार पुग पर्ठिस् । यदि निपुगल् कलसे बटास्यक जन्नी खटोलपाट शुरु । बटास्य फे बान पर्सेक्लिस् । लरौ साह्रे बार बजे राट्क साली फोन कर्लिस्, “दिदी, डाईक प्याट बठाईटिस् । भाटुहँ बिर्वा लेक पठाड्या ।” बटास्या हडर बडर पाइन्ट लगाक निकर्जाइठ् मेडिकलम बिर्वा लिह । बिर्वा डिह ड्वासर गाउँ पुग्जाइठ् । बटास्या जब घर पुगठ् ट राटिक डुई बजल् रहठ् । माघ ठिक हुइलक खबर सुनाइठ् । जन्नी एक चुम्मा डेठिस् । बटास्या बरा गहिँर निंड सुटठ् । ड्वासर राट वाकर डाइक दाँत बठाक जुरी आइ भिरल् रठिस् । दाँत आब चुपाई टब चुपाई कैक पिरा सहक बैठल् रठी । टर दस बजठ् बजठ् सह निसेक्ना होजैठिन् । बठ्ठक झार जुरी आजैठिन् । मन्का हनहनाई लग्ठी । हनहनाइठ् सुन्क ठर्वा मेढर्वन अन्कुस् लग्ठिन् । बटास्या बल्खिच कच्वाटहस् पुछठ्, –“का हुइटा डाई ट्वार ?” डाई ब्वाल पैल निरठि, टर्नी खपाकसे कचोट्ठी । “हिंकार जब फे अस्ट हुइटिन् । बठैहिन् चुपा रहहिन् ।” डाई– “निसेक्नाहस् लागटा छावा । बिर्वा लान्डेट्या ट ।” डाई बिन्ति कर्ठी । “अट्रा राट ट कहाँ जैहिँ ना । चिमचाम सुट रना हो । ना सुटहि ना सुट डिहीं । सिकार उकार ना खैहो ट कठुँ, आँखर आँखर चबैटि रठो । दाँत निबठाई ट का बठाई । चिमचाम सुटो । अट्रा राट कहाँ जैबो । मेडिकलक मनै फे ट निजग्ठ अट्रा जुन ।” जन्नी अट्रा कठिस् ट बटास्या फेर ओंडर जाइठ् पठ्रिम ।