पहाडी थारू (पुस्तक अंश)      

पहाडी थारू (पुस्तक अंश)      

११२५ दिन अगाडि

|

२९ साउन २०७९

इ मोर ढकिया (थारु भासा कविता)

इ मोर ढकिया (थारु भासा कविता)

११२५ दिन अगाडि

|

२९ साउन २०७९

दर्पण कुसुम्या खटोल्ना, घोर्वा,  हर्ना ओ चिरैया डारल पन्वा हेर्टि सुहावन लागे जैसिन कजरिक बन्वा  पुँजा बिटोर्के कसौंजा चिर्के  बलटल सिर्जल महिनाभर बिन्के  पस्नक मोल हो भौकक् खोल हो  यी मोर ढकिया  बुडि सिखाके गैलि बिनेक लाग  चार मास लागल बिने सिखेक लाग  कबु छेट्नार होजाए, कबु ढिंर गग्रार  टब्फे बिना सिख्ले नाइ छोर्नु डिया बार बार लोहेक छेड्ना अंग्रिम गर्लेक फे पटा नाइ पाँउ ढकिया बिनेक मारे बियारेक अख्वारी जाउँ घाम गरराके बिनल, नैहो बजारेम किनल  यी मोर ढकिया  दाना उठैना सजिल, कुर्कुट फेकैना फे कल्वा डेहेजाइबेर सुघ्घर डेखैना फे  गुल्यार गोरा, मिलल पेंडी बल्गर हलुकमा हलुक, डल्गरमा बरा डल्गर कोन्वम ढरो चाहे, डेहरिक भर्कनिम  मिन्झारिम ढरो चाहे, घरेक बहरिम  सोह बनाउ या काम लगाउ यी मोर ढकिया नेपाली नारीन्के शान हो हमार संस्कृति ओ पहिचान हो पुर्खनके डेहल बरभारी ज्ञान हो थारु समुदायके ज्यान हो सिपार हाँठेक पैना बयान हो एहिन बचैना अभियान हो  सक्कु जाने सिखे पर्ना  सिख्के बिने पर्ना  यी मोर ढकिया । यी मोर ढकिया ।।      मधुवन–३, बर्दिया

केशिया (कथा)          

केशिया (कथा)          

११२७ दिन अगाडि

|

२७ साउन २०७९

  ‘आफ्नाहरू यादमा होइनन्, रम् रममा बस्छन् । कि उनको यादमा अड्डिएर कि उनीहरूको अदामा अड्डिएर म रम पिउने गर्छु । उनको यादमा त रम मात्रै सीमित हुन्छ । उनीहरूको अदामा रम र रङ्गरलिया दुबै असीमित हुन्छन्,’ भन्ने गर्थी केशियाले । भतिज पतियाले नसुनेझैं गरी आफ्नो कोठामा पस्थ्यो । र, चुकुल मारेर पढ्न थाल्थ्यो ।  पल्लो कोठामा केशिया केश फिंजारेर फुक्काफाल पल्टिन्थी र मोबाइल स्क्रोल गर्थी । केहीबेर गमेझैँ गरेर भिडियो कल मार्थी, ‘फेरि लकडाउन भयो बुढो । म कोठामै लक भएकी छु ।  – ‘के भो र काली ! मैना दिनलाई पुग्ने रासन पानी त कोठामै छ नि !’ – ‘उँम्, त्यो त छ बुढो । तर याँ नपुग चिज अर्कै छ । – ‘लकडाउन हटेपछि छुट्टी मिलाएर भेट्न आउलाँ म !’ – ‘हस् बुढो, बाई, म्वाँह्’ मोबाइललाई चुमेर केशियाले बदनको तडप मेटेझैँ गर्छे र एक हातले केस मिलाउँछे । फेरि लगत्तै रमको गिलास चुमेर धित मर्ने गरी पिउँछे । उसको तडप अझै मेटिएको थिएन । अनि जुरुक्क उठ्छे । खुट्टा धम्धमाउँदै पुग्छे पतियाको ढोकाछेऊ । ‘ढक् ढक्’ गर्छे ।  कोठाभित्र पढ्दै गरेको पतियाको मुटु बेस्मारी ढक्ढकिन्छ । बाहिरबाट आवाज सुनिन्छ ।  – ‘पतिया ! ओए पति, मेरो पतिया । हि हि हि...’, खित्केको आवाज सुनिन्छ । यति सुनेपछि पतियाको आँखामा उसको गाउँ सलबलाउँछ, अनि आमाबाउका असरल्ल सम्झना । ढोका ढक्ढक् भैरहेको हुन्छ । ऊ बालकझैं कोठाको कुनामा दोब्रिन पुग्छ । भित्रबाट केही प्रतिक्रिया नआएपछि केशिया झोक्किन्छे । र, बोलाउँछे ।  – ‘नामर्द, अघिल्लो लकडाउनमा त खुब मर्दाङ्गी देखाइस् । तेरो त्यो मर्दाङ्गी फेरि देखाउँदैनस् ? नदेखाउने भए आइज हेर्, मेरो मोबाइलमा सेभ छ । कि तेरो बालाई पनि देखाइदिऊँ । तेरो बा मरेको मुखडा देख्न मन छ ?’ केशियाको आवाज लरबरिएर निस्किरहेको थियो । कोठाभित्र भयङ्कर भूइँचालो मच्चियो, कोरोना कहर छँदैथियो । उसले सोच्यो त्यो भिडियो यस्तै जबरजस्तीले बनेको हो भन्ने बालाई के थाहा ! एक छाक टारेर सहर पढ्न पठाएका बाको मनमा पानी फिर्नेछ । भिडियो हेरेपछि बा ठहरै हुनेछन् । ऊ थकमकायो । ढोका खोलुँ कि नखोलुँको अन्तरमनमै सुस्त चुकुल खोल्यो । चुकुल खुलेसँगै ढोका ह्वाङ्ङै खुल्यो ।  ढोका खुलेझैं केशिया पनि ह्वाङ्ङै खुलेकी थिई । ढोका उसैले धकेलेर खोलेकी थिई, आफू धक फुकालेर खुलेकी थिई । उसका ब्रा दाहिने पाखुरामा लत्रिरहेको थियो । पैतालामा अल्झिरहेको सुरुवाल ऊ अघि बढेसँगै घिस्रियो । उसका पाउ उडिरहेका थिए, डेग छुटिरहेका थिए । केशियाको खुट्टा लडबडिएसँगै पतियालाई लप्केर सहारा बनाइहाली अनि क¥याप्प अँगालोमा बेरी । रमको रम्रम्ले उसमा कामबासना झन्झनै उर्लेर बढेको थियो ।  कामबासनाको हवस्ले धुत केशीयाले पतियालाई अँगालोमा जकडेर चपाचप म्वाइँ खान थाली । उसको हवसलाई पतियाको कमिजले अल्झाइरहेकोे थियो । उसको कमिजको बटन चुँडालेर देहबाट अलग्याई फ्याँकी । केशियाका ओठ र हातहरू अब पतियाको नाङ्गो देहमा सबलाउन थाले । केशियाको सास कामुकताको हवस्ले बढेको थियो । उसका ओठ थरथरिन थालेका थिए । कामुकताको रङ उसको आँखामा प्रष्ट देखिएको थियो । उत्तेजनाको तडप उसको देहमा लपक्क लिप्सिएको थियो । दुबै छरपस्टिएका किताबमाथि गुजुल्टिए ।  ती किताबका पानाहरू बाराम्बार रगडिदै थिए । अक्षरहरू घोटिदै थिए, धुमिल हुँदै थिए । अक्षरहरू अक्षम भएर खजमजिदै थिए । किताबका पानाहरूले ती दुईका रङ्गरलिया थेग्न नसकेर धुजा हुँदै थिए । सर्वाङ्ग बुङ्गिएकी केशिया तृप्त भएर उठी ।  अनि एक पलक पतियालाई हेरी, सन्तृप्त अदामा मस्किएर मुस्काई । पतियाको देहको जोश सिनित्तिएको थियो । उसले अङ्गडाई मिसाएर भनी, ‘यो कहानी कसैलाई नसुनाएस् । नत्र तँ त मर्छस् मर्छस्, सँगै तेरो बाऊपनि । कुरा बुझ् । लकडाउनको निषेधाज्ञा जारी नै छ । यो लकडाउन हाम्रो लागि ककडाउन हो । कि मलाई गर् कि आफै मर् । बुझिस् । कोठा सर्ने, या भाग्ने ! नसोच्दा हुन्छ । असम्भव, हुँह् ।’ + जोडले ढोका ढप्काउँदै केशिया बाहिरिई । रात छिप्पिएको थियो । त्यो व्यस्त सहरको एक घरमा दुई मनुख्खे मात्रै बस्थे । पतिया आफ्नो कोठामा गुटमुटिएको थियो । उसको मनमा अनेकानेक भावहरू उर्लिरहेका थिए । उसले आफ्नो गाउँघर, आमाबा र काकुलाई सम्झ्यो । आफूभन्दा मात्रै सात वर्षले जेठो काकु । काकुले बिहे गरेको एक वर्ष पुग्दा नपुग्दै काकी केशियाकै हठमा सहर पसेका थिए । विदेश उड्नुभन्दा केही दिन अघिमात्रै काकीको हेरचाह र पढाइका लागि पतियालाई सहर बोलाएका थिए उसका काकुले ।      पतियाको काकु विदेश उडेसँगै उसको काकीले रङ्गरलिया मच्चाउन र देखाउन पनि सुरु गरेकी थिई । रात–रातभर ऊ हराउँथी । दिनदिनै पहिरन फेरेसँगै उसले केटा फेर्थी । उसलाई घरसम्म छोड्न आउने केटाहरू हरदिन जस्तै फरक हुन्थे । पतियाले सबै कुरा बुझिसकेको थियो । काकालाई खबर गरुँ कि नगरुँ वहमा थियो ऊ ।  त्यही बेला त हो, उसको ढोका त्यसरी नै पहिलो पटक ढक्ढकिएको, कोठाभित्र भूइँचालो गएको । उसले नचाहेरै उसको कौमारत्व भङ्ग भएको थियो । त्यही दिनदेखि ऊ साँच्चैको आफ्नी काकीको ‘पति’झैँ बनेको थियो । सिलसिला बढेसँगै उनीहरू बिचको रङ्गरलिया मोबाइलमा योजनाबद्ध ढंगले कैद भएको पतियाले पत्तै पाएन ।  ऊ काकीको पक्कापक्की ‘पति’ नबन्दै काकीको करतुत काकुलाई नसुनाएकोमा वेहद पछुताएको थियो । उसले त्यो दिन पनि सम्झ्यो, जुन दिन काकीलाई पुलिसचौकीबाट छुटाएर ल्याएको थियो, केश थियो वेश्यावृत्तिको । घरमा ल्याएपछि दिक्दार हुँदै पतियाले सम्झाएको थियो काकीलाई, ‘काकी, यो सबै छोड्नुस् । खाना, पैसा, लुगा के नपुग छ तपाईंलाई ?’ केशियाले मुख, पेट, नाभी र नाभीमुन्तिर थप्थपाउँदै भनेकी थिई, ‘खाना खाने मुखले खाना खान्छ, भोक मेटिन्छ । यो भात खाने मुख हो ? यल्लाई पनि भात ख्वाउनु ? खाना, पैसाले यसको भोक मेटिदैन, यसको भोक त केवल खसमले मात्रै मेट्न सक्छ । यत्ति पनि थाहा छैन !’  – ‘त्यसो भा काकुलाई स्वदेश बोलाउनुस् ।’ – ‘हुँह्, तँ बाट पाउने तृप्ति ऊ बाट पनि पाउन सक्दिनँ । ऊ त घरको मुर्गा दालभात बराबर हो । तँ लकडाउनभरिको लागि मात्र मेरो मुर्गा होस् । त्यसपछि हरेक छाकमा गाँस फेरिएझैँ मलाई फरक मुर्गाको स्वाद चाहिन्छ । बुझिस् ?’ भनेर केशियाले पतियालाई हातपात समेत गरेकी थिई । अनेकानेक धम्क्याएकी थिई ।  + लकडाउनको अन्त्यसँगै काकु स्वदेश आयो । एक्कासी आफ्नो श्रीमान् कोठामा छिरेपछि केशिया आश्चर्यमा परी । केही असमञ्जस, केही उदास महशुस गरी । केशियाले देखावटी खुशी देखाउन नपाउँदै उसको खुशी खल्यात्–खुलुत्त भई बिस्मात्मा परिणत भएको थियो ।  केशियाको मोबाइल काकुले हात पारेसँगै पतियालाई थमाइसकेको थियो । पतियाले मोबाइलका भिडियोहरू स्क्रोल गरेर ध्यानपूर्वक हे¥यो । त्यहाँ आफूलाई झैं ब्ल्याकमेल गर्ने हेतुले कैद गरिएका अनेक भिडियो थिए । त्यसमध्येको आफ्नो भिडियो चलाखीपूर्वक हटायो र मोबाईल पुनः काकुलाई थमायो ।  काकुले मोबाइल स्क्रोल गर्दै प्रहरी चौकीको केश फाइल र भिडियोहरू केशियालाई देखायो । केशियामा मौजुद अलिअलि रोष सिनित्तै स्खलित भयो । डरले उसका हातपाउ लुला भए । बिस्मयबोधक मुहारमा एक निमेष उसले पतियालाई हेरी । ... केही साता अघि प्रहरी चौकीबाट जमानतको लागि पतियालाई फोन आएको थियो । पतियाको मोबाइल नम्बर प्रहरीलाई केशियाले नै दिएकी थिई । प्रहरीले पतियालाई सोधेको थियो, केशियाको बारेमा । पतिया पनि के कम ! पढेलेखेको ग्वाँच, गवाँर त थिएन ऊ । उसले प्रहरीबाट केशियाको बारेमा थप जानकारी लिएको थियो । र, आफूलाई परेको समस्या समाधानका लागि जिकिर पनि फर्माएको थियो ।  हो, त्यही दिनदेखि प्रहरीले केशियाका गतिविधिमाथि सुटुक्क निगरानी सुरु गरेका थिए । निगरानीपछि प्रहरीले थप प्रमाण जुटाएर पतियाको सहायताले केशियाको पतिलाई खबर पठाएका थिए । त्यसैले ऊ केशियालाई थाहै नदिई अकस्मात् स्वदेश झरेको थियो । ऊ केशियाको व्यवहारप्रति भयङ्कर बेखुसी थियो ।  प्रहरीबाट प्राप्त प्रमाणहरू आफूसँग भएकोले ऊ केशियाविरुद्ध झनै बलियो भएर उभिएको थियो । उसले आफ्नो रिसलाई काबुमा राख्नै सकेन । पुनः मोबाइलका भिडियोहरू स्क्रोल गर्दै केशियाका आँखा घोच्ने गरी देखायो । र, गालामा चड्का लगायो ।  केशिया नमज्जाले तिल्मिलाई । उसको पतिले पुनः अर्को झापड हान्यो । केशियाले रोषका साथ आफ्नो पतिलाई हेरी । उसको गाला रन्किएर, मुहार फन्किएर तम्तमाइलो देखिएको थियो । उसका दाह्रा कटकटिएको थियो । समग्रमा केशियाको मुहार उग्रचण्डी झैँ देखिएको थियो त्यसबेला ।  त्यो देखेर उठेको झापड मथ्थर भएर लत्रक्क झ¥यो, यद्यपि उसको पतिको हातगोडा रिसले कप्कपाइरहेको थियो । उसका कप्कपिएका हातले केशियाको पाखुरा समायो । घिच्याउँदै कोठाबाट बाहिर डो¥यायो । बाहिरी गेटसम्मै लघा¥यो । गेट खोल्यो । केशियालाई गेटबाहिर हुत्यायो । समाजले उक्त दृष्य गोधुलीमा हेरिरहेका थिए । उसले केशियातर्फ हेरेर थुक्दै भन्यो, ‘जा तेरो कुरुप अनुहार अब कहिल्यै देख्न नपरोस् ।’  केशिया पनि के कम थिई । उसले आबेगका साथ भनि, ‘तँ सँग हात उठाउनुबाहेक केही दम छैन । म सामु जे उठाउनु पर्ने त्यो त उठ्दैन गतिलरी ! एउटी नारीलाई तृप्त पार्न नसक्ने नामर्द होस् तँ । तँ सँग अलग्गिनु नै थियो, बेसै भयो । हेर्दै जा, तँलाई नाङ्गेझार पारेर छोड्छु म । रुक्, अब अदालतमा अन्तिम भेट हुनेछ । तँ जेलमा कैद हुनेछस् । बाँकी जीवन जेलैमा बिताएस्, तँ मुर्दार ।’ केशियाले आक्रोशसहित विष वमन गरेपछि उसका पति खङ्ग्रङ्ग भए । उ असिन पसिन भएको थियो । केही महिना अघि मात्रैको घटना उसले सम्झ्यो, लोग्नेलाई अनेक लाञ्छना लगाएर उसको एक नजिकको साथीलाई स्वास्नीले जेल पुर्याएको । यो त एक प्रतिनिधि घटना मात्रै थियो । उस्तै घटना उसका निधार वरपर फनफनी घुम्न थाले ।  सामाजिक सञ्जालमा देखिएका यसखाले प्रेमी प्रेमिकाका थुप्रै घटना पेचिलो परिदृश्य बनेर उसका आँखामा बिझाउँदै थिए । यस्तै दृष्यले उसलाई अधिर बनाइरहेको थियो । यही बहमा ऊ मनमनै गमेको थियो, ‘ओहो ! भैगो म महिलाको कानुनी जकडमा फँस्दिनँ । पारपाचुकेपछि आधा सम्पत्तिको हकदार हुन्छे त्यो आइमाई । मनगणन्ते अनेक केश थोपरेर जेलमा सडाउन सक्छे ! बरु सम्झौता गर्छु । साथीहरूले जस्तै मैले पनि जेल जीवन बिताउन चाहदिनँ ।’  एक झट्कामै उसको पौरुष मर्दभाव र रोष स्खलित भएर टिप्लिक्क भूइँमा खस्यो । ऊ लाचार भई दुई हात जोडेर केशियाको पाल्तु कुकुर भएर पछिपछि लाग्यो । भतिज पतिया भरङ्ग भयो । त्यो दृश्य समाजले लज्जाबोधसहित हेरिरहेको थियो । गोधुली साँझ, अधेरी रातमा परिणत हुँदैथियो । उसको मनले भनिरहेका थिए, ‘सबै आइमाईहरू यो आइमाईजस्ता हुँदैनन् भो ! अचाक्ली आइमाई ।’ कथाकार ‘अज्ञात’को टुकी उपन्यास प्रकाशित छ ।  

टीकापुर निडाइल बा कि जागल बा (थारु भासक कविटा)

टीकापुर निडाइल बा कि जागल बा (थारु भासक कविटा)

११२७ दिन अगाडि

|

२७ साउन २०७९

चुपचाप–चुपचाप करनिडिया राट बस्, कहुँ कुक्कुर भुँकट कहुँ गिडार अवाइट कहुँ जोग्नि डिया बारट कहुँ कन्फोर चिँगैरन बोलट टे, कहुँ डट्टावन गुजरि बोलट इहिसे ढेउर कुछ पटा नै हो टीकापुर निडाइल बा कि जागल बा ? कबो–कबो इहे डग्गर हुइटि हौका–बयाल, आँढि चलठ ओ घुघुवाइठ, रुखबरिखके पटिया हँगिया जसिक मनैनके जियामे निडाइल हिर्डक ढक्ढिउरा समुन्डरके डुम्मा उठेहस छल्कठ डुम १ डुम ११ बस्, टब्बे टब्बे लागठ टीकापुर निडाइल बा कि जागल बा ? जब–जब सावन भाडो लागठ लागठ, मनैनके जिया–जियामे सब–कुल सब सैलाफ १ मनो हेरो, उ सुडुर बस्टिमे घर–घरमे राह लागल जरके भुवक घुरौरा लागट ओ भुवक भौगर सिठमारमे सुटल मनो, कोइ खिट्कोर टे हेरे १ डेख लेहो, ठौंहिँ भौगरिक झर्सल मनुख डेँह  टब पुँछ्यो टीकापुर निडाइल बा कि जागल बा ? डन्कल आगिक लहरमे घोज–घोज, घोज–घोज रिझ्टिरहल रकट हेरो किट्टाइल भालम साम लगाइट कुर्हार–टेंगारि हुलट हँसिया–मुँडार कचोटट ओ हाँठक सिँक्रि टुरक लग झ्यालखाना भस्काइल लग हैँचिक टाना बल लगाइटा आब पुँछो  टीकापुर निडाइल बा कि जागल बा ? हेरो, झुराइल बगिया फुलाइट बुजा लागल मुँह बोलट नुँकल–छप्कल मनै कोचियक सागहस कपार उठाइट ओ बाँसक कर्लाहस कपार ठार्ह करट सुनसान, सुनसान घर–अँगनामे सजना मैना, झाल–कस्टार, मृडङ–मडरा बजट परडेस भागल डाडु–भैया गाउँ लौटट सडभावमे हाँठमे हाँठ मिलाइट ओ जियासे जिया भरट आब पुँछो टीकापुर निडाइल बा कि जागल बा ? थारू लेखक संघ नेपालसे ‘बरल टीकापुर’ साहित्य अभियान २०७९ अन्तर्गत रचल कविता ।