नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुने, तयारी पुरा

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुने, तयारी पुरा

३९० दिन अगाडि

|

२ भदौ २०८१

किन बढ्दै छ डोटेली भाषाको भाषिका ?

किन बढ्दै छ डोटेली भाषाको भाषिका ?

३९० दिन अगाडि

|

२ भदौ २०८१

किन बढ्दै छ डोटेली भाषाको भाषिका ? भन्ने विषयमा नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागबाट आयोजित मातृभाषा साहित्यको १३औ श्रृंखलामा बहस भएको छ । प्रत्येक महिनाको अन्तिम शुक्रवार गरिने श्रृंखलाअन्तर्गत साउन ३२ गते डोटेली साहित्यको वर्तमान अवस्थाबारे डा बद्री शर्मा विनाडीबाट प्रस्तुत कार्यपत्रको प्रस्तुतिको क्रममा उक्त बहस उठेको हो ।  डोटेली भाषाको विभिन्न भाषिकाको बढ्दो क्रम ठिक नरहेको धारणा राख्दै डा बद्री शर्मा विनाडीले भने, ‘हालै मात्र बैतडेली भाषाको समाचार भन्नलाई रेडियो नेपालले समाचारवाचक नै नियुक्त गरिसकेको खबर आएको छ । जबकि बैतडीका लेखकहरु डोटेली भाषामै कृति प्रकाशित गरिरहेका छन् ।’  डा शर्मा विनाडीले अगाडि भने, ‘त्यसो त म भाषाको नभई लोकसाहित्यको विद्यार्थी हो, यसमा तुलनात्मक अध्ययन जरुरी छ । बैतडेली, अछामी, बाजुरेली भाषा भनेर जिल्लापिच्छे भाषा आइरहेको छ । यी छुट्टै भाषा होइनन्, डोटेलीकै हाँगा हुन् । यसरी त पालिकापिच्छे भाषा आउने डर भो  ।’  कार्यक्रममा बुलु मुकारुङले आफू २०७२÷२०७३ मा डोटी एक वर्ष बसेर आएको संस्मरण गर्दै डोटेली भाषाको नाममा समाजलाई टुक्र्याउने दुष्प्रयास भइरहेको बताए । प्राज्ञिक व्यक्तित्वहरुबाटै समाजलाई विखण्डन गर्ने काम भइरहेको छ, उनले भने ।  कार्यक्रममा कवि शिवराम जैशीले अछामी भाषा तथा रमा खड्काले बाजुरेली भाषाको कविता वाचन गरेका थिए, जुन डोटेलीभन्दा खासै फरक थिएन । कवि जैशीले अछामी फिल्म पनि आएको तर भाषा अछामी नरहेको बताए । कार्यक्रममा मनबहादुर कुलुङले कुलुङ भाषाको कविता सुनाएका थिए भने कलाकार हिरण राईले रैथाने बाजा बिनायोदेखि पात बजाएर प्रस्तुति दिएका थिए । कुलपति भुपाल राई धेरै मातृभाषाको बारे चर्चा प्रज्ञामा पहिलो पटक हुन थालेको बताउँदै पहिले राज्यबाटै विभिन्न भाषालाई ओझेलमा राखिएको जिकिर गरे ।  साहित्य (मातृभाषा) विभागका प्रमुख राजन मुकारुङले भाषाको विविधता नेपालको सौन्दर्य भएको धारणा राख्दै राजनीतिले धर्म छिराएझैं अनेक भाषा पनि छिराउने बताए । राईहरुकै २४ देखि २६ भाषा छ, सघन भूगोलको आधारमा उनीहरु हाम्रो भाषा हो, भाषिका होइन भन्छन् । यहाँ राज्यबाट खस नेपालीको लागि अधिक लगानी, अरु मातृभाषालाई निकै कम रहेको उनको भनाई थियो ।  स्मरण रहोस्, जनगणनामै बैतडेली, अछामी, बाजुरेली भाषा प्रविष्ट भएको छ । हाल आएर गोरखापत्र नयाँ नेपाल भाषा पृष्ठमा पनि यी भाषाको प्रकाशन हुन थालेको छ । डा शर्मा विनाडीका अनुसार यी डोटेली भाषा नै हुन् । 

आजउरा प्रतिष्ठानसे थारु भासाके ३ ठो पोस्टा प्रकाशित 

आजउरा प्रतिष्ठानसे थारु भासाके ३ ठो पोस्टा प्रकाशित 

३९३ दिन अगाडि

|

३१ साउन २०८१

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, सानेपा, ललितपुरसे इ बरस (२०८१ सालमे) थारु भासाके ३ ठो पोस्टा प्रकाशित हुइल बा । प्रकाशित पोस्टामे भूमिका थारुके कविता संग्रह कहियासम अनागरिक, मानसिंह महतोके ललपुरीया थारुहरुको संस्कृति, भुलाई चौधरी, बुद्धसेन चौधरी ओ सियाराम चौधरीके प्रारिम्भक थारु ब्याकरणके पोस्टा निक्रल बा ।  मानसिंह महतोके ललपुरीया थारुहरुको संस्कृति पोस्टाके सिर्सक नेपाली भासामे बा । मने पोस्टा ललपुरिया थारु भासामे बा । प्रारिम्भक थारु ब्याकरण सप्तरी क्षेत्रके थारु भासामे बा । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसे परटेक बरस डस्याओर पोस्टा प्रकाशनके लग प्रोपोजल खुलठ । यम्ने स्रस्टालोग पाण्डुलिपि दर्ता कराइ सेक्ठा ।  प्रतिष्ठानके कोनो फेन प्रकाशन ओकर आफिससे सेंट्टिम मिलठ ।

ठुम्रार साहित्यिक बखेरीको १००औं भाग सम्पन्न

ठुम्रार साहित्यिक बखेरीको १००औं भाग सम्पन्न

३९७ दिन अगाडि

|

२७ साउन २०८१

प्रत्येक महिनाको अन्तिम शनिवार कीर्तिपुरमा आयोजना हुने ठुम्रार साहित्यिक बखेरीको १००औं भाग साउन २६ गते प्रज्ञा भवनको देवकोटा कक्षमा भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ । ‘हमार संस्कृत्ति, हमार स्वाभिमान, सक्कुजे मिल्के बचाई आपन बचाई आपन पहिचान’ भन्ने मूल नाराका साथ २०६९ साल माघदेखि सुरु भएको थारू साहित्य रचना वाचनको शृङ्खला ठुम्रार साहित्यिक बखेरीको १००औं भागमा ‘थारू कवितामा महिला हस्ताक्षर’ शीर्षकको कार्यपत्र पनि प्रस्तुत गरियो ।  उक्त कार्यपत्रमा भूमिका थारूले थारू भाषामा महिला कविता लेखनको स्थिति र सम्भावनाबारे उल्लेख गर्नुभएको थियोे । यस कार्यपत्रमाथि शान्ति चौधरीले टिप्पणी गर्दै थारू भाषासाहित्यको खोजअनुसन्धानमा थप जोड दिनुपर्ने बताउनु भएको थियोे । सहभागीका तर्फबाट पुरुषोतम चौधरी, नरेन्द्रकुमार चौधरी ,इन्दु थारू,प्रणव चौधरी ,सियाराम चौधरी र सन्तोषी चौधरीले जिज्ञासा तथा सुझाव राख्नुभएको थियोे । कार्यपत्र थारु कवियत्रीहरुले के विषयमा लेख्दैछन् भन्दा पनि कार्यपत्र तथ्याङ्मा अल्झिएको धेरैको टिप्पणी थियो । सहभागीका टिप्पणी र जिज्ञासालाई शान्त पार्दै प्रस्तोता भूमिका थारूले प्राप्त भएका सुझावका आधारमा आफूले कार्यपत्रलाई पूर्णता दिन कोसिस गर्ने बताउनु भएको थियोे । प्रज्ञा प्रतिष्ठान देवकोटा सभाकक्षमा आयोजित यस विमर्श कार्यक्रममा बर्दियाली थारू विकास मञ्च, चम्पन सांस्कृतिक समूह, बरघर रेस्टुरेन्ट, राष्ट्रिय थारू कलाकार मञ्च, निसराउ ग्रुप प्रालि, जेनस इन्टरनेसनल प्रालि, अग्रासन थारू महिला समूह, यूनिक थारू ग्रुप र न्यु जर्सी थारू कम्युनिटीलगायतका समाजिक सङ्घ संस्थाहरू समेत आयोजकका रूपमा रहेका थिए । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर बाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो टिमले प्रज्ञा सम्हालेपछि आदिवासी, जनजाति, भाषाभाषीका भाषालाई प्राथमिकता दिएको बताउँदै भन्नुभयो, ‘राष्ट्रिय कविता महोत्सवमा भाषिक रुपले कविहरुको उपस्थिति गराउँदा संख्या बढ्नुका साथै नेपाली बाहेकका विभिन्न भाषाभाषी नै टप टेनमा परेका छन् ।’ मातृभाषामै कविता लेख्ने कविहरु प्नि उम्दा भएको उहाँको भनाई थियो । संघीयताको कार्यान्वयनको क्रममा थारु समुदायबाट विद्रोह हुँदा तिनले ठूलो मूल्य चुकाउनु परेको स्मरण गर्दै उहाँले भन्नु भयो, मैले पनि टीकापुरबारे लेख, कविता लेखेर थारु समुदायप्रति सद्भाव जताएको छु ।  कार्यक्रममा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने बुद्धसेन चौधरी, मानबहादुर चौधरी पन्ना, सिताराम चौधरी, बलराम चौधरी र नन्दुराज चौधरीलाई प्रमुख अतिथि राईले कदरपत्र प्रदान गर्नुभएको थियोे । उहाँले संस्थागत योगदान पुर्याउने बर्दियाली थारू विकास मञ्च काठमाडौँ र न्यु जर्सी थारू कम्युनिटी संयुक्त राज्य अमेरिकालाई समेत कदरपत्र प्रदान गर्नु भएको थियोे । सम्मानित व्यक्तित्व सिताराम चौधरी र बुद्धसेन चौधरीले आआफ्नो मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा अरूण चौधरी ,गणेश वर्तमान ,प्रणव चौधरी, शिव चौधरी, मित्थु थारु, अर्णव चौधरी, सन्तोषी चौधरी, सीएन थारु, निरजबाबु चौधरी, प्रकृति पूजा, दोषहरण चौधरी, श्रीसन चौधरी, अविनाश चौधरी, शान्ति चौधरी, शत्रुघन चौधरी, भीमेश चौधरी, रामस्वागत चौधरी, उदयनारायण चौधरी, दिलबहादुर कुश्मी लगायतले कविता वाचन गर्नुभएको थियोे । कार्यक्रमका सभाध्यक्ष नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्यसमेत रहनु भएका तथा थारू लेखक सङ्घ नेपालका अध्यक्ष तथा ठुम्रार साहित्यिक बखेरीका संयोजक डा कृष्णराज सर्वहारीले वाचित रचनाको दस्तावेजीकरण गरिनुपर्ने कुरामा जोड दिँदै धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गर्नुभएको थियोे । कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै थारू लेखक सङ्घका नन्दुराज चौधरीले ठुम्रार साहित्यिक बखेरी सुरु गरेको १२ वर्षपछि प्रज्ञाको सहकार्यमा प्रज्ञामा कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गर्दै स्वागत मनतव्य राख्नु भएको थियोे । कार्यक्रमको सञ्चालन यस सङ्घका आजीवन सदस्य शत्रुघन चौधरीले गर्नुभएको थियोे ।

सुरेश ढकालको ‘इतिहासअघिको इतिहास’ लोकार्पण

सुरेश ढकालको ‘इतिहासअघिको इतिहास’ लोकार्पण

४०५ दिन अगाडि

|

१९ साउन २०८१

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्राध्यापनरत सुरेश ढकालको  ‘इतिहासअघिको इतिहास’ पुस्तक शुक्रवार साउन १८ गते सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा लेखक ढकालसहित अध्येताहरु अनुभव अजित, कैलाश राई, सञ्जय शर्मा, सविन निङलेखुले  संयुक्त रुपमा पुस्तक लोकार्पण गरे । कार्यक्रममा अनुभव अजीतले  ‘इतिहासअघिको इतिहास’ पुस्तक संग्रहणीय भए पनि कठिन पारिभाषिक शब्दावलीले बुझ्न केही कठिन भएको बताए । उनले अर्को संस्करणमा सरल भाषामा लेख्न सुझाए । कैलाश राईले पुस्तकले रोचक शैलीमा प्रागैतिहासिक कालको समय र मान्छेको कथा बुझाउने जिकिर गरिन्। सञ्जय शर्माले पुस्तकले आगोको आविष्कारदेखि पाङ्ग्राको आविष्कारसम्मको इतिहास र इतिहासको राजनीतिमाथि गम्भीर विमर्श गर्ने उल्लेख गरे ।   कार्यक्रमको सहजीकरण गरेका सविन निङलेखुले नेपाली सभ्यता र प्रागैतिहासिक काल बुझ्न .पुस्तक विशिष्ट सन्दर्भ सामग्री बन्न सक्ने बिचार राखे । यस्तै, आफ्नो  ‘इतिहासअघिको इतिहास’ पुस्तक सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त रहेको लेखक ढकालले बताए । उनले अर्को वर्ष यसभन्दा अझ खँदिलो पुस्तक लिएर आउने वाचा गरे । यो पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो । पुस्तकको मोल ५९९ रुपैया रहेको छ ।

ठुम्रारके १००औं साहित्यिक श्रृंखला प्रज्ञामे हुइना

ठुम्रारके १००औं साहित्यिक श्रृंखला प्रज्ञामे हुइना

४०९ दिन अगाडि

|

१५ साउन २०८१

            ठुम्रार साहित्यिक बखेरीके ९९औं साहित्यिक श्रृंखलामे साहित्यकार मानबहादुर पन्नाहे स्वागत कैटि डा सर्वहारी, साथमे नन्दुराज चौधरी । ठुम्रार साहित्यिक बखेरीके १००औं साहित्यिक श्रृंखला नेपाल प्रज्ञा प्रतिष्ठानके देवकोटा सभाहलमे हुइना बा ।  अइना साउन २६ गते दिनके १ बजे १००औं साहित्यिक श्रृंखला हुइना जानकारी श्रृंखलाके संयोजक थारु लेखक नेपाल संघ नेपालके केन्द्रीय अध्यक्ष डा कृष्णराज सर्वहारी डेलाँ । प्रज्ञा प्रतिष्ठान लगायत मेरमेरिक थारु संघसंस्थाके सहकार्यमे हुइना कार्यक्रमके लग कविता पठैना अर्जि कइगइल बा । १००औं साहित्यिक श्रृंखलाहे भव्य बनाइक लग डा कृष्णराज सर्वहारीके संयोजकत्वमे मूल तयारी समिति बना गइल बा । जेम्ने नन्दुराज चौधरीके संयोजनमे आर्थिक, शत्रुघन चौधरीके संयोजनमे प्रचारप्रसार, सिताराम चौधरीके संयोजनमे मञ्च व्यवस्थापनलगायट समिति बना गइल बा ।  इहिसे पहिले साहित्यकार मानबहादुर चौधरी पन्नाके बरका पुहनाइमे ठुम्रार साहित्यिक बखेरीके ९९औं साहित्यिक श्रृंखला असार २९ गटे सनिच्चरके कीर्तिपुर, पाँगास्थित बरघर रेस्टुरण्टमे निम्जल रहे ।  २०६९ साल माघ महिनासे डा सर्वहारीके नयाँबजार, कीर्तिपुरके डेराके छतसे ठुम्रार साहित्यिक बखेरी सुरु हुइलक हो । पाछे त्रिवि परिसरके बालकुमारी खाजा घर हुइटि हाल कीर्तिपुर, पाँगास्थित बरघर रेस्टुरण्टमे महिनक अन्तिम शनिच्चरके बिहानके कार्यक्रम नियमित बा । कोरोना अवधिमे कार्यक्रम बन्द रहे । बखेरीमे वाचन कइगइल रचना ‘परगा’के रुपमे पोस्टा निकार गइल बा । स्मरण रहे, थारु भसा साहित्य केन्द्रसे हरेक महिनक पहिल शनिच्चरके दिनके ललितपुर, कुपण्डोलस्थित नाइटिंगेल स्कूलमे थारु साहित्यके रचना वाचन बसघरा हुइठ । २०८१ असारसम यकर ७२ भाग निम्जल बा ।  

रोदी गुरुङको कि मगरको ?

रोदी गुरुङको कि मगरको ?

४०९ दिन अगाडि

|

१५ साउन २०८१

बलबहादुर घर्तीमगर रुकुमूर्वको तकसेरा र आसपासका गाउँमा सुटिङ भएको घरज्वाइँ चलचित्र यतिखेर नेपाल र नेपाल बाहिरका फिल्म हलमा प्रदर्शन भैरहेको छ। अनिल बुढामगरको कथा र निर्देशन तथा जनक घर्तीमगरको निर्माण रहेको यो चलचित्र मगर आदिवासी समुदायको मौलिक कथामा आधारित छ । समुदायको प्रथाजनित अभ्यासको प्रधानतामा पात्रहरुले नेपाली मुलधारे सामाजिक मूल्यभन्दा फरक पृष्ठमा रहेर जीवन्त अभिनय प्रदर्शन गरेका छन् । चलचित्रमा तकसेराको मगर समुदायको सामाजिक सम्बन्ध, आर्थिक गतिविध, सांस्कृतिक जीवन र राजनैतिक शक्ति सम्बन्धको विविध आयामहरु प्रस्तुत गरिएको छ । चलचित्रको मूल कथा चाहीँ मगरशैलीको प्रेमकथा हो । घरज्वाइँ मार्फत् मगर समुदायको कथा नेपाली सिनेक्षेत्रको मूलधारमा प्रवाहीकरण हुँदै गर्दा चिलचित्रमाथि तमु धीँ नेपालले गुरुङ समुदायको रोदी प्रथाको दुरुपयोग गरेको आरोप लगाएको छ । चलचित्रको संवाद र दृश्य सच्याउन विज्ञप्ती निकाल्दै चलचित्र जाँच समितिमा समेत उजुरी दिएको छ । तमु धीँ नेपालले आपत्ति जनाउँदै पोखराका केही चलचित्र हलमा घरज्वाइँ प्रदर्शन गर्न अनिश्चितकालका लागि बन्द गरेको छ । यता नेपाल मगर संघ, मगर लेखक संघ, अठार मगरात मगर कलाकार संघ लगायतका मगर समुदायका संघ–संस्थाबाट रोदी मगर र गुरुङ समुदायको साझा संस्था हो भन्दै प्रतिकृयात्मक विज्ञप्ती निकालेका छन् । गण्डकी क्षेत्रको गुरुङको रोदी तकसेराको मगर गाउँमा प्रयोग भएकै हो त ? सार्वजनिक रुपमा सवाल उठेपछि दर्शकको आँखाबाट यसलाई केलाउने कोशिस गरेको छु । घरज्वाइँ र मगर संस्कृतिको तादम्यता : घरज्वाइँ फिक्सन चलचित्र भएपनि मगर मौलिक संस्कृति अभिव्यक्त भएको छ । रोल्पा र रुकुमका ग्रामिण क्षेत्रमा महिलाहरु अल्लो, भाङ्गो, भेडाको ऊन लगायतको धागो काटेर हिंडेको देख्न सकिन्छ । हातले काम गर्नुपर्ने अवस्था बाहेक हरेक क्षण महिलाहरुको हात खाली हुँदैन । गोठालो जाँदा, मेला जाँदा, घरमा बस्दा, कसैसँग गफिँदा, समाज भेला हुँदा टाकु चलाइरहेका हुन्छन् । धागो काट्नु ग्रामिण महिलाहरुको आर्थिक जीवनको महत्वपूर्ण पाटो हो । महिलाहरु धागोबाट कम्बल, बोल्ला, झोला जस्ता बस्तु घरमै उत्पादन गर्न सक्छन् । धागो गाउँ मै पनि विक्री गर्न सक्छन् अथवा बाहिर पनि बेच्न सक्छन् । यीनका बजार ठमेल, पोखरा, दाङ, बुटवल लगायतका सहरी क्षेत्र हुन् । छोरीहरुको पेवा प्रथा मगर समुदायमा महिलाको आर्थिक सशक्तिकरणको महत्वपूर्ण पाटो हो । यसले छोरीहरुको उमेर विकाससँगै आर्थिक सबलीकरण हुँदै जान्छ । यसमा उनीहरुले घरायशी जिम्मेवारीको अतिरिक्त समयमा पेवा वृध्दिको लागि अर्थोपार्जनमा संलग्न हुन्छन् । दिदी बहिनी तथा साथीहरुबीच मै पेवा वृद्धिको प्रतिष्पर्धा हुन्छ । यसले उनीहरुलाई तुरुन्त नगद आय हुने धागो काट्ने काममा उत्प्रेरित गरिराख्छ । विद्यालय शिक्षा प्रणालीले छोरीहरुको संलग्नता केही घटाएपनि उत्तरी रोल्पा, रुकुमपूर्व र पश्चिम बाग्लुङको ग्रामिण छोरीहरुको जीवनमा धागो काट्नु र तान बुन्नु आज पनि आम आर्थिक संस्कृतिकै रुपमा जीवित छ । हलो जोत्नु, डोको बुन्नु, सिकार खेल्नु, लाहुर जानु लगायतका काम आजपनि रोल्पा रुकुमका पुरुषहरुको आर्थिक जीवनका महत्वपूर्ण पहेलु हुन् । चलचित्रमा यी कुराहरुलाई प्रतिविम्बित गरेको देखियो । फिक्सन चलचित्रले मगर बस्तीको जीवन्त प्रस्तुति उत्कृष्ट तरिकाले पर्दामा उतारेको पाउन सकिन्छ । यति भनिरहँदा भाषामा तकाली लवज भने छुटेको महसुस भएको छ । धापा चुङ्न्या मगर परम्परालाई चलचित्रमा दुरुस्तै प्रस्तुत गरिएको छ । यसमा मगर दर्शकको आँखाले हेर्दा आफै त्यहाँ उपस्थित भएको महसुस हुन्छ । सोरोको बुवा मैते रमाले आफ्नो जवानीमा धापा चुङको स्मरण बडो मज्जासँग सुनाउँछ । सुनेर सोरो मुसुक्क मुस्काउँछ । रोदी प्रथा र धापा चुङ्न्या : वि.सं २०१५–२० सालसम्म रोल्पा र रुकुमका गाउँमा रोदी प्रथा अस्तित्वमा रहेको भूमे गाउँपालिका रुकुमपूर्वका तिलक रोकामगरले बताए । रोल्पा रुकुमको रोदी भने गण्डकी क्षेत्रको गुरुङ र मगरको रोदी भन्दा भिन्न रुपमा अभ्यासमा थियो । रोल्पा रुकुममा प्रचलित रोदीको नामाकरण मगर खामको ‘रो’ र ‘दी’ शब्दहरुको समासबाट निर्माण भएको हो । रो भनेको कुराकानी र दी ले ‘हो’ जनाउँछ । ‘दी’ को भावार्थ निश्चित गर्नु हो । जस्तो झिम दी.घर हो, भै दी.खोला हो, नम दी. आकाश हो, रोदी. कुराकानी हो आदि । पहिले पहिले गाउँमा रोदी धान्या अर्थात् रोदी गर्ने भनिन्थ्यो । खासगरी मकै बालीको फसल उठाइसकेपछि, हिउँदे बाली जहुँगहुँ भित्र्याइसकेपछि तथा विभिन्न पर्वहरुको जोख पारेर रोदी गर्ने प्रचलन थियो । रोदी गर्दा गाउँको मुखियाबाट पूर्वस्वीकृत लिनुपथ्र्यो । रोदीमा विवाद तथा अन्य समस्या आएमा मुखियाले नै सुल्झाउनुपर्ने हुँदा मुखियाको अग्रिम स्वीकृति आवश्यक पथ्र्यो । रोदीको स्थायी स्थान हुँदैन थियो । गाउँको ठूलो घर वा खाली घरमा रोदी गरिन्थ्यो । रोदीमा बुढापाका, युवायुवती र केटाकेटी सबै भेला हुन्थे । रोदी गर्दा साकासिलू सुनाउने, गीत गाउने, नाच्ने र हाँसो ठट्टा गर्ने गरिन्थ्यो । रोदीमा मिलेसम्म केटाकेटीको विहेको कुरा पनि छिनाएर निश्चित गर्ने गरेको तिलक रोकामगरले आफ्नो बुवाबाट सुनेको बताए । रोदी गर्दा विभिन्न व्यक्तिका साहसिक कथा, गाउँको गौरवका विषय, समुदायको इतिहास तथा मिथकहरु सुन्ने सुनाउने गरिन्थ्यो । यी कथाहरु लस्के भाका तथा झाम्रे लयमा समेत प्रस्तुत गर्ने गरिन्थ्यो । रनवन तथा गोठालो जाँदा गाउनेले रोदीमा गाउन सकेन भने तन्त्रका माध्यमले फुकाउने गरिन्थ्यो । यसले पुराना पुस्ताबाट नयाँ पुस्तामा सूचना र ज्ञान हस्तान्तरण हुन्थ्यो । रोदी खासगरी कुरा सुन्ने सुनाउने र बाली भित्र्याएको निश्चित गर्ने सामुहिक विधि हो । हाल यो प्रथा रोल्पा रुकुमका मगर समुदायबाट पूर्णरुपमा लोप भैसकेको छ । धापा चुङ्न्या परम्परा खासगरी  Collective Dating  हो । रोल्पाका मगर खाम साहित्यकार र मगर संस्कृतिका अध्ययता जीवन प्रवेश रोकामगरका अनुसार धापा चुङ्न्या सामुहिक रुपमा केटीहरु भेला हुने ठाउँमा केटाहरु मादल र बाँसुरी बोकेर पुग्छन् । सबै मिलेर नाचगान गर्ने, ठट्टा गर्ने, दोहोरी गाउने गर्छन् । यो केटाकेटीहरु बीच चिनजान, एकले अर्कालाई बुझ्ने र मन मिलेपछि विवाह पनि गर्ने प्रकृया हो । धापा चुङ्न्या रोदी जस्तो एकै गाउँभित्र सीमित हुँदैन ‍। युवाहरु एक गाउँबाट अर्को गाउँ जानुपर्छ । यो सामुहिक र सार्वजनिक बसाई हुने भएकोले यहाँ करणीलाई स्थान दिइँदैन । घरज्वाइँमा पनि सोरोको समूह तकसेराबाट धापा बस्न बाछीगाउँ जान्छ । यो प्रथा पनि वि.सं २०५४–५५ देखि देशको राजनैतिक परिस्थितिसँगै लोप भैसकेको छ । दृश्यमा युवतीहरुले ऊन कातिरहेको दृश्य देखिन्छ । धागो काट्नु र तान बुन्नु बाछीगाउँलेनी महिलाहरुको आज पनि दिनचर्या हो । युवतीहरु पेवा वृद्धिका लागि आजपनि भेला भएर धागो कात्ने परम्परा छ । गाउँमा साँझ अबेलासम्म धागो काटेर बस्नु आम महिलाहरुको दैनिकी हो । फिक्सन चलचित्रमा देखाइएको भएपनि यो नक्कल नभएर मगर समुदायका महिलाहरुको यथार्थ हो । एउटै घरमा लस्करै केटाकेटीहरु सुतिरहेको दृश्यलाई केहीले आपत्तिजनक रुपमा हेरेको देखियो । यो खासमा दृष्टि भ्रम हो । मगर समुदायमा परापूर्वकालदेखि प्रचलित घरको आर्किटेक्ट र मगरको आफ्नै नैतिक नियमनलाई नबुझी बाह्य आँखाले हेर्नु हो । मगर समुदायको घरको परम्परागत इन्टेरियर आर्किटेक्टमा घूर, चुल्हो र पटाहा मुख्य ३ भाग हुन्छन् । यी ३ भागको आ–आफ्नै महत्व र अर्थ छ । विभागीय रुपमा स्थान तोकिए पनि अहिलेको आधुनिक घर जस्तो पार्टिसन गरिएको हुँदैन । घरको भित्री भाग हल जस्तै खुला हुन्छ । भेला भएका युवायुवतीहरु विभिन्न नाता सम्बन्धले जोडिएका हुन्छन् । सबै नाता सम्बन्ध ठट्यौली सम्बन्ध हुँदैन । आपसमा मर्यादित नाता सम्बन्ध पनि हुन्छ । त्यहाँ घरमूली पनि सँगै हुन्छन् । साइनो मिले वा मन मिलेपछि केटाले केटी भगाएर लैजान सक्छ तर सँगै हलमा सुतेकै आधारमा अनैतिक सम्बन्ध भैहाल्ने विचार आउनु मानसिक विकृति हो । धापा चुङ्न्या  Collective Dating  भएकोले हरेक व्यवहार सार्वजनिक र पारदर्शी हुन्छ । धापा चुङ्न्या परम्परालाई किन रोदी भनेर संवादमा राखियो भन्ने प्रश्नमा निर्देशक अनिल बुढामगरको जवाफ छ, ‘सोरो भर्खरै सहरबाट पढेर तकसेरा फर्केको हुन्छ । उसले धापा चुङ्न्या अभ्यास जानेको हुँदैन । उसलाई तकसेरा गाउँको जीवनसँग अभ्यष्ट बनाउनु पर्नेछ । पाइन्ट र सर्ट पहिरिएको सोरोलाई क्रमशः मगरको छड्केमा अभ्यष्त बनाइन्छ । त्यसरी नै सहरको रोदी साँझ बुझेको सोरोलाई अभ्यष्त बनाउन आमरुपमा बुझिने शब्द रोदी प्रयोग गरिएको हो । यसमा गण्डकीको गुरुङको रोदीको नक्कल गरिएको छैन । शुद्ध बाछीगाउँको चलन उतारिएको हो । यो नेपाली भाषाको चलचित्र भएको हुँदा सकेसम्म सबैले बुझ्न सजिलो हुने शब्द प्रयोग गरिएको मात्र हो ।’ रोदी सबैले बुझ्ने आम नेपाली शब्द बनिसकेको छ । रोदीको व्यवसायिक भर्सन दोहोरी साँझ भनेर सबैले बुझेकै छन् । यसैको पृष्ठमा अहिले सयौँको संख्यामा सहरी क्षेत्रमा रात्री व्यवसायी चलिरहेका छन् । यस अवस्थामा एउटा फिक्सन चलचित्रले आफ्नो पात्रलाई कथाको लयमा जोड्न राखेको संवाद यति आपत्तिजनक हुनु नपर्ने हो । हिन्दु धार्मिक दर्शनले निर्दिष्ट गरेको स्त्री र यौनको मानकको मनोवैज्ञानिक सोचबाट ग्रस्त पूर्वाग्रही सवाल व्यक्त भएजस्तो लाग्यो । जसको जगमा गण्डकीका गुरुङ र मगर गाउँको रोदीलाई अनैतिक स्थलको ट्याग लगाएर सखाप पारियो । जबकी क्रसकजिन म्यारिजको प्रथाजनित प्रणालीको नैतिक बन्धनमा बाँधिएको समुदायमा यो प्रश्न कहाँबाट घुस्यो ? यसले मलाई गण्डकी क्षेत्रको रोदीको इतिहास, उत्पत्ति र समाजशास्त्रीय सान्दर्भिकताको खोजी गर्ने हुट्हुटी जगाइदियो । गण्डकी क्षेत्रको रोदी र रोधीको सन्दर्भ : D.A. Messerchmidt, A. Macfarlane, डोरबहादुर विष्ट र सरोज पन्त लगायतका अध्ययताले गुरुङ समुदायको अध्ययनमा ‘रोधी’ शब्दको प्रयोग गरेका छन् । यस्तै नेपाली वृहद शब्दकोषमा गुरुङ समुदायसँग जोडेर रोधी शब्द प्रयोग भएको पाइएको छ ।  Ellen Andors को सन् १९७६ मा INAs मा प्रकाशित Rodighar and It’s Role in Gurung Society नामक पुस्तकमा भने ‘रोदी’ शब्द प्रयोग भएको छ ।  Jhon T. Hitchcock  को सन् १९६६ मा प्रकाशित उनको पुस्तक  Jhon T. Hitchcock पनि ‘रोदी’ शब्द प्रयोग गरेका छन् । त्रिभुवन विश्वविध्यालयका उपकुलपति प्रा.डा केशरजङ्ग बरालमगरले पाल्पा, स्याङ्जा र तनहुँका मगरहरुको संस्कृति नामक पुस्तकमा रोदी शब्दको प्रयोग गरेका छन् । यस्तै रोदी र कौरा नाच नामक पुस्तकका लेखक तनहुँबासी दानबहादुर आलेमगरले पनि ‘रोदी’ शब्द प्रयोग गरेका छन् । अवधारणात्मक र समाजशास्त्रीय कार्यात्मक दृष्टिले मगर र गुरुङ समुदायमा रोदी र रोधीको एकै खालको भूमिका छ । नामाकरणको सन्दर्भमा मगर र गुरुङले आ–आफ्नो दावी पेश गरेको देखिन्छ । दुवै समुदायमा आ–आफ्नो भाषाले निर्माण गरेको समास र विग्रहको स्वतन्त्र व्याख्याका आधारमा यी शब्दहरु परिभाषित छन् । बोलीचालीमा रोदी भन्ने गरिए पनि लेखनमा मगर समुदायमा ‘रोदी’ र गुरुङ समुदायमा ‘रोधी’ शब्दको प्रयोग गरेको पाइएको छ । लेखन अभ्यास नभएको भए दुवै समुदायले रोदी नै भन्थे होलान् । गण्डकी क्षेत्रका मगर र गुरुङ समुदायमा रोदी अथवा रोधीको नाम, उत्पत्ति र इतिहासको आ–आफ्नै दृष्टिकोण छ । मगर समुदायको दृष्टिकोण : गण्डकी क्षेत्रका मगर समुदायमा रोदी शब्द रुङ् र दी बाट बनेको भनिएको छ । यसमा रुङ् भनेको कुर्नु र दी भनेको पानी हो । यसको सामान्य अर्थ पानी कुर्नु हो । रोदीको खोजकर्ता दानबहादुर आलेमगरका अनुसार रोदीको उत्पत्ति तनहुँको रिसिङमा भएको दावी गरेका छन् । उनका अनुसार रोदी र कौरा अन्योन्याश्रित रुपमा एकै स्थान र परिस्थितिमा उत्पत्ति र विकास भएका हुन् । उहिल्यै रिसिङमा बसन्त र गर्मी याममा खानेपानीको निकै अभाव हुन्थ्यो । मानिसहरु पानी भर्न पँधेरामा लाइन लाग्नु पथ्र्यो । राती पानी बढी जम्मा हुने हुँदा युवायुवतीहरु राती पानी भर्न पधेँरामा भेला हुन्थे । पानी भर्न भेला भएकाहरु बसीबियाँलो गर्न खाली भाँडा ठटाउँदै नाच्ने गर्थे । यसरी खाली भाँडा ठटाउँदै नाच्दा नाच्दै कौरा नाचको विकास भएको विश्वास छ । पछि यसलाई थप परिमार्जन गरियो । यो नाच वि.सं १९२० तिर तनहुँ जिल्लाको दक्षिण भिर्कोट दुबुङ नरम छेरङ्ग जामडाँडा लगायतको क्षेत्रका मगर समुदायमा समृद्ध भैसकेको खड्क आलेमगरले साँस्कृतिक अगुवा चिरन्जीवी आले र गौरीमा आलेलाई उदृत गर्दै कौरा नाचबारे लेखमा उल्लेख गरेका छन् । सोही समयमा पानी भर्न जानेहरु रातभरी बस्नु पर्ने हुन्थ्यो । राती शीत पर्छ भनेर पधेँराको छेउँमा टहरो बनाएर बस्थे । टहरो बनाएर पानी भर्न पालो कुर्थे । पानीको पालो कुर्नेलाई मगर भाषामा रुङ् दी भनिन्छ । टहरोमा बसेर पालो कुर्ने भएकोले त्यो टहरोलाई रुङ्दी र पछि रोदी भनिएको हो । केही समयपछि रोदी गाउँतिर सर्यो । मगर गाउँमा आजभोलि पनि टहरो निर्माण गरी रोदी बनाउने चलन छ ।  Hitchcock ले सन् १९६६ मा बन्यान हिलमा ३ वटा रोदी रहेको लेखेका छन् । रोदीलाई हस्तकला र फूलले सजाएर आकर्षक पारिन्छ । पाको महिलाको संरक्षणमा रोदी संचालन हुने दानबहादुर आलेमगरले बताउनु भयो । उहिले युवतीहरुले रोदीमा हटेउरी बाट्ने, कपासको धागो कात्ने गर्थे । यस्तै युवाहरुले चोयाँ कात्ने गर्थे । रोदीमा सहभागी हुँदा साइनो लाएर मात्र बोल्न पाइने नियम हुन्थ्यो । केटाकेटीलाई मर्यादा सिकाइन्थ्यो । गाउँमा पर्मको सल्लाह रोदी मै हुन्थ्यो । कौरा नाच रोदीमा अनिवार्य हुन्थ्यो । रोदीमा युवा र युवतीले विभिन्न भाकामा दोहोरी गीत गाउने गर्थे । प्राध्यापक डा. केशरजंग बरालमगरले पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरुको संस्कृति नामक पुस्तकमा रोदीको बारेमा लेखेका छन् । मगर ठिटाठिटीहरु रोदीमै चिनापर्चि हुन्छन् । उनीहरुको प्रेम रोदीमा बस्ने र विवाह पनि हुने उल्लेख गरेका छन् । केटाहरु विवाह अघि र पछि समेत रोदी बस्छन् भने केटीहरु विवाहपछि रोदी बस्दैनन् । डा. मिन श्रीसका अनुसार रोदी गण्डकी क्षेत्रका मगर र गुरुङ समुदायमा समान ढंगले अभ्यासमा रहेको परम्परागत संस्था हो । रोदीमा गुरुङ र मगरले आ आफ्नो सामुदायिक आवश्यकताका आधारमा विविधकरण गरेपनि यो साझा अमूर्त संस्कृति हो भनेका छन् । यस्तै प्राज्ञ डा. विष्णु सिंजालीका अनुसार यो मगर समुदायको प्रथाजनिक संस्था हो जो समुदायको गन्यमान्य परिवारले संचालन, नियमन र नियन्त्रण गर्दछ । रोदी विधिविधान अनुसार मगर समुदायमा संचालन हुन्छ । गाउँमा विद्यालय शिक्षा शुरु हुनुभन्दा पहिले रोदी सामुदायक प्रशिक्षण केन्द्रको रुपमा थियो । गाउँ खानेकथा, चकटी बुन्ने, गीत गाउने, नाच्ने रोदीमै सिकाइन्थ्यो । नाच्न नजान्नेलाई नाच सिकाउने तथा गाउन नजान्नेलाई गाउन सिकाइन्थ्यो । यहाँ विभिन्न जीवन उपयोगी शीप नयाँ पुस्तालाई हस्तान्तरण गरिन्थ्यो । रोदी नयाँ पुस्तालाई साइनो सम्बन्ध चिनाउने र अभ्यास गराउने थलोको रुपमा लिइन्थ्यो । माथिका तथ्यबाट भन्न सकिन्छ, मगर रोदीमा आर्थिक क्रियाकलाप, नाता जोडेर मर्यादा सिकाउने, नाचगान तथा सामुहिक श्रमको योजना लगायतका सामाजिकीकरण र मनोरञ्जनात्मक क्रियाकलाप हुने गर्दछन् । गुरुङ समुदायको दृष्टिकोण : गुरुङ समुदायमा ‘रो’ र ‘धी’ बाट रोधी बनेको विश्वास गरिन्छ । ‘रा’ को अर्थ कतै सुत्नु र कतै बुन्नु भनेर अथ्र्याइएको छ । यस्तै ‘धी’ भनेको गुरुङ भाषामा घर हो । रोधीले सुत्ने अथवा बुन्ने घर भन्ने अर्थ लाग्छ । सुत्ने घर भनेर अर्थ लगाउनेहरुले रोधीलाई सिकारी युगसँग जोडेका छन्, उहिल्यै उमेर पुगेका जवानहरु सिकार खेल्न जान्थे । जंगली जनावरको आक्रमणबाट बच्न बृद्धबृद्ध, बालबालिका र महिलाहरु गाउँको बीचको ठूलो घरमा जम्मा भएर सुत्थे । जम्मा भएर सुत्ने घरलाई रोधी भनियो । यस्तै पशुपालनसँग जोडेर ब्याख्या गर्नेहरुको भनाई अनुसार, गुरुङ समुदायको मुख्य पेशा भेडा पालन हो । राडीपाखी बुन्ने काम रोधीमा गरिने भएकोले बुन्ने घर भनेर रोधी भनिएको विश्वास छ भनी रोधी डिजिटलले प्रकाशित गरेको छ । गुरुङ समुदायले रोधी प्रथालाई आफ्नो प्रथाजनित संस्थाको रुपमा दावी गर्दै आएको छ । Ellen Andors ले सन् १९७६ मा लमजुङका गुरुङ समुदायमा प्रचलित रोदी प्रथाको बारेमा अध्ययन गरेका थिए । उनले समान किसिमको नाम र अवधारणा भएको रोदी संस्था गुरुङका अलावा मगर समुदायमा पनि रहेको उल्लेख गरेका छन् । उनले रोदीलाई रात्रीकालिन सामाजिक भेला हुने स्थान भनेका छन् भने यसलाई अर्धस्थायी छात्राबास भनेका छन् जहाँ गाउँका केटाकेटीहरु जमघट भएर गीत गाउने, कुराकानी गर्ने र हाँसो ठट्टा गर्ने गर्दछन् । रोधीमा युवा युवतीको समूह अलग अलग हुन्छ । यो समूहलाई रोप्स्यो भनिन्छ । उमेर अनुसारको रोप्स्यो समूहहरु रोधीमा हुन्छन् । केटाले स्थापना गरेको रोधीमा केटी र केटीले स्थापना गरेको रोधीमा केटाहरु जाँदा कोशेली लगेर जानुपर्छ । रोधीमा रोप्स्यो नाइके वा गन्यमान्य बोलाएर धीँम्ए रीँम्ए, थीँम्ए म्हम्ए गरेर साइनो लगाइन्छ भनेर रोधी डिजिटलले विस्तृत रुपमा प्रस्तुत गरेको छ । रोधीमा बुन्ने, तुन्ने र ऊनचलनको कामसँगै मकै छोड्याउने तथा भोलिको मेला कस्को गर्ने भन्ने सल्लाह हुने गर्छ । रोधी घर गुरुङ समुदायमा कम्युनको रुपमा अभ्यास हुने र व्यवहारिक पाठशालाको रुपमा लिइने मादी गाउँपालिकाका श्याम गुरुङलाई उदृढ गर्दै सौगात पोखरेलले रातोपाटीमा एक लेख प्रकाशित गरेका छन् । रोधीमा घाटु लगायतका नाच, दोहोरी गीत प्रस्तुत गरी मनोरञ्जन गर्ने गरिन्छ । पछिल्लो पटक सरोज पन्तले घान्द्रुकका गुरुङ समुदायमा रोधी प्रथाको अवस्था बारे अध्ययन गरेका छन् । रोधी प्रथा गुरुङ समुदायबाट कसरी र किन लोप भैरहेको छ भन्ने बारे अध्ययन गरेका छन् । हिन्दुकरण, वर्तमान आधुनिक शिक्षा, मनोरञ्जनका अन्य साधनहरुको पर्याप्तता तथा बसाईसराईलाई रोधी लोप हुनुको मुख्य कारण मानेका छन् । यसरी गण्डकीको मगर समुदायले बुझ्ने रोदी टहरो हो जो पानीको प्याससँगै पधेँरामा जन्मियो । पछि मगर गाउँमा हुर्कियो अनि विभिन्न ठाउँमा विस्तार हुँदै गयो । यस्तै गुरुङले बुझ्ने रोधी भनेको घर हो जहाँ सुत्ने वा बुन्ने गरिन्छ । मगर र गुरुङका रोदीको प्रकृयागत भिन्नता भएपनि दुवै समुदायको समाजशास्त्रीय प्रकार्य उस्तै छ । दुवै समुदायका रोदी अथवा रोधीमा युवायुवतीको भेट हुने र नाचगान गरी रमाइलो गर्ने, सामाजिक अन्तरकृया गर्ने, शीप सिक्ने, मर्यादा सिक्ने र सामुहिक श्रम अभ्यासको योजना बन्ने गर्दछ । अवधारणात्मक हिसाबले रोदी र रोधी एकै खाले आदिवासी प्रथाजनित संस्था हो भन्न सकिन्छ । रोदी वा रोधी कसको ? रोदी सबैको साझा हो । गुरुङले मात्र होइन मगरले पनि यसलाई प्रथाजनित संस्थाको रुपमा अभ्यास गरेको माथिका तथ्यहरुबाट देखिन्छ । रोदीमा कौरा, घाटु, सोरथी, झाम्रे लगायतका मौसमी र बाह्रमासे नाच नचाउने चलन गुरुङ मगर दुवै समुदायमा पाइन्छ । विभिन्न भाकामा केटाकेटी बीच दोहोरी गीत गाउने चलन दुवैमा पाइएको छ । आज गण्डकी क्षेत्रको मगर गुरुङका धेरै संस्कृतिहरु साझा छन् । संस्कृति अंशवण्डा गरेर गर्न सकिने चिज होइन । घलेक, चोली, पटुकी र गुनियो दुवै समुदायको हो । खानकी दुवै समुदायमा उस्तै छ । घरको प्राचीन आर्किटेक्ट उस्तै उस्तै छ । डा. मिन श्रीसका अनुसार गण्डकी क्षेत्रका मगर र गुरुङका धेरै कुरा मिल्छन् । फरक भनेको भाषा र केही संस्कार मात्र हो । यस्तै मगरको म्यात्रील्याटरल क्रसकजिन म्यारिज हो भने गुरुङको बाइल्याटरल क्रसकजिन म्यारिज हो । यसले मगरको रोदीमा मामा भान्जीको ठट्यौली साइनो निर्माण गर्दछ भने गुरुङको रोधीमा सोल्टी सोल्टिनाको । गुरुङको संस्कृतिमा तिब्बती प्रभाव र मगरको संस्कृतिमा हिन्दु संस्कृतिको प्रभाव देखिएपनि यी दुवै समुदायको मिलन विन्दु भने गण्डकी क्षेत्रमा विकास भएको सभ्यता र संस्कृति हो । रोदीलाई गुरुङ र मगरले आ आफ्नै दृष्टिकोणमा हेरेको भएपनि दुवैले यसलाई सामाजिकीकरण हुने प्रथाजनित संस्थाको रुपमा अभ्यास गरेको पाइन्छ । यो एकै स्थानबाट उत्पत्र् िभएर अन्यत्र विस्तार भएको पनि हुनसक्छ वा भिन्न भिन्न स्थानमा भिन्न परिस्थितिमा उत्पत्ति भएको पनि हुन सक्छ । जे भएपनि संस्कृति पहिचान हो अंशवण्डा गर्नुपर्ने जिनश होइन । संस्कृति सबैका साझा हुन् । अन्तमा, मगर र गुरुङ गाउँको रोदीको काखबाट जन्मिएको दोहोरी साँझ आज काठमाण्डौ, पोखरा, बुटवल, नेपालगञ्ज लगायतका ठूला सहरमा रात्री क्लबको रुपमा संचालन भएका छन् । नेपाली सहरमा मनोरञ्जनको नयाँ विधा स्थापित भएको छ । मनोरञ्जन बजारमा दोहोरीले विशेष स्थान बनाएको छ । धेरैले व्यवसायी संचालन गरिरहेका छन् । हजारौँ नेपालीले रोजगारको अवसर पाएका छन् । अर्थशास्त्रको दृष्टिले मुलुकको लागि यो राम्रै कुरो हो । तथापि पहिचानको दृष्टिले हेर्ने हो भने रोदी साँझको नाममा व्यवसायी संचालन हुँदा गुरुङ र मगरको पहिचान लिलाम भएको छ । आज घलेकी, चोली र गुन्यो पहिरिएकी चेलीलाई गुरुङ मगर होइन दोहोरी साँझको कर्मचारी भन्ने बुझाई निर्माण हुँदैछ । प्रथाजनित संस्था रोदी आज दोहोरी गीत, नाच र बार रेष्टुरेण्टको रुपमा परिणत भएको छ । मगर गुरुङको सौन्दर्यशास्त्र आज नाइट क्लबमा बन्धक हुन पुगेको छ । घलेकी र छिटको गुन्यो वेटरको एप्रोन हुन पुगेको छ । मगर गुरुङको प्रथाजनित संस्थाको ब्राण्ड मनोरञ्जन बजारमा विक्री भइरहँदा मगर गुरुङ समुदाय भने घरज्वाइँको बोर्डमा अंशवण्डाको लुडो खेल्न थालेका छन् । गण्डकी क्षेत्रमा मगर गुरुङ समुदायबाट हुर्किएको दोहोरी साँझ आज सहरमा वितरा परेको छ । बरु यसको सही व्यवस्थापन र नियमनमा लाग्नु पर्ने समय हो । मगर र गुरुङका गाउँमा सांकेतिक रुपमा बाहेक आम सांस्कृतिक जीवनको पाटोबाट रोदी सधैका लागि लोप भैसकेको छ । सहर छिरेको रोदीलाई घरज्वाइँको सोरो जस्तै सजिलै गाउँ फर्काउन सकिँदैन । बरु गाउँबाट सहर पुगेको रोदीलाई राज्यको नियमले बाँधेर व्यवस्थित बनाउन पहल गर्न सकिन्छ । जसरी स्थानीय कानूनबाट थारु समुदायको बडघर विभिन्न स्थानीय सरकारले संस्थागत गर्दैछ त्यसरी रोदीलाई कानूनबाट संस्थागत गर्न सकिन्छ । पेटेन्ट लिएर ब्राण्डलाई मनिटाइज गर्न सकिन्छ । सरकारी संयन्त्र मार्फत् रोयल्टी संकलन गरी सामुदायको हित र विकासमा उपयोग गर्न सकिन्छ । रोदी गुरुङ र मगर दुवै समुदायको हो । परापूर्वकालदेखि गण्डकीका गुरुङ मगरलाई यसैले जोडेको थियो । संस्कृति अंशवण्डा गर्ने विषय होइन । संस्कृतिले मानिसहरुलाई तोड्दैन बरु जोड्छ । नेपालको संविधानको प्रस्तावना अनुरुप विविधताबीचको एकतालाई मजबुद बनाउन अब राज्य मात्र होइन सम्बद्ध समुदाय नै अग्रसर हुनुपर्छ । रोदी सम्बन्धी मतभेद सुल्झाउन आदिवासी जनजाति आयोग, आदिवासी जनजाति महासंघ र मगर गुरुङ समुदाय सम्बद्ध संस्थाहरु समजदारीपूर्वक अघि बढ्न उपयुक्त हुन्छ । गोलखबरबाट