Above News Title

  ‘बा’

  ‘बा’

नीरा शर्मा 

बा
मैले धेरै पढेँ
आमाका वेदनाका कथाहरू
तर कहिल्यै पढिनँ
बाका अनुहारमा सलबलाएका
दुःखका वक्र रेखाहरू
धेरै पटक कविले
आमाकै तारिफमा कविता कोरे
आमाकै गीत–सङ्गीत भरे
आमालाई धरती भन्नेहरूले
बालाई कहिल्यै आकाश भनेनन्
र त
बा सधैँ ओझेल परे ।
बारीको डिलमा चुपचाप
ठिङ्ग उभिएको बूढो रुखझैं
बा कहिल्यै उभिएनन्
भन्ज्याङको चौतारीझैं
ढसमस्स बसेनन् बा कहिल्यै
बा त
हाम्रो अँध्यारो मेटाउन
मैनझैँ जलिरहे
हाम्रा खुसी समेट्न
मोनो रेलझैँ चलिरहे
जिन्दगीभर कुदिरहे कुदिरहे
थाकेर सुइय नगरी
सधैँ एक्लै कुदिरहे
त्यसैले त अग्लिँदैछ एक्लोपनको हिमाल
बाको मनभित्र ।
यतिखेर
लम्पसार छ नीरस जिन्दगी
बाकै अघिल्तिर
थिचिएर त्रासले सधैँ
घुरिरहन्छ घ्वारघ्वार
कुम्भकर्णको निद्रामा
बाको अन्योल जिन्दगी
तर बा
कर्कलाको पातमा टलपल शीतझैँ
आँसु टिलपिलाएका आँखामा
निद्रा हराएपछि
खुसीहरूको सिला खोज्दैछन
परेलीका डिलहरूमा ।
बोल्दाबोल्दै भासिन्छ बाको स्वर
बोली बन्द हुन्छ एकाएक
थाहा पाउँछु म गला अवरुद्ध भएको
र पनि दबाएर सबै पीडा मुस्कुराएको अभिनय गर्छन्
म चिन्छु त्यो मुस्कान
त्यो नक्कली मुस्कान
जो बाको होइन– हुँदै होइन ।
फुंग रङ उडेका उदासीका फूलहरू
फुलेका छन् बाका मुहारभरि
चाउरिएर ग्राफ जस्ता गालाका रेखाहरूमा
कतै एक धर्को सन्तोष छैन
कपाल झरेर खुइलिएको बाको तालुमा
जिम्मेवारीको चर्को घामले
उदाएदेखि अस्ताउँदासम्म ठुंगिरहन्छ ।
भित्र मनमा कताकता
विगत र आगतको
उही चिन्ताको पहाड उभिएको छ
र बा त्यही पहाडमा उभिएर
संसार जितेको नाटक गर्छन्
अनि बाँड्छन् हामीलाई
पैंचो मागेका उधारा खुसीहरू
तर यथार्थमा
बा हारिरहन्छन् पलपल
मेरो लागि
तिम्रो लागि र
हाम्रो लागि
हो, बा त्यो हरूवा हो
जो सधैँ हारिरहन्छन्
केवल सन्तानका लागि ।

              सन् २०१५ डिसेम्बर

प्रकाशित:

७४४ दिन अगाडि

|

१७ भदौ २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९