Above News Title

हुनेछ एकदिन फेरि पनि टीकापुर विस्फोट

हुनेछ एकदिन फेरि पनि टीकापुर विस्फोट

अब त
गर्वका साथ भन्न सक्छु
म न्याय हराएको देशमा
जन्मिएकी नागरिक हुँ
जहाँ जन्मिन नपाउँदै/जन्मिँदै
खोसिन्छ अधिकार
निषेध गरिन्छ
अधिकार माग्न
र बन्डेज लगाइन्छ
पहिचानका निम्ति लड्न
पहिचानकै निम्ति
लड्ने क्रममा नै
घटिदियो
इतिहासमै हामीले
कहिल्यै नबिर्सिने
टीकापुर घटना
कल्पना नै नगरिने गरी
दन्कियो ज्वाला
खरानी भए
कैयौँका घरहरु
घरसँगै रहरहरू, सपनाहरू
सबै सबै
बाध्य भइ
नचाँहदा नचाँहदै
लगायो टीकापुरले
छातीभरि
रगतका राता टीका
र, ओढ्यो कालो घुम्टो
अहिले जबर्जस्ती
लगाइ दिएका छन्
दोषीको टीका
टीकापुरलाई
....
ए सरकार!
आँखामा कालो पट्टी
बाँधेको तिमीले
उघार आँखा
नओढाउ दोषीको खोल
सुनेर पनि
नसुनेझैँ नगर
त्यो चित्कार
वाह !
यति मीठो
नाटक रच्ने तिमी
कोचिदियो निर्दोषलाई नै
काराबासमा
अब त
काराबासको पर्खाल हैन
तिम्रो सोंचको
पर्खाललाई भत्काउनुछ

निर्धक्कको सास
नफेरुन्जेलसम्म
र, यो अन्तिम सास
रहुन्जेलसम्म
लड्नेछौ हामी
पहिचानका लागि
सदियौँदेखि औँलो
पचाएका हाम्रा पुर्खाले
अब त यसै पचाइन्छ
नाथे बन्दुकको गोली
बर्साऊ बरु
यही छातीमै
लाग्ने गरी ।
तर बिन्ती
अत्ति भयो
नबर्साउ
झुठो बोलीको गोली
ए सरकार !
कहिले गर्छौ
रेशम चौधरीजस्ता
निर्दोषहरुलाई रिहाई
नभए फेरि पनि
उत्रिन नपरोस्
हजारौँ पार्वती चौधरीहरु
काखे बालकलाई
पिठ्यूमा बोकी
आन्दोलनमा होमिन ।

 

ए सरकार, एक ‘ढकिया’ न्याय देऊ

न्यायको पर्खाइमा
भोकाएको देश
यति बेला अन्यायको प्रदुषणले
ग्रसित छ
त्यसैले त होला
मडारिएको छ यहाँ
वर्षोँदेखि विभेद र दमनको कुहिरो
बिछाइएको छ जाल षड्यन्त्रको
लगाइएको छ कपोकल्पित झुठा मुद्दा
बझाइएको छ निर्दोषहरुलाई ‘खोंगिया’मा
‘मच्छि’ बझाएझैँ
अनि तड्पाइरहेछन्
पानी विनाको ‘मच्छि’झैँ
न्यायको लागि
र हेरिहेछन् रमिता
जहाँ जबर्जस्ती
कोचिएका छन्
निर्दोष रेशम चौधरीहरु जेल
ए, भनि देउ न सरकार !
कहिलेसम्म चल्ने हो
तिम्रो राजनीतिक चलखेल ?

यो कस्तो कानुन
हामीलाई मात्र
लागु हुने ?
जहाँ कर्फूयमा पनि
छानी छानी थारुहरुकै घरमा
सल्काइयो आगो
खोसियो रोजीरोटी
पोखियो सपना
लुटियो अस्मिता
मिल्काइयो कुनामा
हाम्रो पहिचान र अस्तित्व
र पहि¥याइयो दोषीको मुखौटा

ए सरकार !
कहिले हटाउँछौ मनको खोट
कहिले बुझिदिने
टीकापुरको चोट
नभए हुनेछ एकदिन
फेरि पनि टीकापुर विस्फोट

नजोख हामीलाई अब
सन्तुलन गुमाएको
तिम्रो न्यायको तराजुले
बरु देउ एक ‘ढकिया’ न्याय
एक ‘डेहरि’ पहिचान
एक ‘भौका’ समानता
एक ‘भँक्रि’ उन्मुक्तिको सास
‘फुरे हम्रे’ कहिलेसम्म बन्ने ?
‘टोहार’ बँधुवा कमैया ।
बँधुवा कमैया ।।

           कवियत्री भूमिका थारुको कहियासम अनागरिक ? (२०८१) कविता संग्रह प्रकाशित छ ।

प्रकाशित:

७५३ दिन अगाडि

|

८ भदौ २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९