अरुण बराल
लाहुरबाट सुट, टाई र लाली बोकेर दशैं आयो
कसै–कसैका गाला चड्काउँदै ताली ठोकेर दशैं आयो
जुवा र तासमा पैसा पेल्दै आयो
आवश्यकता र साधनबीच चाकाचुली खेल्दै आयो
जुल्फी फर्काएर आयो
डाँडै थर्काएर आयो
टीका टाँसेर आयो
फिक्का हाँसेर आयो
तिहारसम्म खेताला भन्न आयो
घर–घरका खसी गन्न आयो
पिङ खेल्दै आयो
चिउरा केरा खायो
गल्ली–गल्ली आयो
हल्ली–हल्ली आयो
मुख उघार्दै आयो
मुख बिगार्दै आयो
मासु खाँदै आयो
आँसु खाँदै आयो
तमसुक लेखेर आयो
चिनी बोकेर आयो
आन्द्राले सारङ्गी रेट्यो
हाँडीले आगो भेट्यो
गरीबको भुँडी छल्कियो
झुप्रामा ऋण पल्कियो
गयो,
बेपत्ता भयो
एक वर्षलाई हरायो
गरीबको भुँडी करायो
डरले औधी थर्थरायो
साहुका घरमा तमसुकको झण्डा फर्फरायो
सकियो ।
प्रकाशित:
७११ दिन अगाडि
|
२० असोज २०८१
३ दिन अगाडि
|
२९ भदौ २०८३
४ दिन अगाडि
|
२८ भदौ २०८३
१७ दिन अगाडि
|
१५ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
२५ दिन अगाडि
|
७ भदौ २०८३
३४ दिन अगाडि
|
२९ साउन २०८३
१४३७ दिन अगाडि
|
२५ असोज २०७९
१४७१ दिन अगाडि
|
२१ भदौ २०७९
१४८१ दिन अगाडि
|
१२ भदौ २०७९
१४३६ दिन अगाडि
|
२६ असोज २०७९
१३८५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४१ दिन अगाडि
|
२० असोज २०७९
१३७४ दिन अगाडि
|
२७ मंसिर २०७९