नेपाल साहित्यिक पत्रकार सङ्घको १८ ओैँ वार्षिकोत्सव सम्पन्न 

नेपाल साहित्यिक पत्रकार सङ्घको १८ ओैँ वार्षिकोत्सव सम्पन्न 

४४१ दिन अगाडि

|

१४ असार २०८१

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा १० जना कवि पुरस्कृत

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा १० जना कवि पुरस्कृत

४४५ दिन अगाडि

|

१० असार २०८१

नेपाल प्रज्ञा प्रतिष्ठानले यो वर्षको राष्ट्रिय कविता महोत्सवमा सर्वोत्कृष्ट १० कविलाई पुरस्कृत गरेको छ। प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजना गरिएको राष्ट्रिय महोत्सव २०८१ मा सहभागी भएका सर्वोत्कृष्ट १० जनालाई पुरस्कारका लागि छनोट गरिएको थियो।  पुरस्कृत हुनेमा दाङका छविलाल कोपिला, बर्दियाका अग्रआवाज, मकवानपुरकी अनिता न्यौपाने, नवलपरासीका अञ्जान प्रदीप, रोल्पाका दिलीप बुढामगर, मोरङका रुमानी कुलुङ, सिन्धुलीका रूपक ‘जमरा’ घलान, सिन्धुलीकी रेजिना खालिङ, ललितपुरकी शर्मिला दुलाल र पाँचथरका सुमन सहयात्री योङहाङ रहेका छन्।  छविलाल कोपिलाको थारु भाषाको कविता शीर्षक पस्नक बास रहेको थियो । थारु भाषी कवि पहिलो पटक राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत भएका हुन् । प्रतिष्ठानकी प्राज्ञ एवं कविता महोत्सव संयोजक बाबा बस्नेतका अनुसार महोत्सवका लागि देशभरबाट १ हजारभन्दा बढी कविता प्राप्त भएका थिए। तीमध्ये ६०४ वटा छनोट गरेर तेस्रो चरणका लागि २५ कविता छानिएकामा १० कविता सर्वोत्कृष्ट घोषणा गरिएका थिए। प्रतिष्ठानका कुलपति भूपाल राईले पछिल्लो समय कविता महोत्सवलाई समावेशी बनाउने हेतुले बहुभाषा कविता छनोट गरिएको बताए।  यसअघि पहिलो, दोस्रो र तेस्रो चरणमा विजेता बनाउने परम्परा रहेकामा गन वर्षदेखि छनोट विधि परिवर्तन गरी १० रचना छानिएका जानकारी उनले दिए। प्रतिष्ठानले विसं २०२२ देखि राष्ट्रिय कविता प्रतियोगिता गर्दै आएको छ। 

आदिवासी जनजातिका विभिन्न चार पुस्तक विमोचन

आदिवासी जनजातिका विभिन्न चार पुस्तक विमोचन

४४५ दिन अगाडि

|

१० असार २०८१

                                  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट भूमिका थारुको थारु भाषाको कविता संग्रह कहियासम अनागरिक विमोचन गरिदै । आदिवासी जनजाति उत्थान राष्ट्रिय (आजउरा) प्रतिष्ठानको सञ्चालक परिषद्को २४औं बैठकमा आदिवासी जनजातिका विभिन्न चार पुस्तक विमोचन भएको छ । असार ९ गते आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूमिका थारुको थारु भाषाको कविता संग्रह कहियासम अनागरिक, डा कृष्णराज सर्वहारी, नविन मुखिया कुमाल तथा तिलकबहादुर कुमालको कुमाल जातिको चिनारी, कर्णबहादुर बुढामगर, बलराम अधिकारीको अठार मगरातः मगर, खाम पाङको शब्दकोश तथा गणेश राईको बाम्बुले भाषाको शिर उभौनी पुस्तक विमोचन गरे । सो क्रममा प्रम प्रचण्डले आदिवासी, जनजातिहरुकै अधिकारको लागि सबैभन्दा बढी समय खर्चिएको आफूले तिनको भाषा, संस्कृतिको उत्थानको लागि बजेट कटौटी गर्ने कल्पनासमेत नगरेको बताए । आदिवासी, जनजातिहरुको हक, अधिकारको लागि आवाज उठाउने पार्टीलाई कम भोट आउने गरेकोमा भने उनले दुःखेसो पोखे ।  (आजउरा) प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरले प्रतिष्ठानको महत्व बुझी यसलाई खारेजीमा नलग्न प्रमसंग आग्रह गरे । स्मरण रहोस्, (आजउरा) प्रतिष्ठान खारेज हुने कार्यालयको पहिलो नम्बर सूचीमा रहेको छ ।  कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा तथा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले सरकारले आयोगको लागि पर्याप्त बजेट नछुट्याएकोमा दुःखेसो पोखे ।  आजउरा प्रतिष्ठानको सञ्चालक परिषद्को २४औं बैठक आज असार १० गते पनि जारी छ ।   

लोकवार्ता परिषद् नेपालको अध्यक्षमा प्राडा भवेश्वर पंगेनी चयन

लोकवार्ता परिषद् नेपालको अध्यक्षमा प्राडा भवेश्वर पंगेनी चयन

४६७ दिन अगाडि

|

२० जेठ २०८१

लोकवार्ता परिषद् नेपालको साधारण सभा तथा पाचौॅ अधिवेशन जेठ १९ गते बालमीकि क्याम्पस, काठमाडौमा सम्पन्न भएको छ ।  अधिवेशनबाट प्राडा भवेश्वर पंगेनीको अध्यक्षतामा सर्वसम्मत रूपमा नयॉ कार्यसमिति चयन भएको छ । जसमा वरिष्ठ उपाध्यक्ष प्राज्ञ यज्ञराज उपाध्याय, उपाध्यक्ष प्राडा ध्रुवकुमार घिमिरे, उपाध्यक्ष मनोहर लामिछाने, महासचिव प्राडा ध्रुवप्रसाद भट्टराई, उपमहासचिव प्राडा धनेश्वर नेपाल, सचिव प्रतिभा पुन, सहसचिव गायत्री पराजुली, कोषाध्यक्ष अम्बादत्त भट्ट चयन भएका छन् । त्यस्तै सदस्यहरूमा प्राडा षडानन्द पौड्याल, डा बद्री बिनाडी, डा कुलराज निरौला, डा शशि थापा पण्डित, प्राज्ञ कालीबहादुर शाही, प्राज्ञ डा कृष्णराज सर्वहारी, प्रवीण पुमा, दिलविक्रम आङ्देम्बे, रंजुकुमारी देव तथा विष्णु परियार चयन भएका छन् । परिषदका अध्यक्ष प्राडा प्रेम खत्रीको सभापतित्वमा भएको कार्यक्रमको समुद्घाटनमा कार्यक्रमका प्रमुख अतिनि प्राडा जीवेन्द्रदेव गिरी, लोकवार्ता परिषद् नेपालक सुत्राधार प्राडा कुसुमाकर न्यौपाने, त्रिवि नेपाली विभागका प्रमुख कृष्णप्रसाद न्यौपाने, प्राडा कपिल लामिछाने लगायतले शुभकामना मन्तव्य दिएका थिए । साथै, महासचिव प्राडा ध्रुवप्रसाद भट्टराईले प्रगति प्रतिवेदन र कोषाध्यक्ष गायत्री पराजुलीले आर्थिक प्रचिवेदन प्रस्तुत गरेका थिए । स्मरण रहोस्, लोकवार्ता परिषद् नेपालले १३औं लोकवार्ता सम्मेलन २०८१ कात्तिक पहिलो साता (३ गतेदेखि ११ गतेसम्म) कर्णाली प्रदेशका मुगु, जुम्ला र कालिकोट जिल्लामा संगोष्ठी गरी आयोजना हुने भएको छ ।

बुद्ध र अन्धो मानिस

बुद्ध र अन्धो मानिस

४७७ दिन अगाडि

|

१० जेठ २०८१

एउटा गाउँमा बुद्ध पाहुनाको रुपमा बसेका थिए । केही मान्छेले एकजना अन्धालाई समातेर ल्याए र भन्न थाले कि यो साथीलाई प्रकाश छ भन्ने कुरा सम्झाइदिनु पर्यो। यिनले प्रकाश छ भन्ने कुरा इन्कार गर्छन् । यिनी सधैँ भन्छन् – प्रकाश छँदै छैन । अनि यिनी हामीलाई भन्छन् कि म छोएर देख्न चाहन्छु तिमीहरुको प्रकाशलाई । कहाँ छ, लेऊ, म त्यसलाई चाँडो भन्दा चाँडो छोएर हेर्न चाहन्छु । प्रकाश छोएर देख्न सकिँदैन । तर, अन्धो मान्छेले त चिजहरु छोएर नै जान्दछ । उसको लागि जीवनको पहिचान गर्ने बाटो नै स्पर्श हो । कुनै चिज हुनुको अस्तित्वको सबूत स्पर्श हो उसको लागि । ऊ भन्छ– म प्रकाशलाई छोएर देख्न चाहन्छु । उसले गलत कुरा त बोलेको होइन । उसले चिजलाई छोएर नै जान्ने हो । जेलाई छुन्छ, त्यो चिज छ भनेर मान्छ । जेलाई छुन पाउँदैन, त्यो छैन भनेर मान्छ । छुनु नै कुनै चिज हुनुको प्रमाण हो । फेरि त्यो अन्धो मानिस हाँस्न थाल्छ र भन्छ– ल्याएनौ त्यो प्रकाशलाई । अनि फेरि किन व्यर्थ प्रकाशको कुरा गर्छाै ? के सपना देखेका हौ ? प्रकाश छँदैछैन ? ती मित्रहरुलाई बुद्धले भने– तपाईहरु आउनु भयो, मैले त सोचेको थिएँ सायद यति कुरा तपाईहरुले नै सम्झाउन सक्नुहुन्छ तर लिएर आउनुभयो । यिनी भन्छन् – म छोएर देख्न सक्तछु, स्वाद लिएर देख्न सक्तछु, बताऊ तिम्रो प्रकाशको आवाज, म त्यसको ध्वनि सुन्न सकूँ । तिम्रो प्रकाशमा सुगन्ध छ भने म त्यसको वासना लिन सकूँ । तर जब हामी यिनलाई भन्छौ– प्रकाशलाई छुन सकिँदैन, प्रकाशको सुगन्ध लिन सकिँदैन, वासना थाहा पाउन सकिँदैन, न यसको ध्वनि छ, यसलाई न देख्नै सकिन्छ । त्यसैले त यी अन्धा मानिस भनिरहेका छन् कि यो देख्नु भनेको के हो ? किनकि अन्धा मानिसलाई देख्ने कुरा थाहा हुन्थ्यो भने त यी अन्धा नै हुँदैनथे । र त्यसैले यिनी हाँस्दछन् र भन्दछन् कि नाहाकमा मलाई अन्धा सिद्ध गर्नको लागि किन प्रकाशको कुरा गर्दछौ ? तिमीले पनि देख्न सक्तैनौ, कसैले पनि देख्न सक्तैन, जे चिज छँदैछैन, त्यो कसरी देखिन्छ ? बुद्धले भने – म यिनलाई सम्झाउँदिन । किनकि यस दिशामा यिनलाई सम्झाउनु नासमझी कुरा हुनेछ । म तिमीहरुलाई भन्छु कि यिनलाई कुनै पनि विचारकको समिप लिएर जानु जरुरत छैन । यिनलाई कुनै वैद्यको पासमा लिएर जाऊ । यिनलाई उपदेशको आवश्यकता छैन । यिनलाई उपचारको जरुरी छ । यिनका आँखाको इलाज गराऊ ताकि यिनी देख्न सकून् । जुनदिन भित्रबाट यिनले देख्न सक्लान्, त्यसैदिन यिनले जान्लान् । त्यस भन्दा पहिले होइन । त्यस अगाडि लाख बुद्धले सम्झाए पनि त्यसबाट कुनै फरक पर्दैन । त्यस अन्धा मानिसलाई वैद्यको पासमा लिएर गए । उसका आँखामा जाली लागेको थियो । ६ महिनाको ओखती प्रयोगले जाली काटियो । त्यो मानिस नाच्तै बुद्धको पासमा आयो । उनको चरणमा गि¥यो । अनि भन्न लाग्यो कि प्रकाश छ । तर बुद्धले भने –“छोएर देखाऊ कहाँ छ ? म छोएर देख्न चाहन्छु ।” त्यो अन्धा मानिस हाँस्न थाल्यो र भन्यो कि होइन, यसलाई छोएर जान्न सकिँदैन । त्यसपछि बुद्धले फेरि भने –“म त्यसको स्वाद लिन चाहन्छु ।” त्यस मानिसले भन्यो कि तपाई मजाक नगर्नुस्, त्यसको स्वादपनि लिन सकिँदैन । त्यसपछि पुनः बुद्धले भने –“बताऊ त्यसलाई ता कि म त्यसको ध्वनि सुन्न सकूँ ।” उसले भन्यो कि तपाई पुरानो कुरा छोडिदिनुस् । अब मपनि देख्नसक्ने भएको छु । प्रकाशलाई देख्न सकिन्छ, म देखिरहेको छु, त्यो छ । तर बुद्धले भने – पहिले उनीहरु तिमीलाई यही कुरा सम्झाउँथे तर तिमी सम्झिदैनथ्यौ । त्यस मानिसले भन्यो– मेरो कुनै गल्ती थिएन । गल्ती थियो त उनीहरुकै थियो । जसले मलाई सम्झाँउथे । किनकि अन्धा मानिसलाई कसरी सम्झाउन सकिन्छ ? यदि मैले उनीहरुको कुरा मानेको भए म गल्तीमा पर्नेरहेछु । मैले उनीहरुको कुरा मानिन । मानिन र त उनीहरुले मेरो उपचार गर्नुपर्यो। यदि मैले उनीहरुको कुरा मानिदिएको भए सायद उपचारको कुनै जरुरत थिएन । मैले मानिदिन्थे कुरो खत्तम हुन्थ्यो, म अन्धाको अन्धै रहन्थें, र मैले कहिल्यैपनि प्रकाशको दुनियाँ थाहा पाउँदिनथेँ । जान्न सकिन्छ सत्यलाई मान्न सकिँदैन । सत्य सिक्न सकिँदैन, सिकाउनपनि सकिँदैन । सत्यको कुनै सिकाइ हुँदैन । त्यसैले सत्यको कुनै स्कुल हुँदैन, जहाँ सिकाउन सकियोस् । मान्छेहरुले सिक्न सकून्् । तर चिकित्सा हुन सक्तछ । आँखाको उपचार हुन सक्तछ ।  प्रस्तुतिः पुण्य कार्की,(सत्यकी खोजबाट)

कठरिया थारु भाषाको पठन पाठन सुरु

कठरिया थारु भाषाको पठन पाठन सुरु

४८० दिन अगाडि

|

७ जेठ २०८१

                                                                                                                                                                      तस्बिरः टिआर कठरिया कठरिया थारु समुदायको भाषा लोप हुन नदिन कठरिया समुदायका युवा युवतीका लागि कैलालीमा कक्षा सञ्चालन गरिएको छ ।  हिमाली आदिवासी समाज काठमाडौँ र कठरिया समाज नेपालको सहकार्यमा कैलालीका विभिन्न ठाउँमा १५ वटा कक्षा सञ्चालन भएको हो । एक महिनाका लागि सञ्चालन भएको उक्त कक्षामा कठरिया समुदायका देवनागरीमा लेख्न र पढ्नसक्ने २५ देखि ३० जना सहभागी रहेको जनाइएको छ ।  वैशाख पहिलो सातादेखि कक्षा सुरु भएको जनाउँदै हिमाली आदिवासी समाज नेपालका फिल्ड सुपरभाइजर टीआर कठरियाले कठरिया समुदायका नेपाली सरासर पढ्न, लेख्न सक्ने, अन्य भाषा मिसाएर बोल्नेलाई एक महिना कक्षा सञ्चालनको व्यवस्था गरिएको जनाए । कैलालीको धनगढी उपमहानगरपालिका, टीकापुर, लम्कीचुहा, घोडाघोडी, भजनी, गौरीगङ्गा नगरपालिका तथा जोशीपुर, कैलारी, बर्दगोरिया गाउँपालिकामा कठरिया समुदायको स्थायी बसोबास छ । कक्षा सञ्चालन उल्लेखित पालिका अन्तर्गत कठरिया समुदाय रहेको मुनवा, लक्कड, घुसरी, सिमरी, तुल्सीपुर, भुरवा, मुडा, सुवरखाल, बगुलइहिया, सिसैया, तपा, कोंटा, चर्रा, पवेरा र लौसामा भैरहेको छ । तीमध्ये शनिबार चर्रामा कक्षा समापन भएको र अन्य ठाउँमा समेत अन्तिम चरणमा पुगेको फिल्ड सुपरभाइजर कठरियाले बताए । कक्षा सञ्चालन गर्नुपूर्व सरोकारवालाहरुको बैठक, स्थलगत सर्वेक्षण, पाठ्यपुस्तक निर्माणलगायत दुईदिने शिक्षक तालिम आयोजना गरिएको थियो । 

फूल , मेवा र चर्पी

फूल , मेवा र चर्पी

४८२ दिन अगाडि

|

५ जेठ २०८१

जित ट्रासन   केही थान निरोहरु फूल हेरेर मख्ख छन् मेवा चाखेर तृप्त छन् चर्पी गएर दङ्ग छन् तर , रोम जलिरहेछ निरोहरु बाँसुरी फुकिरहेछन् बेसुरमा । @@@ हो , फूलले नजरलाई मोहित पार्छ अनि , मेवाले उदरलाई जीवित गर्छ र , चर्पीले मल्द्वारलाई पुलकित गर्छ तर , लक्ष्य त भन्टा टिप्नु जो छ । @@@ यो गतिले फूलहरुले टिप्न सक्दैनन् बाबाजीका लोटा यो मतिले मेवाहरुले भर्न सक्दैनन् माताजीका लाम्टा फेरि पनि , केही थान नचुनियाँहरु नाच देखाउन नपाएर फर्किएका छन् महफिलबाट चुक्चुकाएर झोक्रिएर बेकारमा । @@@ निरोहरुले आगो निभा भन्नुपर्थ्यो तर उल्टो फर्मान गरिरहेछन् डङ्का बजा ढाेल ठटा जति सक्छस् घण्टा बजा । घण्टा बजा ।। @@@                          धनगढी, कैलाली                        २०८१। ०२ ।०५