एक ‘ननभर्जिन केटी’ को ‘निसाफ’ सार्वजनिक

एक ‘ननभर्जिन केटी’ को ‘निसाफ’ सार्वजनिक

११०८ दिन अगाडि

|

१५ भदौ २०७९

रेशम चौधरीले यसरी लेखे देवीसरा बादीको बायोग्राफी

रेशम चौधरीले यसरी लेखे देवीसरा बादीको बायोग्राफी

११०९ दिन अगाडि

|

१४ भदौ २०७९

कारागारमा रहँदा कतिपयले पुस्तक लेखेर सिर्जनशील कर्ममा दिनचर्या बिताउने गरेका छन् । लेखनको हिसाबले वीपी कोइरालाले कारागार बसाइँलाई निकै फलदायी बनाए । कालजयी उनका प्रायः उपन्यास जेल बसाइँमै लेखिए । टीकापुर घटनामा मुछिएको आरोप लागेका टीकापुर क्षेत्रका सांसद रेशम चौधरी अहिले डिल्लीबजार कारागारमा छन्, जसले कारागारबाटै एकपछि अर्को पुस्तक लेखिरहेका छन् ।  रेशमको नागरिक उन्मुक्ति पार्टीले कैलालीको चार पालिकामा विजयीको झण्डा गाडेर अहिले निकै चर्चामा छ । कैलालीमै यो पार्टी पहिलो भएको छ । अब यसबारे पनि पुस्तक लेख्ने सोच बनाउलान् शायद रेशमले । यस आलेखमा भनेको उनको पछिल्लो पुस्तक ‘देवीसरा’ -२०७८ बारे चर्चा गरिएको छ ।  ‘चिरफार’देखि लिएर ‘हिड्डेन स्टोरी फ्रम प्रिजन’लगायत ९ वटा पुस्तक रेशमले जेल बसाइँमै लेखिसकेका छन् । जेल बसाइँ लम्बिदै गए उनका कृति थपिदै जाने देखिन्छ । अपवादको रुपमा कविताबाहेक उनका प्रायः पुस्तक आफ्नै जीवनभोगाइ, अटोबायोग्राफीकै रुपमा रहेका छन् । ‘देवीसरा’ भने दलितको पनि दलित वादी समुदायकी एक संघर्षशील युवतीको बायोग्राफी हो । जम्मा ६ अध्यायको २२ शीर्षकमा विभाजित पुस्तकमा शिक्षाका लागि ‘देवीसरा’को संघर्षसँगै उनको बसाइँ रहेको सुर्खेतको झुप्राखोलाको दारुण कथा समेटिएको छ ।  लेखकले आफ्नो ज्वाइँ कुशल घले मार्फत् सामाजिक अभियन्ता राजु सुन्दासलाई जेलमा भेट्छन् । उही राजुले देवीसरा वादीलाई रेशमसँग भेटाउँछन् । ‘मेरो बारेमा पुस्तक लेखिदिनुस् न’ भन्ने देवीसराको ख्याल ख्यालको आग्रहले यो पुस्तक जन्मिने मौका पायो । यसमा एक्लो देवीसराको मात्रै कथा छैन, उनका बाबा लालु र आमा मैसराको विस्तृत जीवन भोगाइ पनि पस्किएको छ । दसौं पटक बेचिएकी, पछि घरबार गरेकी देवीसराकी दिदी कविताको हृदयविदारक कथा छ । कवितासँग अन्य उनका सहेलीहरुको मन छुने कथा छ । दारुमा मस्त वादी पुरुषहरुको कथा छ । देवीसरा जस्ता पचासौं बालबालिकालाई पढाउन आफ्ना शिक्षक सहकर्मी, पूजारी, गाउँलेहरुसँग लड्ने रामबहादुर बिसी हेडसरको कथा छ । यसले पाठकलाई पटक पटक झुप्राखोलाको बस्तीमा पुर्याउँछ । त्यसैले, पुस्तक निकै जीवन्त लाग्छ ।  पुस्तकमा केही कुरा भने खट्किन्छ । ‘पहिलो भेटमा मैले उसलाई नियाल्दा उ कुनै कोणबाट पनि बादीको छोरी लागेन ।’ (पृ.२७) लेखकको यो टिप्पणीले के बादी महिलाको निधारमै उ बादीजस्तै देखिनुपर्ने लेखिएको हुनुपर्ने हो र ? भन्ने प्रश्न उब्जाउँछ ।  पुस्तकमा केही कुरा भने खट्किन्छ । ‘पहिलो भेटमा मैले उसलाई नियाल्दा उ कुनै कोणबाट पनि बादीको छोरी लागेन ।’ (पृ.२७) लेखकको यो टिप्पणीले के बादी महिलाको निधारमै उ बादीजस्तै देखिनुपर्ने लेखिएको हुनुपर्ने हो र ? भन्ने प्रश्न उब्जाउँछ ।  देवीसरालाई सानोमा उसका बा आमाले कोद्या भन्ने रहेछन् । कोदोको रोटीझैं कालो अनुहार भएकाले उसलाई त्यो नामले बोलाउने गरिएको रहेछ । स्थानीय बाहुन बाजेलाई उनको न्वारन गर्न बोलाइन्छ । उनैले नाम जुराइदिन्छन्, देवीसरा । दक्षिणा के टक्र्याउँ भनी सोधनी हुँदा बाहुन बाजेले यी नानीसँग एकपल्ट सुत्न पाए दक्षिणा पाए सरह हुन्थ्यो भन्ने माग राख्छन् । माग पुरा नहुने कुरै थिएन । देवीसराकी सानीआमासँग बाहुन बाजे रसरंग गर्छन् र न्वारनको दक्षिणा असुल उपर भएको गर्विलो मुहार बनाएर विदा हुन्छन् । तर देवीसरा भाग्यमानी हुन्, जसले यौनधन्दा गर्नु परेन ।  कुनै बेला देवीसराकै बाबाले पनि श्रीमतीका लागि ग्राहक खोजेर समेत ल्याउने गर्थे -पृ ७४_ । आफ्नो जातको दाइभाइ, मामा भिनाजुहरुले गरेको विगत सम्झिदा अहिले पनि उनलाई सबै बादी पुरुषलाई भेरी खोलाले बगाएर लगिदिए हुन्थ्यो जस्तो लाग्छ । छिमेकको गाउँका अगुवाजस्तै रहेका देवीसराका बाबा लालुको पछि बुद्धि फिर्यो । देवीसरालाई मात्रै होइन, वादी केटाकेटीको हुल बाँधेर स्कुल भर्ना गराए । स्कुल भर्ना गराउन कम्ता सकस गर्नु परेन । सारा शिक्षक नपढाउने मुडमा थिए । तर हेडसर रामबहादुर बिसी सतिसालझैं बादी केटाकेटीको शिक्षाका लागि एक्लै ठिंग उभिए ।  देवीसराहरु ७ बहिनी छोरी हुन् । लेखकले बीच बीचमा कविताका पंक्तिमा पनि उनीबारे परिचय दिएका छन् ।  सात वटीका बीचमा काँइली बनेर जन्मी काली भए पनि कल्चौडी भएर जन्मी बादीको कुलमा उ आँखाको नानी भएर जन्मी शरीर सुम्पिनु नपर्ने भाग्यमानी भएर जन्मी -पृ ५३_ साँच्ची भन्दा देवीसरा आफ्नो समाजको आँखाको नानी भएर जन्मिएकी छिन् । झुप्रा खोला नजिकको गाउँको स्कूलबाट काठमाडौं पढ्न आएपछि उनको जिन्दगीको लय नै बदलियो । त्यो लय बदल्नमा राजु सुन्दास र उनका विदेशी मित्र हक्यानको ठूलो हात छ । तर काठमाडौं पढाउन लगेपछि देवीसराको नाम राजु सरले ‘हन्नाह’ राखी दिएका छन् । देवीसराले हन्नाह नामको अर्थ जान्न खोज्दा ‘ईश्वरको अनुग्रह’ उत्तर पाएकी छिन् -पृ १६२_ । उनले अहिले आफ्नो परिचय दिंदा ‘हन्नाह’ नाम बताउने गरेकी छिन् । यो नामले कता कता राजुको अभियान क्रिश्चियन धर्म प्रचारसँग जोडिएको महसुस हुन्छ ।  देवीसराले आफ्ना समाजका अरु बालबालिकाका लागि पठनपाठनको जोहो गर्नमा तनमन दिएकी छिन् । अहिले बादी समुदायमा कुनै कार्यक्रम भयो भने उनलाई नै पानसमा बत्ती बाल्न बोलाइने गरिएको छ । उनले यसबारे प्रश्न पनि नगरेकी होइनन् । उत्तर पाइन्, ‘तँ चोखी छेस् । तेरो हातबाट बत्ती बाल्दा शुभ हुन्छ भन्छन् ।’ -पृ ५९ देवीसराले आफ्ना समाजका अरु बालबालिकाका लागि पठनपाठनको जोहो गर्नमा तनमन दिएकी छिन् । अहिले बादी समुदायमा कुनै कार्यक्रम भयो भने उनलाई नै पानसमा बत्ती बाल्न बोलाइने गरिएको छ । उनले यसबारे प्रश्न पनि नगरेकी होइनन् । उत्तर पाइन्, ‘तँ चोखी छेस् । तेरो हातबाट बत्ती बाल्दा शुभ हुन्छ भन्छन् ।’ देवीसरा सानैदेखि क्रान्तिकारी थिइन् । स्कुलबाट फर्किदा पसलमा खानेकुरा लिन जाँदा पसलेले फालेर दिन्थे । छुइ लाग्छ, मेरो पसल नछो भन्थे । भुँइमा झरेको समान टिप्नु पर्थ्यो । त्यसपछि देवीसरा र उनका सहेलीहरुले बरु भोकै बस्ने तर फालेर समान दिने पसलेकोमा केही नकिन्ने निर्णय गर्छन् । यही नै उनको जीवनमा पहिलो क्रान्ति थियो । तर क्रान्तिकारी देवीसरा जीवनमा नराम्ररी हारेकी पनि छ । एसईईको जाँच बिग्रिदा विष समेत सेवन गरेकी उनी राजु सरको सम्झाइ बुझाइले जीवनको महत्व बल्ल बुझेकी छन् ।  राजु सरले देवीसरा र उनका साथीहरुलाई जसरी छोराछोरीझैं स्याहारसुसार गरेका छन् । त्यो भन्दा अघि झुप्राखोला गाउँबाट ल्याउन लाग्दाको गाउँलेको वचन उनको मुटुमा गडेको छ । एक अभिभावक किड्या वादीले राजु सरलाई भनेका छन्, ‘छोरी दिल्ली गया घरौंदो दारु खान पाँइदो छ । तुक्ले लग्या क्या दिन्या हौ < तुमीहरुसँग छोरी पठाएर हामी भेरी खोलामा बालुवा चाल्न्या < छोरी लग्न्या भयापछि कोठीका दलाल झैँ रुप्या तिर र लैजाऊ । जहरी पन छोरी बेच्नै पड्न्या त हो । तुम्ले लैजाओ कि दलालले लैजाओ, हामीलाई चाहिन्या रुप्या हो । रुप्या पायापछि छोरी जन्ले लग्या न हुन्छ...’ -पृ १३३ ।  मुखमा माड लगाउने उमेरकी अर्थात् कमाइ ख्वाउने बेला भएकी चेलीलाई सहर लगेपछि हाम्रो गृहस्थी कसरी चल्छ < अभिभावकहरुको सोचाइ छ । तिनका भनाइले मर्माहत भएका राजु सरले उनीहरुकै बोलीमा जवाफ दिएका छन्, ‘रुप्यासँग छोरी कति जुनीसम्म साट्ने हो तपाईंहरु ? छोरी बजारकी बेचिन्या सामान होइनन् भनेर तपाईंहरुले कहिले बुझ्ने <’ यसरी बादी बोलीको मौलिक भाषा टिप्न सक्नु लेखकको सफलता देखिन्छ । तर पुस्तकको भूमिका, उठान र मध्यभाग जति खँदिलो छ, बैठानमा हतार गरिए जस्तो लाग्छ ।  देवीसराले कसरी आफ्ना समुदायका लागि रकम जोहो गर्दैछिन्, त्यो संघर्षको कुरा अधुरो लाग्छ । जापानमा होटल खोलेको चर्चा छ, त्यसमा उनको संग्लनताको अवस्था के हो ? उनको पढाइको प्रसंग कहाँसम्म पुग्यो ? उनकै समूहमा पढ्ने अन्यहरुको अवस्था के छ ? लगायत चर्चा छैन । बरु लेखक रेशम चौधरीले देवीसराको प्रधानमन्त्रीसम्म बन्ने चाहनामा आफ्नो चाहना पनि मिसाएका छन् । आफू सांसद भएको बखान गरेका छन् । यसले दाँतमा ढुंगा लागेजस्तो महसुस हुन्छ । तर उनले जसरी जेल बसाइँमा पनि एक दलित युवतीलाई पुस्तककै रूप दिई चिनाउने प्रयास गरेका छन्, त्यो भने सराहनीय छ ।  दलितको बायोग्राफी लेख्ने रेशम चौधरीको यो पहिलो प्रयास हो । तर उनले दलितहरुलाई वास्तविक जीवनमा पनि अघि बढाउने सत्प्रयास गरेका छन् । भर्खरै खोलिएको उनको नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिकामा उल्कादेवी विश्वकर्मालाई उपमेयर उठाएको थियो । मात्र १५३ मतले उनी पराजय भइन् । भजनी नगरपालिकाबाट दलित महिला राजु तिरुवा उनकै पार्टीबाट उपमेयर चुनिएकी छिन् । देवीसराको प्रधानमन्त्री बन्ने सपना उनका यस्तै विरादरीका धेरै महिला जनप्रतिनिधि चुनिएर अघि बढाउने छन् । र, देशलाई छुवाछुतमुक्त बनाउने छन् । अनि संसारलाई एकदिन सुन्दर बनाउने छन् । 

ओइ बाउ, खोइ मेरो साइकल ?

ओइ बाउ, खोइ मेरो साइकल ?

११०९ दिन अगाडि

|

१४ भदौ २०७९

छ महिनादेखि प्रायः हप्तामै दुई तीनपटक मेरो मोबाइलमा घरबाट फोनमा घण्टी बज्छ । मैले फोन उठाउन नपाई छोराको एकतमास बालसुलभले भरिएको च्याट्ठिएको एकोहोरो बोली सुनिन्छ – ए बाउ, खोइ मेरो साइकल ? खोइ, खोइ, खोइ ? उ तारन्तार मोबाइलमा बोलिरहन्छ । पहिला केही माग्दैनथ्यो उ । बच्चा भएकै कारणले मैले आफ्ना अभिभावकसँग केही माग्नुपर्छ भन्ने चेतना पनि उसमा थिएन होला । तर जबदेखि उसले खेलौनाहरु आफै खेलाउन सिक्यो तबदेखि उसले हामीसँग माग्न थालेको छ । बच्चा भएर पनि उसले चकलेट माग्दैन । मामुले खुवाउने हापुमा टाउको हल्लाउँदैन । जे खुवाए पनि कुपुकुपु खान्छ । बरु कहिलेकाहीँ उ खाँदा खाँदै निदाइदिन्छ । तर म यो खान्न, उ खान्न भनेर कहिल्यै जोरी खोज्दैन । ठूलै चोट वा कुनै आफतविपत नपरेसम्म उ आँशु पनि झार्दैन । एकदिन संयोग पनि यस्तै प¥यो । मैले फोन गर्दा छोरा साइकल चलाइरहेको रहेछ । मैले फोन गर्नु र उसको पनि साइकल बिग्रनु । साइकलको चेन फ्राइविलबाट उत्रेपछि पाङ्ग्रा अगाडि पछाडि गुड्दैन । धकल धाकल यताउति गरेर उसले साइकल गुडाउने प्रयत्न गरेछ । तर साइकल डेक चलेन । अन्ततः उसले आमाले गुहार लगायो । आमा पनि काठमाण्डौको रैथाने न परिन् । चलाउँदा चलाउँदैको साइकल के गरी बिग्रिएछ । कसरी बनाइदिने हो, उनले पनि जानिनन् र छोरालाई फकाउँदै भनिछन् – बाबु, अब यो साइकल बन्दैन । ऊ बालक न हो आमाले नै अब यो साइकल बन्दैन भनेपछि एकछिन त उ अवाक भयो । अब यो साइकल पुरानो भयो थोत्रो भो, कहिल्यै बन्दैन भनेर छोरा भन्ने आमाको दोस्रो वचन सुनेर उ डाँको छोडेरै रुन थाल्यो । एकछिन त उनले पनि छोरालाई फकाउने प्रयत्न गरिन् । तर खेल्ने साइकल बिग्रिएको पीरमा छोराको मन सजिलै भुलेन । नयाँ किनिदिउँ भनेर फकाउँ साथमा पैसा छैन, नकिनौं खेलेर भुल्ने छोराको एकमात्र खेलौना साइकल बिग्रिएको छ । कसै गर्दा छोराको मन भुलाउन नसकेपछि अन्ततः उनले मलाई फोन लगाइदिएर आफ्नो फोन छोराको हातमा थमाइदिइन् । फोनमा हेलो पनि भन्न नपाई छोरा रोएको सुनेर मनै कुँडियो । तैपनि फकाउँदै सोधें, ‘‘के भयो छोरा ? छोराले मेरो साइकल बिग्रियो भनेर फोनमै ह्वाँ ह्वाँ रुन थाल्यो । पीर नगर छोरा, म अर्को नयाँ साइकल किनिदिन्छु नि भनेर फोनमै फकाउन खोजें । कहिले किन्दिने ? मलाई खेल्ने साइकल चाहिंदैन ? उसले फर्माइसयुक्त स्वरमा भन्यो । पख, म अब केही दिनमै मेरो राजालाई नयाँ साइकल किनेर पठाउँछु है भनेर थामथुम पारें । छोराले हस् भनेर फोन राख्यो । उसलाई विश्वास छ, बाबाले बोलेको वाचा पूरा गर्नुहुन्छ । त्यही भएर मैले फोनमै साइकल किनिदिने गरेको वाचाले उ सुफ्लिदै कुरा गरिरहेको फोन आफ्नो मामुको हातमा थमाइदियो । घटना हुनुपूर्व महिना दिन पहिलेको कुरा हो, एकदिन उ र म टीकापुर बजार डुल्न गएका थियौं । बाबु र छोरा कारमा सवार हुँदै मैले चकलेट खाने प्रस्ताव राखें । चकलेटको नाम सुनेर कुन बच्चाको मन हुरुक्क हुँदैन र ? छोराले मुन्टो हल्लाएपछि हामी एक पसलमा चकलेट किन्न ओर्लिर्यौं । सम्झें, बाबु छोरा मात्रै छौं । आज यसलाई खल्तीभरि चकलेट किनिदिन्छु । र पसलेलाई पाँच सयको नोट दिंदै भनें – साहुजी, यो सबै रुपैयाँको चकलेट दिनुस् है ! साहुजीले बीस, बाइस रुपैयाँ पर्ने क्याड्बरीको झोला थमाएको देखेर उ आश्चर्यमा प¥यो र मलाई हेर्दै भन्यो – ‘‘यो सप्पै चकलेट हामीलाई हो बुबा ?’’ – हो नि, मैले सप्पै चकलेट मेरो छोरालाई किनिदिएको हो । पोलिथिनको झोलाबाट दुइटा मात्रै चकलेट निकाल्दै उसले तोतेबोलीमै जवाफ दियो – ‘‘नो पापा, वि निड इट ओन्ली टु ।’’ उ जन्मेदेखि दुइटा भाषा जान्दछ, नेपाली र अंग्रेजी । रञ्जिताले उसलाई थारु, नेपाली र अंग्रेजी गरि तीन भाषामा पोख्त बनाएकी छिन् । बच्चाको दिमाग तेजिलो हुन्छ र सजिलै सिक्दा पनि रहेछन् । उ मसँग अक्सर अंग्रेजीमै कुरा गर्छ । हैन, मैले सप्पै चकलेट छोरालाई नै किनिदिएको हो, राख न बाबा खल्तीमा । उसले लगाएको हाप पाइन्टमा चकलेट राखिदिने प्रयत्न गर्दै भनें मैले । – नो नो, ह्वाइ वी स्पेन्ट लट अफ मनी ? हामीलाई दुइटा भए पुग्छ के । एउटा हजुरलाई, एउटा मलाई । उसले हाप पाइन्टबाट अरु चकलेट निकालेर साहुजीको हातमा फिर्ता गरिदियो । ‘‘लेउ न बाबु, खल्तीमा राख, बाबाले किनिदिएको चकलेट हो । पछि खाउलाउ नि ।’’ भन्ने साहुजीको आग्रहलाई पनि उसले लत्याइदियो । छोराले देखाएको ज्ञानी व्यवहारले म र साहुजी दङ्ग प¥यौं । केही सीप नलागेपछि बाँकी पैसा फिर्ता लिन बाध्य भएँ म । आँशु सिद्धिएको परेली धारामा धुँदै सम्झें, ‘‘जीवनमा हाँसोको पूर्णविराम पनि हुँदोरहेछ । आँसु नै साथी आँसु नै सहारा ।’’ घरबाट बाबुछोरा मात्रै कारमा घुम्न निस्कदा सोचेको थिएँ, आज छोराले इच्छाएको खुवाइदिने र रोजेको किनिदिने । उ सबै कुरामा पैसा बचाउन मात्रै खोज्छ । नाना किन्न खोज्दा पनि घरमा छँदैछ भनेर टार्छ । खानेकुरा किन्न खोज्दा पनि पैसा धेरै खर्च हुन्छ भनेर आफै पर्स छिनेर मेरो खल्तीमा हालिदिन्छ । छोराको ज्ञानी व्यवहार देखेर कुन चाहीँ बाबुको मन हर्षविभोरित हुँदैन र ? त्यो दिन उसको व्यवहारले मख्ख भै मैले कार चलाइरहेको स्टेरिङकै हातले आँशु पुछें । सकेसम्म कुनै कुराको फर्माइस नगर्ने, नाना, गुडिया किनिदेउ भनेर कहिल्यै ¥याख¥याख्ती नपार्ने आमा बाबुलाई दुःख दिएर हैरान नपार्ने छोराले नयाँ साइकल माग्नुको कारण मैले बुझिसकेको थिएँ । हिजो उ टीकापुरको आफ्नो ठूलो कम्पाउण्डले घेरिएको चौडा घरमा थियो । उ सँग चाहेजस्तो, मनले रोजेका थरिथरिका खेलौनाहरु थिए । पैतालामा गाडी, पैतालामै गुडिया । जे चाह्यो त्यो सबै थिए । तर आज उ सँग मामा घरमा छोडिएको एउटा पुरानो साइकल मात्रै थियो । हप्तौं त्यही साइकलमा खेल्दा खेल्दै उ वाक्क थियो होला । अनि भएको त्यही साइकल पनि बिग्रिएपछि अर्को साइकल नमागेर के गरोस् त ? तर हामी पनि विवशताको पहाडले चिचिका थियौं, रञ्जिता काठमाण्डौमा सुख्खा थिइन्, म भारतमा भुख्खा थिएँ । त्यहाँबाट जुन दिन छोराले सम्झिन्छ, त्यही दिन फोन गर्छ र नयाँ साइकल खोइ भन्छ । बिचरी रञ्जिताले पनि कति दिन थेग्नु छोराको जिद्दी । उनी पनि जब जब छोराले साइकल सम्झेर दुःख दिन थाल्छ, तब तब मलाई फोन लगाइदिएर छोरालाई थमाइदिन्छिन् । छोराको हातमा मोवाइल पर्ने बित्तिक्कै उस्तै धम्की सुन्छु म – ‘‘ए बाउ, मेरो साइकल खोइ ?’’ छोराको मायालु धम्कीपूर्ण भाषा दिन प्रतिदिन यसरी सुन्दै गएँ र भोलि भोलि भन्दै टार्दै गएँ । मसँग पैसा भए पो साइकल किनिदिनु । कहिलेकाहिँ बजार घुम्ने टेम्पो भाडासमेत नभएको अवस्थामा छोरालाई साइकल किन्ने पैसाको जोहो त टाढाकै कुरा भयो । पटक पटक छोरासँग झूठो बोलिरहनुको पीडा बयान गरेरै साध्यै छैन । भोलि भोलि भन्दा छोरो पनि आत्तिइसकेको थियो । अघिपछि भनेको फर्माइस भुइँमा झर्न नदिने बाबुको आनीबानीको बारेमा जानकार थियो ऊ । तर, अहिले त्यत्रो पटक फोन गर्दासमेत मेरो कुरा किन नसुनेको होला बाबाले भन्ने पनि लाग्दो हो उसलाई । झूठको पनि सीमा हुन्छ नि । त्यसैले आजभोलि उसले मेरो कुरा पनि पत्याउन छोडिसकेको छ क्यारे ! मैंले फोन गरें भने पनि सिधा धम्की दिन्छ – ‘‘ए बाउ, खोइ मेरो साइकल ?’’ भारतमा दशैंको रौनक नभए पनि नेपालमा दशैं आएको जानकारी छ मलाई । टीकापुर आन्दोलनका क्रममा हामी सबै परिवारको सम्पत्ति जायजेथासहित सम्पूर्ण लत्ताकपडा पनि जलाइएको छ । एउटा झोलामा आमा–छोराका दुई–चार जोर कपडाबाहेक रञ्जितासँग पनि अन्य लत्ताकपडा कहाँ होलान् र ? दशैंजस्तो चाडबाडमा छिमेकका सबैजना नयाँ नाना किन्न जाँदा उनले पनि सोच्दिहुन् – आमा छोराका लागि एकसरो कपडा किन्न पाए त हुन्थ्यो । च्यात्तिएको एकसरो लुगाबाहेक प्रवासमा म सँग केही नभएको साक्षात जानकार थिइन् उनी । त्यसैले यो अवस्थामा दवाव दिनु उचित ठान्दिन थिइन् क्यारे ! मेरो पीडाको पाप्रा उप्काएर झनै पीडित बनाउन उनी चाहँदैनथिन् होला । मैले सोद्धा जवाफ दिन्थिन् – लगाउने कपडा छँदैछ नि । धेरै चिन्ता नगर । बरु समस्याको समाधान कसरी गर्न सकिन्छ, त्यतातिर ध्यान देउ । – आभूलाई नयाँ नाना छ त ? छातिमाथि बज्रले हिर्काएको भन्दा ठूलो चोट सहदै एकदिन मैले उनलाई सोधेको थिएँ । उनी धेरैबेर बोलिनन् । मोबाइलमा सुनिएको सुँक्क सुँक्क आवाजले कुरा बुझिहालें । यसपालि दशैंमा छोराको लागि नयाँ नाना किन्ने हैसियत रहेनछ हाम्रो । फोन राखेर बाथरुममा छिरें । पानीको धारा खाली बाँटामा खोलिदिएँ । छ्वार्र आवाजले रोएको आवाज पक्कै सुनिदैन होला भनेर डाँको छोडेर रोएँ । धित मरुञ्जेल रोएँ । आँशु सिद्धिएको परेली धारामा धुँदै सम्झें, ‘‘जीवनमा हाँसोको पूर्णविराम पनि हुँदोरहेछ । आँसु नै साथी आँसु नै सहारा ।’’ छोराको जिद्दी थाम्न नसकेपछि एकदिन काठमाडौंमा साथीलाई साइकलको लागि अनुनय गरें । ठीकै छ, म भोलि भाउजूलाई बोलाएर नयाँ साइकल किनिदिउँला साथीले भन्यो । भोलि नै त मलाई फोन सम्पर्क गर्न मन लागेन, साथीले भने बमोजिम निकैदिन कुरें । तर साथीको भोलि कहिल्यै आएन । अर्को एकजना निकटको मित्रलाई गुहारें । दशैंको बेलामा श्रीमती र छोराका लागि केही गरिदिन अनुनय गरें । उहाँले पनि भोलि नै भन्नुभयो । साढे सात र शनीहरुले हाम्रो यो पीडामा थपडी बजाइरहेका होलान् । हामीलाई घानमा पारेर धेरै थारु नेता मन्त्री भएका छन् । उनीहरुको दशैं त उमङ्गमय नै होला !  दशैंको बेलामा आफूलाई केही नभए पनि परिवारको लागि कमसेकम एक जोडी कपडा त किनीदिउँ भनेर धेरै साथीभाइलाई गुहारियो, तर सबैको एउटै उत्तर थियो भोलि । राज्यको मोष्ट वान्टेड सूचिमा रहेकोले पनि होला, धेरै साथी त म सँग फोनमा कुरा गर्न पनि चाहँदैनथे । एकजना पुराना साथी थिए । मेरा असाध्यै प्रशंसक । काठमाडौंमा हुने थारुहरुको हरेक क्रियाकलापमा उनी मेरो पक्षधर हुन्थे । वर्तमानमा उनी सभासद थिए । दिल्लीमा भेट हुँदा ‘भाउजू र छोराको म अवश्य केही गर्नेछु नेताजी’ भनेर उनले मलाई वचन दिएका थिए । अचानक उनी अनलाइनमा देखा परे । ‘भाउजू र छोराको लागि केही गर्न सकिन्छ ?’ उनले मेरो म्यासेज त पढे । तर जवाफ नफर्काइकनै अचानक उनी डिसकनेक्ट भए । आज बिहान फेरि छोराको फोन आयो । रञ्जिता केही बोलिनन् । उनलाई थाहा थियो – मेरो बुढाले आजपनि पक्कै भोलि भन्नेछ । मन थामिएन । काठमाण्डौमा भाइलाई फोन गरेर भतिजाको लागि साइकल किनिदिनु भनेर अनुनय गरें । उसले किनिदिने आश्वासन दिएको छ । सायद मेरो छोराले दशैंमा साइकल पाउँछ होला । जिन्दगीका हरेक संघर्षमय दिनहरुमा रञ्जिता मसँगै छिन् । उनले छोरीजस्तै बाबा, भोक लाग्यो भन्थिन् । म खाजा लिएर टुप्लुक्क उपस्थित हुन्थें । आज घरमा भात नपकाउ है भन्दा हामी गाडी चढेर राम्रो होटेलमा गई मनलाग्दो खान्थ्यौं । तर, समयले अनायस हामीमाथि घोर अन्यायको बादल ओढाइदिएपछि एकअर्काको आलिङ्गनबाट पनि टाढिएका छौं । उनलाई भोक लागेको बेला सकेको खुवाएँ । आजभोलि सोच्छु, जिन्दगीमा छोराको साइकल फर्माइस पूरा गर्न नसक्ने दिनपनि आउँदोरहेछ ? जे भएपनि मन बुझाएकै होलिन् । चित्त बुझाएकै होलिन् । अहिलेसम्म मुद्दा फिर्ता गर्ने सरकारको कुनै छाँटकाटै छैन । यता परदेशमा मैले त आङ ढाकेकै छु । उनी कस्ती छिन् भनेर कल्पेर रुनुको बिकल्प छैन मसँग । उनले पकाएको खसीको मासु असाध्यै मीठो लाग्छ मलाई । तर के गर्ने समयले उनको र मेरो भान्सा अलग अलग गरिदिएको छ । एकै थालमा पस्केर एकअर्कोलाई नखुवाईकन पेट भरेको जस्तो नलाग्ने हाम्रो जोडीमाथि राजनैतिक राहुको प्रवेशले छुट्टयाइदिएको छ । सायद साढे सात र शनीहरुले हाम्रो यो पीडामा थपडी बजाइरहेका होलान् । हामीलाई घानमा पारेर धेरै थारु नेता मन्त्री भएका छन् । उनीहरुको दशैं त उमङ्गमय नै होला ! हामीले धेरै वर्षदेखि दशैंताका रेडियो कार्यक्रममा एउटा गीत निरन्तर बजाउने गर्दथ्यौं दशैंको पीडाको । हामी खुशी भएका दिनमा दुखिला दशैं हुनेहरुको पीडा पनि यसैगरी बज्यो हाम्रो रेडियोमा – ‘‘दिनै बित्छ रोएर, रातै कोल्टे फेरेर कति बसुँ दया राजै बाटो कुरेर ।’’ राति सपनीमा देखें रञ्जु र छोरा बाटोमा बसेर भीख माग्दै रहेछन् । कुनै दयालुले उनले ओछ्याएको रुमालमा एक रुपैयाँको ढ्याक हालिदिएछ । दुबैजना खुसीले उफ्रेछन् । झसङ्ग भएर असिनपसिन भई उठें । फेरि कोल्टो फेरेर निदाउन प्रयत्न गरें । दोस्रो सपनामा रञ्जिता र छोरा अगाडि थिए । रञ्जिता हात जोडेर उभिएकी थिइन् । छोरा भने मलाई थर्काउँदै थियो – ए बाउ, मेरो साइकल खोइ ? के हाम्रो जीवनमा यस्तो दिन पनि आउँछ ? कल्पनै नगरेको सपना कसरी देखें मैले ? भिजेको छाती र निधार रुमालले पुछेर फेरि निदाउने प्रयत्न गरें । दोस्रो पटकको निदरीमा पुनः सपना देखें । रञ्जिता पोको पकुन्तरोसहित छोराको हात समातेर उभिइरहेकी थिइन् । छोरा भने मलाई थर्काउँदै थियो, ‘‘ए बाउ, खोइ मेरो साइकल ?’’ चिरफार पुस्तकबाट  

खेलको भित्री कथा

खेलको भित्री कथा

१११३ दिन अगाडि

|

१० भदौ २०७९

  थियो त्यो समय, धारा प्रवाहको  थियो त्यो समय, एक आन्दोलनको । आह्वान थियो आवाजविहीनहरु जुर्मुराउने  भाषण थियो पहिचान दिलाउने  विभेद र शोषण मेटाउने । आहा क्या थियो त्यो त्यो एक सपना थियो ।। कर्मशील भूमिपुत्र  जसलाई बुझाइयो पहिचान के हो भनेर सम्झियो आफ्ना दुःखका दिन सोच्यो अरु जस्तै समान हुने जीवन लाग्यो त्यो पनि पहिचान पाउने ठानेर नेताहरुले भनेको जस्तै मानेर  हुइ टो हुइ, नाइ हुइ टो नाई हुइ लाग्यो अब फरिया कसेर । तर त्यो एक खेल थियो जाल झेल र षड्यन्त्रको दृश्य थियो “सपना”,  अदृष्य थियो “नियम” कालो नियमको अखण्ड निसाना  प्रहार हुने योजना छ । जो जनताको मुटुजस्तै प्यारो थियो  राज्यको नजरमा तारो बन्यो जसको आवाजमा संगीत गुञ्जन्थो जसको व्यवहारमा साझा संस्कृति झल्किन्थो  उ थियो आन्दोलनलाई बोक्न सक्ने  उ थियो अनेकलार्ई एकमा जोड्न सक्ने  उ एक क्रान्ति थियो । जो सानैदेखि सबैको प्यारो थियो  तर शासकको राज्यलार्ई तगारो भयो । उसले आफूलार्ई थारु मात्र सोचेन शाषकले उसलाई थारुबाहेक अरु देखेन  खेल मैदानबाट  जनताको छोरोलाई पाता कसेर लगियो खेल बन्द गरियो  दमन र अत्याचारले सिमा काट्यो  अदृष्य नियमको अदृष्य अपराध चल्यो  भूमिपुत्रलाई जेलनेलको डर तेस्र्याइयो सपना देखाउनेहरु नै नौला शाषक भए नीति सिद्धान्त र कानुन भजाएर खाने नौला ठेकेदार भए पहिचान अब केवल शब्द रह्यो  पहिचानले शाषकको हिसाबमा  नाफा घटाउने भयो । कसैको नखानु, कसैको नबिराउनु  न्यायमा अन्याय  मनभित्र आगो थपियो । ‘‘ शाषकले समयसंगै  अर्को खेलको आयोजना गर्यो । “चुनाव” नेपाली जनताले खेल्न नजानेको परिचित खेल यो खेलको दृश्य थियोः “विकास र समृद्घि” अदृष्य थियोः “सत्ता” विकासले पैसा बाँड्यो सत्ताले शक्ति देखायो  पैसा र पावरले  खेल मेदानको प्रतिस्पर्धा भव्य भयो । भव्य मैदानमा सभ्य नागरिकको उपस्थिति शाषकको कल्पना भन्दा बाहिर थियो । अब हिजोको सबै परिदृष्य एक भएर आयो मनमुटाव एकजुटमा परिणत भयो  हल्ला नगरी सल्लाह भयो साहसी भइ सभ्य भए सहनशील भइ विवेकी भए  त्यहाँ जनता लडाउने कोही नेता थिएन आपसमा लड्ने कोही जनता भएन कसैको सुनेनन्, आफ्नो सुने कसैको भएनन्, आफ्नो भए मत विश्वास थियो विश्वास मत भयो  परिणाम जित थियो । शाषकको खेल जनताको जित  नेपाली इतिहासमा सुनौलौ दिन ।। त्यसैले,  जनविश्वासको अगाडि  अन्यायको हत्कडी धेरैबेर टिक्ने छैन  जनताको खेल जनताले जित्नु पर्छ                                             कैलाली 

ए सरकार, एक ‘ढकिया’ न्याय देऊ 

ए सरकार, एक ‘ढकिया’ न्याय देऊ 

१११५ दिन अगाडि

|

८ भदौ २०७९

न्यायको पर्खाइमा भोकाएको देश यति बेला अन्यायको प्रदुषणले  ग्रसित छ  त्यसैले त होला  मडारिएको छ यहाँ वर्षोँदेखि विभेद र दमनको कुहिरो बिछाइएको छ जाल षड्यन्त्रको लगाइएको छ कपोकल्पित झुठा मुद्दा बझाइएको छ निर्दोषहरुलाई ‘खोंगिया’मा  ‘मच्छि’ बझाएझैँ अनि तड्पाइरहेछन्     पानी विनाको ‘मच्छि’झैँ न्यायको लागि र हेरिहेछन् रमिता जहाँ जबर्जस्ती कोचिएका छन् रेशम चौधरीजस्ता  निर्दोषहरु जेल ए, भनि देउ न सरकार !  कहिलेसम्म चल्ने हो  तिम्रो राजनीतिक चलखेल ? यो कस्तो कानुन हामीलाई मात्र लागु हुने ? जहाँ कर्फूयमा पनि छानी छानी थारुहरुकै घरमा सल्काइयो आगो खोसियो रोजीरोटी पोखियो सपना लुटियो अस्मिता मिल्काइयो कुनामा  हाम्रो पहिचान र अस्तित्व  र पहि¥याइयो दोषीको मुखौटा ए सरकार ! कहिले हटाउँछौ मनको खोट कहिले बुझिदिने टीकापुरको चोट नभए हुनेछ एकदिन फेरि पनि टीकापुर विस्फोट नजोख हामीलाई अब सन्तुलन गुमाएको तिम्रो न्यायको तराजुले बरु देउ एक ‘ढकिया’ न्याय एक ‘डेहरि’ पहिचान एक ‘भौका’ समानता एक ‘भँक्रि’ उन्मुक्तिको सास ‘फुरे हम्रे’ कहिलेसम्म बन्ने ? ‘टोहार’ बँधुवा कमैया । बँधुवा कमैया ।।      हालः कीर्तिपुर, काठमाडौं थारू लेखक संघ नेपालद्वारा ‘बरल टीकापुर’ साहित्य अभियान २०७९ अन्तर्गत रचिएको कविता ।  

आज तिम्रो गोली खाँदैछु

आज तिम्रो गोली खाँदैछु

१११८ दिन अगाडि

|

५ भदौ २०७९

धेरै सन्धि सम्झौता भए अनेकौं लोभ लालच देखायौ त्रास दियौ, प्रताडित गरायौ तर मातृभूमिलाई अगाध प्रेम गर्ने म थारु  एक इन्च पनि पछि हटिन  र त, आज तिम्रो गोली खाँदैछु । शिक्षाबाट बञ्चित गरायौ मेरो धर्म संस्कृति नष्ट गर्यो ममाथि तिम्रो मनगढन्ते धर्म संस्कार लाद्यौ म विवश थिए, म अन्धभक्त भएँ  बल्ल आँखा खुल्यो  क्रोधले म चिच्याएँ  र त, आज तिम्रो गोली खाँदैछु । अधिकारको लागि लड्न सिकायौ पहिचानको परिभाषा तिमीले सिकायौ तिम्रै उक्साहटमा लड्नु पर्यो घरी घरी मर्नु पर्यो तिम्रो धुर्त्याई नबुझ्नु भूल रहेछ  त्यही बदलाको क्रोधले विद्रोह गर्दैछु  र त, आज तिम्रो गोली खाँदैछु । आन्दोलन गर्न उत्तेजित बनायौ आफ्नै झोले, साइबर स्याले खटायौ ममाथि गोली बर्सायौ,  प्रहरी मारिए, बालकलाई पनि छोडेनौ तर सबै दोष म थारुमाथि थोपर्यो त्यही दोष चिर्ने प्रयास गर्दैछु  र त, आज तिम्रो गोली खाँदैछु । म थारु यो देशको भूमिपुत्र  जति पीडा दियौ दियौ अब सहन सकिँदैन हेर यदि अत्याचार गर्न छोड्दैनौ भने होस गर जल्लादहरु थारु अघि बढ्यो भने  पछाडि फर्किन जान्दैन ।           तिलोत्तमा, रुपन्देही    

नत्थुरामको रिक्सा (कथा)

नत्थुरामको रिक्सा (कथा)

१११८ दिन अगाडि

|

५ भदौ २०७९

चेतना शर्मा एक समयमा नत्थुराम कमैया थियो । अब ऊ ‘मुक्तकमैया’ हो । उसलाई लाग्यो, मुक्त भएपछि उड्न सक्नेछ । त्यसैले मुक्त भएको दिन जमिन्दारको घरबाट जीउमा लगाएको एकसरो लुगाबाहेक केही नलिई बाहिरिएको थियो । “रिक्सा कैसिके टुटल”, लालमतीका आत्तिएका शब्द नत्थुरामका कानमा ठोक्किन्छन् । “कार ठोकल ।”, नत्थुराम यति मात्र जवाफ फर्काउँछ । के, कसरी, किन ? आदि इत्यादि सबै कुराको बिस्तार लाउने जाँगर चलेन उसलाई । रिक्सालाई लतार्दे ल्याउँछ र आँपको रुखमा अडेस लाएर राख्छ । रस्सीले बुनेको चारपाईमा गम्छा फाल्छ र पानीको नल्कातर्फ सोझिन्छ । फर्केर उही चारपाईमा बस्छ । गम्छाले निधार पुच्छ । तराईको अत्यासलाग्दो गर्मीमा नत्थुरामको पसिना र आँसु छुट्टिएको छैन । घरको छतमा काग कराउँछ । उसको ध्यान भङ्ग हुन्छ । ऊ देख्छ, छेउमा लालमती टुक्रुक्क बसेकी छे । लालमती, छोरी त आउँदिन ? काग करायो । “के थाहा ?” आफन्तका नाममा छोरीबाहेक अरु को नै छ र उनीहरुको ?  “आज कोही नआइदिए हुन्थ्यो ।” बसेको ठाउँबाट बरबराउँदै उठ्छ र रिक्सालाई मसार मुसुर गर्छ । “जा हुइल हुइल” लालमतीका सान्त्वनाका दिने शब्द र भावभङ्गीहरुसँग कुनै चासो राख्दैन ऊ । तर अम्खराको पानी एकछिन घटघट् पिएर रित्याउँछ । आफ्नो वरिपरिको सबै थोक निरश र बोझिल लागिरहेका छन् । बस, ऊ थन्किन चाहन्थ्यो, कतै रिक्सालाई थन्क्याएर । तर स्वास चलुन्जेल थन्किने छुट कसरी पाउँछ र उसले ?  “रिक्सा राम्ररी चलाउन जान्दैन ? सडकका भार ।”, चिल्लो कारबाट एउटा मानिस ओर्लेर उसलाई गाली गरिरहेको हुन्छ । “तपाईंको कारको अघि बच्चीलाई जोगाउन खोजेको हुँ ।”, नत्थुराम भन्न खोज्दै थियो । नत्थुरामका पोल्टामा गल्ती हालेर कार घुइँकिन्छ र अलप हुन्छ, उसको नजरबाट । “सडक किन मेरो हुन सकेन कहिल्यै ?”, चिल्लो सडकमा त चिल्ला गाडीमात्रै घुँइकिन्छन् । ऊ आँखाले भ्याएसम्म खाल्डा खुल्डी परेको सडक हेर्छ । उसलाई रिक्साको यसरी माया लाग्यो मानौं त्यो उसको सन्तान हो, जसमाथि उसको निकै आशा र भरोसा थियो । आमाबुवाको सपना चकनाचुर गरेर एउटा सन्तान उसका अघि उभिएको छ । तर त्यो रिक्सालाई छातीमा अठ्याँउन मन लाग्छ, नत्थुरामलाई । रिक्साको पछाडिको एउटा चक्का र अगाडिको एउटा चक्का पूरै बाँगिएको छ । बस्ने सिटको गद्दीमा पनि क्षति पुगेको छ । “लालमती यो सपना भैदिए त हुने नि ।” “त्यसो भए हाम्रो जिन्दगी नै सपना भए हुने नि”, श्रीमतीको आवाज कठोर थियो । सङ्घर्षले या त मानिसलाई हराउँदो रहेछ या त कठोर बनाउँछ भन्ने कुरा उसले नबुझेको होइन । आकाशतर्फ हेर्छ । कति विशाल र कति फराकिलो । आकाशको विशालतामा ऊ समाहित हुन चाहन्छ । उसको नजर रिक्सातर्फ नै जान्छ । रिक्सा र उसको आत्मीय सम्बन्ध उसले मात्रै अनुभव गर्न सक्छ । फिलिममा देखाएजस्तै सम्बन्ध नभए पनि नत्थुराम र लालमती एकअर्काको दुःखका भाषा बुझ्दछन्, सान्त्वना दिन नजाने पनि एकअर्कालाई एकान्तमा छाडिदिन्छन् ।  नत्थुरामलाई थाहा छ, श्रीमती पनि खाली बस्दिनँ । दिउँसो हेल्कामा माछा पार्न जामुनी खोलातर्फ जान्छे । सकेको ल्याउँछे, नसके रित्तो जाल लिएर फर्कन्छे । ससाना माछा सुकाएर सुकुटी बनाउँछे । अब भने सक्ने र नसक्ने उनीहरुको सामथ्र्यमा अस्ताउँदै गएको उमेरले छेकबार लाउँदै गएको छ । सक्ने उमेर त जमिन्दारको पेवा भएर सकियो । एक समयमा नत्थुराम कमैया थियो । अब ऊ ‘मुक्त कमैया’ हो । उसलाई लाग्यो, मुक्त भएपछि उड्न सक्नेछ । त्यसैले मुक्त भएको दिन जमिन्दारको घरबाट जीउमा लगाएको एकसरो लुगाबाहेक केही नलिई बाहिरिएको थियो । मुक्त कमैयाको जमात ठूलो थियो । त्यसपछि त कमैया मुक्ति एउटा नारा बन्यो । कति मुक्त कमैयाको आवाज उँचो भयो, विगतमा भोगेका पीडाहरुलाई शक्तिमा बदल्नुपर्ने अठोट लिन थाले । कति राजनीतिक दलका नेता बने । कमैया बाहेकका मान्छेका लागि पनि कमैया मुक्ति माँगीखाने भाँडो बन्यो । तर नत्थुरामजस्ता भने एउटा भुँग्रोबाट अर्को भुँग्रोमा खसेका मात्र थिए । खेतीकिसानीको राम्रै ज्ञान छ उसलाई । तर खान सक्ने सम्मको खेतीबारी पनि उसँग थिएन । सानो कमैया शिविरको छाप्रामा ऊ अटाएको थियो । एउटा स्वतन्त्रता भने मुक्तिपछि पक्कै पाएको थियो नत्थुरामले । ऊ रिक्सा चलाएर स्वतन्त्रताको स्वाद चाख्न खोज्थ्यो । त्यो रिक्सा आफ्नो होइन मालिकको हो ।  नत्थुरामलाई रिक्सा मालिकले गर्ने व्यवहार नराम्रो लागेर के गर्नु ? उसले बुझेको छ गरिबीको अर्को नाम सहनु पनि हो । उसलाई थाहा भयो यो “मालिक” शब्द उसको जीवनबाट नछुट्ने भयो । दैनिक कमाइको निश्चित रकम रिक्सा मालिकलाई बुझाएपछि बाँकी बचेको रकम आफ्नो हाफपेन्टको खल्तीमा राखेर बेलुका घर फर्कन्थ्यो ऊ । र, निदाउँथ्यो ।  सपनामा आफू मालिक भएको हेर्न चाहना हुन्थ्यो । हो, रिक्सा मालिक । त्यसैले सधैं बाँकी पैसा जम्मा पारेर राख्दथ्यो । बेलाबेलामा गर्मीले बेहाल भएको बेला सडक छेउ छाँयामा रिक्सा ठड्याएर रिक्सामा केहीबेर सुस्ताउँदथ्यो । “नत्थुराम यो रिक्साको मर्मत गरेर मलाई बुझाइ दे ।”, यी शब्द उसका कानमा नपरुन् भन्ने लागेको थियो । तर नसुन्नुको विकल्प थिएन । उग्र रुपमा गरिबी उसको नजिक बढिरहेको थियो । खुइलिएको टाउकोमा गम्छा राखेर अनुनयनको भावमा उभिएको थियो मालिकका सामुन्ने । आज उसले रिक्सालाई जोगाउन सकेन वा रिक्साले उसलाई जोगाउन सकेन ? यो कुरा उसलाई बारम्बार घोचिरहेको छ । खासमा न त रिक्साले उसको सपना जोगाउन सक्यो, न त उसले रिक्सालाई नै । लालामती खाना लिएर उसका अगाडि आउँछे । गब्डा (गाभा)को टिना, रातो खुर्सानी र भातका डल्लाहरु । खान मन कतै छैन उसलाई, अर्को मनले सोच्छ खानाको के दोष ? अब यो खाएर सुत्न जानुछ उसलाई । आज अरु दिनभन्दा लामै निदाउन चाहन्छ ऊ । तर “रिक्सा मालिक” भएको सपना भने देख्न चाहँदैन । साहित्यपोष्टबाट