प्रज्ञाको राष्ट्रिय कविता महोत्सव प्रतियोगी नहुने 

प्रज्ञाको राष्ट्रिय कविता महोत्सव प्रतियोगी नहुने 

१२३६ दिन अगाडि

|

१५ वैशाख २०८०

गजलः नैचाहि सोना चाँडि

गजलः नैचाहि सोना चाँडि

१२३७ दिन अगाडि

|

१४ वैशाख २०८०

दिपक चौधरी असीम नैचाहि सोना चाँडि महिन मैयाँ कैना मन हुइलेसे  उहे मन मन्डिलमे मैंयक् बख्खारिक् ढन हुइलेसे।  रुप्या पैसा व सुग्घर रुप एक समान कह्ठै सब्जे,  जाट्टिसे आझ बा काल्ह नैहो माटिक् टन हुइलेसे।  ना लेके अइनुँ ना लेके जैबुँ इ मटलबि डुनियाँसे मै,  सङ्गे आइल अपन पिंजराफेँ छोर्जिम मरन हुइलेसे। बचन कान सुनट् मारलसे भारि चोट मुटुम लागट्, आँखिसे आँस बहट् छाटिक भिट्टर जलन हुइलेसे।  माटिक् सरिर माटिम मिल्जाइट पटै बा सब जहन,  आत्म उर्जाइट् डेंह लास ओर्हाइल कप्फन हुइलेसे।  जन्मना मुना प्राकृतिक नियम नाउँ अमर हो जाइठ्,  कौनो मजा कर्म सुन्डर कृटि व मिठ बचन हुइलेसे।                                 कैलारी–२ बसौटी, कैलाली  

थबाङ

थबाङ

१२३९ दिन अगाडि

|

१२ वैशाख २०८०

थबाङ ! बारुदको गन्धबाट हुर्किएको भूगोल विद्रोहको ज्वालाबाट उठेको बस्ती र क्रान्तिको धारबाट बगेको मन हो । जब पलाउँछन् बस्तीका डालीहरूमा आकांक्षा गुराँसहरू कोइलीहरू गाउनेछन् परिवर्तनका गीतहरू र, फुल्न थाल्नेछन् आस्थाका रक्तिम फूलहरू भने कतै स्याल हुइयाँसँगै साम्राज्य जमाउँछन् औंसी रातहरू र तर्साउन खोज्छन् अनेक राँके भूतहरू तर थबाङ कहिल्यै डराउँदैन ऊ कहिल्यै तर्सिदैन किनकि, थबाङ पूर्णिमा हो र आफै राँको हो । बाजहरू थबाङलाई बारम्बार हेर्छन् आगोको फिलिङ्गो जस्तै आँखाहरूले  कोपर्न खोज्छन् सुइरो जस्तै तिखा नाङ्ग्राहरूल र, टोक्न आउँछन् भाला जस्तै दाँतहरूले तर, थबाङ स्वाभिमानको छाती थापेर निर्भीकतापूर्वक ठिङ्ग उभिरहन्छ । जून निलेर औंसीहरू जब थबाङको स्वाभिमानमाथि नाइट भिजनहरूबाट बर्साउँछन् कायरताका गोलीहरू मिसाइलहरू र बम–बारुदहरू थबाङ जुरुक्क उठ्छ ऊ पनि निस्किन्छ समरयात्रामा र उभिन्छ युद्ध मैदानमा  रुख, बुट्यान, ढुङ्गाहरूका आर्क लिएर बङ्कर र सेल्टरहरूबाट  धैर्यता र साहास बोकेर आस्था र दृढता बोकेर प्रतिकारात्मक प्रहार गर्छ दुर्भाग्य पोखिन्छन्  माटोमा दुइ–चार थोपा रगतहरू तर पनि थबाङ,  सधैं विजयको झण्डा लिएर उभिन्छ । थबाङ ! धेरै पटक आश्वासनहरू खाएको छ झूठहरू अनि भ्रमहरू पचाएको छ दुःख, बेथिति र नियतिहरू भोगेको छ अवरोध–प्रतिरोधको सामना पनि गरेको छ यसरी भोक, रोग र प्याससँग संघर्ष गर्दै दमन, शोषण र उत्पीडनसँग जुझ्दै विचारको ज्वार बोकेर ऊ क्रूरता र आतंक बिरुद्ध विध्वंश मच्चाउँदै  निस्किन्छ अंगारबाट आँट र विवेक बनेर । थबाङ ! दुश्मनहरूका बिरुद्ध आगोका लप्काहरू ओकल्दै ज्वालामुखीझैं बिस्फोट हुँदै ती अनिदा रातहरू ब्युँझाउँदै ऊ पूर्णिमाको जून जस्तै उदाइरहेछ र अब कसैको दास बन्नु हुँदैन कसैको कमारा बन्नु हुँदैन यही क्रान्तिकारी सन्देश बोकेर सगरमाथाझैं उच्च स्वाभिमानी भएर थबाङ चलमलाइरहेछ । प्रकृतिका अनुपम सुन्दरतासँगै जब थबाङखोला सुसाउँछ झुपडी, गरीब, निमुखाहरूको आवाज प्रकृति पूजकहरूको भूमे प्राचीन कला–संस्कृति र पहिचान सुनछहरी गाउँछ शान्तिको गीत र उत्साहको हातहरू हल्लाइरहेछ जलजला यता आफ्नै आस्था र आफ्नै भरोसामा  सगर्व बाँचिरहेछ थबाङ ।

आमा

आमा

१२४४ दिन अगाडि

|

७ वैशाख २०८०

सूर्यप्रसाद खनाल  म धर्ती चिन्दिनँ म गगन चिन्दिनँ । आमालाई जमिन बनाएर बुबालाई गगन बनाएर  आमाको जिउमा बिज बनेर धर्ती टेक्ने दिन गनेर । पहिलो पाइला आमाको पेटमै टेकें सुरक्षाको निम्ति पेटभित्रै अंश मागेँ  अनि तारबारले छेकें  त्यसैले मेरो पहिलो धर्ती मेरी आमा उहाँ नै हो  धर्ती टेकाउने पहलो गगन मेरो बुबै हो । मन्दिरमा भगवान कहाँ भेटिएला ? आमामा भगवान कहाँ नभेटिएला ? साँच्चै मूर्ति पुज्ने म मूर्ख हुँ  आमा तिम्रो दीर्घायुको कामना गरिरहन्छु दिनहुँ  तिमी छौ र त आमा हरेक पीडाको मलम छ  मेरो भगवान मेरै आमा तिमीलाई सलाम छ । सोच्छु कहिले गल्याम्म लोड्दा आमा किन भन्छु ? केही चिजले घोच्दा आँमा किन भन्छु रु? अहो तिम्रो दूधबाट  अनि रगतबाट सिँचित यो शरीर लड्दा  मलाईभन्दा तिमीलाई नै पो दुख्दो रहेछ । त्यसैले हरेक मान्छे  दुःखमा मेरी आमा भन्दो रहेछ   आमा तिम्रो कति थोपा दूधले बन्यो होला ? मेरो शरीरको एक थोपा रगत  कति रगतकै नदी बगायौ होला ? मलाई टेकाउन यो जगत  आमा म अरू के नै गर्न सक्छु र ? तिम्रो दूध र रगतको सम्मानमा  वृद्धाआश्रम पुर्याउने छैन । वचनका वाणले तिम्रो छाती फुटाएर, धुरु धुरु रुवाउने छैन  मसिनो मैले र मेरा सन्ततिले खाएर तिमीलाई खस्रो खुवाउने छैन तर आमा मैले तिम्रा लागि रगतको धार फुटाउन सक्दिनँ कि  दूधका थोपाहरु खसाउन सक्दिनँ कि  गर्भभित्र तिमीलाई बसाउन सक्दिनँ कि  त्यसैले तिमीले जत्ति मैले उत्ति  माया दिन सक्दिनँ कि आमा तिमी छौ र भगवान छन् तिमी छौ र घर छ  तिमी छौ र आधार छ  तिमी छौ र हिम्मत छ  तिमी छौ र संसारै मेरो छ  तिमी छैनौ त सबै अँधेरो छ लाग्छ आमा तिमी हुँदा रोगमाथि पनि मलम छ  मेरी  आमा तिमीलाई तिम्रै छोराको साँच्चिकै सलाम छ  ।

टीकापुर साहित्य महोत्सवः पहिलो दिन सात विधामा प्रस्तुति

टीकापुर साहित्य महोत्सवः पहिलो दिन सात विधामा प्रस्तुति

१२५५ दिन अगाडि

|

२५ चैत २०७९

कैलालीको टीकापुरमा पहिलो पटक साहित्य महोत्सव सुरु भएको छ । पहिलो दिन शनिबार सात विधामा प्रस्तुति गरिएको छ । पहिलो प्रस्तुति ‘साहित्यमार्फत सामाजिक सद्भाव’ विषयमा राजनीतिक विश्लेषक तथा लेखक सिके लालको प्रस्तुति रह्यो ।  दोस्रो प्रस्तुति ‘साहित्य किन लेख्ने ? किन पढ्ने ?’ भन्ने विषयमा चल्दै छ । यसमा साहित्यकार केशव दाहाल, बुद्धिसागर र शिवानीसिंह थारूको प्रस्तुति रहने छ भने यसको सहजीकरण दीपक सापकोटाले गरे।  तेस्रो प्रस्तुति ‘बैकिनीका आँसुमा डुब्छ, सुदूरपश्चिमको धर्ती’ विषयमा उमा वादी, उन्नति चौधरी र कल्पना भट्टको रह्यो । यसको सहजीकरण पत्रकार आरती चटौतले गरे । यस्तै चौथो प्रस्तुति ‘पाठकको रोजइमा उपन्यास नै किन ?’ विषयमा नयनराज पाण्डे, अमर न्यौपाने र उमा सुवेदीको रह्यो । यसको सहजीकरण पत्रकार तथा लेखक यज्ञशले गरे । पाँचौँ प्रस्तुति ‘आख्यानमा पहिचानका मुद्दा’ विषयमा भयो । यसमा अर्चना थापा, फूलमान वल र राजेन्द्र विमलका कुरा सुनाए । यसको सहजीकरण गुरुङ सुशान्तले गरे । महोत्सवमा छैटौँ प्रस्तुति ‘गद्यकविताको शक्ति’का विषयमा भयो । गद्यकविताको शक्तिबारे श्रवण मुकारुङ, सरिता तिवारी र निभा शाह थिए । यसमा नवीन अभिलाषीले सहजीकरण गरेका थिए । सातौँ प्रस्तुति घनश्याम खड्काको सहजीकरणमा ‘बाटो बिराएको आजको शिक्षा’बारे भयो। यसमा डा सञ्जीव उप्रेती र प्रा डा भारती जोशीको प्रस्तुति रह्यो । बेलुका  काव्य सन्ध्या आयोजना गरियो । काव्य सन्ध्याको सहजीकरण साहित्यकार अशोक बोहरा असीम पीडाले गरेका थिए ।  कार्यक्रममा ‘हाम्रो प्रधानमन्त्री कस्तो हुनुपर्छ’ भन्ने विषयमा विद्यार्थीबीच छलफल भयो। साहित्य महोत्सवबाट यस क्षेत्रका विद्यार्थी, शिक्षक, साहित्यकारलगायत उत्साहित बनेका छन् ।  “यो टीकापुरका लागि ऐतिहासिक कार्यक्रम हो, यसबाट सक्दो लाभ लिनुपर्छ”, स्थानीय समाजसेवी भुवनेश्वर अधिकारीले भने । तीन दिनसम्म चल्ने साहित्य महोत्सवमा देशका विभिन्न ठाउँबाट पत्रकार, कलाकार, साहित्यकार, राजनीतिज्ञलगायतको उपस्थिति रहने समाजका अध्यक्ष महेशविक्रम शाहले जनाए ।

जिन्गिसे लर्टि बटुँ मै

जिन्गिसे लर्टि बटुँ मै

१२५९ दिन अगाडि

|

२२ चैत २०७९

दिपक चौधरी ‘असीम’ कब कहाँ कह्या ओराइ जिन्गि मोर सोंच्टि बटुँ मै।  हर कडम यहाँ समस्यासे लर्टि जिन्गि कट्टि बटुँ मै।  खै कौन कलमसे कौन डिन भाग्य लिखल बिढाटा फेँ,  कहुँ सुख नै लिखल् मोर डुखक आँस पोंछ्टि बटुँ मै।   कबु सोडेस कबु बिडेस स्ठाइ रुपसे बसोबास नै हो,  कबु घरबास कबु परबासके बिच डगर नेग्टि बटुँ मै।  घर परिवार इस्ट मित्र सक्कुजे कह्ठैं कब सम जैबि,  आनक डेस श्रम बेँचे कुछ कर्ना सपना डेख्टि बटुँ मै।  गरिबन्के सपना सपना रैह्जाइट् कबु सफल नै हुइट्,  टबु फेन सपना डेखक् नै छोर्के जिन्गिसे लर्टि बटुँ मै।  कैलारी–२ बसौटी, कैलाली

अइ डैया रि , भाग्गैलि चमेली ?

अइ डैया रि , भाग्गैलि चमेली ?

१२६० दिन अगाडि

|

२१ चैत २०७९

सोम डेमनडौरा उल्ट पुर्हान बर्कि ओ बर्का भागल् बाट । हुँक्र कहाँ भागल् बाट किउ फे पटा नि पैल हुइट । हुकन्हँक घर रोजडिन लघुवित्तक कर्मचारी अइठिन् । मने रोज ड्वार टाँटि लागल् रठिन् ।  आँजर पाँजरक मनै फे डु टिन दिनसे ओइन ह नि डेख्लक बट्वैठ । किउ किउ ट नेपालगन्ज बिर्वा कराई गैलक् बट्वइठ । ओठ्यका मनै फे हुँकनसे परिसान रल्ह । हुँक्र फे हुकन्हँक खोजिम रठ ।  लघुवित्तक एकठो फिल्ड कर्मचारी महा परिसान रहठ् । असिन पसिन डेख परठ् । अन्ह्वार गुस्साले भरल् डेख परठिस् । एकदिन ट आपन छोट्कि मुबाइल् पटक डिहल् रह रिसले । फेरसे टुक्रि टुक्रा बिट्वारठ् ।  शुरुम श्यामलाल कना मनैया चिल्गारी लघुवित्तमसे समुह बनाइ आइल रह जोतपुर गाउँम । मनैन् जुटाइक लाग ऊ बरघर्यक सहयोग लिहल् रह । बिना चाय पानी खवइल डु घन्टासम् मनैन् बैठाइल् ।  अन्तिमसम् जम्मा बार ठो मनै बचल रल्ह । का का बट्वाइल, मनै बुझ्बे नि कर्ल । बस्, रिनके लग पैसा केल बुझ्ल । किउ किउ ट पैसा मिलठ् कि बाह्रठ् कैक बुझ्ल । जे जे इह बुझल् हुँक्र सुन्टि रल्ह । ऊ कर्मचारीहँ डु मैन्हा लागल् रहिस् एकठो समुह बनैना । टब बल्ल वाकर नोकरी फे पक्का हुइल् रहिस् ।  मनै ढिर ढिर पैसा जम्मा कर लग्ल । बचतक महत्व फे बुझ लग्ल । हरेक मनै लघुवित्तक समुहम जैना हौस्याई लग्ल । ना कटि कटि जोतपुरम केल टिनठो समुह बन्गैल् । जन्नी मनै एक्क मेरिक पहिरन लगाक समुहम बचत कर जाइँठ् । उहाँ जाक हुँक्र पैसक महत्व बुझ लग्ल । आपन लर्कापर्कन्हँक लाग बचाइ परठ् कैक बुझ लग्ल ।  आब मनै ढिर ढिर रिन लेक छोट छोट डुकान चलैना सिख लग्ल । किउ किउ सुवर पल्ना, छेग्रि पल्ना, टिना खेति कर्ना सिख लग्ल । किउ किउ ट उह रिनले उप्पर फे उठ्गैल ।  किउ किउ भर बचत केल करँठ् । किउ किउ कहँठ् जट्रा रिन लेबो ओट्र फाइदा हुइठ् । हमार पैसा बाह्रठ् कैक । किउ किउ जुन रिन कटि कि डर लागिन् । असिहँक रिन लेना, बचत कर्ना, रिन लेक छोट छोट ब्यापार व्यवसाय कर्ना फे मनै सुढ्यैटि गैल । चिल्गारी लघुवित्त उप्पर उच्यैटि गैल् । ओम्नक कर्मचारीन फे उच्यैटि गैल ।  कुछ समय पाछ जोतपुरम हेलिकप्टर लघुवित्त आइल् । और रेल लघुवित्त आइल् । डोस्र रकेट लघुवित्त आइल् । हेलिकप्टर लघुवित्त अइटि कि हम्र घर बनैना रिन सहुलियतम डेबि कहल् । रेल लघुवित्त हम्र मोटर साइकिल किन्ना रिन सहुलियतम डेबि कहल् । रकेट लघुवित्त हम्र जग्गा किन्ना रिन सहुलियतम डेबि कहल् । यि सुन्क मनै ट भकाभक सक्कु लघुत्तिक सदस्य बन लग्ल ।  एकठो समुहक सदस्य चमेली अर्थात् उल्ट पुर्हान बर्कि कलि– “मै ट चिल्गारी लघुत्तिम सदस्य बाटु जे सर । महिका हेलिकप्टरम फे सदस्य बन मिलि ?” एकठो समुहक सदस्य चमेली अर्थात् उल्ट पुर्हान बर्कि कलि– “मै ट चिल्गारी लघुत्तिम सदस्य बाटु जे सर । महिका हेलिकप्टरम फे सदस्य बन मिलि ?” मिलि नि का कर नि मिलि । चहा जैठो लघुवित्त अइलसे फे ओम्न सदस्य बन मिलि । टर हमार लघुवित्तम सब्से मजा ब्याज बा । सब्से लिरौसिसे पैसा मिलठ् । रिनक ब्याज फे कम बा अउर लघुवित्तसे ।” चमेली अउर लघुवित्तम फे सदस्य बन्ना हौस्या गैलि । असिक करठ् करठ् चारठो लघुवित्तम सदस्य बन्गैलि । एकठो लघुवित्त ट हुकहिन केन्द्र प्रमुख बना डेलिन् । उ डान डान पैसा फे पाइ लग्लि ।  मनै आब, रिन लेना सिपार हो गैल रल्ह । लघुवित्तक कर्मचारी ओ संस्था फे बरा फुन्याइल बिल्गाइँठ् । रिनसे सम्बन्धित मेर मेह्रिक कार्यक्रम लान लागल् लघुवित्त । आब ट लघुवित्तक जुझिजुझा हुइ लग्लिन् । के ज्यादा रिन लगानि कर स्याकठ् ? क्याकर ढ्यार समुह रहठ् ? क्याकर पुँजी ज्यादा रहठ् ? अस्ट अस्ट जुझिक जुझा हुइ लग्लिन् ।  एकदिन रम्फली रेल लघुवित्तक कर्मचारीसे चुप्पसे सल्ला लेलि, “मेडम म्वार छावक भ्वाज बाटिस् । हमार पैसा नि पुगठो । रिन मिलि कि नाइ पुछटहुँ ?” कर्मचारी एकघरि हेर्लि । फेर जवाफ डेलि,अउर जहन ना सुनैहो इ बाट । मिल्ना ट नि मिलठ् । रिन ट खास कैक व्यापार, व्यवसाय ओ उत्पादन बह्राइक लाग लेना हो । टर टुँ टिर सेक्ना मनै हुइलक ओर्से डिह सेक्जाइ । लोकल मुर्गि पालन कैक लेउ ना । टुहाँर घर लोकल मुर्गि फे पलि बाट । या ट सुवर पालन कैक लेउ ।”  असिक रम्फली रिन पा गैलि । आपन छावक भ्वाज ढुमढराका कर्लि । जठ्याक सिकार खाउ । मनै कहँठ, रामोराम यि मेरिक सिकार कहुँ नि खा गैल् रह । बर्का डर्वा भर भर यठहुँक यठहुँक चलाइठ् जे काहुँ कटि डुनु हाँठले डेखाइठ् ।  मनै आब जरम डिन मनाइक लाग, बजार ख्याल जाइक लाग, टिउह्वारम लौव लौव लुग्गा, गर गहना किनक लाग रिन लिह लग्ल । लघुवित्त फे भक्काभक रिन डिह लागल् । लघुवित्तम कर्मचारी संख्या फे बाह्र लागल् । लघुवित्त स्वाँच कि जनता धनी हो गैल । सब जनता सचेत हो गैल् बाट । खास कैक जन्याँवन ट झन् थारुन्से समझदार हो गैल् बाट ।  एकदिन केन्द्राध्यक्षक बैठकम सब्से ढ्यार रिन लिहुइया, सफल उद्यमी कैक १० जहन सम्मान कर्लिन् । असिक करबेर महिलनम झन् हौसला बह्र लग्लिन् ।  चमेली कुछ चलाख रहि अउर जहनसे । उ केन्द्र नं. १६ क प्रमुख फे रल्हि । उ अचानक हेराइल् रहि । जब उ हेरैलि ट समुहक अउर सदस्यन् किस्टा ओ ब्याज बुझैना कर्रा पर लग्लिन् ।  लघुवित्तक कर्मचारी महिलन गर्याई लग्ल, “रिन खाइ बेर मजा लागठ् जे । आब टिर्ना गाँर फाटटा । आपन घरक मुर्गि चिङ्ना, सुवर माकर बेचो ओ रिन टिरो । ज्या कैक हुइटा रिन टिरो । अउर मै कुछ नि जन्ठु ।” रिन उठाइ नि सेक्लसे फिल्डक कर्मचारीन फे मन्का गारि पाइँठ् आपन हाकिमनसे । रामेश्वर हाकिम गर्याइल् रह, “आपन गठ्रि मोट्रि लेल फिल्डम रहो । कि ट आपन डगर लागो । रिन उठाइ नि सेक्ठो ट टुन्हँक काम का बा ?” फिल्ड कर्मचारी रामलाल राटभर निडाइ नि स्याकल रह उ राट । जागिर छोर्क जाउँ, बुह्राइल् डाइ बाबक् बिर्वा करैना पैसा कहाँसे जुटैना हो । रिन उठाइ जैबो समुहक सदस्यन बिन पैसक अइठ । किउ सदस्यन भागल् बाट, सम्पर्कम नि हुइट । भारि कर्रा रहिस् रामलालहँ ।  समुहक महिलन बैठक बैठ्ना डिन ना आए कनाहस् लागिन् । बरा हालि आइहस् लागिन् । फेर बैठक बैठ्ना डिन आ पुगठ् ।  चमेली ऊ डिन फे नि रहठ् । कैयो जे बिना पैसक आइल् रठ । लघुवित्तक कर्मचारी पालिका पाल्या बलाइठ्, “अस्टुर्नी, टुहाँर यि फ्यारा किस्ता टिर्ना बा । दश हजार किस्ता ओ पन्द्र सय ब्याज बुझाउ ।” अस्टुर्नी–“म्वार ठे पैसा नि हो मेडम ।” कर्मचारी झोंक्का गैल, “टिर नि सेक्लसे ट रिन का कर लेलो ? लाज सरम मानो । चहा जहाँसे पैसा लानो, टर किस्ता ओ ब्याज ट टिरहिक परि ।” “म्वार आपन लाग लिहल् रिन नि हो मेडम । चमेली म्वार नाउँसे लेलि । उ कैयो डिनसे घर नि हुइटि । म्वार ठे पैसा नि हो । कसिक बुझा डेना हो ?”                                                                                                                                     खिस्साकार सोम डेमनडौरा यि सुन्क समुहक सक्कु सदस्यक गाइमाइ गाइमाइ कर लग्ल । उ कहटा महिका फे पचास हजार रिन लिह्वैल बा । अउर कहटा महिका साठी हजार लिह्वैल बा । पटा लागठ् कि समुहक पच्चिस जान सदस्यन मका उन्नाइस् जहनसे असिहँक पैसा खेलैल बा । असिख पटा चलल् कि चमेली ट लघुवित्तक कर्मचारीहँ फे पटा नि लग्ना मेरिक सक्कु सदस्यन्क नाउँसे रिन खेलैल बा । उ आपन संघर्यनसे रिन माँगबेर पुल्यैल रह । कबु बजारसे डोहरा लान्डेना, कबु केक्रो लाग एक ज्वार चप्पल लानडेना, कबु टिकुनियासे सारी किन्क लान्डेना कर ।  ओस्हँक पालिक पाल्या आपन घर सिकार भाट खाए बलाए । असिक करठ् करठ् सबजहन मख्ख पर्ल रह । हुकन मख्ख पार्क हुकन्हँक नाउँम हुकनसे रिन लिह्वैना ओ अप्न खेलाए । जब चमेलीक ठे पैसा कम पर्लिस्, सक्कु लघुवित्तम राउन्डिङ्ग बिगर्लिस्, टब पैसा टिर नि स्याक लागल् ।  जेकर जेकर नाउँसे चमेली रिन निकर्ले रहे, टे पहिल फेरा पटा पाए । ओकर मँुहेसे निक्रे, ‘अइ रि डैया, भाग्गैलि चमेली ?’ सब्का सब्क डिमाग खराब ।  यहोंर देशक अर्थतन्त्र धरासायी बा । उहोंर सक्कु जनता रिनम बाट । लघुवित्तक सदस्यन कहाँ पाक रिन टिरुँ कना बाटिन् । देशम बैंकक रिन मिनाहा कर परल् कना मेरिक आन्दोलन मचटा । किउ बैंकहँ गर्याइठ् । किउ लघुवित्तहँ गर्याइठ् । गाउँक मनै चमेलीहँ गर्यैठ ।  २० चैत २०७९ । जोतपुर, बर्दिया