वर्तमानको ‘लौटल मनिया’ कथासंग्रहको परिचर्चा सम्पन्न

वर्तमानको ‘लौटल मनिया’ कथासंग्रहको परिचर्चा सम्पन्न

१५३ दिन अगाडि

|

३० चैत २०८१

मदहा गाउँ

मदहा गाउँ

१५७ दिन अगाडि

|

२६ चैत २०८१

                                                                                                                                                                                स्केचः देव कोइमी चैतको उखरमाउलो गर्मी। काठमाडौंबाट गुुडेको गाडीले कोहलपुुर चोकमा ओरालिदिएपछि ज्यान गर्मीले पाक्न थाल्यो। जानुुपर्ने गन्तव्य बर्दियाको बाँसगढी। कोहलपुुर चोकमा निकै बेरको पर्खाइपछि बाँसगढीका लागि लोकल जिप आइपुुग्यो। बाँसगढी बजारस्थित रेडियो गुुर्वावा एफएममा छिरेँ। ‘प्रसारण अफ’ समय भएर हो कि कार्यालय सुुनसान थियो। केही बेरमा प्राविधिक लक्ष्मणदास पछलडंग्या र स्टेसन म्यानेजर पुुष्पा चौधरी आइपुुगे। आफू थारू लोककथाको खोजीमा आएको बताएपछि पुुष्पाले भनिन्, ‘यहाँबाट दुुई किमी पूर्व दक्षिण हाउपुुर गाउँमा लौवा थारूले रेडियोमा लोककथा सुुनाउँछुु भनेर खबर पठाएका थिए तर बेफुुर्सदीले हामी जान सकेका छैनौं। तपाईं ठीक समयमा आउनुुभएको छ। पहिला त्यतै जाने कि ? ’ पुुष्पाको जानकारीले के खोज्छस् कानो आँखोझैं भयो। रेडियो गुुर्वावाका कार्यालय सहायक रामकृष्ण चौधरीले साइकलको व्यवस्था गरिदिए र गाउँ घुुमाउन आफ्नो भाइलाई पनि साथ लगाइदिए। गर्मीले त्यसै पनि हप्हपी थियो। त्यसमाथि साइकलमा डबल सवारी, मलाई एक मन साइकल हाँक्ने भाइमाथि दया लाग्यो। हौवा थारूले यो बस्ती बसालेकाले उनकै नामबाट गाउँको नाम हाउपुुर भएको रहेछ। विद्युुत् प्राधिकरणमा काम गर्ने परशुु चौधरीको छिमेकी रहेका कथावाचक लौवाको घर खोज्न हामीले पहिले परशुुको घर सोध्यौं। बर्का टोलमा पसेका हामी उनको घर दैलेखी टोलमा रहेको थाहा पाएपछि फेरि आएकै बाटो फर्कियौं। परशुुको घर पत्ता लाग्यो। त्यही घर छेउमा एक बूढा व्यक्ति लामो डोरी तन्काएर, डोरी चिल्लो, नरम बनाउन घाममा उभिएर बुुढ्यौली पाखुुरा अँठ्याउँदै थिए। मैले थारू भाषामै सोधेँ, ‘लौवा थारूक् घर इहे हो ? ’ उनले जवाफ दिए, ‘को लौवा ? ’ परशुुले हामीलाई कथा सुुन्न पठाएको भनेपछि तिनी खिसिक्क हाँसे अनि कथा वाचन गर्ने पात्र आफू नै भएको जनाउँदै उनले भने, ‘मने मोर नाउँ टो लौवा नाही, जौवा हो।’ हामीले उनको नाम गलत भनेकोमा तुुरुन्त माफी माग्यो। तिनले आफ्नो नाम जौवा भन्दा न्वारनमा मेरो सहोदर दाइ ऋषिराज चौधरीको नाम पनि जौवा रहेको स्मरण भयो। पाँच दशकपहिले दाइ जन्मिँदा हाम्रो घरमा भोकमरी थियो। खानलाई एक गेडा चामल थिएन। थारू समुुदायमा नवजात शिशुुलाई चामलमाथि सुुताउँछन् तर चामल नहुुँदा दाइलाई जौमाथि सुुताइयो र न्वारनको नाउँ भयो, जौवा। स्कुुल पढ्न थाल्दा उहाँको नाम फेरियो। तर, यी बूढा जौवाको नाउँको कहानी के रहेछ, मैले त्यो भने कोट्याइनँ। जौवाले धाराप्रवाह ढंगले कथा वाचन थाले। कथा सुुन्न गाउँका केटाकेटी, छिमेकी ओइरिए। बूढाले कथा सुुनाउन थालेको थाहा पाएपछि जौवाकी श्रीमती पनि कान थाप्न आइपुुगिन्। जौवाको कथा भन्ने शैली चाखलाग्दो थियो। सुुरुमा उनले ‘धर्मी राजा’ नामक कथा सुुनाए। ‘पशुुसँग हुुर्कने राजकुुमार’ अनि अन्तमा बोक्सीसँग सम्बन्धित अर्को कथा। उनले अरू कथा पनि सुुनाउँदा हुुन्। तर, उनकी श्रीमतीले काममा बियाँलो देखेर छेकिन्, ‘अब पुुग्यो होला। अरूसँग पनि लिनुुहुुन्छ होला नि।’ जौवाले पनि मेरो काम छ भन्दै कथा भन्न आनकानी गरे। त्यसपछि मैले पनि अन्य कुुरा गर्नमै कल्याण ठानेँ। पूर्वमा बाँकेको खैरी खोला तथा पश्चिम कर्णाली चिसापानी पुुलसम्म मात्र जौवाको ६७ वर्षे घुुमाइ रहेछ अझसम्म। उनी देशौरी लवज बोल्दा रहेछन् जसलाई बाँके, बर्दियाको पुुरानो थारू बासिन्दा मानिन्छ। दाङबाट गएका डंगौरा थारूलाई त्यहाँ पछिबाट आएको मानिन्छ। तर, अचम्म उनले आफूहरू दाङबाटै बसाइँ सरेर आएको जानकारी दिए। छिमेकीहरू देशौरी हुुँदा डंगौरा भाषा सट्टा देशौरीमै रमाउन थालेको उनले जनाए। त्यसो त बोलीमा मात्रै होइन, डंगौरा र देशौरी थारूहरूको पहिरनसमेत फरक छ। जौवालाई धन्यवाद दिँदै मैले कुुनै दिन मिझ्नीको व्यवस्थासहित रात बस्न तपाईंको घरमा आऊँला र भएभरको कथा सुुनौंला भनेँ। उनले मीठो हाँसोमा साथ दिए, ‘ओहो मिझ्नी (बिजुुली पानी)को कुुरा गरेर, मेरो मनकै कुुरा छिन्नुु भो। ल ल हजुुरलाई जुुन दिन पनि मेरो घरमा स्वागत छ।’ महेन्द्र राजमार्गको उत्तरतिर साइकल सोझ्याए सहकर्मी भाइले। लक्ष्मणपुुर गाउँ छिचोल्दै हामी मदहा गाउँ आइपुुगेका थियौं। मदहा गाउँमा अवस्थित पञ्चायत रजत जयन्ती प्राविको साइनबोर्डले ध्यानाकर्षण गर्‍यो। पञ्चायती व्यवस्थाको पतनपछि धेरै कुुरा फेरिए तर यो विद्यालयको नाम किन नफेरिएको होला ? यस्तै सोच्दै विद्यालयको नामले एक मन हाँसो पनि उठ्यो। गाउँको चोकमा एक हूल युुवा थिए। हामीले तिनीहरूसँग बरघर (गाउँको अगुुवा)को घर सोध्यौं तर बरघरको घर बताउनुुसट्टा तिनीहरूले हाम्रो घर र आउनुु उद्देश्य पो केरकार शैलीमा सोध्न थाले। धेरै मद (रक्सी) पिउनेलाई थारू भाषामा मदहा भनिन्छ। मदहा गाउँका ती युुवकहरूको व्यवहार साँच्चिकै मदहाझैं थियो। त्यही बेला आकाशबाट अचानक पानी यति जोडले दर्कियो कि छेउको घुुम्ती पसलमा हामी ओत लाग्न बाध्य भयौं। पानी दर्किएर युुवा पनि तितरबितर भए, मन भित्रीबाहिरी दुुवै तहले शीतल भयौं। हामी ओत लाग्न पुुगेको पसले अधबैंसे थिए। मैले मदहा गाउँको कहानी सोध्दा पसले विपतराम चौधरीले रोचक प्रसंग निकाले। निकै समयपहिले गाउँमा एक चोर पसेको थियो। गाउँलेले थाहा पाएपछि लखेट्न थाले। चोर पक्राउ पनि पर्‍यो र पक्राउ परेको ठाउँमा नै उसलाई के गर्ने भनेर बैठक बस्यो। गाउँभरिका गरढुुरिया (घरमूली) बैठकमा अनिवार्य जानुुपर्ने भयो। गाउँकी एक महिलाको श्रीमान बाहिर गएकाले बैठकमा जानुुपर्ने भएछ। तिनी मद (रक्सी) बनाउने तरखरमा थिइन्। समयमा रक्सी नपारे कच्चा सामग्री बिग्रिने अवस्थामा थियो। त्यसैले उनले जुुक्ति लगाइन्, बैठकस्थलमै मद (रक्सी) बनाउने र बैठकमा भाग पनि लिने। त्यसै बेलादेखि यो गाउँको नाम मदहा पर्न गयो रे। दायाँ गालामा निकैै ठूलो डल्लो बोकेका एक बूढा व्यक्ति थिए पसलमा, जो आफ्नो गालाको डल्लो गम्छाले लुुकाउने घरिघरि असफल प्रयास गर्थे। तिनले पसलेसँग कैलालीको भजनीमा भगवान् निस्केकोबारे कुुरा गर्न थालेछन्। पसले आफू पनि ती कथित थारू युुवा जो ६÷७ महिनादेखि भगवान्को रूपमा पुुजिँदै छन्, को दर्शन गरेर आएका रहेछन्। सुुर्ती किन्न आउने एक युुवकले भोलि आफूहरूको टोली बस रिजर्व गरेर भगवान् हेर्न जाने बतायो। पसलेले भने, ‘मैले त देखिनँ तर धेरैले भनेको सुुनेँ, त्यो भगवान्को घर वरिपरि भएको रूखको प्रत्येक पातमा शिव पार्वती देखिन्छन् रे।’ मलाई ती कथित भगवान्को कथा सुुन्नुुभन्दा पनि लोककथा सुुन्नुु थियो। पसलेले जानकारी दिए, ‘तपाईंहरू आएकै बाटो फर्किनुुस्, पहिलो मोडमा नयाँ कुुटी बनेको छ, त्यहाँ एक साधुु बस्छन्। तिनले हजुुरहरूको इच्छा पूरा गर्नेछन्।’ पानी परेर दाइँ गरेको गहुुँ ठाँटबाँट लगाएर आएका साधुु भिजेको मुुसाझंै डल्लो परेर बसेका थिए। निकै बेरको आग्रहपछि तिनले कथा सुुनाउन थाले। तर, तिनले सुुदामा र कृष्ण मीत भएको कथा तथा अर्को अकबर र वीरबलको खिचडीको कथा सुुनाए, जो धेरै पत्रपत्रिकामा मैले पहिल्यै पढिसकेको, सुुनिसकेको कथा थियो। थारू लोककथा सुुन्न आतुुर मलाई ती कथाप्रति चासो थिएन, तैपनि धैर्य गरेर सुुनेँ। सहकर्मी भाइले गाउँका एक अन्धा युुवकसँग पनि कथाको भण्डार भएको जानकारी दिएपछि साइकलको हेन्डिल त्यतै मोडियो। २३ वर्षे यी युुवा कक्षा २ मा पढ्दापढ्दै आँखा पाकेर बिग्रिएपछि दृष्टिविहीन भएका रहेछन्। त्यसपछि दुुःखैदुुःखको भुुमरीमा परेका यी युुवाको नाम भने सुुखराम चौधरी रहेछ। यिनले रेडियो गुुर्वावामा प्रत्येक बुुधबार साँझ थारू भाषामा फुुलरिया कार्यक्रम अर्को सहकर्मीका साथ चलाउँदा रहेछन्, जसमा लोककथा नियमित वाचन गरिँदो रहेछ। उनले भने, ‘अझैसम्म सानोमा बाबाले सुुनाएका कथा सम्झिएर पस्किरहेको छुु। अब त बा कथा सुुनाउनुुस् भन्दा पनि लाज लाग्छ।’ हामीले कथा सुुनाउन भन्दा उनी त साँच्चिकै तरुनीझैं धेरै बेरसम्म लजाए। ‘सर त्यति टाढा काठमाडौंबाट आउनुुभएको छ, भन्दे न त एउटा कथा’, सुुखरामका बाबा रतानुुले भने। पछि उनले बाल मनोविज्ञानसम्बन्धी एउटा लामै कथा सुुनाए। उनको कथा सुुन्दासुुन्दै झमक्कै साँझ पर्‍यो। र, हामी बास बस्ने गन्तव्यमा लाग्यौं। कुुनै कथावाचकको घर रात बस्ने साइत जुुराउन सकिएन, होइन भने धेरै लोककथा बटुुलिँदो हो। त्यसपछि बर्दियाका धेरै गाउँमा साता दिन चक्कर लगाउँदा पनि जौवा थारू, सुुखराम चौधरीजस्तो कथा वाचक फेला परेनन्। कथाको खोजीले अझ गहिराइ पाउने थियो होला तर द्वन्द्वपीडित समितिको अनिश्चितकालीन बर्दिया बन्दको घोषणाले यात्रा थाती राख्नुुपर्‍यो। २०६५ सालमा गरिएको यो यात्राबाट फर्किंदा म घोरिएँ। लोककथा संकलन गर्ने क्रममा सुुुुनेभोगेका प्रसंग दस्तावेजीकरण गरिए यी पनि कुुनै दिन लोककथाझैं महत्व बोक्ने हुुन सक्छन् कि ? साभारः अन्नपूर्ण, फुर्सद, जेठ १९, २०७५ । शीर्षक परिवर्तन गरिएको ।

‘सर्वहारी’लगायत ६ स्रष्टा पुरस्कृत, सम्मानित

‘सर्वहारी’लगायत ६ स्रष्टा पुरस्कृत, सम्मानित

१६६ दिन अगाडि

|

१७ चैत २०८१

राप्ती साहित्य परिषद् दाङ शाखाले आफ्नो १७औं वार्षिकोत्सवमा विभिन्न ६ जना स्रष्टालाई सम्मान, पुरस्कारका साथै बहुभाषिक काव्य उत्सव गरेको छ ।  चैत १६ गते शनिवार घोराहीमा सम्पन्न कार्यक्रममा कृष्ण गायत्री प्रज्ञा पुरस्कारबाट स्रस्टा डा कृष्णराज सर्वहारीलाई, यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट अर्का स्रस्टा डा कृष्णराज डिसीलाई, वेदवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारबाट गायक प्रकाश रेग्मीलाई नगद राशीसहित पुरस्कार प्रदान गरिएको थियो ।  त्यस्तै, कार्यक्रममा विनोद पोख्रेल, पद्मप्रसाद शर्मा र राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष दीपक शर्मा ‘समीर’ लाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए । बहुभाषिक काव्य उत्सव कार्यक्रममा बहुभाषिक काव्य उत्सवका क्रममा सात भाषाका कविता प्रस्तुत गरिए । जसमा उदय आले र निर्मला कुसुण्डाले कुसुण्डा भाषामा,  छविलाल कोपिला र राजकुमार कान्छाले थारू भाषामा, क्षितिज मगर र कमलप्रसाद गौतमले मगर खाम भाषामा उत्तम खतिवडा र जनक पोखरेलले संस्कृत भाषामा, नारायणप्रसाद श्रेष्ठ र योगमाया श्रेष्ठले नेपाल भाषामा, जगतराम यादव र बसन्तप्रकाश यादवले अवधि भाषामा तथा नारायण नेपाल र शारदा शर्माले नेपाली भाषामा कविता वाचन गरेका थिए । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि शर्माले एउटै मञ्चमा विभिन्न भाषाका कविता प्रस्तुती अनुकरणीय रहेको भन्दै भाषा, कला र संस्कृति संरक्षणमा यस्ता कार्यक्रमले सहयोग गर्ने बताए ।  कार्यक्रममा साहित्यकार उत्तमकृष्ण मजगैँया, पुरुषोत्तम खनाल, डा टिकाराम उदासी,  दीपक शर्मा ‘समिर’, डा कृष्णराज सर्वहारी, पदमप्रसाद शर्मा, खगराज न्यौपाने, शरद अधिकारी, डिल्लीराज श्रीधर, निमबहादुर थापा, प्रकाश रेग्मीलगायतले शुभमन्तव्यसंगै रचना पनि वाचन गरेका थिए । परिषद्को वार्षिक साधारणसभा समेत रहेको उक्त कार्यक्रममा राप्ती साहित्य परिषद् दाङ शाखा सचिव घनश्याम केसीले सांगठनिक तथा कोषाध्यक्ष सुशीला आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष सुरेशकुमार पाण्डेयको स्वागत, सचिव घनश्याम केसीबाट कार्यक्रमको सहजीकरण तथा अध्यक्षता यम रेग्मीबाट भएको थियो ।   

किन गरिदैछ सवाल कसको हो टीकापुर ?

किन गरिदैछ सवाल कसको हो टीकापुर ?

१८६ दिन अगाडि

|

२६ फागुन २०८१

टीकापुर साहित्य महोत्सवमा हरि शर्माको विद्वत प्रवचन कसको हो टीकापुर ? भन्ने प्रश्नको सेरोफेरोसंगै घुमे । हो, मेरो मानसपटलमा पनि यो प्रश्न त छ नि ? उत्तर कुन कोणबाट खोज्ने ? पहिचान  के आधारमा दिने ? यावत प्रश्नहरु एक हिसावले स्पष्टताको लागि उठाइएको पक्कै होइन । यहाँ को पहिला आए अथवा को पछि आइपुगे ? भन्ने वहस त साँचिक्कै नहुनुपर्ने हो । लोकतन्त्रको सिद्धान्त अझ लोकतन्त्रका हिमायति थारुलाई नपढाए हुने हो । पश्चिमा ज्ञान मिमांशाले परिभाषित गर्ने लोकतन्त्रबारे सिलसिलेवार मिलाएर थारुले भन्न नसक्लान तर लोकतन्त्रको मुल्य र मान्यता अनुसार सहनशिलता सशक्त औजार रहेको बताउन कुनै आइतवार पर्खिनु पर्दैन थारुलाई । यी सबका बाबजुद जब कसको हो टीकापुर ? भन्ने सवाल तेर्साउने काम गरिन्छ अनि टीकापुर थारु विद्रोहको वैधता प्रति प्रश्न उठाएको मलाई भान हुन्छ । जे होस् यसमा म सोह्रै आना गलत हुन पाउँ । रैथाने थारुको लागि टीकापुर धर्तिमाता हो तर त्यहीं बाहिरियाको लागि टीकापुर वस्तु भएको छ । रैथाने थारु टीकापुरलाई पूजा गर्दा हुन तर बाहिरिया प्लटींग गरेर बेच्दा हुन । कर्णाली किनारका जमीन उपर गिद्धेदृष्टि लगाउनेको कमी छैन । रातारात धनि बन्ने चिन्तन बोकेका मानिसहरु टीकपुर चिन्न सके, जसरी मौजुदा राज्यसत्ताले चिनाउन चाहेका थिए । मालपोत र नापी कार्यालयको मिलोमतोमा नगर विकास समितिका पदाधिकारीको फेहरिस्त लामै होला तर यसलाई पनि ढाकछोप गर्न सेटिंगमा काम हुन थाले । त्यसैले, टीकापुरलाई मृत बनाउन लोकतन्त्रको खोल ओढेरै काम कारवाही अगाडि बढाएका हुन । अझ लामो समयसम्म राज्यधारी सम्भ्रान्त समुहकै नेतृत्वमा टीकापुर हेर्दा हेर्दै उजाड बने कारण २०६९ सालपछि मात्र थारुले पूज्ने धर्ति माता टीकापुर वेसहारा बनेको उनीहरुलाई विश्वास भयो । न्याय, स्वाभिमान, पहिचान लुटिएको महसुस भयो । अनि अस्तित्वको लागि लड्नुपर्छ भन्ने बोध भयो । यी सब हरि शर्माले भर्खर टीकापुर साहित्य महोत्सवमा मात्र महसुस गर्न पाउनु भएको हो जस्तो लाग्यो र विशिष्टताको जगलाई नजरअन्दाज गर्दै आफ्नै प्रश्नको उत्तर दिन अलमलिनु भयो । पश्चिमा ज्ञानको उपभोक्ता बने पश्चात लिनियर वे मा तर्क गरिन्छ तर जिरो सम गेम परिणाम हात लाग्ने विषय बिर्सिन भने हुँदैन ।

राजापुरमा ९औं थारु साहित्य राष्ट्रिय सम्मेलन हुँदै, तयारी पुरा

राजापुरमा ९औं थारु साहित्य राष्ट्रिय सम्मेलन हुँदै, तयारी पुरा

१९९ दिन अगाडि

|

१३ फागुन २०८१

थारु लेखक संघ नेपाल तथा जंग्रार साहियिक बखेरीको संयुक्त आयोजना एवम् राजापुर नगरपालिका तथा युनिक नेपालको सहकार्यमा बर्दियास्थित राजापुर–२, जोेतपुर गाउँमा यही फागुन १५ देखि १७ गते ९औं थारु साहित्य राष्ट्रिय सम्मेलन हुने भएको छ । कार्यक्रममा आठवटा छलफल सत्र राखिएको तथा उद्घाटन सत्रलाई बोझिलो नबनाउन यसपाली कसैलाई प्रमुख अतिथि नतोकिएको थारु लेखक संघ नेपालका अध्यक्ष डा कृष्णराज सर्वहारीले बताए ।  कार्यक्रमको प्यानल छलफलमा राजापुर नगरपालिकाको शिक्षा यात्रा शीर्षकमा राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारु राजेश, पूर्व जिशिअ जीत बहादुर शाह, पूर्व प्रअ किरण आचार्यसंग युवक माविका प्रअ नरेश कुमार थारुले बहस चलाउने छन् । त्यस्तै, पूर्व मन्त्री डा गोपाल दहित, लुम्विनी प्रदेश सांसद धर्म बहादुर थारु, पूर्व मेयर दुर्गा बहादुर थारु कबिरसंग अधिवक्ता सन्तराम धारकटुवा थारुले विकास र बाधा शीर्षकमा छलफल गर्नेछन् ।  उता, संस्कृतिकर्मीत्रय एकराज चौधरी, मिनराज चौधरी, भगवती प्रसाद चौधरीसंग रेडियो गुर्वावाकी स्टेशन म्यानेजर पुष्पा चौधरीले बर्किमार (थारु महाभारत)का पात्रबारे सेसन चलाउँदै छिन् । जनयुद्धमा सबैभन्दा बढी बेपत्ता पारिनेमा बर्दियाको थारु समुदाय रहेको छ । यसै प्रसंगमा, संक्रमणकालीन न्याय र द्वन्द्वपीडितको सवाल शीर्षकमा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, नगर प्रमुख दिपेश थारु राजेश, तथा द्वन्द्वपीडित समाजका अध्यक्ष भागीराम थारुसंग अध्येता शेखर दहितले बहस गर्नेछन् । यसैगरी, थारु लोक साहित्यको संरक्षणमा युनिक नेपालको भूमिका शीर्षकमा डा. गोपाल दहित, प्रिम बहादुर थारुसंग डा. कृष्णराज सर्वहारीले बहस गर्नेछन् भने  साहित्यको लागि एक कप चिया अभियानबारे सोम डेमनडौरा, मोहन चौधरी, शेखर दहितसंग सानु चौधरीले छलफल गर्नेछिन् । त्यस्तै, ठुम्रार बसघरा बाटचिट शीर्षकमा बुद्धसेन चौधरी, उन्नती चौधरी, शत्रुघन चौधरीसंग बालिका चौधरीले छलफल चलाउने छिन् । कार्यक्रमको आकर्षण निर्देशक प्रदिप भट्टराई तथा कलाकार, निर्माता रविन्द्रसिंह बानिया रहेका छन् ।  जोसंग निर्देशक सुरजदेवले सिनेमा के बन्यो, के बनेन शीर्षकमा बहस चलाउने छन् । बालाबजारमा गजल साँझ पनि गरिने बताइएको छ ।  सुशील चौधरी तथा सुनिता चौधरीलाई थारू साहित्य पुरस्कार कार्यक्रममा थारु लेखक संघ नेपालबाट स्थापित यस वर्षको थारु साहित्य पुरस्कार बर्दिया, मयूरबस्तीका स्रस्टा सुशील चौधरीलाई तथा महिला ‘प्रतिभा’ सशक्तिकरण पुरस्कार बेलौरी–७, कञ्चनपुरकी अभियन्ता सुनिता चौधरीलाई प्रदान गरिने भएको छ । थारु साहित्य पुरस्कारको राशी ५० हजार तथा महिला ‘प्रतिभा’ सशक्तिकरण पुरस्कारको राशी २५ हजार रहेको छ । महिला ‘प्रतिभा’ सशक्तिकरण पुरस्कारको संस्थापक चन्द्रसिंह चौधरी हुन् भने थारु साहित्य पुरस्कारका लागि थारु लेखक संघले अक्षयकोष खडा गरेको छ ।  गत वर्षको थारु साहित्यिक पुरस्कारबाट सम्मानित सुनसरीका स्रस्टा रामसागर चौधरीले आफूले पाएको ३० हजार पुरस्कारमा २० हजार रुपैया थप गरी ५० हजार रकम थारु लेखक संघलाई अक्षयकोषको लागि उपलब्ध गराएका थिए ।  सम्मेलनमा आख्यानकार गणेश वर्तमानको थारु भाषाको कथासंग्रह लौटल मनियालगायत विभिन्न पुस्तक विमोचन हुने आयोजकले जानकारी दिएको छ ।  सम्मेलनको समुद्घाटन युनिक नेपालको प्राङ्गण बर्दियास्थित राजापुर–२, जोेतपुरमा हुनेछ । सम्मेलनको सम्पूर्ण तयारी पुरा भइसकेको, अतिथिहरुलाई खानपानमा जोतपुरको बरघर समितिले तथा अन्य क्रियाकलापमा युनिक नेपालका स्वयम्सेवीहरुले सघाउने जानकारी जंग्रार साहियिक बखेरीका अध्यक्ष सोम डेमनडौराले दिए ।  २०७३ सालमा दाङबाट सुरु भएको थारु साहित्य राष्ट्रिय सम्मेलन गत वर्षको आठौं संस्करण सुनसरीको गढीमा आयोजना गरिएको थियो । 

हम गिरहत

हम गिरहत

१९९ दिन अगाडि

|

१३ फागुन २०८१

मुना चौधरी हमर साथी  कोदाइर, हसुवा, पसनि या ढकिया । हमर पहिचान हर, बरद हम गर्व करै चियै आपन काममे हम खुसी चियै आपन पहिचानसे ।  हमर उब्जेलहा अन ख्याके जिरल छै यी दुनिया हम यै संसारके जीवनदाता  चरचर बेमा फाटल टाङ ल्याके भुख, पियास नै बुइझके निकलै चियै सैब चिज त्याइगके खेत । लाल पियर से बेसी हमरा हरहियर रङ निक लागैये कथिले त हमर बाइल बिरहि हरहियर हैछै त  हम खुसी से पुलकित हैचियै ।   हमरा राइत से निक दिन लागैये दिन से निक  डगडग हरहियर या पाकल धान, गहौम या बाइल बिरहि निक लागैये । हम गिरहत रौदी से निक हमरा पाइनझाइर लागैये गर्मीसे निक हमरा जार लागैये  कथिले त वर्षामे धान रोपै चियै या जारमे धान काटै चियै । प्रेम छै हमरा धान, चौरसे भोरल कोइठसे  स्नेह छै हमरा पसिनासे भिजल हाथसे हमरा मात्रे करममे विश्वास लागैये । हमरा हमर पसिनामे विश्वास छै । हमर पगरी हम कैहियो ने झुकैले देबै  हम अइ संसारमे आदमीसबके भुखे कैहियोने मोरे देबै । हम गिरहत  हमर पहिचान चियै परिश्रम हमर आत्म विश्वास चियै मेहनत ।  

विजय कुमारको सम्झनामा ४० वर्ष पहिलेको दाङको मसोट खोला

विजय कुमारको सम्झनामा ४० वर्ष पहिलेको दाङको मसोट खोला

२११ दिन अगाडि

|

१ फागुन २०८१

विजय कुमार गएको आइतबारको कुरा हो । हामीले गाडी रोक्यौ । नाम अमृता पुन रहेछ । उनको दोकानको नाम चाही  मेरै लागी राखिएको  जस्तो लाग्यो -    ‘ पर्खाई हजुरको कटेज ’ । ' के यहा वरिपरि ४० बर्ष अघि देखी बसेको कोही छ ? भेटन चाहन्छु । सडक बनाउने क्याम्प थियो नि यहा ! म बस्थे त्यसमा ! ' ' सप्पै मरिसके । म यहा सरेको ३० बर्ष भयो । सुनेको त छु , ठूलो क्याम्पा थियो रे यहा ! तर त्यसमा लोकल मान्छे त धेरै थोरै थिए । पांच सात घर त हो उबेला । सप्पै मरिसके । ' अमृता पुनले भावसुन्य मुद्रामा ‘सप्पै मरिसके’ भनिरहदा म अतितमा फर्किए । ४ दसक अघि पुल्चोक क्याम्पसमा पढाई सकेर , म यो ठांउ केही महिना बसेको थिए । मसोट खोला । त्यस बखत यहा ५ , ७  झोपडी थिए । गाई भैसीका गोठ थिए । जंगल थियो । अरु केही थिएन ।   लमही- तुल्सीपुर सडक निर्माण गर्न  हामीहरु आए पछी , यो अन्कन्टार जंगल गुल्जार भयो । मसोट खोलामा मेरो बसाई लम्बाईका हिसाबले छोटै हो । तर मनमा धेरै गहिरो बसेको छ यहा बिताएको  ती चार पांच महिनाको छाप  ।  हुन त आज पनि त्याहा खासै केही छैन ,  मसोट खोलाको पुल छेउ दुई चार घर । जंगल ।  उहिले  हामी बसेको ठाउमा क्याम्प थियो रे भन्ने कथा बाहेक केही बाकी छैन  आज .. तर पनि म नोस्टाल्जिक  हुन्छु .. जीवन भनेको सम्झना नै सम्झनाले बनेको माला बाहेक के पो हो र ! मसोट खोलासंग मेरो सम्बन्ध लामो होइन , जम्मा ४ , ५ महिना हो । तर  मान्छेको सम्बन्ध र उस्ले  बिताएको समयको महत्वको मापन त्यसको लम्बाईबाट होइन , गहराइबाट हुन्छ । मसोट छोडेको बर्षौ पछी मैले आफ्नो पहिलो किताब 'खुसी' मा यसरी लेखे  : ‘ मैले मदिरा पिउन  सुरू गरें, दाङको मसोट खोलामा । त्यो खोलाछेउको बसाइ मेरो जीवनमा परिवारबाहिरको पहिलो एक्लो बसाइ थियो । सडक बनाउन त्यहाँ एउटा ठूलै क्याम्प बसेको थियो । उडिसाबाट ल्याइएका आदिवासी मजदुर थिए । बलिष्ठ शरीर, कालो रङ, ज्यादै खट्न सक्ने ।  रोल्पा रूकुमबाट आएका मजदुर, ठेकेदारका मान्छे,  सडक विभाग र कन्सल्टैन्टका  इन्जिनियर, ओभरसियर । ठूलै मेला थियो मसोट खोलामा । त्यहाँ साँझ पर्नेबित्तिकै प्रायः सबैले मद्यपान थाल्थे । मजदुरहरु मादल बजाउँदै, नाच्दै, आफैंले बनाएको ‘लोकल’ तान्थे । जुनेली रातमा निलो आकाशलाई साक्षी राखेर निर्भय, निसङ्कोच र मदमस्त तरिकाले जब उडिया आदिवासीहरु मादलको तालमा बगरको सेतो बालुवामाथि नाच्थे, एक दुर्लभ दृश्य बन्थ्यो । सुनसान जङ्गल, जुनेली रात, सेतो बगरको पृष्ठभूमि, घन्किरहेको मादलमा मिश्रित खोलाको आवाज, मदिराले मस्त सुगठित शरीरका कालाकाला महिला र पुरूष आदिवासीको उन्मत्त नृत्य ! वाह, क्या दृश्य थियो ! हलिउड फिल्ममा देखाइने अफ्रिकाको नजाराजस्तो ! मसोट क्याम्पमा प्रायः सबै मापसे गर्थे । पिउने ब्रान्ड र स्थान मात्र फरक थियो । हामी साबहरुचाहिँ प्रायः कोठामै र कहिलेकाहीँ बरन्डामा बसेर छ्याङ वा बियर खान्थ्यौं ।  मसोट खोला गर्मी ठाउँ थियो, बिजुली थिएन । तैपनि हामीसित छ्याङ र बियरलाई चिसो पार्ने जुक्ति थियो । हामी छ्याङ वा बियरको सिसीलाई मसोट खोलाको बगरमा खाल्डो खनेर बालुवाले पुरेर छाडिदिन्थ्यौं । बगिरहेको खोलाछेउ बालुवामा पुरिएका ती सिसी दुईतीन दिनपछि झिक्दा पूरै ‘चिल्ड’ भइसक्थे  …  ‘  ( खुसी , पृ २२ ) अघिल्लो आइतवारको  कुरा हो , म मसोट खोला पुल छेउ रोकिए , अमृता पुनलाई भेटे । मसोट खोलामा पानी धेरै घटेको महसुस भयो  । तर मेरो मनमा संम्झनाको बाढी आउदै थियो … त्यो कच्ची बाटो जहा ट्याक्टर वा ‘फोर व्हिल’ बाहेक अरु गाडी चल्न सक्दैनथे , बर्खामा त्यो पनि मुश्किल … आज पिच रोडमा ससाना कार कुदेको देख्दा खुसी लाग्यो । सम्झे ती दिन जब हामी ,  रोड डिजाइन पेपर बोकेर भीरहरुमा चिनो लगाउथ्यौ … पहिला गाउमा मान्छे धेरै थिए , बिकास थिएन । अहिले गाउमा थोरबहुत सुविधा छ , तर मान्छे धेरै छैनन । मसोट खोलाबाट ३० मिनेटमा घोराही पुगियो । करिब ४० बर्ष मैले त्यही दुरी , पौने चार घन्टामा पुरा गरेको थिए -  ‘११ नम्बर’ को गाडी चढेर । केही दिन अघि  घोराहीको झिलिमिलि देखेर मैले पत्याउन सकिन – यो त्यही घोराही हो , जहा हामी मसोटबाट हिडेर आउनेजाने गर्थ्यौ । त्यो बेलासम्म नेपालीहरु ट्रेकिङ हाइकिङ गर्दैनथे । काम परे ‘११ नम्बर’ गर्थे । घोराही बजारमा युवा लालबहादुर मगरले मसंग ‘सेल्फी’  मागे । उनी त्यही रात , घोराही छोडेर काठमान्डौ जाने नाइट बस समात्ने चटारोमा रहेछन । उनको भिसा लागेको छ रे ! ‘ विजय सर म हिजो रोल्पाबाट यहा आए । आज निस्कदैछु यहाबाट । तपाई कहासम्म ? ‘ ‘ म चाही  ४० बर्ष अघि हिडेका गोरेटा खोज्दैछु । जिवन र जगत कहासम्म पुगेछ भनेर हेर्दैछु , मनमनै सोच्दैछु ..  जीवन बुझ्न पछाडी फर्कनु पर्छ  । तर जीवन बाच्न अगाडी हेर्नु पर्छ । ‘ ‘ विजय सर जीवन बुझ्न बढता जरुरी छ कि जीवन बाच्न जरुरी छ ? ‘ ‘ दुबै जरुरी छन , आआफ्नो उमेर र अवस्था अनुसार ! ‘ ‘ एउटा छान्नु परे के छान्नु हुन्छ सर ? ‘ ‘ अहिले ठ्याक्कै भन्न सकिएन यार !  म भोली स्वर्गद्वारी मंदीर जादैछु । पहिला हिडेर गएको थिए , यस पटक मोटरमा जादैछु । हिडेर जानु र गुडेर जानुबिचको अनुभव गर्न चाहन्छु । तपाईको यात्रा शुभहोस साथी । ‘ ‘ विजय सरको यात्रा पनि शुभ होस !' विजय कुमारको ट्वीटरबाट https://x.com/Vijaykumarko/status/1880227602335691008