थारुले के पायो ?

थारुले के पायो ?

११४ दिन अगाडि

|

८ जेठ २०८३

भुइयाँ र विश्वास

भुइयाँ र विश्वास

११७ दिन अगाडि

|

५ जेठ २०८३

तिम्रो शिश–महल भन्दा मेरो झुपडी कैयौं स्वर्ग लाग्छ किन कि, तिम्रो विलासी कक्षमा सजाइएका कृतिम सिताराहरूभन्दा मेरो झुपडीको कोठा भित्रैबाट ऊ छानोको भ्वाङ्ग चिहाएर देखिने जून–तारा कैयौं सुन्दर छन् जहाँबाट मैले सपना र जीवन तुन्छु र मजाले त्यो स्वर्ग छुन सक्छु । म मेरो झुपडीप्रति विश्वस्त छु र मेरो झपडीमा बस्ने हरेक पशु–पन्छीहरू पनि विश्वस्त छन् र इमानदार छन् तर तिमी भने आफैसित पनि विश्वस्त छैनौ तिमीले चार पर्खाल लगाएरपनि  चारैतिर सुरक्षा खटाएपनि  आफैभित्र पालेको त्रासले आफूलाई सुरक्षित महसुस गर्न सक्दैनौ किन कि तिम्रो घरभित्र बस्ने कुकुरहरू तिमीप्रति इमान छैनन् उनीहरू त भट्टी खाएर आउँछन् र तिमीलाई प्रवेशद्वारमा सूचना टाँस गर्नु परेको छ  कुकुरदेखि सावधान ! मलाई थाहा छ तिमी तिम्रै भगवानप्रति पनि विश्वास गर्दैनौ र मनभित्र सँधै भय र त्रास बोकेर देवालयभित्र बन्दी बनाएर राखेका छौ किन कि, भगवान तिम्रो होइन । जसले आफ्नो रगत, पसिनाको सहवासबाट यो सुन्दर भगवान जन्मायो तिमीले उनैलाई देवालयभित्र प्रवेशमा रोक लगाएका छौ र तिम्रो सनातनी मानसिकताले भगवान भेट्न आउनेसँग फिरौटी उठाइ रहेछौ तर तिमीलाई जस्तै मलाई फिरौटी उठाउनु पर्दैन तिमीले जस्तै मेरो प्रकृतिलाई देवालभित्र बन्दी बनाई राख्नु पर्दैन  बस् ! म मेरो प्रकृतिप्रति विश्वास गर्छु सम्मान गर्छु र श्रद्धा गर्छु किनकि, मैले टेकेको ‘भुइयाँ’ले मलाई आश्रय दिएको छ । र हावा–पानीले मलाई जीवन दिएको छ ।   लमही नपा–३, उत्तर मजगाउँ, दाङदेउखुरी ५ जेठ, २०८३ 

परदेशके जिन्गी

परदेशके जिन्गी

१२६ दिन अगाडि

|

२७ वैशाख २०८३

मुना चौधरी हम कथि कहब हम खुसी चियै कि दु:खी कनङखे सुन्याब हम परदेश के जिन्गी दुखी चियै कहब त हमर अगारी लोससब के हुइल छै साफसुधर घर छै  कार, मोटरसे सजल छै सरक मन लगाइले चाहै चियै  लेकिन हमर मन नै लागै छै हम कङ्खे सुन्याव परदेशके जिन्गी ? खुसी चियै कहब त हमर अगारी हमर देश, हमर घर, हमर खेतबारी नै छै सबसे बेसी केकरो हम सम्झै चियै त ऊ हमर देश चियै हमर परिवार, बेटाबेटी या यहाके कननसुख मुह चियै यी सबके हम कनङ्खृ बयान करब ?  हम कङ्खे सुन्याव परदेशके जिन्गी ? हमर आइख लोरसे छै भोरल हमर मन बेटाबेटी देखैले  हरबखत तरपैछै हमर हाथ बापमहताइर के सेवा करैले  छटपटाइ छै हम कथि कहु आपन कहानी हमर कहानी अइहनङ छै  उजरल, पुजरल छिटलछाटल हम कङ्खे सुन्याव परदेशके जिन्गी ? हमर बेटाबेटी के बचपन बिना बापके बितलै ओकरौ के औङरी पकैर के हम नै लराइलियै  बेटाबेटी के सपना पुरै करै खातिर या परिवार पालै खातिर हम भासल चियै परदेश परदेशके सपना बुझहलियै अइठमाके लोकके सपना बुझहलियै लेकिन नै बुइझसकलियै  आपने बेटाबेटी के सपना हमर बेटाबेटीके सपना कि चियै ? यहाँ कन्हिक हमरा बत्या दियौ  बाप महताइर मोरलै मुह नै लेखैले पावलीयै मुह मे आइग नै दैले पावलियै यहाके बियाह कैरके आनलियै लेकिन साथ नै रहैले सकलियै  हम कङ्खे सुन्याव परदेशके जिन्गी ? सोचै चियै त हमर आइखसे झरैये लोर हमर जीवन बित गेलै बिना परिवारके जवानी बितगेलै असगरे उमेर बितगेलै साथीभाइ छुटलै बापमहताइर ओर्यागेलै घरवाली हमरा असियाल असियाल थाइक गेलै बेटाबेटी बिना बापके जवान भ्यागेलै  हम कङ्खे सुन्याव परदेशके जिन्गी ? बस आब और नै  लहानवाली हम आइये आबैचियौ घर हम जेहेन जिन्गी बितेलियै तेहेन जिन्गी हमर बेटाबेटी नै बिताबे हम आइए आबै चियै घुइमके आपन देश आपन घर आपन गाम हम आपने गाममे  आपने देशमे लिखबै आबैपला पुस्ताके भविष्य लहानवाली आब यहाके हमरा असियाइत असियाइत  जीवन बिताइले नै परत हम कङ्खे सुन्याव परदेशके जिन्गी ? ============ थारू भाषाबाट नेपालीमा अनुवाद परदेशको जिन्दगी म के भनूँ दु:खी छु कि खुसी कसरी सुनाऊँ परदेशको जिन्दगी दुःखी छु भनूँ भने मेरो अगाडि मान्छेहरूको भिड छ सफासुग्घर घर  कार, मोटरले सजिएको सडक छ मन लगाउन खोज्दै छु, तर मेरो मन लाग्दैन यहाँ । खुसी छु भनूँ भने, मेरो अगाडि मेरो देश, मेरो घर, मेरो खेतबारी छैन सबैभन्दा बढी यदि म कसैलाई सम्झिन्छु भने त्यो हो मेरो देश मेरो परिवार, छोराछोरी र तिम्रो निन्याउरो अनुहार यी सब थोकको  म कसरी वर्णन गरेर सुनाऊँ ? म कसरी सुनाऊँ परदेशको जिन्दगी ? मेरो आँखाअरू आँसुले भिजेका छन् मेरो मन हर्दम छोराछोरीलाई हेर्न तड्पिरहन्छ  मेरो हातहरू  बाआमाको सेवा गर्न छटपटिरहन्छन् म के भनूँ मेरो कथा ?  मेरो कथा यस्तै छ   उजडिएको, चारैतिर छरिएको, अपूरो, अधुरो  मेरो छोराछोरीहरूको बालापन बिनाबाको बित्यो उनीहरूको अौला समातेर मैले हिँडाउन सकिनँ  म कसरी सुनाऊँ परदेशको जिन्दगी ? छोराछोरीको सपना पूरा गर्न र परिवार पाल्नका लागि  म पसेको छु परदेश परदेशको सपना बुझेँ यहाँका मान्छेहरूका सपना बुझेँ तर, बुझ्न सकिनँ मैले  आफ्नै छोराछोरीहरूका सपना यदि तिमीलाई थाहा छ भने बताइदेऊ मलाई मेरो छोराछोरीको सपना के हो ?  मेरा बाआमा बिते मुखमा दागवत्ती दिन पाइनँ अन्तिम क्षणमा  उनीहरूको अनुहार समेत हेर्न पाइनँ   तिमीलाई बिहे गरेर ल्याएँ तर, तिमीसँग बस्न सकिनँ  म कसरी सुनाऊँ परदेशको जिन्दगी ? साच्चिकै यी कुराहरू सोचेँ भने  मेरो आँखाबाठ आँसुको खोला बग्छ  मेरो जीवन बित्यो बिना परिवारको जवानी बित्यो एक्लै उमेर बित्यो साथीभाइ छुटे बाआमा बिते मेरी स्वास्नी मलाई कुर्दा कुर्दा थाकि छोराछोरी बिना बाको वयस्क भए  म कसरी सुनाऊँ परदेशको जिन्दगी ? भो, अब अति भो लहानवाली म आजै फर्किन्छु घर मैले जस्तो जीवन बिताएँ त्यस्तो जिन्दगी मेरा छोराछोरीले नबिताऊन्  म आजै, अहिले फर्किन्छु आफ्नो देश आफ्नो घर आफ्नो गाउँ म आफ्नै गाउँमा  आफ्नै देशमा लेख्छु मेरा छोराछोरीको भविष्य लहानवाली आब तिमीले मलाई पर्खेर जीवन बिताउनु पर्दैन  म कसरी सुनाऊँ परदेशको जिन्दगी ?  अनुवाद कवि स्वयम् सिरहा, नेपाल, हालः पोर्चुगल

सुकुम्बासीको रोदन

सुकुम्बासीको रोदन

१२८ दिन अगाडि

|

२५ वैशाख २०८३

अञ्जान धर्कट्वा "रमेश"   बबईका छालहरूमा अभावको गीत गाउँदै आफ्नै थाप्लोभरि खुल्ला आकाशको भारी बोकेर भत्किनै लागेका झुप्राका ओतहरू सँगै बसेका छन् ती- अनिश्चित भोलिको बाटो कुरेर।   सरकारको कठोर आधुनिक डोजरको गर्जनमा आफ्नै रगतजस्तो तातो पसिना उमाल्छन्, र, भोकले रूँदै गरेका नानीहरूको आँसुमा थोरै नुन मिसाएर विवशता निल्छन्, घुटुक्क।   ​उसले कहिल्यै सोचेन कि धर्तीको एउटा सानो कुनाको सपना बोकेर आफैँ बेघर हुनुपर्नेछ आफ्नै आँगनमा सरकारका डोजरहरू सडकमा दौडिरहँदा आफ्नै कर्मको निष्ठुर उठीबासलाई धाप मार्दै।   ​आज किन हो, उसलाई त ओत लाग्ने पालको खम्बा पनि कालजस्तै कठोर लागिरहेछ उसको थकित शरीरलाई छोई भाग्ने हावा पनि पुर्खाको इतिहास बगाइदिने बाढीजस्तै चिसो लागिरहेछ।   ​आफूले कहिल्यै टेक्न नपाउने पक्की सहरलाई कल्पनामा निफन्दै निदाउन खोज्छ आफ्नै फाटेको भोटो जस्तै पातलो भाग्यले आफूलाई छोपेर मानौँ त्यो च्यातिएको कपडाले उसको सबै नग्नता छोपिदिनेछ।   ​उसका तमाम खुसी र मुस्कान बोकेको भोलिलाई सम्झन्छ आफैँसँग टोलाउँछ र, कोल्टे फेरेर एउटा लामो सुस्केरालाई अँगालो हाल्दै कुन बेला घर भत्किने हो भन्ने त्रासमा सुत्छ।   ​भोलि बाँच्ने आशामा ऊ यसरी नै प्रत्येक रात मरिरहेछ पुस्तौँ बितिसक्दा पनि, तर आएन उसको नाममा कहिल्यै लालपुर्जा ।।   बारबर्दिया नगरपालिका १०, मेरैया, बर्दिया कवि अञ्जान धर्कट्वा "रमेश"  

अट्रा सुग्घर रुप कहाँसे पैठो ?

अट्रा सुग्घर रुप कहाँसे पैठो ?

१४५ दिन अगाडि

|

८ वैशाख २०८३

                                                                                                                       गोसिन्यकसँगे कवि महतो विन्तिराम महतो सुन्ले टु टुह आजकाल कवि हुइल टो चिरैनके चिरविर चिरविर आवाजमे सिरिस्टिके कहानि खोज्ठो फुलनसे पुछ्ठो अट्रा सुग्घर रुप कहाँसे पैठो ? मेरमेरिक रंगसे अपन रुप सजैठो  । आजकाल टुह डार्सनिक फे हुइल टो काहुु रुखुवासे पुछ्ठो  टै आघे कि मै आघे ? के हो हमार पुर्खा         टुह बिना मै नाइ, मोर बिना टुह मेरमेरिक सवाल करठो । सुन्ले टु आजकाल  अढिकारवाडी फे हुइल टो पिंजडाके सुगुवा ओ खोभरा भिट्टर  छटपटाइल वनसुवरके  छटपटिहे अपन छटपटि समझठो हुक्रनके हक अढिकारके लग सोगैठो आजकाल्ह टु अढिकारवाडी फे हुइल टो । टुु टो ढर्मि फे हुइल टो काहुन, हावा, पानी, अग्नि,  रुखबिर्छाके पुजा करठो मच्छर मारेवेर पाप ओ ढर्मके बाट करठो आजकाल्ह टुह बरा ढार्मिक हुइल टो ।      टुहिन वैग्यानिक फे कहुु कि बर्टिरहल डिन (सुर्य) भिट्टर जाके सोन निकर्ना बाट करठो यि ग्रहसे उ ग्रह सयर कर्ना टोरै टोरंगनमे बास बैठ्ना बाट करठो डिन राट अमृट खोज्ना प्रयास करठो आजकाल्ह टुुह वैग्यानिक फे हुइल टो ।   टीकापुर, कैलाली  हालः नेपाल टेलिभिजन, कोहलपुर, बाँके साभारः लावा डग्गर त्रैमासिक, बरस ७, अंक ४, (कार्तिक–पुस) २०७३ नोटः सिर्सक परिवर्तन 

प्रेम र सद्भावकाे निम्ताे

प्रेम र सद्भावकाे निम्ताे

१४८ दिन अगाडि

|

६ वैशाख २०८३

हिमाेढ पहाडी  हिउँदकाे एउटा मधुराे साँझ राेमन सभ्यतामा विश्वकाे अनाैठाे आश्चार्य समेटेर मुस्कुराइ रहेकाे पिसाकाे झुकेकाे टावर अनि वियर बारमा हराइ रहेकाे म पिसाकाे खाडी हेर्दै खाेजि रहन्छु  प्रिय कविहरुकाे प्रतिविम्ब लाग्छ अझैसम्म काेरिरहेकाे छ मेराे अद्भुत प्रेमकाे कविता पिसाकाे खाडीकाे समुन्द्री गर्भमा । एक हुल स्काइलार्कहरु आउँछन् प्रेम र सद्भावकाे निम्ताे लिएर  मेराे स्वागतमा नाइटिङ्गेलहरु बाटाे भरि फूल बिच्छ्याउँछन् र त एउटा यात्रा गर्नुछ प्राेटेस्टेन्टकाे पुरानाे गिर्जाघरसम्म शुक्रबारको त्याे साँझ  घण्टी बज्दछ प्रार्थनाकाे । चिहानबाट एक एक गर्दै  ब्युँझिन्छन् उनीहरु प्रार्थना शुरु हुन्छ तर त्यतिबेला  मेराे अन्तर हृदयमा पशुपतिनाथकाे सन्ध्या आरतीकाे मङ्गल धुन बजिरहन्छ रिग्माेकाे गुम्बाबाट निस्केकाे मधुर आवाजले राेमाञ्चित बनाइ रहन्छ  मलाई हिन्दूत्वकाे आभाष गराइ रहन्छ । म अहिले  ती दुई चिहानकाे बिचमा छु र उनीहरु अङ्कमाल गरिरहेछन् पालैपालाे यतिबेला हाम्रा नयनहरु द्रवीभूत बनेका छन् हामीले भाषा र भूगाेलकाे पर्खाल मिलेरै ताेडेका छाैँ र, त उनीहरुकाे निमन्त्रणामा  कयौं माइल टाढा राेम शहरकाे प्राचीन पिरामिड र औराेलियन पर्खाल नजिक पुरानाे गिर्जाघरकाे आँगनमा प्रिय सखाहरुसँग निर्भय बनेर उभिएको छु । पि.बि.शेली अचेल  पानीमा कविता लेख्छन् जाेन किट्स हावामा प्रेमका गीत गुन्गुनाउँछन् सगरमाथा र लुम्बिनीको वैभव सुनेर एक तमासले मुस्कुराउँछन् पिसाकाे झुक्ने टावर साक्षी राखेर हामीले प्रतिज्ञा गरेका छाैँ याे युग प्रेम र सद्भावनामा रुपान्तरण गर्न विश्व बन्धुत्वकाे नयाँ इतिहास लेख्न । (युराेपस्तरीय कविता प्रतियोगिता-२०२६ मा प्रथम भएको कविता विश्व प्रसिद्ध अङ्ग्रेजी कविहरु पि.बि.शेली र जान किट्सकाे सम्झनामा समर्पित ) गढवा, दाङदेउखुरी हालः पाेर्चुगल (नोटः शीर्षक परिवर्तन गरिएको]

‎महँगीको आगो

‎महँगीको आगो

१४८ दिन अगाडि

|

५ वैशाख २०८३

दुर्गाबहादुर थारु ‘कविर’ ‎सहरको गल्लीमा धुवाँ मात्र छैन, ‎आशाहरू पनि आजकाल जल्दैछन् । ‎तेलको थोपा–थोपा महँगो हुँदै जाँदा ‎मानिसका सपना सस्तो हुँदैछन्। ‎भान्साको चुलोले सोध्छ, ‎“मेरो आगो किन यति भारी भयो ?” ‎उत्तरमा मौनता छ, ‎रित्तिएको ग्यासको सिलिण्डरजस्तै। ‎बाहिर सहर चल्छ, ‎भित्र मन रोकिन्छ । ‎एक लिटर तेलको मूल्यमा ‎कति आँसु मिसिएको छ, कसले गन्छ ? ‎हामी त सडकका यात्री, ‎पाइलामा धुलो, आँखामा प्रश्न लिएर, ‎कसले बढायो यो आगो ? ‎र, किन हाम्रो जिन्दगी जल्दै गयो ? ‎प्रधानमन्त्रीको समुहले चलाउने फेसबुकमा, ‎विकासको उज्यालो झल्काइन्छ । ‎तर हाम्रो कोठामा ‎अन्धकारको मूल्य पनि बढेको छ। ‎रात गहिरिन्छ, ‎तर निद्रा आउँदैन, ‎किनकि भोलिको बिहान ‎फेरि महँगो भएर आउँछ। ‎तर पनि ‎यो पीडाभित्रै एउटा विश्वास बाँकी छ, ‎कि कुनै दिन ‎मान्छेको पसिनाले बजार जित्नेछ, ‎र आगो फेरि ‎रोटी पकाउने मात्र हुनेछ, ‎जिन्दगी जलाउने होइन।   कवि बारबर्दिया नगरपालिकाका पूर्व मेयर हुन् । ‎