शनिश्रा महत्तमः स्वस्थ्यकर्मीसे लेके समाजसेवीसम् 

शनिश्रा महत्तमः स्वस्थ्यकर्मीसे लेके समाजसेवीसम् 

५३५ दिन अगाडि

|

१३ चैत २०८०

मोर होरि

मोर होरि

५३६ दिन अगाडि

|

१२ चैत २०८०

पुराक मै छोटु रन्हु टे हमार घर खुब आइट होरि खेलुइया गाउक व रानपरोसक लवन्डा लवन्डि होरि ढुरर्हेरि ख्याल गिट गैटि सेम्रक ढ्वाटाँ फुल्गेरे फुल्गेर उप्पर लागल टेँम्हरि, भेरि बहन्ना घारिम  बठन्याँवन हेरो बारि म घन्टन घन्टन घन्टा बाज ओसहेक मोर मन बाझ पिप्रिक पोक्या झार्क मै रुइठु डिया बार्क अरि बठिन्या हुर कैइड्या...हुर कैइड्या बसन्या मुर्गा अट्वम  ढुरहेरि खेल्ना घट्वम होरि होरि, आँख बिडोरि अस्टे अस्टे टमाम मेरिक गिट गइटि आइट् महि फे खुब रहर लाग हुकन्हेक सँग होरि खेल्ना ढुरर्हेरि खेल्ना हमार घर दिदिहुक्रे रलह हम्रे पाँच दिदी बहिन्या मै सबसे छोटु डाइक दूध पोछ्नि छाइ डुइठो दिदीन्के भ्वाँज हुइल रल्हिन डुइठो दिदिन्के बाम्कि रहे भ्वाज कैना डुइ दिदिन्के पाछ मोर पाल्या  मै सबसे छोटु हुइलक मारे महि सबजे मैया करट बहुट् मैयाँ करट भुन्टि भुन्टि कहँट मै सक्कुन्क मैयाले पुलपुलाइल रहु महि क्वारम लेलेख नाच टल्है किउ गैना किउ नच्ना किउ रंग अबिर घस्ना मैफे नाचटहु दिदिहुक्रफे नाच टल्ह खुब राहरंगि हुइटह सन्झ्याफे हो स्याकल  गाउँक लर्का लाहलुहुक घर घर आइ टल्है हम्रे भर खेल्टि रहि एकघचिक पाछ हुडहुड पुटपुट होलि रे होलि... कटि  एकहुल रानपरोसक लवन्डावँ अइल रंग अबिर पिचकारि नेँन्ढ नेँन्ढ दिदी हुकन रग्याट भिर्ल  रंग अबिर घसक लाग रगेट्टि रगेट्टि बराडुर सम पुगैल अँन्ढार होगिल रह साट आठ जहनके आघ मोर दिदिक कुछ कर नि स्याकल पापिन्हँक पाप मन रल्हिन रगेट रगेट रंग अबिर घस्ना निहुँम म्वार दिदिक इज्जट लुट्ल हम्र दिदिह राटभर खोज्लि कहु फे नि भेट्लि आढा राट टरग्यान रन्ल्हा खबर करल गिरि डर्वाँ बेल्झुन्डिम रख्नाहान बठिन्या गरझुलल बाट कैख ना कटि दिदी गरझुल्क बिट्गिलि उ डिनसे मोर मनमे मोर नजरमे होरिके रंग अबिर व होरि खेल्ना बरा डुखके बाट हुइल हरेक बरस होरि,ढुरर्हेरि आइट टो मै सम्झठु होरिक डिन  गुमाइ परल आपन दिदिहे  उ डिन होरि या ढुरर्हेरि नै आइल रहट टो  मोर दिदिक ओसिन घटना घट्ने नाइ रह उहेक मार होरि या ढुरर्हेरि मोर लाग अभिसाब बनल बा डुरघट्ना बनल बा लाल पियर हरड्यार रंग अबिर डेख्नु कलसे  महि आपन दिदिक याड आइट ओ उह डिनके झलझलि सम्झना  आँखिक आघ घुम लागट । घुम लागट ।।                                                                                                                                                                                         कवि पुराक

पाटनमा थारू कला प्रदर्शनी चल्दै

पाटनमा थारू कला प्रदर्शनी चल्दै

५४४ दिन अगाडि

|

४ चैत २०८०

पूर्वदेखि पश्चिमसम्मको थारू समुदायको इतिहास, जीवनपद्धति झल्किने कला प्रदर्शनी पाटनमा चैत ३ देखि शुरू भएको छ। पाटन संग्राहलयमा शुरू भएको प्रदर्शनीमा थारू समुदायको इतिहास, दिनचर्या, मौलिकता, अन्तरपुस्ताको ज्ञान र सीप झल्काउने कलाकृति राखिएको छ। ‘डउले डउले’ अर्थात ‘नमस्ते, तपाईँलाई कस्तो छ ?’ शीर्षकमा प्रदर्शनीको नामकरण गरिएको छ। यो चितवनमा बोलिने थारू समुदायको भाषा होे। थाारू समुदायमा अभिवादन गर्ने फरक फरक तरिका छन्। पूर्वी नेपालका थारू समुदायको भाषामा ‘गोर लागै चियै’ तथा पश्चिमी क्षेत्रमा ‘राम राम, जय गुरुबाबा’ भनेर पनि अभिवादन गरिन्छ। प्रदर्शनी उद्घाटन समारोहमा बोल्दै डा। सुरेश ढकालले थारू समुदायको इतिहास लेखनका हिसाबले यो प्रदर्शनी महत्त्वपूर्ण रहेको बताए। “मेचीदेखि महाकालीसम्म थारू समुदायमा विविधता छ,” ढकालले भने। भाषा, संस्कृति, खानपान ठाउँ अनुसार फरक फरक भएकाले थारू समुदायलाई जोड्न साझा कुरा खोज्नुपर्नेमा जोड दिए। थारू समुदायको संस्कृतिलाई उजागर गर्न प्रदर्शनी महत्त्वपूर्ण रहेको पाटन संग्राहलयकी निर्देशक मञ्जु सिंह भण्डारीले बताइन्। “थारू समुदायको संस्कृति वेषभूषा, कार्यशैली, दैनिक क्रियाकलाप झल्किने कला प्रस्तुत गरिएको छ,” भण्डारीले भनिन्, “यो हेरेपछि थारू समुदायमा पुगेजस्तै महसुस हुन्छ।” थारू सांस्कृतिक संग्राहलय तथा अनुसन्धान केन्द्रले आयोजना गरेको प्रदर्शनीको क्युरेटरमा वीरेन्द्र महतो, लवकान्त चौधरी, सन्जीव चौधरी, इन्दु थारू, अर्नव चौधरी, मारिया बोसर्ट र टोम रोर्बटशन छन्। प्रदर्शनी आयोजना गर्न थारू एन्ड फ्रेन्डस् एशोसियशन यूएसए र फुलब्राइट नेपालले सघाएको छ। आयोजकका अनुसार प्रदर्शनी चैत १८ गतेसम्म चल्नेछ।  

लुम्विनी प्रदेश एकदिने आख्यान महोत्सव सम्पन्न

लुम्विनी प्रदेश एकदिने आख्यान महोत्सव सम्पन्न

५५१ दिन अगाडि

|

२७ फागुन २०८०

लुम्विनी प्रदेश एकदिने आख्यान महोत्सव शनिवार फागुन २६ गते कोहलपुर नगरपालिकाको सभाहलमा विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठान, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान तथा कोहलपुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा ३ वटा विषयमा प्यानल छलफल चलेको थियो । जसमा बसाइँ सराइ समाज परिवर्तनका कथा विषयमा डा कृष्णराज सर्वहारीले डा गोपाल दहित तथा कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यसँग छलफल चलाएका थिए । डा दहितले थारु समाजको बसाइँ सराइको कथाको दस्तावेजीकरण हुन नसकेकोमा यस्तो सार्थक बहसले त्यसलाई टेवा दिने बताए । मेयर आचार्यले यस क्षेत्रका थारु गाउँका अगुवा बरघरलगायतको जीवन्त इतिहासको कथा लेखनमा पालिकाले सघाउने बताए ।  आख्यान कति यथार्थ, कति कल्पना विषयमा सुमित्रा न्यौपानेले प्राज्ञ अमर न्यौपाने र डा अशोक थापासँग बहस चलाइन् । सेसनमा यथार्थ र कल्पनाको सही सम्मिश्रणले आख्यान खँदिलो बन्ने निचोड आयो । त्यसैगरी, अर्को सेसन रैथाने कथा शीर्षकमा सहजकर्ता पुष्कर रिजालले एकमाया विक र राजाराम गुप्तासँग लुम्विनी क्षेत्रको रैथाने कथाको बहस चलाएका थिए । एकमाया विकले दलित त्यसमाथि एकल महिलाले भोग्नुपरेको आफ्नो कथा सुनाएकी थिइन् । उनले समाजमा धेरैको कारुणिक कथा रहेको तर ती दस्तावेजीकरण हुन नसकेको बताइन् ।  कार्यक्रममा डा टीकाराम उदासीले लुम्विनी प्रदेशको आख्यानबारे विद्वत प्रवचन दिएका थिए । उनले यस प्रदेशमा आख्यान लेखनबारे धेरै काम भएको तर खँदिलो कार्य अझै हुन नसकेको बताएका थिए । कार्यक्रममा कथाकार सनत रेग्मी, नयनराज पाण्डे, डा इन्द्र भण्डारी इन्द्रेणी, सुमित्रा न्यौपाने र शेखर दहितको कथा क्रमशः कल्पना कार्की, वीपी अस्तु, शोभना देवकोटा, हीरा क्षेत्री र कृष्ण थारुले नेहरीकन वाचन गरेका  थिए ।  लुइटेल र ज्ञवाली पुरस्कृत यसैगरी, सोही कार्यक्रममा  हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानबाट स्थापित पूर्णिमा साहित्य रत्न २०७९ बाट  प्राडा रामप्रसाद ज्ञवाली तथा तुलसीराम स्मृति पुरस्कारबाट ऋचा लुइँटेललाई  नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले हस्तान्तरण गरेका थिए । प्रतिष्ठानका साहित्य (गद्य) विभागका प्रमुख प्राज्ञ अमर न्यौपाने  कोहलपुरमा एउटा भिन्नै कार्यक्रम सम्पन्न भएकोमा खुशी व्यक्त गरे । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रतिष्ठानका महासचिव बद्री ढकालले तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकालले  स्वागत गरेका थिए । 

सुनसरीः केही सम्झनाहरू

सुनसरीः केही सम्झनाहरू

५७३ दिन अगाडि

|

५ फागुन २०८०

–छविलाल कोपिला   भारी बोकेर हिँडेको जस्तै कमिलाको ताँती लागेर आउँछन् एक बथान तिम्रो सम्झनाहरू । बसन्तको आँगनमा जसरी पुतली जस्तै फुल्छन् आरू हो, त्यसरी नै जूनको उजेली छिचोलेर आइपुग्छन् मन्द पवनसँगै तिमीसँगै बिताएका छिरबिरे सम्झनाहरू पनि । सुदूर पूर्वमा जब उदाउँछन् क्षितिजमा लालीमा भेंडेटारको श्वेत–शंख चम्किन्छ म त्यतिखेर सम्झिन्छु तिम्रो चोखो–प्रेम उत्साह र खुशीले झरझर झरनाझैं झरेर अंग–अंग स्पर्श गरेका पवित्र आँशु । ‘बुढा सुब्बा’को ‘धनुषी–गुलेली’ जसरी बाँस भएर अग्लियो त्यसरी नै अग्लिरहेछन् तिम्रो सम्झनाहरू पनि समयले कति उचाइसम्म लैजान्छ मलाई थाहा छैन त्यसैले तिमीलाई कहिल्यै बिर्सिन नसकूँ भनेर त्यही बाँसमा तिम्रो नाम खोपेर आएको छु । ‘मोखा’भित्र जसरी जेलिएका छन् सम्बन्धका ‘लता’हरू मनभित्र बाँधिएका छन् आस्थाका देवालयहरू र, ‘भक्का’/‘बगिया’ले निम्त्याएका छन् तिमीलाई हेर्ने भोकका लालसाहरू त्यसरी नै च्याउ जस्तै उम्रिरहेका छन् तिम्रो सम्झनाहरू ।

  राष्ट्रिय थारू कलाकार मञ्चको अध्यक्षमा पुनः विनय वैद्य चयन

  राष्ट्रिय थारू कलाकार मञ्चको अध्यक्षमा पुनः विनय वैद्य चयन

५७७ दिन अगाडि

|

१ फागुन २०८०

सरला चौधरी राष्ट्रिय थारु कलाकार मञ्चको २ दिने प्रथम महाधिवेशनले पुनः वीर बहादुर चौधरी (विनय वैद्य) को अध्यक्षतामा १७ सदस्यीय केन्द्रिय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको  छ ।  चितवन, सौराहास्थित  सौराहाको सेभेन स्टार होटलमा माघ २८ गते सम्पन्न भएको महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।   जसमा वरिष्ठ उपाध्यक्ष रोशन रत्गैंया, उपाध्यक्षद्वयमा लक्ष्मीकान्त चौधरी, समिक्षा चौधरी, महासचिवमा विजयकुमार चौधरी, सचिवमा राधाकृष्ण चौधरी (आरके), अनुपमा चौधरी कोषाध्यक्षमा अञ्जु चौधरी चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा राज कुश्मी, सोनु कुश्मी, मनिषा चौधरी, अमृता चौधरी, नरेश जोगी, वीर बहादुर चौधरी, अञ्जु चौधरी, गणेश चौधरी, राजन कुमार चौधरी छानिएका छन् ।  कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि भूमि सुधार तथा गरिवी निवारण मन्त्री रञ्जीता श्रेष्ठ चौधरीले थारु समुदायले राज्यलाई आवश्यक परेको बेला देशको वलियो खम्बाको निर्वाह गरेता पनि राज्य पक्षबाट यो समुदाय ओझेलमा परेकोले थारु समुदाय जागरुक हुनुपर्ने जिकिर गरिन् । थारु भाषामा विचार राख्दै उनले कलाकार देशको गहना हुन् भन्दै भाषा र संस्कृति संरक्षणको लागि  थारु कलाकारहरुको आवश्यकता रहेको विचार राखिन् । आफूले रेशम चौधरीको गीत सुन्दै थारु भाषा सिकेको उनको भनाई थियो ।  त्यसैगरी, मन्तव्यकै क्रममा सांसद मेटमणि चौधरीले थारुहरु कमैया, कमलहरी मात्र नभएर थारु समुदाय देशको धरोहर भएकोले देशको राजनीतिक नेतृत्वमा थारु समुदाय आउनु पर्ने धारणा राखे । थारु यूवाहरुलाई आफ्नो इतिहासको बारेमा जान्न र बुझ्न जरुरी रहेको उनको भनाइ थियो । गीत संगीतको माध्यमले धेरै कुरा सिकाउन सकिने भएकोले थारुहरुको सर्वाङुगीण विकासको लागि राष्ट्रिय थारु कलाकार मञ्चले महत्वपूर्ण भुमिका खेल्न जरुरी रहेको उनले धारणा राखे । थारुहरु एउटा क्षेत्रमा मात्र नरहेर हरेक क्षेत्रबाट अगाडि बढे मात्र थारुहरुको समग्र विकास हुने उनले बताए । सम्मेलन उद्घाटनमा राष्ट्रिय थारु कलाकार मञ्चको वरिष्ठ सल्लाहकार नन्दुराज चौधरी, सल्लाहकार सोमती चौधरी, थारु कल्याणकारिणी सभा (थाकस)का महामन्त्री प्रेमीलाल चौधरी, थाकस उपत्यका कार्यसमितिका सभापति सुमन चौधरी, थाकस चितवन जिल्ला सभापति ललित चौधरी, थारु आयोगका सदस्य सुवोध सिंह थारु लगायतले शुभकामना  मन्तव्य दिएका थिए । 

थारु साहित्य राष्ट्रिय सम्मेलनमा थारु धर्मदेखि थारु साहित्यको अनुवादबारे बहस

थारु साहित्य राष्ट्रिय सम्मेलनमा थारु धर्मदेखि थारु साहित्यको अनुवादबारे बहस

५७९ दिन अगाडि

|

२८ माघ २०८०

सुनसरीको गढीमा भएको ८औं थारु साहित्य राष्ट्रिय सम्मेलनको दोसो दिन माघ २७ गते विभिन्न विषयमा छलफल भएको छ ।    के हो मानक लेखन ? सन्दर्भः थारू मानक लेखन लेखन शैली (बोडे घोषणापत्र) को कार्यान्वयनको अवस्थाको बारेमा भोलाराम चौधरी, डा रामबहादुर चौधरी, अगिव बनेपालीले आ–आफ्नो मन्तव्य राखेका थिए । यस क्रममा थारु आयोगका सदस्य भोलाराम चौधरीले आयोगले थारु मानक भाषाको बारेमा थारु कल्याणकारिणी सभासँग कार्यदल नै बनाई काम गरिरहेको र यो अन्तिम चरणमा रहेको बताए । उनले पूर्वीया भाषाको लेखनशैली, मध्यपूर्वीया थारु भाषाको लेखनशैली तथा डंगौरा थारु भाषाको वर्ण निर्धारण लगायतको काम भएकोमा सबै शैलीलाई एकै शैलीमा राखेर मानकता कार्यको लागि रफ्तार दिनु पर्ने विचार व्यक्त गरे ।  यसैगरी थारु भाषा बारेमै विद्यावारिधि गरेका डा. रामबहादुर चौधरीले थारु भाषा जस्तो बोल्छौं त्यस्तै लेख्नु पर्ने तर आगन्तुक शब्दलाई पनि भित्र्याउन उपयुक्त हुने बताए । उनले थारु मौलिक शब्दको सूचीकरण गर्नुपर्ने जरुरी रहेको पनि विचार राखे । त्यसैगरी प्राज्ञ अगिव बनेपालीले भाषालाई सत्ताले पनि असर गर्ने बताउँदै पहिले मल्लकालमा भक्तपुरमा सत्ता रहेकोमा नेवार भाषा त्यहीँको आधिकारिक मानिएको तर अहिले काठमाडौंमा सत्ता रहेकोले काठमाडौंकै नेवार भाषा आधिकारिक मानिएको बताए । उनले कुन क्षेत्रको थारु भाषालाई मानक बनाउने त्यसको आधार प्रष्ट्याउनु पर्ने जनाए । यो सेसनको सहजिकरण लावा डग्गर त्रैमासिकका प्रधान सम्पादक छविलाल कोपिलाले गरेका थिए ।  त्यसैगरी अनुवादको आवश्यकता र थारू साहित्यमा अनुवादको अवस्था शीर्षकमा डा कृष्णराज सर्वहारी तथा हंसावती कुर्मीले विचार राखेका थिए । सर्वहारीले थारु साहित्यमा अनुवादको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै थारुबाट अन्य भाषामा अनुवाद कार्य निकै कम भएको जनाए । उनले थारु लोक साहित्यलाई अन्य भाषामा अनुवाद गरी व्याख्या विश्लेषण जरुरी रहेको बताए । त्यसैगरी प्राज्ञ हंसा कुर्मीले अनुवाद पनि साहित्यको एक विधा भएकोले अनुवादकलाई दोस्रो दर्जाको साहित्यकारको रुपमा हेर्ने दृष्टिकोण गलत रहेको बताइन् । अनुवाद कार्यले एकअर्काको समाज बुझ्न मद्दत गर्ने भएकोले थारुबाट नेपाली अंग्रेजीमा मात्र नभई यहींकै मातृभाषा अवधि, मैथिली, भोजपुरी लगायतमा पनि अनुवाद हुनुपर्ने जिकिर गरिन् । यो सेसनको सहजीकरण शत्रुघन चौधरीले गरेका थिए ।  त्यसैगरी अर्को सेसन सुनसरी मोरङ्मा थारु साहित्यको अवस्थाबारे हौली परिवारका पूर्व अध्यक्ष सम्पतलाल चौधरी, सल्लाहकार रामसागर चौधरी तथा गायिका उर्वशी चौधरीले प्रकाश पारे । राजेश सरदारले सहजीकरण गरेको कार्यक्रममा हौली परिवारले सो क्षेत्रमा संस्थागत रुपले थारु साहित्यिक क्षेत्रमा गरेको कामको चर्चा भयो । भोलाराम चौधरीले हौली वार्षिक पत्रिकाको पहिलो अंक २०४२ सालमा प्रकाशित भएकोमा हालसम्म ३८ वटा अंक प्रकाशन भइसक्नु पर्नेमा किन १६ वटा मात्रै प्रकाशन भएको जिज्ञासा राखे । प्रतिउत्तरमा रामसागर चौधरीले अािर्थक अभावसँगै थारु भाषामा लेख, रचना लेख्न सक्ने जनशक्तिकै अभाव रहेको बताए ।  यसैगरी अर्को सेसन थारुको इतिहास तथा धर्म संस्कृतिको आधार विषयमा डा. गोपाल दहित, डा. अपार लम्साल, हृदयनारायण चौधरी वक्ता रहेकोमा शेखर दहितले सेसनको सहजीकरण गरेका थिए । कार्यक्रममा थारु र बुद्धको सम्बन्धबारे विस्तृत छलफल भएको थियो । तर, थारुहरुको आनिबानी हेर्दा प्रकृतिसँग नजिक देखिएकोले प्राकृत धर्मको नजिक देखिएको छलफलको निचोड थियो ।  यसैगरी अर्को सेसन पश्चिमा थारू साहित्यको संरक्षणमा संस्थागत प्रयास विषयमा लावा डग्गर त्रैमासिकका प्रधान सम्पादक छविलाल कोपिला, हरचाली त्रैमासिकका प्रधान सम्पादक सागर कुश्मी, तथा जंग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमनडौरा वक्ता रहेकोमा कवियित्री भूमिका थारुले सेसनको सहजीकरण गरेकी थिइन् ।  कार्यक्रममा पश्चिमा थारु साहित्यमा भइरहेको सस्थागत प्रयासबारे पूर्वी क्षेत्रका थारु भाषीहरुले पनि सिको गर्नु पर्ने निचोड रह्यो । सागर कुश्मीले साहित्यिक पाठक निकै कम भएकाले हरचाली पत्रिका हाललाई स्थगित गर्नु परेको जनाए । कोपिलाले लावा डग्गर पत्रिका प्रेस काउन्सिलको क वर्गमा परे पनि पत्रिका प्रकाशनको व्यवस्थापन गर्न गाह्रो भएको बताए । उनले आफू रहँदासम्म यसलाई निरन्तरता दिने बताए । डेमनडौराले कुनै समय मलेसिया, भारत लगायत देशमा पनि बखेरीको शाखा गठन भइ थारु भाषामा विभिन्न पुस्तक प्रकाशन गरिएकोमा यस अभियानलाई पुनः निरन्तरता दिने जनाए ।  सम्मेलनबाट ९ बुँदे घोषणा पत्र पनि जारी गरिएको छ । जसमा आगामी नवौं सम्मेलन बर्दियामा गर्ने, थरुहटका पालिकामा थारु पाठ्यपुस्तक लागु गर्न पहल गर्ने, थारु लोक साहित्यका सर्जकहरुको पाण्डुलिपी प्रकाशनको व्यवस्थापन गर्ने, थारु लेखक संघ नेपालबाट लागि आफूले पाएको पुरस्कार रकममा थप गरी अक्षयकोष वृद्धि गर्न सहयोग गर्ने रामसागर चौधरीलाई धन्यवाद दिने तथा थारु साहित्यमा अनुवाद कार्यलाई जोड दिनु पर्ने लगायत रहेका छन् ।  कार्यक्रममा १५० भन्दा बढी विभिन्न जिल्लाबाट थारु साहित्यकारहरुको उपस्थिति रहेको थियो ।   थारु लेखक संघ नेपाल तथा हौली परिवारको संयुक्त आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सुनसरीको गढीमा माघ २६ गते शुक्रवार ८औं थारु साहित्य राष्ट्रिय सम्मेलनको समुद्घाटन पूर्व मन्त्री तथा संघीय सांसद भगवती चौधरीले गरेकी थिइन् । कार्यक्रममा थारु लेखक संघ नेपालबाट स्थापित यस वर्षको पुरस्कार स्रस्टाद्वय रामसागर चौधरी तथा शान्ति चौधरीलाई प्रदान गरियो । सम्मेलनमा बमबहादुर थारूको मेची महाकाली थारु भाषा सर्वेक्षण, इन्द्र चौधरी टिपटिप (रानाथारू लोककथा), रामसागर चौधरीको पूर्विया थारू हरिनाम गीत, हृदयनारायण चौधरीको भाषासम्बन्धी पुस्तक खोजखबर, लेखनाथ चौधरीको थारु संस्कृति तुलनात्मक अध्ययन, डा गोपाल दहितको सम्पादनमा तीन पुस्तक थारु बाल्हा झुल्ना ओ बैठैना गीत, थारु कहकुट तथा थारु डफ (धमार गीत), नेपाल प्रज्ञा प्रतिष्ठानको थारु भाषाको वार्षिक पत्रिका लवाङ्गी (अंक १), हौली परिवारको वार्षिक पत्रिका हौली (अंक १६) लगायत पुस्तक विमोचन भएको थियो ।