दाङ सोसाइटीबाट काठमाडौंमा दंगाली बुद्धिजीवीहरूको बृहत् भेला हुँदै

दाङ सोसाइटीबाट काठमाडौंमा दंगाली बुद्धिजीवीहरूको बृहत् भेला हुँदै

४०७ दिन अगाडि

|

१७ साउन २०८१

इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर उपहार

इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर उपहार

४२९ दिन अगाडि

|

२६ असार २०८१

चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण भएका हुन् । असार २५ गते मङ्गलबार गाउँपालिकाको वडा नं ७ मा आयोजित कार्याक्रममार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गरे । साँचो हस्तान्तरण गर्दै उनले गाउँपालिकाका सात वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको बताए । ‘पालिकाले  चेपाङ समुदायको घर निर्माणको योजना बनाएर  सरकारलाई अनुरोध गरेपछि अनुदान प्राप्त भएको हो’, उनले भने, ‘टोल र वडाको छनोटका आधारमा उनीहरुको घर निर्माण गरेका हौं ।’ अध्यक्ष गुरुङले निर्माण सम्झौताअघि घर र उनीहरुको अवस्थाबारे स्थलगत अनुगमनसमेत गरिएको बताए । ‘घडेरी सम्याउने र जग खनेर ढुङ्गा हाल्ने काम सम्बन्धित लाभग्राहीको हो’, उनले भने, ‘अरु सबै गाउँपालिकाले निर्माण गरिदिएको छ ।’ उनले गाउँपालिकाले खरको छाना भएका र आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवारलाई टिनको छानाको व्यवस्था गरेको जानकारी दिए । गाउँपालिकाको वडा नं १ मा पाँच, वडा नं २ मा दुई, वडा नं ३ मा दुई, वडा नं ४ मा दुई, वडा नं ५ मा दुई, वडा नं ६ मा तीन र वडा नं ७ मा छवटा घर निर्माण गरिएको छ । गाउँपालिका उपाध्यक्ष माया सिलवाल धेरैको आकाङ्क्षा भए पनि बिहान-बेलुका हातमुख जोर्न पनि समस्या हुनेको पहिचान गरेर घर निर्माण गरिएको बताइन् । उनले समयमै काम सम्पन्न गर्ने निर्माण कम्पनीलाई धन्यवाद दिइन् । गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि चेपाङ आवास कार्यक्रमलाई निरन्तरता दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए । उनले घर नभएका र खरको झुप्रोमा बस्दै आएकाहरूलाई प्राथमिकतामा राखेर घर निर्माण गरिने बताए । पालिकाले आगमी आवका लागि तीन करोड ३० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए । वर्षाैंदेखि खरको झुप्रोमा बस्दै आएका इच्छाकामना-७ सुन्दरबस्तीका अइतराम प्रजा घामपानीमा अन्यको घर ओत लाग्न जानुपर्ने अवस्थाको अन्त्य भएको बताउँछन् । उनले पालिकाले दुई कोठाको घर निर्माण गरिदिएपछि खुसी लागेको जनाउँदै अब जीवनयापनमा सहज हुने बताए । इच्छाकामना-१ कोलभन्ज्याङका अरसल चेपाङले भूकम्पले पुरानो घर भत्किएपछि छाप्रामा बस्दै आएको बताए । उनले बर्खामा पानी चुहिने र हिउँदमा हुरीबतास र आगलागीको डर अब अन्त्य भएकामा खुसी व्यक्त गरे । ‘गाउँपालिकाले घर बनाइदिएपछि निकै खुसी छौँ, छजनाको परिवार एउटै कोठामा बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ’, उनले भने । इच्छाकामनामा दुई हजार पाँच सय चेपाङ परिवारको बसोबास छ । रासस

केन्द्रले हातखुट्टा बाँधेर तातो बालुवामा सुताउने काम गर्दछ : वडाध्यक्ष चौधरी

केन्द्रले हातखुट्टा बाँधेर तातो बालुवामा सुताउने काम गर्दछ : वडाध्यक्ष चौधरी

४५९ दिन अगाडि

|

२८ जेठ २०८१

कैलाली जिल्ला कैलारी गाउँपालिका वडा न: ३ का वडाध्यक्ष सन्तराम चौधरीले केन्द्रीय सरकारले आफूहरुलाई हातखुट्टा बाँधेर जेठको रापिलो तातो बालुवामा सुताउने गरेको पीडा सुनाए । उनले उक्त कुरा लाहुर्निप र थाकस कैलारीको आयोजनामा जेठ २५ गते कैलारी गाउँपालिकामा सम्पन्न भलमन्सा ऐन, कार्यविधि मस्यौदा र योजना सम्बन्धि अन्तक्र्रियामा सुनाएका हुन् ।  भलमन्साहरुले पोखेको दुखेसोको जवाफ दिने क्रममा उनले आफू पहिले २ बर्ष कैलारी ३ भर्री गाउँको (१ गाउँको) मात्रै भलमन्सा रहेको, अहिले वडाध्यक्षको रुपमा ११ गाउँको भलमन्सा रहेको बताए । १ गाउँको भलमन्सा हुँदा आफू पनि यहाँहरुले भनेजस्तै कुरा राख्ने गरेको, तर पालिकामा पुग्दा त्यो भन्दा फरक स्थिति पाएको जानकारी गराए । वडाको बजेट लाखमा हुने, तर एउटै भलमन्साले करोडको योजना माग गर्दा त्यसको सुनुवाई भनेजस्तो हुन नसकेको बताए । उनले भने सबैले भन्छन्, केन्द्र प्रदेश ढलेपनि स्थानिय सरकार ढल्दैन, तपाईहरु जनताको असली सरकार हो । हो हामी भुईमान्छेको खास सरकार त हो, तर हाम्रो हातखुट्टा बाँधिदिने र जेठको रापिलो र तातो बालुवामा सुताउने काम त केन्द्रले गरिदिने रहेछ, यो कुरा कसले बुझिदिने ? शुरुमा केन्द्रले स्थानिय सरकारलाई बजेट पठाउँछ, हामी त्यही अनुसार योजना बनाउँछौं, तीन चार महिना मात्रै बाँकी रहँदा ५५ प्रतिशत भन्दा बढी बजेट बिनियोजन गर्न नसकिने पत्र आउँछ, करिब आधा बजेट नआउँदा स्थानिय सरकारको हालत के होला ? यस्तो बेलामा गाली खानुको अर्को बिकल्प छ ? उनले भलमन्साहरुसँगै दुखेसो पोखे । म यहाँहरुको पीरमर्का बुझ्दछु, भलमन्सा चलाएरै आएको ब्यक्ति हुँ, तर गर्ने के ?   कार्यक्रममा कैलारी गाउँपालिकाका कानुनी सल्लाहकार जोहारी लाल चौधरी, लाहुर्निपका संस्थापक केन्द्रीय सदस्य सर्जुप्रसाद चौधरी, थारु नागरिक समाज कैलालीका संयोजक दिल बहादुर चौधरी र अन्य ३ जना सहजकर्ताहरुले भलमन्साहरुलाई उनीहरुको भलमन्सा प्रणाली, प्रणालीको महत्व, भलमन्सा ऐन, प्रस्तावित कार्यविधिमा रहेको खास खास ब्यबस्था, भलमन्साहरुले गर्न सक्ने काम, उनीहरुको गाउँ टोल र पालिकासँगको सम्बन्ध, खेल्न सक्ने भूमिकाबारे सहजीकरण गरेका थिए । भलमन्साहरुले आफूहरुले गाउँ, टोलको विश्वास जिती भलमन्सा बनेको, तर पालिकामा योजना फर्म भरी पठाउँदा आफूहरुको योजनाको बेवास्ता हुने गरेको गुनासो राखेका थिए । वडा न: ४ का भलमन्साहरुका संयोजक जगलाल चौधरीले पालिका टोल बस्तीमा आउँदा आफूहरुको योजना पालिकाले छनौट गर्ने कुरा उठ्छ, पालिकामा जाँदा त्यो त वडाले गर्ने कुरा हो भन्छ, बर्षेनी यही भैरहेको छ, हाम्रो कुराको सुनुवाई हुँदैन भन्ने कुरा राखेका थिए । उनीहरु पालिकाले छाडा चौपायाको ब्यबस्थापन गर्नुपर्ने कुरामा पनि जोड दिएका थिए । कार्यक्रममा वडा न. २,३,४ का ५ महिला २३ पुरुष गरी २८ भलमन्साहरुको उपस्थिति रहेको थियो ।     

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण

४९४ दिन अगाडि

|

२४ वैशाख २०८१

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको छ । अन्तराष्ट्रिय सहयोगी संस्था माद्रेको आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चले पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरेको हो । कार्यक्रममा बनकरियाका २३, चेपाङका १४, तामाङका ४ गरी ४१ बालबालिकालाई स्टेशनरी र विद्यालय पोशाक बितरण गरिएको हो । संस्थाले बालबालिकालाई ब्याग, जुत्ता, कपी, पेन्सील, डटपेन, क्याल्कुलेटर, ज्यामिती बक्स प्रदान गरिएको थियो भने पुस्तकालयका लागि किताब ¥याक, चकटी ३० वटा, टेबल ४ वटा, कार्पेट र सूचना पाटीका लागि सेतो बोर्ड प्रदान गरेको थियो । पुस्तकालयका लागि रुम टु रिड नामक संस्थाले बाल कथा, बालपत्रिका, सामान्य ज्ञान, कखग लगायतका ३०० किताब प्रदान गरेको थियो । कार्यक्रम मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्य तथा राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चकी अध्यक्ष सुनी लामाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मनहरी गाउँपालिका शिक्षा शाखाका विदुर थापा, नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ, राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चकी कोषाध्यक्ष सुशिला गोले लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा मनहरी गाउँपालिकाकी कार्यपालिका सदस्य मिरा खत्री, राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चकी संस्थापक अध्यक्ष रश्मी थापा मगर, उपाध्यक्ष यशोकान्ती भट्टचन, विसम्बरा तामाङ महिला कृषक समूह शंखरापुर काठामाडौंकी अध्यक्ष जुनिता स्याङ्तान, कार्यक्रम संयोजक सरस्वती शेर्पा लगायतको आतिथ्य रहेको थियो ।

दाङको धारापानीमा बढ्यो पर्यटकको चहलपहल

दाङको धारापानीमा बढ्यो पर्यटकको चहलपहल

५१३ दिन अगाडि

|

५ वैशाख २०८१

घोराही उपमहानगरपालिका ५, धर्ना, दाङमा रहेको धारपानीमा पर्यटकीय गतिविधि बढेको छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेपछि यहाँ चहलपहल बढेको हो । धारापानी घुम्न आएका राजापुर नगरपालिका ३, मुरैयाका शिला आचार्यले साथीहरुमाझ चर्चा चलेकाले घुम्न आएको बताइन् । ‘धारापानीको चर्चा धेरै सुनेकाले घुम्न आएको हुँ, यहाँ आउन पाउँदा निकै खुसी लागेको छ’, उनले भनिन् । त्रिशूल, ॐ पोखरी मन्दिरभित्र रहेको पार्क रमाउन पाउँदा आनन्द महसुस गरेको उनले सुनाइन् । धारापानीमै तुलसीपुर उपमहानगरपालिका १९ का सविन केसी पनि भेटिए । शनिबारको दिन साथीहरुसँग वनभोजका लागि धारापानी आएको उनले सुनाए । अरुले भनेको र सुनेकोभन्दा आफूले प्रत्यक्ष देख्न पाउँदा निकै फरक हुने भन्दै उनले यो क्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्ने बताए । पछिल्लो समय पार्कसहितको पोखरी निर्माणले यहाँको सौन्दर्य बढाएको छ । घोराही बजारदेखि ९ किलोमिटर दक्षिणमा पर्ने धारापानी मन्दिरमा निजी सवारी साधन, सार्वजनिक बस तथा अटोरिक्साबाट सजिल पुग्न सकिन्छ । सो स्थानसम्म पुग्ने सडक पक्की भएकाले स्थानीय र बाह्य पर्यटकको उपस्थितिले चहलपहल बढेको स्थानीयको भनाइ छ । धारपानीमा ५५.५ फिट उचाइको पञ्चधातुको त्रिशुल निर्माण गरिएको छ । पछिल्लो समयमा बिदाको दिन परिवारसँग र साथीभाइ मिलेर घुम्न आउनेको संख्या बढ्न थालेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले बताए । दाङलगायत छिमेकी जिल्लाबाट पर्यटक आउने गरेको उनले सुनाए । यातायातको सुविधा र घोराही बजारको नजिकै भएका कारण पनि पर्यटकको रोजाइको विषय बनेको उनको बुझाइ छ । ‘दाङ आउने अधिकांश मानिस धारापानी पुगेको जस्तो लाग्छ’, उनले भने, ‘वनभोजका लागि यहाँ बाह्रै महिना भीडभाड हुने गरेको छ ।’ अग्लो त्रिशुल, १०८ शिवलिंग, १०८ बरपिपल जोडी, १०८ समीका वृक्ष, ॐ कुण्ड, पाण्डव शयन शिला, विभिन्न देवीदेवताका मन्दिर, वनजंगल त्यहाँ पुग्ने पर्यटकको रोजाइ बन्ने गरेको छ । नजिकै सरयू गंगा बबई नदी र वरपर हरियाली वातावरण भएका कारण पनि दैनिक हजारौँको संख्यामा बाह्य र आन्तरिक पर्यटकको मनै लोभ्याउँछ । मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले धामदेखि करिब २ सय किलोमिटर दक्षिण डाँडामाथि सुनकोटमा भगवतीको मन्दिरसम्म पुग्नलाई ४ हजार ९ सय ६३ सिँढी बनाउने काम सुरु भएको जानकारी दिए । गेट निर्माण, पार्किङको व्यवस्था, सिमसार क्षेत्र, तलाउ, टापु लगायतका संरचना गुरुयोजना अनुसार बनेका छन् । गुरुयोजना दाता र राज्यको लगानीमा अगाडि बढेको आचार्यले बताए । सुनकोटमा देवीको मन्दिर तयार गरेर भइसकेको छ । धारापानी धामलाई धार्मिक ग्रामका रुपमा विकशित गर्नका लागि दुईवटा खाजा घर, १२ वटा पूजा सामग्री पसल र एउटा कोसेली घर सञ्चालनमा रहेको सचिव आचार्यले जानकारी दिए । कोसेली घर स्थापना घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा धारापानीमा कोसेली घर स्थापना भएको छ । कोसेली घरमा स्थानीय उत्पादन राखिएको छ । स्थानीयस्तरमा उत्पादन भएका वस्तुलाई बिक्री गर्ने उद्देश्यले कोसेली घरको स्थापना गरेको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताए । दाङमा उत्पादन हुने माटोको भाँडा, बाँसका सामग्री, दाल, मसौरा, सिन्की, सिमठारो चामल जस्ता उत्पादनले दाङको पहिचान दिने भएकाले यस्ता ‍वस्तु बिक्रीका लागि कोसेली घर निर्माण गरिएको उनले बताए । रासस 

सुदूरपश्चिममा नाउपाको ‘बटमलाइन’ आफ्नै नेतृत्वमा सरकार निर्माण

सुदूरपश्चिममा नाउपाको ‘बटमलाइन’ आफ्नै नेतृत्वमा सरकार निर्माण

५१९ दिन अगाडि

|

२९ चैत २०८०

धनगढी । सुदूरपश्चिम प्रदेशमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आफ्नै नेतृत्वमा सरकार निर्माण गर्ने बटमलाइन तय गरेको छ । पार्टी संरक्षक रेशमलाल चौधरीको उपस्थितिमा बुधबार बसेको सातै जना सांसदबिचको छलफलले आफ्नै नेतृत्वमा सरकार निर्माण गर्न पहल थाल्ने निर्णय गरेको हो ।  काम चलाऊ सरकारका सामाजिक विकास मन्त्री लक्ष्मणकिशोर चौधरीले बैठकले पार्टीभित्र आन्तरिक द्वन्द्व नरहेको तथा आफूहरू एक ढिक्का रहेको सन्देश दिन खोजेको बताए । साथै कमल बहादुर शाह नेतृत्वको सरकार ढलेपछि अब बन्ने सरकार नाउपाको नेतृत्वमा बन्ने निष्कर्ष रहेको उनले बताए । उनले भने, ‘जनतालाई दिएको बाचा अनुसार अबको सरकार नाउपाकै नेतृत्वमै बन्छ । मुख्यमन्त्रीसहित २ क्याबिनेट मन्त्री हाम्रो दाबी हो । सो अनुसारको ग्राफ उहाँहरूलाई (अन्य राजनीतिक दल)लाई पठाइ सकेको छाँै ।’ साथै मन्त्री चौधरीले नयाँ सत्ता समीकरण अनुसार सरकार बनाउने सम्भावना प्रबल रहेको आशय व्यक्त गरे । प्रदेश प्रमुख नजिर मियाँले वैशाख २ गतेसम्म दिएको समयसीमाभित्र सरकार बन्ने उनले बताए ।   सुदूरपश्चिमको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस पनि सरकार निर्माणमा अग्रसर देखिएको छ । नाउपालाई नेतृत्व दिएर सहयोग गर्न कांग्रेस तयार रहेको मुख्यमन्त्री निकट स्रोतले बतायो । तर अझै नाउपाले कुन गठबन्धन अनुसार सरकार निर्माण गर्नेबारे भने ठोस निर्णय लिन नसकेको हो । यहाँ कांग्रेसका १८ सांसद छन् । नाउपालाई कांग्रेसका सबै सांसदले साथ दिँदा पनि २ सांसद अपुग हुने देखिन्छ । बहुमतको लागि पुनः राप्रपा र स्वतन्त्र सांसदकै साथ अनिवार्य हुन जान्छ । अर्कोतिर यहाँ नयाँ सत्ता गठबन्धनका माओवादीका सभामुखसहित ११, एमालेका १० नाउपाका कारबाही बाहेक ६ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । जसबाट सहज रुपमा सरकार बन्ने देखिन्छ । दलको नेता यथावतै त्यस्तै, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले बर्खास्त गरिएको भनिएको संसदीय दलका नेता घनश्याम चौधरी नै दलको नेतामा कायम रहेको बताइएको छ । सभामुख भीमबहादुर भण्डारीले पनि प्रदेश सभाले पार्टीलाई भन्दा संसदीय दललाई चिन्ने भएको हुँदा घनश्याम चौधरी कायम रहेको एक सांसदले बताए । नाउपा अध्यक्ष श्रेष्ठले घनश्याम चौधरीलाई हटाएर दलको नेतामा कैलाश चौधरीलाई जिम्मेवारी दिएको पत्र सभामुख भण्डारीलाई पठाएकी थिइन् ।

रेशम चौधरीलाई अध्यक्षको मान्यता नदिनुको कारण देखाउन सर्वोच्चको आदेश

रेशम चौधरीलाई अध्यक्षको मान्यता नदिनुको कारण देखाउन सर्वोच्चको आदेश

५२३ दिन अगाडि

|

२५ चैत २०८०

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्षमा रेशमलाल चौधरीलाई मान्यता नदिनको कारण देखाउन सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले आइतबार निर्वाचन आयोगको नाममा कारण देखाउन आदेश दिएको हो। सर्वोच्चले रिट निवेदकको माग बमोजिम किन अन्तरिम आदेश जारी गर्नु नपर्ने हो कारण देखाउन भनेको छ। गएको पुस २७ मा कैलालीको टीकापुरमा सम्पन्न नाउपाको महाधिवेशनबाट रेशमलाल चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए। महाधिवेशनलगत्तै केन्द्रीय समितिलाई अध्यावधिक गर्न निर्वाचन आयोगनमा निवेदन दिएका थिए। तर, निर्वाचन आयोगले टीकापुर घटनामा दोषी ठहर भएको विषयलाई लिएर अध्यक्षमा मान्यता दिन नमिल्ने फागुन २४ मा निर्णय गरेको थियो। आयोगका विरुद्ध चौधरी सर्वोच्च अदालत पुगेका थिए। रिटमा निर्वाचन आयोग र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई विपक्षी बनाइएको छ। चैत २३ गते दर्ता भएको चौधरीको रिटमाथि आइतबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाउन आदेश दिएको हो। यससँगै सर्वोच्चले अन्तरिम आदेश दिने कि नदिने भन्ने निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको समाचार छ। दुबै पक्षको झगडाले नाउपा केन्द्र तथा सुदूरपश्चिम  र लुम्विनी प्रदेशमा सरकार बाहिर छ । लुम्विनी प्रदेशमा एमाले सहितको नयाँ गठबन्धनलाई नाउपाले समर्थन गरिसकेको छ ।