थाकस देउखुरीबाट ढकेहेरसम्बन्धी बृत्तचित्र निर्माण शुभारम्भ

थाकस देउखुरीबाट ढकेहेरसम्बन्धी बृत्तचित्र निर्माण शुभारम्भ

७१४ दिन अगाडि

|

१५ असोज २०८१

थारू कलाकार मञ्चसे साहित्यकार पन्ना सम्मानित

थारू कलाकार मञ्चसे साहित्यकार पन्ना सम्मानित

७१६ दिन अगाडि

|

१३ असोज २०८१

सुर्खेतक वीरेन्द्रनगरमा एक समारोहके बिच राष्ट्रिय थारु कलाकार मञ्च शाखा सुर्खेतसे संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयसे भासा, साहित्य विधाम क्षेत्रीय प्रतिभा पुरस्कार (२०८०) से सम्मानित हुइलकम थारु साहित्यकार मानबहादुर चौधरी पन्ना सम्मानित हुइल बाट ।  राष्ट्रिय थारु कलाकार मञ्च शाखा सुर्खेतके पैल्हा साधारण सभा ओ अइटि रलक बर्का डस्या ओ डेवारिक शुभकामना लेउडेउ कार्यक्रमम पन्नाह कर्णाली प्रदेशके वरिष्ठ कलाकार एवम् बर्का पहुना प्रेमदेव गिरी सम्मान पत्र डेल रलहिन् । पैल्हा साधारण सभाम संस्थासे कैगिल मेरमेरिक कार्यक्रमके आर्थिक वर्ष २०८०/०८१ ऋसार मसान्तसमके एक लाख ६१ हजार ७ सय ६५ रुप्या बराबरके आय व्यय प्रस्तुत कर्ल रलह ।  साधारण सभा कार्यक्रमम अध्यक्ष राजु चौधरीसे प्रस्तुत कैगिल आर्थिक ओ प्रगति प्रतिवेदन सर्वसम्मतसे पारित हुइल रह । अध्यक्ष चौधरी अइना दिनम संस्थाह आम्हिन् सशक्त रुपम बह्रैटि कलाकारिता एवम् सांस्कृतिक क्षेत्रम आघ लैजिना बाट ढर्ल ।  थारु भासा साहित्य कला संस्कृतिम विशिष्ट योगदान कैक राज्यसे सम्मानित हुइलक्म साहित्यकार पन्नाह हार्दिक बधाई डेगिल बट्टोइल । कला साहित्यम असल मार्गदर्शन कर्ना उहाँ हमार समाजके अगुवा हुइट कल ।  कार्यक्रमके वरिष्ठ कलाकार एवम् बर्का पहुना प्रेमदेव गिरी– ‘सुर्खेतके रङ्गमञ्चके इतिहास २०२९ सालठेसे विकास हुइलक हो । थारु गाउँघरम फेन थारु समुदाय थारु गिटबास जोगैटि अइल । आब इ कला संस्कृतिह अम्हिन् मैगरसे संरक्षण कर पर्ना ब्याला आस्याकल यकर लाग थारु युवा जुर्मुरैल बाट इ खुसिक बात हो कल । सुर्खेतसे थारु भाषा, साहित्य कला संस्कृतिम कलम चलुइया मानबहादुर पन्ना राष्ट्रसे क्षेत्रीय प्रतिभा पुरस्कार पैना कलक थारुनके गौरबके बात हो ।  कर्णाली प्रदेश चिन्हैना काम कर्ल इ खुसिक बात हो कैक हार्दिक बधाई डेटि आगामी दिनम घैखरसे कलम चलोस् कना शुभकामना डेल । ओसहख विशिष्ट पहुना थारु कल्याणकारिणी सभाके केन्द्रीय सदस्य कृष्ण बहादुर थारु – थारुनके भाषा साहित्यके इतिहासम सगुनलाल चौधरी सुरुआत करल गोचाली पत्रिका २०२८ पहिल पत्रिका हुइलक जिकिर कर्टि सुर्खेतसे थारु भाषा साहित्यम कलम चलैना, थारु पत्रिका निकर्ना एवम् गितबास संस्कृति बारेम कलम चलैना साहित्यकार पन्नाक विशिष्ट योगदान रहल बा ।  उहा कल₋ धनसम्पत्ति फिर्ता हुइठ तर भाषा, साहित्य, संस्कृति हेराइल कलसे कब्बु फिर्ता निहुइठ ओहमार आगामी दिनम लौव लौव पुस्ता हुक्र फे भाषा साहित्यम कलम चलाइ पर्ना आवश्यकता रलक धारणा व्यक्त कर्ल ।  साहित्यकार लेखक मानबहादुर चौधरी पन्नाअसक और स्रष्टा जन्म परल कना टिप्पणी कर्ल ।   कार्यक्रमम थारु कल्याणकारिणी सभाके थारु कल्याणकारिणी सभाके केन्दीय सदस्य मान बहादर चौधरी – थारु समुदायम संस्कृतिको अथाह भण्डार हुइलक ओहर्से थारु पहिचान बचाइ पर्ना जिकिर कर्टि सबजे मिल्ख अगारि बह्र पर्नाके विकल्प नि रहल जिकिर कर्ल । कार्यक्रमम विमेरमेरिक गाउँक थारु नाच प्रस्तुत कर्ल रलह ।  कार्यक्रमम थारु अगुवा समाजसेवी जागुराम बहादुर थारु, मानविर थारु, दुर्गबहादुर थारु, शेरबहादुर थारु लगायतके वक्ता हुक्र थारुनके कला संस्कृति बचाइक् लाग एकजुट हुइटि आघ बह्रपर्ना बातम जोड डेल रलह । थारु भासा, साहित्य, कला, संस्कृति, सभ्यता, मूल्य मान्यताह संरक्षण करक लाग युवा पुस्ता ओ पुरान पुस्ता डुनु पक्षह जोर्टि एकजुट होख आघ बह्रक लाग पुर्खा हुक्र सरसल्लाह ओ सहयोग डिह पर्ना जरुरी रहल आउर बोलुइयन औल्यइल रलह । कार्यक्रमके सञ्चालन कलाकार जेबि डेमनडौरा कर्ल रलह । 

कांग्रेस थारू विभागमा १० सदस्य मनोनयन

कांग्रेस थारू विभागमा १० सदस्य मनोनयन

७२० दिन अगाडि

|

८ असोज २०८१

नेपाली कांग्रेसले थारू विभागमा १० सदस्य मनोनयन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार थारू विभागमा १० जनालाई मनोनयन गरेका हुन् । पार्टी विधान‚ २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम उनीहरूलाई मनोनयन गरिएको विज्ञप्ति जारी गर्दै पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । यस विभागको प्रमुखमा केन्द्रीय सदस्य योगेन्द्र चौधरी रहेका छन् । मनोनयन भएका सदस्यहरू निम्न छन्ः १। देवमान चौधरी, वर्दिया २। हल्लुप्रसाद चौधरी, दाङ ३। शिवनारायण राना, कैलाली ४। साजनकुमार महतो, चितवन ५। शैलेन्द्र चौधरी, रौतहट ६। नमिता चौधरी, सप्तरी ७। वोरनारायण चौधरी, सुनसरी  ८। सरिता चौधरी, कैलाली ९। सुचि चौधरी, मोरङ १०। कुलमणि चौधरी, बारा

थारू र यादवको आस्थाको धरोहर रिहार धाम सुनसान

थारू र यादवको आस्थाको धरोहर रिहार धाम सुनसान

७२४ दिन अगाडि

|

४ असोज २०८१

पाँच सय वर्ष पुरानो मानिएको दाङको लमही नगरपालिका–९ स्थित रिहार धाम हिजोआज सुनसान छ । हरेक वर्ष माघीमा मेला लाग्दा मात्र घुइँचो हुने गरेको भए पनि अन्य समयमा सुनसान हुने गरेको छ । दैनिक एक–दुईजना मन्दिरमा दर्शन गर्न मुस्किलले आउने गर्छन् । खासगरी सोही ठाउँमा हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा लाग्ने मेलामा भारतबाट आउने दर्शनार्थी धेरै हुन्छन् । पारिवारिक सुःख र पशु चौपायालाई रोगव्याधीले नसताउने धार्मिक विश्वासका साथ भारतबाट यसरी आउने गर्छन् । विशेषगरी त्यहाँ लाग्ने मेलामा भौरी (ढुङ्गा) बोकेर को बलियो छ भन्दै मन्दिर परिक्रमा गर्ने चलन छ । द्वापर युुगमा ऋषिमुनिहरूले बिहार गरेको स्थलका रूपमा रिहार परिचित छ । बगारबाबासहित भैने पर्शु, मामीसौरी, बराह झाँक्री मन्दिर, गणेश मन्दिर, शिव मन्दिरजस्ता तीर्थाटन पर्यटकका लागि धार्मिक संरचना रहेका छन् । त्यहाँ अहिले १० लाखको लागतमा उद्यान (पार्क) पनि निर्माण भइरहेको छ । यसरी संरचना थपिँदै जाने तर पर्यटक नआउने गर्दा स्थानीय चिन्तित छन् । ‘दिनमा दुई–तीन जनामात्र आउँछन्’, स्थानीय सम्झना चौधरीले भनिनन्, ‘कहिल्यै त शून्य हुन्छ ।’ यो धामको इतिहास हजारौं वर्ष पुरानो मानिन्छ । द्वापर युुगमा ग्वालाहरूले गाई चराउने र गाईले बगारबाबालाई दूध चढाउने गरेको धार्मिक विश्वास छ । राजमार्गको दायाँ बायाँमा फैलिएको रिहार धाम एक सय हेक्टर क्षेत्रफलमा रहेको छ । रिहारमा तीर्थाटनका पर्यटकले बगारबाबाको पूजा गर्दछन् । बगारबाबा खुसी भएमा सन्तान र धन सम्पत्ति लाभ हुने विश्वास छ । रिहारलाई यदुवंशी अर्थात् यादवहरूले आफ्नो पुर्खाको उदगमस्थल मान्दै आएका छन् । जुन कारणले बगारबाबा क्षेत्र यदुवंशीहरूको सांस्कृतिक धरोहरका रूपमा लिने गरेका छन् । रिहारमा थारू जातिहरूको पनि संस्कृति जोडिएको छ । थारू जातिले रिहार क्षेत्रमा परापूर्वकालदेखि नै गाई चराउने, गोठ राख्ने र बगारबाबालाई पूजाआजा गर्दै आएका छन् । रिहार धाम यादव र थारू जाति दुवैको धरोहर हो । रिहारमा द्वापर युगमा दङ्गीशरण राजा र यदुवंशीको बीचमा घोडीको विषयमा विवाद भएको र विवाद मिलाउनलाई कृष्ण भगवान् रिहार आएको किंवदन्ती छ । त्यहाँ तप्तकुण्ड पनि छ, जहाँ सधैँ तातोपानी हुन्छ । मामा–भाञ्जी मन्दिर, घ्यू पोखिएको ठाउँ पनि त्यही छ । यति धेरै संरचना हुँदा पनि पर्यटकको आकर्षण नबढ्नु दुःखद रहेको स्थानीय चौधरीले बताइन् । रासस

फरक फरक नामले मनाइयो टीकापुर विद्रोह दिवस 

फरक फरक नामले मनाइयो टीकापुर विद्रोह दिवस 

७५२ दिन अगाडि

|

८ भदौ २०८१

फरक फरक नामले मनाइयो टीकापुर विद्रोह दिवस मनाइएको छ ।  यस वर्ष कैलालीको टीकापुरमा भदौ ७ गते मनाइएको कार्यक्रमको ब्यानरमा नवौ टीकापुर विद्रोह दिवस २०८१ लेखिएको छ ।  ७ भदौ २०७२ मा थरुहट प्रदेशको लागि उठेको आवाज दबाउन प्रशासनबाट भएको धरपकडमा कैलालीको टीकापुरमा ८ प्रहरी र एक नाबालकको मृत्युवरण भएको थियो । टीकापुर घटनापछि थरुहट आन्दोलनको यात्रा स्थगन छ भन्दा हुन्छ ।  अर्को दिन ८ भदौमा कर्फयुको समयमा पनि थारू समुदायको व्यक्तिको घर छानी–छानी प्रशासनको जोडबलमा आगजनी गरिएको थियो । उक्त दिनलाई कालो दिवस भनेर मनाइनु पर्ने हो । यस वर्ष विद्रोह शब्द थपिए पनि अघिल्लो वर्ष कालो दिवस भन्दै मनाउने गरेको थियो थाकसले । कुन विद्रोहको दिन, कुन कालो दिन निक्र्यौल गर्न नसक्ने नेतृत्व समग्र आन्दोलनको नेतृत्व गर्न अलमलमै छ ।                                                कैलालीको टीकापुरमा भदौ ७ गते मनाइएको नवौ टीकापुर विद्रोह दिवस २०८१  कार्यक्रममा सहभागी जनसमुदाय ।  भदौ ७ गते विद्रोह दिवस तथा भदौ ८ गते कालो दिवस मनाउने सर्कुलर प्रष्ट शब्दमा जारी गरिनुपर्ने देखिन्छ अरु वर्ष । नभएर यस वर्ष विभिन्न स्थानमा विभिन्न नामबाट दिवस मनाउने क्रम अरु वर्ष पनि यथावत रहने देखिन्छ ।  जस्तो कि यस वर्ष काठमाडौंको माइतीघर मण्डलामा गरिएको कार्यक्रममा टीकापुर विद्रोह सभा उल्लेख छ । सो कार्यक्रममा सहभागी रामस्वागत चौधरीले भने तस्विर शेयर गर्दै कालो दिन भनेर उल्लेख गरेका छन् ।  उता चितवनमा गरिएको कार्यक्रममा थारु विद्रोह दिवस भनिएको छ । त्यसैगरी, दाङको लमहीमा गरिएको कार्यक्रममा दुइटा व्यानरमा एउटामा विद्रोह दिवस, अर्कोमा कालो दिन उल्लेख छ । यी सबै कार्यक्रम थाकसकै व्यानरमा भएको थियो । 

मधेशका  ८  राज्यमन्त्री बर्खास्त

मधेशका ८ राज्यमन्त्री बर्खास्त

७६२ दिन अगाडि

|

२९ साउन २०८१

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । जम्बो मन्त्रीमण्डलको चर्को आलोचनापछि मुख्यमन्त्री सिंहले ८ राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् । जेठ २५ मा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सिंहले चार दलबाट ८ राज्यमन्त्री नियुक्त गरेका थिए ।  साउन २२ मा मात्रै उनले पाँच राज्यमन्त्री नियुक्त गरेर मन्त्रीमण्डलको संख्या २० पुर्‍याएका थिए । जसको चौतर्फी आलोचना भएको थियो । जसपाले यसैलाई मुद्दा बनाउँदै आन्दोलन गरिरहेको थियो । बर्खास्त हुनेमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् ।

राप्ती गाउँपालिका– ८, दाङका निर्वाचित वडाध्यक्ष गुरुङ बेलायत पलायन

राप्ती गाउँपालिका– ८, दाङका निर्वाचित वडाध्यक्ष गुरुङ बेलायत पलायन

७६९ दिन अगाडि

|

२२ साउन २०८१

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ८ का निर्वाचित वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ रोजगारीकालागि विदेश पलायन भएका छन् । २०७९ सालमा एमालेबाट निर्वाचित गुरुङ आर्थिक संकट धान्न नसकेपछि रोजगारीकालागि बेलायत गएको उनकी श्रीमती संगिता गुरुङले जानकारी दिइन । गुरुङ यहीँ साउन २० गते सिजनल भिसामा बेलायत गएका हुन् । उनी वडा अध्यक्षमा निर्वाचित हुनु अघिसम्म सोही वडा कार्यालयमा कार्यालय सहयोगी थिए । कार्यालय सहयोगी आफ्नै वडाको अध्यक्षमा निर्वाचित भएपछि उनको चर्चा देशभर चुलिएको थियो । करिब ४० लाख ऋण भएकाले ऋण तिर्नकालागि श्रीमान् बेलायत गएको उनकी श्रीमती सङ्गीताले बताइन् । ‘करिब ४० लाख ऋण छ । वडा अध्यक्षको पदले ऋण तिर्दैन,’ सङ्गीताले भनिन् ‘ऋण तिर्न विदेश जानुभएको हो ।’ वडा अध्यक्ष गुरुङका दुई छोरा र एक श्रीमती छन् । जेठा छोरा कक्षा १२ र कान्छो छोरा ८ कक्षा मा अध्ययनरत छन् । वडा अध्यक्ष गुरुङले कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी वडा सदस्य चम्फा पुनलाई दिएका छन् । नेपाल प्रेसबाट