भोलाराम चौधरीके ‘पुस्तौनी’ पोस्टा प्रकाशित

भोलाराम चौधरीके ‘पुस्तौनी’ पोस्टा प्रकाशित

३२६ दिन अगाडि

|

८ कात्तिक २०८२

हालसम्म प्राप्त थारु भाषाको पहिलो पुस्तक पुनः प्रकाशन

हालसम्म प्राप्त थारु भाषाको पहिलो पुस्तक पुनः प्रकाशन

३२९ दिन अगाडि

|

४ कात्तिक २०८२

सिद्धरत्ननाथ मठ, दाङ चौघेराका बदरीनाथ योगी तथा दाङ जलौराका चौधरी (गाउँका अगुवा) रूपलाल महतोले २०१६ साल वैशाख पूर्णिमामा दंगीशरण कथा, बडकिमार, गुरु बाबाकि जन्मौति पुस्तक प्रकाशन गरे । यद्यपि यसमा दुवैले आफूलाई सम्पादक/सङ्कलक नभनी प्रकाशक मात्रै उल्लेख गरेका छन् । हालसम्म प्राप्त थारु भाषाको पुस्तकमध्ये यो नै पहिलो हो । त्यसैबेला एक हजार प्रति छापिएको यसको मूल्य जम्मा एक रूपैया उल्लेख छ । गोरक्षपात्रदेवता श्रीसिद्धरत्ननाथ मठ घोराहीबाट २०८२ मा पुस्तक पुनः प्रकाशन भएको छ । योगी नरहरिनाथले प्रस्तुत पुस्तकको भूमिकामा सम्पादकहरूले उपयोग गरेका प्रमुख आदर्श पुस्तकहरू भनी सूची दिएका छन् । यसरी बदरीनाथ योगी र चौधरी रूपलाल महतोलाई प्रकाशक/सम्पादक दुवै भन्न सकिन्छ । रूपलाल महतो आफैले सङ्कलन गरेको बाहेक नीलवराही बस्ने पूर्ण बहादुर, महदेवा बस्ने नरांप्रसाद चौधरी, दाङ चटकमटिया बस्ने भोजुका बेटा, भारतका वेटा, रामलाल, जोगीराम, सीताराम तथा उत्तर तेघरा बस्ने वलीभद्र थारूको सङ्कलन गरेको पाण्डुलिपिबाट पनि उतार गरेको भनिएको छ । यस आलेखमा पुनः प्रकाशन गरिएको पुस्तकको सामान्य परिचय दिइएको छ । १. दंगीशरण कथा कुनै वेला दाङमा थारू राजा दंगीशरण थिए । तिनकै कथाको बारेमा दंगीशरण काव्यको जन्म भएको छ । बड्कीमार र गुर्वावक् जन्मौती थारू समुदायमा गायनको दृष्टिले महत्वपूर्ण भए पनि दंगीशरण काव्य गाइने परम्परा छैन । यहाँ सङ्कलित दंगीशरण कथा पनि थारू लवजमा छैन । यसको शुरुवातमा नै अथ दंगीशरण कथा प्राकृत भाषामा भन्ने उल्लेख छ । यसको भाषा शैली अवधीझै लाग्छ । दंगीशरण काव्यको अन्त्यमा कवि इशर दासको उल्लेख छ । उदाहरणका रूपमा केही पंक्ति उल्लेख गरिन्छ–  पहिले दंगीकर वीदा किन्हा, जाहि नेपाल राज तोही दिन्हा  पाँचो पाण्डव, हस्तिनापुर आवा, कौरव पति जयन्त यै ठावा ।  देव गये इन्द्रासन, कृष्ण द्वारका नाथ इशर दास कवि गोचर, रह्यो सामी के साथ जत सुनले फल स्मृति पुृराना, जत फल काशी डिल्हे दाना जत गुरु माला पिताको सेवा तत फलये, राश कन्हर देवा महापुन्य होइ ताके, कथा सुनय मन चितलाय इशर दास कवि भाषै, विष्णुलोकसे नर जाय । माथिको पंक्तिमा इशर दास कविले काशीबाट विद्या हासिल गरी सुनेको स्मृतिको आधारमा काव्य रचेको उल्लेख गरेका छन् । यो काव्य लेखी सकेर उनले जसले यो कथा सुन्यो, उसले महापुन्य पाउने, मनले चिताएको पुग्नेछ, कवि इशर दासको भाषा सुन्ने नर (मान्छे) विष्णुलोकमा पुग्ने भनेका छन् । यही काव्यका आधारमा महेश चौधरीले थारू भाषाको पहिलो आदिकवि इशर दास हुने तर्क गछ्र्र्रन् । यसरी लोककाव्यको सङ्कलनमा सिर्जनात्मक कार्य पनि देखिन्छ ।  २. बडकिमार महाभारतको कथा समेटिएको बडकिमार (बर्किमार) मा विभिन्न पैधार (खण्ड) दिइएको छ । यसमा कुल १२ पैढार (अध्याय) समेटिएको छ । जसमा लखागीर, जतीया मार, राउबेध, पसावर, बनिवास, घरबास, हँठ्यक मार, किच्का मार, सुसर्मक मार, मनसाधक, बर्किमार र स्वार्गारोहण पैढार रहेका छन् । देवीदेउताको समह्रौटी (स्तुती) गाउँदै बर्किमारको शुरूवात भएको छ । जस्तो स्तुतीको एक श्लोक हेरौं– पुरूव मै समिरौँ सुरज भरार, पछिउँ मै समिरौ देवी र अउतार उत्तर मै समिरौ हरिकविलास, लंका रि पवन समिरौ हनुमान  अर्थात् पुर्व उदाउने सुर्य देउतालाई म सधै स्तृती गर्छु, पश्चिम दिशामा अवतार लिने देवीहरूलाई, उत्तरमा हिमालय कविलाश (कैलाश) मा वस्ने महादेवलाई तथा लंका नष्ट गर्ने हनुमानलाई स्मरण गर्छु । त्यति मात्रै होइन, समह्रौतीमा आकाशका ईन्द्र, पातालका वासुकी, विद्याकी देबी सरस्वती लगायत रचनाकारले भुलवश लिन नसकेका सम्पूर्ण देवदेवीहरूको स्मरण गर्दै बर्किमारको कथा सुरूवात हुन्छ । यद्दपी विभिन्न सङ्कलकहरूले सङ्कलन गरेको बर्किमार महाकाब्यको समह्रौती पछि पहिलो अध्यायको श्रृङ्खलामा फरक–फरक प्रस्तुति छ (चौधरी, २०६७ः ९३) ।  बेबुरिक बिनायक झमकी उराय, बिना बुँदी तुहरी पाऊ घनिपति घन रे सुगा कई थोर, हृदा बइस मोति देहोर सिखाई, भगमोति शरण लिहनु तोंहर नाउ, देखी धरम देवी बन्धन बात । देश देश राजा कोदरा मगावै, चौदो जोजन भुँइया राजा उत्तीस खाँर, छोली छाली भुइया चापर होय,जेकर नाउ धर जीउ होय । देश देश राजा घोरिया बलावै, चौदो जोजन भुइया रे सिंचा, सिंची साँची भुइया सुचा होय, जेहीम गरावै राजा उत्तीम खाँ । उत बेद दुर्पती लइ जाउ, जेकर नाउर धनर जीउ होइ । देश देश राजा गोबरा मगावै, चौदो जाजन भुइया रे निपाय, निपी पोती भुँइया सुचा होय, जेहीम गरावै राजा उत्तीम खाँर । यहाँ द्रौपदीको स्वयमवरको प्रसँग छ । विभिन्न देशबाट राजकुमार निम्त्याइएका छन् । धर्नुवेदले जसले चरालाई भेदन गर्न सक्छ, उसैले द्रौपदीलाई  लैजाला भन्ने चर्चा छ । विपरो र भैया नान दुलार, राजा बैराठक बेह्री र गाई भली र भीवाँ अर्जुन धनुर्धर, कौरो मारी बहुत गाई । चह्र डौनागीर चह्र गंगेव, चह्र सकुनी चह्र सपकेवा हसटा चह्र बिबरु चह्र चह्र सकुनी चह्र सपकेवा हसटा चह्र बिवरु चह्र, चह्र भगदन्ता सुशर्मा बीर ।। भली र भीवाँ अर्जुन धनुर्धर, कौरो मारी बहुत गाई ।  एक लाख चह्र बरती गोपाल, दुई लाख चह्र घोर सवार छत्तीस लाख चल घोर सवार, सवा री लाख चल धनुर्धर भली र भीवाँ अर्जुन धनुर्धर, कौरो मारी बहुत गाई । जेट पीता चल घरम गँगेवा, दुवदान देह र दूत छिरकी त दिहल निरजल सोन, जियत राजा टीकाधार भली  भीवाँ अर्जुन धनर्धर, कौरो मारी बहुत गाई । यहाँ लाखौ घोडसवार कौरवहरूबाट असंख्य गौहत्या गरेको प्रसँग  छ । महाभारतका घटनाक्रमलाई समेटिएको यो गाथा दशैको बेला गरिने बर्का नाचको रूपमा गीत गाउँदै नाचिन्छ । बडकिमारको आधारमा नाचिने बर्का नाच ५/५ बर्षको अन्तरमा गरिए पनि यो असाध्यै खर्चालु छ । जस्तो नाच समापन पछि ४ बोका, १ भेडा, ४ सुँगुर, १०० वटा कुखुरा, बलि चढाउनु पर्छ । दाङमा २०१०, २०१५, २०२० र २०५५ मा गरि ४ पटक मात्रै वर्का नाच विधिवत रूपमा गरिएको छ (थारू दहित २०५७ः ४४) । यसलाई बडकिमारको सङ्कलनकर्ता दाङ जलौराका रूपलाल महतोको छोरा चन्द्र प्रसाद थारूको समूहले मात्र निरन्तरता दिएका छन् ।  ३. गुरुबाबाकि जन्मौति गुरुबाबाकि जन्मौति (गुरुबाबक् जन्मौटी/जल्मौटी) थारू जातिको चेतनाको प्राचीन अवशेष हो । यसमा सम्बत् १६४४ कार्तिक १० गते शुक्रबारको दिन लेखिएको काथा (कथा) भनिएको छ । त्यसको तल राज्य दाङ पश्चिम चरकमटिया बस्न्या चौधरी भोजुका बेटा, भारतका वेटा रामलाल जोगीराम सीतारामको सुर्षेल पुस्तक छापेर दिने भन्ने सँग्रहकालको २०११ मा लेखिएको छ । यस भनाईबाट सामाजिक परिवेश आजभन्दा ४ सय वर्ष अघिको छ । रचनाकाल यसभन्दा पनि निकै पूर्व हुनुपर्छ (आचार्यः २०६३ः १२८) । यस आधारमा गुरुबाबक् जन्मौती नेपालकै प्रथम सङ्कलित लोकसाहित्यको सामग्री बन्न सक्छ  (आचार्यः २०६३ः २१) । भनिन्छ, जुन समुदायमा सृष्टिको कथा छ, त्यो निकै आदिम समुदाय हो । गुरुवावक् जन्मौतीमा सृष्टिको कथा छ । यसको उदाहरण हेरौ– हाँ हाँ रे पहिल ट बर्स धुधीर कुहीर । आव दैया कलजुग घेरल मीरती भवन ।। आव डैया...... हाँ हाँ रे सोनकै झलकटाव अगीउनकै रेख जरी र धरती होइला र अन्ढार ।  हाँ हाँ रे चीरी चुरङगन मनुवा जरी र होइला र अन्ढार हाँ हाँ रे रुख बरिख बाट जरि जरि होइ र अंगार जरी धरती होइ र अंगार हाँ हाँ र इन्दर रानी इन्दर राजा भौना घुमा । चीरै भई घुमली मीरती भवन, चारीकोन पीरथमी खखट उजाड हाँ हाँ र एक छतर राजा रानी खेल हाँस करी मासुकै धोधार रकतमै बुँड हाँ हाँ र एक महिनवा गुरुबाबा नाहि सर्पुन एक महिनावकै कारी चीमटी होइ जा                 (योगी र महतो, २०१६ः ७७) अर्थात् कलियुगले घेरेर पहिले पृथ्वी धुलै–धुलो भएर कुहिरीमन्डलझैँ ढाकियो । पृथ्वीको गर्भमा रहेको खनिज लाभाको रूपमा चारैतर्फ विस्फोट भएर कोइलाको फिलिंगोसँगै आगो जाजवल्यमान देखियो । रुखवृक्ष, मनुष्य सबै अंगार भए । पृथ्वी अन्धकारमय भयो । यसै क्रममा इन्द्र राजा र इन्द्र रानी चरा भई पृथ्वीको परिक्रमा गरे । हाँसखेल गर्दा गर्दै रानीको गर्भ बस्छ  र पहिलो महिना कालो कमिलाको जन्म हुन्छ । यद्यपि सखिया तथा अष्टिम्की गीतमा जल, स्थलपछि कुशको उत्पत्ति भएको कथा छ । अन्तमा, २०१६ सालमा प्रकाशित भएको थियो दंगीशरण कथा, बडकिमार, गुरु बाबाकि जन्मौति ऐतिहासिक पुस्तक । डा गोविन्द आचार्यलगायतको सत्प्रयासमा यसको पुनः प्रकाशन हुनु अर्को ऐतिहासिक कार्य हो । स्टक सकिएका अन्य ऐतिहासिक पुस्तकहरुको पनि यथाशक्य पुनः प्रकाशन हुनु जरुरी छ ।  यहाँ चर्चा गरिएको सामग्रीको मुख्य स्रोत नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित थारु साहित्यको इतिहास (२०७३) पुस्तकबाट लिइएको हो ।   

हृदय नारायण चौधरीके ‘पेहानी’ पोस्टाके घुर्घुट खोलाइ

हृदय नारायण चौधरीके ‘पेहानी’ पोस्टाके घुर्घुट खोलाइ

३३२ दिन अगाडि

|

१ कात्तिक २०८२

थारु आशु कवि हृदय नारायण चौधरीके ‘पेहानी’ संग्रहके घुर्घुट खोलाइ (विमोचन) हुइल बा । थारु कल्याणकारिणी सभा बारा जिल्ला समितिसे कुँवार ३० गते कइ गइल सोहरैया ओ छठके अवसरमे शुभकामना लेना डेना कार्यक्रममे नेपाल प्रज्ञा प्रतिष्ठानके प्राज्ञ सभासदस्य डा कृष्णराज सर्वहारी पोस्टाके घुर्घुट खोल्लाँ । बकुलिया क्याम्पसमे हुइल कार्यक्रममे पोस्टाके घुर्घुट खोल्टि डा सर्वहारी कहलाँ, ‘थारु भासामे पहिला खिस्सा संग्रह, पहिल महाकाव्यके रचियता महाकवि हृदयनारायणसे बारा जिल्लावासी किल नाइ देश भरके थारु स्रस्टालोग सिख्खा लेहे पर्ना बा ।’ पेहानीमे कवितात्मक शैलीमे सवाल जवाफ रहठ, इ अन्सार टे बारा, पर्सा क्षेत्रके सब थारु कवि हुइक चाहि । विडम्वना लावा पुस्ता थारु भासा, साहित्य सँवरनामे नइ लागल डेख्के बहुट दुःख लागल उहाँ आगे कहलाँ । उहाँ थारु लेखक संघके अध्यक्षके नाताले अइना २०८२ माघके डोसर अठवार पर्सा जिल्लाके सुगौली पटेर्वा गाउँपालिका, बेलवा गाउँमे हुइटि रहल १०वाँ थारु साहित्य राष्ट्रिय सम्मेलनमे सहभागी हुइक सक्हुन नेंउटा डेलाँ । पोस्टाके सर्जक हृदय नारायण चौधरी अपन जिन्गी थारु भासा, साहित्य सेवामे बिटल कहटि अपन भासाके उन्नतिमे समुदाय अपनेहे लागे पर्ना धारणा रख्लाँ । बारा जिल्लामे थारु भासाहे जबसम पठनपाठन कराइ नइ सेक्जाइ, टबसम अपन मनहे सन्तोष लेना ठाउँ नइ रहल कहटि सबजाने थारु पोस्टा लागु करइनामे लागे पर्ना बटैलाँ । थारु कल्याणकारिणी सभाके केन्द्रिय उपाध्यक्ष रहल उहाँ आगे कहलाँ, पोस्टा पह्रके पाठकलोग ज्ञान हासिल करिंट कहिके अपन सबहस पोस्टा निशुःल्क डेटि बटुँ । न कोइ प्रतिक्रिया डेहे, न लावा रचना करे । नयाँ स्रस्टा जन्माइ नाइ सेक्के बहुट दुःख लागठ ।’ कार्यक्रममे राष्ट्रिय थारु कलाकार मञ्चके जिल्ला अध्यक्ष जयप्रकाश चौधरी, मञ्चके मधेस प्रदेश अध्यक्ष भुवन चौधरी, थाकस नगर सभापति राजेन्द्र चौधरी, पर्साके कवि मोहनदास थारु लगायत शुभकामना डेले रहिट ।  थाकस बारा जिल्ला सभापति रामप्रसाद चौधरीके घरगोस्याइमे हुइल शुभकामना लेना डेना कार्यक्रममे जिल्ला उपसभापति लक्ष्मीकान्त चौधरीसे स्वागत, सचिव यादवकृष्ण चौधरीसे कार्यक्रम सन्चालन कइ गइल रहे । कार्यक्रमके बिच बिचमे प्रमोद चौधरीके टोली, श्याम चौधरी, श्रीदेवी चौधरी, महिमा चौधरी लगायतसे मेरमेरिक गीत, नाच प्रस्तुत कइ गइल रहे । 

‘लावा डग्गर’ आब अनलाइनमे फेन

‘लावा डग्गर’ आब अनलाइनमे फेन

३४४ दिन अगाडि

|

१९ असोज २०८२

थारु भासाके लावा डग्गर त्रैमासिक आपन १६औं बार्षिकोत्सव मनइले बा । बार्षिकोत्सवके अवसरमे लावा डग्गर डटकम अनलाइन संस्करनके औपचारिक रुपमे २०८२ कुँवार १७ गतेसे सुरु कइ गइल बा । २०६६ माघसे दाङदेउखरके लमहीसे थारु भासामे प्रकासन सुरु हुइलक लावा डग्गर साहित्यिक त्रैमासिकके इ अनलाइन हालके लग चली गोचाली मिडिया प्रालिसे व्यवस्थापन हुइटि बा । कुछ समय पाछे व्यवस्थापनमे फेरबडल आइ । थारु भासाके लावा डग्गर त्रैमासिक आपन १६औं बार्षिकोत्सव सँगसँगे थारु साहित्य–संस्कृति प्रतिष्ठानके टिस्रा बार्षिकोत्सव निम्जा गइल बा । ओस्टक, साहित्यकार शत्रुघन चौधरीहे लावा डग्गर साहित्य पुरस्कार फेन डे गइल बा । लेखकलोगन हौसला बह्रैना लावा डग्गरके अभियान हो ।   लावा डग्गर पत्रिका किल नाहि देश भरके आउर पत्रपत्रिकाके फेन बिक्री बिटरन समस्या बा । बहुटसे पत्रपत्रिका देश विदेशमे पाठक जोरक लग अनलाइन फेन चलइले बटाँ । उहे सिलसिलामे लावा डग्गर साहित्यिक त्रैमासिकहे अनलाइन संस्करनमे फेन लान गइलक हो ।  लावा डग्गर साहित्यिक त्रैमासिक प्रेस काउन्सिलके क वर्गमे परल बा । नियमित ओ क वर्गमे परल इ नेपाल भरके अकेलि थारु भासक् साहित्यिक पत्रिका हो कहेबेर हम्रहिन गर्व लागठ । थारु साहित्यकारबाहेक गैरथारु साहित्यकार फेन जइसिक लावा डग्गर पत्रिकाहे रचना डेके सहयोग करलाँ, विज्ञापन डेके हम्रहिन आगे बहै्रलाँ, ओस्टक इ अनलाइन संस्करनहे साथ डिंहि कना हम्रे अस्रा कर्ले बटि ।  हालके लग डिनके एक रुप्यक् दरले इ अनलाइनके वार्षिक सेवा शुल्क तीन सय पैंसट्ठी रुप्या टोक गइल बा । अपनेनके हम्रहिन डिनक् एक रुप्या सहयोग डि, हम्रे कम्टिमे डिनक् एकठो लावा रचना खौंक्बि । इ बाहेक टरटिउहार अन्सारके विज्ञापन डेके फेन हमार हौसला आगे बह्रा डेबि कना अर्जि करटि ।  थारु भासा, साहित्य जोेगैनामे लावा डग्गर पत्रिकाके बरवार योगदान रहल ढारना यकर बार्षिकोत्सवमे आइल सबहस पहुनन्के कहाइ रहे । इहिसे हमार हौसला बह्रल बा । समयअनुसार थारु समुदाय फेन परिवर्तन हुइटि बा । इ अनलाइन हम्रे जस्टक बोल्ठि, ओस्टक लिखि कना बाटहे अनुसरन कर्टि आगे आइल बा । थारु साहित्यमे रुचि रहल संसारभर छिटकल सुभेच्छुकलोगन इ अनलाइन जोरना ढुपौरा बनि । ओकर साथसाथे जेएनजी पुस्ताहे थारु साहित्यमार्फत् थारु भासा लिखक कुछ ना कुछ जरुर हुरचुल्लि लगाइ कना हमार अस्रा बा । आइ, थारु साहित्यहे सबजे मिल्के बह्राइ, पौंह्राइ । 

पश्चिमाञ्चल सोलुसनका पीडित कर्मचारीले दिए आन्दोलन गर्ने चेतावनी

पश्चिमाञ्चल सोलुसनका पीडित कर्मचारीले दिए आन्दोलन गर्ने चेतावनी

३४९ दिन अगाडि

|

१४ असोज २०८२

दाङ घर भएका पश्चिमाञ्चल सोलुसन प्रालिका पीडित कर्मचारीले आफूहरुको माग सम्बोधन नभए दशैंलगत्तै आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्रालिका पीडित कर्मचारीहरुको तर्फबाट असोज १२ गते जारी प्रेस विज्ञप्तिअनुसार यस अघि सो संस्थाबाट सम्पूर्ण कर्मचारीहरुको हरहिसाब तथा आवश्यक पत्रहरु २०८२ असोज ६ गतेसम्म दिने साथै कम्तिमा एक महिनाको तलब २०८२ को दशैंअगावै भुक्तान गर्ने र बाँकी रकम ९० दिनभित्र भुक्तान गर्ने प्रतिवद्धता भए पनि कार्यान्वयन नभएकोमा खेद प्रकट गरिएको छ । श्रम ऐन २०७४ अनुसार कुनै पनि कर्मचारीलाई बिना पूर्व सूचना कामबाट निकाल्न नपाउने नियम भए पनि गत भाद्र १८ गतेदेखि सो संस्थाले सम्पूर्ण कर्मचारीहरुलाई कामबाट निकालेको जनाइएको छ । नियमानुसार रोजगारीको ग्यारेन्टी गर्नुपर्ने करिब ३ सय जना कर्मचारीहरुले पाउनुपर्ने बाँकी ७ महिनाको तलब, टिडियस, ओभर टायम, खाना लगायतको रकम मिलान तथा सामाजिक सुरक्षाकोष रकमसहित करिब ३ करोड रुपैयाँ सम्बन्धित कर्मचारीहरुलाई ७ दिनभित्र भुक्तान नभएमा २०८२ को दशैंलगत्तै कानुनी प्रक्रियामा जान बाध्य हुने पनि जनाइएको छ । पीडित कर्मचारीहरु लमही नगरपालिका– ४, दाङका गुरु प्रसाद कुमाल, देवराज चौधरी, राजकुमार चौधरी, दिवाकर चौधरी, निरज चौधरी, चन्द्रबहादुर कुमालको तर्फबाट भनिएको छ– हामीले यस संस्थामार्फत् सञ्चार सेवालाई चुस्त दुरुस्त राख्दै सातैबार, चौबिसै घण्टा, घामपानी, आँधीबेहरी, दिनरात, चाडपर्व नभनि रगत पसिना एक गरेर कार्य गर्‍यौ । तथापि श्रमको उचित मुल्य कहिल्यै पाएनौँ । त्यति हुँदाहुँदै पनि विगत ७ महिनादेखिको हाम्रो तलब भुक्तान कम्पनीले गरेको छैन । यस संस्थाका सञ्चालकहरुलाई बाँकी रहेको तलब, तलब, टिडियस, ओभर टायम, खाना लगायतको रकम तथा सामाजिक सुरक्षाकोष रकम तुरुन्त भुक्तान गर्न बारम्बार अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर यो प्रेस विज्ञप्ति प्रकाशित गरेका छौँ ।  स्मरण रहोस्, पश्चिमाञ्चल सोलुसन प्रा लि (दर्ता नं. ७९३०४/०६७/०६८) वि.सं. २०६७ साल पुस २५ गते दर्ता भइ पोखरा, कास्कीबाट सेवा सञ्चालन गरेको सेवामुलक प्राइभेट संस्था हो । हाल यो संस्था बागडोल, ललितपुरबाट सेवा प्रवाह गरिरहेको छ । यसका सञ्चालकहरुमा तुकादत्त रेग्मी (गण्डकी –७ गोरखा), चन्द्र भट्टराई (चन्द्रगढी – ६ झापा), सुदन बहादुर कोइराला (पोखरा – कास्की), सुवास गच्छदार (विराटनगर, मोरङ), सुर्य बहादुर शाही (कुश्मा – १४ पर्वत) रहेका छन् । यस संस्थाले नेपाल टेलिकम, एनसेल, डिसहोम फाइबर नेट, टाटा प्रोजेक्ट (नेपाल विद्युत प्राधिकरणको अण्डरग्राउण्ड वायर प्रोजेक्ट) लगायतको काम गर्दै आएको छ ।  

मेरैया गाउँम गम्कल सखिया नाच

मेरैया गाउँम गम्कल सखिया नाच

३४९ दिन अगाडि

|

१४ असोज २०८२

फोटु, शब्दः रमेश धर्कट्वा बर्दियाके बारबर्दिया नगरपालिका–१० म रलक मेरैया गाउँ आब सखिया नाच क रौनकताले भरल बा । सन्झ्याकन गाउँक सक्कु बठन्यावन एक्क मेरक मौलिक वेशभुषा लगाक मन्ड्रा ओ मजैराक तालम गाउँक मुल बरघर चौधरी प्रसाद चौधरीक् अंग्नम् नच्ठ ।  मोरिन्या रोशनी चौधरी ‘किरण’ ओ पज्गिन्या प्रीति चौधरीक् अगुवाइम नाच हुइटि बा । गाउँम सखिया नाच नचुइया बठन्यावन पल पल फे मन्ड्रा बजैना मडरिया नि पैठि कैकन सखिया नाच नचुइया बठन्यावन गुनासो कर्लक ओरसे सक्कु मेरैया गाउँबासी सल्लाह कैखन मन्ड्रा बजाइक लाग प्रत्येक डिन सात सात घरक पाला लगाइल बा । पहिल एक महिनासम्म नच्ना सखिया नाच आजकाल एक्क अठवार सम्म केल नाच जाइठ । गाउँमक नच्ना उमेरक बठन्यावन पह्राइक सिलसिलम बाहेर जैना ओ आबक लौव पुस्ता सख्या नाच नाचक लाग अग्रसर नि हुइलक ओरसे  सख्या नाचक मौलिकता हेरैटि गैलक अवस्था बा ।  बारबर्दिया नगरपालिका भिट्टर बहुट कम गाउँम नाचजैना सख्या नाच हँ नगरपालिका ओ वडा समयम संरक्षण करक लाग चासो नै डि कलसे आबक कुछ वरस पाछ सखिया नाच हेरइना ढिउर सम्भावना बा ।  

‘थारुज क्याराभान कन्क्लेभ’को पहिलो दिन १० वटा कार्यपत्र प्रस्तुत

‘थारुज क्याराभान कन्क्लेभ’को पहिलो दिन १० वटा कार्यपत्र प्रस्तुत

३५२ दिन अगाडि

|

११ असोज २०८२

सन्तोष दहित दाङमा दुई दिने थारुज क्याराभान कन्क्लेभको पहिलो दिन १० वटा कार्यपत्र प्रस्तुत भएको छ ।  थारू समुदायका प्रश्न, समस्या, सम्भावनाबारे गहिरो छलफल र समुदायको भविष्यका लागि वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्ने उद्देश्यले कन्क्लेभ आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । वैकल्पिक अनुसन्धान केन्द्र, ख्याल बगाल, लौव अग्रासन र बुह्रान इन्कोर्पोरेशनको सहकार्यमा असोज १० र ११ गते दुई दिने थारुज क्याराभान कन्क्लेभ कार्यक्रम गरिएको हो । कन्क्लेभको पहिलो दिनमा डा जर्मन चौधरीले दाङ जिल्लाका स्थानीय सरकारमाः थारुहरुको पहुँच, पत्रकार सन्तोष दहितले मुक्त कमैया, कम्लहरीहरुको सामाजिक आर्थिक अवस्था, दिप्ती शिखा चौधरीले थारु महिला उद्यमशिलतामा पहिला, निता चौधरीले थारु महिलाको शसक्तिकरणको स्थिति बिषयक् कार्यपत्र पस्तुत गर्नुभएको थियो ।  यसैगरी, रंगकर्मी प्रणव आकाशले थारु संस्कृतिमा विस्तार, बाधा चुनौती र अवसर, पत्रकार प्रकाश चौधरीले थारु र जनयुद्ध, अधिवक्ता श्रीराम चौधरीले थारु भाषामा सरकारी कामकाजः अवस्था चुनौती र अवसर विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसैगरी, विकास चौधरीले हस्पिटालिटी विजनेशमा थारुहरुको चुनौती र अवसर, कृष्ण चौधरी समर्पणले बुह्रानः पश्चिम नेपालको आशा र संघर्षको भूमि र अशोक चौधरीले सहकारी लाभको बाँडफाट प्रक्रियामा थारुहरुको सहभागिता विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।  आयोजक संस्था वैकल्पिक अनुसन्धान केन्द्रका अध्यक्ष भुवन चौधरीले यो श्रृंखला प्रत्येक वर्ष थरुहटका विभिन्न जिल्लामा आयोजना गरिने बताए ।  आज कन्क्लेभको दोस्रो दिन घोराहीका नगरप्रमुख नरुलाल चौधरीको स्थानीय विकासमा स्थानीय समुदायको सहभागिता, केबी चौधरीको थारु समुदायमा शिक्षाको प्रश्न, कुलबहादुर चौधरीले थारु भाषाको शिक्षामा चुनौती र अवसर, भुवन चौधरीको सरकारी बजेट तर्जुमा थारुहरुको सहभागिता, डा कृष्णराज सर्वहारीको थारु समुदाय र पत्रकारिता, सोगतविर चौधरीको नेपालका भूमिपुत्र थारुहरुको विरासत र वर्तमान अवस्था, छविलाल कोपिलाको थारु समुदायको सन्दर्भमा साहित्य र विकास, सवि थारुको नेपालका जेनजी पुस्ताको अवसर विषयक गरी ८ वटा कार्यपत्र प्रस्तुति रहेको छ । कन्क्लेभमा थारू प्राध्यापक, शिक्षक, अनुसन्धानकर्ता, लेखक, पत्रकारलगायत विभिन्न क्षेत्रमा सक्रिय बौद्धिक व्यक्तिहरूको सहभागिता रहेको छ । आयोजकको अनुसार कार्यक्रममा १०० बढीको सहभागिता रहेको छ । गोरखापत्रबाट