‘लावा डग्गर’ आब अनलाइनमे फेन

‘लावा डग्गर’ आब अनलाइनमे फेन

२३७ दिन अगाडि

|

१९ असोज २०८२

सख्याम डिउटा बैठैनाके महत्व 

सख्याम डिउटा बैठैनाके महत्व 

२३८ दिन अगाडि

|

१८ असोज २०८२

टिका गुरुवा जौन घर डेखब्या र डंग्या छटरि टंगाइल र   सखिर उह घर हुइटिस दंग्या सोरहिनेक घर । थारु जातिनके सांस्कृतिम डस्या एक महत्वपुर्ण टिहुवार हो । डस्याके अवसरम थारु गाउँम सखिया नाच विशेष महत्वके साथ नाच जिठा । यि नाच गाउँ भरिक लवन्डिन सन्झ्याके जम्मा होके, गाउँके बरघरके अंग्नम  नच्ना चलन बा । पहिले ट एक महिना सम नच्ना करट । यि नाच महाभारत कथाम आधारित होके नच्ना चलन बा, जहाँ पाँच पाण्डव, द्रौपदी, कौरव, कान्हा मुख्य पात्रके रुपमा सख्या गितम चित्रण कैजिठा ।  सखिया नाच पाछ डिउटा बैठिना कलक रमाइलो कर्ना केल नै होख याकर गहिर सामाजिक, सांस्कृतिक भावनात्मक महत्व फे बा ।  सख्या नाच सुरु करल दिन गाउँके ठनुवाम रलक सक्कु डिउटनके नाउँ लेख सम्ह्रना काम कैजिठा । ओसहक  डिउटा बैठिलक दिन फेरसे उह ठनुवामक सक्कु डिउटनके नाउँ लेख बैठिना चलन रहल बा । यि नाच नाच बेर अगुवा मन्डर्या, पछ्वा मन्डर्या, मोरहिन्या, पस्गिन्या, मोरहिन्याके जेठ्गोर्या ओ पस्गिनयाके जेठ्गोर्या रना चलन बा । किशोर थारु कठ– नाचके सुरुवाट डिउटन सम्ह्ररके करलक ओरसे अन्तिम म फेरसे उह डिउटन बैठाइ परठ । यदि नै बैठिलसे ठन्वामक डिउटा गाउँम दुःख डेठ । डिउटा बैठाके सेक्के ठन्वाम बरघरसे धारढुप डेना कैजिठा । बर्दियाके बारबर्दिया नगरपालिका-१०, मेरैया गाउँम जिउरा ढरलक दिनेसे सुरु करलक सख्या नाच टीकाके रोज विधिवत रुपमा डिउटा बइठइलक नाचके मोरहिन्या किरण चौधरी जनैलि ।                                                                                                                  बर्दियाके  बारबर्दिया नगरपालिका, मेरैया गाउँके सख्या नाच टोली डिउटा बैठिनाके महत्व  १. नाचके औपचारिक समापन  –सख्या नाच डस्यक ब्याला बहुट दिन नच्ठ ।  –अन्तिम म डिउटा बैठिना ब्यालम सक्कु नचुन्या हुँकन सम्मानके साथ विदाइ कर्ठ ।  २. सामुहिक एकता ओ भाइचाराके सुदृढीकरण  –सख्या नाचम गाउँ भरिक लवन्डिन मिलके नच्ठ ।  –डिउटा बैठाइबेर सक्कु जे जम्मा होके डिउटनके नाउँ लेना, गफ कर्ना, हँस्ना खेल्ना ओ अनुभव साटासाट  कर्ठ । यहिले एक आपसम समझदारी ओ सामाजिक सम्बन्ध बल्गर बनाइठ ।  ३. डट्करावन मेट्ना ओ बिसैना समय ।  –नाचबेर शारिरिक रुपमा डट्करावन लाग स्याकठ । डिउटा बैठिना ब्यालम नचुइएन विश्राम डेना ओ राहारङ्गि कर्टी नाच ओरैना अवसर फे मिलठ ।  ४. सख्या नाच लौव पुस्ताह पुस्तान्तरण ।   –डिउटा बैठाइबेर पुरान पुरान गित सम्झना ओ लौव पुस्ताह परम्परा सिखैना अवसर मिलठ । यहिले परम्परागत संस्कृति निरन्तरता पलि रहना हुइठ ।   ५. सहभागिनके सम्मान ओ कदर  –नाचम सहभागि सक्कु जहन धन्यवाद डेना, खास कैख योगदान डिहुइएन कदर कर्ना चलन फे डिउटा बैठाइ बेर करजिठा ।   ६. सामाजिक समावेशिता ओ सहिष्णुता   –थारु जातिनके सांस्कृतिक विविधता व सहिष्णुताह यहिसे उजागर करजिठा । काखर कि सक्कु उमेर, जात ओ पृष्ठभुमिके मनै यि डिउटा बैठिना ब्याला सहभागि हुइ सेक्ठ ।   थारु समुदायम सखिया नाच पाछ डिउटा बैठिना परम्परा नाच ओरैना प्रक्रिय केल नै हो । यि एक सांस्कृतिक संवाद, सामाजिक एकता, परम्पराके पुस्तान्तरण ओ समुदाय भिट्टरके सम्बन्ध सुधारके अमुल्य माध्यम हो । यहिसे थारु समाजकृ सामुहिक जिवनशैली, परम्परा ओ सांस्कृतिक चेतनाह जिवन्त ढरक लाग योग्दान फे पुगइना काम करठ  । बारबर्दिया नगरपालिका-१०, मेरैया, बर्दिया  

लावा डग्गरके १६औं बार्षिकोत्सव निम्जल

लावा डग्गरके १६औं बार्षिकोत्सव निम्जल

२३८ दिन अगाडि

|

१७ असोज २०८२

थारु भासाके लावा डग्गर त्रैमासिकके १६औं ओ थारु साहित्य–संस्कृति प्रतिष्ठानके टिस्रा बार्षिकोत्सव सँगसँगे निम्जल बा ।  दाङदेउखर लमहीमे कुँवार १७ गते हुइल बार्षिकोत्सवके अवसरमे साहित्यकार शत्रुघन चौधरी १५ हजार राशीके लावा डग्गर साहित्यिक पुरस्कारसे पुरस्कृत, सम्मानित हुइलाँ । पुरस्कारले अपनहे थारु भासा, साहित्यके लेखनमे थप जिम्मेवार बनाइल उहाँ कहलाँ । शत्रुघन चौधरी थारु प्रतिनिधि कथा–१, अस्टिम्कीक गीत, बिहान, डौना बेबरी पत्रिकाके संकलन, लेखन, सम्पादन कर्ले बटाँ । उहाँ थारु भासा पृष्ठके सहसंयोजक रहिट, अब्बे नेपाल प्रज्ञा प्रतिष्ठानके अनुवाद विभाग सदस्य बटाँ ।  कार्यक्रमके बर्का पहुना प्राज्ञ डा कृष्णराज सर्वहारी लावा डग्गर पत्रिकाके बिक्री बिटरन समस्याले, देश विदेशसम जोरक लग इहि कुँवार १७ गतेसे साहित्यिक अनलाइन औपचारिक रुपमे सुरु हुइल जनैलाँ ।  नारायण योगी देउखरके कुमाल समुदाय बारेम् फेन लावा डग्गर बिसय बस्टु उठान करे पर्ना अर्जि कर्ला । बालगोविन्द चौधरी सुर्खेतसे डौना बेबरी पत्रिका सम्पादनमे अपन सँगसँगे रलक शत्रुघन चौधरीहे लावा डग्गर सम्मान कैके मजा काम करल बटैलाँ । पत्रकार दशरथ घिमिरे थारु भासा, साहित्य जोेगैनामे लावा डग्गरके बरवार योगदान रहल ढारना रख्लाँ । ओस्टक रेशम बिसी जसिक बोल्ना, ओस्टे लिख्ना अभ्यास लावा डग्गरमे मजा बा कहलाँ ।  बसन्तप्रकाश चौधरीके लावा डग्गर पत्रिका थारु साहित्य लेखनमे पुँछि अइँठ्ना काम कइलक बट्वइलाँ । धर्मराज बैरागी भुमिपुत्र थारुन्के पहिचान बँचाइक लग थारु पाठ्यक्रम लागु करे पर्ना बटैलाँ ।  शिक्षक भाष्करदेव चौधरी कहलाँ, मस्टरवा रलक कारन स्थानीय बिसयअन्तर्गत स्कुलिम बहला, माँगर गीत सिखैठुँ । समयअनुसार थारु समुदायमे फेन परिवर्तन हुइटि बा, जेएनजी पुस्ता थारु भासा बोलक् नै चहठाँ । समयके आवाज बोकल चिज साहित्यमे अइना चाहि । लावा डग्गरके बिक्री बिटरन सहज होए कना उहाँक् कहाइ रहिन् ।  शिवहरि चौधरी अइसिन कार्यक्रममे महिला साहित्यकारके उपस्थिति जरुरि रहल बटैलाँ । यम चौधरी जेएनजी पुस्ताके लग अनलाइन जरुरि रहलमे लावा डग्गर अनलाइनमे सुरु हुइलमे फोहि लागल बटैलाँ ।  कार्यक्रममे साहित्यकार निमबहादुर थापा, गुरुप्रसाद कुमाल बुलबुल, रामप्रकाश चौधरी, विजय चौधरी, हरि पोख्रेललगायत बोलुइयन आ आपन सुभकाकमना डेले रहिट ।  लावा डग्गर त्रैमासिकके प्रधानसम्पादक छविलाल कोपिलाके घरगोस्याइमे हुइल कार्यक्रममे प्रकाशक टिकाराम चौधरी धन्यवाद डेले रहिट । 

पश्चिमाञ्चल सोलुसनका पीडित कर्मचारीले दिए आन्दोलन गर्ने चेतावनी

पश्चिमाञ्चल सोलुसनका पीडित कर्मचारीले दिए आन्दोलन गर्ने चेतावनी

२४२ दिन अगाडि

|

१४ असोज २०८२

दाङ घर भएका पश्चिमाञ्चल सोलुसन प्रालिका पीडित कर्मचारीले आफूहरुको माग सम्बोधन नभए दशैंलगत्तै आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्रालिका पीडित कर्मचारीहरुको तर्फबाट असोज १२ गते जारी प्रेस विज्ञप्तिअनुसार यस अघि सो संस्थाबाट सम्पूर्ण कर्मचारीहरुको हरहिसाब तथा आवश्यक पत्रहरु २०८२ असोज ६ गतेसम्म दिने साथै कम्तिमा एक महिनाको तलब २०८२ को दशैंअगावै भुक्तान गर्ने र बाँकी रकम ९० दिनभित्र भुक्तान गर्ने प्रतिवद्धता भए पनि कार्यान्वयन नभएकोमा खेद प्रकट गरिएको छ । श्रम ऐन २०७४ अनुसार कुनै पनि कर्मचारीलाई बिना पूर्व सूचना कामबाट निकाल्न नपाउने नियम भए पनि गत भाद्र १८ गतेदेखि सो संस्थाले सम्पूर्ण कर्मचारीहरुलाई कामबाट निकालेको जनाइएको छ । नियमानुसार रोजगारीको ग्यारेन्टी गर्नुपर्ने करिब ३ सय जना कर्मचारीहरुले पाउनुपर्ने बाँकी ७ महिनाको तलब, टिडियस, ओभर टायम, खाना लगायतको रकम मिलान तथा सामाजिक सुरक्षाकोष रकमसहित करिब ३ करोड रुपैयाँ सम्बन्धित कर्मचारीहरुलाई ७ दिनभित्र भुक्तान नभएमा २०८२ को दशैंलगत्तै कानुनी प्रक्रियामा जान बाध्य हुने पनि जनाइएको छ । पीडित कर्मचारीहरु लमही नगरपालिका– ४, दाङका गुरु प्रसाद कुमाल, देवराज चौधरी, राजकुमार चौधरी, दिवाकर चौधरी, निरज चौधरी, चन्द्रबहादुर कुमालको तर्फबाट भनिएको छ– हामीले यस संस्थामार्फत् सञ्चार सेवालाई चुस्त दुरुस्त राख्दै सातैबार, चौबिसै घण्टा, घामपानी, आँधीबेहरी, दिनरात, चाडपर्व नभनि रगत पसिना एक गरेर कार्य गर्‍यौ । तथापि श्रमको उचित मुल्य कहिल्यै पाएनौँ । त्यति हुँदाहुँदै पनि विगत ७ महिनादेखिको हाम्रो तलब भुक्तान कम्पनीले गरेको छैन । यस संस्थाका सञ्चालकहरुलाई बाँकी रहेको तलब, तलब, टिडियस, ओभर टायम, खाना लगायतको रकम तथा सामाजिक सुरक्षाकोष रकम तुरुन्त भुक्तान गर्न बारम्बार अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर यो प्रेस विज्ञप्ति प्रकाशित गरेका छौँ ।  स्मरण रहोस्, पश्चिमाञ्चल सोलुसन प्रा लि (दर्ता नं. ७९३०४/०६७/०६८) वि.सं. २०६७ साल पुस २५ गते दर्ता भइ पोखरा, कास्कीबाट सेवा सञ्चालन गरेको सेवामुलक प्राइभेट संस्था हो । हाल यो संस्था बागडोल, ललितपुरबाट सेवा प्रवाह गरिरहेको छ । यसका सञ्चालकहरुमा तुकादत्त रेग्मी (गण्डकी –७ गोरखा), चन्द्र भट्टराई (चन्द्रगढी – ६ झापा), सुदन बहादुर कोइराला (पोखरा – कास्की), सुवास गच्छदार (विराटनगर, मोरङ), सुर्य बहादुर शाही (कुश्मा – १४ पर्वत) रहेका छन् । यस संस्थाले नेपाल टेलिकम, एनसेल, डिसहोम फाइबर नेट, टाटा प्रोजेक्ट (नेपाल विद्युत प्राधिकरणको अण्डरग्राउण्ड वायर प्रोजेक्ट) लगायतको काम गर्दै आएको छ ।  

ठुम्रारमे जुमसे रचना वाचन

ठुम्रारमे जुमसे रचना वाचन

२५८ दिन अगाडि

|

२९ भदौ २०८२

                                                                                                                                                                                            फाइल फोटु हरेक मैन्हक अन्टिम सनिच्चरके काठमाडौं, कीर्तिपुरमे हुइना ठुम्रार साहित्यिक बखेरीके १०८औं भाग जुमसे हुइल बा ।  भदौ २८ गते हुइल कार्यक्रममे दिलबहादुर चौधरी, भूमिका थारु, सत्यनारायण दहित, मानबहादुर चौधरी पन्ना, प्रकृतिपूजा चौधरी, नरेश कुसुम्या अर्पण, गुरुप्रसाद कुमाल बुलबुल, डा कृष्णराज सर्वहारी लगायट स्रस्टालोग समसामियक रचना वाचन कर्ले रहिट ।  कार्यक्रममे शेखर दहित, सोम डेमनडौरा, डा रामबहादुर चौधरी, भुवन चौधरी, अर्नब चौधरी, कृष्ण समर्पण, सिताराम चौधरीलगायट बोलुइयन देशविदेशके थारु भासाके स्रस्टन जोरक लग फेन जुम प्रविधिमार्फत् नियमिट कार्यक्रम करे पर्नामे जोर डेलाँ । कार्यक्रमके संयोजक डा कृष्णराज सर्वहारी थारु भासाके लावा डग्गर साहित्यिक त्रैमासिकहे आब अनलाइनमार्फट लन्टि रलक जनैलाँ । डा रामबहादुर चौधरी ठुम्रार साहित्यिक बखेरीके हरेक कार्यक्रममे चाय पानीक लग सहयोग कर्ना वाचा कर्लां । कार्यक्रमके सहजिकरन गणेश वर्तमान कर्ले रहिंट । 

सर्वोच्चको ऐतिहासिक आदेशः आदिवासीहरुद्वारा सम्मान ब्यक्त

सर्वोच्चको ऐतिहासिक आदेशः आदिवासीहरुद्वारा सम्मान ब्यक्त

२६८ दिन अगाडि

|

१९ भदौ २०८२

आदिवासीहरुको मानव अधिकारसम्बन्धि वकिल समुह (लाहुर्निप) ले आदिवासी जनजातिहरुको हकमा सर्वोच्च अदालतले हालै ऐतिहासिक निर्णय र आदेश गरेको कुरा जनाएको छ । उक्त प्रसँग कैलालीका विभिन्न स्थानमा सम्पन्न गरेको अन्तक्र्रियात्मक प्रशिक्षणमा बताइएको हो । कैलालीको कैलारी गाउँपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र धनगढी उपमहानगरपालिका गरी ४ वटा पालिकामा सम्पन्न प्रशिक्षणमा आदिवासी जनजाति महासंघ, थारु कल्याणकारिणी सभाका पदाधिकारी, पालिकाका जनप्रतिनिधि, बरघर, भलमन्सा, समाजसेवी, बुद्धिजीवि, राजनीतिक दलका प्रतिनिधिलगायत प्रशिक्षणमा सहभागी थिए ।  प्रशिक्षकमा लाहुर्निपका केन्द्रिय सदस्य अधिवक्ताद्वय सर्जुप्रसाद चौधरी र जोहारीलाल चौधरी, थारु नागरिक समाजका अगुवा दिलबहादुर चौधरी, थाकस कैलारी गा.पा.का सभापति अशोक चौधरी, सदस्यहरु अमृत चौधरी र मञ्जु चौधरी रहेका थिए । ४ वटै प्रशिक्षण कार्यक्रममा आदिवासीहरुको सहभागिता बडो उत्साहजनक रहेको थियो ।    ४ दिन, ४ स्थानमा भएको प्रशिक्षणका क्रममा लाहुर्निपका अध्यक्ष दिनेश घलेले नेपाल सरकारले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को महासन्धि न.ं १६९ लाई २०६४ भदौ ५ गते अनुमोदन गरेको बताए । अध्यक्ष घलेका अनुसार अनुमोदन गरेको १० वर्षसम्म सरकारले कानुन बनाई लागू नगरेका कारण लाहुर्निपले सोही बिषयलाई लिएर २०७४ साल साउन २५ गते सर्बोच्चमा रिट दायर गरेको थियो । त्यसको ६ वर्षपछि सर्वोच्च अदालतले २०८० साल माघ २५ गते अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को महासन्धि न. १६९ र आदिवासीहरुको मानव अधिकारसम्बन्धि संयुक्त राष्ट्र संघीय घोषणा पत्र(अनड्रिप) लाई कार्यान्वयन गर्न सरकार र संसदलाई निर्देशनात्मक आदेश जारी गरेको छ ।  सर्वोच्चको उक्त आदेश आदिवासी जनजातिहरुको हकमा नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण निर्णय हुन पुगेको छ । न्यायालयले गरेको यो फैसला र आदेशले विश्व आदिवासी जगत नै तरंगित भएको छ, धेरै देशका आदिवासीहरुको लागि यो नजिर, उदाहरण बन्न पुगेको छ । नेपालका आदिवासीहरुको लागि रक्षा कवच हुन पुगेको छ । न्यायाधिश डा. कुमार चुँडाल र सुष्मालता माथेमाको संयुक्त इजलासले आदिवासीहरुको हक सम्बन्धमा गरेको यो ऐतिहासिक आदेशले उनीहरु आदिवासीहरुको इतिहासमा अमर हुन पुगेको अध्यक्ष घलेले बताए । त्यति मात्रै होइन, सम्मानित अदालतको यो आदेशले नेपाली आदिवासीमा, विश्वकै आदिवासीबिचमा न्यायालय स्वतन्त्र, निष्पक्ष र सबैका लागि बराबर रहेको सन्देश दिन सफल भएको छ । अबको सन्देश दिने पालो सरकार र संसदको रहेको छ उनले भने ।  सर्वोच्च अदालतको परमादेशमा भनिएको छ, “अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि न. १६९, आदिवासीहरुको मानव अधिकारसम्बन्धि संयुक्त राष्ट्र संघीय घोषणा पत्र २००७ कार्यान्वयनको लागि आवश्यक पर्ने कानुन एवम् नीतिनिर्माण संघ तथा प्रदेश तहका कार्यपालिकीय, ब्यबस्थापकीय एवम् स्थानीय निकाय समेतले गर्नू गराउनु भनी ब्यवस्थापिका संसद सचिवालय र नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको नाममा यो निर्देशनात्मक आदेश जारी गरिदिएको छ । आदेशको जानकारी विपक्षीहरु तथा फैसला कार्यान्वयन निर्देशनालय र महान्यायाधिवक्ताको कार्यालयलाई दिनु । यो आदेश विद्युत्तीय प्रणालीमा अपलोड गर्नु र दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।”  यो आदेश आदिवासीहरुको मानव अधिकारसम्बन्धि वकिल समुह (लाहुर्निप) ले दायर गरेको रिट निवेदनपछि आयो । रिट निवेदकहरुमा अधिबक्ता शंकर लिम्बू, भीम राई, दिनेशकुमार घले, जितेन्द्र बज्राचार्य र विमल श्रेष्ठ रहेका थिए ।   प्रशिक्षणको क्रममा लाहुर्निपका अध्यक्ष घलेले भने– सर्वोच्चको यो फैसला र आदेशले आदिवासीहरुलाई लाग्ने जातिबादीको आरोप, थारुहरुलाई लाग्ने पृथकताबादीको मनगढन्ते आरोप समाप्त भएको छ र आदिवासीहरुको आवाज जायज रहेको पुष्टि भएको छ । कार्यान्वयन गर्ने दायित्व सरकार र संसदमा सरेको छ र ईमान्दार कार्यान्वयनको खाँचो छ । घच्घच्याउने दायित्व हामी सबैको रहेको छ । हामी आदिवासी भएर आवाज उठायौं भने यो चाँडै कार्यान्वयन हुने निश्चित छ ।  भदौ १३ देखि १६ सम्म क्रमशः कैलारी गा.पा., भजनी नपा, जानकी गा. पा. र धनगढी नगरपालिकामा सम्पन्न कार्यक्रममा कैलारी गा.पा.मा अध्यक्ष राजसमझ चौधरी र उपाध्यक्ष भगवती चौधरी, भजनी न.पा. मा नगरप्रमुख केवल चौधरी र वडाध्यक्ष विक्रम चौधरी, जानकी गा.पा.मा वडाध्यक्ष सुरेश चौधरीले आदेशको पालना गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।  त्यस्तै, धनगढीमा सम्पन्न कार्यक्रममा थरुहट नेता भानुराम थारु, कृष्णपुर नगरपालिका कञ्चनपुरका उपमेयर द्रोपती राना र जिल्ला समन्वय समिति कञ्चनपुरकी सदस्य रामकुमारी रानाले न्यायालयको उक्त आदेशप्रति सम्मान ब्यक्त गर्दै आदेशको पालना गर्ने गराउने धारणा राखेका थिए ।      

डा आचार्यको दङ्गी–उर्वशी महाकाव्यमाथि अन्तक्रिया

डा आचार्यको दङ्गी–उर्वशी महाकाव्यमाथि अन्तक्रिया

२७९ दिन अगाडि

|

७ भदौ २०८२

शास्वत आचार्य स्मृति प्रतिष्ठान नेपालगञ्जको आयोजनामा  संस्कृतिविद् एवम् महाकाव्यकार डा गोविन्द आचार्यद्वारा लिखित दङ्गी–उर्वशी महाकाव्यको समीक्षात्मक चर्चा भदौ ७ मा नेपालगञ्जमा गरिएको छ ।  समीक्षकहरू चरित्रा शाह, डा राजकुमार थारू र विश्वराज पछलडंग्याले कृतिउपर चर्चा गरेका थिए । तिनले साहित्यकार डा आचार्य साहित्य, गीत, सङ्गीत एवम् संस्कृति क्षेत्रका एक बहुआयामिक स्रष्टा भन्दै दङ्गी–उर्वशी महाकाव्यले पौराणिक मिथकलाई काव्यात्मक रूपमा प्रस्तुत गरिएको र दङाली आदिवासी ऐतिहासिक थारु राजा दङ्गीशरणसंग जोडिएको कथानक दस्तावेज भएको बताए।  समीक्षात्मक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभा महानन्द ढकालले डा गोविन्द आचार्यले साहित्य, सङ्गीत र संस्कृतिको क्षेत्रमा पुराएको योगदानको चर्चा गर्दै डा आचार्यले पछिल्लो समयमा जातीय संस्कृतिको अनुसन्धान तथा संरक्षणमा खेलेको भूमिका स्मरणीय रहेको बताए।  कार्यक्रममा  प्रलेस नेपालका केन्द्रीय सचिव डा हरिप्रसाद तिमिल्सिना तथा  राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटाले डा आचार्यको साङ्गितिक तथा संस्कृतिक योगदानको चर्चा गरेका थिए ।  कार्यक्रममा पुस्तकका लेखक एवम् महाकाव्यकार डा गोविन्द आचार्यले उक्त महाकाव्य लेख्नुको औचित्य, यसका प्रेरणाका स्रोत एवम् प्रकाशनपछिको चर्चा परिचर्चाले आफूलाई अझै उत्साहित बनाएको धारणा राखे ।  दाङ घोराही निवासी डा गोविन्द आचार्य साढे चार दशकदेखि नेपाली गीत, सङ्गीत, साहित्य एवम् संस्कृतिका क्षेत्रमा क्रियाशील साहित्यसर्जक एवम् संस्कृतिविद् हुन्। उनका विविध विधाका अनुसन्धानमूलक एवम् विश्लेषणात्मक २६ वटा पुस्तकाकार कृति प्रकाशित छन्।  डा जनार्दन आचार्यको स्वागत एवम् स्रष्टा परिचयसंगै शुरु भएको कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव नरहरिनाथ योगीबाट तथा शास्वत आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष किरण आचार्यको सभापतित्वमा कार्यक्रम भएको थियो।