नाउपा अध्यक्ष रञ्जिता एक्लिएकै हुन् त ?

नाउपा अध्यक्ष रञ्जिता एक्लिएकै हुन् त ?

८९८ दिन अगाडि

|

१७ चैत २०८०

२५ लाख राशिको खोजमूलक पत्रकारिता पुरस्कारका लागि आवेदन आह्वान

२५ लाख राशिको खोजमूलक पत्रकारिता पुरस्कारका लागि आवेदन आह्वान

८९९ दिन अगाडि

|

१६ चैत २०८०

बारबरा फाउन्डेसनले खोजमूलक पत्रकारिता पुरस्कार २०८१ का लागि आवेदन आह्वान गरेको छ । हरेक २ वर्षको अन्तरमा प्रदान गरिने यस पुरस्कारको कुल धनराशि २५ लाख रुपैयाँको रहेको छ । २०७९ वैशाखदेखि २०८० चैतसम्म २४ महिनाभित्रमा प्रकाशन र प्रसारण भइसकेका अनुसन्धानमूलक समाचार र सामग्रीले यस प्रतिष्पर्धामा भाग लिन पाउने फाउन्डेसनले जनाएको छ ।   उक्त पुरस्कार पहिलो हुनेलाई १५ लाख , दोस्रो हुनेलाई ७ लाख र तेस्रो हुनेलाई ३ लाख प्रदान गरिनेछ । पुरस्कारको घोषणा आउदो वैशाख २१ मा गरिनेछ । प्रतिष्पर्धामा आउने सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडियो, पोडकास्ट वा डिजिटल पोर्टलमा प्रकाशित र प्रसारित हुनुपर्ने फाउन्डेसनले जनाएको छ । 

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिए कार्वाही हुने अध्यक्ष रन्जिताको चेतावनी

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिए कार्वाही हुने अध्यक्ष रन्जिताको चेतावनी

८९९ दिन अगाडि

|

१६ चैत २०८०

नागरिक उन्मुक्ति पार्टीपार्टीका सबै पाँचै मन्त्रीले जिम्मेवारी पाएको प्रसंग सेलाउन नपाउँदै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी छिन् । अध्यक्ष श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई सम्बोधन गर्दै चैत १६ गते लेखिएको पत्रमा कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन् । फिर्ता नलिए कारबाही गर्ने उनले चेतावनी समेत दिएकी छिन् । उता, संसदीय दलका नेता चौधरीले प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहने बताएका छन् । यसैगरी, अर्को प्रसंगमा वर्तमान गठबन्धनमा केन्द्रमा नाउपाले संघीय मन्त्री पाए आफू मन्त्री नबन्ने अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले बताएकी छिन् । 

सुदूरपश्चिममा नाउपाका सबै मन्त्रीले पाए जिम्मेवारी 

सुदूरपश्चिममा नाउपाका सबै मन्त्रीले पाए जिम्मेवारी 

८९९ दिन अगाडि

|

१६ चैत २०८०

सुदूरपश्चिम प्रदेशमा  नागरिक उन्मुक्ति पार्टी (नाउपा)का तर्फबाट सरकारमा गएका पाँचै जनाले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले विहीवार बिना विभागीय मन्त्री खुसीराम डगौरा थारुलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएपछि सबैले जिम्मेवारी पाएका हुन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बैठकले प्रदेशमा समेत अहिलेको सत्तागठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको भोलिपल्ट मुख्यमन्त्री शाहले थारुलाई जिम्मेवारी दिएका हुन् । मन्त्रालयमा पुगेर थारुले पदभार सम्हालेका छन् । मुख्यमन्त्री शाहले बिहीबार नै नाउपाका बिना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका थिए । यो सँगै मुख्यमन्त्री शाह नेतृत्वमा रहेको अल्पमतको सरकारले पूर्णता पाएको छ । शाहको सरकारमा आर्थिक मामिला मन्त्री नाउपाका घनश्याम चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र कृषि राज्यमन्त्रीमा इन्दिरा गिरी छन् । माओवादी र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पुगाउन नाउपाका ७ मध्ये चार सांसदलाई मन्त्री र एकलाई राज्यमन्त्री बनाएका छन् ।  अल्पमतको सरकारलाई शाहले पूर्णता दिएपनि बहुमत भने पुगेको छैन । शाहको पक्षमा कांग्रेसका १८ र नाउपाका ७ गरेर २५ जना छन् । उनलाई बहुमतका लागि २७ जनाको समर्थन चाहिन्छ । 

तीन दिन मिथिलामा ‘होरी’

तीन दिन मिथिलामा ‘होरी’

९०४ दिन अगाडि

|

११ चैत २०८०

महोत्तरी । मधेसमा दिनदिनै होली पर्वको रौनक छ । आज सुरु भएको होली मङ्लबारसम्म खेल्ने तयारी मधेसमा छ । प्रदेशका आठवटै जिल्लाका उत्तरवत्र्ती क्षेत्रमा सघन बसोबास भएका पर्वते (पहाडी) मूलका हिन्दू आज फागुपर्व मनाउँदै छन् । पूर्णिमा तिथिकै दिन फागु मनाइने परम्पराअनुसार पहाडी मूलका हिन्दूले आज फागु मनाइरहेका हुन् । यता साधु परम्परा (मठ, गुरुकूल परम्परा)मा पूर्णिमा सकिएर लाग्ने प्रतिपदा तिथिमा फागु खेल्ने परम्परा छ । यसअनुसार मधेसका अधिकांश ठाउँमा भोलि होली पर्व मनाइने तयारी छ । मिथिलाको माध्यमिकी परिक्रमा क्षेत्रभित्र अन्तगृह परिक्रमा सम्पन्न गरिएपछि त्यसको भोलिपल्ट पर्व मनाउने परम्परा छ । यसअनुसार सोमबार अन्तगृह परिक्रमा गरिएपछि मङ्गलबार होली खेलिनेछ । पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको रङ्गभूमिमा अन्तिम बास बसेर १६औँ दिन बिहान अन्तगृह परिक्रमा गरिन्छ । अन्तगृह परिक्रमाकै क्रममा होलिका दहनको धुरा उडाएपछि (राक्षसी प्रवृत्तिकी प्रतीक मानिने होलिका राक्षसीको आकृति डढाएको खरानी उडाउने विधि) भोलिपल्ट होली मनाइने परम्पराअनुसार मङ्गलबार पर्व मनाउनपर्ने स्थापित मैथिल परम्परा भएको यसक्षेत्रको पाका मैथिल बताउँछन् । फागुपर्व तिथि टेकेर मनाइनुपर्ने हुँदा चैत कृष्ण प्रतिपदाका दिन मनाइनुपर्ने साधु परम्पराका अनुयायीको मत छ । यस मतका अनुयायी भोलि सोमबार पर्व मनाउने तयारीमा छन् । यसैगरी परिक्रमा यात्राको अन्तगृहलाई आधार मानिँदा पर्सी मङ्गलबार पर्व मनाइनेको सङ्ख्या उल्लेख्य देखिन्छ । खासमा १५ दिने मिथिला माध्यमिकी यात्राको एक सय ३३ किमी वृत्तभित्र पर्सी मङ्गलबार पर्व मनाइने मैथिल संस्कृति र परम्पराका जानकार सञ्चारकर्मी श्यामसुन्दर शशिले बताए । “मध्यमा परिक्रमा जनकपुरको रङ्गभूमि मैदानमा जम्मा भएकै दिन राति होलिका दहन गर्ने, भोलिपल्ट अन्तगृह परिक्रमासँगै धुरा उडाउने र त्यसको भोलिपल्ट पर्व मनाउने परम्परा छ”, शशिले भने, “यसमा सामान्यतया तिथिको कुरा त जोडिन्छ, तर कहिलेकाहीँ तिथिको भोग घटबढको असरले तलमाथि पर्छ ।”  मिथिलामा सामान्यतया चैतकृष्ण प्रतिपदाका दिन होली पर्व पर्ने भए पनि होलिका दहन र अन्तगृह परिक्रमा एक दिनको फरकमा हुने परम्पराले यसपालीको पर्व मङ्गलबार पुगेको शशिले बताए । यहाँ पर्वते र मूल मधेसी समुदायको अन्तर्घुलनले सबै परम्पराअनुसार एकअर्काको होली परम्परामा सरिक हुँदै आएका छन् । “प्रेम, सद्भाव र आपसी एकताको सन्देश दिने पर्वको अभिष्ठ हो, हामी तीनै दिन एकआपसमा मिलेर होली खेल्छौँ”, भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले भने । आआफ्ना सुविधा र मान्यताअनुसार तीन दिन ‘होरी’ मनाइँदै गरिए पनि यसपाली होली शान्त नै देखिएको छ । बस्तीका घरघर र सडक गल्लीसम्म एकअर्कोलाई लोला हान्ने, भीड जम्मा हुने र रङ प्रयोगमा कमी देखिएपछि होली शान्त देखिएको हो । मधेस प्रदेशभित्रका आठै जिल्लामा जिल्ला प्रशासनले भिडभाड नगर्न, भिडभाडमा नजान, रङ र लोला नहान्न सार्वजनिक सूचना नै जारी गरेर अपिल गरेको छ । रासस

मौलिकता गुमाउँदै होली

मौलिकता गुमाउँदै होली

९०४ दिन अगाडि

|

११ चैत २०८०

कञ्चनपुर । हिन्दू परम्परामा विजय उत्सवका रुपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ । होलीको बेला राम, कृष्णलगायतका देवीदेवताको स्तुति र वीर पुरुषका गाथा सहित सामाजिक, प्राकृतिक विषयवस्तुमा आधारित गाथा प्रस्तुति गर्ने चलन भएकोमा पछिल्लो समय केवल रङ्गहरुमा मात्रै होली सीमित हुने गरेको छ । पौराणिक मान्यता अनुसार असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा होली पर्व मनाउने गरिन्छ । होलीमा इतिहास तथा पुराणका विभिन्न कालखण्डका घटनासँग सम्बन्धित विषयवस्तुलाई नृत्य र गीतको रुपमा प्रस्तुत गरिन्छ ।  साहित्यकार कविराज भट्ट होली प्रस्तुतिका आधारमा खडी तथा बैठी गरेर दुई किसिमको हुने गरेको बताउँछन् । उाका अनुसार खडी होली गोलाकार रुपमा पङ्तिबद्ध भई नृत्य तथा अभिनय गर्दै प्रस्तुत हुन्छ, भने बैठी होली बसेर तालीसँग खेल्ने गरिन्छ । “अहिलेको पुस्ता त होली भनेपछि रङ्ग दल्ने मात्रै बुझ्न होलीको आफ्नै मौलिकता छ”,  साहित्यकार भट्टले भने, “होली महिमा र गरिमालाई अहिलेका पुस्ताले आत्मसात गर्नु जरुरी छ ।” उनले होलीमा विभिन्न लोक बाजाहरुको प्रयोग गरिने बताए ।  “देवस्थल, सार्वजनिकस्थललगायत घर–घरमा गएर होली खेल्ने प्रचलन परापूर्वकालदेखि चल्दै आएको पाइन्छ ।” उनले भने, “होली विजय तथा खुसीयालीको पर्व भएकाले विशेष गरी रङ लगाउँदै मनोरञ्जन गरिन्छ ।” उनले होलीमा विभिन्न विषयवस्तुमा आधारित गाथाका साथै आशिषसमेत दिने गरेको बताए ।  होलीमा प्रस्तुत गरिने गाथामा हाम्रो इतिहास एवम् मौलिक पहिचान लुकेको प्रगतिशील लेखक सङ्घ सुदूरपश्चिमका अध्यक्ष रमेश पन्तले बताए । उनले भने, “यसले भाषा, साहित्य एवम् लोक साहित्य र लोकवार्ताका विषयवस्तुलाई झल्काउने भएकाले गहन अध्ययन तथा प्रस्तुतिमा निरन्तरता दिनु आवश्यक छ ।” उनले होलीलाई अतिरञ्जनात्मक बनाइ मादक पदार्थको सेवन तथा जथाभावी रङ मात्र दल्ने परिपाटी बढ्दै गएपछि होलीको मौलिकता हराउँदै गइरहेको बताए ।  “अहिले होलीमा डिजेको प्रयोग गरेर नाच्ने गरिन्छ ।” स्थानीय गणेश भट्टले भने, “यसले गर्दा हाम्रा लोकबाजा र ती मौलिक गीत हराउन थाले ।” उनले अहिलेको पुस्ताले परम्परालाई आत्मसात गर्नुपर्ने बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले होली पर्वमा उच्छृङ्खल  गतिविधि नगर्न आग्रह गरेको छ । प्रहरीले होली पर्वलाई सभ्य, शिष्ट, र मर्यादित तवरले मनाउन सबैलाई आग्रह गर्दै अपराधिक क्रियाकलाप गरे कानुन बमोजिम कारबाही हुने जनाएको छ । रासस

स्वर्गद्वारी गुठीपीडितको आन्दोलनः विधेयक ल्याएरै समस्या समाधान गर्नेः भूमिसुधार मन्त्री 

स्वर्गद्वारी गुठीपीडितको आन्दोलनः विधेयक ल्याएरै समस्या समाधान गर्नेः भूमिसुधार मन्त्री 

९०९ दिन अगाडि

|

७ चैत २०८०

स्वर्गद्वारी गुठीपीडित किसानहरुले मोही अधिकारको माग गर्दै थालेको आन्दोलन फागुन ८ गतेदेखि जिल्ला प्रशासन कार्यालय घोराहीको गेटमा जारी छ । मोही अधिकार कायम भए पनि जमिन पाउन नसक्ने अवस्था आएको भन्दै मोही किसानहरुले मोही अधिकारको कार्यान्वयनको माग गर्दै आएका छन् ।  उता,  संघर्ष समितिका संयोजक प्रभुराम चौधरीसहित काठमाडौमा संघीय मन्त्री, राजनीतिक दलका नेता र सांसदहरुलाई भेटेर समस्या समाधान गरिदिन आग्रह गरिरहेका छन् । टोलीमा रहेका थारु कल्याणकारिणीसभा दाङका पूर्वअध्यक्ष भुवन चौधरीका अनुसार किसानहरुसँगको भेटमा भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले भूमिको समस्या किसानको मात्र नभई राष्ट्रकै समस्या भएकाले तत्काल समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।  भूमिमाथिको द्वैध स्वामित्व हुनुहुँ‘दैन भन्नेतर्फ सरकार गम्भीर रहेको भन्दै मन्त्री अधिकारीले विधेयक ल्याएर यस्ता समस्या समाधान गर्ने बताए ।  टोलीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, एमाले महासचिव शंकर पोख्रेल, सांसद दीपक गिरीलाई पनि भेट गरी समस्या समाधानमा भूमिका खेल्न आग्रह गरेको छ । महासचिव पोख्रेलले किसानको समस्याप्रति आफू जानकारी रहेको भन्दै समस्या समाधानका लागि उचित पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, काँग्रेस केन्द्रीय सदस्य तथा सांसद दीपक गिरीले किसानका समस्या समाधानमा पार्टीको सहयोग हुने बताए । थाकस दाङका पूर्वअध्यक्ष भुवन चौधरीका अनुसार गुठीपीडित किसान तथा दलका प्रतिनिधिहरुले नेपाली कांग्रेसका महामन्त्री गगन थापा, प्रतिनिधिसभा सदस्य मेनका पोख्रेललगायतसँग पनि भेट गरी मोही अधिकार कार्यान्वयनका लागि भूमिका खेलिदिन आग्रह गरेको छ ।  स्वर्गद्वारी गुठीको कुल एक हजार ५० विगहा जमिनमध्ये सात सय ७३ दशमलव ४ विगहा जमिनमा मोही छ । तर मोही पूर्जा पाइसकेका तीन हजार पाँच सय घरधुरीका १६ हजार दुई सय ६७ किसान सर्वोच्च अदालतले २०६२ फागुन १४ गते स्वर्गद्वारी गुठी विशेष गुठी भएकाले खण्डीकरण नगर्न परमादेश जारी गरेपछि मोही अधिकारबाट बञ्चित भएका छन् ।