कोरिया जाने सपनाको अवसान

कोरिया जाने सपनाको अवसान

६२२ दिन अगाडि

|

१४ पुष २०८०

मुक्तकमैया र कमलहरीको न्यायिक पुर्नस्थापनाका लागि मुक्त कमैया महिला विकास मञ्चले अघि सार्यो ११ बुँदे माग

मुक्तकमैया र कमलहरीको न्यायिक पुर्नस्थापनाका लागि मुक्त कमैया महिला विकास मञ्चले अघि सार्यो ११ बुँदे माग

६२३ दिन अगाडि

|

१३ पुष २०८०

काठमाडौं, १२ पुष । मुलुकमा गणतन्त्र आएको १७ वर्ष वितिसक्दासमेत पनि पश्चिम नेपालमा रहेका कृषि दासताबाट मुक्त घोषणा भएतापनि मुक्त कमैया तथा कमलहरीहरुले अझै पनि चरम गरिवी र अभाव जीवनयापन गर्न बाध्य छन् । नेपाल सरकारले दासताको जीवनबाट कमैयाहरुलाई मुक्तीको घोषणा गरेको २२ वर्ष र कमलहरी मुक्त घोषणा गरेको १० वर्ष बितिसक्दा पनि मुक्त कमैया र कमलहरीको पुनःस्थानालगायत जीविकोपार्जनका समस्या सम्बोधन हुन सकिरहेका छैनन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मुक्त कमैया महिला विकास मञ्च, कैलालीले संघीय सरकारले मुक्त कमैया तथा कमलहरीका सवाल तथा समस्याहरु सम्बोधन गर्न बेवास्ता गर्दै आएको आरोप लगाएको छ । संघीय सरकारले मुक्त कमैया, कम्लहरी समूदायसँग गरेका सम्झौताहरु कार्यान्वयन गर्न र उक्त समूदायले भोगेको समस्याहरुको समाधान गर्न संघीय सरकारसँग जोडदार माग गरेको छ । मञ्चले विभिन्न ११ बुँदे मागसमेत अघि सारेको छ । मञ्चले अघि सारेका मागहरुमा मुक्त कमैया, हलिया, कमलरी तथा हरवा चरवा वस्तुस्थिति अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गरिनुपर्ने, गरिवी निवारण मत्रालयले मुक्त कमैया, कमलरी, हलिया तथा हरवा चरवाको लागि तयार पारेको पूनःस्थापना कार्ययोजना तथा कार्यविधि मन्त्रिपरिषद्बाट पारित गरी कार्यान्वयन गर्नुपर्ने, मुक्त कमैया, कमलरीहरुको समस्या समाधानको लागि एकीकृत ऐन जारी गरी पूनःस्थापना कार्य अगाडि बढाईनुपर्ने रहेका छन् । मुक्त कमैया महिला विकास मञ्च, कैलालीकी अध्यक्ष सीमा कुमारी चौधरी र कमैया र कमलहरी आन्दोलन अभियानकर्ता कौशिल्या चौधरीले संयुक्त हस्ताक्षरमा जारी गरेको विज्ञप्तीमा मुक्त कमैया र कमलहरीहरुद्धारा सञ्चालित सहकारीहरुमा बिउ पुँजीको व्यवस्था गरिनुपर्ने पनि मुख्य माग समावेश गरिएको छ । यस्तै, नेपाल सरकारले मुक्त कमैयाका बालबालिका तथा कमलहरुका लागि उच्च तहसम्म र प्राविधिक शिक्षाको लागि निःशुल्क शिक्षाको व्यवस्था (विद्यालय तहदेखि पिएचडी, चिकित्सा, ईन्जिनियरिङ, सूचना तथा प्रविधि) आदि गरिनुपर्ने पनि माग छ । माथि उल्लेखित माग सम्बोधन नगरिए संघर्षमा होमिने पनि मञ्चको चेतावनी छ । कार्यक्रममा मञ्चकी अध्यक्ष सिमा कुमारी चौधरी, संविधानसभा सदस्य हरेराम शेर्पाली, मुक्त कमैया आन्दोलन परिचालन समितिका केन्द्रीय सदस्य कौशिल्या चौधरी, दलित गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष गजाधर सुनार, भागिराम चौधरी, मुक्त कमैया वर्ग सञ्जाल कैलालीका अध्यक्ष रामपल चौधरीलगायतले मुक्त कमैया र कमलहरीको न्यायिक पूनःस्थापनको लागि आवाज उठाएका थिए । मुक्त कमैया महिला विकास मञ्च, कैलालीको ११ बुँदे मागहरु : १) मुक्त कमैया, हलिया, कमलरी तथा हरवा चरवा वस्तुस्थिति अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गरियोस् । २) भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त कमैया, कमलरी, हलिया तथा हरवा चरवा पुर्नस्थापनाका लागि तयार पारेको कार्ययोजना तथा कार्यविधि मन्त्रीपरिषदबाट पारित गरि कार्यान्वयन गरियोस् ।  ३) मुक्त कमैया, कमलहरीहरुको समस्या समाधानको लागि एकिकृत ऐन जारी गरि पुर्नस्थापना कार्य अगाडी बढाइयोस् ।  ४) मुक्त कमैया र मुक्त कमलहरीको तथ्यांक संकलनमा विविध कारणवस नाम छुट भएका वास्तविक मुक्त कमैया, मुक्त कमलहरीहरुको तथ्यांक संकलन गरी प्रमाणीकरण गरि परिचयपत्रको व्यवस्था गरियोस् ।  ५) मुक्त कमलहरीको शिक्षामा पहुँच अभिवृद्धि गर्न कमलरी छात्रवृत्ति शिक्षा निर्देशिका संशोधन गरि लागु गरियोस् ।  ६) सरकारी प्रति जमिनमा बस्ती लागेर बसोबास गरिरहेका मुक्त कमैयाहरुलाई छानबिन गरि बसिरहेकै स्थानमा जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइयोस् । (टीकापुर न.पा शक्तिनगर, शिवनगर, गोदावरि न.पा गेटी कत्ठा टोल)  ७) अभिभाभवक विहिन मुक्त कमलरी तथा विवाह गरेर पनि जग्गाजमिन नभएका कमलरीहरुका लागि भूमि सहितको घरवासको व्यवस्थाको गरियोस् । ८) मुक्त कमैयाहरु बसोबास गरिरहेका बस्तीमा रुखका कारणले वर्षेनी धनजनको क्षति भइरहेकोले सो बस्तीको काठ कटानि गरि मुक्त कमैयाहरुलाई उपलब्ध गराइयोस् । (भजनीको मधुवन, सृजना वस्ती, गोदावरि न.पाको अत्तरिया, गौरीगंगा न.पाको सालघारी मुक्त कमैया बस्ती) ९) प्रदेश तथा संघीय सरकारमा मुक्त कमैया, कमलहरीहरुको समानुपातिक प्रतिनिधिको व्यवस्था गरियोस् साथै बसोबास रहेको गाउँपालिका, नगरपालिका , निर्माण हुने विविध समिति तथा आयोगमा प्रतिनिधित्वको व्यवस्था साथै निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरियोस् । १०) नेपाल सरकारले मुक्त कमैयाका बालबालिका तथा कमलहरीहरुका लागि उच्च तहसम्म र प्राविधिक शिक्षाको लागि निःशुल्क शिक्षाको व्यवस्था (विद्यालय तहदेखि पि.एच.डि , चिकित्सा, इन्जिनियरिङ, सूचना तथा प्रविधि आदि )    ११) मुक्त कमैया र कमलहरीहरुद्वारा सन्चालित सहकारीहरुमा बिउ पुँजीको व्यवस्था गरियोस् ।       

एन पिस अवार्ड विजेता वसन्तीको ‘दहिटान घर’

एन पिस अवार्ड विजेता वसन्तीको ‘दहिटान घर’

६२३ दिन अगाडि

|

१३ पुष २०८०

धनगढी । लामो समय विभिन्न गैरसरकारी संस्थामा आबद्ध भई काम गरेका कैलालीका अधिकारकर्मी वसन्ती र वीरेन्द्र चौधरी दम्पती व्यवसायमा जुटेका छन् । कमैया कमलरी मुक्त अभियानकर्ता रही अन्तर्राष्ट्रिय स्तरको एन पिस अवार्ड २०१६ बाट समेत सम्मानित भइसकेकी वसन्ती र उनका श्रीमान वीरेन्द्र चौधरी थारू परम्परागत परिकारको मुख्य सुविधासहितको ‘दहिटान घर’ नाम दिएर रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । धनगढी उपमहानगरपालिका–४, घरेलु चोक उत्तरबेहडीमा २० लाखको लगानीमा व्यवसाय सुरु गरेका हुन् । उनीहरूले आफ्नो ‘दहिटान घर’ लाई थारू समुदायको माघी पर्वको अवसरमा उद्घाटनको योजना बनाएका छन् । तर सो दहिटान घरले आफ्नो प्रि–ओपनिङमै ग्राहकको मन जित्न सफल भएको हो । व्यवसायप्रति उत्साहित भएका वीरेन्द्र भन्छन्, ‘माघमा उद्घाटनको तयारी छ । अहिले हामी ट्रायल परियडमै छौँ । तर सोचेभन्दा बढी ग्राहकहरूले माया दिनुभएको छ । हामीले दैनिक हुने कारोबारको सीमा निर्धारण गरेका छौँ । जुन कारोबारको सीमा दैनिक रूपमा क्रस भएको छ ।’ १७ वर्षसम्म विभिन्न गैरसरकारी संस्थाहरूमा काम गरेका वीरेन्द्रले हालै सञ्चालनमा ल्याएको व्यवसायले जागिरे जीवनको आरोहअवरोहलाई भुल्याएको सुनाउँछन् । ‘दहिटान घर’ अर्थात् थारू जातिभित्रको मुख्य उपथर दहिट बाट ‘दहिटान घर’को अवधारणा ल्याएको उनीहरूको भनाइ छ । जहाँ गाउँले स्वाद प्रमुख विशेषता रहेको सञ्चालिका वसन्ती बताउँछिन् । उनीहरूको दहिटान घरमा थारू परिकार ढिक्री, अन्डिक भात, सिद्राको चटनी, बयरको चटनी, आलुको चटनी, घोघी, लोकल कुखुराको ग्रेबी, बङ्गुरको सेकुवा, पकुवा र चिल्ली पाइन्छ । जसको स्वाद लिन दैनिक रूपमा ग्राहकहरूको उत्साहजनक सहभागिता रहने गरेको वसन्ती बताउँछिन् । हाल थारू मौलिक परिकारको प्रवर्धन गर्दै आएका उनीहरू निकट भविष्यमा सुदूरपश्चिमका अन्य रैथाने परिकारको पनि व्यवस्था गर्ने बताएका छन् । दुई दशकदेखि कमैया, कमलरी मुक्ति अभियानलगायत अधिकारमुखी आन्दोलनमा सक्रिय वसन्तीले समाज सेवासँगै व्यवसायलाई निरन्तता दिने बताउँछन् । उनी कमैया प्रथा उन्मूलन समाज, ओरेक नेपाल, महिला मानव अधिकार रक्षक सञ्जाल, थारू नागरिक समाजलगायत सङ्घ संस्थासँग आबद्ध छिन् । 

अनुसन्धान केन्द्र बन्दै थारू सङ्ग्रहालय

अनुसन्धान केन्द्र बन्दै थारू सङ्ग्रहालय

६२६ दिन अगाडि

|

१० पुष २०८०

दाङको दङ्गीशरण गाउँपालिका–३ चखौरामा रहेको थारू जातिको इतिहास र संस्कृति बचाउने ‘चखौरा सङ्ग्रहालय’ मा अध्ययन तथा अनुगमन गर्नेको घुइँचो लाग्ने गरेको छ । पछिल्लो समय आन्तरिक र बाह्य पर्यटक यस सङ्ग्रहालयमा अध्ययन र अनुगमनका लागि आउने गरेका हुन् । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालय शिक्षा सङ्कायको कक्षा १२ मा अध्ययनरत विनिता केसी विद्यालयको अध्ययन अनुगमनका लागि दङ्गिशरण–३ मा रहेको थारु सङ्ग्रहालयमा गइन् । सङ्ग्रहालयभित्र प्रवेश गर्ने गेटको अगाडि थारू राज्यका अगुवाको मूर्ति र उनीहरूले शासन गरेको भूगोलको नक्शा देख्दा सबैले चाख मानेर हेरेको उनले बताइन् । यहाँ पुग्दा थारु जातिको पहिचानलाई बचाइ राख्नलाई तयार गरिएको सङ्ग्रहालय देख्दा खुसी लागेको केसीले बताइन् । लोप हुन लागेको संस्कृतिसँग जोडिएका थारू समुदायका पुराना सामान, गहना र पोसाक संरक्षण गरेर राखेको देख्दा खुसी लागेको उनको भनाइ थियो ।  सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत सुशीला चौधरीले पनि सङ्ग्रहालय अवलोकन गरिन् । उनले थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता राख्ने ठाउँ देख्दा खुसी लागेको बताइन् । थारु समुदायमा लोप हुन लागेका गरगहना, कपडा र विवाहमा दुलाहा दुलही बोक्ने डोली सङ्ग्रह गरेर राखिएको उनले जानकारी दिइन् । “घरमा हजुरआमाले आफ्ना पालका गरिने चालचलन र सामग्रीको बारेका सुनाउने गर्नुहुन्थ्यो यहाँ पुगेर सबै अवलोकन गर्न पाउँदा खुसी लागेको छ”, चौधरीले भनिन्, “थारू जातिका परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन् । थारू राजाले कसरी राज्य सञ्चालन गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्शा कोरिएका छन् ।”  विद्यालयका शिक्षक प्रकाश देवकोटाले विद्यालयमा शिक्षा सङ्कायका विद्यार्थीलाई आन्तरिक पर्यटकीयस्थलको अवलोकन गराएर स्थानीयस्तरमा भएका कला संस्कृतिका बारेमा जानकारी गराउने गरिएको बताए । विद्यार्थीले पुस्तकमा पढेका कुराले मात्रै नपुग्ने भएकाले उनीहरुलाई स्थलगत अध्ययन गराउने गरिएको उनको भनाइ थियो । आफ्नै आँखाले देखेका कुरा विद्यार्थीले छिटो सम्झने भएकाले विद्यार्थीलाई अध्ययनरअवलोकन गराउने गरिएको उनले बताए । लुम्बिनी प्रदेश सरकारबाट दङ्गीशरण–३ चखौरामा रहेको थारु सङ्ग्रहालयमा पार्क निर्माणका लागि रू ५० लाख, मूर्ति निर्माण तथा खरिद गर्न रू ५० लाख, माथिल्लो तलामा थारु घर तथा विश्राम स्थल निर्माण गर्न रू ३० लाख छुट्याइएको सङ्ग्रहालयका सह व्यवस्थाक नरेन्द्र चौधरीले जानकारी दिए । उनका अनुसार पछिल्लो समय यहाँ आन्तरिक तथा बाह्य पर्यटक अध्ययन अनुगमनका लागि आउने गरेका छन् । यो वर्ष मात्रै  ३६ जना विदेशी पर्यटक सङ्ग्रहालय अवलोकनका लागि आएका चौधरीले जानकारी दिए । सातवटै प्रदेशका पर्यटक यहाँ आउने गरेका उनको भनाइ थियो । यस वर्ष एक लाख भन्दा धेरैले सङ्ग्रहालयको अवलोकन गरेको उनले जानकारी दिए ।  शनिबार र सार्वजनिक बिदाको दिन धेरै आन्तरिक पर्यटक आउने गरेका छन् । दैनिक तीन सयदेखि चार सयको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेका चौधरीले जानकारी दिए । उनका अनुसार साधारण नगरिकलाई रू ७०, विद्यार्थी तथा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई रू ५० प्रवेश शुल्क लिने गरिएको छ । “थारु पहिरन लगाएर फोटो खिच्न चाहनेका लागि ड्रेसको रू एक सय, सङ्ग्राहलय पछाडि रहेको जलाशयमा डुङगा चलाउन रू ५० तोकिएको छ”, उनले भने । पर्यटकीयस्थलको संरक्षण गर्नका लागि  स्थानीय, प्रदेश र सङ्घ सरकार तथा पर्यटन बोर्डको पनि लगानी रहेको चौधरीले बताए । तुलसीपुर उपमहानगरपालिकाबाट ११ किलोमिटर पश्चिममा रहेको चखौरा पुग्न अटो रिक्साको सुविधा छ । अटो रिक्सालाई रू एक सय दियो भने सङ्ग्रहालयसम्म पुग्न सकिन्छ ।  पुरानो र नयाँ पुस्ताबीच ठूलो अन्तर रहेकाले पुरानो लोकसंस्कृति पुस्तान्तरण गर्नका लागि थारु सङ्ग्रहालयले सकारात्मक भूमिका खेलेको थारू संस्कृतिका ज्ञाता अशोक थारूले बताए । “संस्कृति हस्तान्तरण नहुँदा लोपहुँदै गएका छन् । यसलाई बचाउन सङ्ग्रहालयले सहयोग पुगेको छ,” उनले भने, “नयाँ पुस्ताले थाहा नपाएका धेरै कुरा यहाँ सङ्कलन गरिएका छन् । हाम्रो पहिचान सुरक्षित हुनेछ ।” 

पुस १७ देखि भादा होमस्टेमा महोत्सव हुँदै

पुस १७ देखि भादा होमस्टेमा महोत्सव हुँदै

६३० दिन अगाडि

|

६ पुष २०८०

थारू होम स्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा यही पुस १७ गतेदेखि महोत्सवको आयोजना हुने भएको छ। स्मरण रहोस्, धनगढी उपमहानगरपालिका वडा नम्बर १६ स्थित भादामा सन् २०११ देखि नै अंग्रेजी वर्षको पहिलो साता महोत्सव आयोजना हुँदै आएको छ। थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीका अनुसार २० घरमा सञ्चालनमा रहेको होमस्टेको विकास तथा थारू कला, संस्कृति, खानपानको प्रवर्धनको लागि महोत्सव आयोजना हुँदै आएको हो। स्थानीयहरूले आउने पर्यटकलाई मनोरञ्जन प्रदान गर्न थारु समुदायको मौलिक संस्कृति सखिया, झुम्रा, मघौटा, लठ्ठी नाचलगायत प्रदर्शन गरिन्छ । त्यस्तै, थारुमौलिक परिकार ढिक्री, खरिया, फुलौरी, अण्डीको भात, खुर्मा, पनझझरा, कचरीक् बरिया, घोंघी, गेङटा, सुटही, मुसाको सेकुवा, सिध्रा, महुवा लगायतको रक्सी र जाँडको झोललगायतको बिक्री वितरण हुन्छ। पुस २२ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब १ लाखले अवलोकन गर्ने अनुमान गरिएको छ  ।

थाविस मवक्या  दाङको अध्यक्षमा अनिल चौधरी चयन

थाविस मवक्या दाङको अध्यक्षमा अनिल चौधरी चयन

६३१ दिन अगाडि

|

५ पुष २०८०

महेन्द्र बहुमुखी क्याम्पस दाङमा लामो समयदेखि नेतृत्वबिहीन थारु विद्यार्थी समाजले नेतृत्व पाएको छ । अनिल चौधरीको संयोजकत्वमा पुस ४ गते ५१ सदस्यीय मुल कमिटि गठन गरिएको छ । थारु कल्याणकारिणी सभाका दाङ जिल्ला अध्यक्ष अशोक चौधरीका अनुसार यो कमिटिले आगामी दिनमा बृहत् भेलाको आयोजना अधिवेशन गराउने छ ।  थाविस महेन्द्र बहुमुखी क्याम्पस दाङ ईकाई सक्रिय हुन नसक्दा यसको मुखपत्र हमार पहुरा पनि लामो समयदेखि प्रकाशन हुन सकेको छैन । थाविस मबक्या दाङ ईकाई २०४७ सालमा गठन भएको थियो । थारु विद्यार्थी समाज केन्द्र पनि लामो समयदेखि निस्क्रिय देखिएको छ । यसले नेतृत्वमा थारु युवाको अभाव खड्काएको छ ।  

चीनमा भूकम्प जाँदा सय भन्दा बढीको मृत्यु

चीनमा भूकम्प जाँदा सय भन्दा बढीको मृत्यु

६३३ दिन अगाडि

|

३ पुष २०८०

उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ । दुई सय भन्दा बढी घाइते  भएका  छन् । नेपाली समयअनुसार  पुस ३ गते बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएका छन् । यसैगरी छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएका छन् । भूकम्पले यातायात, सञ्चार, विद्युत आपूर्ति बन्द भएको छ । कतिपय स्थानमा पानीको आपूर्ति पनि रोकिएको छ । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक जाडो रहेकाले स्थानीय समस्यामा परेका छन् । बिहानैदेखि खोज तथा उद्धारलाई तीव्रता दिइएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरुको उद्धार, राहत र घाइतेहरुको उपचारमा पूरै शक्ति परिचालन गरिएको जानकारी दिएका छन् ।