थारू कलाकार मञ्चसे साहित्यकार पन्ना सम्मानित

थारू कलाकार मञ्चसे साहित्यकार पन्ना सम्मानित

३४८ दिन अगाडि

|

१३ असोज २०८१

कांग्रेस थारू विभागमा १० सदस्य मनोनयन

कांग्रेस थारू विभागमा १० सदस्य मनोनयन

३५३ दिन अगाडि

|

८ असोज २०८१

नेपाली कांग्रेसले थारू विभागमा १० सदस्य मनोनयन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार थारू विभागमा १० जनालाई मनोनयन गरेका हुन् । पार्टी विधान‚ २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम उनीहरूलाई मनोनयन गरिएको विज्ञप्ति जारी गर्दै पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । यस विभागको प्रमुखमा केन्द्रीय सदस्य योगेन्द्र चौधरी रहेका छन् । मनोनयन भएका सदस्यहरू निम्न छन्ः १। देवमान चौधरी, वर्दिया २। हल्लुप्रसाद चौधरी, दाङ ३। शिवनारायण राना, कैलाली ४। साजनकुमार महतो, चितवन ५। शैलेन्द्र चौधरी, रौतहट ६। नमिता चौधरी, सप्तरी ७। वोरनारायण चौधरी, सुनसरी  ८। सरिता चौधरी, कैलाली ९। सुचि चौधरी, मोरङ १०। कुलमणि चौधरी, बारा

थारू र यादवको आस्थाको धरोहर रिहार धाम सुनसान

थारू र यादवको आस्थाको धरोहर रिहार धाम सुनसान

३५७ दिन अगाडि

|

४ असोज २०८१

पाँच सय वर्ष पुरानो मानिएको दाङको लमही नगरपालिका–९ स्थित रिहार धाम हिजोआज सुनसान छ । हरेक वर्ष माघीमा मेला लाग्दा मात्र घुइँचो हुने गरेको भए पनि अन्य समयमा सुनसान हुने गरेको छ । दैनिक एक–दुईजना मन्दिरमा दर्शन गर्न मुस्किलले आउने गर्छन् । खासगरी सोही ठाउँमा हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा लाग्ने मेलामा भारतबाट आउने दर्शनार्थी धेरै हुन्छन् । पारिवारिक सुःख र पशु चौपायालाई रोगव्याधीले नसताउने धार्मिक विश्वासका साथ भारतबाट यसरी आउने गर्छन् । विशेषगरी त्यहाँ लाग्ने मेलामा भौरी (ढुङ्गा) बोकेर को बलियो छ भन्दै मन्दिर परिक्रमा गर्ने चलन छ । द्वापर युुगमा ऋषिमुनिहरूले बिहार गरेको स्थलका रूपमा रिहार परिचित छ । बगारबाबासहित भैने पर्शु, मामीसौरी, बराह झाँक्री मन्दिर, गणेश मन्दिर, शिव मन्दिरजस्ता तीर्थाटन पर्यटकका लागि धार्मिक संरचना रहेका छन् । त्यहाँ अहिले १० लाखको लागतमा उद्यान (पार्क) पनि निर्माण भइरहेको छ । यसरी संरचना थपिँदै जाने तर पर्यटक नआउने गर्दा स्थानीय चिन्तित छन् । ‘दिनमा दुई–तीन जनामात्र आउँछन्’, स्थानीय सम्झना चौधरीले भनिनन्, ‘कहिल्यै त शून्य हुन्छ ।’ यो धामको इतिहास हजारौं वर्ष पुरानो मानिन्छ । द्वापर युुगमा ग्वालाहरूले गाई चराउने र गाईले बगारबाबालाई दूध चढाउने गरेको धार्मिक विश्वास छ । राजमार्गको दायाँ बायाँमा फैलिएको रिहार धाम एक सय हेक्टर क्षेत्रफलमा रहेको छ । रिहारमा तीर्थाटनका पर्यटकले बगारबाबाको पूजा गर्दछन् । बगारबाबा खुसी भएमा सन्तान र धन सम्पत्ति लाभ हुने विश्वास छ । रिहारलाई यदुवंशी अर्थात् यादवहरूले आफ्नो पुर्खाको उदगमस्थल मान्दै आएका छन् । जुन कारणले बगारबाबा क्षेत्र यदुवंशीहरूको सांस्कृतिक धरोहरका रूपमा लिने गरेका छन् । रिहारमा थारू जातिहरूको पनि संस्कृति जोडिएको छ । थारू जातिले रिहार क्षेत्रमा परापूर्वकालदेखि नै गाई चराउने, गोठ राख्ने र बगारबाबालाई पूजाआजा गर्दै आएका छन् । रिहार धाम यादव र थारू जाति दुवैको धरोहर हो । रिहारमा द्वापर युगमा दङ्गीशरण राजा र यदुवंशीको बीचमा घोडीको विषयमा विवाद भएको र विवाद मिलाउनलाई कृष्ण भगवान् रिहार आएको किंवदन्ती छ । त्यहाँ तप्तकुण्ड पनि छ, जहाँ सधैँ तातोपानी हुन्छ । मामा–भाञ्जी मन्दिर, घ्यू पोखिएको ठाउँ पनि त्यही छ । यति धेरै संरचना हुँदा पनि पर्यटकको आकर्षण नबढ्नु दुःखद रहेको स्थानीय चौधरीले बताइन् । रासस

लखागिन थारू साहित्य श्रृङखलाम मुक्तक, गजल लेखनबारे प्रशिक्षण

लखागिन थारू साहित्य श्रृङखलाम मुक्तक, गजल लेखनबारे प्रशिक्षण

३६३ दिन अगाडि

|

२९ भदौ २०८१

पाँचवा लखागिन थारू साहित्य श्रृङखला सुर्खेतक, वीरेन्द्रनगर–१०, दिपनगरम बुलबुल चौधरी खाजा घर भडौ २९ गते सनिच्चरके कैगइल बा । कविता, मुक्तक, गजल वाचन कार्यक्रम लखागिन थारु उत्थान मञ्च ओ राष्ट्रिय थारू कलाकार मञ्च शाखा सुर्खेतके संयुक्त आयोजनाम सम्पन्न कैगिल रह । कार्यक्रमम बर्का पहुना पुर्खा शेरबहादुर थारू माँगर गिट सुनैल कलसे गायक कलाकार राजु चौधरी गिट सुनैल । ओसहक बालकवि सलिन चौधरी, कवयित्री सुमित्रा चौधरी कविता वाचन कर्ल रलह कलसे युवा प्रतिभा रामकृष्ण  चौधरी गजल वाचन कर्ल रलह ।  वरिष्ठ थारु साहित्यकार मान बहादुर चौधरीके घरगोस्याइम सञ्चालन  हुइल कार्यक्रमके डोसर सेसनम मुक्तक, गजल लेखनबारे प्रशिक्षण हुइल रह । साहित्यम रुचि ढर्ना लावा सिखारु युवा विद्यार्थीन् प्रशिक्षण साहित्यकार मानबहादुर चौधरी पन्ना डेल रलह । कार्यक्रमके सहजिकरण सचिव  अशोक चौधरी कर्ल रलह ।

मधेशका  ८  राज्यमन्त्री बर्खास्त

मधेशका ८ राज्यमन्त्री बर्खास्त

३९५ दिन अगाडि

|

२९ साउन २०८१

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । जम्बो मन्त्रीमण्डलको चर्को आलोचनापछि मुख्यमन्त्री सिंहले ८ राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् । जेठ २५ मा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सिंहले चार दलबाट ८ राज्यमन्त्री नियुक्त गरेका थिए ।  साउन २२ मा मात्रै उनले पाँच राज्यमन्त्री नियुक्त गरेर मन्त्रीमण्डलको संख्या २० पुर्‍याएका थिए । जसको चौतर्फी आलोचना भएको थियो । जसपाले यसैलाई मुद्दा बनाउँदै आन्दोलन गरिरहेको थियो । बर्खास्त हुनेमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् ।

राप्ती गाउँपालिका– ८, दाङका निर्वाचित वडाध्यक्ष गुरुङ बेलायत पलायन

राप्ती गाउँपालिका– ८, दाङका निर्वाचित वडाध्यक्ष गुरुङ बेलायत पलायन

४०२ दिन अगाडि

|

२२ साउन २०८१

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ८ का निर्वाचित वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ रोजगारीकालागि विदेश पलायन भएका छन् । २०७९ सालमा एमालेबाट निर्वाचित गुरुङ आर्थिक संकट धान्न नसकेपछि रोजगारीकालागि बेलायत गएको उनकी श्रीमती संगिता गुरुङले जानकारी दिइन । गुरुङ यहीँ साउन २० गते सिजनल भिसामा बेलायत गएका हुन् । उनी वडा अध्यक्षमा निर्वाचित हुनु अघिसम्म सोही वडा कार्यालयमा कार्यालय सहयोगी थिए । कार्यालय सहयोगी आफ्नै वडाको अध्यक्षमा निर्वाचित भएपछि उनको चर्चा देशभर चुलिएको थियो । करिब ४० लाख ऋण भएकाले ऋण तिर्नकालागि श्रीमान् बेलायत गएको उनकी श्रीमती सङ्गीताले बताइन् । ‘करिब ४० लाख ऋण छ । वडा अध्यक्षको पदले ऋण तिर्दैन,’ सङ्गीताले भनिन् ‘ऋण तिर्न विदेश जानुभएको हो ।’ वडा अध्यक्ष गुरुङका दुई छोरा र एक श्रीमती छन् । जेठा छोरा कक्षा १२ र कान्छो छोरा ८ कक्षा मा अध्ययनरत छन् । वडा अध्यक्ष गुरुङले कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी वडा सदस्य चम्फा पुनलाई दिएका छन् । नेपाल प्रेसबाट

सुरेश ढकालको ‘इतिहासअघिको इतिहास’ लोकार्पण

सुरेश ढकालको ‘इतिहासअघिको इतिहास’ लोकार्पण

४०५ दिन अगाडि

|

१९ साउन २०८१

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्राध्यापनरत सुरेश ढकालको  ‘इतिहासअघिको इतिहास’ पुस्तक शुक्रवार साउन १८ गते सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा लेखक ढकालसहित अध्येताहरु अनुभव अजित, कैलाश राई, सञ्जय शर्मा, सविन निङलेखुले  संयुक्त रुपमा पुस्तक लोकार्पण गरे । कार्यक्रममा अनुभव अजीतले  ‘इतिहासअघिको इतिहास’ पुस्तक संग्रहणीय भए पनि कठिन पारिभाषिक शब्दावलीले बुझ्न केही कठिन भएको बताए । उनले अर्को संस्करणमा सरल भाषामा लेख्न सुझाए । कैलाश राईले पुस्तकले रोचक शैलीमा प्रागैतिहासिक कालको समय र मान्छेको कथा बुझाउने जिकिर गरिन्। सञ्जय शर्माले पुस्तकले आगोको आविष्कारदेखि पाङ्ग्राको आविष्कारसम्मको इतिहास र इतिहासको राजनीतिमाथि गम्भीर विमर्श गर्ने उल्लेख गरे ।   कार्यक्रमको सहजीकरण गरेका सविन निङलेखुले नेपाली सभ्यता र प्रागैतिहासिक काल बुझ्न .पुस्तक विशिष्ट सन्दर्भ सामग्री बन्न सक्ने बिचार राखे । यस्तै, आफ्नो  ‘इतिहासअघिको इतिहास’ पुस्तक सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त रहेको लेखक ढकालले बताए । उनले अर्को वर्ष यसभन्दा अझ खँदिलो पुस्तक लिएर आउने वाचा गरे । यो पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो । पुस्तकको मोल ५९९ रुपैया रहेको छ ।